५९१ शैतानमाथि अय्यूबको विजयको प्रमाण
१
अय्यूबले बोलेका सबैभन्दा कालजयी शब्दहरू उसले शैतानलाई पराजित गरेको थियो भन्ने प्रमाण हुन्। उसले भन्यो: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु।” यो परमेश्वरप्रति अय्यूबको समर्पणताको मनोवृत्ति हो। त्यसपछि उसले भन्यो: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” अय्यूबले बोलेका यी शब्दहरूले के प्रमाणित गर्छन् भने, परमेश्वरले मानिसको हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ, उहाँ मानिसको हृदयभित्र हेर्न सक्नुहुन्छ, र ती शब्दहरूले प्रमाणित गर्छन् कि अय्यूबप्रतिको उहाँको अनुमोदन त्रुटिरहित छ, परमेश्वरले अनुमोदन गर्नुभएको यो व्यक्ति धर्मी थियो।
२
“यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यी शब्दहरू परमेश्वरका लागि अय्यूबको गवाही हुन्। यी साधारण शब्दहरूले नै शैतानलाई त्रसित बनाए, त्यसलाई सर्ममा पारे र आत्तिएर भाग्ने तुल्याए, र अझ बढी, तिनले त्यसलाई असहाय पारिदिए। साथै, यी शब्दहरूले शैतानलाई यहोवा परमेश्वरले गर्नुभएका कार्यहरूको अद्भुतता र शक्ति महसुस गराए र परमेश्वरको मार्गद्वारा शासित हृदय भएको व्यक्तिको असाधारण करिश्मा बोध गराए। त्यो भन्दा पनि बढी, ती शब्दहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग कायम राख्नका खातिर सानो र नगण्य व्यक्तिले देखाएको शक्तिशाली जीवन-शक्ति शैतानलाई देखाए।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २