५७५  मानिसका निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ

१

बाइबलमा वर्णन गरिएको दृश्य “आदमलाई परमेश्‍वरको आज्ञा” हृदयस्पर्शी र हृदयलाई आनन्दित तुल्याउने तस्बीर हो। यसभित्र परमेश्‍वर र मानिस मात्र भएता पनि, उहाँहरू बीचको घनिष्ठताले तिमीहरूमा आह्रिस भर्दछ।

२

परमेश्‍वरको भरिपूर्ण प्रेम मानिसलाई सित्तैँमा दिइएको छ र यसले मानिसलाई घेर्छ; मानिस निर्दोष र शुद्ध छ, भारमुक्त र निर्धक्क छ, परमेश्‍वरको नजरमुनि आनन्दपूर्वक जिइरहेको छ; परमेश्‍वरले मानिस परमेश्‍वरको सुरक्षा र आशिष्‌मा बस्दा मानिसप्रति चासो देखाउनुहुन्छ; मानिसले गर्ने र भन्‍ने हरेक कुरा परमेश्‍वरसँग छुटाउनै नमिल्‍ने गरी जोडिएका छन् र तिनलाई परमेश्‍वरबाट अलग गर्न सकिन्‍न।

३

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको क्षणदेखि नै ऊप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुभएको छ। उहाँको जिम्मेवारी के हो? उहाँले मानिसको सुरक्षा गर्नुपर्छ, मानिसको हेरचाह गर्नुपर्छ। मानिसले उहाँका वचनहरूमा भरोसा गर्न र तिनको आज्ञा पालन गर्न सक्छ भन्‍ने कुराको आशा उहाँ गर्नुहुन्छ। यो परमेश्‍वरले मानिसबाट आशा गर्नुभएको पहिलो कुरा पनि हो।

४

यही आशामा परमेश्‍वर निम्न कुरा भन्‍नुहुन्छ: “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यी सरल वचनहरूले परमेश्‍वरको अभिप्रायको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले उहाँको हृदयमा मानिसप्रति चासो देखाउन थाल्‍नुभएको कुरालाई पनि यिनीहरूले प्रकट गर्छन्।

५

यी केही सरल वचनहरूमा, हामीले परमेश्‍वरको हृदय देख्छौँ। के परमेश्‍वरको हृदयमा प्रेम छ? के त्यहाँ चासो छ? परमेश्‍वरको प्रेम र चासोलाई अनुभूति गर्न मात्र होइन, घनिष्ठ रूपमा महसुस पनि गर्न सकिन्छ। विवेक र मानवता भएको व्यक्तिका रूपमा, तैँले न्यानोपन महसुस गर्ने थिइस्, तैँले वास्ता गरिएको र प्रेम गरिएको महसुस गर्ने थिइस् र तैँले सुख महसुस गर्ने थिइस्।

६

जब तैँले यी कुराहरू महसुस गर्छस्, तैँले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने छस्? के तैँले परमेश्‍वरप्रति अनुराग महसुस गर्ने थिइस्? के तैँले हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम र सम्मान गर्ने छस्? के तेरो हृदय परमेश्‍वरको नजिक जाने छ? यसबाट तैँले मानिसको निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ भ‍न्‍ने देख्‍न सक्छस्। तर मानिसले परमेश्‍वरको प्रेमलाई अनुभूति गर्नु र बुझ्‍नु अझ महत्त्वपूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

अघिल्लो: ५७४  परमेश्‍वरको वास्तविकता र प्रेमिलो स्वभाव

अर्को: ५७६  परमेश्‍वर मानिसलाई आफ्नो सबभन्दा प्रिय प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्