153 ख्रीष्टको पहिचान स्वयम् परमेश्वर हुनुहुन्छ
१
परमेश्वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा काम गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कामलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्वरका आत्मा हुन् वा ख्रीष्ट हुन्, दुवै नै परमेश्वर स्वयम् हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले वहन गर्नुपर्ने सेवकाइ वहन गर्नुहुन्छ। उहाँले आफ्नो कामलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्वरविरुद्ध विद्रोह गर्ने तरिकाले उहाँले कहिल्यै काम गर्नुहुन्न। उहाँले मानिसबाट जे माग गर्नुभए पनि, त्यो मानिसले पूरा गर्न सक्नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्वरको इच्छालाई पछ्याउने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो।
२
ख्रीष्टको ईश्वरत्व सबै मानिसहरूभन्दा माथि छ; त्यसकारण, सबै सृजित प्राणीमाझ सबैभन्दा उच्च अख्तियार उहाँ नै हुनुहुन्छ। यो अख्तियार नै उहाँको ईश्वरत्व, अर्थात् परमेश्वर स्वयम्को स्वभाव र अस्तित्व हो, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्वर स्वयम्को पहिचान छ भन्ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि र उहाँ परमेश्वरको इच्छाप्रति जसरी समर्पित हुनुभए पनि, उहाँ परमेश्वर स्वयम् हुनुहुन्न भनेर भन्न सकिँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्टको सार हो