४७८  के तँलाई अनन्त जीवनको श्रोत थाहा छ?

यावत् थोकहरूको अस्तित्वको स्रोत र तिनको अस्तित्वको जड परमेश्‍वर नै हुनुहुन्छ। मानिसको जीवनको उत्पत्ति परमेश्‍वरबाटै हुन्छ, परमेश्‍वरकै कारण स्वर्ग अस्तित्वमा रहन्छ, र परमेश्‍वरको जीवनको शक्तिबाटै पृथ्वीको अस्तित्व पनि उत्पन्‍न हुन्छ। जीवनशक्ति भएको कुनै पनि कुराले परमेश्‍वरको सार्वभौमिकतालाई उछिन्‍न सक्दैन र जीवन्तता भएको कुनै पनि कुरा परमेश्‍वरको अख्तियारको दायराबाट उम्कन सक्दैन। यसरी, चाहे तिनीहरू जोसुकै हुन्, सबै मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गर्नैपर्छ, सबै मानिस परमेश्‍वरको नियन्त्रणमा जिउनुपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।

सायद तँ अहिले जीवन प्राप्त गर्ने कामना गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्‍छा गर्छस् होला। जेसुकै भए पनि, तँ परमेश्‍वरलाई भेट्टाउने इच्‍छा गर्छस्, तँ भर पर्न सक्‍ने, र तँलाई अनन्त जीवन दिन सक्‍ने परमेश्‍वरलाई भेट्टाउने इच्‍छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्‍छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्‍नैपर्छ र पहिले परमेश्‍वर ठ्याक्कै कहाँ हुनुहुन्छ भनी जान्‍नैपर्छ। परमेश्‍वर मात्र अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्‍वरसँग मात्रै जीवनको मार्ग छ। परमेश्‍वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्‍वर मात्रै जीवनको मार्ग हुनुभएकोले, परमेश्‍वर स्वयम् नै अनन्त जीवनको मार्ग हुनुहुन्छ।

परमेश्‍वरले यावत् थोकमा सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, र मानिसको हृदयमा उसको सहारा उहाँ नै हुनुहुन्छ, र साथै, उहाँ मानिसकै माझमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको मार्ग मानवजातिकहाँ ल्याउन र मानिसलाई जीवनको मार्गमा ल्याउन सक्‍नुहुन्छ। मानिसले जीवनको मार्ग प्राप्त गर्न सकोस् भनेर, र मानिसको अस्तित्वका खातिर परमेश्‍वर पृथ्वीमा आउनुभएको र मानिसमाझ जिइरहनुभएको छ। साथ-साथै परमेश्‍वरले मानिसमाझ गर्नुहुने व्यवस्थापनमा सहकार्य सहज तुल्याउनको लागि यावत् थोकमाझ सबै कुरालाई निर्देशन पनि गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्‍वर स्वर्गमा र मानिसको हृदयमा हुनुहुन्छ भन्‍ने धर्मसिद्धान्तलाई मात्रै मान्छस्, तर मानिसमाझ परमेश्‍वरको अस्तित्वको सत्यतालाई मान्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यताको मार्ग पनि कहिल्यै प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो: ४७६  परमेश्‍वर स्वयम् जीवन र सत्य हुनुहुन्छ

अर्को: ४७९  आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्