296 भ्रष्ट मानवजातिको दुःख
१
मानिसले यी सबै कालखण्डमा हिँड्दा परमेश्वरलाई पछ्याएको छ, तैपनि परमेश्वरले सबै थोक र जीवित प्राणीको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भनी उसले जान्दैन, न त परमेश्वरले सबै थोकहरूलाई कसरी योजनाबद्ध र निर्देशन गर्नुहुन्छ भन्ने नै जान्दछ। यसले मानिसलाई अनादिकालदेखि वर्तमान दिनसम्म नै छलेको छ। यसो हुनुको कारण परमेश्वरका कार्यहरू अत्यन्त गुप्त भएर होइन, न त परमेश्वरको योजना साकार हुन बाँकी रहेर नै हो, तर मानिसको हृदय र आत्मा परमेश्वरबाट अति टाढा भएका कारण हो, यति टाढा कि मानिसले परमेश्वरलाई पछ्याउँदा पनि ऊ शैतानको सेवामा रहन्छ— र उसलाई यो कुरा अझै थाहा छैन।
२
परमेश्वरका कदमहरू र परमेश्वरको देखापराइलाई कसैले पनि सक्रियतापूर्वक खोज्दैन, अनि कोही पनि परमेश्वरको हेरचाह र सुरक्षामा रहन इच्छुक छैन। बरु, यस संसारसँग र दुष्ट मानवजातिले पछ्याउने अस्तित्वका नियमहरूसँग अनुकुल रहन तिनीहरू शैतान अर्थात् दुष्टको क्षयमा भर पर्न चाहन्छन्। यस अवस्थामा, मानिसको हृदय र आत्मा शैतानका लागि मानिसको सौगात र शैतानको खाद्य पदार्थ भएको छ। अझ बढी, मानव हृदय र आत्मा शैतान बस्न सक्ने ठाउँ र त्यसको उचित खेल मैदान भएको छ।
३
मानिसले मानव हुनुको सिद्धान्तहरूका बुझाइ साथै मानव अस्तित्वको मूल्य र अर्थको बुझाइलाई थाहा नै नपाई गुमाउँछ। मानिसको हृदयमा परमेश्वरका व्यवस्थाहरू अनि परमेश्वर र मानिस बीचको करार क्रमिक रूपमा मेटिँदै जान्छ र उसले परमेश्वरलाई खोज्न वा उहाँलाई ध्यान दिन छोड्छ। समय बित्दै जाँदा, परमेश्वरले उसलाई किन सृष्टि गर्नुभयो भन्ने कुरा नै मानिसले बुझ्न छाड्छ, न त उसले परमेश्वरको मुखबाट निस्केको वचन र परमेश्वरबाट आएका सबै कुरा नै बुझ्छ। त्यसपछि मानिसले परमेश्वरका व्यवस्थाहरू र आदेशहरूको प्रतिरोध गर्न थाल्छ, अनि उसको हृदय र आत्मा मरेतुल्य बन्छ…। परमेश्वरले मौलिक रूपमा सृष्टि गर्नुभएको मानिसलाई गुमाउनुहुन्छ, अनि मानिसले उसको मौलिक मूललाई गुमाउँछ: मानवजातिको दुःख यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