९४८ परमेश्वरको गवाही दिन जिउनु नै सबैभन्दा ठूलो आशिष् हो
१
परमेश्वरले तँलाई जिउन दिनुहुन्छ, तँ परमेश्वरका लागि जिउन सक्छस्, र तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नका लागि जिउन सक्छस्। यो जिउने अर्थपूर्ण तरिका हो। मानिसहरू सत्यता नस्विकारी वा नबुझी जिउँछन् र केवल देहका लागि जिउँछन् भने, त्यसमा कुनै पनि मूल्य हुँदैन। तिमीहरू सबै अहिले सत्यतातर्फ लागिपरिरहेका छौ, तिमीहरू झन्झन् बढी विवेक र समझका साथ, र झन्झन् बढी मानव रूपमा जिइरहेका छौ। तिमीहरूले झन्झन् बढी सत्यता बुझ्छौ, तिमीहरू परमेश्वरमा समर्पित हुन झन्झन् बढी जान्दछौ, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न र परमेश्वरको गवाही दिन पनि सक्छौ। यसरी जिउँदा तिमीहरूको हृदय शान्ति र आनन्दले भरिनेछ, र यो नै सबैभन्दा अर्थपूर्ण जीवन हो। सम्पूर्ण मानवजातिमध्ये तिमीहरूले मात्र यस प्रकारको आशिष् प्राप्त गरेका छौ।
२
यस विशाल संसारमा र सारा मानवजातिमा, परमेश्वरले तिमीहरूलाई मात्र चुन्नुभएको छ र यो अन्तिम युगमा र ठूलो रातो अजिङ्गरको देशमा जन्मने तुल्याउनुभएको छ, ताकि तिमीहरूले उहाँको आज्ञा स्वीकार गर्न, आफ्नो कर्तव्य पूरा गर्न, र उहाँप्रति आफूलाई समर्पित गर्न सक्छौ। तिमीहरू तिनै मानिस हौ जसलाई परमेश्वरले निगाहपूर्वक हेर्नुहुन्छ र जसलाई उहाँले चुन्नुभएको छ। के यो सबैभन्दा आशिषित कुरा होइन र? यो एकदमै आशिषित कुरा हो। अहिले, तिमीहरू परमेश्वरको गवाही दिन र परमेश्वरको राज्यको सुसमाचार प्रसार गर्नका लागि आफ्नो जीवन र आफ्नो हरेक दिन जिउन सक्षम छौ—यस तरिकाले जिउनुलाई नै परमेश्वरले अनुमोदन गर्नुहुन्छ। परमेश्वरले तिमीहरूलाई यसरी जिउन दिनुहुन्छ, र तिमीहरूलाई यो अवसर दिनुहुने परमेश्वर नै हुनुहुन्छ।
३
परमेश्वरले तँलाई जिउन, र कर्तव्य पूरा गर्न र आफूलाई उहाँप्रति समर्पित गर्न अवसर दिनुभएको छ, यो सबैभन्दा अर्थपूर्ण कुरा हो। तिमीहरूले यो अवसरको कदर गर्नुपर्छ; तिमीहरूले गर्वित र सम्मानित महसुस गर्नुपर्छ। तिमीहरू कलिलै छौ, र तिमीहरूले विपत्तिमाझ, र यस्तो प्रतिकूल परिवेश र परिस्थितिहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नु, परमेश्वरलाई पछ्याउनु, र उहाँको गवाही दिनु—यो कति दुर्लभ मौका हो! मानवजातिले सत्यता प्राप्त गरून् र मानवजाति शुद्ध पारिऊन् भनेर मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन आखिरी दिनहरूमा परमेश्वर देहधारी हुनुहुन्छ र उहाँले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, यो सबैभन्दा दुर्लभ अवसर हो। तर समय धेरै छैन, र यो आँखा झिमिक्क गर्दा गइसक्छ। तिमीहरूले यो मौका छोपेर प्राप्त गर्नुपर्ने सबै सत्यता प्राप्त गर्नुपर्छ। यो सबैभन्दा ठूलो आशिष् हो, र यो विगतका सबै सन्तहरूले पाएको भन्दा पनि ठूलो आशिष् हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन