अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (७)

विषयवस्तु सात: फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस् (भाग दुई)

यसअघिको सङ्गतिमा, अगुवा र कामदारहरूको सातौँ जिम्मेवारी छलफल गरिएको थियो: “फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवता र सबल पक्षका आधारमा समझदारीपूर्वक खटनपटन र प्रयोग गर्ने, ताकि हरेकलाई सर्वोत्तम रूपमा प्रयोग गर्न सकियोस्।” हामीले मुख्यतः यो जिम्मेवारीका तीनवटा पक्षहरू सङ्गति गऱ्यौँ। ती तीन पक्षहरू के-के हुन्? (एउटा, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अर्को, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूका सामर्थ्यका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अनि अझै अर्को, केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने।) ती तीन पक्षहरू मूलतः यिनै हुन्। ती तीन पक्षहरूमार्फत हेर्दा, के मानिसहरूलाई प्रयोग गर्ने परमेश्‍वरको घरको सिद्धान्त हरेक व्यक्तिलाई सर्वोत्तम रूपमा प्रयोग गरिने खालको छ? (छ।) के यो सिद्धान्त सही छ? के यो मानिसहरूका लागि न्यायसङ्गत छ? (यो न्यायसङ्गत छ।) कमजोर बौद्धिकता भएका मूर्खहरूको कुरा गर्नुपर्दा, तिनीहरू कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र थोरै पनि कर्तव्य पूरा गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई कुनै कार्यमा खटाइस् भने, चाहे त्यो पेसागत, प्राविधिक पक्षमा होस् वा श्रमको हिसाबले होस्, तिनीहरूले त्यो पूरा गर्न सक्दैनन्। त्यस्ता मानिसहरूलाई बिलकुलै प्रयोग गर्न सकिँदैन, सेवा प्रदान गर्नमा समेत प्रयोग गर्न सकिँदैन। यो बौद्धिकताको हिसाबले हो। मानवताको हिसाबले, जसको मानवता खराब छ र जो दुष्ट मानिस हुन्, तिनीहरूले केही काम गर्न र केही कर्तव्य निभाउन सके पनि, तिनीहरूको मानवता अत्यन्तै दुष्ट भएकोले, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा बाधा र अवरोध निम्त्याउँछन्, जसले गर्दा लाभभन्दा धेरै क्षति हुन्छ, तिनीहरूले केही पनि राम्ररी गर्न सक्दैनन्। त्यस्ता मानिसहरू कर्तव्य निभाउन उपयुक्त हुँदैनन् र तिनीहरूलाई बिलकुलै प्रयोग गर्न सकिँदैन। यदि निश्‍चित सामर्थ्य भएका मानिसहरू छन् भने, तिनीहरूले परमेश्‍वरको घरको कामका लागि चाहिने सबै सर्तहरू पूरा गरेसम्म—मानकअनुरूपको मानवता भएको आधारमा—तिनीहरूलाई समझदारीपूर्वक प्रबन्ध र प्रयोग गर्न सकिन्छ। यसअघि, हामीले केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने भन्नेबारे पनि सङ्गति गऱ्यौँ। पहिलो प्रकार भनेको यहूदाजस्ता मानिसहरू हुन्, जो निकै कायर हुन्छन्। तिनीहरूको अधिक कायरताको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरू ठूलो रातो अजिङ्गरद्वारा पक्राउ गरिएपछि शतप्रतिशत यहूदा बन्ने सम्भावना हुन्छ; यदि तिनीहरूलाई महत्त्वपूर्ण काममा खटाइयो भने, एक पटक केही भइहालेमा तिनीहरूले सबथोकलाई घात गर्नेछन्। के यी खतरनाक पात्रहरू होइनन्? अविश्‍वासीजस्तै अर्को प्रकारका मानिसहरू पनि हुन्छन्, जसलाई हामी मण्डलीका मित्रहरू भन्छौँ। हृदयमा यी मानिसहरूले आकाशमा कोही बुढो मान्छे छ भन्ने विश्‍वास गर्ने देखिन्छ, तर तिनीहरूलाई परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न, परमेश्‍वर कहाँ हुनुहुन्छ, वा परमेश्‍वरले वास्तवमै उहाँको नयाँ काम गर्नुभएको छ कि छैन भन्ने थाहा हुँदैन, तिनीहरूले प्रायः परमेश्‍वरको अस्तित्वमा शङ्का गरिरहन्छन्। तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँलाई पछ्याउँदैनन्। त्यसकारण, त्यस्ता मानिसहरूलाई प्रयोग गर्न मिल्दैन, तिनीहरू परमेश्‍वरका घरमा कर्तव्य पूरा गर्न अनुपयुक्त हुन्छन्। साँच्चै विश्‍वास गर्नेहरूले समेत आफ्नो कर्तव्य मानकअनुरूप पूरा गर्न सक्छन् भन्ने जरुरी छैन, झन् अविश्‍वासी, अर्थात् मण्डलीको मित्रले गर्न सक्ने त कुरै हुँदैन! अर्को प्रकारका मानिसहरू ती हुन् जो बर्खास्त भएका छन्; यो समूह पनि केही परिस्थितिहरूमा विभाजित हुन्छ।

अगुवा र कामदारहरूको सातौँ जिम्मेवारीसम्बन्धी यसअघिको सङ्गतिको विषयवस्तुले आधारभूत रूपमा यी तीन प्रमुख बुँदाहरू समेटेको थियो: एउटा, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूको मानवताका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अर्को, फरक-फरक किसिमका मानिसहरूलाई तिनीहरूका सामर्थ्यका आधारमा समझदारीपूर्वक प्रयोग गर्ने; अनि अझै अर्को, केही विशेष प्रकारका मानिसहरूलाई कसरी व्यवहार र प्रयोग गर्ने। यी तीन बुँदाहरू सातौँ जिम्मेवारीमा उल्लेख गरिएका केही पक्षहरूका आधारमा सङ्गति गरिएका थिए, र सिद्धान्तहरू सबै स्पष्ट रूपमा सङ्गति गरिएका थिए। कतिपय मानिसहरूले यस्तो भन्छन्: “सिद्धान्तहरू स्पष्ट रूपमा सङ्गति गरिएका भए पनि, केही विशेष मामलाहरू र विशेष परिस्थितिहरूको कुरा आउँदा, हामीलाई अझै पनि यी सिद्धान्तहरू कसरी लागू गर्ने, मानिसहरूलाई कसरी व्यवहार गर्ने, वा व्यक्तिहरूको कसरी प्रवर्द्धन र प्रयोग गर्ने भनेर थाहा छैन; हामीलाई अझै पनि धेरै जसो समय के गर्ने भनेर थाहा नै हुँदैन।” के यस्तो समस्या अस्तित्वमा हुन्छ? (हुन्छ।) यो समस्या कसरी समाधान गरिनुपर्छ? मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्दा ख्याल गर्नुपर्ने पहिलो कुरा भनेको परमेश्‍वरको घरको कामका आवश्यकताहरू हो। ख्याल गर्नुपर्ने दोस्रो कुरा भनेको परमेश्‍वरको घरका काममा कुनै व्यक्तिलाई प्रयोग गर्दा त्यसको प्रभाव हानिकारकभन्दा बढी लाभदायक हुन्छ कि त्यसको उल्टो हुन्छ भन्ने हो। यदि कुनै व्यक्तिको मानवता त्रुटिपूर्ण छ, तर उसलाई प्रयोग गर्नु परमेश्‍वरको घरको कामका लागि हानिकारकभन्दा बढी लाभदायक हुन्छ भने, ऊभन्दा राम्रो व्यक्ति नभेटिन्जेल त्यस्तो व्यक्तिलाई अस्थायी रूपमा प्रयोग गर्न सकिन्छ। यदि त्यो व्यक्तिलाई प्रयोग गर्दा लाभभन्दा बढी हानि हुन्छ, फाइदाभन्दा बढी क्षति हुन्छ, र त्यसले मण्डलीको कामलाई गडबडी र अस्तव्यस्ततातर्फ मात्र डोऱ्याउँछ भने, त्यस्तो व्यक्तिलाई बिलकुलै प्रयोग गर्न मिल्दैन। उपयुक्त उम्मेदवारहरू नभएको अवस्थामा सुरुमा बोध गर्नैपर्ने फाइदा र नोक्सान तौलने सिद्धान्त यही हो, र यो मानिसहरूलाई अस्थायी रूपमा प्रयोग गर्ने सिद्धान्त पनि हो। उपयुक्त उम्मेदवार भेट्टाउन नसक्दा र तुलनात्मक रूपमा को राम्रो छ भनेर स्पष्ट नहुँदा, कुनै कामका लागि कोचाहिँ पूर्ण रूपले उपयुक्त छ भनेर प्रस्ट नहुँदा र सबै जना सामान्य देखिँदा, के गरिनुपर्छ? एउटै विकल्प भनेको तुलनात्मक रूपमा अलिक आत्मिक बुझाइ भएका, अर्थात् विशुद्ध रूपमा सत्यता बुझ्ने दुई जना मानिसहरू खोज्नु र तिनीहरूलाई सहकार्य गर्दै सँगै काम गर्न लगाउनु हो। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दै गर्दा, तिनीहरूसँग अझ बढी सत्यता सङ्गति गरिनुपर्छ, र तिनीहरूको अवस्था अवलोकन गरिनुपर्छ र बुझिनुपर्छ; यसले कोसँग तुलनात्मक रूपमा राम्रो क्षमता छ भनेर निर्धारण गर्न सम्भव बनाउँछ, जसले गर्दा सही उम्मेदवार भेट्टाउन सजिलो हुन्छ। कर्तव्य पूरा गर्न जोसुकै प्रबन्ध गरिए पनि त्यो उसको क्षमता, सामर्थ्य र चरित्रका आधारमा गरिनुपर्छ; यो अत्यावश्यक छ। यदि कसैले यी पक्षहरू छर्लङ्ग देख्न सक्दैन र त्यो व्यक्तिसँग के-कस्ता सामर्थ्यहरू छन् भनेर बुझ्दैन भने, उसलाई सुरुमा एउटा सरल कर्तव्य, वा कुनै शारीरिक श्रम गर्न दिनुपर्छ, वा सुसमाचार प्रचार गर्नका लागि उसलाई सुसमाचार स्विकार्ने व्यक्तिको खोजतलास गर्ने प्रबन्ध गरिनुपर्छ। एउटा परीक्षण अवधिपछि, अनुगमन र थप अवलोकनले उसको अवस्था सही रूपमा मूल्याङ्कन गर्न सम्भव बनाउँछ र उसका लागि सबैभन्दा उपयुक्त कर्तव्य निर्धारण गर्न सजिलो हुन्छ। यदि उसको क्षमता अत्यन्तै कमजोर छ र ऊसँग सामर्थ्यहरू छैनन् भने, उसलाई केही शारीरिक काममा खटाउँदा पर्याप्त हुन्छ। अगुवा र कामदारहरूले महत्त्वपूर्ण कामका सुपरिवेक्षकहरू, सुसमाचार निर्देशकहरू, प्रत्येक टोली अगुवा, चलचित्र निर्माण समूहका निर्देशकहरू, आदिबारे विभिन्‍न स्रोतहरूबाट बुझाइ प्राप्त गर्नैपर्छ, साथै यी मानिसहरूका बारेमा पक्‍का हुनका लागि अझ तीव्र रूपले तिनीहरूको अवलोकन र जाँच गर्नुपर्छ। यसरी मानिसहरूलाई होसियारीसाथ कर्तव्य सुम्पिएमा मात्रै प्रबन्धहरू उचित हुने, र ती मानिसहरू आफ्ना कर्तव्यमा प्रभावकारी बन्‍ने कुरा सुनिश्चित गर्न सकिन्छ। कतिपय मानिसहरूले भन्छन्, “गैरविश्‍वासीहरूले समेत ‘आफूले काममा लगाएका मानिसहरूमाथि शङ्का नगर्नू न त शङ्का लागेकाहरूलाई काममा लाउनू’ भन्छन्। परमेश्‍वरको घरले किन भरोसा गर्न नसकेको? तिनीहरू सबै विश्‍वासी हुन्; तिनीहरू कति नै खराब हुन सक्छन् र? के तिनीहरू सबै असल मानिस होइनन् र? किन परमेश्‍वरको घरले तिनीहरूलाई बुझ्नु, निरीक्षण गर्नु, र अवलोकन गर्नु जरुरी छ?” के यी शब्‍दहरू जायज छन्? के ती समस्याजनक छन्? (छन्।) के कसैलाई बुझ्नु र गहन अवलोकन गर्नु, र तिनीहरूसँग निकट रही कुराकानी गर्नु सिद्धान्तहरूअनुरूप हुन्छ? यो पूर्ण रूपमा सिद्धान्तअनुरूप हुन्छ। यो कुन सिद्धान्तहरूअनुरूप छ? (अगुवा र कामदारहरूका जिम्‍मेवारीहरूको चौथो विषयवस्तु: “विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूका कर्तव्य खटनपटन तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बरखास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्‍न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्।”) यो सन्दर्भ लिनुपर्ने राम्रो कुरा हो, तर त्यसो गर्नुको वास्तविक कारण के हो? त्यसको कारण भनेको मानिसहरूमा भ्रष्ट स्वभावहरू हुनु हो। आज, धेरै मानिसहरूले कर्तव्य पूरा गर्ने भए पनि, सत्यता पछ्याउने थोरै मात्र छन्। ज्यादै कम मानिसहरू आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा सत्यता पछ्याउने र वास्तविकतामा प्रवेश गर्ने गर्छन्; धेरैजसोको कुराका हकमा, तिनीहरूको काम गर्ने शैलीमा अझै कुनै सिद्धान्त हुँदैन, तिनीहरू अझै पनि साँचो रूपमा परमेश्‍वरप्रति समर्पित हुने मानिस होइनन्; तिनीहरू मुखले मात्र सत्यतालाई प्रेम गर्छु, सत्यता पछ्याउन इच्‍छुक छु, र सत्यताप्रति लागिपर्न इच्‍छुक छु भनी दाबी गर्छन्, तैपनि तिनीहरूको सङ्कल्प कति लामो समयसम्‍म टिक्छ भनेर अझै थाहा हुँदैन। सत्यता नपछ्याउने मानिसहरूले कुनै पनि समय वा स्थानमा आफ्ना भ्रष्ट स्वभावहरू प्रकाश गर्ने सम्भावना हुन्छ। तिनीहरूमा आफ्‍नो कर्तव्यप्रति कुनै जिम्‍मेवारीबोध हुँदैन, तिनीहरू प्राय: झारा टार्छन्, तिनीहरू जस्तो इच्छा लाग्छ त्यस्तै कार्य गर्छन्, र काटछाँट समेत स्विकार्न सक्दैनन्। नकारात्मक र कमजोर हुनेबित्तिकै तिनीहरूले आफ्नो कामलाई त्याग्ने सम्‍भावना हुन्छ—यस्तो प्रायः भइरहन्छ, योभन्दा आम कुरा केही छैन; सत्यता नपछ्याउनेहरू सबैले व्यवहार गर्ने तरिका यस्तै हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता अझै प्राप्त गरेका छैनन् भने, तिनीहरू भरहीन र विश्‍वासहीन हुन्छन्। तिनीहरू विश्‍वासहीन हुन्छन् भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूलाई कठिनाइ वा बाधाहरू आइपर्दा, तिनीहरू पतन हुने, साथै नकारात्मक र कमजोर बन्‍ने सम्‍भावना हुन्छ भन्‍ने हो। के प्रायजसो नकारात्मक र कमजोर भइरहने मानिस विश्‍वासयोग्य हुन्छ? अवश्यै हुँदैन। तर सत्यता बुझ्‍ने मानिसहरू फरक हुन्छन्। साँच्चिकै सत्यता बुझ्ने मानिसहरूमा अवश्यै परमेश्‍वरको डर मान्‍ने, र उहाँप्रति समर्पित हुने हृदय हुन्छ, र परमेश्‍वरको डर मान्‍ने हृदय भएका मानिसहरू मात्रै विश्‍वासयोग्य मानिस हुन्; परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरू विश्‍वासयोग्य हुँदैनन्। परमेश्‍वरको डर मान्‍ने हृदय नभएका मानिसहरूलाई कसरी व्यवहार गर्नुपर्छ? अवश्य पनि तिनीहरूलाई प्रेमपूर्ण सहयोग र साथ दिइनुपर्छ। तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा, तिनीहरूलाई अझ बढी अनुगमन गर्नुपर्छ, र अझ धेरै सहयोग र निर्देशन दिनुपर्छ; त्यसपछि मात्रै तिनीहरूले आफ्‍नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छन् भन्‍ने सुनिश्‍चित हुन्छ। अनि यसो गर्नुको उद्देश्य के हो? मुख्य उद्देश्य परमेश्‍वरको घरको काममा साथ दिनु हो। सहायक उद्देश्यचाहिँ तुरुन्तै समस्याहरू पहिचान गर्नु, तिनीहरूलाई आपूर्ति गर्नु, सहयोग गर्नु, वा काटछाँट गर्नु, तिनीहरूको विचलनलाई सच्याउनु, र तिनीहरूका कमीकमजोरी र त्रुटिहरू पूर्ति गर्नु हो। यो मानिसहरूका लागि फाइदाजनक हुन्छ; यसमा दुर्भावपूर्ण कुरा केही हुँदैन। मानिसहरूको सुपरिवेक्षण गर्नु, तिनीहरूलाई नियाल्नु, तिनीहरूलाई बुझ्ने प्रयास गर्नु—यो सबै तिनीहरूलाई परमेश्‍वरमाथिका विश्‍वासमा सही मार्गमा प्रवेश गर्न सहयोग गर्न, परमेश्‍वरले अह्राउनुभएअनुसार र सिद्धान्तअनुरूप आफ्‍नो कर्तव्य पूरा गर्न सक्षम तुल्याउन, तिनीहरूलाई कुनै पनि बाधा वा अवरोध सिर्जना गर्न नदिन, र तिनीहरूलाई व्यर्थको काम गर्न रोक्नका लागि हो। यसो गर्नुको उद्देश्य पूर्णतया तिनीहरूप्रति र परमेश्‍वरको घरको कामप्रतिको जिम्‍मेवारी देखाउनु हो; यसमा कुनै दुर्भाव लुकेको हुँदैन। मानौँ कसैले यस्तो भन्छ, “त्यसोभए परमेश्‍वरको घरले मानिसहरूलाई व्यवहार गर्ने सिद्धान्तहरू यिनै हुन्, तिनीहरूले प्रयोग गर्ने साधनहरू यिनै हुन्। म अबदेखि होसियार हुनुपर्छ। परमेश्‍वरका घरमा सुरक्षाको बोध नै हुँदैन। सधैँ कसैले हेरिरहेको हुन्छ; आफ्नो कर्तव्य पूरा गर्न नै गाह्रो हुन्छ!” के यो भनाइ सही हो? कस्ता प्रकारका मानिसहरूले यस्तो कुरा भन्छन्? (अविश्‍वासीहरूले।) अविश्‍वासीहरू, निरर्थक मानिसहरू, र आत्मिक बुझाइ नभएकाहरूले—तिनीहरू सत्यता बुझ्दै नबुझी अन्योलपूर्ण र अनर्थ कुराहरू बोल्न प्रवृत्त हुन्छन्। यहाँ समस्या के हो? के यी मण्डलीको कामलाई आलोचना र निन्दा गर्ने शब्दहरू होइनन् र? यो सत्यता र सकारात्मक कुराहरूको आलोचना र निन्दा पनि हो। यस्ता शब्दहरू बोल्न सक्ने मानिसहरू पक्कै अन्योल परेका मानिसहरू हुन् जो सत्यता बुझ्दैनन्, तिनीहरू सबै सत्यतालाई प्रेम नगर्ने अविश्‍वासीहरू हुन्।

परमेश्‍वरको घरले कर्तव्य पूरा गर्ने मानिसहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने, र बुझ्ने प्रयास गर्ने गर्छ। के तिमीहरू परमेश्‍वरको घरको यो सिद्धान्त स्विकार्न सक्षम छौ? (छौँ।) यदि परमेश्‍वरको घरले तँलाई सुपरिवेक्षण, अवलोकन, र बुझ्ने प्रयास गर्नुलाई तैँले स्विकार्न सक्छस् भने, त्यो गजबको कुरा हो। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्नमा, मानक पूरा गर्ने गरी कर्तव्य पूरा गर्न र परमेश्‍वरका अभिप्रायहरू पुरा गर्न सक्षम हुनमा मदत गर्छ। यसबाट तँलाई फाइदा र सहयोग पुग्छ, यसमा कुनै पनि घाटा छैन। तैँले एक पटक यो सिद्धान्त बुझिसकेपछि, अगुवा, कामदार, र परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणप्रति तँमा प्रतिरोध वा सावधानीको भावना हटिसकेको हुनुपर्ने होइन र? कहिलेकाहीँ कसैले तँलाई बुझ्ने प्रयास गर्दा, अवलोकन गर्दा, र तेरो कामलाई सुपरिवेक्षण गर्दा पनि, यो तैँले मनमा लिनुपर्ने कुरा होइन। म किन यसो भन्दै छु? किनभने अहिलेका तेरा कामहरू, तैँले निभाउने कर्तव्य, र तैँले गर्ने कुनै पनि काम कुनै एक व्यक्तिको निजी मामला वा व्यक्तिगत जागिर होइन; ती परमेश्‍वरको घरको कामसँग सम्‍बन्धित हुन्छन् र परमेश्‍वरको कामको एउटा पाटोसँग जोडिएका हुन्छन्। त्यसकारण, जब कसैले तँसँग खुला हृदयले कुरा गर्ने र यस दौरान तेरो अवस्था कस्तो छ भनेर पत्ता लगाउने कोसिस गर्दै केही समय तेरो सुपरिवेक्षण वा अवलोकन गर्छ, वा तँलाई गहन रूपमा बुझ्ने प्रयास गर्छ, अनि कहिलेकाहीँ तिनीहरूको मनोवृत्ति केही कठोर भएको बेला तिनीहरूले तँलाई अलि काटछाँट गर्छन्, अनुशासनमा राख्छन्, र हप्काउँछन्, तब यो सबै परमेश्‍वरको घरप्रतिको तिनीहरूको कर्तव्यनिष्ठ र जिम्मेवार मनोवृत्तिकै कारणले गर्दा हो। तैँले यसप्रति कुनै नकारात्मक विचार वा संवेग बोक्नु हुँदैन। यदि अरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यसलाई स्विकार्न सक्छस् भने त्यसको अर्थ के हुन्छ? त्यसको अर्थ, तैँले आफ्नो हृदयमा परमेश्‍वरको छानबिनलाई स्विकार्छस् भन्‍ने हुन्छ। यदि मानिसहरूले तँलाई सुपरिवेक्षण, अवलोकन र बुझ्ने प्रयास गर्दा तैँले त्यो स्विकार्दैनस् भने—यदि तैँले यी सबैलाई इन्कार गर्छस् भने—के तँ परमेश्‍वरको छानबिनलाई स्वीकार गर्न सक्षम हुन्छस्? परमेश्‍वरको छानबिन मानिसहरूले तँलाई बुझ्ने प्रयास गरेको भन्दा विस्तृत, गहन र सही हुन्छ; परमेश्‍वरका मागहरू बढी निश्‍चित, कठोर, र गहन हुन्छन्। यदि तैँले परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा गरिने सुपरिवेक्षण स्विकार्न सक्दैनस् भने, तैँले परमेश्‍वरको छानबिन स्विकार्छु भनेर गरेको दाबी खोक्रा शब्दहरू मात्र हुँदैनन् र? परमेश्‍वरको छानबिन र जाँचलाई स्वीकार गर्न सक्षम हुनका निम्ति, सर्वप्रथम तैँले परमेश्‍वरको घर, अगुवा र कामदारहरू वा दाजुभाइ-दिदीबहिनीहरूद्वारा गरिएको सुपरिवेक्षणलाई स्विकार्नैपर्छ। कतिपय मानिसहरू भन्छन्, “मसँग मानव अधिकार छ, मसँग मेरो स्वतन्त्रता छ, मेरो आफ्नो काम गर्ने तरिका छ। म आफूले गर्ने सबथोकमा सुपरिवेक्षण र निरीक्षणको अधीनमा पर्नु, यो त एकदम दबिएर जिउनु होइन र? मेरो मानव अधिकार खोइ त? मेरो स्वतन्त्रता खोइ त?” के यो भनाइ सही हो? के मानव अधिकार र स्वतन्त्रता नै सत्यता हुन्? ती सत्यता होइनन्। मानव अधिकार र स्वतन्त्रता भनेका त मानव समाजमा मानिसहरूलाई व्यवहार गर्ने, तुलनात्मक रूपमा अलि सभ्य र प्रगतिशील तरिका मात्र हुन्, तर परमेश्‍वरका घरमा, परमेश्‍वरका वचन र सत्यता सबैभन्दा माथि हुन्छन्—तिनलाई “मानव अधिकार” र “स्वतन्त्रता” सँगसँगै उल्लेख गर्न सकिँदैन। त्यसकारण, परमेश्‍वरका घरमा जे गरिन्छ, त्यो गैरविश्‍वासी संसारका उच्च शास्त्रहरू वा ज्ञान आधारित हुँदैन, बरु परमेश्‍वरको वचन र सत्यतामा आधारित हुन्छ। त्यसैले, केही मानिसहरूले तिनीहरूलाई मानव अधिकार र स्वतन्त्रता चाहियो भन्दा, के त्यो सिद्धान्तहरूअनुरूप हुन्छ त? (हुँदैन।) त्यो कर्तव्य पूरा गर्ने सिद्धान्तहरूअनुरूप छैन भन्ने कुरा निकै स्पष्ट छ। तँ परमेश्‍वरका घरमा सृजित प्राणीको कर्तव्य पूरा गरिरहेको छस्, पैसा कमाउन समाजमा काम गरिरहेको छैनस्। त्यसकारण, कसैले पनि तेरो मानव अधिकारको सुरक्षा गर्न तेरा लागि उभिनु आवश्यक छैन; त्यस्ता कुराहरू अनावश्यक हुन्। के धेरैजसो मानिसहरूमा मानव अधिकार र स्वतन्त्रतासम्बन्धी सुझबुझ हुन्छ? यी मानव सोच र दृष्टिकोणका कुरा हुन् र यिनलाई सत्यता सँगसँगै उल्लेख गर्न मिल्दैन; त्यस्ता विचारहरू परमेश्‍वरका घरमा टिक्दैनन्। कुनै अगुवाले तेरो काम सुपरिवेक्षण गर्नु राम्रो कुरा हो। किन? किनकि त्यसको अर्थ उसले मण्डलीको कामको जिम्मेवारी लिइरहेको छ भन्ने हुन्छ; यो उसको कर्तव्य हो, उसको जिम्मेवारी हो। उसले यो जिम्मेवारी पूरा गर्न सक्नुले ऊ एक योग्य अगुवा, एक असल अगुवा हो भन्‍ने प्रमाणित गर्छ। यदि तँलाई पूर्ण स्वतन्त्रता र मानव अधिकार दिइयो, र तैँले जे मन लाग्यो त्यही गर्न, आफ्नै चाहनाहरू पछ्याउन, र पूर्ण स्वतन्त्रता र लोकतन्त्रको आनन्द उठाउन पाउँथिस् भने, र तैँले चाहे जे गरे पनि वा त्यो जसरी गरे पनि, अगुवाले वास्ता वा सुपरिवेक्षण गरेन, तँलाई कहिल्यै प्रश्‍न गरेन, तेरो काम जाँचेन, समस्याहरू पत्ता लाग्दा बोलेन, र तँलाई कि त फुस्ल्याउने कि त तँसँग सम्झौता गर्ने मात्र गऱ्यो भने, के ऊ असल अगुवा हुन्थ्यो र? स्पष्ट रूपमै हुन्थेन। त्यस्तो अगुवाले तँलाई हानि गरिरहेको हुन्छ। उसले तेरो दुष्कर्ममा साथ दिन्छ, र तँलाई सिद्धान्तहरूविरुद्ध जान र मनपरी गर्न अनुमति दिन्छ—उसले तँलाई आगोको खाल्टोतर्फ धकेलिरहेको हुन्छ। यो जिम्मेवार, र मानकअनुरूपको अगुवा होइन। अर्कोतर्फ, यदि कुनै अगुवाले नियमित रूपमा तेरो सुपरिवेक्षण गर्न, तेरो कामका समस्याहरू पहिचान गर्न र तँलाई तुरुन्तै सम्झाउन वा आलोचना र खुलासा गर्न, र कर्तव्य पुरा गर्ने क्रममा हुने तेरा गलत पछ्याइ र विचलनहरू सामयिक रूपमा सच्याउन र तिनमा तँलाई मद्दत गर्न सक्छ भने, साथै, उसको सुपरिवेक्षण, हप्काइ, आपूर्ति, र सहयोगले आफ्नो कर्तव्यप्रतिको तेरो गलत मनोवृत्ति परिवर्तन हुन्छ, तैँले तेरा केही निरर्थक विचारहरू फाल्न सक्छस्, र तेरो आवेगबाट उत्पन्न हुने तेरा आफ्नै विचार र कुराहरू बिस्तारै कम हुन्छन्, र तैँले सही र सिद्धान्तअनुरूपका भनाइ र विचारहरू शान्त रूपमा स्विकार्न सक्छस् भने, के यो तेरा लागि फाइदाजनक होइन र? फाइदाहरू वास्तवमै प्रचुर छन्।

परमेश्‍वरको घरले आफ्ना अगुवा र कामदारहरूलाई सुपरिवेक्षण, अवलोकन, र बुझाइ लागू गरेर व्यवहार गर्छ। मानिसहरूलाई यसरी व्यवहार गर्नुको आधार के हो? मानिसहरूलाई किन यसरी व्यवहार गर्ने? के यो आफ्नो कर्तव्यप्रति बफादार, गम्भीर, र जिम्मेवार हुने सिद्धान्तहरूबाट उत्पन्न हुने विधि र तरिका होइन र? (हो।) यदि कुनै अगुवाले कर्तव्य पूरा गर्दा आफूले जिम्मेवारी लिएका मानिसहरूलाई कहिल्यै सुपरिवेक्षण, अवलोकन, वा गहन रूपमा बुझ्ने गर्दैन भने, के उसलाई आफ्नो कर्तव्यप्रति बफादार अगुवा मान्न सकिन्छ? स्पष्ट रूपमा सकिँदैन। के तिमीहरूका अगुवा, कामदार, र सुपरिवेक्षकहरूले कहिल्यै तिमीहरूको काम जाँचेका छन्? के तिनीहरूले तेरो कामको प्रगतिबारे सोधपुछ गरेका छन्? के तिनीहरूले तेरो काममा उत्पन्न भएका समस्याहरू समाधान गरेका छन्? के तिनीहरूले तेरो काममा रहेका स्पष्ट त्रुटि र विचलनहरू सच्याएका छन्? के तिनीहरूले तेरो मानवता र जीवन प्रवेशको पछ्याइका विभिन्न प्रकटीकरण र प्रकाशहरू सम्बन्धी सहयोग, आपूर्ति, मदत, वा काटछाँट प्रस्ताव गरेका छन्? यदि कुनै अगुवाले साधारण कर्तव्य पूरा गरिरहेकाहरूलाई कहिल्यै मार्गदर्शन प्रदान नगर्ने मात्र नभई, महत्त्वपूर्ण काममा संलग्न भएकाहरूलाई कहिल्यै सुपरिवेक्षण, अवलोकन, वा गहन बुझाइ गर्ने त कुरै छोडौँ, सङ्गति, सहयोग, वा मदतसमेत गर्दैन भने, यी प्रकटीकरण र कार्यहरूबिना, के यस्तो अगुवालाई ठोस काम गर्ने अगुवा मान्न सकिन्छ? के ऊ मानकअनुरूपको अगुवा हो? (होइन।) कति मानिसहरूले भन्छन्, “हाम्रो अगुवाले हाम्रा लागि केवल हप्ताको दुईपटक भेला राख्छ, एकैछिन परमेश्‍वरका वचनहरू सङ्गति गर्छ, अनि त्यसपछि माथिका केही सङ्गतिहरू पढ्छ, र कहिलेकाहीँ आफ्नो व्यक्तिगत अनुभवात्मक बुझाइबारे सङ्गति गर्छ। तर उसले हाम्रा विभिन्न स्थिति, साथसाथै हामीले आफ्नो कर्तव्य पूरा गर्दा वा आफ्नो जीवन प्रवेशमा सामना गर्ने समस्याहरूका सम्बन्धमा कहिल्यै कुनै सल्लाह, आपूर्ति, वा मदत प्रस्ताव गरेको छैन।” तँ यस अगुवाका बारेमा के सोच्छस्? (ऊ मानकअनुरूप छैन, ऊ एउटा झुटो अगुवा हो।) यदि एउटा अगुवाले आफ्नै कार्य वा आफूभन्दा मुनि रहेका मानिसहरूका विभिन्न स्थितिहरूबारे वास्ता गर्दैन, र आफ्ना जिम्मेवारीहरू पूरा गर्दैन भने, अगुवाका रूपमा ऊ मानकअनुरूप छैन। उसले कसैलाई सुपरिवेक्षण, अवलोकन गर्दैन, वा बुझ्ने प्रयास गर्दैन। हरेक पटक, ऊसँगको तेरो वार्तालाप यस्तो हुन्छ: “यो व्यक्तिले अहिले कस्तो गरिरहेको छ?” “म अहिले उसलाई अवलोकन गरिरहेको छु।” “तिमीले अवलोकन गरेको कति भयो? के तिमी ऊसँग परिचित छौ?” “मैले उसलाई एक-दुई वर्षदेखि अवलोकन गरिरहेको छु। म अझै पनि ऊसँग त्यति परिचित भएको छैनँ।” “अनि त्यो व्यक्ति चाहिँ?” “म अझै पनि ऊबारे त्यति स्पष्ट छुइनँ, तर उसले आफ्नो कर्तव्य पूरा गर्दा कठिनाइ सहन सक्छ, ऊसँग सङ्कल्प छ, र ऊ परमेश्‍वरप्रति आफूलाई समर्पित गर्न इच्छुक छ।” “त्यो त सब सतही भयो। उसको सत्यता पछ्याइ कस्तो छ?” “मैले त्यसबारे पनि बुझ्नुपर्छ? ठिक छ, म त्यो पनि हेर्नेछु।” उसले हेर्नेछु भनेपछि नतिजाका लागि तैँले कति समय पर्खनुपर्छ, त्यो थाहा हुँदैन, त्यो अनिश्‍चित कुरा हो। त्यस्तो झुटो अगुवा आफ्ना काममा भरोसाहीन हुन्छ।

के तिमीहरूका मण्डली अगुवा र सुपरिवेक्षकहरूमा तिमीहरूको कामप्रति जिम्मेवार मनोवृत्ति छ? के तिनीहरूले कामसम्बन्धी तिमीहरूका स्थितिहरू साँच्चै बोध गर्ने र बुझ्ने गर्छन्? के कामको यो पक्षलाई राम्ररी सम्बोधन गरिएको छ? (छैन।) तिनीहरूमध्ये कसैले पनि यो पक्षलाई राम्ररी सम्बोधन गरेका छैनन्; कोही पनि आफ्नो कर्तव्यप्रति बफादार र कामका लागि गम्भीर र जिम्मेवार हुने अवस्थामा पुगेका छैनन्। त्यसोभए, के यो हासिल गर्न सजिलो हुन्छ? के यो कठिन हुन्छ? यो कठिन हुँदैन। यदि तँमा साँच्‍चै केही निश्‍चित हदको क्षमता छ, तैँले आफ्नो जिम्मेवारीको दायराभित्रको व्यावसायिक सीपलाई साँच्चिकै बुझेको छस्, र तँ तेरो पेसाभन्दा बाहिरको मान्छे होइनस् भने, तैँले एउटा वाक्यांश मात्र पालना गर्नुपर्छ, अनि तँ आफ्‍नो कर्तव्यप्रति बफादार हुन सक्‍नेछस्। कुन वाक्यांश? “त्यसमा आफ्‍नो हृदय लगाउनु।” यदि तैँले कामकुरामा र मानिसहरूमा हृदय लगाउँछस् भने, तँ आफ्‍नो कर्तव्यमा बफादार र जिम्‍मेवार हुन सक्नेछस्। के यो वाक्यांश अभ्यास गर्न सजिलो छ? तैँले यसलाई कसरी अभ्यास गर्छस्? यसको अर्थ सुन्‍नका लागि कान प्रयोग गर्नु होइन, र सोच्नका लागि दिमाग प्रयोग गर्नु होइन—यसको अर्थ हृदय प्रयोग गर्नु हो। यदि कुनै व्यक्तिले साँच्‍चै आफ्नो हृदय प्रयोग गर्न सक्छ भने, जब उसको आँखाले कुनै व्यक्तिले केही गरेको, कुनै तरिकाले कार्य गरेको, वा कुनै कुराप्रति कुनै न कुनै प्रतिक्रिया दिएको देख्छ, वा जब उसको कानले केही मानिसहरूका राय वा तर्कहरू सुन्छ, तब उसले आफ्नो हृदय प्रयोग गरेर यी कुराहरूका बारेमा मनन र विचार गर्दा उसका मनमा केही विचार, दृष्टिकोण, र मनोवृत्तिहरू उत्पन्न हुन्छन्। यी विचार, दृष्टिकोण, र मनोवृत्तिहरूले गर्दा उसले उक्त व्यक्ति वा वस्तुका बारेमा गहन, निश्चित र सही बुझाइ प्राप्त गर्छ, र त्यो सँगसँगै तिनले उचित र सही मूल्याङ्कन र सिद्धान्तहरू पनि उत्पन्न गराउँछन्। कुनै व्यक्तिमा आफ्‍नो हृदय प्रयोग गर्ने यी प्रकटीकरणहरू हुँदा मात्रै ऊ आफ्नो कर्तव्यप्रति बफादार भएको मानिन्छ। तर यदि तँ कामकुरामा हृदय लगाउँदैनस्, र तँसँग यसो गर्ने हृदय छैन भने, तैँले जे देख्छस् त्यसप्रति तेरा आँखाले कुनै प्रतिक्रिया जनाउँदैनन्, र तैँले जे सुन्छस् त्यसप्रति तेरा कानले कुनै प्रतिक्रिया जनाउँदैनन्। तेरा आँखाले कहिल्यै मानिस, घटना र कामकुरा अवलोकन गर्दैनन्; तैँले देखेका जानकारी तिनले अवलोकन गर्दैनन्। हृदयमा तैँले आफूले सुन्ने विभिन्न आवाज र तर्कहरू खुट्ट्याउनेछैनस्, र तँ आफूले सुनेका जानकारी खुट्ट्याउन असक्षम हुनेछस्। यो त खुल्ला आँखा हुँदाहुँदै पनि अन्धो हुनु समान हो। जब व्यक्तिको हृदय अन्धो हुन्छ, उसका आँखा पनि अन्धा हुन्छन्। त्यसोभए, आँखाले कुराहरू अवलोकन गर्दा अनि कानले जानकारीहरू प्राप्त गर्दा विचार, दृष्टिकोण र मनोवृत्तिहरू कसरी निर्माण हुन पुग्छन्? यो सबै ती कुराहरूमा आफ्नो हृदय लगाउने अनि सत्यता खोजी गर्ने कार्यमा निर्भर हुन्छ। यदि तैँले ती कुराहरूमा हृदय लगाउँछस् भने, जब तैँले जानकारी प्राप्त गर्छस्, चाहे त्यो देखिएको होस् वा सुनिएको, तैँले व्यक्ति वा वस्तुबारे दृष्टिकोणहरू निर्माण गर्न र गहन बुझाइ प्राप्त गर्न सक्नेछस्। तर यदि तैँले ती कुराहरूमा हृदय लगाउँदैनस् भने, जतिसुकै जानकारी प्राप्त भए पनि त्यो उपयोगी हुँदैन; यदि तैँले त्यसलाई खुट्ट्याउन वा छर्लङ्ग देख्न हृदय लगाउँदैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, तँ व्यर्थ र बेकार हुनेछस्। बेकारको व्यक्तिले कसलाई जनाउँछ? त्यसले आफ्नो कर्तव्य पूरा गर्नमा हृदय नलगाउने व्यक्तिलाई जनाउँछ—ऊसँग आँखा र कान त हुन्छ, तर तिनको कुनै काम हुँदैन। हृदयविहीन व्यक्ति आफ्नो कर्तव्यप्रति बफादार हुँदैन, न त उसले आफ्नो कामप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति नै हासिल गर्नेछ।

परमेश्‍वरको घरले सम्भव भएसम्म चाँडो मण्डलीको काम सुधार्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा अगुवाइ गर्ने उद्देश्यले अगुवा र कामदारहरूमाथि हरेक तहमा सुपरिवेक्षण अभ्यास गर्छ, र तिनीहरूलाई गहन रूपमा अवलोकन गर्ने र बुझ्ने गर्छ। त्यसकारण, अगुवा र कामदारहरूलाई सुपरिवेक्षण र अवलोकन गर्नु अत्यावश्यक हुन्छ र त्यो यही तरिकामा अभ्यास गरिनुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूको सुपरिवेक्षणमार्फत, यदि अगुवा र कामदारहरू वास्तविक काममा संलग्न नभइरहेको कुरा पत्ता लागेमा र तिनीहरूलाई तुरुन्तै निराकरण र सम्बोधन गरिएमा, यो मण्डलीको कामको प्रगतिका लागि फाइदाजनक हुन्छ। अगुवा र कामदारहरूको सुपरिवेक्षण गर्नु परमेश्‍वरका चुनिएका मानिसहरूको जिम्मेवारी हो, र त्यसो गर्नु पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। अगुवा र कामदारहरूसँग भ्रष्ट स्वभावहरू हुने हुनाले, यदि तिनीहरूको सुपरिवेक्षण गरिएन भने, त्यो तिनीहरूका लागि मात्रै हानिकारक हुने नभई, त्यसले मण्डलीको कामलाई पनि सिधै प्रभाव पार्नेछ। कस्ता परिस्थितिहरूमा अगुवा र कामदारहरूलाई उप्रान्त परमेश्‍वरका चुनिएका मानिसहरूले सुपरिवेक्षण गर्नु पर्दैन? त्यसबेला जब अगुवा र कामदारहरूले सत्यतालाई पूर्ण रूपमा बुझ्छन्, तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्छन्, तिनीहरूले सिद्धान्तहरूका साथ कार्य गर्छन्, र तिनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिएका र प्रयोग गरिएका मानिस बन्छन्। त्यस्ता अवस्थाहरूमा, परमेश्‍वरका चुनिएका मानिसहरूले सुपरिवेक्षण गर्नु अनावश्यक हुन्छ, र परमेश्‍वरको घरले यो मामलालाई जोड दिन छोड्नेछ। तर, के परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति पूर्ण रूपमा गल्ती र विचलनरहित हुन्छ भन्ने पक्का हुन्छ त? त्यस्तो हुन्छ नै भन्ने छैन। त्यसैले, परमेश्‍वरको छानबिन, र सत्यता बुझ्ने मानिसहरूको सुपरिवेक्षण अझै पनि जरुरी हुन्छ; यो अभ्यास पूर्ण रूपमा परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ। सबै मानवहरूमा भ्रष्ट स्वभावहरू हुने भएकोले, सुपरिवेक्षणद्वारा मात्र अगुवा र कामदारहरूलाई आफ्नो कामको जिम्मेवारी लिन र आफ्ना कर्तव्यप्रति बफादार हुन आग्रह गर्न सकिन्छ। सुपरिवेक्षणबिना, धेरैजसो अगुवा र कामदारहरूले स्वेच्छाचारी लापरवाहीका साथ कार्य गर्छन्, र झाराटारुवा शैली अपनाउँछन्—यो एउटा वस्तुगत तथ्य हो। यदि तँ अगुवा वा कामदार होस् र तेरो वरपरका दाजुभाइ-दिदीबहिनीहरूले, तँ सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस् भनेर बुझ्ने प्रयास गर्दै, तँलाई बारम्बार सुपरिवेक्षण र अवलोकन गर्छन् भने, तेरा लागि त्यो राम्रो कुरा हो। यदि तिनीहरूले तँमा समस्या पत्ता लगाउँछन् र तँ यसलाई सक्दो चाँडो हल गर्न सक्षम हुन्छस् भने, यो तेरो सत्यता पछ्याइ र जीवन प्रवेशका लागि फाइदाजनक हुन्छ। यदि तिनीहरूले तैँले अपराध गरिरहेको, र एकान्तमा अनेकौँ दुष्ट व्यवहार प्रदर्शन गर्ने गरेको, अनि तँ पक्कै सत्यता पछ्याउने व्यक्ति नभएको पत्ता लगाएमा, तिनीहरूले तँलाई खुलासा गरेर पदबाट बर्खास्त गर्नेछन्, जसले परमेश्‍वरका चुनिएका जनहरूको एउटा कष्ट हटाउनेछ, र त्यसले तँलाई अझ बढी गम्भीर दण्डबाट जोगिने मौका पनि दिनेछ: त्यस्तो सुपरिवेक्षण जोकसैका लागि फाइदाजनक हुन्छ। त्यसैले, अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति सही प्रतिक्रिया दिनुपर्छ। यदि तँ परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति होस् भने, तँलाई परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षण आवश्यक छ भन्ने महसुस हुनेछ, र त्योभन्दा पनि बढी, तँलाई तिनीहरूको सहायता आवश्यक छ भन्ने महसुस हुनेछ। यदि तँ दुष्ट व्यक्ति होस्, र तँमा दोषी विवेक छ भने, तँलाई सुपरिवेक्षणदेखि डर लाग्नेछ र तैँले त्यसबाट जोगिने प्रयास गर्नेछस्; यो अपरिहार्य छ। त्यसकारण, परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणको प्रतिरोध गर्ने र त्यसप्रति वितृष्णा महसुस गर्ने सबैले निस्सन्देह केही न केही लुकाइरहेका हुन्छन्, र तिनीहरू पक्‍कै इमानदार मानिस होइनन्; सुपरिवेक्षणको डर त छली मानिसहरूले भन्दा बढी अरू कसैले मान्दैन। त्यसैले, अगुवा र कामदारहरूले परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? के त्यो परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूप्रतिको नकारात्मकता, सावधानी, प्रतिरोध, र रुष्टता हुनुपर्छ कि त्यसप्रतिको आज्ञापालन, र विनम्र स्वीकार हुनुपर्छ? (विनम्र स्वीकार हुनुपर्छ।) विनम्र स्वीकारले के जनाउँछ? त्यसको अर्थ सबथोक परमेश्‍वरबाट आएको भनी स्विकार्नु, सत्यता खोजी गर्नु, सही मनोवृत्ति अपनाउनु, र आवेगी नहुनु हो। यदि कसैले साँच्चै तँमा समस्या पत्ता लगाउँछ र तँलाई त्यो औँल्याइदिन्छ, तँलाई त्यो खुट्ट्याउन र बुझ्न मदत गर्छ, र त्यो समस्या हल गर्न तँलाई सहयोग गर्छ भने, ऊ तँप्रति, परमेश्‍वरको घरको कामप्रति र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशप्रति जिम्मेवार भइरहेको हुन्छ; गर्नुपर्ने सही कुरा यही हो, र यो पूर्ण रूपमा स्वाभाविक र न्यायोचित हुन्छ। यदि मण्डलीको सुपरिवेक्षणलाई शैतानबाट आएको, र दुराचारी अभिप्रायहरूबाट उत्पन्न भएको मान्ने मानिसहरू छन् भने, तिनीहरू दियाबलस र शैतान हुन्। त्यस्तो दुष्ट प्रकृति हुँदा, तिनीहरूले निश्‍चित रूपमा नै परमेश्‍वरको छानबिन स्विकार्ने थिएनन्। यदि कसैले सत्यतालाई साँच्चै प्रेम गर्छ भने, ऊसँग परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणबारे सही बुझाइ हुनेछ, उसले त्यसलाई प्रेमको कारण गरिएको, र परमेश्‍वरबाट आएको मान्न सक्नेछ, र उसले त्यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्नेछ। ऊ पक्कै आवेगी हुनेछैन वा उसले उत्तेजनामा आएर कार्य गर्नेछैन, र उसको हृदयमा प्रतिरोध, सावधानी, वा सन्देह त झनै देखा पर्नेछैन। परमेश्‍वरका चुनिएका जनहरूको सुपरिवेक्षणलाई व्यवहार गर्ने सबैभन्दा सही मनोवृत्ति यस्तो हुन्छ: तैँले तेरो लागि सहयोगी हुने कुनै पनि शब्द, कार्य, सुपरिवेक्षण, अवलोकन, वा सच्च्याइ, र काँटछाँटसमेत परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ; आवेगी नहो। आवेगी हुनु भनेको दुष्ट जन र शैतानबाट आउने कुरा हो, त्यो परमेश्‍वरबाट आउँदैन, र त्यो मानिसहरूमा सत्यताप्रति हुनुपर्ने मनोवृत्ति होइन।

