222 मैले परमेश्‍वरको प्रेमिलो स्वभाव देखेको छु

पद १

चिनेको स्वरले मलाई बेला-बेलामा बोलाएको सुनेँ।

सपनाबाट ब्यूँझिएझैँ,

कसले बोलाउँदै छ भनेर हेरेँ।

स्वर कोमल तर कडा,

र स्वरूप निकै सुन्दर थियो।

मलाई भनिएका वचनद्वारा हृदय, आत्मा,

छेडिएका थिए।

तिनले मेरो भ्रष्टताको तथ्यको खुलासा गरे,

मेरो लुक्ने ठाउँ थिएन।


पद २

दुःख र घृणामा, गरेका कार्यबारे विचार गरेँ।

पदको लागि उहाँसँग भिडी,

हाम्रा अन्तरक्रियामा तुच्छता देखाएँ।

आखिर, मानिस मानिस भए

झैँ परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ।

समझ थिएन, आफैलाई चिनिन,

मूर्ख र अहङ्कारी थिएँ।

लाज पचाएँ, आफैलाई लज्जित तुल्याएँ;

हृदय पछुतोले भरिएको थियो।


कोरस १

शैतानद्वारा यति भ्रष्ट तुल्याइएको थिएँ

कि म निकै तुच्छ भएँ।

दुष्टका विचारमा विषाक्त भई डुबेर,

पूरै मानवत्व गुमाएँ।

म निकै भ्रष्ट तुल्याइएको र मानव

रूप रहित भएको खुलासा भयो।

मैले भ्रष्ट स्वभाव नफ्याँकेसम्म,

मेरो सेवा निष्फल हुने थियो।

उहाँबारे गलत धारणा बोकेर

उहाँको विरोध नै त गर्ने भएँ।

उहाँको सजाय र न्यायको कारणले, म धोइएको

र मुक्ति दिइएको छु, हो।


पद ३

सजायको कष्ट भोगेको छु, तैपनि

प्रेमिलो हातले मलाई स्पर्श गर्छ।

मेरो विद्रोह, अन्यायको कारण

उहाँ मलाई न्याय गर्नुहुन्छ।

आफैलाई साँच्चै घृणा गर्छु,

लामो समयदेखि उहाँको अनुयायी,

जसले यतिका समयपछि पनि साँचो परमेश्‍वरलाई चिनेन।

उहाँ पवित्र, धर्मी हुनुहुन्छ भन्ने देखेर,

म पूरै समर्पण गर्छु।


कोरस २

उहाँले दिनुहुने न्याय र सजाय,

उहाँको प्रेम र आशिष् हो।

उहाँको न्यायद्वारा प्राप्त मुक्तिको कारण

मात्रै मसँग यो दिन छ।

उहाँको वास्तविकता, सर्वशक्ति

मानिसलाई पूरै देखाइन्छ।

उहाँलाई र उहाँको प्रेमिलो स्वभाव जान्दछु,

अब म ज्योतिमा जिउँछु।

उहाँ निकै प्रेमिलो हुनुहुन्छ,

उहाँलाई पूरा हृदयले प्रेम गर्नेछु।

उहाँलाई सदा-सर्वदा प्रेम गर्नेछु,

उहाँको साक्षी दिनेछु, दिनेछु।

अघिल्लो: 149 तपाईँ मेरो सामु देखा पर्नुहुँदा म तपाईँको मुस्कुराइरहेको मुहारलाई स्वागत गर्नेछु

अर्को: 256 गुमाएको मुक्ति कसरी पुनः प्राप्त गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्