५२५ परमेश्वर देखा पर्नुको महत्त्व
पद १
परमेश्वर देखा पर्नुले व्यक्तिगत
रूपमा काम गर्न उहाँ पृथ्वीमा आउनुहुने जनाउँछ।
आफ्नै पहिचान, स्वभाव साथ, अन्तर्निहित शैलीमा,
उहाँ एक युगको सुरुवात र अर्कोको अन्त्य गर्ने
काम संचालन गर्न मानिसमाझ आउनुहुन्छ।
कोरस १
यो प्रकारको देखा पर्नु कुनै समारोह होइन।
यो कुनै चिन्ह, तस्वीर, चमत्कार
वा महान् दर्शन होइन, यो कुनै प्रकारको
धार्मिक प्रक्रिया त हुँदै होइन।
यो वास्तविक, यथार्थ तथ्य हो जुन
कसैले पनि छुन र हेर्न सक्छ।
कोरस २
यो प्रकारको देखा पर्नु झारा टार्न वा
अल्पकालीन उपक्रमको लागि होइन;
यो उहाँको व्यवस्थापनको योजनाअन्तर्गत
कामको एक चरणको लागि हो।
पद २
परमेश्वर देखा पर्नु सधैँ अर्थपूर्ण हुन्छ
र त्यसले सधैँ उहाँको व्यवस्थापनको
योजनासँग केही सम्बन्ध राख्छ,
यहाँ भनिएको देखा पर्नु
उहाँले मार्गदर्शन, अगुवाइ गर्नुहुने
र अन्तर्दृष्टि दिनुहुने “देखा पर्नु”
भन्दा सर्वतः फरक छ।
कोरस ३
उहाँले हरपटक आफूलाई प्रकट गर्नुहुँदा,
कामको महान् चरण गर्नुहुन्छ।
यो काम अन्य युगको काम भन्दा फरक छ।
मानिसलाई यो अकल्पनीय छ,
उसले यो अनुभव गरेकै छैन,
मानिसले यो अनुभव गरेकै छैन।
कोरस ४
यो नयाँ युग सुरु गर्ने र
पुरानो युग अन्त्य गर्ने काम हो,
र यो मानिसको मुक्तिको लागि नयाँ, अझ उच्च काम हो;
यसबाहेक, मानिसलाई नयाँ युगमा ल्याउने काम हो यो।
परमेश्वर देखा पर्नुको महत्त्व यही हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट १: परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” बाट परिमार्जित