४६०  परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्यता स्वीकार नगर्नु भनेको अविश्‍वासी हुनु हो

कतिपय मानिस सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। त्यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले शक्ति भएका सम्प्रदायको मात्र खोजी गर्छन्, र सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यताको मार्गलाई स्विकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरू आफ्नो सम्पूर्ण हृदय र मन दिन सक्षम छैनन्; तिनीहरू मुखले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने बारेमा शब्दहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकमा केन्द्रित हुन्छन्, र ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका मन ख्याति, प्राप्ति र महिमाका विचारले भरिएका हुन्छन्। तिनीहरूले त्यस्तो नगण्य व्यक्तिले त्यति धेरै मानिसलाई विजय गर्न सक्छ, त्यति मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरा विश्‍वास नै गर्दैनन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगण्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिस हुन् भन्‍ने कुरा विश्‍वास नै गर्दैनन्।

यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, तिनीहरू स्वर्ग र पृथ्वी उलटपुलट हुनेथिए र सम्पूर्ण मानिसहरू पेट मिचीमिची हाँस्नेथिए भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम् बन्नेथिए भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू पूर्णतः असमझ पशुहरू हुन्। किनकि तिनीहरूले हैसियत, प्रतिष्ठा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र ठूला समूह र सम्प्रदायहरूलाई मात्र सम्मान गर्छन्, ख्रीष्टले डोर्‍याउनुभएका मानिसप्रति तिनीहरूसँग अलिकति नि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका पूर्ण रूपमा विश्‍वासघाती हुन्। म भन्छु, सत्यतालाई मूल्यवान् नठान्नेहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्।

के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? म तँलाई यो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले अर्पण गर्नुपर्छ; द्विविधापूर्ण वा अर्ध-हृदयको नबन्। तैँले बुझ्नुपर्छ कि परमेश्‍वर न संसारको, न कुनै व्यक्तिको परमेश्‍वर नै हुनुहुन्छ, बरु उहाँ त उहाँमा साँच्चै विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्ने सबै, र उहाँमा अर्पित र बफादार हुने सबैको परमेश्‍वर हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

अघिल्लो: ४५९  परमेश्‍वर मानिसको साँचो विश्‍वासको आशा गर्नुहुन्छ

अर्को: ४६१  सबै मानिसको परिणामको लागि परमेश्‍वरका प्रबन्धहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्