३१४ मैले सजाय र न्यायमा परमेश्वरको प्रेम देखेको छु
१
हे परमेश्वर! मैले सयौँ परीक्षा र सङ्कष्टहरू सहेको र म मृत्युको नजिक पुगेको समेत भए पनि, ती सबैले मलाई साँचो रूपमा तपाईँलाई चिन्न र अत्यन्तै ठुलो मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेको भए, म अन्धकारमा शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ। मानिसको देहसँग के लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईँको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथियो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथियो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र?
२
तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई छोडेमा, मसँग जिइरहने कुनै उपाय हुनेथिएन। यदि म तपाईँको सजाय र न्यायविना भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन् छ कि म त्यसलाई शब्दमा भन्नै सक्दिनँ। तपाईँको प्रेमविना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमावान् अनुहार देख्न असमर्थ हुनेथिएँ। म कसरी निरन्तर जिउन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र?
३
म तपाईँलाई पूर्ण निष्कपटताका साथ अनुरोध गर्छु, म बिन्ती गर्छु कि मेरो सबैभन्दा ठूलो सान्त्वना मबाट नलैजानुहोस्, चाहे यो तपाईँका सान्त्वनादायी शब्दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ के अनुभूति गरेको छु भने, यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध तुल्याउन, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्ने तुल्याउन अझै बढी सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान