627 धार्मिक धारणाहरू पकडि राख्दा तिम्रो विनाश मात्र हुनेछ

शुरुवात

परमेश्‍वरमा अनन्त प्रशस्तता र बुद्धि छ,

उहाँका अद्भुत काम, वचन मानिसको आनन्दको निम्ति हुन्।


पद १

धार्मिक धारणा भएका, वरिष्ठता दाबी गर्ने,

आफूलाई पन्छाउन नसक्नेहरूलाई,

यी नयाँ कुरा स्वीकार्न गाह्रो हुन्छ।

पवित्र आत्मासँग तिनलाई सिद्ध पार्ने मौकै हुँदैन।

यदि कसैले पालन नगरेमा, वचनका निम्ति नतिर्खाएमा,

तिनमा यी नयाँ कुरा स्वीकार गर्ने माध्यम नै हुँदैन।

तिनीहरू झन् विद्रोही र धूर्त हुनेछन्,

गलत मार्गमा, गलत मार्गमा पुग्नेछन्।


कोरस

आजदेखि, उहाँले धार्मिक धारणा नभएकालाई,

पुराना तरिका त्याग्नेलाई,

वचन र उहाँलाई पालन गर्नेलाई सिद्ध पार्नुहुनेछ।

यी मानिस खडा भएर उहाँको सेवा गर्नुपर्छ।


पद २

कामद्वारा, उहाँलाई प्रेम गर्ने, नयाँ ज्योति

स्वीकार्ने थप मानिस खडा गर्न चाहनुहुन्छ।

वरिष्ठता देखाउने धार्मिकहरूलाई हटाउनुहुनेछ,

परिवर्तन प्रतिरोध गर्ने कोही पनि चाहनुहुन्न।

के आफ्नै अभिरुचि अनुसार सेवा गर्छौ वा

उहाँको माग अनुसार गर्छौ?

के तिमी धार्मिक अधिकारी हौ

वा उहाँद्वारा सिद्ध पारिएको नवजात शिशु?


कोरस

आजदेखि, उहाँले धार्मिक धारणा नभएकालाई,

पुराना तरिका त्याग्नेलाई,

वचन र उहाँलाई पालन गर्नेलाई सिद्ध पार्नुहुनेछ।

यी मानिस खडा भएर उहाँको सेवा गर्नुपर्छ।


पद ३

धार्मिक धारणाले मानिसको जीवन बिगार्न सक्छ,

तिनको अनुभवले उहाँबाट बहकिने बनाउन सक्छ।

यी कुरालाई नपन्छाएमा, तिम्रो विकास अवरोध गर्नेछन्।

सेवा गर्नेलाई सिद्ध पार्नुहुन्छ, सजिलै हटाउनुहुनेछैन।


ब्रिज

उहाँका वचनको न्याय र सजाय स्वीकारेमा,

पुराना धार्मिक तरिका, नियम पन्छाएमा

र आजका वचन नाप्न पुराना धारणा प्रयोग गर्न

छोडेमा मात्र तिम्रो निम्ति भविष्य हुनेछ।


अन्त्य

तर पुराना तरिकालाई पक्रिरह्यौ, मूल्यवान ठानिरह्यौ भने,

तिमीलाई मुक्ति दिने कुनै तरिका हुँदैन।

परमेश्‍वर यस्ता मानिसलाई वास्ता गर्नुहुन्न,

यस्ता मानिसलाई वास्ता गर्नुहुन्न।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ” बाट परिमार्जित

अघिल्लो: 612 परमेश्‍वरको सेवा गर्ने व्यक्ति हुन के चाहिन्छ

अर्को: 630 परमेश्‍वरको मानव व्यवस्थापनको कामको भित्री तथ्य

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्