१३९  साँचो प्रार्थनाको प्रभाव

परमेश्‍वरले मानिसबाट माग गर्नुहुने न्यूनतम मानक भनेको मानिस आफ्नो हृदय उहाँसामु खोल्न सक्षम होस् भन्‍ने हो। यदि मानिसले परमेश्‍वरलाई उसको साँचो हृदय दिन्छ र उसको हृदयमा साँच्चै भएको कुरा बोल्छ भने, परमेश्‍वर उसमा काम गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वरले जे चाहना गर्नुहुन्छ त्यो मानिसको कुटिल हृदय नभई शुद्ध र इमानदार हृदय हो। यदि मानिस आफ्नो हृदयबाट परमेश्‍वरसँग कुरा गर्दैन भने, उहाँले उसको हृदयलाई उत्प्रेरित गर्नुहुनेछैन वा उसमा काम गर्नुहुनेछैन। तसर्थ, प्रार्थनाको गाँठी कुरा भनेको परमेश्‍वरसँग हृदयदेखि कुरा गर्नु हो, परमेश्‍वरलाई तेरा कमीकमजोरीहरू वा विद्रोही स्वभावबारे बताउनु, आफूलाई उहाँसामु पूर्ण रूपमा खुला राख्नु हो; तब मात्र परमेश्‍वरले तेरो प्रार्थनामा चासो राख्नुहुनेछ, अन्यथा उहाँले आफ्नो मुहार तँबाट लुकाउनुहुनेछ।

प्रार्थनाका लागि न्यूनतम मानक भनेको तैँले आफ्नो हृदयलाई परमेश्‍वरसामु शान्त राख्न सक्नुपर्छ, र त्यसले परमेश्‍वरलाई छोडेर जानुहुँदैन। यस चरण दौरान, तैँले अझ नयाँ वा अझ उच्च अन्तर्ज्ञान प्राप्त नगर्लास्, तर त्यसबेला तैँले यथास्थिति कायम राख्न प्रार्थनाको उपयोग गर्नैपर्छ—तँ पछि हट्नुहुँदैन। तैँले हासिल गर्नैपर्ने सबैभन्दा न्यूनतम कुरा यही हो।

इमानदार व्यक्ति बन्; तेरो हृदयमा भएको छलबाट छुटकारा पाउन परमेश्‍वरलाई प्रार्थना गर्। प्रार्थनाको माध्यमबाट आफूलाई सधैँ स्वच्छ पार्, प्रार्थनामार्फत परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित बन्, यसरी, तेरो स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो आत्मिक जीवन प्रार्थनाको जीवन हो—यो पवित्र आत्माद्वारा उत्प्रेरित भइने जीवन हो। पवित्र आत्माद्वारा उत्प्रेरित हुने प्रक्रिया नै मानिसको स्वभाव परिवर्तन हुने प्रक्रिया हो। व्यक्ति पवित्र आत्माद्वारा उत्प्रेरित नहुने जीवन आत्मिक जीवन हुँदैन, त्यो धार्मिक कर्मकाण्डको जीवन हुन्छ।

पवित्र आत्माद्वारा प्रायजसो उत्प्रेरित गरिने, र पवित्र आत्माद्वारा अन्तर्दृष्टि र ज्योति दिइनेहरू मात्रै, आत्मिक जीवनमा प्रवेश गरेका हुन्छन्। प्रार्थना गर्दै जाँदा मानिसको स्वभाव निरन्तर रूपमा परिवर्तन हुन्छ। परमेश्‍वरका आत्माले उसलाई जति धेरै उत्प्रेरित गर्नुहुन्छ, ऊ त्यति नै सक्रिय र समर्पित बन्छ। त्यसरी नै, उसको हृदय पनि बिस्तारै शुद्ध गरिनेछ, र उसको स्वभाव बिस्तारै परिवर्तन हुनेछ। साँचो प्रार्थनाको प्रभाव यस्तै हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रार्थनाको अभ्यासको सम्बन्धमा

अघिल्लो: १३८  साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने

अर्को: १४०  पवित्र आत्माको काम पाउन प्रार्थनामा आफ्नो हृदयदेखि बोल

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्