521 सत्यता पछ्याउने व्यक्ति मात्र परमेश्वरद्वारा सिद्ध पारिन सक्छ
शुरुवात
दैनिक मामलालाई कि महत्त्वपूर्ण
कि तुच्छ कुरा झैँ हेरिन्छ।
ठूलालाई महत्त्वपूर्ण र
परमेश्वरले पठाउनुभएको ठानिन्छ।
पद १
तर यी ठूला मामला देखा पर्दा,
मानिस अपरिपक्व र कमजोर क्षमताका हुन्छन्,
त्यसैले उहाँको इच्छा पूरा गर्न,
प्रकाश र साँचो ज्ञान पाउन सक्तैनन्।
साना मामलाहरूलाई मानिसले
बेवास्ता गर्छन् र अलिअलि गर्दै
गुज्रन दिन्छन्, यसरी तिनले
जाँचिने मौकाहरू गुमाउँछन्।
कोरस
मानिसले परमेश्वरको सब जाँच अस्वीकार गर्दा,
तीबाट पछि हट्दा, उहाँको एउटै मनोवृत्ति हुन्छ।
त्यस्तालाई घृणा र इन्कार गर्नुहुन्छ।
उहाँको डर नमान्ने, दुष्टताबाट अलग नबस्नेका लागि
यो उहाँको अन्तिम निर्णय हो।
पद २
उहाँले प्रबन्ध गर्नुहुने
मानिस, काम-कुरा र परिस्थिति सधैँ बेवास्ता गर्दा,
यसको अर्थ उहाँको नेतृत्व र
उहाँले तिमीलाई सिद्ध पार्नुहुने कुरालाई
इन्कार गर्दैछौ।
जब उहाँले परिस्थिति प्रबन्ध गर्नुहुन्छ,
उहाँ सधैँ त्यहीँ हुनुहुन्छ, गोप्य रूपमा तिम्रो
हृदय, विचार, चिन्तन र तिमी कसरी
सोच्छौ र कार्य गर्छौ भनी हेरिरहनुहुन्छ।
ब्रिज
तिमी लापरवाह भएमा,
उहाँका वचन, मार्ग, सत्यताबारे गम्भीर नभए,
सचेत हुनेछैनौ, वा उहाँका
इच्छालाई ध्यान दिनेछैनौ।
परिस्थिति प्रबन्ध गर्नुहुँदा उहाँका
मागलाई ध्यान दिनेछैनौ;
मानिस, काम-कुरा, र मामला
कसरी सत्यता वा उहाँका
अभिप्रायसँग सम्बन्धित छन् भनी जान्नेछैनौ।
कोरस
मानिसले परमेश्वरको सब जाँच अस्वीकार गर्दा,
तीबाट पछि हट्दा, उहाँको एउटै मनोवृत्ति हुन्छ।
त्यस्तालाई घृणा र इन्कार गर्नुहुन्छ।
उहाँको डर नमान्ने, दुष्टताबाट अलग नबस्नेका लागि
यो उहाँको अन्तिम निर्णय हो।
पद ३
बारम्बार जाँच सामना गरेपछि पनि,
उहाँलाई हृदयमा महान् मान्दैनौ वा
उहाँद्वारा सृजित परिस्थितिलाई
उहाँका जाँच झैँ व्यवहार गर्दैनौ।
बरु उहाँले तिमीलाई दिइरहनुहुने
यी सब मौकालाई इन्कार गर्छौ,
तिनलाई बारम्बार उम्केर जान दिन्छौ।
के यो मानिसको चरम अवज्ञा होइन?
कोरस
मानिसले परमेश्वरको सब जाँच अस्वीकार गर्दा,
तीबाट पछि हट्दा, उहाँको एउटै मनोवृत्ति हुन्छ।
त्यस्तालाई घृणा र इन्कार गर्नुहुन्छ।
उहाँको डर नमान्ने, दुष्टताबाट अलग नबस्नेका लागि
यो उहाँको अन्तिम निर्णय हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित
尼泊尔语-20210814-GY.png)