451 पवित्र आत्माको काम सामान्य र व्यावहारिक छ
पद १
पवित्र आत्माको सब काम सामान्य, वास्तविक छ।
जब परमेश्वरका वचन पढ्छौ,
प्रार्थना गर्छौ, भित्र दृढ हुन्छौ।
बाहिरी संसारले तिमीलाई बाधा दिन सक्तैन,
भित्र निकै उज्ज्वल हुन्छौ।
पद २
उहाँलाई प्रेम गर्न इच्छुक हुन्छौ;
दुष्ट संसारलाई घृणा गर्छौ,
असल कुरामा संलग्न हुन मन गर्छौ।
यो उहाँभित्र जिउनु हो, अरूले भनेझैँ परम आनन्द लिने
अव्यवहारिक कुरा होइन।
कोरस
आज सबथोक वास्तविकताबाट सुरू हुनुपर्छ।
ओह, हो, उहाँले गर्नुहुने सबथोक वास्तविक छ।
पद ३
तिमीले तिम्रो सबै अनुभवमा,
उहाँलाई साँच्चै चिन्न, उहाँले
काम गर्ने तरिका खोज्न,
उहाँका सब कामका पदचिन्ह
खोज्न र पवित्र आत्माले कसरी मानिसलाई उत्प्रेरित गर्नु,
अन्तर्दृष्टि दिनुहुन्छ भनी जान्न ध्यान दिनुपर्छ।
पद ४
उहाँका वचन खाए-पिएमा, प्रार्थना गरेमा र झन् वास्तविक
तरिकामा सहकार्य गरेमा,
तिमी पत्रुस झैँ भएमा, खराब तरिका इन्कार गरेमा,
र सब युगका असल कुरा आत्मसात गरेमा,
ब्रिज
उहाँको काममा सहकार्य गर्न,
सक्ने जति सबै गरेमा,
आफ्ना कान र आँखाले सुनेमा र हेरेमा,
हृदयमा प्रार्थना र मनन गरेमा,
निश्चय परमेश्वरले तिमीलाई
मार्गदर्शन गर्नुहुनेछ!
कोरस
आज सबथोक वास्तविकताबाट सुरू हुनुपर्छ।
ओह, हो, उहाँले गर्नुहुने सबथोक वास्तविक छ।
आज सबथोक वास्तविकताबाट सुरू हुनुपर्छ।
ओह, हो, उहाँले गर्नुहुने सबथोक वास्तविक छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “वास्तविकता कसरी थाहा पाउने” बाट परिमार्जित
尼泊尔语-20210814-GY.png)