अगुवा र कामदारहरूको सातौँ जिम्मेवारीका सम्बन्धमा हामीले थप्ने कुरा र हाम्रो सङ्गति यति मात्र हुनेछ। त्यसोभए के यसको अर्थ यो जिम्मेवारीबारे पूर्ण रूपमा सङ्गति गरिएको छ र त्यसमा कुनै विशिष्ट सामाग्री थप्नुपर्दैन भन्ने हो त? होइन, प्रत्येक जिम्मेवारीमा अझ विशिष्ट र विस्तृत सामाग्री अझै पनि हुन्छन्। मैले जे कुराका बारेमा सङ्गति गरेको छु ती त वृहत् सिद्धान्तहरू हुन्; अब बाँकी कुरा, अर्थात् विशिष्ट विवरणहरू कसरी कार्यान्वयन गर्ने र यी सिद्धान्तहरू कसरी अभ्यास र लागु गर्ने भन्ने कुरा तिमीहरूको आफ्नै अनुभवद्वारा हुने संलग्नतामा निर्भर हुन्छ। यदि तिमीहरू अझै पनि यी सिद्धान्तहरू छर्लङ्गै देख्न वा ती कसरी लागु गर्ने भनेर जान्न सक्दैनौ भने, सँगै मिलेर खोजी र सङ्गति गर। यदि सँगै मिलेर सङ्गति गर्दा पनि नतिजा प्राप्त भएन भने, आफूभन्दा माथिल्लो तहका मानिसहरूलाई सोधपुछ गर। छोटकरीमा भन्दा, चाहे त्यो कुनै पनि प्रकारको व्यक्तिसँग व्यवहार गर्दा होस् वा कसलाई प्रवर्द्धन र प्रयोग गर्ने भन्ने निर्णय गर्दा होस्, त्यो सबैमा सिद्धान्तहरू पालना गर्नैपर्छ। निश्‍चित प्रतिभावान् व्यक्तिहरूका हकमा, कसैले पनि तिनीहरूलाई छर्लङ्ग देख्न वा बुझ्न नसक्ने अवस्थाहरूमा, तिनीहरूलाई मण्डलीको कामका आवश्यकताअनुसार प्रारम्भिक रूपमा प्रवर्द्धन र प्रयोग गर्न सकिन्छ—काममा, र मानिसहरूको संवर्धनमा ढिलाइ नगर्; यो नै मुख्य कुरा हो। कति मानिसहरूले सोध्छन्, “तिनीहरूलाई प्रयोग गरिसकेपछि तिनीहरूले काम भद्रगोल पारे भने के गर्ने? को जिम्मेवार हुन्छ?” तैँले कसैलाई प्रयोग गर्दा, के त्यो तैँले उसलाई अरू कसैले सम्पर्क गर्न नसक्ने गरी सुनसान टापुमा राखेजस्तो हो र? के उसको वरपर वास्तवमा अरू धेरै जना विशिष्ट कार्यहरूमा संलग्न हुँदैनन् र? यी सबै मामलाहरू समाधान गर्ने तरिकाहरू छन्; नामै लिनुपर्दा, तिनीहरूलाई सुपरिवेक्षण गर्ने, अवलोकन गर्ने, र बुझ्ने, र, यदि परिस्थितिहरूले दिएमा, निकट सम्पर्कमार्फत त्यसो गर्ने। निकट सम्पर्कमा ठ्याक्कै के कुरा संलग्न हुन्छ? त्यसमा तिनीहरूसँगै काम गर्नुपर्ने हुन्छ; काम गर्ने प्रक्रिया नै तिनीहरूलाई बुझ्ने प्रक्रिया हो। के यस प्रकारको सम्पर्कमार्फत तैँले बिस्तारै तिनीहरूलाई बुझ्न थाल्नेछैनस् र? यदि तैँले सम्पर्क गर्ने अवसर पाइस्, तर गरिनस्, र केही प्रश्‍नहरू सोध्न फोन मात्रै गरिस्, र त्यत्तिमै छोडिदिइस् भने, तिनीहरूलाई बुझ्न असम्भव हुन्छ। तैँले समस्याहरू हल गर्नका निम्ति आफूले सम्पर्क गर्न सक्नेहरूसँग सम्पर्क गर्नैपर्छ। त्यसकारण, अगुवा र कामदारहरू आफ्नो काममा अल्छे हुनु हुँदैन। त्यसोभए, यदि तँ कसैलाई अवलोकन गर्न र बुझ्न चाहन्छस् भने, तैँले त्यो कसरी गर्नुपर्छ? (तिनीहरूलाई सम्पर्क गरेर।) त्यही हो? मुख्य कुरा, तिमीहरूले त्यसमा आफ्नो हृदय लगाउनुपर्छ! तिमीहरूले आफ्नो मनमा राख्न सक्ने जानकारीलाई बाँदरले मकै टिप्नुसँग दाँज्न सकिन्छ—हिँड्दै गर्दा टिप्दै जान्छ, टिप्दै जाँदा खसाल्दै जान्छ, र अन्त्यमा, एउटा घोगा मात्र बाँकी रहन्छ, सम्पूर्ण मेहनत व्यर्थ हुन्छ। प्रवचन सुनिसकेपछि, तिमीहरू पहिले सङ्गति गरिएको विषयवस्तु सम्झिनै सक्दैनौ; यसको कारण के हो? (हामी त्यसमा हृदय नै लगाउँदैनौँ।) तिमीहरू सामान्यतया सत्यता अभ्यास गर्नमा केन्द्रित हुँदैनौ, त्यसैले तिमीहरूको हृदय यी कुराहरूमा केन्द्रित हुँदैन। कसरी सत्यता बुझ्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने, कसरी आफैलाई चिन्ने, र कसरी सत्यतामार्फत विभिन्न मानिस, घटना, र कामकुराहरूको सार छर्लङ्ग देख्ने भन्ने सन्दर्भमा, तिनीहरूसँग कुनै किसिमको प्रवेश छैन; तसर्थ, तिमीहरूको हृदयमा यी मामलाहरूको जग नै छैन। सत्यता वास्तविकताभित्र प्रवेश गर्ने सम्बन्धी ती कुराहरूबारे तिमीहरू सधैँ अलमलमा हुन्छौ। अहिले, तिमीहरू प्रवचन सुन्नका लागि अझै हरेक हप्ता भेलाहरूमा सहभागी हुन्छौ। यदि तिमीहरूले प्रवचनहरू सुनेनौ भने, तिमीहरूको हृदयभित्र भएको परमेश्‍वरमाथिको त्यो थोरै आस्था बिलाइरहेको, र अलिअलि गर्दै हराइरहेको हुँदैन र? यो खतरनाक सङ्केत हो! के तिमीहरूले त्यसमा आफ्नो हृदय लगाउन सक्छौ कि सक्दैनौ? मैले तिमीहरूलाई सबै विवरणहरू बताएको छु; यदि तँसँग साँच्चै त्यस्तो हृदय छ भने, तँ त्यसो गर्न सक्षम हुनेछस्। यदि तँसँग त्यस्तो हृदय छैन भने, मैले जसरी बोले पनि तैँले बुझ्नेछैनस्। यो विषयबारे हाम्रो सङ्गति यहीँ सकिन्छ।

विषयवस्तु आठ: काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने (भाग एक)

अगुवा र कामदारहरूले कठिनाइहरूलाई तुरुन्तै पहिचान र समाधान गर्नुपर्छ

आज, हामी अगुवा र कामदारहरूको आठौँ जिम्मेवारीबारे सङ्गति गर्न गइरहेका छौँ: “काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने।” हामी यो जिम्मेवारीका सन्दर्भमा झुटा अगुवाहरूका विभिन्‍न प्रकटीकरणहरू खुलासा गर्नेछौँ। काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने—के यो अगुवा र कामदारहरूका काम र कर्तव्यहरूको एउटा पाटो होइन र? (हो।) अगुवा र कामदारहरूले आफ्नो काममा अपरिहार्य रूपमै केही जटिल समस्याहरू सामना गर्छन्, वा मण्डलीको कामको दायराभन्दा बाहिरका कठिनाइहरू सामना गर्छन्, वा सत्यता सिद्धान्तहरू संलग्‍न नहुने विशेष अवस्थाहरू सामना गर्छन्, र यी अवस्थाहरू कसरी सम्हाल्ने भनेर थाहा पाउँदैनन्। अथवा, तिनीहरूको क्षमता कमजोर भएकाले र त्यसकारण तिनीहरूले सही रूपमा सिद्धान्तहरू बोध गर्न नसक्ने भएकाले, तिनीहरूलाई अपरिहार्य रूपमै समाधान गर्न कठिन हुने केही अन्योल र कठिनाइहरू आइपर्छन्। यी अन्योल र कठिनाइहरू कर्मचारीलाई प्रयोग गर्ने समस्याहरूसँग, काम सम्बन्धी समस्याहरूसँग, बाहिरी वातावरणबाट उत्पन्‍न समस्याहरूसँग, मानिसहरूको जीवन प्रवेश सम्बन्धी समस्याहरूसँग, दुष्ट मानिसहरूले निम्त्याउने बाधा र अवरोधहरूसँग, साथै मानिसहरूलाई निकाल्ने वा निष्कासन गर्ने समस्याहरू, आदि इत्यादिसँग सम्बन्धित हुन सक्छन्। यी सबै समस्याहरूका लागि, परमेश्‍वरको घरसँग विशिष्ट माग र प्रावधानहरू रहेका छन्, वा केही मौखिक निर्देशनहरू रहेका छन्। यी विशिष्ट प्रावधानहरूबाहेक पनि अपरिहार्य रूपमै केही अनुल्लेखित विशेष अवस्थाहरू हुन्छन्। कति अगुवाहरूले त यी विशेष अवस्थाहरूलाई परमेश्‍वरको घरले तोकेका सिद्धान्तहरू पालना गरेर सम्हाल्न सक्छन्, जस्तै परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने, दाजुभाइ-दिदीबहिनीहरूको सुरक्षा सुनिश्‍चित गर्ने, र मण्डलीको कामलाई सहज रूपमा चलायमान राख्ने—र अझ भन्‍ने हो भने, तिनीहरूले यी अवस्थाहरू निकै राम्ररी सम्हाल्छन्—जबकि कति अगुवाहरूले त्यसो गर्नै सक्दैनन्। सम्हाल्नै नसकिने समस्याहरूलाई के गर्नुपर्छ? कति अगुवा र कामदारहरू अलमल्ल तरिकाले काम गर्छन्, र समस्याहरू पहिचान गर्न सक्दैनन्, र पहिचान गरिहाले पनि तिनलाई समाधान गर्न सक्दैनन्। तिनीहरू माथिबाट समाधान नखोजी आलटाल मात्र गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई “तिमीहरू यो आफै समाधान गर; परमेश्‍वरमा भर पर र समाधानका लागि परमेश्‍वरतर्फ हेर” मात्र भन्छन्, अनि त्यसपछि त्यो सबै सल्टियो भन्‍ने ठान्छन्। चाहे जति नै समस्याहरू थुप्रिए पनि, तिनीहरूले ती आफै समाधान गर्न सक्दैनन्, तैपनि सम्भवतः माथिले तिनीहरूलाई छर्लङ्ग देख्लान् र तिनीहरूको इज्जत गुम्ला भन्‍ने डरले तिनीहरूले माथितर्फ त्यसको रिपोर्ट गर्ने वा ती कसरी समाधान गर्ने भनेर खोजी गर्ने गर्दैनन्। कतिपय अगुवा र कामदारहरू त्यस्ता पनि हुन्छन् जो माथिलाई कहिल्यै समस्याको रिपोर्ट गर्दैनन्, तर किन हो त्यो मलाई थाहा छैन। माथितर्फ रिपोर्ट गर्नु भनेको सिधै माथिलाई नै रिपोर्ट गर्नु हो भन्‍ने जरुरी छैन; सुरुमा निश्चय नै कुनै जिल्ला वा क्षेत्रका अगुवाहरूलाई रिपोर्ट गर्न सकिन्छ। अनि यदि तिनीहरूले त्यो समाधान गर्न सकेनन् भने, तैँले अगुवा र कामदारहरूलाई सिधै माथिलाई रिपोर्ट गर्न आग्रह गर्न सक्छस्। यदि तैँले अवस्था प्रस्ट्याउँदै, कुनै अगुवा वा कामदारलाई कुनै मामला माथिलाई रिपोर्ट गर्न आग्रह गरिस् भने, के उसले त्यो मामलालाई यतिकै दबाउन र बेवास्ता गर्न सक्छ? त्यस्ता मानिसहरू दुर्लभ हुन्छन्। यदि वास्तवमै त्यस्ता अगुवाहरू भए पनि समस्या दबाउने र रिपोर्ट नगर्ने व्यक्तिको खुलासा गर्न तैँले त्यो मामलालाई अरू अगुवा र कामदारहरूसँग प्रस्ट्याउन सक्छस्। यदि यी अरू अगुवा र कामदारहरूले पनि अझै मामलाको रिपोर्ट गरेनन् भने, एउटा अन्तिम उपाय छ: तैँले सिधै परमेश्‍वरको घरको वेबसाइटमा गएर उक्त मामला माथिकहाँ पुर्‍याइयोस् भनी पत्र लेख्न सक्छस्, र यसरी समस्याबारे माथिकहाँ रिपोर्ट हुने कुरा सुनिश्‍चित गर्न सक्छस्। किनभने माथिले पहिला पनि अनेकौँ पटक यस्ता पत्रहरूमा काम गरेका छन्, र तत्पश्चात उनले सिधै अगुवा र कामदारहरूलाई मामला सम्हाल्ने जिम्मा सुम्पेका छन्। वास्तवमा, माथितर्फ समस्या रिपोर्ट गर्ने अनेकौँ उपायहरू हुन्छन्; त्यो अभ्यास गर्न सजिलो हुन्छ, यो उक्त व्यक्तिले त्यो समस्या साँच्चै समाधान गर्न चाहन्छ कि चाहँदैन भन्‍ने कुरामा मात्र निर्भर हुन्छ। यदि तैँले कुनै निश्‍चित अगुवा वा कामदारलाई भरोसा गर्दैनस् भने पनि, तैँले परमेश्‍वर धर्मी हुनुहुन्छ र माथिले सत्यता सिद्धान्तहरूअनुसार कार्यसञ्चालन गर्छन् भनेर विश्‍वास गर्नुपर्छ। यदि तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, र परमेश्‍वरका घरमा सत्यताले शासन गर्छ भन्‍ने कुरामा तँ विश्‍वास गर्दैनस् भने, तैँले केही पनि हासिल गर्न सक्दैनस्। धेरै मानिसहरूले सत्यता बुझ्दैनन्; तिनीहरू परमेश्‍वरका घरमा सत्यताले शासन गर्छ भन्‍नेमा विश्‍वास गर्दैनन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदैन। तिनीहरू सधैँ सोच्छन् कि संसारका सबै अधिकारीहरूले एकअर्कालाई जोगाउँछन्, र परमेश्‍वरको घर पनि त्यस्तै हुनुपर्छ। तिनीहरू परमेश्‍वर सत्यता र धार्मिकता हुनुहुन्छ भन्‍नेमा विश्‍वास गर्दैनन्। त्यसकारण, यस्तो व्यक्तिलाई अविश्‍वासी भन्‍न सकिन्छ। तर, अल्‍पसङ्ख्यक मानिसहरूले वास्तविक समस्याहरू रिपोर्ट गर्न सक्छन्। यस्ता मानिसहरूलाई परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने मानिस भनेर भन्‍न सकिन्छ; तिनीहरू जिम्‍मेवार मानिस हुन्। कति अगुवा र कामदारहरू आफूले देखेका गम्‍भीर समस्याहरू समाधान गर्न असफल हुने मात्र होइनन्; तिनीहरूले यसबारे माथितिर पनि रिपोर्ट गर्दैनन्। माथिले यसबारे अनुसन्धान गरेपछि मात्रै तिनीहरूले समस्याको गम्‍भीरता अनुभूति गर्न थाल्छन्। यसले कामकुरामा ढिलाइ हुन्छ। त्यसकारण, चाहे तँ साधारण दाजुभाइ वा दिदीबहिनी होस्, अथवा अगुवा वा कामदार होस्, आफूले समाधान गर्न नसक्‍ने र बृहत् कार्य सिद्धान्तहरूसँग सम्‍बन्धित कुनै समस्या आइपर्दा, तैँले यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ र समयमै समाधान खोज्‍नुपर्छ। यदि तँलाई अन्योल वा कठिनाइहरू आइपर्छन् तर तैँले तिनलाई समाधान गर्दैनस् भने, कतिपय काम अघि बढ्न सक्‍नेछैन; त्यसलाई थाती राख्नुपर्ने र रोक्‍नुपर्ने हुन्छ। यसले मण्डलीको कामको प्रगतिमा असर गर्छ। त्यसकारण, जब उक्त कामको प्रगतिमा प्रत्यक्ष असर गर्ने समस्याहरू पैदा हुन्छन्, तब तिनलाई समयमै खुलासा गरेर समाधान गरिनुपर्छ। यदि कुनै समस्या समाधान गर्न सजिलो छैन भने, तैँले सत्यता बुझ्‍ने र त्यस क्षेत्रमा विशेषज्ञता भएका मानिसहरूलाई खोज्नुपर्छ, र त्यसपछि तिनीहरूसँग बसेर अनुसन्धान गरी समस्यालाई सँगै समाधान गर्नुपर्छ। यस्ता समस्याहरूमा ढिलाइ गर्नु हुँदैन! तैँले तिनलाई समाधान गर्दा जति दिन ढिलाइ गर्छस्, कामको प्रगतिमा पनि त्यति नै दिन ढिलाइ हुन्छ। यो एउटा व्यक्तिको मामलामा बाधा दिने कुरा होइन; यसले मण्डलीको काममा, साथै परमेश्‍वरका चुनिएका जनहरूले आफ्‍नो कर्तव्य कसरी निर्वाह गर्छन् भन्‍ने कुरामा असर गर्छ। त्यसकारण, जब तैँले यस प्रकारको कुनै अन्योल वा कठिनाइ सामना गर्छस्, तब त्यसलाई तुरुन्तै समाधान गरिनुपर्छ, त्यसमा ढिलाइ गर्न मिल्दैन। यदि तैँले साँच्‍चै यसलाई समाधान गर्न सक्दैनस् भने, यसबारेमा माथिलाई तुरुन्तै रिपोर्ट गर्। तिनी यसलाई समाधान गर्न सिधै अघि आउनेछन्, वा तिनले तँलाई बाटो बताउनेछन्। यदि कुनै अगुवा वा कामदार यस्ता समस्याहरू सम्हाल्न असक्षम छ, अनि यसलाई माथि रिपोर्ट गरेर तिनीबाट समाधान खोज्नुको सट्टा, समस्यालाई हेरेर बस्छ भने, त्यस्ता अगुवाहरू अन्धा हुन्छन्; तिनीहरू दिमाग खुस्केका र बेकामे हुन्छन्। तिनीहरूलाई बर्खास्त गरेर पदबाट हटाइनुपर्छ। यदि तिनीहरूलाई पदबाट हटाइएन भने, मण्डलीको काम अघि बढ्न सक्नेछैन; तिनीहरूका हातमा काम बरबाद हुनेछ। तसर्थ, यसलाई तुरुन्तै समाधान गरिहाल्‍नुपर्छ।

चलचित्र निर्माणको काम पनि परमेश्‍वरको घरका लागि एउटा महत्त्वपूर्ण काम हो। चलचित्र निर्माण समूहहरूले बारम्बार एउटा समस्या सामना गर्छन्, जसमा हरेक व्यक्तिले पटकथाबारे विवाद गर्छ। उदाहरणका लागि, निर्देशकले पटकथा वास्तविक जीवनभन्दा फरक र भिन्‍न छ र छायाङ्कन गरिएपछि अवास्तविक देखिनेछ भन्‍ने विश्‍वास गर्छ, त्यसैले ऊ त्यसमा हेरफेर गर्न चाहन्छ। तर, पटकथा लेखक कडा रूपमा असहमत हुन्छ, उसले पटकथा व्यावहारिक रूपमा लेखिएको छ भन्‍ने विश्‍वास गर्छ र निर्देशकले पटकथाअनुसार नै छायाङ्कन गर्नुपर्ने माग गर्छ। अभिनेताहरूका पनि आफ्नै असहमतिहरू हुन्छन्, तिनीहरू निर्देशक र पटकथा लेखक दुवैसँग असहमत हुन्छन्। एक जना अभिनेताले भन्छ, “यदि निर्देशकले त्यसरी नै छायाङ्कन गर्ने जिद कस्छ भने, म अभिनय नै गर्दिनँ!” पटकथा लेखकले भन्छ, “यदि निर्देशकले पटकथा हेरफेर गर्छ भने, कुनै समस्या उत्पन्‍न हुँदा तिमीहरू सबै जिम्मेवार हुनेछौ!” निर्देशकले भन्छ, “यदि मलाई पटकथाले भनेअनुसार छायाङ्कन गर्न लगाइयो र त्रुटिहरू देखा परे भने, परमेश्‍वरको घरले मलाई जबाफदेही ठहर्‍याउनेछ। यदि तिमी म छायाङ्कन गरूँ भन्‍ने चाहन्छौ भने, त्यो मेरो आफ्नै सोचाइमा आधारित भएर गरिनुपर्छ; होइन भने, म यो काम गर्दिनँ।” अब, तीन वटै पक्ष गतिरोधमा छन्, होइन र? काम अघि बढ्न नसक्ने प्रस्ट छ। के यो अन्योल उत्पन्‍न भएको होइन र? त्यसोभए, वास्तवमा को सही हो त? सबैका आ-आफ्नै सिद्धान्त, आ-आफ्नै तर्क छन् र कोही पनि सम्झौता गर्न इच्छुक छैन। तिन वटै पक्ष यस्तो गतिरोधमा पुग्दा, केमा हानि हुन्छ? (परमेश्‍वरको घरका काममा।) परमेश्‍वरको घरका काममा अवरोध र हानि पुग्छ। के तिमीहरूले त्यस्ता अवस्थाहरू सामना गर्दा तनाव र चिन्ता महसुस गरेका छौ? यदि छैनौ भने, तिमीहरूले यसमा साँच्चै आफ्नो हृदय लगाएका छैनौ भन्‍ने प्रमाणित हुन्छ। त्यस्ता अन्योल र गतिरोधहरू उत्पन्‍न हुँदा, कति मानिसहरू यति तनावग्रस्त हुन्छन् कि तिनीहरू खान वा सुत्नसमेत सक्दैनन्, र यस्तो सोच्छन्, “के गरिनुपर्ने हो? यसरी तर्क गर्दा र डेग चलाउन इन्कार गर्दा कहीँकतै पुगिँदैन। के यसले चलचित्र निर्माणको प्रगतिमा असर गरिरहेको छैन र? यसले केही दिन ढिलाइ गरिसकेको छ र अब यसलाई अझ पछि सार्न मिल्दैन। हामी यो समस्यालाई कसरी समाधान गर्न सक्छौँ ताकि छायाङ्कन सहज रूपमा अघि बढ्ने र काममा ढिलाइ नहुने सुनिश्‍चित होस्? यो समस्या समाधान गर्न हामी कोकहाँ जानुपर्छ?” यदि तँसँग हृदय छ भने, तैँले अगुवाहरूबाट समाधान खोज्नुपर्छ, र यदि अगुवाहरूले समाधान गर्न सक्दैनन् भने, तैँले यसलाई तुरुन्तै माथिकहाँ रिपोर्ट गर्नुपर्छ। यदि तँ साँच्चै परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्छस् भने, तैँले सक्दो चाँडो यो समस्या समाधान गर्न सक्दो सबै गर्नुपर्छ; यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अनि यदि तँ चिन्तित छैनस् भने नि? तैँले त्यसबारे मनन गर्दै यस्तो सोच्‍न सक्छस्, “तिनीहरू गलत छन्। म आफ्नो दृष्टिकोणमा अडिग रहन्छु—तिनीहरूले मलाई केही गर्न सक्छन् जस्तो लाग्दैन। म खाना खान्छु अनि केही बेर सुत्छु, आखिर दिउँसो कुनै काम पनि छैन।” तेरा खुट्टा भारी हुन्छन्, तँलाई चक्कर लाग्छ, तेरो हृदयको तागत हराउँछ, र तँ अल्छे बन्छस्। कठिनाइहरूको चाङ छ, तर तँ ध्यान दिँदैनस् र अल्छे हुन्छस्, त्यसैले त्यो समस्या समाधान गर्ने कुनै उपाय छैन। किन छैन? किनभने तँमा त्यो समाधान गर्ने जोस र चाहना छैन, त्यसैले तैँले कुनै समाधान सोच्न सक्दैनस्। तैँले मनमनै यस्तो सोच्छस्: “कठिनाइहरू उत्पन्‍न हुनु र काम रोकिनु प्रायः भइरहने कुरा होइन। म यो मौका छोपेर केही दिन विश्राम र अलिक आराम गर्नेछु। किन सधैँ यति थकित हुने? यदि मैले अहिले विश्राम लिएँ भने, कसैले त्यसबारे केही भन्‍न पाउँदैन। आखिर, मैले सुस्ती गरिरहेको वा म आफ्नो कामप्रति गैरजिम्मेवार भइरहेको छैनँ। म जिम्मेवार हुन चाहन्छु, तर हाम्रो मार्गमा यो कठिनाइ आएको छ—यसलाई कसले समाधान गर्ने हो? यो समाधान नगरी हामी कसरी छायाङ्कन गर्न सक्छौँ? यदि हामीलाई छायाङ्कन गर्न रोक्ने समस्याहरू छन् भने, के हामीले विश्राम लिनुपर्दैन र?” तेरो सामु यस्तो ठुलो समस्या हुँदा, यदि त्यो तुरुन्तै समाधान गरिएन भने, परिणाम के हुनेछ? यदि समस्याहरू उत्पन्‍न भइरहे र ती कुनै पनि समाधान हुन सकेनन् भने, कामको प्रगति जारी रहन सक्छ? यसले अनगिन्ती ढिलाइहरू निम्त्याउनेछ। कामको प्रगति पछाडि होइन, अगाडि मात्र जान सक्छ, त्यसैले यो समस्याले कठिनाइहरू ल्याउँछ भन्‍ने थाहा हुँदा, तैँले थप ढिलासुस्ती गर्नु हुँदैन; तैँले त्यसलाई शीघ्र समाधान गर्नु आवश्यक छ। यो समस्या समाधान भइसकेपछि, अर्को समस्या उत्पन्‍न हुनेबित्तिकै त्यो समाधान गर्नतिर लागिहाल्, समय बरबाद नगर्न लागिपर् ताकि काम सहज रूपमा अघि बढ्न र निर्धारित समयमा पूरा हुन सकोस्। त्यो कस्तो सुनिन्छ? (राम्रो।) हृदय भएकाहरूले अन्योल र कठिनाइहरू यस्तो मनोवृत्ति बोकेर सामना गर्छन्। तिनीहरूले समय बरबाद गर्दैनन्, आफ्नै लागि बहानाहरू बनाउँदैनन्, र देहसुखको लालच गर्दैनन्। अर्कोतर्फ, हृदय नभएकाहरूले छिद्रहरूको दुरुपयोग गर्छन्; तिनीहरूले बहानाहरू बनाउँछन् र विश्राम लिने मौकाहरू खोज्छन्, सबथोक सुस्त गतिमा र हतार वा चिन्ता नगरी गर्छन्, र तिनीहरूमा कष्ट सहने वा मूल्य चुकाउने कुनै सङ्कल्प हुँदैन। अनि अन्त्यमा के हुन्छ? अन्योल वा कठिनाइ सामना गर्दा, हरव्यक्ति धेरै दिन गतिरोधमा पुग्छ। न त निर्देशक, अभिनेता, न पटकथा लेखकहरूले नै समस्या रिपोर्ट गर्छन्। यसैबीच, अगुवाहरू अन्धा हुन्छन् र तिनीहरूले त्यो समस्या हो भनेर पहिचान गर्न सक्दैनन्; तिनीहरूले त्यो समस्या हो भनी पहिचान गरे पनि, समस्या आफै समाधान गर्न नसक्दा तिनीहरूले माथितिर त्यसको रिपोर्ट गर्दैनन्। तहतह गर्दै माथिकहाँ रिपोर्ट पुगुन्जेल, दस-पन्ध्र दिन बितिसकेको हुन्छ। यो दस-पन्ध्र दिनमा के गरियो? के कसैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको थियो? अहँ, तिनीहरू त खान, पिउन र रमाइलो गर्नमै समय खर्चिरहेका थिए! के तिनीहरू सित्तैँमा खाइरहेका छैनन्? आफ्नो काममा आइपर्ने अन्योल र कठिनाइहरूको तुरुन्तै समाधान खोज्न नसक्ने ती सबै सुपरिवेक्षकहरू सित्तैँमा खाइरहेका मात्र हुन्छन्, बिनाउद्देश्य आफ्ना दिनहरू कटाइरहेका हुन्छन्। त्यस्ता मानिसहरूलाई छोटकरीमा “कामचोर” भनेर चिनिन्छ। “कामचोर” चाहिँ किन नि? किनभने यी मानिसहरूले कर्तव्यलाई गम्भीरता, जिम्मेवारी, कडाइ, वा सकारात्मकताको मनोवृत्तिले हेर्दैनन्, बरु तिनीहरू झाराटारुवा, नकारात्मक, र सुस्त हुन्छन्, अनि कुनै कठिनाइ वा गतिरोध उत्पन्‍न होस् भन्‍ने आशा मात्र गर्छन् ताकि तिनीहरूले कार्यालय बन्द गरेर काम रोक्ने बहाना पाऊन्।

अगुवा र कामदारहरूले काममा आइपर्ने अन्योल र कठिनाइहरूलाई तुरुन्तै समाधान गर्ने मात्र होइन, यी समस्याहरूको तुरुन्तै जाँच गरी पहिचान पनि गर्नुपर्छ। यसो किन गर्नुपर्छ? यसो गर्नुको एउटै उद्देश्य हुन्छ: परमेश्‍वरको काम र परमेश्‍वरको घरको कामको रक्षा गर्नु, र यसरी हरेक काम सहज रूपमा अघि बढ्ने र कामको सामान्य समयसीमाभित्रै पूरा हुने सुनिश्‍चित गर्नु। काम सहज रूपमा अघि बढ्ने कुरा सुनिश्‍चित गर्न, कुन-कुन समस्याहरू समाधान गर्नु आवश्यक हुन्छ? सुरुमा, मण्डलीका काममा बाधा दिने कुनै पनि अड्चन वा अवरोधहरूलाई पूर्ण रूपमा हटाउनु, र अविश्‍वासी एवम् दुष्ट मानिसहरूलाई प्रतिबन्धित गरेर समस्या सृजना गर्नबाट रोक्‍नु अत्यावश्यक हुन्छ। यसका साथै, हरेक कामका सुपरिवेक्षकहरू र दाजुभाइ-दिदीबहिनीहरूलाई सत्यता बुझ्न र अभ्यासको मार्ग भेट्टाउन, सामञ्जस्य रूपमा सहकार्य गर्न र एकअर्काको सुपरिवेक्षण गर्न सिक्‍न मार्गनिर्देश गर्नुपर्छ। यसरी मात्र काम सम्पन्‍न हुने प्रत्याभूति गर्न सकिन्छ। चाहे जस्तोसुकै कठिनाइ वा अन्योल सामना गरे पनि, यदि अगुवा र सुपरिवेक्षकहरूले ती समाधान गर्न सक्दैनन् भने, तिनीहरूले तुरुन्तै त्यो समस्या माथिलाई रिपोर्ट गर्नुपर्छ र समाधानहरू खोज्नुपर्छ। अगुवा र कामदारहरूले चाहे जुनै काम गर्ने भए पनि समस्या समाधानलाई नै प्राथमिकता दिनुपर्छ, र कामसँग सम्बन्धित प्राविधिक समस्याहरू र सिद्धान्तका समस्याहरू दुवैलाई, साथै मानिसहरूले जीवन प्रवेशका सन्दर्भमा सामना गर्ने विभिन्‍न कठिनाइहरूलाई सम्बोधन गर्नुपर्छ। यदि तैँले अन्योल र कठिनाइहरू समाधान गर्न सक्दैनस् भने, तैँले आफ्नो काम राम्ररी गर्न सक्नेछैनस्। त्यसकारण, जब तैँले आफूले समाधान गर्न नसक्ने असाधारण कठिनाइ वा अन्योल सामना गर्छस्, तब तीबारे तैँले तुरुन्तै माथिलाई रिपोर्ट गर्नुपर्छ। समय खेर नफाल्, किनकि तीनदेखि पाँच दिनको ढिलाइले काममा क्षति पुग्न सक्छ, र यदि त्यो पन्ध्र दिन वा महिना दिन ढिलो भयो भने, त्यो क्षति अत्यन्तै ठुलो हुनेछ। त्यसअलावा, समस्या जे भए पनि त्यसलाई सत्यता सिद्धान्तहरूको आधारमै निराकरण गरिनुपर्छ। चाहे जेसुकै होस्, समस्याहरू समाधान गर्न संसारसँग व्यवहार गर्ने मानव दर्शनहरू कहिल्यै प्रयोग नगर्। गम्भीर समस्याहरूलाई साना समस्या बनाउने, र त्यसपछि साना समस्याहरूलाई नगण्यमा परिणत गर्ने, वा समस्यामा संलग्न दुवै पक्षलाई गाली मात्र गर्ने अनि केही मिठो कुराले तिनीहरूलाई फेरि शान्त पार्ने काम नगर्, र समस्या बढ्ला भनेर डराउँदै सधैँ वार्ताको सहारा लिने र तिनीहरूलाई फकाउने काम नगर्। यसले समस्या आधारभूत तहमा समाधान नहुने अवस्थामा डोर्‍याउँछ, जसले गर्दा समस्याहरू यथावत् रहिरहन्छन्। के यो परिस्थितिलाई सहज बनाउन खोज्ने तरिका मात्र होइन र? यदि तँलाई कुनै समस्याका सबै मानवीय समाधानहरू प्रयोग गरिसकेको र त्यसलाई साँच्चै नै समाधान गर्न सकिँदैन जस्तो लाग्छ, र तैँले कामभित्र रहेका प्राविधिक समस्याहरूका लागि सिद्धान्तहरू बिलकुलै भेट्टाउन सक्दैनस् भने, तैँले तुरुन्तै यी समस्याहरू माथिलाई रिपोर्ट गर्नुपर्छ र नपर्खीकन वा ढिलासुस्ती नगरी समाधानहरू खोज्नुपर्छ। समाधान गर्न नसकिने कुनै पनि समस्याको समाधान खोज्न तुरुन्तै माथिलाई रिपोर्ट गरिनुपर्छ। यो सिद्धान्त तिमीहरूलाई कस्तो लाग्यो? (राम्रो।)

के चलचित्र निर्माण समूह र पटकथा लेखन समूहहरू छायाङ्कनका कुरामा बारम्बार गतिरोधमा अल्झिरहन्छन्? हरेकको आफ्नै तर्क हुन्छ, र तिनीहरू सर्वसम्मतिमा पुग्न सक्दैनन्, र सधैँ मौखिक रस्साकस्सी गरिरहन्छन्। के अगुवाहरूले यी समस्याहरू उत्पन्‍न हुँदा तिनलाई समाधान गर्न सक्छन्? (कहिलेकाहीँ सक्छन्।) के तिमीहरूले कहिल्यै अगुवाले सङ्गतिमार्फत केही समस्याहरू समाधान गरेको, र त्यो पूर्ण रूपमा व्यावहारिक र सैद्धान्तिक रूपमा ठोस भएको, तर तिमीहरू त्यो परमेश्‍वरको घरका मागहरू वा सत्यता सिद्धान्तहरूअनुरूप छ कि छैन भनी अनिश्‍चित भएको अवस्था सामना गरेका छौ? (छौँ।) तिमीहरूले त्यस्ता अवस्थाहरू कसरी सम्हाल्यौ? (कहिलेकाहीँ हामी माथिबाट खोजी गर्थ्यौँ।) त्यो सही तरिका हो। के तिमीहरू कहिल्यै तिमीहरूले माथिका ब्रदर निकै व्यस्त रहेको देखेर कुनै समस्याबारे नसोध्‍ने निर्णय गरेको, र त्यो मामला सैद्धान्तिक रूपमा सही भएसम्म ठिकै हुन्छ भन्‍ने सोचेको र त्यसपछि त्यो सत्यताअनुरूप भए पनि वा नभए पनि छायाङ्कन अघि बढाउने निर्णय गरेको अवस्थामा परेका छौ? (हामीले विगतमा यसमा गम्भीर समस्या भोगेका थियौँ। यसले गर्दा हामीले काम फेरि दोहोर्‍याएर गर्नुपर्‍यो, अनि काममा बाधा र अवरोध पैदा भयो।) त्यो अवस्था गम्भीर हो! चलचित्र निर्माण समूहले सामना गर्ने धेरै समस्याहरू अन्ततः वास्तवमा पटकथा लेखन समूहकै जिम्मेवारी हुन्। उदाहरणका लागि, यदि अढाई घन्टे पुङ न पुच्छर कथाको चलचित्र बन्यो भने, मुख्यतः पटकथा लेखकहरू नै जिम्मेवार हुन्छन्। तर निर्देशकको जिम्मेवारीचाहिँ के हो त? यदि पटकथा पुङ न पुच्छरको छ भने, के निर्देशकहरूले यो देख्न सक्नुपर्छ? सैद्धान्तिक रूपमा, तिनीहरूले देख्न सक्नुपर्छ। तर, निर्देशकहरूले त्यस्ता परिस्थितिमा छायाङ्कन पूरा गर्न महिनौँ लगाएर उल्लेखनीय जनशक्ति, भौतिक स्रोतसाधन, र पैसा खर्च गर्न सक्छन्। यो कस्तो खालको समस्या हो? निर्देशकका रूपमा, तिमीहरूको जिम्मेवारी के हो? पटकथा हात परेपछि, तिमीहरूले यस्तो सोच्नुपर्छ, “यो पटकथा निकै लामो छ र विषयवस्तु पनि राम्रो छ, तर यसमा मुख्य, केन्द्रीय विषय छैन; पूरै कथा-संरचना प्राणविहीन छ। यो पटकथा छायाङ्कन गर्न सकिँदैन; यसलाई परिमार्जनका लागि पटकथा लेखकहरूकहाँ फिर्ता पठाइनुपर्छ।” के तिमीहरूमा यसो गर्ने सामर्थ्य छ? के तिमीहरूले कहिल्यै कुनै पटकथा फिर्ता पठाएका छौ? (अहँ।) के त्यो तिमीहरूले समस्याहरू देख्न नसक्ने भएकाले हो, कि त्यो फिर्ता पठाउन डर लागेकाले हो? कि तँलाई कसैले तेरो आलोचना गर्ला र यसो भन्ला भन्‍ने डर लाग्छ, “तिनीहरूले तिमीलाई यो तयार पटकथा दिए, तर तिमीले यसलाई एकै शब्दमा इन्कारेर फिर्ता पठाउँदै छौ—तिमी अत्यन्तै अहङ्कारी छौ, होइन र?” तिमीहरूलाई ठ्याक्कै के कुराको डर लाग्छ? तिमीहरूले समस्या देख्छौ भने त्यो पटकथा किन लेखकहरूलाई फिर्ता पठाउँदैनौ? (हामी हाम्रो चलचित्र निर्माणको काममा जिम्मेवार छैनौँ।) चलचित्र निर्माण समूहहरूका लागि, मण्डली अगुवाहरूबाहेक, निर्देशकहरूले पनि सुपरिवेक्षकका रूपमा काम गर्नुपर्छ, जसले निर्णयहरू गर्छन् र अन्तिम राय दिन्छन्। तँ निर्देशक भएको नाताले, तैँले यो मामलाको पूर्ण जिम्मेवारी लिनुपर्छ, र पटकथा पाएकै क्षणदेखि त्यसको उचित जाँच गर्नुपर्छ। मानौँ कि, तैँले एउटा पटकथा प्राप्त गरिस् र सुरुदेखि अन्त्यसम्म त्यसको समीक्षा गरिस्, र तँलाई विषयवस्तु निकै राम्रो लाग्यो। त्यसमा मूलतत्त्व र केन्द्रीय विषय छ, यसको कथा मुख्य कथावस्तुकै वरपर घुम्छ, र समग्र पटकथामा कुनै ठुलो समस्या देखिँदैन—त्यो राम्रै, छायाङ्कन गर्न लायक देखिन्छ, त्यसैले त्यो पटकथा स्वीकृत गर्न सकिन्छ। तर यदि पटकथा लामो छ, जसमा कुनै केन्द्रबिन्दु वा मुख्य कथावस्तुबिनै कुनै व्यक्तिको कथा सुरुदेखि अन्त्यसम्म सुनाइएको छ, र पटकथाले के व्यक्त गर्न खोजेको कुरा के हो, त्यसले दर्शकहरूमा के प्रभाव पार्न चाहन्छ, वा त्यसको मुख्य विचार र आत्मिक अर्थ के हो भन्‍ने कुरा अस्पष्ट छोडिएको छ—त्यो केवल एउटा गलफती विवरण, एउटा उल्झिएको पटकथा हो भने—के यो पटकथा स्विकार्न सकिन्छ? यस्तो अवस्थामा निर्देशकहरूले के गर्नुपर्छ? तिनीहरूले पटकथा फिर्ता गर्नुपर्छ र पटकथा लेखकलाई परिमार्जनका सुझावहरू पठाउनुपर्छ। पटकथा लेखन समूहका मानिसहरूले यसो भन्दै विरोध गर्न सक्छन्, “यो न्यायसङ्गत भएन! हामीले लेखेको पटकथा परीक्षण गर्ने तिनीहरू को हुन्? तिनीहरूले किन निर्णय गर्न पाएका हुन्? परमेश्‍वरको घरले मानिसहरूलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुपर्छ!” तब के गरिनुपर्छ? यदि निर्देशकहरूले पटकथामा समस्याहरू पहिचान गर्न सकेमा, तिनीहरूले हतारमा निर्णय गर्नु हुँदैन, बरु उक्त मामलाबारे सुरुमा मण्डली अगुवा र चलचित्र निर्माण समूहका सदस्यहरूसँग सङ्गति गर्नुपर्छ। यदि आफ्ना विगतका वर्षका चलचित्र निर्माणको अनुभव र पटकथा बुझाइका आधारमा, सबैको सर्वसम्मतिले पटकथा मानकअनुरूप छैन भन्‍ने निधो गर्छन्, र त्यसलाई छायाङ्कन गर्दा चलचित्र निर्माण कार्यमा ढिलाइ हुने मात्र नभई, त्यसमा समावेश सारा मानव, भौतिक र आर्थिक स्रोतहरूसमेत खेर जाने, र त्यो जिम्मेवारी कसैले वहन गर्न नसक्ने विश्‍वास गर्छन् भने, त्यो पटकथा फिर्ता पठाइनुपर्छ। पुङ न पुच्छरको पटकथालाई बिलकुलै छायाङ्कन गरिनु हुँदैन; यो एउटा सिद्धान्त हो। यदि त्यो पटकथाबारे सबैलाई उस्तै लाग्छ भने, पटकथा लेखकहरूले बिनासर्त त्यसलाई स्विकार्नुपर्छ र चलचित्र निर्माण समूहको सुझावअनुसार पटकथालाई परिमार्जन गर्नुपर्छ। यदि अझै पनि असहमतिहरू छन् भने, कसका तर्क सत्यता सिद्धान्तहरूअनुरूप छन् भनेर हेर्न दुवै पक्षका सदस्य र अगुवाहरूले सँगै बसेर बहस गर्न सक्छन्। यदि कुनै निष्कर्षमा पुगिएन र गतिरोधको अवस्था रहिरह्यो भने, अन्तिम उपाय लगाउनुपर्छ, र त्यो उपाय भनेको आज सङ्गति गरिएको, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी हो: “काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने।” गतिरोधमा परेका र समाधान गर्न नसकिने समस्याहरूलाई अन्योल र कठिनाइ भनिन्छ। हरेक पक्षले आफ्नो तर्क सही छ भन्ठान्छ, र कसैले पनि निर्णय गर्न सक्दैन। यसरी यसमा तर्कवितर्क गर्दा कुरा अलमलिन्छ, र यसले यो समस्याको समष्टिगत पक्ष त्यसमा लिनुपर्ने दिशाबारे सबैको बुझाइ धूमिल पारिदिन्छ। यो अवस्थामा, अगुवा र कामदारहरूले तिनीहरूको काममा देखा पर्ने यी समस्या र अन्योल तुरुन्तै रिपोर्ट गर्ने र समाधान खोज्ने जिम्मेवारी लिनुपर्छ, र तिनलाई कामको प्रगतिमा अवरोध पुर्‍याउन नदिन, र अझ बढी, तिनलाई अझ थुप्रिनबाट रोक्न तुरुन्तै समाधान गर्न लागिपर्नुपर्छ। यी समस्याहरूलाई तुरुन्तै रिपोर्ट गर्नु र कसरी समाधान गर्ने भनेर खोजी गर्नु—के यो काम गर्नु होइन र? के यो कामप्रति गम्भीर र जिम्मेवार मनोवृत्ति देखाउनु होइन र? के यो कर्तव्य निर्वाह गर्नमा आफ्नो हृदय लगाउनु होइन र? के यो बफादार हुनु होइन र? (हो।) यो आफ्नो कर्तव्यप्रति बफादार हुनु हो।

कामको प्रभारी रहेका अगुवा र कामदारहरूले काममा देखा पर्ने कुनै पनि समस्या तुरुन्तै देख्‍नु र समाधान गर्नुपर्छ, किनकि त्यसो गर्दा मात्र कामको सहज प्रगति सुनिश्‍चित हुन सक्छ। समस्याहरू समाधान गर्न नसक्ने सबै अगुवा र कामदारहरूमा सत्यता वास्तविकता हुँदैन र तिनीहरू झुटा अगुवा र कामदार हुन्। समस्या पत्ता लगाउने तर ती समाधान गर्न असफल हुने, बरु तिनलाई पन्छाउने वा ढाकछोप गर्ने जोकोही व्यर्थको निकम्मा हो, जसले कामलाई ध्वस्त मात्र पार्छ। विवादित मामलाहरू सङ्गति र बहसमार्फत समाधान गरिनुपर्छ। यदि त्यसबाट सही नतिजा आउँदैन, बरु अवस्था झन् बिग्रन्छ भने, प्रमुख अगुवाले व्यक्तिगत रूपमै मामला सम्हाल्ने जिम्‍मा लिनुपर्छ, अनि त्यसका समाधान र विधिहरू तुरुन्तै प्रस्ताव गर्ने, साथै अवस्थाको परिणाम कस्तो आउला भनेर तुरुन्तै अवलोकन गर्ने, बुझ्ने, र मूल्याङ्कन गर्ने गर्नुपर्छ। कुनै समस्याबारे अझ पनि विवादहरू रहिरहँदा र कुनै पनि निर्णयमा पुग्न नसकिँदा, केवल हात मिलाउन खोज्नु, पर्खनु, वा विलम्ब गर्नु, र विशेषगरी समस्यालाई बेवास्ता गर्नुभन्दा समाधान खोज्नका निम्ति त्यो समस्या तुरुन्तै माथिलाई रिपोर्ट गरिनुपर्छ। के तिमीहरूका हालका अगुवा र कामदारहरूले यसरी नै काम गर्छन्? तिनीहरूले तुरुन्तै अनुगमन गर्ने र कामको प्रगतिमा जोड दिने काम गरिरहेको हुनुपर्छ, र साथसाथै विभिन्‍न ससाना समस्याहरूलाई पनि बेवास्ता नगरी काममा देखा पर्ने विभिन्‍न टकरावहरूलाई पहिचान गर्ने काम गरिरहेको हुनुपर्छ। जब ठूला समस्याहरू पहिचान गरिन्छन्, तब तिनलाई समाधान गर्ने कार्यमा सहभागी हुनका निम्ति प्रमुख अगुवा र कामदारहरू उपस्थित हुनुपर्छ, र ती समस्याको समष्टिगत पक्ष, समस्या देखा पर्नुको कारण, र संलग्न मानिसहरूको दृष्टिकोणबारे सही बुझाइ प्राप्त गर्नुपर्छ, ताकि वास्तवमा के भइरहेको छ भनेर सही रूपमा बोध गर्न सकियोस्। त्यो सँगसँगै, तिनीहरू यी समस्याहरूबारे सङ्गति, बहस र विवाद गर्ने कार्यमा समेत सहभागी हुनुपर्छ। यो जरुरी कुरा हो; सहभागिता अत्यन्तै महत्त्वपूर्ण छ, किनकि यसले तँलाई काममा देखा पर्ने समस्याहरू मूल्याङ्कन र समाधान गर्न मदत गर्छ। यदि तँ संलग्न नभई सुनेर मात्र बस्छस्, सधैँ हात बाँधेर कक्षामा बसिरहेको व्यक्तिझैँ व्यवहार गर्दै छेउमा उभिरहन्छस्, काममा देखा पर्ने कुनै पनि समस्या आफ्नो सरोकारको विषय होइन भन्‍ने सोच्छस् र तँमा त्यो मामलाबारे कुनै निर्दिष्ट विचार वा मनोवृत्ति हुँदैन भने, तँ स्पष्ट रूपमै झुटो अगुवा होस्। जब तँ संलग्न हुन्छस्, तब तैँले काममा ठ्याक्कै के-कस्ता समस्याहरू उत्पन्‍न भएका छन्, तिनका कारण के हुन्, को जिम्मेवार छ, मुख्य समस्या केमा छ, र ती समस्या मानिसहरूका धारणा र कल्पनाले गर्दा भएका हुन् कि प्राविधिक र पेसागत अपर्याप्तताले गर्दा भएका हुन् भनेर विस्तृत रूपमा थाहा पाउनेछस्—निष्पक्ष रूपमा समस्या सम्हाल्न र समाधान गर्न यी सबै कुराहरू प्रस्ट पारिनुपर्छ। जब तँ यो काममा सहभागी हुन्छस् र तैँले समस्याहरू मानव-सिर्जित वा कसैले जानीजानी निम्त्याएका होइनन् भनी पत्ता लगाउँछस्, तैपनि तँलाई समस्याको सार औँल्याउन गाह्रो हुन्छ र यसलाई समाधान गर्ने उपाय थाहा हुँदैन, र दुवै पक्ष लामो समयदेखि बहस गरिरहेका हुन्छन्, वा सबैले एउटा समस्यामा आफ्नो हृदय र मेहनत अर्पित गरेका हुन्छन्, तैपनि अझै त्यसलाई समाधान गर्न सक्दैनन्, अनि सिद्धान्तहरू वा दिशा खोज्न सक्दैनन्, जसले गर्दा काम रोकिन्छ, र यही स्थिति जारी रहे थप गल्ती, अवरोध, र नकारात्मक परिणामहरू सृजना हुनेछ भन्‍ने डर सबैलाई छ भने, तैँले के गर्नुपर्छ? अगुवा र कामदारहरूले सबैभन्दा बढी गर्नुपर्ने कार्य भनेको सबैसँग प्रतिकदम र समाधानहरूबारे छलफल गर्नु होइन, बरु समस्यालाई सक्दो चाँडो माथिकहाँ रिपोर्ट गर्नु हो। अगुवा र कामदारहरूले काममा रहेका समस्याहरू सारांशित र अभिलिखित गर्नुपर्छ र तुरुन्तै माथिकहाँ रिपोर्ट गर्नुपर्छ, ढिलासुस्ती गर्ने, कुरेर बस्‍ने, वा भाग्यभरोसा गर्ने मनस्थिति पाल्‍ने, र राती सुतेपछि प्रेरणा वा आकस्मिक स्पष्टता आउनेछ भन्‍ने सोच्ने गर्नु हुँदैन—यो त एउटा दुर्लभ घटना मात्र हो र त्यस्तो हुने सम्भावना हुँदैन। त्यसैले, सबैभन्दा उत्तम समाधान भनेको समस्या माथिकहाँ रिपोर्ट गरेर सक्दो चाँडो समाधान खोज्नु, र समस्या तुरुन्तै र सक्दो चाँडो समाधान हुने सुनिश्‍चित गर्नु हो; साँचो रूपमा काम गर्नु भनेकै यही हो।

अगुवा र कामदारहरूले आफ्नो काममा बारम्बार सामना गर्ने अन्योल र कठिनाइहरू

अ. अन्योलहरू

हामीले भर्खरै छलफल गरेको विषयवस्तुका आधारमा, “अन्योलहरू” र “कठिनाइहरू” भनेका ठ्याक्कै के हुन् भनेर सारांश निकालौँ। यी दुई एउटै कुरा होइनन्। पहिला, म “अन्योल” शब्दको व्याख्या गर्नेछु। अन्योल भनेको तैँले कुनै मामलालाई छर्लङ्ग देख्न नसक्नु हो; तँ सिद्धान्तहरूअनुरूप वा सही तरिकाले मूल्याङ्कन गर्न वा खुट्ट्याउन जान्दैनस्। तैँले केही हदसम्म छर्लङ्ग देख्न सकिस् भने पनि, तँ आफ्नो विचार सही हो कि होइन भनेर निश्चित हुँदैनस्, तैँले त्यो मामला सम्हाल्न वा समाधान गर्न जान्दैनस्, र तँलाई त्यसबारे निष्कर्षमा पुग्न कठिन हुन्छ। छोटकरीमा भन्दा, तँ त्यसबारे अनिश्चित हुन्छस् र निर्णय गर्न सक्दैनस्। यदि तैँले अलिकति पनि सत्यता बुझ्दैनस् र अरू कसैले त्यो समस्या समाधान गर्दैन भने, त्यो समाधान गर्न नसकिने बन्छ। के यो कठिन चुनौती सामना गर्नु होइन र? यस्ता समस्याहरू सामना गर्नुपर्दा, अगुवा र कामदारहरूले माथिलाई तिनको रिपोर्ट गर्नुपर्छ र समस्याहरू चाँडो समाधान गर्न सकियोस् भनेर माथिबाट सल्लाह लिनुपर्छ। के तिमीहरूले बारम्बार अन्योल सामना गर्छौ? (गर्छौँ।) नियमित रूपमा अन्योल सामना गर्नु आफैमा एउटा समस्या हो। मानिलिऊँ, तँलाई कुनै समस्या आइपरेको छ र तँलाई त्यो सम्हाल्ने उचित तरिका थाहा छैन। कसैले एउटा समाधान बताउँछ, जुन तँलाई मनासिब लाग्छ, अनि अर्को व्यक्तिले पनि फरक समाधान बताउँछ, र तँलाई त्यो पनि मनासिब लाग्छ, अनि सबैका फरक-फरक रायहरूका कारण र समस्याको मूल कारण वा सार कसैले बुझ्न नसकेका कारण, तैँले कुन समाधान बढी उपयुक्त छ भनेर प्रस्ट रूपमा बुझ्न सकिनस् भने, त्यस समस्याको समाधानमा गल्तीहरू अवश्यै देखिनेछन्। तसर्थ, कुनै समस्या समाधान गर्नका लागि, त्यसको मूल कारण र सार निर्धारण गर्नु अत्यावश्यक र महत्त्वपूर्ण हुन्छ। यदि अगुवा र कामदारहरूले खुट्ट्याउन सक्दैनन्, समस्याको सार बुझ्न सक्दैनन्, र तिनीहरू सही निष्कर्षमा पुग्न सक्दैनन् भने, तिनीहरूले तत्कालै त्यस समस्याबारे माथिलाई रिपोर्ट गर्नैपर्छ र माथिबाट समाधान खोज्नैपर्छ; यो जरुरी काम हो र कुनै बढ्ता प्रतिक्रिया होइन। नसुल्झिएका समस्याहरूले गम्भीर परिणामहरू निम्त्याउन र मण्डलीको काममा असर गर्न सक्छन्—यो कुरा राम्रोसँग बुझ्नैपर्छ। यदि तँ डरले भरिएको छस्, सधैँ माथिले तेरो साँचो औकात देख्लान् वा तैँले वास्तविक काम गर्न नसक्ने देखेर तेरो कर्तव्यको प्रबन्धमा फेरबदल गर्लान् वा तँलाई बरखास्त गर्लान् भनेर डराउँछस्, र त्यसकारण तैँले उक्त समस्याको रिपोर्ट गर्ने आँट गर्दैनस् भने, यसले सजिलै कामहरूमा ढिलाइ निम्त्याउन सक्छ। यदि तैँले आफै समाधान गर्न नसक्ने अन्योल सामना गरिस्, तैपनि माथिलाई त्यसको रिपोर्ट गरिनस् भने, यसले गम्भीर परिणामहरू निम्त्याउँदा र माथिले तँलाई उत्तरदायी ठहराउँदा, तँ ठूलो समस्यामा पर्नेछस्। के यसको दोषी तँ आफै मात्र होइनस् र? यस्ता अन्योल सामना गर्नुपर्दा, यदि अगुवा र कामदारहरू जिम्मेवारी हुँदैनन् र झाराटारुवा तरिकाले समस्या समाधान गर्न केवल केही धर्मसिद्धान्तहरू बोल्छन् र केही प्रावधानहरू लागु गर्छन् भने, त्यो समस्या समाधान भएको हुँदैन र परिस्थिति जस्ताको तस्तै रहन्छ, र काम अघि बढ्न सक्दैन। अन्योल समाधान नहुँदा ठ्याक्कै यही हुन्छ; त्यसले सजिलै ढिलाइ गराउँछ।

जब अन्योलहरू उत्पन्‍न हुन्छन्, कति अगुवा र कामदारहरूले समस्या आएको बोध गर्न सक्छन्, जबकि अरू अगुवा र कामदारहरूले समस्या पत्ता लगाउन सक्दैनन्—यी पछिल्लो समूहका मानिसहरूमा अत्यन्तै कमजोर क्षमता हुन्छ, र तिनीहरू बोधा र मन्दबुद्धिका हुन्छन्; तिनीहरूमा कुनै पनि समस्याप्रति संवेदनशीलता हुँदैन। जति नै ठूलो अन्योल आइपरे पनि तिनीहरूले प्रदर्शन गर्ने भनेको बोधोपन र मन्दबुद्धिपन नै हो; तिनीहरू समस्यालाई बेवास्ता गर्छन् र टार्न खोज्छन्—यो भनेको झुटा अगुवाहरू वास्तविक काममा संलग्न नहुनु हो। त्यस्ता अवस्थाहरू उत्पन्‍न हुँदा निश्‍चित मात्रामा क्षमता र कार्य सामर्थ्य भएका अगुवा र कामदारहरूले यस्तो महसुस गर्न सक्छन्: “यो एउटा समस्या हो। मैले यसबारे टिपोट गर्नुपर्छ। माथिले यसअघि यस प्रकारको समस्याबारे कहिल्यै उल्लेख गरेका छैनन्, र यसलाई हामी पहिलो पटक सामना गर्दै छौँ, तर यस प्रकारको अवस्था सम्हाल्ने सिद्धान्तहरू ठ्याक्कै के-के हुन्? यो विशिष्ट समस्या कसरी समाधान गरिनुपर्छ? ममा केही अन्तर्ज्ञानी सोचहरू छन् जस्तो लाग्छ, तर ती अस्पष्ट छन्, र यस्ता मामलाहरूप्रति ममा एउटा मनोवृत्ति पनि छ, तर एउटा मनोवृत्ति मात्र हुनु पर्याप्त छैन; समस्या समाधान गर्न सत्यताको खोजी गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। सबैले सँगै मिलेर सङ्गति र छलफल गर्नका लागि हामीले यो मामला बाहिर ल्याउनैपर्छ।” एक चरण सङ्गति र छलफल गरेपछि, यदि तिनीहरूलाई अझै पनि कसरी अघि बढ्ने भन्‍ने थाहा हुँदैन, तिनीहरूसँग समस्या समाधान गर्नका लागि अभ्यासको सही योजना हुँदैन, र अन्योल कायमै रहन्छ भने, तिनीहरूले माथिबाट समाधान खोज्नैपर्छ। यो अवस्थामा, समस्याबारे अन्योलका बुँदाहरू टिपोट गर्ने जिम्मेवारी अगुवा र कामदारहरूको हुन्छ, ताकि समय आउँदा तिनीहरूले अन्योलको समस्या ठ्याक्कै के हो र ठ्याक्कै के कुराको खोजी गरिँदै छ भनेर स्पष्ट रूपमा बताउन सकुन्। अगुवा र कामदारहरूले गर्नुपर्ने भनेकै यही हो।

आ. कठिनाइहरू

क. कठिनाइहरू के हुन्

यसपछि, हामी “कठिनाइहरू” भन्‍ने शब्दलाई हेरौँ। शाब्दिक दृष्टिकोणबाट हेर्दा, कठिनाइहरू अन्योलभन्दा बढी गम्भीर हुन्छन्। त्यसोभए, कठिनाइहरूले ठ्याक्कै केलाई जनाउँछन्? कसैले बुझाऊ त। (परमेश्‍वर, हाम्रो बुझाइ के छ भने, कठिनाइहरू भनेका आइपर्ने वास्तविक समस्याहरू हुन्, जसलाई समाधान गर्न व्यक्तिले प्रयास त गरिसकेको हुन्छ तर उसले अझै समाधान गर्न सक्दैन; यिनैलाई कठिनाइ मानिन्छ।) (एउटा कुरा थप्‍नुपर्दा, कहिलेकाहीँ व्यक्तिलाई पहिला कहिल्यै आइनपरेका केही अत्यन्तै जटिल समस्याहरू आइपर्न सक्छ, जसमा हरव्यक्तिमा अनुभवको कमी हुन्छ, हरव्यक्ति अत्यन्तै अलमल्ल परेको हुन्छ, र ऊसँग कुनै राय वा विचार हुँदैन—यी एक प्रकारका निकै चुनौतीपूर्ण समस्याहरू हुन्।) निकै चुनौतीपूर्ण समस्याहरूलाई कठिनाइ भनिन्छ, हो? कठिनाइको सबैभन्दा सरल, र सिधा व्याख्या के हो भने, ती वास्तवमै हुने समस्याहरू हुन्। उदाहरणका लागि, व्यक्तिको क्षमता, पेसागत सीप, शारीरिक बिमार, साथै वातावरणीय र समय सम्बन्धी समस्याहरू, आदि इत्यादि, यी वास्तवमै विद्यमान समस्याहरूलाई कठिनाइ भनिन्छ। तर, हामीले अहिले सङ्गति गरिरहेको, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी भनेको तिनीहरूले काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने भन्‍ने हो। यहाँ, कठिनाइले व्यापक रूपमा परिभाषित गरिएका वास्तवमै विद्यमान समस्याहरू नभई, काममा सामना गरिने निकै जटिल र सम्हाल्न नसकिने समस्याहरूलाई जनाउँछ। यी कस्ता खालका समस्याहरू हुन्? यी सत्यता सिद्धान्तहरूसँग विशेष सम्बन्ध नराख्ने बाहिरी मामलाहरू हुन्। यी समस्याहरूमा सत्यता सिद्धान्तहरू संलग्‍न नभए पनि, यी साधारण समस्याहरूभन्दा जटिल हुन्छन्। यी कसरी जटिल हुन्छन्? उदाहरणका लागि, यी समस्याहरूमा कानुनी र सरकारी प्रावधानहरू संलग्‍न हुन्छन् वा यी मण्डलीभित्र रहेका केही मानिसहरूको सुरक्षा, आदि इत्यादिसँग सम्बन्धित हुन्छन्। यी सबै नै अगुवा र कामदारहरूले आफ्नो काममा सामना गर्ने कठिनाइहरू हुन्। उदाहरणका लागि, विदेशमा रहेर परमेश्‍वरमा विश्‍वास गर्दा, व्यक्ति जुनै देशमा बसे पनि, मण्डलीका सबै काम र दाजुभाइ-दिदीबहिनीहरू जिउने वातावरण स्थानीय सरकारी प्रावधानहरूबमोजिम हुनुपर्छ र त्यसमा स्थानीय नियम र नीतिहरूको बुझाइ हुनुपर्छ। यी मामलाहरूमा बाहिरी संसारहरूसँग अन्तरक्रिया गर्ने र बाहिरी मामलाहरूसँग व्यवहार गर्ने कार्य समावेश हुन्छ; ती मण्डलीका आन्तरिक कर्मचारी सम्बन्धी समस्याहरूको तुलनामा अझ बढी जटिल हुन्छन्। जटिलता के कुरामा हुन्छ? यो मण्डलीका मानिसहरूलाई परमेश्‍वरमा समर्पित होओ, आज्ञाकारी होओ, सत्यता अभ्यास गर, बफादारीपूर्वक कर्तव्य निर्वाह गर, र सत्यता बुझ अनि मामलाहरूलाई सिद्धान्तहरूअनुसार सम्हाल भनेर भन्‍नुजस्तो सजिलो हुँदैन—यी कुराहरू मात्र भनेर समस्याहरू समाधान हुँदैनन्। बरु, त्यसमा त्यो देशको कानुन, नीति, र प्रावधानहरूको हरेक पक्ष, साथै स्थानीय रीतिरिवाज र अभ्यासहरू लगायतका कुराहरूको बुझाइ आवश्यक हुन्छ। यी बाहिरी मामलाहरूमा कैयौँ कारक तत्त्वहरू समावेश हुन्छन्, र यसमा आकस्मिक समस्याहरू मण्डलीका सिद्धान्तहरू प्रयोग गरेर सम्बोधन गर्न कठिन हुने समस्याहरू देखा पर्नु सामान्य कुरा हो, र यी समस्याहरू देखा पर्नु भनेकै कठिनाइ हुनु हो। उदाहरणका लागि, मण्डलीभित्र आन्तरिक रूपमा, यदि केही मानिसहरूले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य पूरा गर्छन् भने, यी समस्याहरू सत्यता सङ्गति गरेर, काँटछाँट गरेर, वा सहयोग र साथ प्रदान गरेर समाधान गर्न सकिन्छ। तर बाहिरी रूपमा, के तैँले मामलाहरू सम्हाल्न यी सिद्धान्त र विधिहरू प्रयोग गर्न सक्छस् त? के यो तरिका अपनाएर त्यस्ता समस्याहरू समाधान गर्न सकिन्छ? (सकिँदैन।) त्यसोभए के गरिनुपर्छ? त्यस्ता समस्याहरू सम्हाल्न र तीप्रति जबाफी कदम चाल्‍न केही बुद्धिमानी विधिहरू प्रयोग गर्नैपर्छ। यी बाहिरी मामलाहरूलाई सम्हाल्ने क्रममा, परमेश्‍वरको घरले केही सिद्धान्तहरू पनि तय गरेको छ, तर यिनलाई चाहे जे-जसरी व्याख्या गरे पनि, यावत् किसिमका कठिनाइहरू अझै पनि बारम्बार उत्पन्‍न भइरहन्छन्। यो संसार, यो समाज, र यो मानवजाति अत्यन्तै अँध्यारो र अत्यन्तै जटिलभएका हुनाले, र ठूलो रातो अजिङ्गरका दुष्ट शक्तिहरूको बाधाले गर्दा, यी बाहिरी मामलाहरूलाई सम्हाल्दा केही अप्रत्याशित र थप कठिनाइहरू आउनेछन्। यी कठिनाइहरू उत्पन्‍न हुँदा, यदि तिमीहरूलाई “बस परमेश्‍वरका प्रबन्धहरूमा समर्पित होओ; सबथोक परमेश्‍वरद्वारा योजनाबद्ध गरिएको हुन्छ, यो समस्यालाई बस बेवास्ता गर” भनेर एउटा सरल सिद्धान्त मात्र दिइयो भने, के यसले समस्या समाधान गर्न सक्छ? (सक्दैन।) यदि समस्या समाधान गर्न नसकिएमा, दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाह गर्ने वातावरणमा, र तिनीहरूको जिउने वातावरणमा बाधा, सतावट र क्षति हुन्छ। के यसले समस्याहरू पैदा गराउँदैन र? तब के गरिनुपर्छ? के त्यसलाई आवेशीपनद्वारा सम्बोधन गर्न सकिन्छ? पक्कै पनि सकिन्‍न। कतिले भन्छन्, “त्यसोभए के हामी त्यसलाई कानुनी माध्यमबाट समाधान गर्न सक्छौँ?” धेरै कुराहरू कानुनद्वारा समाधान हुन सक्दैनन्। उदाहरणका लागि, के ठूलो रातो अजिङ्गरले दखल दिने र हस्तक्षेप गर्ने ठाउँहरूमा कानुनले समस्याहरू समाधान गर्न सक्छ? त्यहाँ त कानुनको कुनै प्रभाव नै हुँदैन। धेरै ठाउँहरूमा, कानुनलाई प्रायः मानव शक्तिले उछिन्छ, त्यसैले कानुनमा भर परेर समस्याहरू समाधान गर्ने अपेक्षा नगर। तिनलाई समाधान गर्न मानव विधि र आवेशीपन प्रयोग गर्नु पनि उपयुक्त हुँदैन। त्यस्ता अवस्थामा अगुवा र कामदारहरूले के गर्नुपर्छ? यी समस्याहरू देखा पर्दा, के शब्द र धर्मसिद्धान्तहरू मात्र फलाक्न सक्नेहरूले ती समाधान गर्न सक्छन् त? के यी अत्यन्तै जटिल समस्याहरू होइनन् र? के तँलाई वकिल लिएर अदालत गएर ती समाधान गर्न सकिन्छ जस्तो लाग्छ? के ती मानिसहरूले सत्यता बुझ्छन्? यो संसारमा तर्क गर्नका लागि कुनै ठाउँ छैन; कानुनअनुसार चल्ने देशका न्यायाधीशहरूले पनि सधैँ कानुनअनुसार कार्य गर्दैनन्, बरु को संलग्न छ भन्‍ने आधारमा आफ्नो निर्णय समायोजन गर्छन्, जसमा निष्पक्षता हुँदैन। यस संसारमा, जहाँसुकै होस्, मानिसहरू आफ्नो बोली प्रबल बनाउन बल र शक्तिमा भर पर्छन्। त्यसोभए, परमेश्‍वरमा विश्‍वास गर्ने हामीहरू केमा भर पर्नुपर्छ? हामीले परमेश्‍वरका वचनहरूअनुसार, सत्यताअनुसार मानिसहरूसँग व्यवहार गर्ने र मामलाहरू सम्हाल्ने गर्नुपर्छ। तर यदि हामी परमेश्‍वरका वचनहरू र सत्यतामा भर पर्‍यौँ भने संसारमा हाम्रा लागि सबथोक सहज रूपमा अघि बढ्न सक्छ त? अहँ, सक्दैन; यसका लागि बुद्धि आवश्यक हुन्छ। त्यसैले, अगुवा र कामदारहरूले यस्ता समस्याहरू सामना गर्दा, यदि तिनीहरूलाई मामला अत्यन्तै महत्त्वपूर्ण छ भन्‍ने लाग्छ र तिनीहरूले त्यसलाई अनुचित रूपमा सम्हालेर परमेश्‍वरका घरमा समस्या निम्त्याउन सक्छन् भन्‍ने डर लाग्छ, जसले गर्दा अवाञ्छनीय असर वा परिणामहरू निम्तिन्छन् भने, तिनीहरूका लागि त्यस्ता समस्याहरू कठिनाइ बन्छन्। आफूले समाधान गर्न नसक्ने कठिनाइहरू सामना गर्दा, तिनीहरूले तुरुन्तै माथिलाई तिनको रिपोर्ट गर्नुपर्छ र समस्याहरू समाधान गर्न उपयुक्त विधिहरू खोज्नुपर्छ; अगुवा र कामदारहरूले गर्नुपर्ने भनेकै यही हो।

ख. कठिनाइहरू सामना गर्दा व्यक्तिसँग हुनुपर्ने सही दृष्टिकोण र मनोवृत्तिहरू

मैले तिमीहरूलाई यहाँ बताउनुपर्ने कुरा अगुवा र कामदारहरूप्रति मात्र नभई, उपस्थित सबैप्रति नै लक्षित छ—यो एउटा सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो। तिमीहरूले चाहे जुनसुकै ठाउँमा मण्डलीको काम गरिरहेका, कर्तव्य निर्वाह गरिरहेका, वा सुसमाचार प्रचार गरिरहेका भए पनि चुनौतीहरू सधैँ आउनेछन्। परमेश्‍वरको आफ्नै कामसमेत कठिनाइहरूले गाँजिएको हुन्छ—के तिमीहरू सबैले यो तथ्य याद गरेका छौ? तिमीहरूलाई खास विवरणहरू थाहा नभए पनि वा तिमीहरूले ती स्पष्ट रूपमा नबुझे पनि, तिमीहरू सबै समग्र परिस्थितिबारे अवगत छौ। परमेश्‍वरको सुसमाचार फैलाउनु सहज हुँदैन, र तिमीहरू सबै मानसिक रूपमा तयार हुनुपर्छ र तिमीहरूले यो कुरा बुझ्नुपर्छ। यो स्थापित तथ्य यहाँ प्रस्तुत गरिएको छ, त्यसैले सबैभन्दा उचित, सबैभन्दा मनासिब, अनि सबैभन्दा सही हुन हामीले यी मामलाहरूप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? के भित्रभित्रै डरपोक र भयभीत हुनु सही हो? (होइन।) डरपोक र भयभीत हुनु सही नभएकाले, के तिमीहरूमा स्वर्ग वा पृथ्वीको डर नमान्‍ने, सारा संसारको शत्रु बन्‍ने, अन्त्यसम्मै सारा संसारको प्रतिरोध गर्ने, र प्रवाह विपरीत जाने मनोवृत्ति र दृष्टिकोण हुनु सही हो त? (होइन।) यो सामान्य मानवताको चेतना हो कि आवेशीपन हो? यी गलत दृष्टिकोणहरू सबै आवेशीपनका प्रतिविम्ब हुन्, साँचो आस्था होइनन्। त्यसोभए कस्ता प्रकारका दृष्टिकोण र मनोवृत्ति सही हुन्? म तिमीहरूका लागि केही सूचिबद्ध गरिदिन्छु। मानिसहरूसँग पहिलो दृष्टिकोण यस्तो हुनुपर्छ: चाहे चीनमा होस् वा विदेशमा, सारा हृदयले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै सारा मानवजातिमाझ प्राचीन समयदेखि वर्तमानसम्मको सबैभन्दा न्यायवान् अभियान हो। हाम्रो कर्तव्य निर्वाह खुला र स्पष्ट छ, गुप्त छैन, किनभने हामीले अहिले जे गरिरहेका छौँ, त्यो मानवजातिको सबैभन्दा न्यायवान् अभियान हो। यो “न्यायवान्” ले केलाई जनाउँछ? यसले सत्यता, परमेश्‍वरको इच्छा, सृष्टिकर्ताका प्रबन्ध र आज्ञाहरूलाई जनाउँछ; यसले मानव नैतिकता, नीति र कानुनलाई पूर्ण रूपमा पार गर्छ, र यो सृष्टिकर्ताको अगुवाइ र हेरचाहमा चलाइएको अभियान हो। के यो सबैभन्दा सही दृष्टिकोण होइन र? एक हिसाबले, यो दृष्टिकोण साँच्चै विद्यमान तथ्य हो; अर्को हिसाबले, यो व्यक्तिले पूरा गर्ने कर्तव्यको सबैभन्दा सही मान्यता पनि हो। मानिसहरूसँग दोस्रो दृष्टिकोणचाहिँ यस्तो हुनुपर्छ: परमेश्‍वर यावत् थोक र यावत् घटनाहरूमाथि सार्वभौम हुनुहुन्छ। संसारका शासक र संसारमा भएका कुनै पनि शक्ति, धर्म, सङ्गठन, र जातिलगायत यावत् थोक परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छन्—कसैको नियति पनि आफ्नै नियन्त्रणमा हुँदैन। हामी कुनै अपवाद होइनौँ; हाम्रो नियति परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छ, र हामी कहाँ जान्छौँ र कहाँ रहन्छौँ भन्‍ने कुराको दिशा कसैले परिवर्तन गर्न सक्दैन, न त कसैले हाम्रो भविष्य र गन्तव्य नै परिवर्तन गर्न सक्छ। यो ठ्याक्‍कै बाइबलले भनेजस्तै कुरा हो: “राजाको हृदय यहोवाको हातमा छ, पानीका नदीहरूजस्तै: उहाँले जता चाहनुहुन्छ यसलाई उतै फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। हामी नगण्य मानवहरूको नियति त झन् कति बढी त्यस्तो होला! हामी बस्‍ने देशको शासकको नियम र प्रणाली, साथै यो देशको जिउने वातावरण, चाहे त्यो हामीप्रति त्रासदीपूर्ण होस्, शत्रुवत् होस्, वा मैत्रीपूर्ण होस्—यो सब परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छ, र हामीले चिन्ता वा चासो लिनुपर्ने कुनै कुरा छैन। मानिसहरूले राख्नुपर्ने दृष्टिकोण र तिनीहरूसँग हुनुपर्ने सचेतना, साथै तिनीहरूसँग हुनुपर्ने र तिनीहरूले बुझ्नुपर्ने सत्यता यही हो। अनि तेस्रो दृष्टिकोण यस्तो हुनुपर्छ, जुन अवश्यै सबैभन्दा महत्त्वपूर्ण पनि छ: चाहे हामी जहाँ र जुनै देशमा बसौँ, र हाम्रो सामर्थ्य वा क्षमता चाहे जे-जस्तो होस्, हामी नगण्य सृजित प्राणीहरूको भिडको एक हिस्‍सा मात्र हौँ। हामीले पूरा गर्नुपर्ने एक मात्र जिम्मेवारी र कर्तव्य भनेको सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध र योजनाबद्ध कार्यमा समर्पित हुने हो; यसमा अरू केही पनि छैन, यो त्यति सरल छ। अहिले हामी एउटा स्वतन्त्र देश र स्वतन्त्र वातावरणमा भए पनि, यदि एक दिन परमेश्‍वरले हामीलाई सताउन र हानि गर्न कुनै शत्रुवत् शक्ति खडा गर्नुभयो भने, हामीले कुनै किसिमको गुनासो गर्नु हुँदैन। हामीले किन कुनै गुनासो गर्नु हुँदैन? किनभने हामी लामो समयदेखि तयार रहेका छौँ; हाम्रो दायित्व, जिम्मेवारी र कर्तव्य भनेको परमेश्‍वरले गर्नुहुने सबथोकमा, परमेश्‍वरले योजनाबद्ध गर्नुहुने सबथोकमा समर्पित हुनु हो। के यो समर्पण सत्यता हो? के यो मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो? (हो।) यदि कुनै दिन, सारा मानवजाति र सम्पूर्ण वातावरण हामी विरुद्ध भए, र हामीले मृत्यु सामना गर्‍यौँ भने, के हामीले गुनासो गर्नुपर्छ? (गर्नु हुँदैन।) कतिले भन्छन्, “के हामीले अबउप्रान्त शैतानको क्रूर सतावटको कष्ट भोग्नु नपरोस् भनेर नै परमेश्‍वरले हामीलाई विदेश डोर्‍याउनुभएको होइन र? के त्यो हामीले स्वतन्त्र रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न र स्वतन्त्रताको सास फेर्न सकौँ भनेर नै गरिएको थिएन र? त्यसोभए परमेश्‍वरले किन अझै पनि हामीले मृत्यु सामना गरौँ भन्‍ने अभिप्राय राख्नुहुन्छ?” यी शब्दहरू सही छैनन्। परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुनु एउटा मनोवृत्ति हो, यो परमेश्‍वरप्रति, परमेश्‍वरको सार्वभौमिकताप्रति मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो। यो एउटा सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हो।

मानिसहरूले थाहा पाउनुपर्ने अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा छ: विदेशमा तुलनात्मक रूपमा स्थिरता र स्वतन्त्रता भए पनि, ठूलो रातो अजिङ्गरबाट बारम्बार हुने सतावटबाट जोगिन कठिन नै हुन्छ। ठूलो रातो अजिङ्गरको सतावट भोग्दा, कति मानिसहरू चिन्तित भएर यसो भन्छन्: “ठूलो रातो अजिङ्गरको शक्ति अत्यन्तै ठूलो छ। त्यसले आफ्नो निम्ति सेवा प्रदान गराउन र आफ्नो तर्फबाट काम गराउन संसारभरका महत्त्वपूर्ण व्यक्तित्वहरूलाई पैसा खुवाउन सक्छ। त्यसकारण, हामी विदेश भागे पनि अझै खतरा र आसन्‍न जोखिममै हुन्छौँ! हामी के नै गर्न सक्छौँ र?” हरेक पटक यी समाचारहरू सुन्दा, कति मानिसहरू चिन्तित र भयभीत बन्छन्, अनि सम्झौता गर्न र भाग्न चाहन्छन्, तिनीहरूलाई कहाँ लुक्ने भन्‍ने नै थाहा हुँदैन। जबजब यस्तो हुन्छ, तब कतिले सोच्छन्, “संसार कति विशाल छ, तैपनि मेरा लागि कुनै ठाउँ छैन! ठूलो रातो अजिङ्गरको शक्तिअन्तर्गत, म त्यसको सतावट भोग्छु, अनि त्यसको अख्तियारको दायराभन्दा बाहिरसमेत, मलाई किन त्यसले अझै पनि बाधा दिन्छ? ठूलो रातो अजिङ्गरको शक्ति अत्यन्तै ठूलो छ; म संसारको अन्त्यसम्म भागे पनि अझै किन त्यसले मलाई भेट्टाउन सक्छ?” मानिसहरूले भयभीत हुने र के गर्ने भनेर अनिश्‍चित हुनेबाहेक अरू केही गर्न सक्दैनन्। के यो आस्था हुनुको प्रकटीकरण हो? यहाँ के समस्या छ? (परमेश्‍वरमाथिको आस्थाको अभाव।) के यो परमेश्‍वरमाथिको आस्थाको अभाव मात्र हो त? के तिमीहरूले भित्रैदेखि तिमीहरू अरूभन्दा कम छौ भन्‍ने महसुस गर्छौ? के तिमीहरू सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्दा र मण्डलीमा कर्तव्य निर्वाह गर्दा, चोरजस्तो अलिक गोप्य महसुस गर्छौ? के तिमीहरू धार्मिक संसारमा रहेकाहरूभन्दा अलिक नीचो महसुस गर्छौ? “तिनीहरूको शक्ति हेर त; तिनीहरूसँग आधिकारिक पाष्टर र राज्यद्वारा मान्यताप्राप्त भव्य गिर्जाघरहरू छन्, ती अत्यन्तै विलासी छन्! तिनीहरूसँग विभिन्‍न देशमा गायन समूह र व्यवसायहरू छन्। तर हामीलाई हेर त, हामी जहाँ गए पनि सधैँ हेपिन्छौँ, बहिष्कृत हुन्छौँ—हामी किन तिनीहरूभन्दा फरक छौँ? हामी जहाँ गए पनि यसबारे किन खुलस्त हुन सक्दैनौँ? हामीले किन यति दुःखदायी जीवन जिउनुपर्ने? विशेषगरी, अनलाइनमा अति धेरै नकारात्मक प्रचारबाजी हुन्छ। अरू मण्डलीहरूले यो किन सहँदैनन्, हामीले नै किन जहिल्यै यी कुराहरूको कष्ट भोग्नुपर्ने? अरू विश्‍वासीहरू जहाँ गए पनि इसाई धर्ममाथिको आफ्नो आस्था खुला रूपमा उद्घोष गर्छन्, तर हामी सर्वशक्तिमान् परमेश्‍वरका विश्‍वासीहरू खुला रूपमा बोल्ने पनि आँट गर्दैनौँ, र खराब मानिसहरूले उजुरी गरिदेलान् र हामी पक्राउ परौँला भनी डराइरहन्छौँ।” हालै, मैले सुनेँ कि सरकारी अधिकारी हुँ भनेर दाबी गर्ने एउटा व्यक्तिले केही दाजुभाइ-दिदीबहिनीहरूलाई केही प्रश्‍नहरू सोधेछ। एउटा अधिकारीले आफूहरूलाई प्रश्‍न गरिरहेको देखेर, तिनीहरू भयभीत भए र तिनीहरूले आफूलाई थाहा भएको सबै कुरा खोलिदिए, जेसुकै सोधिए पनि जबाफ दिए। तिनीहरूले यसरी व्यवहार गर्नुमा के समस्या थियो? तँ परमेश्‍वरको विश्‍वासी होस्—तँ अधिकारीहरूसँग किन डराउनुपर्‍यो? यदि तैँले कुनै पनि गैरकानुनी कार्य गरेको छैनस् भने, डराउनु आवश्यक नै छैन। यदि तँसँग सत्यता छ भने, दियाबलस र शैतानहरूसँग किन डराउनुपर्‍यो? के तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग होइन जस्तो लाग्छ? के तँलाई आफूले केही गैरकानुनी कार्य गरेजस्तो महसुस हुन्छ? त्यसोभए तँ एउटा अधिकारीसँग किन डराउँछस्? के त्यस्ता मानिसहरू मूर्ख र अज्ञानी होइनन् र? कति मानिसहरूले मूलभूमिमा धेरै खेदो र सतावट भोगे; विदेश आएपछि, के तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेकोमा दोषी महसुस गर्छन्? के तिनीहरू ठूलो रातो अजिङ्गरको सतावटका कारण अपमानित महसुस गर्छन्? के तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेर कर्तव्य निर्वाह गर्नका लागि विदेश भाग्न बाध्य भएकोमा आफ्ना पुर्खासामु पर्न लज्जित र बेइज्‍जत भएको महसुस गर्छन्? के तिनीहरूले शैतानी शासन र धार्मिक संसारले परमेश्‍वर र मण्डलीलाई शत्रुवत् व्यवहार गरेको देखेर निकृष्ट, र सायद अपराध गरेभन्दा बढी कलङ्कित महसुस गर्छन्? के तिमीहरूमा यी भावनाहरू छन्? (छैनन्।) तिमीहरूले यी सोच र भावनाहरू खेलाउन नचाहेर, सतही रूपमा होइन भन्दै आफ्नो टाउको हल्लाउँछौ होला, तर वास्तविक अवस्था सामना गर्नुपर्दा, व्यक्तिको मानसिकता, उसको व्यवहार, र उसले अचेतन रूपमा चाल्ने कदमहरूले अपरिहार्य रूपमै उसको हृदयका सबैभन्दा गहिरा, र लुकेका पक्षहरू खुलासा गरिदिन्छन्। यहाँ के भइरहेको छ? यदि तँसँग यी कुराहरू छैनन् भने, तँ किन डराउँछस्? के कानुन नतोडेको व्यक्ति प्रहरीसँग डराउँछ? के ऊ न्यायाधीशसँग डराउँछ? डराउँदैन। जसले कानुन तोडेका छन् तिनीहरू मात्र प्रहरीसँग सबैभन्दा बढी डराउँछन्, र चिनियाँहरू, जसलाई प्रहरीको दमनमा पर्ने बानी परिसकेको छ, तिनीहरू मात्र प्रहरीसँग सबैभन्दा बढी डराउँछन् किनभने चिनियाँ कम्युनिस्ट पार्टीको प्रहरी कानुनहीन छन् र जे मन लाग्यो त्यही गर्छन्। त्यसकारण, जब चिनियाँ मानिसहरू पहिलो पटक विदेश आइपुग्छन्, तिनीहरू प्रहरी देख्दै त्रसित हुन्छन्। यो ठुलो रातो अजिङ्गरको शासनले सन्त्रस्त पारिनुको नतिजा हो, यो तिनीहरूको अवचेतनमै प्रकट हुने कुरा हो। पश्‍चिमा देशहरूमा, तेरो स्थिति वैधानिक हुन्छ, तँसँग आवासीय अधिकार हुन्छ, तैँले कुनै पनि कानुन उल्लङ्घन गरेको हुँदैनस्, न त तैँले सरकारको विरोध नै गरेको हुन्छस्, र तैँले कुनै पनि अपराध गरेको हुँदैनस्। धार्मिक समुदायमा तेरो आस्थाले चाहे जति धेरै विवाद मच्चाए पनि एउटा तथ्य निश्‍चित रहन्छ: तेरो आस्था कानुनी रूपमा सुरक्षित हुन्छ, त्यो वैधानिक र स्वतन्त्र हुन्छ, र यो तेरो वैध मानव अधिकार हो। तैँले कुनै किसिमको कानुन उल्लङ्घन गरेको छैनस्, अनि यदि कसैले प्रहरी अधिकारी भएको दाबी गर्छ र “के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ? तिम्रो परिचयपत्र देखाऊ! तिमी कहाँबाट आएका हौ? तिमी कति वर्षको भयौ? तिमी विश्‍वासी बनेको कति वर्ष भयो? तिमी कहाँ बस्छौ? तिम्रो ठेगाना बताऊ त!” भनेर तँलाई सोध्छ भने, तैँले कस्तो प्रतिक्रिया दिनेथिइस्? “के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ?” भन्‍ने पहिलो प्रश्‍नमा तैँले के जबाफ दिनेथिइस्? (गर्छु।) तैँले किन “गर्छु” भन्‍नेथिइस्? के यो तथ्यमा आधारित छ? कि यो तँलाई सोधिएको खण्डमा, नागरिकका रूपमा तैँले “गर्छु” भन्‍नैपर्ने तेरो जिम्मेवारी हो? कि तँलाई परमेश्‍वरले “गर्छु” भन्‍न निर्देशन दिनुभएको हो? तिमीहरूको आधार के हो? तिनीहरूले “तिम्रो परिचयपत्र देखाऊ!” भनेर भनेको दोस्रो कुराका हकमा, के तिमीहरूले त्यो देखाउनेथियौ? (अहँ।) अनि तेस्रो प्रश्न: “तिमी कहाँ बस्छौ? आफ्नो ठेगाना लेख।” के तैँले त्यो लेखिदिनेथिइस्? (अहँ।) चौथो प्रश्‍न छ: “तिमीले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो? तिमीलाई आस्थामा कसले परिचय गरायो? तिमी किन विश्‍वास गर्छौ? तिमी विदेशमा बसेको कति वर्ष भयो?” के तैँले यी प्रश्नहरूको जबाफ दिनेथिइस्? (दिनेथिइन।) पाँचौँ प्रश्‍न छ: “तिमी यहाँ के कर्तव्य निर्वाह गरिरहेका छौ? तिम्रो अगुवा को हो?” के तैँले यसको जबाफ दिनेथिइस्? (अहँ।) किन नि? (म तिनीहरूलाई भन्‍न बाध्य हुँदिनँ।) त्यसोभए पहिलो प्रश्‍नमै फर्किँऔँ: के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोधियो भने, “गर्छु” भन्‍नेथ्यौँ भनेर तिमीहरू सबैले एकमत जाहेर गर्‍यौ। के यसरी उत्तर दिनु ठीक हो? (होइन।) त्यो किन बेठीक हो? (किनभने आस्था भनेको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। त्यसमा प्रहरीलाई हस्तक्षेप गर्ने अधिकार हुँदैन। त्यसकारण, मसँग तिनीहरूलाई नबताउने अधिकार छ।) त्यसोभए तैँले तिनीहरूलाई किन बताउनेथिइनस्? (किनभने सुरुमा म तिनीहरूले किन मलाई प्रश्‍न सोधिरहेका छन्, कुन हैसियतले प्रश्‍न गरिरहेका छन्, र तिनीहरूको सोधपुछ वैधानिक छ कि छैन भनेर स्पष्ट हुनुपर्छ। यदि तिनीहरूको उद्देश्य र पहिचान अस्पष्ट छ भने, म तिनीहरूको प्रश्‍नको उत्तर दिन बाध्य हुँदिनँ।) यो भनाइ सही हो। सुरुमा, तिमीहरू सबैले “गर्छु” भनेर जबाफ दिनेथ्यौँ भनेर भन्यौ, तर मैले सोध्दै जाँदा, तिमीहरूलाई यसमा केही गडबड छ भन्‍ने लाग्‍न थाल्यो, र तिमीहरूले आफ्नो जबाफ गलत रहेको महसुस गर्‍यौ। के तिमीहरूले समस्या कहाँनेर थियो भनेर पहिचान गर्‍यौ त? यस मामलामा, तिमीहरूमा यस्तो बुझाइ हुनुपर्छ: हामीले परमेश्‍वरमा विश्‍वास गरेर कुनै पनि कानुन उल्लङ्घन गरेका छैनौँ, हामी अपराधी होइनौँ, हामीसँग हाम्रा मानव अधिकार र स्वतन्त्रता छन्। जो कोहीले हामीलाई मनपरी सोधपुछ गर्न र प्रश्‍न सोध्न मिल्दैन। हामीलाई जसले प्रश्‍न सोधे पनि हामीले साँचो जबाफ दिनुपर्छ भन्‍ने हुँदैन, हामी त्यसो गर्न बाध्य छैनौँ। के यी शब्दहरू सही छन्? (छन्।) चाहे जोसुकै होस्, कसैले हामीलाई स्वेच्छाचारी रूपमा सोधपुछ गर्नु गैरकानुनी कुरा हो; हामीले कानुन बुझ्नु र आफ्नो सुरक्षा गर्न कानुन कसरी प्रयोग गर्ने भनी जान्‍नु जरुरी छ। परमेश्‍वरका चुनिएका मानिसहरूमा हुनुपर्ने बुद्धि यही हो। त्यसोभए, तैँले भविष्यमा त्यस्तो अवस्था सामना गरिस् भने के गर्नेछस्? यदि कसैले तँलाई के तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोध्यो भने, तैँले के जबाफ दिनेछस्, त्यसलाई कसरी सम्हाल्नेछस्? तैँले सुरुमै “तिमी को हौ? तिमीले कुन अधिकारले मलाई यो सोधिरहेका छौ? के म तिमीलाई चिन्छु?” भनेर भन्‍नुपर्छ। यदि तिनीहरूले आफू कुनै सरकारी निकायका कर्मचारी भएको भनेमा, तैँले तिनीहरूलाई प्रमाणपत्र देखाउन भन्‍नुपर्छ। यदि तिनीहरूले प्रमाणपत्र देखाएनन् भने, तैँले “तिमी मसँग कुरा गर्न योग्य छैनौ, र म तिमीलाई उत्तर दिन बाध्य छैनँ। सरकारी कर्मचारीहरू धेरै छन्; के मैले तिनीहरू सबैलाई उत्तर दिनुपर्छ र? सरकारले मानिसहरूलाई निश्‍चित कार्यहरू सम्हाल्न तोकेको हुन्छ—के तिमी साँच्चै यो मामलाको प्रभारी हौ? यदि तिमी हौ भने पनि, मैले कानुन तोडेको छैनँ, त्यसैले मैले किन तिमीलाई उत्तर दिनुपर्‍यो? मैले किन तिमीलाई सबथोक भन्‍नुपर्‍यो? यदि तिमीलाई मैले केही गल्ती गरेको र कानुन तोडेको छु भन्‍ने लाग्छ भने, तिमी प्रमाण देखाउन सक्छौ। तर यदि तिमी मैले तिम्रो कुनै पनि प्रश्‍नको उत्तर दिऊँ भन्ने चाहन्छौ भने, गएर मेरो वकिलसँग कुरा गर। म तिमीलाई उत्तर दिन बाध्य छैनँ, र तिमीसँग प्रश्‍न सोध्ने अधिकार छैन।” जबाफ दिने यो विधि कस्तो छ? के यसले मर्यादा प्रदर्शन गर्छ? (गर्छ।) त्यसोभए तिमीहरूको जबाफले चाहिँ के देखायो? के त्यसले मर्यादा प्रदर्शन गर्‍यो? (गरेन।) तिमीहरूको तरिकाले जबाफ दिनुले कानुनको अज्ञानता देखाउँछ। तँ त अरूले जे सोधे पनि खुरुक्क उत्तर दिन्छस्, अनि अन्त्यमा के हुन्छ? तँ यहूदा बन्छस्। तिमीहरूले जथाभाबी उत्तर दिन सक्छौ, र त्यसको कारण यस्तो छ: ठूलो रातो अजिङ्गरको देशका मानिसहरूमा परमेश्‍वरका विश्‍वासीहरू अज्ञानी, निम्नवर्गीय, र राज्यद्वारा सताइएका हुन्छन्, र तिनीहरूले यो देशमा मानवअधिकार र मर्यादाबिना जिउनुपर्छ भन्‍ने सोचको बीजारोपण गरिएको र तिनीहरूको मगज धुलाइ गरिएको हुन्छ; त्यसकारण, विश्‍वासीहरूले आफूलाई तल्लो हैसियतमा झार्छन्। पश्‍चिमा देशहरूमा आएपछि, तिनीहरूले मानवअधिकारहरू भनेका के हुन्, मर्यादा भनेको के हो, वा नागरिकका दायित्वहरू के-के हुन् भन्‍ने जस्ता कुरा बुझ्दैनन्। त्यसैले, कसैले के तिमी परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोध्दा, तँ डराएर हतारहतार स्विकार्छस्, र तिनीहरूलाई आफूलाई थाहा भएको सबथोक बताउँछस् र कद बिलकुलै देखाउँदैनस्। यो सब कसको कारण भएको हो? यो ठूलो रातो अजिङ्गरको बीजारोपण र शासनको कारण भएको हो। मूलभूमिमा रहेका सबैको अवचेतनको गहिराइमा, एक पटक परमेश्‍वरमा विश्‍वास गरेपछि, तैँले समाजमा र मानवजातिमाझ सबैभन्दा तल्लो हैसियत ओगट्छस्, र तँ समाज र मानवजातिबाट अलग हुन्छस् भन्‍ने विचार हुन्छ। तसर्थ, यी मानिसहरूमा मर्यादा, मानव अधिकार, र आफ्नो सुरक्षा गर्ने सचेतनाको अभाव हुन्छ; तिनीहरू मूर्ख र अज्ञानी हुन्छन् र तिनीहरूमा अन्तर्ज्ञान हुँदैन, जसले गर्दा अरूले तिनीहरूलाई मनपरी हेप्ने र आफूअनुकूल प्रयोग गर्ने गर्छन्। तिमीहरूको मनस्थिति यही हो। तँ परमेश्‍वरको गवाहीमा दृढ हुनु त परै जाओस्, तैँले कुनै पनि क्षण उहाँलाई घात गर्छस्, र तँ कुनै पनि क्षण यहूदा बन्छस्। त्यसोभए, तैँले मर्यादाका साथ कसरी व्यवहार गर्न सक्छस्? तैँले आफूलाई प्रश्‍न सोध्ने अपरिचित व्यक्तिलाई कसरी सामना गर्नुपर्छ? सुरुमा, तिमी को हौ भनेर सोध्, र त्यसपछि प्रमाणपत्र देखाउन भन्। यो नै उचित कानुनी प्रक्रिया हो। पश्‍चिमा देशहरूमा, प्रहरी वा अरू कुनै सरकारी कर्मचारीले सरकारको तर्फबाट काम गर्ने प्रतिनिधिका रूपमा जनसाधारणसँग अन्तरक्रिया गर्दा, सुरुमा सधैँ आफ्नो प्रमाणपत्र प्रस्तुत गर्छन्। प्रमाणपत्रका आधारमा तिनीहरूको पहिचान पुष्टि गरेपछि, तैँले तिनीहरूका प्रश्‍नहरूलाई कस्तो जबाफ दिने वा तिनीहरूले तँबाट गरेका मागहरू कसरी सम्बोधन गर्ने भनेर निर्णय गर्छस्। अवश्य नै, यस मामलामा तँसँग छनोटहरू गर्ने ठाउँ निश्‍चय नै हुन्छ, र तँसँग पूर्ण स्वायत्तता छ, तँ कुनै कठपुतली होइनस्। तँ चिनियाँ नागरिक र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीको सदस्य भए पनि, तँ आफू बसेको देशको वैधानिक र मान्यताप्राप्त सदस्य पनि होस। तँसँग स्वायत्तता छ भन्‍ने कुरा नबिर्सी; तँ कुनै पनि देशको दास वा कैदी होइनस्, तँ त्यो देशको कानुन, मानव अधिकार, र प्रणालीहरू उपभोग गर्न सक्ने व्यक्ति होस्।

मैले गरेको सङ्गतिको विषयवस्तुका आधारमा, तिमीहरूले अचानक आउने वातावरण र अप्रत्याशित घटनाहरू कसरी सामना गर्नुपर्छ? यो हामीले सङ्गति गर्न गइरहेको चौथो बुँदा हो—डरपोक नहुनू। कति मानिसहरूले सोध्छन्, “के डरपोक नहुनु भनेको मूर्खतापूर्वक हिम्मत देखाउनु मात्र हो?” होइन, डरपोक नहुनु भनेको कुनै पनि शक्तिसँग नडराउनु हो, किनभने हामी अपराधी होइनौँ, हामी दास होइनौँ; हामी त परमेश्‍वरका चुनिएका मर्यादित मानिसहरू हौँ, सृष्टिकर्ताको सार्वभौमिकतामा रहेका मर्यादित सृजित मानवहरू हौँ। तैँले यो मामला सामना गर्दा, सर्वप्रथम, डरपोक नहो; साथै, सक्रिय रूपमा आफ्नो कर्तव्य र आफूले कर्तव्य निर्वाह गर्ने वातावरण कायम जोगाइराख्, साथै विभिन्न वातावरण र हामीतर्फ लक्षित भनाइहरू, कार्यहरू, र विभिन्न शक्तिहरूका अरू कुराहरूलाई पनि सक्रिय मनोवृत्तिसाथ सामना गर्‌। ती सक्रिय रूपमा सामना गर्नु र डरपोक नहुनु—तिमीहरूलाई यो मनोवृत्ति कस्तो लाग्छ? (यो राम्रो छ।) यसरी जिउनु भनेको व्यक्तिझैँ मर्यादित रूपले जिउनु हो; यो केवल गुजारा गर्नका लागि अपमानजनक तरिकाले जिउनु होइन। हामी कर्तव्य निर्वाह गर्न विदेश आउँछौँ, आफ्नो पेट भर्न वा गुजारा गर्न होइन; हामीले कुनै कानुन तोडेका छैनौँ, कुनै पनि देशलाई समस्या सृजना गरेका छैनौँ, र हामी निश्‍चय नै कुनै देशको दास होइनौँ। हामी परमेश्‍वरको घरभित्रै रहेर सृजित प्राणीको कर्तव्य निर्वाह गरिरहेका छौँ; हामी आफ्नो सहारा आफै हुन्छौँ, अरूमा निर्भर हुँदैनौँ; यो पूर्ण रूपमा वैधानिक हो।

हामीले भर्खर छलफल गरेका चार बुँदाहरूमध्ये, प्रत्येक बुँदा नै अत्यन्तै महत्त्वपूर्ण छ। पहिलो बुँदा के थियो? (चाहे चीनमा होस् वा विदेशमा, सारा हृदयले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै सारा मानवजातिमाझ प्राचीन समयदेखि वर्तमानसम्मको सबैभन्दा न्यायवान् अभियान हो। हाम्रो कर्तव्य निर्वाह खुला र स्पष्ट छ, गुप्त छैन, किनभने हामीले अहिले जे गरिरहेका छौँ, त्यो मानवजातिको सबैभन्दा न्यायवान् अभियान हो।) अनि दोस्रो? (परमेश्‍वर यावत् थोक र यावत् घटनाहरूमाथि सार्वभौम हुनुहुन्छ। संसारका शासक र संसारको कुनै पनि शक्तिलगायत सबथोक परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छन्—कसैको नियति पनि उसको आफ्नै नियन्त्रणमा हुँदैन। हामी कुनै अपवाद होइनौँ; हाम्रो नियति परमेश्‍वरकै हातद्वारा शासित र नियन्त्रित छ, र हामी कहाँ जान्छौँ र कहाँ रहन्छौँ भन्ने कुरा कसैले परिवर्तन गर्न सक्दैन, न त कसैले हाम्रो भविष्य र गन्तव्य नै परिवर्तन गर्न सक्छ। हामी बस्‍ने देशको शासकको शासन र प्रणाली कस्तो छ, यो देशको जिउने वातावरण कस्तो छ, हामीप्रति ती त्रासदीपूर्ण, र शत्रुवत् छन्, कि मैत्रीपूर्ण छन्—यो सब परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत हुन्छ, र हामीले चिन्ता वा चासो लिनुपर्ने कुनै कुरा छैन।) तेस्रो बुँदा के हो? (चाहे हामी जहाँ भए पनि, र हाम्रो सामर्थ्य वा क्षमता जे-जस्तो भए पनि, हामी नगण्य सृजित प्राणीहरूको भिडको एउटा हिस्‍सा मात्र हौँ। हामीले पूरा गर्नुपर्ने एक मात्र जिम्मेवारी र कर्तव्य भनेको सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध र योजनाबद्ध कार्यहरूमा समर्पित हुने मात्र हो; हामी अहिले एउटा स्वतन्त्र देशमा भए पनि, यदि एक दिन परमेश्‍वरले हामीलाई सताउन र हानि गर्न शत्रुवत् शक्ति उठाउनुभयो भने, हामीले कुनै किसिमको गुनासो गर्नु हुँदैन। किनभने हाम्रो दायित्व, जिम्मेवारी, र कर्तव्य भनेको परमेश्‍वरले गर्नुहुने सबथोकमा, परमेश्‍वरले योजनाबद्ध गर्नुहुने सबथोकमा समर्पित हुनु हो।) चौथो बुँदा भनेको सबै बाहिरी मानिस, घटना र कामकुराहरूलाई डरपोक नभई सक्रिय रूपमा सामना गर्नु हो। यी चार बुँदाहरू भनेका कर्तव्य निर्वाह गर्ने सबैसँग हुनुपर्ने मनोवृत्ति र बुझाइहरू हुन्, र ती कर्तव्य निर्वाह गर्ने सबैले बुझ्नुपर्ने सत्यता पनि हुन्। यी चार बुँदाहरू आज सङ्गति गरिएको अगुवा र कामदारहरूको आठौँ जिम्मेवारीसँग त्यति सम्बन्धित नभए पनि, हामी कामका कठिनाइहरूबारे कुरा गरिरहेकाले, हामीले यी मामलाहरूलाई छुनैपर्छ; यो व्यर्थमा गरिएको होइन।

ग. कठिनाइहरू सामना गर्दा अगुवा र कामदारहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू

कति अगुवा र कामदारहरूले बाहिरी मामलाहरूमा सम्हाल्न निकै कठिन हुने समस्याहरू सामना गर्छन् र तिनीहरू असमञ्जसमा पर्छन्, र तिनीहरूले समस्याको जड छर्लङ्ग देख्न सक्दैनन्, न त तिनीहरूलाई त्यो कसरी सामना गर्ने भन्ने नै थाहा हुन्छ। तिनीहरूले त्यसलाई बेवास्ता गरिदिन्छन्, र फलस्वरूप उक्त मामलामा ढिलाइ हुन्छ। यो कस्तो समस्या हो? यो झुटा अगुवाहरूले काम गर्न नसक्नु अनि ढिलाइ मात्र सृजना गर्नु हो। झुटा अगुवाहरूमा सामान्य व्यक्तिको समझ हुँदैन; तिनीहरूले समस्याहरू सम्हाल्न सक्दैनन् भने, तिनीहरूले माथिलाई किन रिपोर्ट गर्दैनन्? यदि तैँले कुनै समस्या माथिलाई रिपोर्ट गरिस् भने, हामीले मिलेर त्यसको सामना गर्न सक्छौँ, अनि अन्ततः समस्या समाधान हुनेछ। तिमीहरूले छर्लङ्ग देख्न नसक्ने केही कुरा हुन्छन्; म तिमीहरूलाई ती विश्‍लेषण गर्न मद्दत गर्नेछु। हामीले कानुन वा सरकारी प्रावधानहरू तोडेनौँ भने, कुनै पनि समस्या पार पाउनै नसकिने गरी ठूलो हुँदैन। सत्यता सिद्धान्तहरू संलग्‍न समस्याहरू हामी आफै समाधान गर्छौँ; कानुन संलग्‍न समस्याहरूका हकमा, हामी मद्दतका लागि कानुनी परामर्श खोज्न र कानुनी माध्यमबाट ती समाधान गर्न सक्छौँ। परमेश्‍वरको घरका काममा चाहे जुनै दुष्ट शक्तिले जानीजानी बाधा दिए पनि र क्षति पुऱ्याए पनि, एउटा कुरा याद राख्: हामीले कानुन तोडेनौँ वा सरकारी प्रावधानहरू उल्लङ्घन गरेनौँ भने, हामीलाई कसैले केही गर्न सक्दैन। किनभने धेरैजसो विदेशी राष्ट्रहरू लोकतान्त्रिक छन् र कानुनद्वारा चल्छन्; दुष्ट शक्तिहरूले कानुनविरुद्ध कार्य गर्ने भए पनि, तिनीहरू पनि खुलासा र कानुनी कारबाहीसँग डराउँछन्। यो तथ्य हो। ठुलो रातो अजिङ्गरका दुष्ट हातहरूले परमेश्‍वरको घरको कामलाई जति बाधा दिए पनि र क्षति पुऱ्याए पनि, वा हाम्रो सामान्य जीवनलाई हैरान पारे पनि, वा कसैलाई पैसा दिएर खराब काम गराए पनि, हामीले फोटोहरू खिच्न र प्रामाणिक भिडियोहरू बनाउन, गम्भीरतापूर्वक सही अभिलेखहरू राख्न, साथै समय, स्थान र संलग्न मानिसहरूको नाम स्पष्टसित लेखेर राख्न जरुरी हुन्छ। सही समय आएपछि, हामी त्यसलाई कानुनी माध्यममार्फत समाधान गर्नेछौँ, र हामीले त्यसको डर मान्नु आवश्यक हुँदैन। ठुलो रातो अजिङ्गरको दमन जति नै उन्मत्त भए पनि, हामी त्योसँग डराउँदैनौँ किनभने परमेश्‍वर हाम्रो सहारा हुनुहुन्छ, र एक दिन परमेश्‍वरले त्यसलाई नष्ट गर्न विपत्तिहरू पठाउनुहुनेछ, परमेश्‍वरले त्यसविरुद्ध सिधै प्रतिशोध लिनुहुनेछ, र हामीले केही पनि गर्नु पर्दैन। कहिलेकाहीँ तिमीहरूले केही समस्याहरू छर्लङ्ग देख्न सक्दैनौ; त्यो अवस्थामा, तिमीहरूले त्यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, अनि माथिले तँलाई मार्ग देखाउनेछ, जसले गर्दा ठूला समस्याहरू साना हुनेछन् र साना समस्याहरू समाधान हुनेछन्। वास्तवमा, तिमीहरूले धेरै समस्याहरू विश्‍लेषण जान्दैनौ र तिनको सार छर्लङ्ग देख्न सक्दैनौ, अनि परिस्थिति महत्त्वपूर्ण र गम्भीर छ भन्ठान्छौ, तर माथिको विश्‍लेषणपछि, तिमीहरूले त्यो मूलतः केही पनि होइन रहेछ भनेर महसुस गर्नेछौ; त्यो कुनै डर मान्नुपर्ने वा महत्त्वपूर्ण कुरा होइन—केवल अहस्तक्षेपकारी शैली अपनाओ, अनि केही समयपछि समस्या आफै समाधान हुनेछ। दुष्ट शक्तिका बाधाहरूले ठुलो हलचल मच्चाउन सक्दैनन्; तिनीहरू सार्वजनिक रूपमा खुलासा भइन्छ भनेर सबैभन्दा बढी डराउँछन्, त्यसैले तिनीहरूले सीमा नाघ्ने आँट गर्दैनन्। यदि मुट्ठीभर मूर्खहरूले सीमा नाघ्ने दुस्साहस गर्छन् भने, हामी त्यसलाई कानुनी उपाय अपनाएर, वैधानिक रूपमा समाधान गर्न सक्छौँ। यो सबै अगुवा र कामदारहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो। तैँले जे-जस्तो अवस्था सामना गरे पनि, तैँले बिलकुलै भ्रमित वा मूर्ख जस्तो व्यवहार हुँदैन। यदि तैँले कुनै अवस्थालाई छर्लङ्गै देख्न वा सम्हाल्न सक्दैनस् भने, तैँले तुरुन्तै त्यसबारे माथितिर रिपोर्ट गर्नुपर्छ र माथिलाई तँलाई सल्लाह र रणनीतिहरू प्रदान गर्न दिनुपर्छ। एकमात्र साँचो डर भनेको झुटा अगुवाहरूले समस्याहरू छर्लङ्गै देख्न वा सम्हाल्न सक्दैनन्, तैपनि त्यसबारे माथि रिपोर्ट गर्ने वा जानकारी दिने गर्दैनन्; तिनीहरू अवस्था बिग्रेर त्यसले काममा ढिलाइ नगरेसम्म माथि रिपोर्ट नगरी बस्छन्, जसले गर्दा समस्या सम्हाल्ने सर्वोत्तम अवसर गुम्‍ने सम्भावना हुन्छ। यो त क्यान्सर लागेको तर समयमा नजाँच्ने वा त्यसको उपचार नगर्ने व्यक्तिजस्तै हो, जो क्यान्सरको अन्तिम चरणमा मात्र उपचार गराउन अस्पताल जान्छ, तर त्यतिन्जेल निकै ढिलो भइसकेको हुन्छ र ऊसँग मृत्यु पर्खेर बस्नुको विकल्प हुँदैन। तसर्थ, झुटा अगुवाहरूले आफ्नो कामका मामलाहरूमा ढिलाइ गर्ने सबैभन्दा बढी सम्भावना हुन्छ। झुटा अगुवाहरू मानसिक रूपमा असक्त हुन्छन्, तिनीहरू दुर्जन हुन्छन्, न त जिम्मेवार हुन्छन् न परमेश्‍वरको घरको कामको परिपालन नै गर्छन्। झुटा अगुवाहरू फोहोरी, विनाशका अग्रदूत र सबैभन्दा समझ नभएका मूर्ख हुन् भनेर किन भनिन्छ? कारण त्यही हो। बाहिरी मामलाहरूसमेत सम्हाल्न नसक्ने यस्तो कमजोर क्षमता भएको कुनै पनि झुटो अगुवालाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी तुरुन्तै बर्खास्त गर्नु र हटाउनुपर्छ, ताकि परमेश्‍वरको घरका काममा थप ढिलाइ नहोस्। झुटा अगुवाहरूको काम सबैभन्दा बढी अवरोधकारी हुन्छ। प्रायः कुनै समस्या उत्पन्न हुँदा, सबैसँग समयमै परामर्श गरेर त्यसलाई समाधान गर्न सकिन्छ; एकमात्र चिन्ता के हो भने, प्रभारी झुटो अगुवा मानसिक रूपमा असक्त हुन्छ, ऊ त्यो समस्या आफै समाधान गर्न असक्षम हुन्छ र पनि उसले निर्णयकर्ता समूहसँग त्यसबारे छलफल गर्ने वा माथिलाई रिपोर्ट गर्ने गर्दैन, र उसले समस्यालाई बेवास्ता गर्ने, ढाकछोप गर्ने र दबाउने मनोवृत्ति अपनाउँछ—मामलाहरूमा सबैभन्दा बढी ढिलाइ गराउने यसैले हो। यदि मामलामा ढिलाइ गरियो र परिस्थितिहरू परिवर्तन भए भने, त्यसले समस्या सम्हाल्ने पहल गुम्‍ने स्थितिमा पुऱ्याउन सक्छ, अवस्था निष्क्रिय बन्न सक्छ। यसले के प्रमाणित गर्छ? कतिपय कुरामा ढिलाइ गर्न मिल्दैन र तिनलाई तुरुन्तै पहिलो मौकामै सम्हाल्नुपर्छ। तर, झुटा अगुवाहरू यसबारे सचेत हुँदैनन्, त्यसैले अत्यन्तै कमजोर क्षमताका व्यक्तिहरूले बिलकुलै अगुवाइ गर्नु हुँदैन। झुटा अगुवाहरू केही शब्द र धर्मसिद्धान्तहरू फलाक्न मात्र जान्दछन् तर तिनीहरूले कुनै वास्तविक समस्या समाधान गर्न सक्दैनन्; तिनीहरू केवल कि त मानिसहरूलाई हानि गर्छन् कि चाहिँ ढिलाइ गराउँछन्। यी झुटा अगुवाहरूलाई बर्खास्त गरेर बोझ र जिम्मेवारीको बोध हुने व्यक्तिहरूलाई अगुवा र कामदार हुन छनोट गरे मात्र मण्डलीको काम सामान्य रूपमा अघि बढ्न सक्छ। तैँले जे-जस्ता समस्याहरू सामना गरे पनि सत्यता खोज्न सकिस् भने, ती समाधान गर्ने उपाय हुन्छ। बाहिरी मामलाहरू र ठुलो रातो अजिङ्गरले सृजना गर्ने बाधाहरू आवश्यक परेमा कानुनी उपायमार्फत सुल्झाउन सकिन्छ, त्यो कुनै ठुलो कुरा होइन। हामीले कानुन तोडेनौँ वा सरकारी प्रावधानहरू उल्लङ्घन गरेनौँ भने, हामीलाई कसैले केही गर्न सक्दैन, र यो आत्मविश्‍वास भएपछि, हामीले शैतान वा दियाबलसहरूबाट आउने कुनै पनि बाधाहरूको डर मान्नु पर्दैन।

