242 मैले परमेश्वरको धेरै प्रेमको आनन्द उठाएको छु
१
म भ्रष्ट मानव हुँ, शैतानी स्वभावहरूले भरिएको छु।
परमेश्वरका वचनको न्याय र खुलासाले मलाई लाजले भरिदिन्छ।
म देख्छु कि म गहन रूपमा भ्रष्ट तुल्याइएको छु, म सँग विरलै मानव रूप छ;
मसँग कुनै सत्यता वास्तविकता छैन,
मसँग कुनै सत्यता वास्तविकता छैन,
र यो सबले मेरो हृदयलाई चिन्तित तुल्याउँछ।
चिन्तित हृदयका साथ, म गोप्यमा रुन्छु।
म किन परमेश्वरलाई सन्तुष्ट पार्न सक्दिनँ?
परमेश्वरले मेरो पश्चात्तापको तृष्णा गरिरहनुभएको देखेर,
म उप्रान्त निरुत्साहित वा निराश छैनँ।
परमेश्वरको प्रेमले मेरो हृदय कटक्क खान्छ,
र मेरा आँसुलाई वर्षा झैँ बग्ने तुल्याउँछ।
उहाँको प्रेमले मेरो हृदय विजय गरेको छ,
मलाई आजबाट उहाँलाई प्रेम गर्ने तुल्याएको छ।
मैले उहाँलाई पछ्याएर सत्यता पाएको छु;
परमेश्वरमात्र सबभन्दा प्रेमिलो हुनुहुन्छ।
२
परमेश्वरका वचनको न्याय भोगेर, म आफ्नो भ्रष्टताको तथ्य स्पष्ट देख्छु।
मसँग मानवता वा समझ छैन, तैपनि अझै अहङ्कारी, अभिमानी, आत्म-धर्मी छु।
म शैतानी स्वभाव मात्र जिउँछु, तैपनि आफ्नो मानवता असल भएको मान्छु।
म देख्छु कि म गहन रूपमा भ्रष्ट तुल्याइएको छु;
मलाई परमेश्वरको शुद्धीकरण र मुक्तिको खाँचो छ।
परमेश्वरको न्यायको हरेक वचनले मेरो भ्रष्टताको स्रोतको खुलासा गर्छ।
पछुतोले भरिएर, म लम्पसार पर्छु र परमेश्वरको धार्मिकता देख्छु।
भ्रष्ट मानिसलाई न्याय गरिनु र शुद्ध पारिनु साँच्चै परमेश्वरको प्रेम हो।
आज परमेश्वरको सामु जिउनु पूर्णतः उहाँको मुक्तिका कारण हो।
म परमेश्वरको मुक्तिको अनुग्रह पाउँछु,
र परमेश्वरप्रतिको मेरो प्रेम झन् शुद्ध हुन्छ।
३
म परीक्षाहरूमाझ भए नि, मेरो हृदयले अझै परमेश्वरको प्रेम महसुस गर्छ।
शोधनमा, उहाँका वचन मेरो सान्त्वना हुन्,
मलाई थाहा छ उहाँले मलाई सिद्ध पार्दै हुनुहुन्छ।
परमेश्वरको शुद्धीकरण र मुक्ति प्राप्त गर्नु साँच्चै उहाँको अनुग्रह हो।
म देख्छु कि उहाँको न्याय र सजायभित्र उहाँको साँचो प्रेम छ।
परमेश्वरलाई प्रेम गर्न सक्दा हर्ष महसुस गर्छु,
परमेश्वरलाई प्रशंसा नगरी बस्न सक्दिनँ।
उहाँको प्रेम निकै महान्, साँचो, सुन्दर छ,
र म त्यसको अतुलनीय आनन्द उठाउँछु।
मेरो हृदय अब पूर्णतः उहाँको हो; सदैव उहाँलाई उच्च पार्नेछु, गवाही दिनेछु।
सारा जीवन उहाँलाई प्रेम गर्न इच्छुक छु, उहाँलाई मेरो प्रेम पाउने तुल्याउनेछु।
परमेश्वरले मलाई अत्यन्तै धेरै प्रेम दिनुभएको छ,
म उहाँलाई सारा अनन्तकालसम्म प्रेम गर्नेछु।