४७८  के तँलाई अनन्त जीवनको श्रोत थाहा छ?

१

यावत् थोकहरूको अस्तित्वको स्रोत र तिनको अस्तित्वको जड परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवनको उत्पत्ति परमेश्‍वरबाटै हुन्छ, परमेश्‍वरकै कारण स्वर्ग अस्तित्वमा रहन्छ, र परमेश्‍वरको जीवनको शक्तिबाटै पृथ्वीको अस्तित्व पनि उत्पन्‍न हुन्छ। जीवनशक्ति भएको कुनै पनि कुराले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्‍न सक्दैन र जीवन्तता भएको कुनै पनि कुरा परमेश्‍वरको अख्तियारको दायराबाट उम्कन सक्दैन। यसरी, चाहे तिनीहरू जोसुकै हुन्, सबै मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गर्नैपर्छ, सबै मानिस परमेश्‍वरको नियन्त्रणमा जिउनुपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

२

सायद तँ अहिले जीवन प्राप्त गर्ने कामना गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्‍छा गर्छस् होला। जेसुकै भए पनि, तँ परमेश्‍वरलाई भेट्टाउने इच्‍छा गर्छस्, तँ भर पर्न सक्‍ने, र तँलाई अनन्त जीवन दिन सक्‍ने परमेश्‍वरलाई भेट्टाउने इच्‍छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्‍नैपर्छ र पहिले परमेश्‍वर ठ्याक्कै कहाँ हुनुहुन्छ भनी जान्‍नैपर्छ। परमेश्‍वर मात्र अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्‍वरसँग मात्रै जीवनको मार्ग छ। परमेश्‍वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्‍वर मात्रै जीवनको मार्ग हुनुभएकोले, परमेश्‍वर स्वयम् नै अनन्त जीवनको मार्ग हुनुहुन्छ।

३

परमेश्‍वरले यावत् थोकमा सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, र मानिसको हृदयमा उसको सहारा उहाँ नै हुनुहुन्छ, र साथै, उहाँ मानिसकै माझमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको मार्ग मानवजातिकहाँ ल्याउन र मानिसलाई जीवनको मार्गमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको मार्ग प्राप्त गर्न सकोस् भनेर, र मानिसको अस्तित्वका खातिर परमेश्‍वर पृथ्वीमा आउनुभएको र मानिसमाझ जिइरहनुभएको छ। साथ-साथै परमेश्‍वरले मानिसमाझ गर्नुहुने व्यवस्थापनमा सहकार्य सहज तुल्याउनको लागि यावत् थोकमाझ सबै कुरालाई निर्देशन पनि गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने धर्मसिद्धान्तलाई मात्रै मान्छस्, तर मानिसमाझ परमेश्‍वरको अस्तित्वको सत्यतालाई मान्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यताको मार्ग पनि कहिल्यै प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो: ४७६  परमेश्‍वर स्वयम् जीवन र सत्य हुनुहुन्छ

अर्को: ४७९  आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्