४०७ विश्वासीहरूले परमेश्वरका पदचापहरू नजिकबाट पछ्याउनैपर्छ
१
मानिसले परमेश्वरमा विश्वास गर्ने हुँदा, उसले परमेश्वरका हरेक पदचापलाई नजिकबाट पछ्याउनैपर्छ; उसले “थुमालाई उहाँ जता जानुहुन्छ त्यतै पछ्याउनुपर्छ।” साँचो मार्गको साँच्चै खोजी गर्ने मानिसहरू यिनीहरू मात्रै हुन्, पवित्र आत्माको कामलाई चिन्नेहरू तिनीहरू मात्रै हुन्। शब्द र धर्मसिद्धान्तहरूलाई जिद्दीपूर्वक पालन गर्ने मानिसहरू पवित्र आत्माको कामद्वारा हटाइएकाहरू हुन्। हरेक समयावधिमा, परमेश्वरले नयाँ काम सुरु गर्नुहुनेछ र हरेक अवधिमा, मानिसमाझ नयाँ सुरुवात हुनेछ। यदि मानिसले “यहोवा नै परमेश्वर हुनुहुन्छ” र “येशू नै ख्रीष्ट हुनुहुन्छ” भन्ने सत्यताहरू, जुन हरेक एउटा युगमा मात्रै लागू हुने सत्यताहरू हुन्, तिनलाई मात्रै पालन गर्छ भने, मानिस पवित्र आत्माको कामसँग कहिल्यै तालमेल राख्न सक्दैन र पवित्र आत्माको काम प्राप्त गर्न ऊ सधैँका लागि असमर्थ हुनेछ।
२
ती मानिसहरू जो अन्तिमसम्मै पछ्याउन, र पवित्र आत्माको कामसँग तालमेल राख्न सक्दैनन्, पुरानो काममा मात्रै टाँसिरहन्छन्, तिनीहरूले परमेश्वरप्रतिको बफादारी हासिल गर्न असफल मात्रै भएका छैनन्, बरु यसको विपरीत, तिनीहरू परमेश्वरलाई विरोध गर्नेहरू, नयाँ युगद्वारा इन्कार गरिएकाहरू र दण्डित हुनेहरू बनेका छन्। के तिनीहरूभन्दा दयनीय अरू कोही छ? परमेश्वरले समेत उहाँको काममा प्रावधानहरू पालन गर्नुहुन्न, र यो उहाँको आफ्नै काम भए पनि, परमेश्वर अझै पनि यसमा टाँसिनुहुन्न। इन्कार गरिनुपर्ने कुरा इन्कार गरिन्छ, हटाइनुपर्ने कुरा हटाइन्छ। तैपनि मानिस परमेश्वरलाई शत्रु बनाउनका लागि उहाँको व्यवस्थापनको कार्यको एउटा सानो भागलाई मात्र पक्रिरहन्छ। के यो मानिसको बेतुकापन होइन र? के यो मानिसको अज्ञानता होइन र? आशिष्हरू प्राप्त नगर्ने डरका कारण मानिसहरू जति बढी डरपोक र अति सावधान हुन्छन्, तिनीहरू अझ धेरै आशिष्हरू प्राप्त गर्न र अन्तिम आशिष् प्राप्त गर्न त्यति नै बढी असमर्थ हुन्छन्।
३
जिद्दीपूर्वक व्यवस्था पालन गर्नेहरू सबैले व्यवस्थाप्रति सबैभन्दा धेरै बफादारी देखाउँछन् र तिनीहरूले व्यवस्थाप्रति त्यस्तो बफादारी जति धेरै देखाउँछन्, तिनीहरू त्यति नै बढी परमेश्वरलाई विरोध गर्ने विद्रोहीहरू हुन्छन्। अहिले व्यवस्थाको युग नभएर राज्यको युग भएकाले, आजको काम र विगतको कामलाई सँगै उल्लेख गर्न सकिँदैन, न त विगतको कामलाई नै आजको कामसँग तुलना गर्न सकिन्छ। परमेश्वरको काम परिवर्तन भएको छ र मानिसको अभ्यास पनि परिवर्तन भएको छ; यो व्यवस्था पालन गर्नु वा क्रूस बोक्नु होइन, त्यसकारण, व्यवस्था र क्रूसप्रतिको मानिसहरूको बफादारीले परमेश्वरको अनुमोदन पाउनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास