५४८  परमेश्‍वरको आगमनबारे कोही सचेत छैन

परमेश्‍वरको आगमनबारे कोही सचेत छैन, उहाँको आगमनलाई कसैले स्वागत गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँले गर्न लाग्नुभएको सबै कुरा कसैलाई पनि थाहा छैन। मानिसको जीवन पहिलेको जस्तै चलिरहन्छ, उसको हृदय केही फरक हुँदैन, र दिन सदाझैँ गुज्रन्छन्। परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीका रूपमा, साधारण व्यक्तिझैँ, हाम्रा माझमा जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू, आफ्नै उद्देश्यहरू छन्; र, त्यो भन्दा पनि बढी, उहाँसँग साधारण मानिससँग नभएको ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले अनुभूत गरेको छैन।

हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनभने हाम्रा नजरमा उहाँ एक नगण्य विश्‍वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रा हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच-विचार उहाँका सामु उदाङ्गो पारिएका छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँले गर्ने कार्यबारे कुनै कुरा कल्पना गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँको पहिचानबारे कसैलाई अलिकति पनि शङ्का लागेको छैन। उहाँको हामीसँग कुनै पनि सरोकार नभए झैँ गरी, हामी केवल आफ्ना पछ्याइहरू जारी राख्छौँ …

तैपनि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ वचन र वाणीहरू झन् बारम्बार बोलिरहनुहुन्छ। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिनेदेखि, हप्काउने र अनुशासित गर्नेसम्म; नम्र र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्‍म—ती सबैले मानिसलाई प्रचुर कृपा र अत्यन्तै भय महसुस गराउँछन्। उहाँले भन्नुहुने सबै कुराले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुरालाई ठ्याक्कै प्रहार गर्छन्; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र हामीलाई सहनै नसकिने लाजले भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भनी हामीलाई थाहै हुँदैन।

हामीले थाहै नपाई, यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एकपछि अर्को कदममा अगुवाइ गर्नुभएको छ। हामी असङ्ख्य परीक्षा भोग्छौँ, र असङ्ख्य ताडनाहरू भोग्छौँ, र हामी मृत्युद्वारा जाँचिन्छौँ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे जान्दछौँ, उहाँको प्रेमिलो-दयालुपन र कृपाको आनन्द पनि लिन्छौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धि बुझ्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट अभिप्रायलाई देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरको स्वभाव र सार जान्न, परमेश्‍वरका अभिप्राय बुझ्न, मानिसको प्रकृति सार जान्न, र मुक्ति र सिद्धताको बाटो देख्न पुग्छौँ।

तबदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्मा पुनर्जीवित भएझैँ देखिन्छन्: यी साधारण व्यक्ति, यी व्यक्ति जो हाम्रा बीचमा जिउनुहुन्छ र लामो समयदेखि हामीद्वारा इन्कार गरिनुभएको छ—के उहाँ प्रभु येशू नै हुनुहुन्न, जो हामी बिउँझिँदा वा सपनामा हुँदा, जहिले पनि हाम्रा विचारमा हुनुहुन्छ, र जसको हामी रात-दिन तृष्णा गर्छौँ? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयलाई बरालिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

अघिल्लो: ५४७  परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ

अर्को: ५४९  ख्रीष्ट व्यावहारिक परमेश्‍वर हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्