६४८ परमेश्वरको स्वभाव कृपालु र प्रेमिलो छ, र अझ बढी महत्त्वपूर्ण रूपमा, धर्मी र प्रतापी छ
१
सदोम सहरलाई नष्ट गर्नका लागि परमेश्वरले गर्नुभएको आगोको प्रयोग मानवजाति वा अरू कुनै पनि कुरालाई पूर्ण रूपमा नष्ट गर्ने उहाँको सबैभन्दा तेज तरिका हो। सदोमका मानिसहरूलाई जलाउने कार्य तिनीहरूका भौतिक शरीरलाई मात्र नष्ट गर्नका लागि थिएन, बरु त्योभन्दा पनि बढी, तिनीहरूका आत्मा, तिनीहरूका प्राण र तिनीहरूका शरीरको सम्पूर्णता नष्ट गर्दै त्यस सहर भित्रका मानिसहरू भौतिक संसार र मानिसका निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्वमा नरहने कुरा सुनिश्चित गर्यो। परमेश्वरले आफ्नो क्रोधलाई प्रकाश गर्नुहुने र व्यक्त गर्नुहुने एउटा तरिका यही हो। यसप्रकारको प्रकाश र अभिव्यक्ति परमेश्वरको क्रोधको सारको एउटा पक्ष हो त्यसैगरी यो प्राकृतिक रूपमा परमेश्वरको धर्मी स्वभावको सारको प्रकाश पनि हो।
२
जब परमेश्वरले आफ्नो क्रोध बर्साउनुहुन्छ, उहाँले त्यसउप्रान्त कुनै कृपा वा प्रेमिलो दयालुपन प्रकाश गर्नुहुन्न, न त उप्रान्त उहाँले आफ्नो सहनशीलता वा धैर्यता नै देखाउनुहुन्छ; उहाँलाई निरन्तर धैर्य रहिरहन, फेरि उहाँको कृपा प्रदान गराउन, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गराउन उहाँलाई मनाउन सक्ने कुनै व्यक्ति, कामकुरा वा कारण नै छैन। यी कुराहरूको स्थानमा, क्षणिक हिचकिचाहटविना नै, परमेश्वरले आफूले चाहेको कार्य गर्दै आफ्नो क्रोध र प्रताप बर्साउनुहुन्छ। आफ्नै इच्छाअनुसार यी कुराहरू तेज र कुशलतापूर्वक गर्नुहुनेछ। परमेश्वरले आफ्नो क्रोध र प्रताप बर्साउने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनु हुँदैन, यो उहाँको धर्मी स्वभावको एक पक्षको अभिव्यक्ति नि हो।
३
जब परमेश्वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहेको मानिसहरूले देख्छन्, तिनीहरूले उहाँको क्रोध पत्ता लगाउन, उहाँको प्रताप देख्न वा उल्लङ्घनप्रति उहाँको असहनशीलता महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेम मात्रै हो भनेर भूलवश विश्वास गर्न डोऱ्याएको छ। तर, जब कसैले परमेश्वरले कुनै सहरलाई नष्ट गर्नुभएको वा मानवजातिलाई घृणा गर्नुभएको देख्छ, तब मानिसको विनाशमा उहाँको क्रोध अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्षको झलक देखाउँछ, जुन उल्लङ्घनप्रतिको परमेश्वरको असहनशीलता हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय २