८. धार्मिक संसारको भ्रम: “प्रभुको पुनरागमन भएको छ भनी दाबी गर्नेहरू सबै झूटा हुन् र तिनीहरूलाई विश्‍वास गर्न सकिँदैन”

तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ(मत्ती २४:३६) भन्‍ने बाइबलका वचनहरूका आधारमा, धार्मिक संसारले के सोच्छ भने, प्रभु कहिले आउनुहुन्छ भन्‍ने कुरा कसैलाई थाहा नहुने भएकोले, प्रभु फर्किसक्‍नुभएको छ भन्ने दाबी सबै झूटा हुन्, र तिनलाई विश्‍वास गर्न सकिँदैन।

बाइबलका वचनहरू

“अनि हेर, म चाँडै आउँछु; हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ” (प्रकाश २२:१२)

“म तिमीहरूको लागि ठाउँ तयार गर्न जान्छु। अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु र तिमीहरूलाई म आफै लिएर जानेछु; ताकि म जहाँ छु तिमीहरू पनि त्यहीँ हुन सक” (यूहन्‍ना १४:२-३)

“त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म कुन समय तिमीहरूकहाँ आउनेछु तिमीहरूले थाहा पाउनेछैनौ” (प्रकाश ३:३)

“यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)

“किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)

“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“त्यसकारण अरू चेलाहरूले तिनलाई भने, हामीले प्रभुलाई देखेका छौँ। तर तिनले तिनीहरूलाई भने, जबसम्‍म म उहाँको हातमा काँटीको डोब देख्दिनँ, र काँटीको डोबमा मेरो औँला छिराउँदिनँ, र उहाँको कोखामा हात घुसाउँदिनँ, तबसम्‍म म विश्‍वास गर्दिनँ। अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा हुनभयो, र भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्‍नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिँदै भने, मेरा प्रभु र मेरा परमेश्‍वर। येशूले तिनलाई भन्‍नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२५-२९)

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले तैँले परमेश्‍वरका सबै वचनहरू र उहाँका सबै कामहरूमा विश्‍वास गर्नुपर्छ। यसो भन्नुको मतलब, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्ने भएकोले, तैँले उहाँप्रति समर्पित हुनुपर्छ। यदि तैँले यसो गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरमाथि विश्‍वास गर्छस् कि गर्दैनस् त्यसले केही मतलब राख्दैन। यदि तैँले वर्षौंदेखि परमेश्‍वरमाथि विश्‍वास गरेको छस् तर पनि तँ कहिल्यै पनि उहाँप्रति समर्पित भएको छैनस् भने र उहाँका वचनहरूको सम्पूर्णतालाई स्वीकार गर्दैनस्, बरु परमेश्‍वरलाई तँमा समर्पित हुन र तेरा आफ्नै धारणाहरू अनुसार कार्य गर्न लगाउँछस् भने, तँ सबैभन्दा उग्र विद्रोही होस्, तँ अविश्‍वासी होस्। यस्ता मानिसहरूले कसरी मानिसका धारणाहरूसँग मेल खाँदै-नखाने परमेश्‍वरका काम र वचनहरूप्रति समर्पणता देखाउन सक्छन् र? सबैभन्दा उग्र विद्रोहीहरू ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू, ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूमा सधैँ परमेश्‍वरको नयाँ कामको विरुद्ध शत्रुवत मनोवृत्ति हुन्छ; तिनीहरूमा कहिल्यै समर्पित हुनेबारे मनस्थिति अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। तिनीहरूले अरूसामु आफूलाई सबैभन्दा उच्‍च ठान्छन् र कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्‍वरको अगाडि, तिनीहरूले आफूलाई वचनहरू प्रचार गर्ने काममा सर्वश्रेष्ठ अनि अन्य व्यक्तिहरूमाथि काम गर्नको लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्, बरु तिनलाई तिनीहरूले आराधना गर्ने, अन्य व्यक्तिहरूलाई उपदेश दिने पारिवारिक विरासत हो भन्‍ने ठान्छन् र तिनीहरूलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन तिनीहरूले तिनको प्रयोग गर्छन्। वास्तवमा मण्डलीभित्र केही निश्चित संख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकहरू” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्‍वरको घरमा बसेका छन्। तिनीहरूले वचन (धर्मसिद्धान्त) प्रचारलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षौंवर्ष, पुस्तौंपुस्ता तिनीहरू आफ्नो “पवित्र र अनुल्लंघनीय” कर्तव्यलाई जोशका साथ लागू गरिरहन्छन्। तिनीहरूलाई कसैले पनि छुने आँट गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्‍वरको घरमा “राजाहरू” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। पिशाचहरूको यो झुण्डले आपसमा हात मिलाएर मेरो कामलाई ध्वस्त पार्न चाहन्छन्; मैले कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? अर्ध-समर्पितहरू समेत आखिरीसम्म अघि बढ्न सक्दैनन्, आफ्नो हृदयमा रत्तीभर समर्पणता नभएका यी निरङ्कुश व्यक्तिहरू आखिरीसम्म अघि बढ्न सक्‍ने कुरा त परै जाओस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्‍वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ

त्यति बेला थोमा नामको चेलाले येशूको किलाका डोबहरू छुन्छु भनी जिद्दी गरेको थियो। अनि प्रभु येशूले उसलाई के भन्नुभयो? (“थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२९)।) “तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” खासमा यसको अर्थ के हो? के तिनीहरूले साँच्चै केही नदेखेका हुन्? वास्तवमा, येशूले भनेका सबै कुरा र उहाँले गरेका सबै कामले उहाँ परमेश्‍वर हुनुहुन्छ भन्‍ने पुष्टि गरिसकेको थियो, त्यसैले मानिसहरूले त्यो विश्‍वास गर्नुपर्थ्यो। येशूले अझ बढी चिन्ह र चमत्कार देखाउनु वा अझ बढी वचनहरू बोल्नु आवश्यक थिएन, र मानिसहरूले विश्‍वास गर्न उहाँको किलाका डोबहरू छुन आवश्यक थिएन। साँचो विश्‍वास देखेको कुरामा मात्र भर पर्दैन, बरु विश्‍वास त आत्मिक पुष्टिद्वारा अन्त्यसम्म कायम रहन्छ र त्यसमा कहिल्यै कुनै शङ्का हुँदैन। थोमा देखेको कुरामा मात्र विश्‍वास गर्ने अविश्‍वासी थियो। थोमाजस्तो नबन्।

थोमाजस्ता मानिसहरूको जमात मण्डलीमा पक्कै हुन्छ। तिनीहरू परमेश्‍वरको देहधारणबारे शङ्का गरिरहन्छन्, र परमेश्‍वरले पृथ्वी छोड्नुहोला, तेस्रो स्वर्गमा फर्कनुहोला, अनि परमेश्‍वरको साँचो रूप देखेर बल्ल विश्‍वास गर्नुपर्ला भनी कुरिरहन्छन्। तिनीहरू परमेश्‍वरले आफ्नो देहधारणको बेला बोलेका वचनहरूको कारण उहाँलाई विश्‍वास गर्दैनन्। यस्तो खाले मानिसले विश्‍वास गर्ने बेलासम्म त सबै कुरा अति ढिलो भइसकेको हुनेछ, र त्यो बेला परमेश्‍वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछ। प्रभु येशूले भन्‍नुभयो, “थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।” यी वचनहरूको अर्थ के हो भने, उसलाई प्रभु येशूले निन्दा गरिसक्नुभएको थियो र ऊ एक अविश्‍वासी हो भनेर भनिसक्‍नुभएको थियो। यदि तँ साँचो रूपमा प्रभुमा र उहाँले भनेका सबै कुरामा विश्‍वास गर्छस् भने तँ आशिषित् हुनेछस्। यदि तैँले प्रभुलाई पछ्याएको धेरै समय भएको छ, तर उहाँको पुनरुत्थान क्षमतामा, वा उहाँ सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनस् भने तँमा साँचो विश्‍वास छैन र तैँले आशिष् पाउन सक्नेछैनस्। विश्‍वासद्वारा मात्र आशिष् पाउन सकिन्छ, र यदि तँ विश्‍वास गर्दैनस् भने, तैँले आशिष् पाउनेछैनस्। के परमेश्‍वर तँसामु प्रकट हुनुभयो, र उहाँले तँलाई उहाँ देख्ने तुल्याउनुभयो, र तँलाई व्यक्तिगत रूपमा विश्‍वस्त पार्नुभयो भने मात्र, तैँले कुनै पनि कुरा विश्‍वास गर्न सक्ने हो? मानव भएर तँ कसरी परमेश्‍वरलाई तेरो सामु व्यक्तिगत रूपमा देखा पर्न लगाउन योग्य छस्? तँ कसरी उहाँलाई तँजस्तो भ्रष्ट मानवसँग व्यक्तिगत रूपमा बोल्न लगाउन योग्य छस्? त्यसबाहेक, कुन कुराले तँलाई तैँले विश्‍वास गर्नुअघि परमेश्‍वरलाई सबै कुरा स्पष्ट बताउन बाध्य पार्न योग्य बनाउँछ? यदि तँसँग समझ छ भने, परमेश्‍वरले व्यक्त गरेका यी वचनहरू पढेपछि नै विश्‍वास गर्नेछस्। यदि तँ साँचो रूपमा विश्‍वास गर्छस् भने, उहाँले भन्‍ने वा गर्ने कुराले केही फरक पर्दैन। बरु, यी वचनहरू सत्यता हुन् भन्‍ने देखेपछि, तँ ती वचन परमेश्‍वरद्वारा भनिएका हुन् र उहाँले ती कुराहरू गर्नुभएको हो भनेर शतप्रतिशत विश्‍वस्त हुनेछस्, अनि तँ उहाँलाई अन्त्यसम्म पछ्याउन तयार भइसको हुनेछस्। तैँले शङ्का गर्नु पर्दैन। शङ्कै-शङ्का गर्ने मानिसहरू अति छली हुन्छन्। तिनीहरू बस परमेश्‍वरमा विश्‍वास गर्नै सक्दैनन्। तिनीहरू सधैँ ती रहस्यहरू बुझ्ने प्रयास गरिरहन्छन् र तिनलाई विस्तृत रूपमा बुझिसकेपछि मात्र विश्‍वास गर्नेछन्। तिनीहरूले परमेश्‍वरलाई विश्‍वास गर्ने पूर्वसर्त भनेको यी प्रश्नहरूको स्पष्ट जवाफ पाउनु हो: देहधारी परमेश्‍वर कसरी आउनुभयो? उहाँ कहिले आउनुभयो? उहाँ जानुअघि कति समय बस्नुहुनेछ? उहाँ यहाँबाट गएपछि कहाँ जानुहुन्छ? उहाँको जाने प्रक्रिया के हो? देहधारी परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, र उहाँ कसरी जानुहुन्छ? … तिनीहरू केही रहस्य बुझ्न चाहन्छन्; तिनीहरू सत्यता खोजी गर्न होइन, ती रहस्य अनुसन्धान गर्न यहाँ आएका हुन्। तिनीहरू आफूले यी रहस्यहरू बुझ्न नसकुञ्जेल परमेश्‍वरमा विश्‍वास गर्न सकिनेछैन भन्‍ने सोच्छन्; यस्तो लाग्छ, मानौँ तिनीहरूको विश्‍वासमा अवरोध आइपरेको छ। त्यस्ता मानिसहरूमा यो दृष्टिकोण हुनु समस्याजनक कुरा हो। तिनीहरूलाई रहस्यहरू अनुसन्धान गर्ने चाहना भइसकेपछि, तिनीहरू सत्यता वा परमेश्‍वरको वचनलाई ध्यान दिने कष्ट उठाउँदैनन्। के यस्ता मानिसहरूले आफूलाई चिन्न सक्लान्? आफूलाई चिन्नु तिनीहरूका लागि सहज हुँदैन। यो निश्चित खालको व्यक्तिलाई निन्दा गर्नु होइन। यदि कुनै व्यक्तिले सत्यता स्विकार्दैन र परमेश्‍वरको वचनमा विश्‍वास गर्दैन भने, ऊसँग साँचो विश्वास हुँदैन। उसले केवल केही वचन, रहस्य, मामुली कुरा, वा मानिसहरूले याद नगरेका समस्याहरू केलाउनमा मात्र ध्यान दिनेछ। तर के पनि सम्भव छ भने, एक दिन परमेश्‍वरले उसलाई अन्तर्दृष्टि दिनुहुनेछ, वा उसलाई उसका दाजुभाइ-दिदीबहिनीहरूले सत्यताबारे नियमित सङ्गति गरेर सहयोग गर्नेछन् र ऊ परिवर्तन हुनेछ। यो भएको दिन, उसले आफ्नो पहिलेका दृष्टिकोणहरू अति निरर्थक रहेछन्, र आफू अति अहङ्कारी थिएछु अनि आफूलाई अति उच्च ठान्थेछु भनेर महसुस गर्नेछ, र ऊ लज्जित हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

धार्मिक संसारका पाष्टर र एल्डरहरू सबै बाइबलको ज्ञान र धर्मशास्त्र अध्ययन गर्ने मानिसहरू हुन्; तिनीहरू परमेश्‍वरको प्रतिरोध गर्ने ढोङ्गी फरिसीहरू हुन्। … के बाइबल, धर्मशास्त्र, र परमेश्‍वरको कामको इतिहास समेत अध्ययन गर्ने इसाई र क्याथोलिक धर्मका मानिसहरू साँच्‍चै विश्‍वासीहरू हुन्? के तिनीहरू परमेश्‍वरले बताउनुभएका परमेश्वरका विश्‍वासी र अनुयायीहरूभन्दा फरक छन्? परमेश्‍वरको नजरमा, के तिनीहरू विश्‍वासी हुन्? अहँ, तिनीहरूले धर्मशास्त्र अध्ययन गर्छन्, परमेश्‍वरबारे अध्ययन गर्छन्, तर परमेश्‍वरलाई पछ्याउँदैनन् वा उहाँको गवाही दिँदैनन्। परमेश्‍वरका बारेमा तिनीहरूको अध्ययन इतिहास, दर्शन, कानुन, जीवविज्ञान, वा खगोलशास्त्रको अध्ययन गर्नेहरूको जस्तै हुन्छ। यति मात्र हो कि तिनीहरूलाई विज्ञान वा अरू विषयहरू मन पर्दैन—तिनीहरूलाई निश्‍चित रूपमा धर्मशास्त्रको अध्ययन गर्न मन पर्छ। परमेश्‍वरको अध्ययन गर्न तिनीहरूले परमेश्‍वरको कामका टुक्रा-टाक्रीहरू खोज्नुको परिणाम के हुन्छ? के तिनीहरूले परमेश्‍वरको अस्तित्व पत्ता लगाउन सक्छन्? अहँ, कहिल्यै पनि सक्दैनन्। के तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) किन? किनभने तिनीहरू शब्दहरूमा, ज्ञानमा, दर्शनमा, मानव मन र मानव सोचहरूमा जिउँछन्; तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई देख्‍नेछैनन् वा पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्नेछैनन्। परमेश्‍वरले तिनीहरूलाई कसरी वर्गीकरण गर्नुहुन्छ? अविश्‍वासी, गैरविश्‍वासीहरूका रूपमा। यी गैरविश्‍वासी र अविश्‍वासीहरू तथाकथित इसाई समुदायमा घुलमेल हुन्छन्, परमेश्‍वरका विश्‍वासीहरू, इसाईहरू भएको नाटक गर्छन्, तर के तिनीहरूसँग वास्तवमा परमेश्‍वरका लागि साँचो आराधना हुन्छ? के तिनीहरूमा साँचो समर्पणता हुन्छ? (हुँदैन।) किन? एउटा कुरा निश्‍चित छ: तिनीहरूमध्ये धेरैले आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्; तिनीहरूले परमेश्‍वरले संसार सृष्टि गर्नुभएको हो र यावत् थोकमाथि उहाँ सार्वभौम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, र परमेश्‍वर देह बन्‍न सक्नुहुन्छ भन्‍ने कुरामा त तिनीहरूले झनै विश्‍वास गर्दैनन्। यो अविश्‍वासको अर्थ के हो? यसको अर्थ शङ्का गर्नु र इन्कार गर्नु हो। तिनीहरूले परमेश्‍वरले बोल्नुभएका अगमवाणीहरू, विशेष गरी विपत्तिहरूसँग सम्बन्धित अगमवाणीहरू पूरा नहुने वा नघट्ने आशा गर्ने मनोवृत्ति समेत अपनाउँछन्। परमेश्‍वरमाथिको विश्‍वासप्रतिको तिनीहरूको मनोवृत्ति यही हो, र यो तिनीहरूको तथाकथित आस्थाको सार र साँचो रूप हो। यी मानिसहरूले धर्मशास्त्रको विषय र ज्ञान, र परमेश्‍वरको कामका ऐतिहासिक तथ्यहरूमा विशेष रुचि राख्‍ने हुनाले परमेश्‍वरका बारेमा अध्ययन गर्छन्; तिनीहरू विशुद्ध रूपमा धर्मशास्त्रको अध्ययन गरिरहेका बुद्धिजीवीहरूको समूह मात्रै हुन्। यी बुद्धिजीवीहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्दैनन्, त्यसोभए परमेश्‍वर काम गर्न आउनुहुँदा, परमेश्‍वरका वचनहरू पूरा हुँदा तिनीहरूले कस्तो प्रतिक्रिया दिन्छन्? परमेश्‍वरले देहधारी भएर नयाँ काम सुरु गर्नुभएको छ भन्‍ने सुन्दा तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? “असम्भव!” तिनीहरूले परमेश्‍वरको नयाँ नाम र परमेश्‍वरको नयाँ कामको प्रचार गर्ने व्यक्तिलाई निन्दा गर्छन्, र उसलाई मार्न वा हटाउन समेत चाहन्छन्। यो कस्तो प्रकटीकरण हो? के यो उदाहरणीय ख्रीष्ट-विरोधीको प्रकटीकरण होइन र? तिनीहरू र फरिसी, मुख्य पूजाहारी र प्राचीन शास्त्रीहरू बीचमा के भिन्‍नता छ? तिनीहरू परमेश्‍वरको कामप्रति, परमेश्‍वरको आखिरी दिनहरूको न्यायप्रति, परमेश्‍वर देह बन्‍नुभएको तथ्यप्रति शत्रुवत् हुन्छन्, र अझै बढी, तिनीहरू परमेश्‍वरका अगमवाणीहरू पूरा हुने तथ्यप्रति शत्रुवत् हुन्छन्। तिनीहरूले यसो विश्‍वास गर्छन्, “यदि तपाईँ देह बन्‍नुभएन भने, यदि तपाईँ आत्मिक शरीरमा हुनुहुन्छ भने, तपाईँ परमेश्‍वर हुनुहुन्छ; यदि तपाईँ देहधारी भएर व्यक्ति बन्‍नुभएको छ भने, तपाईँ परमेश्‍वर हुनुहुन्‍न, र हामी तपाईंलाई चिन्दैनौँ।” यसको अर्थ के हो? यसको अर्थ तिनीहरू यहाँ रहेसम्‍म, तिनीहरूले परमेश्‍वरलाई देह बन्‍न दिनेछैनन् भन्‍ने हुन्छ। के यो एउटा उदाहरणीय ख्रीष्ट विरोधी होइन र? यो साँचो ख्रीष्ट विरोधी हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

