419 साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने
१
प्रार्थना गर्दा, परमेश्वरसमक्ष तेरो हृदय शान्त हुनुपर्दछ, र तँसँग निष्कपट हृदय हुनुपर्दछ। तँ वास्तवमै परमेश्वरसँग कुराकानी र प्रार्थना गरिरहेको हुन्छस्—तैँले परमेश्वरलाई मीठो बोलीले फकाउने प्रयास गर्नुहुँदैन। प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ। तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्, तैँले प्रार्थना गर्दा परमेश्वरसामु गरेको सङ्कल्पसहित आफ्ना वास्तविक स्थिति र समस्याहरू उहाँको अघि लिएर जा।
२
प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन; यो त निष्कपट हृदयले परमेश्वरको खोजी गर्नु हो। परमेश्वरलाई तेरो हृदयको सुरक्षा गर्न अनुरोध गर्, ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्; ताकि उहाँले तँलाई राख्नुभएको वातावरणमा, तैँले आफैलाई चिन्न, आफैलाई घृणा गर्न, आफैविरुद्ध विद्रोह गर्न सक्, यसरी तँ परमेश्वरसँग सामान्य सम्बन्ध राख्न र उहाँलाई प्रेम गर्ने व्यक्ति वास्तवमै बन्न सक्छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा