634 तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ
१
आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै पतित हुनेथियौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र त्यसैले तिनीहरूको स्वभाव परिवर्तन गर्न यो यसरी नै गरिनुपर्छ। आज तिमीहरूमा पावलको जस्तो आत्म-सचेतना समेत छैन। तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय दिइनुपर्छ र न्याय गरिनुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ।
२
तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन तयार हुँदैनौ, समर्पित हुन इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई विजय गर्न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्ने थाहा हुनेथिएन, तिमीहरू कहाँ जाँदै छौ भन्ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्तालाई कसरी चिन्न सक्छौ?
३
आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यका बारेमा त झन् के भन्नु—के त्यो झन् बढी आसन्न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्नै बारेमा चिन्तन गर्ने क्षमता बिलकुल छैन। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (६)