200 आखिरी दिनहरूमा परमेश्वरको देहधारणले परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई समापन गर्छ
१
मानिससँग अझै राम्ररी संलग्न हुन र मानिसलाई राम्ररी विजय गर्नको लागि परमेश्वरले देहमा काम गर्नुहुन्छ, र देहमा बोल्नुहुन्छ र देहमा नै सबै काम लिनुहुन्छ। अन्तिम पटक परमेश्वर देह बन्नुहुँदा, आखिरी दिनहरूको उहाँको कामलाई देहमा समापन गरिनेछ। उहाँले सबै मानिसहरूलाई प्रकारअनुसार वर्गीकरण गर्नुहुनेछ, आफ्नो सम्पूर्ण व्यवस्थापनलाई समाप्त गर्नुहुनेछ र देहको उहाँको सम्पूर्ण कामलाई पनि समाप्त गर्नुहुनेछ। पृथ्वीको उहाँको सबै काम सकिएपछि, उहाँ पूर्ण रूपमा विजयी बन्नुहुनेछ।
२
देहमा काम गर्ने क्रममा, परमेश्वरले मानवजातिलाई पूर्ण रूपमा विजय गर्नुभएको हुनेछ र पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ। के यसको अर्थ उहाँको पूरै व्यवस्थापन सक्किसकेको हुनेछ भन्ने होइन र? परमेश्वरले देहमा आफ्नो काम समापन गर्नुहुँदा, उहाँले शैतानलाई पूर्ण रूपमा हराउनुभएको र उहाँ विजय हुनुभएको हुन्छ। तब मानिसलाई भ्रष्ट तुल्याउने थप मौका शैतानसँग हुनेछैन। परमेश्वरको पहिलो देहधारणको काम भनेको मानिसका पापहरूको छुटकारा र क्षमा थियो। अहिले यो मानिसलाई विजय गर्ने र पूर्ण रूपमा प्राप्त गर्ने काम हो, ताकि शैतानसँग उप्रान्त त्यसको काम गर्ने कुनै मार्ग नहोस् र त्यो पूर्ण रूपमा हारोस् अनि परमेश्वर पूर्ण रूपमा विजय बन्नुभएको होस्। देहको काम यही नै हो र यो परमेश्वर स्वयंले गर्नुहुने काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