अब, झुटा अगुवाहरूको समस्या चिरफार गर्न र बुझ्न जरुरी छ। मण्डलीको काम राम्ररी अघि बढाउनका लागि यो अत्यन्तै महत्त्वपूर्ण छ! अब हामी झुटा अगुवाहरूले आफैले समाधान गर्न नसक्ने समस्याहरू सामना गर्दा पनि किन तीबारे माथिलाई रिपोर्ट गर्दैनन् भन्नेबारे सङ्गति गरौँ। हामीले यसलाई कसरी हेर्नुपर्छ? तिमीहरू सबैले यसलाई विश्‍लेषण गरेर यसबाट फाइदा लिन सक्छौ। झुटा अगुवाहरूले वास्तविक काम नगर्ने समस्या पहिले नै गम्भीर छ, तर एउटा अझ गम्भीर समस्या छ: जब मण्डलीमा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूबाट बाधाहरू आइपर्छन्, तब झुटा अगुवाहरूले त्यो नसम्हाल्ने मात्र होइन; अझ खराब कुरा त के हो भने तिनीहरू त्यसबारे माथि रिपोर्ट गर्न पनि असफल हुन्छन्, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बाधा पुर्‍याउन दिन्छन्—तिनीहरू सुरक्षित रूपमा छेउबाट हेर्छन्, कसैलाई चिढ्याउँदैनन्। मण्डलीको काममा जुनै हदसम्म बाधा पुगे पनि झुटा अगुवाहरू वास्ता गर्दैनन्। यहाँ समस्या के हो? के त्यस्ता झुटा अगुवाहरू अत्यन्तै नैतिकताहीन हुन्छन्? त्यस्ता झुटा अगुवाहरूलाई निष्कासित गर्न यो तथ्य एक्लै पर्याप्त छ। झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई स्वतन्त्र रूपमा मण्डलीमा बाधा पुर्‍याउन दिनु भनेको मण्डली र परमेश्‍वरका चुनिएका मानिसहरूलाई यी दुष्ट मानिस र ख्रीष्टविरोधीहरूका हातमा सुम्पनु, अनि दुष्ट मानिस र ख्रीष्टविरोधीहरूको ढालका रूपमा काम गर्नुसरह हो। यसले मण्डलीको काममा अत्यन्तै ठुलो क्षति पुऱ्याउँछ! यो एउटै कुराका आधारमा, प्रश्न झुटा अगुवाहरूलाई बर्खास्त गर्नुपर्छ कि पर्दैन भन्ने होइन, बरु तिनीहरूलाई निकाल्नुपर्छ कि पर्दैन भन्ने हो। कुनचाहिँ बढी गम्भीर प्रकृतिको हुन्छ: झुटा अगुवाहरूले वास्तविक काम नगर्नु कि झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बाधा पुर्‍याउन दिनु? वास्तविक काम नगर्नुले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कार्य प्रगतिमा असर गर्न सक्छ; यसले पहिले नै महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ सृजना गर्छ। तर जब झुटा अगुवाहरूले दुष्ट मानिस र ख्रीष्टविरोधीहरूलाई स्वेच्छाचारी रूपमा मण्डलीमा बाधा पुर्‍याउन दिन्छन्, तर समाधान खोज्दैनन् वा त्यो कुरा माथि रिपोर्ट गर्दैनन्, तब परिणामहरू अकल्पनीय बन्छन्। कम्तीमा पनि, दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले मण्डली जीवन पूर्ण रूपमा अस्तव्यस्त र अव्यवस्थित पार्छन्, र त्यसमाथि, मण्डलीको काम बिग्रन्छ र ठप्प हुन्छ। के यसले सुसमाचारको काम फैलाउनमा सिधै असर गर्दैन र? परिणामहरू वास्तवमै गम्भीर हुन्छन्! त्यसकारण, यदि झुटा अगुवाहरूले यस्तो गल्ती गरे भने, तिनीहरूलाई निष्कासित गर्नैपर्छ। धेरै अगुवा र कामदारहरूसँग समस्याहरू माथिलाई रिपोर्ट गर्नेबारे सधैँ फरक सोच र धारणा हुन्छ। कतिले भन्छन्, “समस्याहरू माथिलाई रिपोर्ट गरे पनि ती समाधान नहुन सक्छन्।” यो बेतुके कुरा हो! तैँले “ती समाधान नहुन सक्छन्” भन्नुको अर्थ के हो? तैँले ती समाधान गर्न सक्दैनस् भन्दैमा माथिले सक्दैन भन्ने हुँदैन। यदि माथिले तँलाई एउटा मार्ग दियो भने, वास्तवमा समस्या मूलतः समाधान भएको हुन्छ; यदि माथिले मार्ग प्रदान गरेन भने, तँसँग मार्ग हुँदैन। तैँले यो सानो समस्या पनि छर्लङ्ग देख्न सक्दैनस्; तँ अत्यन्तै अहङ्कारी र आत्मधर्मी छस्! कतिले त यस्तो पनि भन्छन्, “जब हामी कठिनाइ वा समस्याहरू सामना गर्छौँ, तब हामीले सुरुमा केही दिन मनन गर्नुपर्छ, अनि साँच्चै समाधान भेट्टाउन सकेनौँ भने मात्र रिपोर्ट गर्नुपर्छ।” यस्तो भन्नेहरूसँग केही समझ भएझैँ लाग्न सक्छ, तर के यी मनन गर्ने दिनहरूले ढिलाइ गराउने सम्भावना हुँदैन र? के तँ केही दिनको मननले समस्या समाधान हुनेछ भनेर निश्‍चित हुन सक्छस्? के त्यसले थप ढिलाइ गराउनेछैन भनेर तैँले ग्यारेन्टी दिन सक्छस्? अरूले भन्छन् “यदि हामीले कुनै समस्या तुरुन्तै रिपोर्ट गऱ्यौँ भने, के माथिले हामी यो सानो समस्या पनि छर्लङ्ग देख्न सक्दैनौँ भनी सोच्नेछैन र? के तिनीहरूले हामीलाई मूर्ख र अज्ञानी भनेर काटछाँट गर्नेछैनन् र?” तिनीहरूले यसो भन्नु गलत हो—तैँले समस्या रिपोर्ट गरे पनि नगरे पनि तेरो क्षमताको गुणस्तर पहिले नै स्पष्ट भएको छ; माथिलाई त्यो सबै थाहा छ। के तँलाई तैँले कुनै समस्या रिपोर्ट गरिनस् भने माथिले तँलाई उच्च मान्नेछ भन्ने लाग्छ? यदि तैँले समस्या रिपोर्ट गरिस्, र त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराएको छैन भने, परमेश्‍वरको घरले तँलाई जबाफदेही बनाउनेछैन। तर, यदि तैँले रिपोर्ट गरिनस् र त्यसले ढिलाइ गरायो भने, तँलाई सिधै जिम्मेवार ठहराइनेछ, र तँलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी तुरुन्तै बर्खास्त गरिनेछ। परमेश्‍वरका चुनिएका मानिसहरूले पनि तँलाई अज्ञानी, मूर्ख, मन्दबुद्धि र मानसिक रूपमा असक्त व्यक्तिका रूपमा हेर्नेछन्, र तँलाई घृणा गर्नेछन् र सधैँका लागि तिरस्कार गर्नेछन्। समस्याहरू रिपोर्ट गरेको कारण माथिले काटछाँट गर्छ र हेयको दृष्टिले हेर्छ भनेर सधैँ डर मान्नेहरू कमजोर क्षमताका र सबैभन्दा मूर्ख हुन्छन्; तिनीहरूलाई फेरि कहिल्यै प्रयोग नगर्ने गरी बर्खास्त गरिनुपर्छ। त्यस्तो कमजोर क्षमता हुनु, तैपनि अझै इज्जत जोगाउन चाहनु—के त्यो अत्यन्तै लज्जास्पद कुरा होइन र? ल भन् त, आफ्नो काम राम्ररी नगर्ने, अनि त्यसमाथि महत्त्वपूर्ण मामलाहरूमा ढिलाइसमेत गराउने झुटा अगुवाहरू घृणास्पद हुँदैनन्? के तिनीहरूलाई बर्खास्त गरिनुपर्छ? (पर्छ।) यदि कुनै ठूलो समस्या सामना गर्दा तिनीहरूले ढिलाइ नगराई वा गम्भीर परिणामहरू नल्याई त्यसबारे तुरुन्तै रिपोर्ट गर्न सक्छन् भने, त्यस्ता अगुवाहरूलाई कसरी हेरिनुपर्छ? कम्तीमा पनि तिनीहरूलाई समझ भएको र मण्डलीको काममा साथ दिन सक्ने ठानिन्छ। के त्यस्ता अगुवाहरूलाई प्रयोग गर्न जारी राख्नुपर्छ? पर्छ। मानसिक रूपमा सबैभन्दा असक्त अगुवाहरूले मात्र काटछाँटमा परिने डरले समस्याहरू रिपोर्ट गर्दैनन्। के त्यस्ता अगुवाहरूलाई भविष्यमा अझै पनि प्रयोग गर्न सकिन्छ? मलाई लाग्छ तिनीहरूलाई उप्रान्त प्रयोग गर्न मिल्दैन, किनभने तिनीहरूलाई प्रयोग गर्दा अति नै ढिलाइ हुन्छ। अहिले सम्ममा, तिमीहरू सबैले यस प्रकारका समस्याहरू छर्लङ्गै देख्न सकेको हुनुपर्छ, होइन र? जब तिमीहरूले आफूले सम्हाल्न नसक्ने समस्याहरू सामना गर्छौ, तब तिनलाई तुरुन्तै रिपोर्ट गर र समाधानका लागि निर्णयकर्ता समूहसँग सङ्गति गर। यदि निर्णयकर्ता समूहले तिनलाई सम्हाल्न सक्दैन भने, तीबारे तुरुन्तै माथि रिपोर्ट गर; यसो गर्ने कि उसो गर्ने भनेर चिन्ता नगर, तुरुन्तै समस्या समाधान गर्न सक्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। भर्खरै उल्लेख गरिएको उदाहरण सबै मण्डलीहरूमा घटित हुने कुरा हो; यी कठिनाइ र समस्याहरू आइपरिरहन्छन्। मण्डलीका केही आन्तरिक कठिनाइहरूका तुलनामा, यी बाहिरी समस्याहरूमा अझ बढी गम्भीर परिणामहरू संलग्‍न हुन्छन्। तसर्थ, मण्डलीका आन्तरिक समस्याहरूका तुलनामा बाहिरी मामलाहरूको कठिनाइ अलिक ठूलो नै हुन्छ। यदि तिमीहरूलाई बाहिरी समस्याहरू आइपर्‍यो भने, तिमीहरूले तिनलाई परामर्शद्वारा तुरुन्तै समाधान गर्नुपर्छ वा माथि रिपोर्ट गर्नुपर्छ; यो अत्यावश्यक छ। यसरी अभ्यास गर्नाले मात्र हामीले मण्डलीको कामको सामान्य प्रगति सुनिश्‍चित गर्न र राज्यको सुसमाचार फैलाउने कुरामा अवरोध नुहुने प्रत्याभूति दिन सक्छौँ। मण्डलीका बाहिरी मामलाहरू सम्हाल्ने सिद्धान्तहरूबारे हाम्रो सङ्गति यत्ति नै हो।

हरेक मण्डलीमा, कमजोर क्षमता भएका केही मानिसहरू हुन्छन्, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा जहिल्यै कठिनाइहरू सामना गर्छन्, तिनीहरूलाई सत्यताबारे जति सङ्गति दिए पनि तिनीहरूले अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्दैनन्, र कुनै वास्तविक प्रभावकारिताबिना अन्धाधुन्ध प्रावधानहरू मात्रै लागु गरिरहन्छन्। त्यस्ता अवस्थाहरूमा, यी मानिसहरूका कर्तव्यसमायोजन गरिनुपर्छ। यो समायोजन भनेको कर्मचारीहरूको पुनः खटनपटन हो। उदाहरणका लागि, कुनै महत्त्वपूर्ण काममा कुनै व्यक्ति खटाइएको छ, तर उसका काममा केही यस्ता समस्याहरू छन् जसलाई तैँले ऊसँग जति सङ्गति गर्दा पनि समाधान गर्नै सकिँदैन। तैँले त्यो समस्याको सार वा त्यो व्यक्ति अझै पनि प्रयोगलायक छ कि छैन भनेर छर्लङ्गै देख्न सक्दैनस्, अनि अवलोकन र थप सङ्गतिले पनि कुनै नतिजा दिँदैन। यो व्यक्तिले काममा धेरैपटक ढिलाइ नगराउने भए पनि, अत्यन्तै महत्त्वपूर्ण कुराहरू कहिल्यै सुल्झिँदैनन्, जसले तँलाई सधैँ अलिक असहज महसुस गराउँछ। यस्तो कुरा आइपर्दा तैँले के गर्नुपर्छ? यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि तँ आफैले यसलाई समाधान गर्न सक्दैनस् भने, तैँले सङ्गति, चिरफार, र विश्‍लेषण गर्नका लागि यसलाई अगुवा र कामदारहरूको भेलामा ल्याउनुपर्छ। यदि अन्ततः एकमतमा पुग्न सकियो भने, समस्या समाधान हुनेछ। यदि यसरी अभ्यास गर्दा समस्या समाधान हुँदैन भने, त्यो लम्बिँदै जाँदा, के त्यसले महत्त्वपूर्ण मामलाहरूमा ढिलाइ गराउन सक्छ? यदि सक्छ भने, तैँले सक्दो चाँडो यसबारे माथि रिपोर्ट गर्नुपर्छ र समाधान खोज्नुपर्छ। छोटकरीमा भन्दा, तैँले आफ्‍नो काममा चाहे जे-जस्ता अन्योलता र कठिनाइहरू सामना गरे पनि, तिनले परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य पूरा गर्नमा असर गर्न वा मण्डलीको कामको सामान्य प्रगतिमा बाधा ल्याउन सक्छन् भने, ती समस्याहरू तुरुन्तै समाधान गरिनुपर्छ। यदि तैँले कुनै समस्या आफै समाधान गर्न सक्दैनस् भने, यसलाई समाधान गर्न तैँले सत्यता बुझ्ने केही मानिसहरू खोज्‍नुपर्छ। यदि यसले पनि काम गरेन भने, तैँले समाधान खोज्न त्यो समस्यालाई अघि ल्याएर र त्यसबारे माथि रिपोर्ट गर्नुपर्छ। यो अगुवा र कामदारहरूको जिम्‍मेवारी र दायित्व हो। अगुवा र कामदारहरूले आफूले सामना गर्ने जुनसुकै कठिनाइ वा अन्योलताहरूलाई गम्भीर रूपमा लिनुपर्छ, त्यत्तिकै केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने, दाजुभाइ-दिदीबहिनीहरूलाई तताउन नाराहरू फलाक्ने, वा तिनीहरूलाई काटछाँट गर्ने अनि समस्या वा कठिनाइहरू पत्ता लगाएपछि काम सकियो भन्ठान्ने गर्नु हुँदैन। कहिलेकाहीँ शब्द र धर्मसिद्धान्तहरू बोल्दा केही सतही समस्याहरू समाधान हुन सक्छन्, तर अन्त्यमा त्यसले मूल समस्याहरू समाधान गर्न सक्दैन। जड, भ्रष्ट स्वभावहरू, र मानिसहरूका धारणा र कल्पनाहरू सम्बन्धी समस्याहरूलाई परमेश्‍वरका वचनहरूमा आधारित सत्यताको सङ्गतिमार्फत नै समाधान गरिनुपर्छ। मानिसहरूका व्यक्तिगत कठिनाइहरू, वातावरणीय समस्याहरू, र कर्तव्य निर्वाह गर्नका लागि आवश्यक पेसागत ज्ञानसँग सम्बन्धित समस्याहरू पनि हुन्छन्; यी सबै व्यावहारिक समस्याहरू अगुवा र कामदारहरूद्वारा समाधान गरिनुपर्छ। यी समस्याहरूमध्ये, अगुवा र कामदारहरूले समाधान गर्न नसक्ने कुनै पनि अन्योलता र कठिनाइहरूलाई कि त चिरफार, विश्‍लेषण र समाधान गर्नका लागि अगुवा र कामदारहरूको भेलामा ल्याउन सकिन्छ, कि त समाधानका लागि सत्यता खोज्न सिधै माथि रिपोर्ट गर्न सकिन्छ। यसलाई वास्तविक काम गरेको भनिन्छ, र यसरी वास्तविक काम गर्ने तालिम लिएर मात्र व्यक्तिको कद बढ्न सक्छ र उसले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छ। अगुवा र कामदारहरूमा जिम्मेवारीबोध भएसम्म, तिनीहरूले कुनै पनि समय र स्थानमा समस्याहरू पहिचान गर्नेछन्; तिनीहरूले हरदिन समाधान गर्नुपर्ने समस्याहरू हुन्छन्। उदाहरणका लागि, मैले भर्खरै कसैले तँलाई के तँ सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर सोधेको एउटा घटना उल्लेख गरेँ, अनि तिमीहरू सबैजना अलमलमा पऱ्यौ। सुरुमा, सबैले “गर्छु” भन्नेथिएँ भन्यौ, तर पछि केहीले त्यो सही प्रतिक्रिया होइन भन्यौ, र अरूले थाहै छैन भन्यौ; यावत प्रकारका जबाफहरू आएका थिए। अन्त्यमा, अगुवा र कामदारहरू पनि यस्तो सोच्दै चकित भएका थिए, “म परमेश्‍वरमाथि विश्‍वास ‘गर्दिनँ’ भन्नु त अरूसामु परमेश्‍वरलाई इन्कार गरेको हुनेथ्यो, र त्यसपछि परमेश्‍वरले हामीलाई मान्यता दिनुहुन्थेन—तर परमेश्‍वरमा विश्‍वास ‘गर्छु’ भन्नुको परिणाम के हुनेथ्यो? दुवै विकल्प गलत देखिन्छ।” अगुवा र कामदारहरूलाई यो समस्या कसरी समाधान गर्ने भन्ने थाहा थिएन र तिनीहरूले निर्णय गर्न सकेनन्; तसर्थ, जब दाजुभाइ-दिदीबहिनीहरूले फेरि यस्ता अवस्थाहरू सामना गर्छन्, तब तिनीहरूमा सही दृष्टिकोण र मनोवृत्ति अझै पनि हुनेछैन, र समस्याहरू अझै पनि अनसुल्झा रहनेछन्, जसको मतलब अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका हुनेछैनन्—तिनीहरू आफ्ना जिम्मेवारीहरू निर्वाह गर्न असफल भएका हुनेछन्। आफ्ना जिम्मेवारीहरू निर्वाह गर्न असफल हुनु भनेको सामर्थ्य र क्षमताको समस्या हो, तर त्यस्ता समस्याहरू उत्पन्न हुँदा, तँलाई ती समाधान भएका छैनन् भन्ने थाहा छ भने, तैँले के गर्नुपर्छ? तैँले तिनलाई बेवास्ता गर्नु वा मामलालाई दबाएर त्यो सेलाओस् भनेर त्यतिकै छोड्‍नु हुँदैन, र यसरी सबैलाई स्वतन्त्र र मनपरी रूपमा कार्य गर्न दिनु हुँदैन। बरु, तैँले त्यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ, र त्यस्ता अवस्थामा चालिनुपर्ने उपयुक्त कदम र अभ्यासको मार्ग खोज्‍नुपर्छ। अन्त्यमा, यी अवस्थाहरूमा परमेश्‍वरका अभिप्रायहरू के-कस्ता हुन्छन्, मानिसहरूले कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, र तिनीहरूले कस्ता मनोवृत्ति र अडानहरू अपनाउनुपर्छ भन्‍ने कुरा सबैलाई बुझाउनुपर्छ। त्यसपछि, भविष्यमा फेरि त्यस्ता अवस्थाहरू सामना गर्दा, तिनीहरूले सत्यता सिद्धान्तहरू बुझ्नेछन् र तिनीहरूसँग अभ्यासको मार्ग हुनेछ। यसरी, अगुवा र कामदारहरूले आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्। त्यसोभए के तिमीहरू सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ भनेर सोधियो भने, तिमीहरूले सुरुमा “गर्छु” भन्नेथ्यौँ भनेर किन भन्यौ त? यसको एउटा कारण छ: अगुवा र कामदारहरूले त्यस्ता समस्याहरू कसरी समाधान गर्ने भनेर तिमीहरूसँग कहिल्यै सङ्गति गरेका छैनन्। तिनीहरू तिनलाई साना मामला ठान्छन्, जसमा सबैको आ-आफ्नै बुझाइ हुन्छ, र जहाँ सबैले आफूलाई मन परेअनुसार बुझ्न र उपयुक्त लागेअनुसार अभ्यास गर्न सक्छन्। त्यसकारण, तिमीहरूलाई यो प्रश्‍न सोध्दा, यावत् प्रकारका जबाफहरू आए। त्यसोभए, के अब तिमीहरू यो मामलाबारे निष्कर्षमा पुगेका छौ त? यदि कसैले तँलाई के तँ सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर सोध्यो भने तैँले के गर्नुपर्छ? सुरुमा, ऊ को हो भनेर सोध्। दोस्रोमा, उसलाई उसको प्रमाणपत्र देखाउन भन्। यदि उसले तँलाई अरू व्यक्तिगत प्रश्‍नहरू सोध्यो भने, कुनै उत्तर नदे। यदि उसले प्रमाणपत्र देखायो भने पनि, उसलाई नबता, किनभने यो तेरो व्यक्तिगत गोपनीयता हो। तैँले परमेश्‍वरमा कति वर्ष विश्‍वास गरेको छस्, तँलाई सुसमाचार कसले प्रचार गऱ्यो, तैँले कहाँ-कहाँ कर्तव्य निर्वाह गरेको छस्, तेरो आस्था कति बलियो छ, तँ आफ्नो भावी मार्ग कसरी रोज्छस्, तैँले सत्यता कसरी पछ्याउँछस् र प्राप्त गर्छस्—यी मामलाहरू यति मूल्यवान् छन् कि हामीले नौलो मानिसलाई यतिकै खुलाउन मिल्दैन। ऊसँग यस्ता महत्त्वपूर्ण जानकारीबारे सोधपुछ गर्ने कुनै अधिकार हुँदैन। यदि अगुवा र कामदारहरूले यस्ता समस्याहरू समाधान गर्न सक्दैनन् भने, तिनीहरूले समाधानहरू खोज्न र प्रतिक्रिया दिने उपयुक्त तरिकाहरू सोध्न यसबारे तुरुन्तै माथि रिपोर्ट गर्नुपर्छ। माथिले तँलाई गिज्याउनेछैन; धेरै भए, तिनीहरूले तँ अति मूर्ख छस् भन्नेछन्। जे भए पनि समस्या समाधान गर्न सक्नु नै सर्वोत्कृष्ट नतिजा हो।

आज, अगुवा र कामदारहरूको आठौँ जिम्मेवारी—काममा आइपर्ने अन्योल र कठिनाइहरूको तत्काल रिपोर्ट गर्ने र तिनलाई कसरी समाधान गर्ने भनी खोजी गर्ने—सन्दर्भमा, हामीले मुख्यतः अन्योलता र कठिनाइहरूमा के समावेश हुन्छ, साथै अगुवा र कामदारहरूले यी समस्याहरू सामना गर्दा तिनलाई कसरी सम्हाल्नु र समाधान गर्नुपर्छ, र यी मामलाहरूलाई कसरी सामना गर्नुपर्छ भनी सङ्गति गऱ्यौँ। यी समस्याहरू सामना गर्दा झुटा अगुवाहरूका प्रकटीकरणहरू के-के हुन्छन् भन्ने सन्दर्भमा, हामी त्यो भाग अर्को सङ्गतिमा समेट्नेछौँ।

मार्च २७, २०२१

अघिल्लो: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (६)

अर्को: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्