283 मानिसको जीवन पूर्ण रूपले परमेश्वरको सार्वभौमिकतामा छ
१
यदि व्यक्तिले नियतिमा विश्वास मात्रै गर्छ—नियतिबारे उसको भावना निकै गहन भए पनि—उसले मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्न र पहिचान गर्न, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, उसको जीवन एउटा दुःखान्त हुनेछ, व्यर्थमा जिइएको, खोक्रो जीवन हुनेछ; यस्ता व्यक्तिहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आत्मसमर्पण गर्न, सबैभन्दा सच्चा अर्थमा सृष्टि गरिएको मानिस बन्न, अनि सृष्टिकर्ताको स्वीकृति प्राप्त गर्न असमर्थ हुनेछन्।
२
सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्ने र अनुभव गर्ने व्यक्ति सक्रिय स्थितिमा हुनुपर्छ, नकारात्मक वा लाचार स्थितिमा हुनु हुँदैन। त्यस्तो व्यक्तिले सबै कुराहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्ने कुरालाई स्वीकार गर्ने भए तापनि, उसले जीवन र नियतिसम्बन्धी सही परिभाषा धारण गर्नुपर्छ: सम्पूर्ण जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्नो यात्राको हरेक चरणलाई सम्झन्छ, तब उसले देख्छ कि उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्वरले नै उसलाई मार्गनिर्देशित गरिरहनुभएको थियो, र यसबारेमा योजना बनाइरहनुभएको थियो। व्यक्तिले थाहै नपाई उसलाई आजसम्म डोर्याउने त परमेश्वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँमार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु— कस्तो सौभाग्य हुन्थ्यो! जब उसले आफ्नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्वरको सार्वभौमिकतालाई साँच्चै अनुभव गर्छ, तब उसले परमेश्वरले बन्दोबस्त गर्नुभएका सबै कुरामा थप इमानदारीसाथ समर्पित हुने इच्छा गर्नेछ, र परमेश्वरलाई आफ्नो नियतिको योजना गर्न दिन र परमेश्वरको विरुद्धमा विद्रोह गर्न छाड्नका लागि उसमा थप सङ्कल्प र आत्मविश्वास हुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३