296 भ्रष्ट मानवजातिको दुःख
पद १
परमेश्वरसँग हिँड्दा युगौँदेखि,
कसले बुझ्यो राज सबैमा उहाँकै?
सबै प्राणीको नियतिलाई
योजनाबद्ध गर्दै, निर्देशन दिँदै?
मानव मनलाई छलेको छ यसले
उहाँका कार्यहरू अस्पष्ट भएर होइन।
न उहाँको योजना साकार नभएर हो।
मानव मुटु र आत्मा उहाँबाट टाढा भएकोले हो।
कोरस १
परमेश्वरलाई पछ्याए पनि शायद देख्न सक्तैनन्,
ती त अझै छन् शैतानको सेवामा।
खोज्दैनन् कसैले उहाँको पाइला, न उहाँ देखा पर्ने कुरा।
कोहि चाहँदैनन् हेरचाह-संरक्षण उहाँको
तर दुष्ट र त्यसको क्षयमा निर्भर छन्
संसार र यसका नियम अनुकूल रहन।
मानवको मुटु आत्मा फस्छन्, शैतानको हातमा
अनि बन्छन् शैतानको आहारा,
अनि बन्छन् शैतानको आहारा।
पद २
मानव आत्मा-मुटुलाई हेर
जसमा छ शैतानको वास
जहाँ चल्छ त्यसको मनपरी।
मानवको बुझाइ मेटिँदै जान्छ,
आफ्नो उद्देश्य मूल्य नबुझेर
मानव हुनुको अर्थ नबुझेर,
खोज्दैन ऊ परमेश्वर;
मनले खोज्दैन परमेश्वरको व्यवस्था।
कोरस २
कसले बुझ्छ समय बित्दै जाँदा कसले भन्न सक्छ
किन गर्नुभयो सृष्टि मानवजातिको?
कसैले बुझ्दैन परमेश्वरको वचन
वा चिन्छ उहाँबाट पाएको सबथोक।
प्रतिरोध गर्छ परमेश्वरको व्यवस्था र आदेशको
अनि मृत हुन्छन् मुटु र आत्मा।
आफ्नै रचना मानव उहाँले गुमाउनुहुन्छ, मानवको मूल गुम्छ।
यो हो मानवको दु:खद पीडा।
यो हो मानवको दु:खद पीडा।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ” बाट परिमार्जित