४५४ परमेश्वरसँगको तेरो अनुकूलताको प्रमाण कहाँ छ?
१
मैले धेरै वचनहरू व्यक्त गरेको छु, र मैले मेरा अभिप्राय र मेरो स्वभाव पनि व्यक्त गरेको छु, तैपनि मानिसहरू मलाई चिन्न र ममा विश्वास गर्न अझै असमर्थ छन्। अथवा, यस्तो भन्न सकिन्छ, मानिसहरू अझै पनि मप्रति समर्पित हुन असक्षम छन्। बाइबलभित्र जिउनेहरू, व्यवस्थाभित्र जिउनेहरू, क्रूसमा जिउनेहरू, प्रावधानहरूअनुसार जिउनेहरू, आज मैले गर्ने कामको माझमा जिउनेहरू—तिनीहरूमध्ये कोचाहिँ मसँग मिल्दो छन्? तिमीहरू आशिष् र इनामहरू प्राप्त गर्नेबारे मात्रै सोच्छौ, तर तिमीहरूले खासमा कसरी मसँग मिल्ने, वा आफैलाई मविरुद्ध हुनबाट कसरी रोक्ने भन्ने बारेमा एकपटक पनि कहिल्यै सोचेका छैनौ। म तिमीहरूप्रति धेरै निराश छु, किनभने मैले तिमीहरूलाई धेरै कुरा प्रदान गरेको छु तर तिमीहरूबाट भने मैले अत्यन्तै थोरै पाएको छु।
२
तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झाराटारुवा छौ; मलाई मूर्ख बनाउने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। तिमीहरूको बफादारी अत्यन्तै थोरै छ, तिमीहरूको निष्कपटता अत्यन्तै नगण्य छ, तिमीहरूमा विवेक त झनै छैन। तिमीहरूको हृदयमा अति धेरै दुर्भावना छ, र तिमीहरूले त्यसबाट कसैलाई बाँकी राख्दैनौ, मलाई समेत बाँकी राख्दैनौ। तिमीहरू आफ्नो छोराछोरी, वा आफ्नो श्रीमान्, वा आफ्नै आत्मसंरक्षणका खातिर मेरा लागि ढोका बन्द गरिदिन्छौ। मेरा बारेमा वास्ता गर्नुको सट्टा, तिमीहरू आफ्नो परिवार, आफ्नो छोराछोरी, आफ्नो हैसियत, आफ्नो भविष्य, र आफ्नो सुखको वास्ता गर्छौ। तिमीहरूले बोल्दा वा काम गर्दा कहिले पो मेरा बारेमा विचार गरेका छौ र? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्नो सन्तान, आफ्नो श्रीमान्, आफ्नी श्रीमती, वा आफ्ना आमाबाबुका बारेमा सोच्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा, तँ आफ्नै हितहरू, आफ्नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूका बारेमा सोचिरहेको हुन्छस्। तैँले मेरा लागि कहिले के नै गरेको छस् र? तैँले कहिले चाहिँ मेरा बारेमा सोचेको छस्? तैँले कहिले मेरै लागि र मेरो कामका लागि सबथोक दाउमा राखेको छस्? मसँगको तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो बफादारीको वास्तविकता कहाँ छ? मप्रति तेरो समर्पणताको वास्तविकता कहाँ छ? तेरा अभिप्रायहरू कहिले चाहिँ मेरा आशिष्हरू प्राप्त गर्नका खातिर थिएनन्?
३
तिमीहरू सबैजना मलाई मूर्ख बनाउन खोजिरहेका छौ। तिमीहरू सबैजना मलाई छल गरिरहेका छौ। तिमीहरू सत्यतासँग खेलबाड गरिरहेका छौ, सत्यताको अस्तित्वलाई लुकाइरहेका छौ, र सत्यताको सारलाई धोका दिइरहेका छौ। यसरी मेरो विरुद्धमा लाग्दा भविष्यमा तिमीहरूलाई केले कुरिरहेको हुनेछ? तिमीहरू अस्पष्ट परमेश्वरसँगको अनुकूलता मात्रै पछ्याउँछौ, र अस्पष्ट विश्वास मात्रै पछ्याउँछौ, तैपनि तिमीहरू ख्रीष्टसँग मिल्ने छैनौ। यस्ता दुष्ट कार्यहरू गरेपछि, के तिमीहरूले दुष्ट मानिसहरूसँगै भोग्नुपर्ने बदला भोग्नेछैनौ र? तर, ख्रीष्टसँग मिल्नेहरूका लागि यस्तो हुनेछैन। तिनीहरूले धेरै कुरा गुमाएका भए पनि, तिनीहरूले धेरै कष्ट भोगेका भए पनि, मैले मानवजातिलाई दिने सबै उत्तराधिकार तिनीहरूले प्राप्त गर्नेछन्। अन्ततः, तिमीहरूले म मात्र धर्मी परमेश्वर हुँ, र मानवजातिलाई उनीहरूको सुन्दर गन्तव्यमा लैजान सक्ने म मात्रै हुँ भन्ने कुरा बुझ्नेछौ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