२०. अहङ्कार, आत्मधार्मिकता र आफ्नै दृष्टिकोणमा अडिग रहने समस्या कसरी समाधान गर्ने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

अहङ्कारी र आत्मधर्मी हुनु मानिसहरूको सबैभन्दा स्पष्ट शैतानी स्वभाव हो, र यदि मानिसहरू सत्यता स्विकार्दैनन् भने, तिनीहरू कदापि शुद्ध हुने छैनन्। सबै मानिसहरूमा अहङ्कारी र आत्मधर्मी स्वभाव हुन्छ, र तिनीहरू सधैँ घमण्डी हुन्छन्। तिनीहरूले जे सोचे पनि वा जे भने पनि वा कामकुरालाई जसरी हेरे पनि, तिनीहरू सधैँ आफ्‍नो दृष्टिकोण र मानसिकता सही छन्, र अरूको कुरा आफ्नो जत्तिको असल वा सही छैन भन्‍ने सोच्छन्। तिनीहरू सधैँ आफ्‍नै रायमा झुण्डिरहन्छन्, र जोसुकैले भने पनि, उसको कुरा सुन्‍ने छैनन्। अरूले भनेको कुरा सही छ वा सत्यताअनुरूप छ भने पनि, तिनीहरूले त्ये स्वीकार गर्नेछैनन्; तिनीहरूले सुनेको जस्तो मात्रै गर्नेछन्, तर त्यो विचारलाई फिटिक्कै अपनाउनेछैनन्, र काम गर्ने बेलामा, तिनीहरू अझै पनि आफ्‍नै तरिकाले काम गर्नेछन्, सधैँ आफूले भन्‍ने कुरा सही र उचित ठान्छन्। तैँले भन्‍ने कुरा वास्तवमा सही र उचित हुन सक्छ, वा तैँले गरिसकेको कुरा सही र दोषरहित हुन सक्छ, तर तैँले कस्तो प्रकारको स्वभाव देखाएको छस्? के यो अहङ्कार र आत्मधार्मिकतामध्ये एक होइन र? यदि तैँले यो अहङ्कारी र आत्मधर्मी स्वभावलाई हटाउँदैनस् भने, के यसले तेरो कर्तव्य निर्वाहमा असर गर्नेछैन र? के यसले तेरो सत्यता अभ्यासमा असर गर्नेछैन र? यदि तैँले आफ्नो अहङ्कारी र आत्मधर्मी स्वभाव हटाइनस् भने, के यसले तँलाई भविष्यमा गम्भीर रोकावटहरू ल्याउनेछैन र? तैँले निश्चय नै रोकावटहरू अनुभव गर्नेछस्, यो हुन्छै हुन्छ। मलाई बता, के परमेश्‍वरले मानिसको यस्तो व्यवहार देख्न सक्नुहुन्छ? परमेश्‍वरले देख्ने नसक्ने कुरै छैन! परमेश्‍वरले मानिसका हृदयको गहिराइ मात्र जाँच्नुहुन्‍न, तिनीहरूको हर समय र हर स्थानका हरेक शब्द र कार्यको अवलोकन पनि गर्नुहुन्छ। परमेश्‍वरले तेरो यस्तो व्यवहार देखेपछि के भन्‍नुहुनेछ? उहाँले यसो भन्‍नुहुनेछ: “तँ जब्बर छस्! तैँले आफू गलत छु भनी थाहा नपाउँदा आफ्नो विचारमा झुण्डिनु स्वाभाविक हो, तर आफू गलत छु भन्‍ने स्पष्ट हुँदाहुँदै पनि आफ्नो विचारमा झुण्डिन्छ्स्, पश्चात्ताप गर्दैनस् भने तँ जिद्दी मूर्ख होस्, र तँ समस्यामा पर्छस्। जसले सुझाव दिए पनि यदि तँ सधैँ त्यसप्रति नकारात्मक, प्रतिरोधी मनोवृत्ति राख्छ्स्, र अलिकति पनि सत्यता स्विकार्दैनस्, अनि तेरो हृदय पूर्णतया प्रतिरोधी, एकलकाँटे र उपेक्षा गर्ने खालको छ भने तँ निकै हास्यास्पद र निरर्थक व्यक्ति होस्! तँसँग व्यवहार गर्न असाध्यै गाह्रो हुन्छ!” कुन तरिकामा तँसँग व्यवहार गर्नु गाह्रो हुन्छ? तँसँग व्यवहार गर्न गाह्रो हुन्छ किनकि तैँले देखाइरहेको कुरा गलत शैली होइन, न त गलत व्यवहार नै हो। यो त तेरो स्वभाव प्रकट भएको हो। कुन स्वभाव प्रकट भएको? त्यो स्वभाव जसमा तँ सत्यतादेखि आजित छस्, र सत्यतालाई घृणा गर्छस्। तँ सत्यतालाई घृणा गर्ने व्यक्ति भनेर चिनिएपछि परमेश्‍वरको दृष्टिमा तँ समस्यामा पर्छस्, र उहाँले तँलाई तिरस्कार, अस्वीकार, र बेवास्ता गर्नुहुनेछ। मानिसहरूको दृष्टिकोणबाट हेर्दा, उनीहरू धेरैजसोले भन्‍नेछन्: “यस व्यक्तिको स्वभाव खराब छ, ऊ अति जिद्दी, जब्बर, र अहङ्कारी छ! यो व्यक्तिसँग ठ्याक मिलाउनै गाह्रो छ र ऊ सत्यतालाई प्रेम गर्दैन। उसले कहिल्यै सत्यता स्विकारेको छैन र ऊ सत्यता अभ्यास गर्दैन।” धेरैभन्दा धेरै, सबैले तँलाई मूल्याङ्कन गर्नेछन् तर के यो मूल्याङ्कनले तेरो भाग्य निर्धारित गर्न सक्छ? मानिसहरूले तँलाई गर्ने मूल्याङ्कनले तेरो भाग्य निर्धारण गर्न सक्दैन, तर तैँले एउटा कुरा भने बिर्सनै हुँदैन: परमेश्‍वर मानिसको हृदय जाँच्नुहुन्छ, र साथै उहाँ तिनीहरूको हरेक शब्द र कार्य अवलोकन गर्नुहुन्छ। यदि परमेश्‍वरले यसरी तँलाई परिभाषित गर्नुहुन्छ र तँ सत्यतालाई घृणा गर्छस् भनेर भन्‍नुहुन्छ, यदि उहाँले तँमा थोरै भ्रष्ट स्वभाव छ वा तँ थोरै अनाज्ञाकारी मात्र छस् भन्‍नुहुन्‍न भने के यो निकै गम्भीर समस्या होइन? (यो गम्भीर समस्या हो।) यो त सङ्कट हो, र यो सङ्कट मानिसहरूले तँलाई कसरी हेर्छन् वा कसरी मूल्याङ्कन गर्छन् भन्‍ने कुरामा नभई, परमेश्‍वरले सत्यता घृणा गर्ने तेरो भ्रष्ट स्वभावलाई कसरी हेर्नुहुन्छ भन्‍ने कुरामा आधारित हुन्छ। त्यसोभए, परमेश्‍वर त्यसलाई कसरी हेर्नुहुन्छ? के परमेश्‍वरले तँ सत्यतालाई घृणा गर्छस्, प्रेम गर्दैनस् भनेर मात्र निर्धारण गर्नुभएको छ? अनि त्यति नै हो त? कुरा त्यति सरल छ? सत्यता कहाँबाट आउँछ? सत्यताले कसको प्रतिनिधित्व गर्छ? (यसले परमेश्‍वरको प्रतिनिधित्व गर्छ।) यसमाथि मनन गर्: यदि कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ भने परमेश्‍वरले आफ्नो नजरबाट उसलाई कसरी हेर्नुहुन्छ? (उहाँको शत्रुको रूपमा हेर्नुहुन्छ।) के यो गम्भीर समस्या होइन? जब कुनै व्यक्तिले सत्यतालाई घृणा गर्छ, तब उसले परमेश्‍वरलाई घृणा गर्छ! तिनीहरू परमेश्‍वरलाई घृणा गर्छन् भनेर म किन भन्छु? के तिनीहरूले परमेश्‍वरलाई सरापे? के तिनीहरूले उहाँलाई आमनेसामने विरोध गरे? के तिनीहरूले उहाँलाई उहाँको पिठ्यूँपछाडि आलोचना वा निन्दा गरे? त्यो त होइन। त्यसोभए, सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्नु भनेको परमेश्‍वरलाई घृणा गर्नु हो भनेर किन म भन्छु? यो तिललाई पहाड बनाउनु होइन, यो त परिस्थितिको वास्तविकता हो। यो त ढोँगी फरिसीहरूले सत्यतालाई घृणा गरेको कारण प्रभु येशूलाई क्रूसमा टाँग्‍नुजस्तै हो—त्यसका परिणामहरू भयानक थिए। यसको अर्थ के हो भने, यदि कुनै व्यक्तिमा सत्यतादेखि दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव छ भने, त्यो कुनै पनि समय र कहीँ पनि प्रकट हुन सक्छ, र यदि ऊ यसैअनुसार जिउँछ भने, के उसले परमेश्‍वरलाई विरोध गर्नेछैन र? तिनीहरूले सत्यता वा छनौट गर्ने कार्य मुछिएको कुराको सामना गर्दा, यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् र तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन् भने, तिनीहरूले स्वाभाविक रूपमै परमेश्‍वरको विरोध गर्नेछन् र उहाँलाई धोका दिनेछन्, किनभने तिनीहरूको भ्रष्ट स्वभाव परमेश्‍वर र सत्यतालाई घृणा गर्ने स्वभाव हो। यदि तेरो स्वभाव यस्तो छ भने, तैँले परमेश्‍वरले बोलेका वचनलाई पनि प्रश्न गर्नेछस् र तिनको विश्लेषण र चिरफार गर्न चाहनेछस्। त्यसपछि तँ परमेश्‍वरको वचनलाई शङ्का गर्दै भन्‍नेछस्, “के यो साँच्चै परमेश्‍वरको वचन हो? मलाई त यो सत्यता जस्तो लाग्दैन, त्यो सबै मलाई सही छैन जस्तो लाग्छ!” यसरी, के तेरो सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट भएको छैन त? जब तँ यसरी सोच्छस्, तब के तँ परमेश्‍वरप्रति समर्पित हुन सक्छस्? पक्कै पनि सक्दैनस्। यदि तँ परमेश्‍वरप्रति समर्पित हुन सक्दैनस् भने, के उहाँ अझै तेरो परमेश्‍वर हुनुहुन्छ त? हुनुहुन्‍न। त्यसोभए, तेरा लागि परमेश्‍वर के हुनुहुन्छ त? तैँले उहाँलाई अनुसन्धानको विषयझैँ, शङ्का गर्नुपर्ने व्यक्तिझैँ, निन्दा गर्नुपर्ने व्यक्तिझैँ व्यवहार गर्नेछस्; तैँले उहाँलाई सामान्य व्यक्तिलाई जस्तै व्यवहार गर्नेछस्, र उहाँलाई सोही तरिकाले निन्दा गर्नेछस्। यसो गर्दा, तँ परमेश्‍वरको विरोध र निन्दा गर्ने व्यक्ति बन्‍नेछस्। कस्तो स्वभावले गर्दा यो हुन्छ? यो अहङ्कारी स्वभावले गर्दा हुन्छ, जुन निश्चित हदसम्म मौलाएको छ; तेरो शैतानी स्वभाव प्रकट हुनेमात्र होइन, तर तेरो शैतानी अनुहार पनि पूर्ण रूपमा उदाङ्गो हुनेछ। परमेश्‍वरको विरोध गर्ने चरणमा पुगिसकेको व्यक्ति—जसको विद्रोहपन निश्चित हदसम्म पुगिसकेको छ—र परमेश्‍वरबीचको सम्बन्धलाई के हुन्छ? यो शत्रुतापूर्ण सम्बन्ध बन्छ जसमा व्यक्तिले परमेश्‍वरलाई आफ्नो विपक्षमा राख्छ। यदि तँ परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यता स्विकार्न र पालना गर्न सक्दैनस् भने परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्‍न। यदि तँ सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने मानिस बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्‍वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्‍न।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

अहङ्‍कार मानिसको भ्रष्ट स्वभावको जड हो। मानिसहरू जति धेरै अहङ्‍कारी हुन्छन्, त्यति नै अविवेकी हुन्छन्, र तिनीहरू जति धेरै अविवेकी हुन्छन्, तिनीहरूले परमेश्‍वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? अहङ्‍कारी स्वभाव भएका मानिसहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झन्छन् नै, तर सबैभन्दा खराब कुरा त, तिनीहरूले परमेश्‍वरप्रति पनि होच्याउने व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुँदैन। मानिसहरू परमेश्‍वरमाथि विश्‍वास गर्ने र उहाँलाई पछ्याउने जस्ता देखिएलान्, तर तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा बिल्कुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्‍ने ठान्छन् र आफैलाई संसार ठान्छन्। अहङ्‍कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्‍कारको समस्यालाई समाधान गरिनुपर्छ। एक जना अरूभन्दा असल छु भन्‍ने महसुस गर्नु—त्यो तुच्छ कुरा हो। महत्त्वपूर्ण विषय यो हो कि कुनै व्यक्तिको अहङ्‍कारी स्वभावले उसलाई परमेश्‍वर, उहाँको नियम, उहाँको बन्दोबस्तमा समर्पण हुनदेखि रोक्‍छ; यस्तो व्यक्तिले शक्तिको निम्ति र अरूमाथि नियन्त्रण गर्न सधैँ परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेको महसुस गर्छ। यस्तो किसिमको व्यक्तिमा परमेश्‍वरको भय मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्‍वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्‍कारी र अभिमानी छन्, विशेष गरी ती जो आफ्नो होश गुमाउने हदसम्म अहङ्‍कारी छन्, उहाँप्रतिको आफ्नो विश्‍वासमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्दैनन्, बरु तिनीहरूले आफ्नै बढाइ गर्छन् र आफ्नै निम्ति गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्‍वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय फिटिक्‍कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्‍वरको भय मान्ने हृदय हुने अवस्थासम्म पुग्‍ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्‍कारी स्वभावको समाधान गर्नुपर्छ। जति पूर्ण रूपमा तैँले आफ्नो अहङ्‍कारी स्वभाव हटाउँछस्, तँमा परमेश्‍वरको भय मान्ने हृदय त्यति नै बढी हुनेछ, र तब मात्र तैँले उहाँमा समर्पित हुन, सत्य प्राप्त गर्न र उहाँलाई चिन्‍न सक्छस्। सत्यता प्राप्त गर्नेहरू मात्रै साँचो रूपमा मानव हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

जब तिमीहरूले आफ्‍ना कर्तव्यहरू पूरा गर्न अरूसँग सहकार्य गरिरहेको हुन्छौ, तब के तिमीहरू फरक विचारहरूप्रति खुला मनका हुन्छौ? के तिमीहरु अरूलाई बोल्‍न दिन सक्छौ? (म केही मात्रामा गर्न सक्छु। पहिले, प्रायजसो म दाजुभाइ-दिदीबहिनीहरूको सुझाव सुन्दिनथेँ र आफ्‍नै तरिकाले काम गर्न जिद्दी गर्थेँ। पछि म गलत छु भन्‍ने कुरा तथ्यले प्रमाणित गरेपछि मात्रै, मैले तिनीहरूको धेरैजसो सुझाव सही थिए, सबैले छलफल गरेको समाधान नै उचित थियो, र मैले आफ्नै दृष्टिकोणमा भर परेर कुराहरू स्पष्टसँग देख्न सकिनँ र ममा कमी थियो भन्‍ने थाहा पाएँ। यो अनुभव गरेपछि, सद्‌भावपूर्ण सहकार्य गर्नु कति महत्त्वपूर्ण छ भन्‍ने मैले महसुस गरेँ।) अनि तैँले यसबाट के देख्‍न सक्छस्? यो अनुभव गरेपछि, के तैँले केही लाभ प्राप्त गरिस्, र सत्यता बुझिस्? के तिमीहरूलाई कोही सिद्ध छ भन्‍ने लाग्छ? मानिसहरू जति नै दह्रिला भए पनि, वा जति नै सक्षम र प्रतिभावान् भए पनि, तिनीहरू अझै पनि सिद्ध हुँदैनन्। मानिसहरूले यो कुरालाई मान्‍नैपर्छ, यो तथ्य हो र मानिसहरूमा आफ्‍नो योग्यता र सामर्थ्य वा गल्तीहरूलाई सही तरिकाले व्यवहार गर्न हुनुपर्ने मनोवृत्ति हो; यो मानिसहरूमा हुनुपर्ने तर्कसङ्गतता हो। आफूमा त्यस्तो तर्कसङ्गतता भयो भने, तैँले आफ्‍ना र अरूका सामर्थ्यहरू र कमजोरीहरूलाई उचित तरिकाले सम्हाल्न सक्छस्, र यसले तँलाई तिनीहरूसँग सद्‍भावमा रही काम गर्न सक्‍ने तुल्याउनेछ। यदि तैँले सत्यताको यो पक्ष बुझेको छस् र तँ सत्यता वास्तविकताको यो पक्षमा प्रवेश गर्न सक्छस् भने, दाजुभाइ-दिदीबहिनीहरूको सबल पक्ष प्रयोग गर्दै तिनीहरूसँग सद्‍भावको साथ मिलेर बस्दै आफूसँग भएको कुनै पनि कमजोरीलाई पूर्ति गर्न सक्छस्। यसरी, तैँले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि वा तैँले जे गरिरहेको भए पनि, तँ सधैँ यसमा अझ उत्तम हुँदै जानेछस् र परमेश्‍वरको आशिष्‌ पाउनेछस्। यदि तैँले सधैँ आफूलाई निकै सिपालु रहेको र अरूलाई तुलनात्मक रूपमा खराब रहेको ठान्छस् भने, र तँ सधैँ अन्तिम निर्णय आफै गर्न चाहन्छस् भने, यो समस्यापूर्ण हुनेछ। यो स्वभावसम्‍बन्धी समस्या हो। के त्यस्ता मानिसहरू अहङ्कारी र आत्मधर्मी हुँदैनन् र? मानौँ, तँलाई कसैले राम्रो सल्लाह दिन्छ, तर तँलाई त्यो सल्लाह स्विकारियो भने तिनीहरूले तँलाई तुच्छ ठान्न, र तँ तिनीहरू जत्तिकै राम्रो नभएको सोच्न सक्छन्। त्यसैले बस तँ तिनीहरूको कुरा नसुन्ने निर्णय गर्छस्। बरु तँ तिनीहरूले तँलाई महान् मानिरहून् भनेर तिनीहरूलाई ठूल्ठूला कुराहरू गरेर ओझेलमा पार्न खोज्छस्। यदि तँ मानिसहरूसँग सधैँ यसरी नै अन्तरक्रिया गर्छस् भने, के तिनीहरूसँग मिलेर सहकार्य गर्न सक्छस्? तैँले मिलेर काम गर्न नसक्ने मात्र होइन, परिणामहरू पनि नकारात्मक हुनेछन्। समय बित्दै जाँदा, सबैले तँलाई अत्यन्तै धूर्त र छली, बुझ्नै नसकिने व्यक्ति ठान्नेछन्। तँ सत्यता अभ्यास गर्दैनस्, र इमानदार व्यक्ति होइनस्, त्यसैले अरू मानिस तँबाट परै बस्छन्। यदि सबै मानिस तँबाट पर-परै रहे भने के यसको अर्थ तँ त्यागिएको होइन र? मलाई भन्, सबैले अस्वीकार गर्ने व्यक्तिलाई परमेश्वरले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्वरले पनि यस्तो व्यक्तिलाई घृणा गर्नुहुनेछ। परमेश्वर यस्ता मानिसहरूलाई किन घृणा गर्नुहुन्छ? तिनीहरूको कर्तव्य निभाउने मनसाय साँचो भए पनि, परमेश्वर तिनीहरूको तौरतरिकालाई घृणा गर्नुहुन्छ। परमेश्वरको नजरमा तिनीहरूले प्रकट गर्ने स्वभाव अनि तिनीहरूको हरेक सोच, विचार र अभिप्राय खराब हुन्छ, र ती कुरा परमेश्वरले तिरस्कार गर्ने र घिनाउने कुराहरू हुन्। अरूको नजरमा आफूलाई महान् तुल्याउने उद्देश्यले आफ्नो बोली र काममा सधैँ घिनलाग्दा युक्तिहरू प्रयोग गर्ने मानिसहरूको व्यवहारलाई परमेश्वर घृणा गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अहङ्कारी र आत्मधर्मी मानिसहरूले सधैँ आफ्‍नै विचारहरू पछ्याउने गर्छन्, त्यसकारण के तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ? अत्यन्तै जब्बर व्यक्तिगत विचारहरू भएका मानिसहरूले काम गर्ने समयमा परमेश्‍वरलाई बिर्सन्छन्, र तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न बिर्सन्छन्; ठक्‍कर खाएपछि र कुनै कुरा हासिल गर्न नसकेपछि मात्रै, तिनीहरूले आफूले परमेश्‍वरको आज्ञापालन नगरेको, र परमेश्‍वरलाई प्रार्थना नगरेको चाल पाउँछन्। यो के समस्या हो? यो तिनीहरूको हृदयमा परमेश्‍वर नहुनु हो। तिनीहरूको व्यवहारले तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, र तिनीहरू आफैमा मात्र भर पर्छन् भन्‍ने देखाउँछ। त्यसकारण, तैँले मण्डलीको काम गरिरहेको भए पनि, आफ्‍नो कर्तव्य निभाइरहेको, र बाहिरी मामलाहरू वा आफ्‍नै व्यक्तिगत जीवनका मामलाहरू सम्‍हालिरहेको भए पनि, तेरो हृदयमा सिद्धान्तहरू हुनुपर्छ, त्यसमा एउटा स्थिति हुनुपर्छ। कस्तो स्थिति? “यो जेसुकै भए पनि, ममा कुनै कुरा आइपर्नुभन्दा अगाडि मैले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ, र उहाँको सार्वभौमिकताको पालन गर्नुपर्छ। सबै कुरा परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हुन्छ, र जब त्यो कुरा आइपर्छ, तब मैले परमेश्‍वरको इच्‍छा खोज्‍नुपर्छ, ममा यस्तो मानसिकता हुनुपर्छ, मैले आफ्‍नै योजनाहरू बनाउनु हुँदैन।” केही समयसम्‍म यस्तो अनुभव गरिसकेपछि, मानिसहरूले धेरै कुरामा परमेश्‍वरको सार्वभौमिकता देख्‍न थाल्छन्। यदि तँ सधैँ आफ्‍नै योजना, विचार, चाहना, स्वार्थी मनसाय, र इच्‍छा बोकेर हिँड्छस् भने, तेरो हृदय थाहै नपाई परमेश्‍वरबाट टाढा जानेछ, परमेश्‍वरले कसरी व्यवहार गर्नुहुन्छ भन्‍ने बारेमा तँ अनभिज्ञ हुनेछस्, र परमेश्‍वर प्रायजसो तँबाट लुक्‍नुहुनेछ। के तँलाई आफ्‍नै इच्छाअनुसार काम गर्न मन लाग्दैन र? के तैँले आफ्‍नै योजनाहरू बनाउँदैनस् र? तँ सोच्छस् कि तँसँग मष्तिष्क छ, तँ शिक्षित छस्, ज्ञानले भरिएको छस्, तँसँग काम गर्ने साधन र शैली छ, तैँले ती आफ्‍नै तरिकाले गर्न सक्छस्, तँ सिपालु छस्, तँलाई परमेश्‍वरको आवश्यकता हुँदैन, त्यसकारण परमेश्‍वर भन्‍नुहुन्छ, “त्यसकारण जा आफै गर्, र राम्रो भए पनि नभए पनि त्यसको जिम्‍मा ली, मलाई त्यसको मतलब हुँदैन।” परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुन्‍न। परमेश्‍वरमाथिको विश्‍वासमा मानिसहरूले यसरी आफ्‍नै इच्छालाई पछ्याउँछन् र जे मन लाग्यो त्यही विश्‍वास गर्छन् भने, परिणाम के हुन्छ? तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको सार्वभौमिकता अनुभव गर्न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि परमेश्‍वरको हात देख्‍न सक्दैनन्, तिनीहरूले कहिल्यै पनि पवित्र आत्‍माको अन्तर्दृष्टि र ज्योति अनुभव गर्न सक्दैनन्, तिनीहरूले परमेश्‍वरको मार्गदर्शन अनुभव गर्न सक्दैनन्। अनि समय बित्दै जाँदा के हुन्छ? तिनीहरूको हृदय परमेश्‍वरबाट झनै टाढा जान्छ, र यसका अरू असरहरू हुन्छन्। कस्ता असरहरू? (परमेश्‍वरलाई शङ्का र इन्कार गर्ने।) यो परमेश्‍वरलाई शङ्का र इन्कार गर्नु मात्रै होइन। जब मानिसहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै ठाउँ हुँदैन, र तिनीहरूले लामो समयसम्‍म आफ्‍नै इच्‍छाअनुसार काम गर्दै गए भने, यसै गर्ने बानी बस्छ: तिनीहरूलाई कुनै कुरा आइपर्दा तिनीहरूले गर्ने पहिलो कुरा भनेकै आफ्‍नै समाधानबारे विचार गर्नु र आफ्नै अभिप्राय, उद्देश्य र योजनाहरूको आधारमा काम गर्नु हो; सबभन्दा पहिले तिनीहरूले यो आफ्नो लागि फाइदाजनक छ कि छैन भनेर सोच्छन्; यदि छ रहेछ भने, तिनीहरूले त्यो काम गर्छन्, र छैन रहेछ भने, त्यो काम गर्दैनन्। तिनीहरूलाई सीधै यो तरिका अपनाउने बानी परिसकेको हुन्छ। अनि यदि यस्ता मानिसहरूले पश्‍चात्ताप नगरी यसरी नै व्यवहार गरिरहे भने परमेश्‍वरले तिनीहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वर तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न, र तिनीहरूलाई एकातिर पन्छाउनुहुन्छ। एकातिर पन्छाउनु भनेको के हो? परमेश्‍वरले तिनीहरूलाई न त अनुशासनमा राख्‍नुहुनेछ, न त हप्काउनु नै हुनेछ; तिनीहरू झन्-झन् धेरै आफूमा लिप्त हुनेछन्, तिनीहरूलाई न्याय गरिनेछैन, सजाय दिइनेछैन, अनुशासनमा राखिनेछैन वा गाली गरिनेछैन, झन् अन्तर्दृष्टि, ज्योति वा मार्गदर्शन दिने त कुरै नगरौँ। एकातिर पन्छाउनुको अर्थ यही हो। परमेश्‍वरले कुनै व्यक्तिलाई एकातिर पन्छाउनुहुँदा, उसलाई कस्तो लाग्छ? उसको आत्मा रुन्छ, परमेश्‍वर ऊसँग रहनुहुन्‍न, ऊ दर्शनहरूबारे अस्पष्ट हुन्छ, ऊसँग कार्य गर्ने मार्ग हुँदैन, र ऊ मूर्ख मामिलाहरूमा मात्रै संलग्‍न हुन्छ। यसरी समय बित्दै जाँदा, उसलाई जीवनको कुनै मूल्य छैन, र आफ्नो आत्मा रित्तो छ भन्‍ने लाग्छ, त्यसैले ऊ अविश्‍वासीहरूजस्तै हुन्छ, र ऊ झन्-झन् पतित हुँदै जान्छ। यस्तो व्यक्तिलाई परमेश्‍वर तिरस्कार र अस्वीकार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू

कमजोर क्षमताको हुनु नै घातक हो। यदि कुनै व्यक्तिमा खराब स्वभाव छ, नैतिकताको कमी छ, ऊ सल्लाह-सुझाव सुन्दैन, सकारात्मक कुरा स्वीकार गर्दैन, नयाँ कुरा सिक्न र अपनाउन चाहँदैन भने त्यस्तो व्यक्ति बेकारको हो! आफ्नो कर्तव्य पूरा गर्ने मानिसमा विवेक र समझ हुनैपर्छ, उसले आफ्नो सीमा र कमीकमजोरी जान्नैपर्छ, र आफूमा केको कमी छ, र के सुधार गर्नुपर्छ, त्यो बुझ्नैपर्छ। तिनीहरूलाई सधैँ आफूमा धेरै कमी छन् र अध्ययन गरिएन र नयाँ कुरा स्विकारिएन भने हटाइएला भन्ने लाग्नैपर्छ। तिनीहरूलाई मनमा आसन्न सङ्कटको बोध भएमा, तिनीहरू नयाँ कुराहरू सिक्न प्रेरित र इच्छुक हुन्छन्। एकातिर व्यक्तिले आफूलाई सत्यताले सुसज्जित पार्नुपर्छ भने अर्कोतिर आफ्नो कर्तव्य पालनसँग सम्बन्धित व्यावसायिक ज्ञान हासिल गर्नुपर्छ। तिनीहरूले यसरी अभ्यास गरेर उन्नति गर्न सक्छन्, र आफ्नो कर्तव्य निर्वाहले राम्रो परिणाम ल्याउनेछ। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्दा र मानव स्वरूपअनुसार जिउँदा मात्र व्यक्तिको जीवन मूल्यवान् बन्छ, त्यसैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै सबैभन्दा अर्थपूर्ण कुरा हो। कतिपय मानिसमा खराब स्वभाव हुन्छ, र तिनीहरू अज्ञानी मात्र नभई अहङ्कारी पनि हुन्छन्। तिनीहरूलाई सधैँ सबै कुरामा सल्लाह लिँदा र सधैँ अरूको कुरा सुन्दा उनीहरूले मलाईलाई तुच्छ ठान्छन् र मेरो इज्जत गुम्छ र यसरी मलाई व्यवहारमा ढाल्नाले मेरो मर्यादा गुम्नेछ भन्ने लाग्छ। वास्तवमा, यसको उल्टो हुन्छ। अहङ्कारी र आत्मधर्मी हुनु, केही नसिक्नु, सबै कुरामा पछि पर्नु र पुरानो पाराको हुनु, अनि ज्ञान, अन्तर्दृष्टि र विचारको कमी हुनुचाहिँ वास्तवमा लाजमर्दो कुरा हो, यस्तो हुँदा व्यक्तिले निष्ठा र मर्यादा गुमाउँछ। कतिपय मानिस कुनै कुरा राम्ररी गर्न सक्दैनन्, तिनीहरूमा आफूले सिक्ने हरकुराबारे आधारभूत बुझाइ हुन्छ, तिनीहरू केही सिद्धान्त मात्र बुझेर सन्तुष्ट हुन्छन् र आफूलाई योग्य ठान्छन्। तर अझै तिनीहरू कुनै कुरा पूरा गर्न सक्दैनन्, र केही ठोस परिणाम निकाल्दैनन्। यदि तैँले तिनीहरूलाई तिमीहरू केही बुझ्दैनौ र तिमीहरूले केही प्राप्त गरेका छैनौ भनेर भनिस् भने, तिनीहरू विश्वस्त हुँदैनन् र आफ्नो कुराको तर्क दिइरहन्छन्। तर तिनीहरूले काम गर्दा झारा टार्छन् र तिनीहरू लापर्बाह हुन्छन्। यदि व्यक्तिले कुनै काम राम्ररी सम्हाल्न सक्दैन भने ऊ बेकामे हुँदैन र? के ऊ निकम्मा हुँदैन र? अत्यन्तै कम क्षमता भएका मान्छेहरूले सरलभन्दा सरल काम पनि राम्ररी सम्हाल्न सक्दैनन्। तिनीहरू निकम्मा हुन्छन् र तिनीहरूको जीवनको कुनै मूल्य हुँदैन। केही मानिस भन्छन्, “म शिक्षा वा ज्ञानविना नै गाउँमा हुर्केँ, र मेरो क्षमता कमजोर छ, म तिमीहरू शहरमा बस्ने मानिसहरू जस्तो छैनँ, तिमीहरू शिक्षित छौ, तिमीहरूमा ज्ञान छ, त्यसैले तिमीहरू सबै कुरामा अब्बल हुन सक्छौ।” के यो भनाइ सही हो त? (होइन।) यसमा के गलत छ? (व्यक्तिले केही हासिल गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको वातावरणसँग सम्बन्धित हुँदैन; यो मुख्य रूपमा, उसले सिक्ने र आफूलाई सुधार्ने कोसिस गर्छ कि गर्दैन भन्ने कुरामा भर पर्छ।) परमेश्वर मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उनीहरू कत्तिको शिक्षित छन् वा कस्तो वातावरणमा जन्मे, वा कति प्रतिभाशाली छन् भन्ने कुरामा भर पर्दैन। बरु, उहाँ मानिसहरूलाई उनीहरूको सत्यताप्रतिको मनोवृत्तिको आधारमा व्यवहार गर्नुहुन्छ। यो मनोवृत्ति केसँग सम्बन्धित हुन्छ? यो उनीहरूको मानवतासँग, र साथै स्वभावसँग पनि सम्बन्धित हुन्छ। तँ परमेश्वरमा विश्वास गर्छस् भने तैँले सत्यतालाई सही ढङ्गले व्यवहार गर्न सक्नैपर्छ। यदि तँसँग विनम्र र सत्यता स्विकार्ने मनोवृत्ति छ भने, तँ अलिकति कमजोर क्षमताको भए पनि परमेश्वरले तँलाई अन्तर्दृष्टि दिएर केही प्राप्त गर्न सफल तुल्याउनुहुनेछ। यदि तँ राम्रो क्षमताको छस्, तर सधैँ अहङ्कारी र आत्मधर्मी हुन्छस्, आफूले भनेको सही र अरूले भनेको गलत भनिरहन्छस्, अरूले दिएका सल्लाह-सुझावरू इन्कार गर्छस्, र जसरी सङ्गति गरिए पनि सत्यतालाई अस्वीकारसमेत गर्छस् र सधैँ यसको प्रतिरोध गर्छस् भने, के तँजस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ? के तँजस्तो व्यक्तिमा पवित्र आत्माले काम गर्नहुनेछ? गर्नुहुनेछैन। परमेश्‍वरले तँसँग नराम्रो स्वभाव छ र तँ उहाँको अन्तर्ज्ञान पाउन लायक छैनस् भनी भन्‍नुहुनेछ, र यदि तैँले पश्‍चात्ताप गरिनस् भने, कुनै बेला तँसँग भएका कुराहरू पनि उहाँले खोस्‍नुहुनेछ। खुलासा हुनु भनेको यही हो। यस्ता मानिसहरूले दयनीय जीवन जिउँछन्। तिनीहरू स्पष्ट रूपमा कोही पनि होइनन्, र सबै कुरामा अदक्ष छन्, तैपनि तिनीहरू आफूलाई असल, र सबै हिसाबमा अरूभन्दा राम्रो ठान्छन्। तिनीहरूले अरूको छेउमा आफ्‍ना गल्ती, कमी, कमजोरी वा नकारात्मकताबारे कहिल्यै छलफल गर्दैनन्। तिनीहरू सधैँ सक्षम भएको नाटक गरिरहेका हुन्छन् र अरूलाई झूटो छवि प्रस्तुत गरेर आफू सबै कुरामा माहिर भएको, आफूमा कुनै कमजोरी नभएको, आफूलाई कुनै सहयोग नचाहिने, आफूले अरूको विचार सुन्नु नपर्ने, आफ्‍ना कमीकमजोरीलाई परिपूर्ति गर्न अरूको सामर्थ्यबाट सिक्नु नपर्ने र आफू सधैँ अरूभन्दा उत्तम नै रहिरहने भनी सोच्ने तुल्याउन प्रयास गरिरहेका हुन्छन्। यो कस्तो प्रकारको स्वभाव हो? (अहङ्कार।) कति अहङ्कार! यस्ता मानिसहरू दयनीय जीवन जिउँछन्! के तिनीहरू साँच्चै सक्षम छन् त? के तिनीहरू साँच्चै कामकुरा सम्पन्न गर्न सक्छन् त? तिनीहरूले विगतमा धेरै कुराहरू बिगारेका थिए, तर पनि यस्ता मानिसहरूलाई जे पनि गर्न सक्छु जस्तो लाग्छ। के यो अति अव्यावहारिक होइन र? यो हदै समझ नहुने मानिसहरू त मूर्ख नै हुन्। यस्ता मानिसहरू नयाँ कुरा सिक्ने वा नयाँ कुरा स्विकार्ने गर्दैनन्। तिनीहरू भित्रभित्रै सुकिसकेका, सङ्कीर्ण, अनि दरिद्र हुन्छन्, र परिस्थिति जस्तोसुकै