295 प्रारम्भका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए
१
सुरुमा मैले मानवजाति बनाएँ; अर्थात्, मानवजातिको पुर्खा आदम बनाएँ। ऊ बल, जीवनशक्तिले भरिएको, स्वरूप र प्रतिरूपले सुसम्पन्न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको साथमा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेको मानिस मेरो सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए।
२
आदम मूल रूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा सृष्टि गरिएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको प्राणी हो भन्ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्ने, मेरो प्रतिरूप भएको र मेरो सास प्राप्त गरेको सृजित एक मात्र प्राणी थियो।
३
सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै पूर्वनिर्धारित गरेको थिएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी सृजित प्राणी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृष्टि गरिएकी दोस्रो मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाही हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्नुको अर्थ के हो