प्रस्तावना
थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् को सामग्रीलाई दुई भागमा विभाजित गरिएको छ: परमेश्वरका वचनहरूका भजनहरू र मण्डली जीवनका भजनहरू।
सर्वशक्तिमान् परमेश्वरका वचनहरूका भजनहरूका शब्दहरू सम्पूर्ण रूपले वचन देहमा देखा पर्नुहुन्छका खण्डहरूबाट र अन्तिम दिनहरूका ख्रीष्टका वाणीहरूको अभिलेखबाट चुनिएका हुन्। यी आवश्यक वाणीहरूलाई गीतमा रूपान्तरण गर्नु चुनिएका मानिसहरूका लागि आत्मिक भक्तिलाई अभ्यास गर्न, परमेश्वरको नजिक जान, उहाँको वचनहरूलाई मनन गर्न, र सत्यतालाई बुझ्नमा मानिसहरूका लागि निकै फाइदाजनक छन्। ती परमेश्वरका वचनहरूलाई अनुभव गरिरहन र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिरहनका लागि फाइदाजनक छन्।
मण्डली जीवनका भजनहरू परमेश्वरका चुनिएका जनहरूले लेखेका साक्षीका भजनहरू हुन्, जुन परमेश्वरको न्याय र सजायबारे उनीहरूका अनुभवहरूमा आधारित छन्। यी भजनहरूले परमेश्वरको न्यायको कामले मानिसहरूमा हासिल गर्ने प्रभावको साक्षी दिन्छन्। तिनले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू मानव जातिलाई जित्न, शुद्ध पार्न र सिद्ध बनाउन पूर्ण रूपमा सक्षम छन् भनी गवाही दिन्छन्। तिनले चीनमा परमेश्वरले विजेताहरूको एउटा समूह बनाउनुभएको छ, उहाँ शैतानमाथि विजयी हुनुभएको छ, र पूर्ण महिमा प्राप्त गर्नुभएको छ भनी सम्पूर्ण रूपले गवाही दिन्छन्। यी भजनहरूले मानिसहरूलाई विश्वास र सामर्थ्य दिन्छन्, र तिनीहरूलाई आफ्नै बारेमा सोच्ने, तिनीहरूको कमीहरू देख्न, तिनीहरूको कठिनाइहरू समाधान गर्न र भ्रमलाई औंल्याउन प्रोत्साहन दिन्छ—सत्यतालाई बुझ्नेहरूले मात्र आफैलाई शैतानको प्रभावबाट मुक्त गर्न सक्छन्, सत्यताले मानिसहरूलाई छुटकारा दिन सक्छ भन्ने कुरा यसले पुष्टि गर्दछ। असल गीतहरू जीवनमा आवश्यक पर्दा सहयोग गर्ने सहयात्री हुन्। ती ठूलो सुधारका स्रोत हुन्।
अगस्त ८, २०२०