५२८ परमेश्वरको देखा पराइलाई सीमित गर्न कल्पनामा भर नपर
१
परमेश्वर सारा मानवजातिको परमेश्वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै राष्ट्र वा जातिको व्यक्तिगत सम्पत्ति मान्नुहुन्न, बरु उहाँ त कुनै पनि स्वरूप, राष्ट्र वा जातिमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्वर जुन राष्ट्रमा देखा पर्नुहुन्छ र जुन मानिसहरूमाझ देखा पर्नुहुन्छ तिनीहरू बस सबैद्वारा भेदभाव गरिएकाहरू र पृथ्वीमा सबैभन्दा पछि परेकाहरू हुन्छन्। तैपनि परमेश्वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ।
२
कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्वास गर्थे, र तिनीहरूले परमेश्वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो।
३
आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव”ले फेरि एकचोटि परमेश्वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाभित्र सीमित गर्छ। धेरै मानिस उहाँको वचन पाउँदा उन्मत्त रूपमा हाँस्छन्। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्वरनिन्दा भन्दा फरक छ र? तिमीहरूमा सत्यताको उपस्थितिमा आदर छैन र तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के परमेश्वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्ने तिमीहरूलाई लाग्छ? तँ परमेश्वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्वरको देखा पराइ देख्न योग्य छस्? परमेश्वर जहाँजहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्वरको आवाज सुन्न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरको देखा पराइ देख्न योग्य हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