हामीहरू परमेश्‍वरका पाइलाहरूलाई खोजिरहेका भएकाले, हामीले परमेश्‍वरका अभिप्राय, परमेश्‍वरको वचन, उहाँको वाणी खोज्नुपर्छ—किनकि जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पाइलाहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्। जहाँ-जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ-त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पाइलाहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्‍ने वचनहरू लाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता ग्रहण गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वर देखा पर्नुभएको कुरालाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वर देखा पर्नुहुने कुरा मानिसको धारणाहरूसँग मेल खानु असम्भव हुन्छ, परमेश्‍वर मानिसको आग्रहमा देखा पर्नुहुन्छ भन्‍ने कुरा त परै जाओस्। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँ जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, प्रत्येक र हरेक व्यक्तिलाई उहाँको कामको बारेमा सूचित गर्ने कुरा त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, र यसलाई अझ भन्‍ने हो भने सबैले जान्नैपर्छ। यदि तिमीहरू परमेश्‍वर देखा पर्नुहुने घटनालाई देख्‍न, परमेश्‍वरका पाइलाहरूलाई पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्नो धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरलाई यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न हुने कुरा त परै जाओस्। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखा पर्नुहुने कुरालाई स्वीकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नैपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई अनौठो लाग्न सक्छ, तर म तँलाई तेरो स्वाभाविकता प्रकट नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्‍वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्‍नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्‍ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँगपरमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र वचनहरूबाट निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरूले सत्यताको हरेक वचनप्रति ध्यान दिदैनौं। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू अनन्त विनाशमा पर्ने श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताको तृष्णा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा पुग्न हतार नगर; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि नम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृढ निश्‍चयता र बाइबलअनुरूप छ, त्यसकारण तैँले यी वचनहरूको १०,००० औँ खण्डभित्र निरन्तर खोजी गरिरहनुपर्छ भन्‍ने तेरो विश्‍वास छ। अझै पनि म तँलाई नम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तँमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयको सहयोगले तैँले ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक मनन गर्छस् भने, तिनीहरू सत्य हुन् वा होइनन्, र तिनीहरू जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखा पराइको कारण गर्दा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरूले आफू भ्रममा परिने डरले गर्दा पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा गर्नु हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ

सम्बन्धित भजनहरू

सत्यता स्वीकार्ने मानिस बन

सत्यताप्रति तिम्रो मनोवृत्ति अत्यन्तै महत्त्वपूर्ण हुन्छ

आखिरी दिनहरूको ख्रीष्टलाई नस्विकार्नेहरू पवित्र आत्माका ईशनिन्दक हुन्

अघिल्लो: ७. धार्मिक संसारको भ्रम: “प्रभु देहधारी भई फर्कनुभएको छ भनी प्रचार गर्ने हरकोहीले झूटो ख्रीष्टबारे प्रचार गरिरहेको हुन्छ”

अर्को: ९. धार्मिक संसारको धारणा: “प्रभुमा विश्‍वास गरेर तिनीहरू आस्थाद्वारा सही ठहरिइसकेका छन् र तिनीहरूले आफ्नो आस्थामार्फत मुक्ति पाइसकेका छन्, र तिनीहरूले आखिरी दिनहरूको न्यायको काम स्विकार्नु आवश्यक छैन”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्