६१ ओहोदा कदर गर्नुमा के मूल्य छ र?
शुरुवात
परमेश्वरको इच्छा मानिसले वास्ता गर्दैन,
उहाँका कार्य देख्न सक्तैनन्।
ज्योतिमा हिँड्न सक्तैनन्,
न त तिमाथि ज्योति चम्केको छ।
पद १
मानिसले उहाँका वचन कदर गरे पनि,
शैतानका युक्ति बुझ्न सक्तैन।
उसको कद सानो भएकोले,
हृदयले चाहे अनुसार गर्न सक्तैन।
उसले उहाँलाई इमानदारीसाथ प्रेम गरेकै छैन।
उसलाई उच्च बनाउनुहुँदा, अयोग्य महसुस गर्छ,
तैपनि उहाँलाई सन्तुष्ट बनाउन खोज्दैन,
दिइएको ओहोदाको जाँच मात्रै गर्छ।
कोरस १
मानिस लोभी भई आफ्नो
ओहोदाका फाइदा हडपिरहन्छ।
उहाँको प्रेमिलो स्वभाव प्रति अनभिज्ञ छ।
के यो उसको कमजोरी होइन?
ब्रिज
पहाड सर्दा, के मानिसको स्थानको कारण
घुमाउरो बाटो लिन सक्छन्?
पानी बग्दा, के रोकिन सक्छन्?
के स्वर्ग, पृथ्वी उल्टिन सक्छन्?
पद २
उहाँ एक समय मानिसप्रति, बारम्बार
कृपालु हुनुहुन्थ्यो,
तैपनि कसैले यसको कदर गर्दैन।
केवल कथाको रूपमा सुने,
उपन्यासको रूपमा पढे।
के वचनले मानिसको हृदय साँच्चै छुँदैनन्?
के उहाँका वाणी प्रभावहीन छन्?
सायद कसैले उहाँको अस्तित्वमा विश्वास गर्दैन?
कोरस २
मानिस आफूलाई प्रेम गर्दैन;
शैतानसँग मिलेर परमेश्वरलाई आक्रमण गर्छ।
उहाँको सेवा गर्न शैतानलाई सम्पत्ति झैँ प्रयोग गर्छ।
अन्त्य
शैतानका सब युक्ति छेड्नुहुनेछ,
र पृथ्वीका मानिसलाई शैतानका
छल स्वीकार्नबाट रोक्नुहुनेछ,
ताकि तिनले उहाँको विरोध नगरून्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय २२” बाट परिमार्जित