270 परमेश्वरले उहाँ देखा पर्ने अभिलाषा राख्नेहरूलाई खोजिरहनु भएको छ
१
आज, परमेश्वरको आराधना गर्ने र दुष्टताबाट अलग बस्ने, नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा छैनन्। तैपनि परमेश्वर यस मानवजातिप्रति अझै दयालु हुनुहुन्छ र यस अन्तिम युगको अवधिमा अझै तिनीहरूलाई क्षमा दिनुहुन्छ। परमेश्वरले उहाँको देखा पराइको तृष्णा गर्नेहरूलाई खोज्नुहुन्छ। उहाँका वचनहरू सुन्न सक्नेहरू, उहाँका आज्ञालाई नबिर्सेकाहरू र आफ्ना हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई उहाँले खोज्नुहुन्छ। उहाँले आफूसामु बालकझैँ समर्पित हुने र उहाँको विरोध नगर्नेहरूलाई खोज्नुहुन्छ। यदि तैँले आफैलाई परमेश्वरमा समर्पित गरिस्, कुनै शक्ति वा दबाबद्वारा रोकिएनस् भने, परमेश्वरले तँलाई कृपाका साथ हेर्नुहुनेछ, र तँमाथि आशिष् खन्याउनुहुनेछ।
२
यदि तँ उच्च स्थान, सम्माननीय प्रतिष्ठामा छस्, तँसँग प्रशस्त ज्ञान छ, प्रशस्त सम्पत्तिका मालिक होस्, धेरै मानिसहरूले तँलाई समर्थन गर्छन्, तर पनि उहाँको बोलावट र उहाँको आज्ञालाई स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि परमेश्वरका सामु आउन यी कुनै पनि कुराले तँलाई रोकेनन् भने, तैँले गरेका सबै कुरा यस पृथ्वीमा अति अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा धर्मी प्रयास हुनेछन्। यदि तैँले ओहोदा र तेरा आफ्ना लक्ष्यका खातिर परमेश्वरको बोलावटलाई अस्वीकार गरिस् भने, तैँले गरेका सबै कुरा श्रापित हुनेछन् र परमेश्वरद्वारा ती घृणित समेत हुनेछन्।
३
सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्च ओहोदामा भए पनि, यदि तँ आफ्ना काम-कारबाहीहरूमा आफ्ना ज्ञान र क्षमतामा भर पर्छस् भने, तँ जहिले पनि असफल हुनेछस् र परमेश्वरका आशिष्हरूबाट सधैँ वञ्चित हुनेछस्, किनकि तैँले गरेको कुनै पनि कुरालाई परमेश्वरले स्वीकार गर्नुहुन्न, र तैँले गरेको प्रयास धर्मी हो भनी उहाँले मान्नुहुन्न वा तैँले मानवजातिका फाइदाका लागि केही कार्य गरेको छस् भनी स्वीकार गर्नुहुन्न। परमेश्वरले के भन्नुहुनेछ भने, तैँले गर्ने सबथोक परमेश्वरको सुरक्षालाई मानिसबाट टाढा धकेल्न र परमेश्वरका आशिष् इन्कार गर्नहेतु मानवजातिको ज्ञान र बल प्रयोग गर्नका लागि हो। तैँले मानवजातिलाई अँध्यारोतिर, मृत्युतिर र मानवले परमेश्वर र उहाँका आशिष्लाई गुमाएका असीमित अस्तित्वको सुरुआततिर लैजान्छस् भनी उहाँले तँलाई भन्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि शासन गर्नुहुन्छ