भए तापनि तिनीहरू सिद्धान्तहरूलाई पत्ता लगाएर बुझ्न वा परमेश्वरको इच्छा बुझ्न असफल हुन्छन्, अनि नियममा टाँसिरहन, वचन र सिद्धान्तहरू बोल्न र देखावटी गर्न मात्र जान्दछन्। परिणामस्वरूप तिनीहरू कुनै पनि सत्यता बुझ्दैनन् र तिनीहरूमा रत्तिभर सत्यता वास्तविकता हुँदैन, तैपनि तिनीहरू अत्यन्तै अहङ्कारी नै रहन्छन्। तिनीहरू केवल मूर्ख, कुनै पनि तर्क फिटिक्कै नस्विकार्ने मानिस हुन् र निष्कासित हुन मात्रै सक्छन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि मानिसहरूले कुनै मामला सामना गर्दा, धेरै आफुखुसी गर्छन् र सत्यता नखोजी आफ्नै विचारहरू लाद्न खोज्छन् भने, यो निकै खतरनाक हुन्छ। परमेश्वरले यी मानिसहरूलाई घृणा र इन्कार गर्नुहुनेछ र पन्छ्याइदिनुहुनेछ। यसको परिणाम के हुनेछ? तिनीहरूलाई हटाइने खतरा छ भनेर निश्चित रूपमा भन्न सकिन्छ। तर, सत्यताको खोजी गर्नेहरूले पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन प्राप्त गर्न सक्छन्, र फलस्वरूप, परमेश्वरको आशिष् प्राप्त गर्न सक्छन्। सत्यता खोज्ने र सत्यता नखोज्ने दुई फरक मनोवृतिहरूले तँमा दुई फरक स्थितिहरू र दुई फरक परिणामहरू निम्त्याउन सक्छन्। तिमीहरू कस्तो खालको परिणाम रोज्छौ? (म परमेश्वरको अन्तर्दृष्टि प्राप्त गर्न रुचाउँछु।) यदि मानिसहरूले परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ पाउन, अनि परमेश्‍वरको अनुग्रह प्राप्त गर्न चाहन्छन् भने, तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ? तिनीहरूमा प्राय परमेश्‍वरको अघि खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। तैँले आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको, अरूसँग अन्तरक्रिया गरिरहेको, वा तँमाथि आइपरेको कुनै खास समस्या सम्हालिरहेको भए पनि वा नभए पनि, तँसँग खोजी गर्ने र आज्ञाकारी मनोवृत्ति हुनुपर्छ। यस प्रकारको मनोवृत्ति छ भने, तँसँग परमेश्‍वरको डर मान्ने हृदय छ भन्न सकिन्छ। सत्यताको खोजी र पालना गर्न सक्नु नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग हो। यदि तँमा खोजी र आज्ञापालनको मनोवृत्तिको कमी छ, र बरु तँ आफ्नै कुरामा लागिपर्छस् जिद्दी तरिकाले विरोधी छस्, र तँ सत्यतालाई स्विकार्न मान्दैनस् र सत्यतादेखि दिक्क भएको छस् भने, तैँले प्राकृतिक रूपमा नै निकै धेरै दुष्ट काम गर्नेछस्। तैँले यस कार्यलाई रोक्‍न सक्‍नेछैनस्! यदि मानिसहरूले यसलाई समाधान गर्न कहिल्यै पनि सत्यताको खोजी गर्दैनन् भने, अन्तिम परिणाम के हुनेछ भने, तिनीहरूले जति नै धेरै अनुभव गरेको भए पनि, तिनीहरू जति नै धेरै परिस्थितिहरूमा परे पनि, परमेश्‍वरले तिनीहरूलाई जति नै पाठहरू दिनुभए पनि, तिनीहरूले अझै पनि सत्यतालाई बुझ्‍नेछैनन्, र अन्तिममा तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न नसक्‍ने अवस्थामा नै रहनेछन्। यदि मानिसहरूमा सत्यता वास्तविकता छैन भने, तिनीहरूले परमेश्‍वरको मार्गलाई पछ्याउन सक्‍नेछैनन्, र यदि तिनीहरूले परमेश्‍वरको मार्गलाई कहिल्यै पछ्याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू होइनन्। मानिसहरू आफ्‍नो कर्तव्य निभाउने र परमेश्वरलाई पछ्याउने चाहनाको बारेमा कुरा गरेको गर्‍यै गर्छन्। के यी कुराहरू सरल छन् त? अवश्य नै छैनन्। यी कुराहरू मानिसहरूको जीवनमा अत्यन्तै महत्त्वपूर्ण छन्! व्यक्तिले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्‍ने कार्य हासिल गर्नको निम्ति आफ्नो कर्तव्य राम्ररी निभाउन सजिलो छैन। तर म तिमीहरूलाई एउटा अभ्यासको सिद्धान्तभन्नेछु: जब तँमाथि कुनै कुरा आइपर्छ तब तँसँग खोजी र आज्ञापालन गर्ने मनोवृत्ति छ भने, यसले तँलाई रक्षा गर्नेछ। अन्तिम लक्ष्य भनेको तेरो सुरक्षा गर्नु होइन। त्यो त तँलाई सत्यता बुझ्‍न लगाउनु र सत्यता वास्तविकतामा प्रवेश गर्नु, अनि परमेश्वरको मुक्ति प्राप्त गर्नु हो—अन्तिम लक्ष्य यही हो। तैँले अनुभव गर्ने सबै कुराको बारेमा तँसँग यो मनोवृत्ति भयो भने, आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्‍वरको इच्‍छा पूरा गर्नु भनेको रित्तो शब्‍दहरू र नाराहरू हुन् भन्‍ने तँलाई लाग्‍न छोड्नेछ; यो कार्य त्यति झमेलापूर्ण लाग्‍न छोड्नेछ। बरु, तँलाई थाहै नभई, तैँले निकै धेरै सत्यताहरूलाई बुझिसकेको हुनेछस्। यदि तैँले यसरी नै अनुभव गर्न खोजिस् भने, तैँले अवश्य नै इनामहरू प्राप्त गर्नेछस्। तँ जो भए पनि, तँ जति उमेरको भए पनि, तँ जति शिक्षित भए पनि, तैँले परमेश्‍वरमा जति धेरै वर्ष विश्‍वास गरे पनि, वा तैँले जे कर्तव्य निर्वाह गरे पनि, त्यसले केही फरक पार्दैन। जबसम्म तँसँग खोजी गर्ने र आज्ञाकारिताको मनोवृत्ति हुन्छ, जबसम्म तैँले यसरी अनुभव गर्छस्, तबसम्म अन्तिममा तैँले निश्‍चय नै सत्यतालाई बुझ्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्। तर तँमाथि आइपर्ने सबै कुराको बारेमा तँसँग खोजी र आज्ञापालनको मनोवृत्ति छैन भने, तैँले सत्यतालाई बुझ्‍न सक्‍नेछैनस्, न त तँ सत्यता वास्तविकतामा नै प्रवेश गर्न सक्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानवजातिलाई शैतानद्वारा यति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ कि तिनीहरू सबैमा शैतानी प्रकृति र अहङ्कारी स्वभाव हुन्छ; बेबकुफ र मूर्खहरूसमेत अहङ्कारी हुन्छन्, र तिनीहरू अरूभन्दा राम्रो छु भन्ठान्छन् र अरूको आज्ञापालन गर्न मान्दैनन्। यो प्रष्टै देखिन्छ, मानवजातिलाई अति गहिरो रूपले भ्रष्ट तुल्याइएको छ र तिनीहरूलाई परमेश्‍वरप्रति समर्पित हुन धेरै कठिन हुन्छ। तिनीहरू आफ्नो अहङ्कार र आत्मधार्मिकताको कारण पूरै समझहीन बनेका छन्; तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्—अरू मानिसहरूको कुरा सही र सत्यताबमोजिम भए पनि, तिनीहरूले ती कुराहरू पालन गर्दैनन्। अहङ्कारकै कारण मानिसहरू परमेश्‍वरको आलोचना, निन्दा, र प्रतिरोध गर्ने आँट गर्छन्। अनि, कसरी यो अहङ्कारी स्वभाव समाधान गर्न सकिन्छ? के यसलाई मानव संयममा भर परेर समाधान गर्न सकिन्छ? के यसलाई पहिचान र स्वीकार गरेर मात्र समाधान गर्न सकिन्छ? कदापि सकिँदैन। अहङ्कारी स्वभाव समाधान गर्ने एउटै मात्र तरिका छ, र त्यो परमेश्‍वरको न्याय र दण्ड स्विकार्नु हो। सत्यता स्विकार्न सक्षमहरूले मात्र बिस्तारै आफ्नो अहङ्कारी स्वभाव त्याग्न सक्छन्; सत्यता नस्विकार्नेहरूले कहिल्यै आफ्नो अहङ्कारी स्वभाव समाधान गर्न सक्दैनन्। म त्यस्ता धेरै मानिसहरू देख्छु जो आफूले केही प्रतिभा देखाउँदा घमण्डी बनिहाल्छन्। जब तिनीहरूले आफूमा केही क्षमता भएको देखाउँछन्, तिनीहरू आफू धेरै प्रभावशाली छु भन्ठान्छन्, अनि यी क्षमताहरूमै भर परिबस्छन्, थप मेहनत गर्दैनन्। अरूले जे भने पनि तिनीहरू सुन्दैनन्, तिनीहरू आफूसँग भएका यी साना कुराहरू सत्यता हुन्, र आफू सर्वोच्च हुँ भन्ठान्छन्। यो कस्तो स्वभाव हो? यो अहङ्कारी स्वभाव हो। तिनीहरूमा समझको अत्यन्तै कमी छ। के व्यक्तिमा अहङ्कारी स्वभाव हुँदा उसले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छ? के उसले परमेश्‍वरप्रति आज्ञाकारी हुन र अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउन सक्छ? यो त झन् कठिन छ। अहङ्कारी स्वभाव सुल्झाउन, उसले आफ्नो कर्तव्य निभाउने क्रममा परमेश्‍वरको काम, उहाँको न्याय र दण्ड अनुभव गर्न सिक्‍नुपर्छ। यस तरिकाले मात्र उसले आफूलाई साँच्चिकै चिन्न सक्छ। प्रस्ट रूपमा आफ्नो भ्रष्ट सार बुझेर, राम्रोसित आफ्नो अहङ्कारको जड देखेर, र त्यसपछि त्यसलाई खुट्याएर अनि विश्‍लेषण गरेर मात्र तैँले साँच्चिकै आफ्नो प्रकृति सार चिन्न सक्छस्। तैँले आफूभित्रका सबै भ्रष्ट कुराहरू उजागर गर्नुपर्छ, र ती कुराहरूलाई सत्यतासँग तुलना गरेर सत्यताको आधारमा चिन्नुपर्छ, र त्यसपछि तैँले तँ को होस् भनेर चिन्‍नेछस्: तँ अहङ्कारी स्वभावले मात्र भरिएको छैनस्, र तँमा समझ र आज्ञाकारिताको मात्र कमी छैन, तँमा त धेरै कुराहरूको पनि कमी छ, तँमा सत्यता वास्तविकता छैन, र तँ कति दयनीय छस् भनी तैँले देख्नेछस्। त्यसपछि, तँ अहङ्कार बन्‍न सक्दै सक्नेछैनस्। यदि तैँले आफूलाई यस तरिकाले विश्‍लेषण गरेर चिन्दैनस् भने, आफ्नो कर्तव्य निभाउँदा तैँले ब्रहमाण्डमा आफ्नो स्थान के हो भनेर चिन्नेछैनस्। तैँले आफू हर कोणबाट महान्‌ छु, अरूका सबै कुराहरू खराब छन्, र आफू मात्र सबैभन्दा उत्तम हुँ भन्ठान्नेछस्। अनि, तैँले आफूलाई अरूले आदर र आराधना गरून् भनेर सधैँ हरेक व्यक्तिसामु धाक देखाउनेछस्। यो आफूमा बिलकुलै आत्मसचेतना नहुनु हो। कतिपय मानिसहरू सधैँ धाक देखाइरहेका हुन्छन्। जब अरूहरूलाई त्यो कुरा त्यति रुचिकर लाग्दैन, तब उनीहरूले तिनीहरूलाई अहङ्कारी भनेर आलोचना गर्छन्। तर तिनीहरू त्यो कुरा स्वीकार गर्दैनन्; तिनीहरू अझै पनि आफूलाई प्रतिभाशाली र सीपालु नै भन्ठान्छन्। यो कस्तो स्वभाव हो? तिनीहरू अत्यन्तै अहङ्कारी र आत्मधर्मी छन्। के यति धेरै अहङ्कारी र आत्मधर्मी मानिसहरू सत्यताको तृष्णा गर्न सक्षम हुन्छन्? के तिनीहरूले सत्यता पछ्याउन सक्छन्? यदि तिनीहरूले आफूलाई चिन्न कहिल्यै सक्दैनन् र आफ्ना भ्रष्ट स्वभावहरू कहिल्यै फाल्दैनन् भने, के तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन सक्छन् त? कदापि सक्दैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो स्वभावलाई चिन्‍नु नै यसलाई परिवर्तन गर्ने आधार हो

यदि तँ परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा सत्यता स्विकार्न र पालना गर्न सक्दैनस् भने परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्‍न। यदि तँ सत्यतालाई मान्दैनस् र अस्वीकार गर्छस् भने, तँ परमेश्‍वरको विरोध गर्ने मानिस बनिसकेको हुनेछस्। के त्यसपछि पनि परमेश्‍वरले तँलाई मुक्ति दिन सक्नुहुन्छ? पक्कै पनि सक्नुहुन्‍न। परमेश्‍वर तँलाई मुक्ति पाउने मौका दिनुहुन्छ र तँलाई शत्रु ठान्‍नुहुन्‍न, तर तँ सत्यता स्विकार्न सक्दैनस् र परमेश्‍वरलाई आफ्नो विपक्षमा राख्छस्; तैँले परमेश्‍वरलाई आफ्नो सत्यता र आफ्नो मार्ग ठान्‍न नसक्नुले गर्दा तँ परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्छस्। यो समस्या कसरी सुल्झाउन सकिन्छ? तैँले तुरुन्तै पश्चात्ताप गरेर मार्ग बदल्नैपर्छ। उदाहरणका लागि, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कुनै समस्या वा कठिनाइ सामना गर्दा र तँलाई त्यो समाधान गर्न नआउँदा, तैँले त्यसबारे अन्धाधुन्ध मनन गर्नु पटक्कै हुँदैन, तैँले पहिला आफूलाई परमेश्‍वरसामु शान्त पार्नैपर्छ, प्रार्थना र उहाँबाट खोजी गर्नैपर्छ, र उहाँको वचनले त्यसबारे के भन्छ त्यो हेर्नैपर्छ। यदि तैँले परमेश्‍वरको वचन पढिसकेपछि पनि अझै बुझिनस् र यस मामिला कुन सत्यतासँग सम्बन्धित छ भनेर थाहा पाइनस् भने, तँ एउटा सिद्धान्तमा दृढ हुनैपर्छ—त्यो हो, पहिले आज्ञापालन गर्ने, व्यक्तिगत विचार वा सोच नराख्ने, शान्त हृदयले पर्खने, अनि परमेश्‍वर कसरी अभिप्राय राख्नुहुन्छ र कसरी कार्य गर्न चाहनुहुन्छ हेर्ने। जब तँ सत्यता बुझ्दैनस्, तैँले अन्धाधुन्ध र लापरवाह तरिकाले कार्य गर्नुभन्दा सत्यता खोज्नुपर्छ, र परमेश्‍वरको प्रतीक्षा गर्नुपर्छ। तैँले सत्यता नबुझ्दा, यदि कसैले तँलाई सल्लाह दिन्छ र सत्यताअनुसार कसरी काम गर्ने भनेर बताउँछ भने, तैँले सर्वप्रथम यो स्वीकार गर्नुपर्छ अनि सबैलाई यसमा सङ्गति गर्न दिनुपर्छ, अनि यो मार्ग सही हो कि होइन, र यो सत्यताको सिद्धान्तअनुरूप छ कि छैन भनेर हेर्नुपर्छ। यदि यो सत्यताअनुसार रहेछ भनेर तँ पक्‍का भइस् भने, त्यसरी नै अभ्यास गर्; यदि यो सत्यताअनुसार छैन भनेर तैँले निर्धारित गरिस् भने, त्यसरी अभ्यास नगर्। यो त्यस्तो सरल छ। तैँले सत्यता खोज्दा, धेरै मानिसहरूबाट खोज्नुपर्छ। यदि जो कसैले केही कुरा भन्छ भने, तैँले उसको कुरा सुन्‍नुपर्छ, उसका सबै शब्दहरू गम्भीरतापूर्वक लिनुपर्छ। तिनलाई बेवास्ता नगर् वा तुच्छ नठान् किनकि यो तेरो कर्तव्यको दायराभित्रका मामिलासँग सम्बन्धित छ, र तैँले यसलाई गम्भीरतापूर्वक लिनैपर्छ। यो नै सही मनोवृत्ति र सही स्थिति हो। यदि तँ सही स्थितिमा छस्, र तैँले सत्यताप्रति दिक्‍क मान्‍ने र सत्यतालाई घृणा गर्ने स्वभाव प्रकट गर्दैनस् भने, यसरी अभ्यास गर्नुले तेरो भ्रष्ट स्वभावको स्थान लिनेछ। यो नै सत्यता अभ्यास हो। यदि तैँले यसरी सत्यता अभ्यास गरिस् भने, कस्तो फल फल्नेछ? (हामीलाई पवित्र आत्माको मार्गदर्शन मिल्नेछ।) पवित्र आत्माको मार्गदर्शन पाउनु एउटा पक्ष हो। कहिलेकाहीँ, मामिला एकदमै सरल हुनेछ, र तैँले आफ्नै दिमाग प्रयोग गरेर त्यो प्राप्त गर्न सक्नेछस्; अरूले तँलाई सुझाव दिइसकेपछि र तैँले बुझिसकेपछि, तँ परिस्थितिहरू ठिक गर्न र सिद्धान्तअनुसार कार्य गर्न सक्षम हुनेछस्। मानिसहरूलाई यो सानो कुरा लाग्ला, तर परमेश्‍वरका लागि यो ठूलो कुरा हो। किन म यसो भन्छु? किनभने तैँले यसरी अभ्यास गर्दा, परमेश्‍वरका लागि तँ सत्यता अभ्यास गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने र सत्यतादेखि दिक्‍क नमान्‍ने व्यक्ति हुन्छस्—परमेश्‍वरले तेरो हृदय जाँच्नुहुँदा, तेरो स्वभाव पनि हेर्नुहुन्छ, यो ठूलो कुरा हो। अर्को शब्दमा भन्‍नुपर्दा, तैँले परमेश्‍वरसामु आफ्नो कर्तव्य निभाउँदा र काम गर्दा, तैँले जिउने र प्रकट गर्ने सबै कुरा मानिसहरूमा हुनुपर्ने सत्यताको वास्तविकता हुन्। तैँले गर्ने हरेक कुरामा तँमा हुने मनोवृत्ति, सोच, र स्थिति परमेश्‍वरका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्, र परमेश्‍वरले तिनको सूक्ष्म जाँच गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

तँलाई कुनै समस्या आइपर्दा, तैँले तर्क गर्नुको सट्टा पहिला आफ्नो धारणा, कल्पना र निर्णयलाई पर पन्साउनुपर्छ—व्यक्तिमा हुनुपर्ने तर्कसङ्गतपन यही हो। यदि मैले नबुझ्ने कुनै कुरा छ र यो मेरो विशेषज्ञताको क्षेत्र होइन भने, म यो विषय थाहा हुने व्यक्तिसँग परामर्श लिनेछु। ऊसँग परामर्श लिएपछि, मलाई यो विषयको आधारभूत अवधारणा थाहा हुनेछ। तर मैले यो मामिला आफै कसरी सम्हाल्ने भनेर खोजी गर्नैपर्छ, मैले अरू मानिसहरूको मात्र कुरा सुन्नु हुँदैन, न त आफ्नो धारणअनुसार मात्रै यो मामिला सम्हाल्नु नै हुन्छ। मैले मण्डलीको कामलाई फाइदा पुग्ने तरिकामा र सत्यता सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भनेर खोजी गर्नैपर्छ। के यो परिस्थिति सम्हाल्ने तर्कसङ्गत तरिका होइन र? के सामान्य व्यक्तिमा हुनुपर्ने समझ यही होइन र? यसरी सुझाव खोज्नु र माग्नु सही तरिका हो। मानिलिऊँ तँ निश्‍चित क्षेत्रमा जानकार छस् र म यसबारे तँसँग परामर्श लिन्छु, तर त्यसपछि तँ आफूले भनेको कुरा मैले पालन गर्न र तेरो कार्य योजना लागू गर्न दबाब दिन्छस् भने—त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो अहङ्कारी स्वभाव हो। अब तेरो लागि कार्य गर्ने उचित तरिका के हुनेछ? तैँले यसो भन्नुपर्छ: “मलाई यस क्षेत्रमा कम ज्ञान छ, तर त्यो सत्यतासित सम्बन्धित छैन। तपाईंले यसलाई सुझावको रूपमा मात्र लिन सक्‍नुहुन्छ, तर ठ्याक्‍कै कसरी कार्य गर्ने भन्ने जानकारीको लागि तपाईंले परमेश्‍वरको इच्छा अझ धेरै खोजी गर्नुपर्छ।” यदि मैले तँलाई सुझाव मागेँ र तँ यो विषय आफूले साँच्चै बुझेको छु भन्‍ने सोच्छस् र आफूलाई असाधारण ठान्छस् भने, यो अहङ्कारी स्वभाव हो। अहङ्कारी प्रकृतिले तँमा यसप्रकारको प्रतिक्रिया र प्रकटीकरण ल्याउन सक्छ—जब कसैले तँलाई सुझाव माग्छ, तैँले तुरुन्तै आफ्नो तर्कसङ्गतपन गुमाउँछस्; तैँले सामान्य व्यक्तिको समझ गुमाउँछस्, र सही निर्णय गर्न सक्दैनस्। जब कसैले भ्रष्ट स्वभाव प्रकट भइरहेको हुन्छ, तब उसको समझ सामान्य हुँदैन। तसर्थ, तँलाई जेसुकै आइपरे पनि, अनि अरूले तँलाई सुझाव मागे नै भने पनि, तैँले धृष्टता देखाउनु हुँदैन, र आफूभित्र सामान्य समझ कायम राख्‍नुपर्छ। कार्य-व्यवहारको सामान्य तरिका के हो? यस बेला, तैँले यसरी विचार गर्नुपर्छ: “मैले यो विषय बुझे पनि धृष्टता देखाउनु हुँदैन। मैले यसलाई सामान्य मानवताको समझअनुसार नै सम्हाल्नुपर्छ।” तैँले परमेश्‍वरसामु फर्केपछि सामान्य मानवताको समझ पाउनेछस्। कहिलेकाहीँ तैँले आत्मसन्तुष्टिको निश्‍चित भाव प्रकट गर्ने भए पनि, तेरो हृदयमा संयम हुनेछ—भ्रष्ट स्वभावका प्रकटीकरणहरू आधा घटनेछन्, र तैँले अरूलाई निकै कम मात्रामा मात्र नकारात्मक प्रभाव पार्नेछस्। तथापि, यदि तँ आफ्नो अहङ्कारी स्वभावअनुसार व्यवहार गर्छस्, सधैँ आफूलाई सही ठान्छस् र फलस्वरूप अरूलाई तेरो कुरा सुन्न बाध्य बनाउँछस् भने, यसले समझको एकदमै कमी भएको देखाउँछ। यदि तैँले मानिसहरूलाई देखाउने मार्ग सही हो भने त परिस्थिति ठिकै हुन सक्ला, तर यदि त्यो गलत हो भने त्यसले तिनीहरूलाई हानि गर्नेछ। यदि कसैले व्यक्तिगत मामिलामा तँलाई सुझाव माग्छ र तैँले उसलाई गलत मार्गमा लगिस् भने, तैँले एक व्यक्तिलाई मात्र हानि गरेको हुनेछस्। तर यदि उसले मण्डलीको कामसँग सम्बन्धित महत्त्वपूर्ण मामिलाबारे सोध्छ र तैँले उसलाई गलत मार्गमा डोऱ्याइस् भने, तैँले मण्डलीको काममा हानि पुऱ्याएको हुनेछस्, र परमेश्‍वरको घरको हितमा नोक्सानी हुनेछ। यदि त्यो समस्या गम्भीर प्रकृतिको छ र त्यसले परमेश्‍वरको स्वभाव चिढ्याउँछ भने, त्यसका परिणामहरू अकल्पनीय हुनेछन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

तैँले जे गरिरहेको भए पनि, कसरी सत्यता खोज्ने र त्यसप्रति समर्पित हुने त्यो सिक्नैपर्छ; तँलाई जसले सल्‍लाह दिइरहेको भए पनि, यदि यो सत्यता सिद्धान्तहरूअनुरूप छ भने, त्यो सानो बालकबाट नै आए पनि, तैँले यसलाई स्विकार्नैपर्छ र यसमा समर्पित हुनैपर्छ। व्यक्तिमा जे-जस्ता समस्याहरू भए पनि, यदि तिनीहरूका शब्‍दहरू र सल्‍लाह सत्यता सिद्धान्तहरूअनुरूप छन् भने, तैँले तिनलाई स्विकार्नुपर्छ र तिनमा समर्पित हुनुपर्छ। यसरी काम गर्दाका नतिजाहरू असल र परमेश्‍वरको इच्‍छाअनुरूप हुनेछन्। मुख्य कुराचाहिँ आफ्नो मनसाय, अनि कामकुरा सम्‍हाल्‍ने आफ्ना सिद्धान्त र विधिहरूलाई हेर्नु हो। यदि कामकुरा सम्‍हाल्‍ने तेरा सिद्धान्त र विधिहरू मानव इच्‍छा, मानव सोच र धारणा, वा शैतानी दर्शनहरूबाट उत्पन्न हुन्छन् भने, ती सिद्धान्त र विधिहरू अव्यावहारिक छन्, र ती अप्रभावकारी हुनेछन्। किनभने तेरा सिद्धान्त र विधिहरूको स्रोत नै गलत छ, र सत्यता सिद्धान्तहरूअनुरूप छैन। यदि तेरा दृष्टिकोणहरू सत्यता सिद्धान्तहरूमा आधारित छन्, र तैँले सत्यता सिद्धान्तहरूअनुरूप कामकुरा सम्‍हाल्छस् भने, तैँले ती अवश्य नै सही तरिकामा सम्‍हाल्नेछस्। तैँले त्यति बेला कामकुरा सम्हाल्ने तरिकालाई कतिपय मानिसले स्वीकार नगरे पनि, वा यसबारे तिनीहरूले धारणाहरू राख्‍ने वा यसको प्रतिरोध गर्ने भए पनि, केही समयपछि यो मान्य हुनेछ। सत्यता सिद्धान्तहरूअनुरूपका कुराहरूले झन्-झन् धेरै सकारात्मक परिणाम ल्याउनेछन्, जबकी सत्यता सिद्धान्तअनुरूप नरहेका कुराहरू त्यो बेला मानिसका धारणासँग मेल खाए पनि, तिनले झन्-झनै धेरै नकारात्मक नतिजा ल्याउनेछन्।ॉ मानिसहरू सबैले यसको पुष्टि पाउनेछन्। तँ आफूले गर्ने कुनै पनि कुरामा मानव बन्धनमा पर्नै हुँदैन, अनि तैँले आफै सङ्कल्पहरू गर्नै हुँदैन; सुरुमा तैँले परमेश्‍वरलाई प्रार्थना गरेर सत्यता खोजी गर्नुपर्छ, त्यसपछि यस विषयबारे सबैसँग खोजी र सङ्गति गर्नुपर्छ। सङ्गति गर्नुको उद्देश्य के हो? यो तैँले परमेश्‍वरको इच्‍छाअनुसार सही तरिकामा कामकुरा गर्न र ठ्याक्‍कै परमेश्‍वरको इच्‍छाअनुरूप कार्य गर्न सक् भनेर हो। यो त यसलाई भन्ने अलि भव्य तरिका हो, र मानिसहरूले यो स्तर हासिल गर्न सक्नेछैनन्। अझ ठोस रूपमा भन्नुपर्दा, यो तैँले कामकुराहरू सत्यता सिद्धान्तहरूअनुसार सही तरिकामा गर्न सक् भनेर हो। यो अझ धेरै वास्तविक छ। जब कुनै व्यक्तिले यो मानक पूरा गर्छ, तब उसले सत्यता अभ्यास गरिरहेको र परमेश्‍वरको इच्छा पालन गरिरहेको हुन्छ; ऊसँग सत्यता वास्तविकता हुन्छ र यसमा कसैबाट कुनै विरोध आउनेछैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग

तिमीहरू आफूलाई केही आइपर्दा आत्मधर्मी पटक्कै हुनु हुँदैन। तिमीहरूले आफूलाई परमेश्‍वरसामु शान्त पार्नैपर्छ र पाठ सिक्नैपर्छ। अझ बढी सिक्नका लागि तिमीहरूले आफूलाई त्याग्‍न सक्नैपर्छ। यदि तँ “म यसमा तिमीहरूभन्दा बढी निपुण छु, त्यसैले म इन्चार्ज हुनुपर्छ, र तिमीहरू सबैले मैले भनेको सुन्‍नुपर्छ!” भनेर सोच्छौ भने, यो कस्तो स्वभाव हो? यो अहङ्कार र आत्मधर्मीपन हो। यो शैतानी, भ्रष्ट स्वभाव हो र यो सामान्य मानवताको क्षेत्रभित्रको कुरा होइन। त्यसोभए, आत्मधर्मी नहुनु भनेको के हो? (त्यो भनेको सबैका सुझाव सुन्‍नु, र सबैसँग कामकुरा छलफल गर्नु हो।) तेरो व्यक्तिगत सोच र विचार जेसुकै भए पनि, यदि तैँले अन्धाधुन्ध तेरो सोच सही छन् र कामकुरा गर्ने तरिका त्यही हो भनी निर्धारण गर्छस् भने त्यो अहङ्कार र आत्मधर्मीपन हो। यदि तँलाई तेरा केही विचार वा मत सही लाग्छ तर तँलाई आफूमा पूर्ण विश्‍वास छैन, र तैँले खोजी र सङ्गति गरेर तिनको पुष्टि गर्न सक्छस् भने, आत्मधर्मी नहुनु भनेको त्यही हो। कार्य गर्नुअघि सबैको समर्थन र स्वीकृति पर्खनु कामकुरा गर्ने समझपूर्ण तरिका हो। यदि कोही तँसँग सहमत हुँदैन भने तैँले त्यसप्रति होसियारीपूर्वक प्रतिक्रिया जनाउनुपर्छ, र आफ्नो कामको व्यावसायिक पक्षहरूमा अति सावधान हुनुपर्छ। तैँले त्यस्तो असहमतिलाई यसो भन्दै अनदेखा गर्न मिल्दैन, “तिमीले यो बढी बुझेका छौ कि मैले? म यस क्षेत्रमा काम गरेको यत्रो समय भइसक्यो—के यसबारे मैले तिमीले भन्दा बढी बुझेको हुनुपर्छ होइन? तिमीलाई यसबारे के थाहा छ? तिमी यो बुझ्दैनौ!” यो राम्रो स्वभाव होइन, यो निकै अहङ्कारी र आत्मधर्मी स्वभाव हो। तँसँग असहमत हुने व्यक्ति सिकारु हुन सक्छ, र उसले त्यस कार्यक्षेत्रलाई राम्ररी नबुझेको हुन सक्छ; तँ सही होला र तैँले सही तरिकाले कार्य गरिरहेको होला तर समस्याचाहिँ तेरो स्वभाव हो। त्यसोभए व्यवहार र कार्य गर्ने सही तरिका के हो त? तैँले सत्यताका सिद्धान्तअनुसार कसरी व्यवहार र कार्य गर्न सक्छस्? तैँले तेरा विचारहरू अघि सारेर सबैलाई तिनीहरूसँग कुनै समस्या छन् कि भनी हेर्न दिनैपर्छ। यदि कसैले सुझाव दिन्छ भने तैँले पहिला त्यसलाई स्विकार्नैपर्छ र त्यसपछि सबैलाई अभ्यासको सही मार्ग पुष्टि गर्न दिनैपर्छ। यदि यसमा कसैलाई आपत्ति छैन भने त्यसपछि तैँले कामकुरा गर्ने सबैभन्दा उचित तरिका निर्धारण गर्न र त्यसै हिसाबले कार्य गर्न सक्छस्। यदि कुनै समस्या भेटियो भने, तैँले सबैको राय माग्नैपर्छ, र तिमीहरू सबैले सँगै सत्यता खोजेर त्यसमा सङ्गति गर्नुपर्छ। र त्यसरी तिमीहरूले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्नेछौ। जब तिमीहरूका हृदय प्रफुल्ल हुन्छ, र तिमीहरूसँग अझ राम्रो मार्ग हुन्छ, तब तिमीहरूले पहिलेकोभन्दा अझ राम्रो नतिजा प्राप्त गर्नेछौ। के यो परमेश्‍वरको मार्गदर्शन होइन र? यो अत्युत्तम कुरा हो! यदि तँ आत्मधर्मी हुनबाट बच्न सक्छस् भने, यदि तँ आफ्ना कल्पना र विचारहरू त्याग्‍न सक्छस् भने, र यदि तँ अरूको सही राय सुन्‍न सक्छस् भने तैँले पवित्र आत्माको अन्तर्दृष्टि पाउन सक्नेछस्। तेरो हृदय प्रफुल्ल हुनेछ र तैँले सही मार्ग भेट्टाउन सक्नेछस्। तँसँग अघि बढ्ने बाटो हुनेछ र जब तँ त्यो अभ्यास गर्छस्, तब त्यो निश्चय नै सत्यताअनुरूप हुनेछ। तैँले यस्तो अभ्यास र अनुभवद्वारा सत्यता अभ्यास कसरी गर्ने भन्‍ने सिक्नेछस् र साथै त्यस कार्यक्षेत्रबारे केही नयाँ कुरा सिक्नेछस्। के यो राम्रो कुरा होइन र? यसबाट तैँले के थाहा पाउनेछस् भने, तँलाई केही आइपर्दा, तँ आत्मधर्मी हुनै हुँदैन र तैँले सत्यता खोजी गर्नैपर्छ, र यदि तँ आत्मधर्मी हुन्छस् र सत्यता स्वीकार गर्दैनस् भने सबैले तँलाई तिरस्कार गर्नेछन् र परमेश्‍वरले तँलाई निश्चय नै घृणा गर्नुहुनेछ। के यो सिकिएको पाठ होइन र? यदि तैँले सधैँ यसरी नै पछ्याइरहिस् र सत्यता अभ्यास गरिरहिस् भने, आफ्नो कर्तव्यमा प्रयोग गर्ने तेरा व्यावसायिक सिपहरू तिखारिँदै जानेछन्, तैँले आफ्नो कर्तव्यमा झन्-झन् राम्रो नतिजा ल्याउनेछस्, र परमेश्‍वरले तँलाई अन्तर्दृष्टि र आशिष् दिनुहुनेछ, र तँलाई अझ बढी लाभ उठाउन दिनुहुनेछ। त्यसबाहेक, तँसँग सत्यता अभ्यासको मार्ग हुनेछ, र जब तँलाई सत्यता अभ्यास गर्न आउँछ, तब तैँले बिस्तारै सिद्धान्तहरू पनि बुझ्नेछस्। जब तैँले कुन कार्यले परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन दिलाउँछ, कुन कार्यले उहाँको घृणा र उपेक्षा निम्त्याउँछ र कुन कार्यले उहाँको अनुमोदन र आशिष् दिलाउँछ भनी जान्‍नेछस्, तब तँसँग अघि बढ्ने मार्ग हुनेछ। जब मानिसहरूले परमेश्‍वरको आशिष् र अन्तर्दृष्टि पाउँछन्, तब तिनीहरूको जीवन प्रगति चाँडो हुनेछ। तिनीहरूले हरेक दिन परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन पाउनेछन्, र तिनीहरूको हृदयमा शान्ति र खुसी छाउनेछ। के यसले तिनीहरूलाई आनन्दित तुल्याउनेछैन र? जब तेरा कार्यहरू परमेश्‍वरसामु राखेर उहाँद्वारा स्वीकृत हुन सक्नेछन्, तब तैँले हृदयमा आनन्द महसुस गर्नेछस्, र भित्रबाट तँमा शान्ति र खुसी छाउनेछ। यो शान्ति र खुसी भनेको परमेश्‍वरले तँलाई दिएका भावना हुन्, पवित्र आत्माले तँलाई प्रदान गरेका अनुभूति हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको अघि बारम्‍बार जिएर मात्रै उहाँसँग सामान्य सम्‍बन्ध कायम राख्‍न सकिन्छ

सम्बन्धित अनुभवात्मक गवाहीहरू

गलत व्यक्तिलाई प्रयोग गरेपछि मनन

मेरो बारेमा रिपोर्ट गरिएपछि

अघिल्लो: १९. अहङ्कार र अभिमानको समस्या कसरी समाधान गर्ने

अर्को: २१. आफ्नै इच्छाअनुसार काम गर्ने समस्या कसरी समाधान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्