९. काटछाँटमा पर्नुलाई कसरी लिने

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई तिरस्कार गर्छ भनी खुलासा गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्‍ने सन्दर्भमा बोलिएको हुन्छ। उहाँको न्यायको काम गर्दा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँ खुलासा र काँटछाँट लामो समयसम्म गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधीहरूलाई सामान्य वचनले प्रतिस्थापन गर्न सक्दैन, तर मानिससँग नभएको सत्यताले प्रतिस्थापन गर्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्‍वस्त हुन सक्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कमले मानवलाई परमेश्‍वरका अभिप्राय, र परमेश्‍वरको कामको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो परमेश्‍वरद्वारा गरिएको न्यायको काम हो। यदि तैँले यी सत्यताहरूलाई महत्वपूर्ण ठानिनस्, यदि तैँले अरू कुराहरू विचार नै नगरी तिनीहरूलाई कसरी बेवास्ता गर्ने, वा तिनीहरूलाई संलग्न नगर्ने नयाँ उपाय कसरी भेट्टाउने भन्‍ने कुरा मात्र तैँले विचार गरिस् भने, तँ डरलाग्दो पापी हो भनी म भन्छु। यदि तेरो विश्‍वास परमेश्‍वरमा छ, तर पनि तैँले सत्यता वा परमेश्‍वरका अभिप्राय खोज्दैनस्, न त तँलाई परमेश्‍वरको नजिक ल्याउने बाटोलाई प्रेम गर्छस् भने, म के भन्छु भने तँ न्यायबाट उम्कने कोसिस गरिरहेको छस्, र तँ ठूलो सेतो सिंहासनबाट भाग्ने कठपुतली वा धोकेबाज होस्। परमेश्‍वरका आँखाबाट भाग्ने कुनै पनि विद्रोहीलाई परमेश्‍वरले बाँकी राख्नुहुनेछैन। यस्ता मानिसहरूले अझ कडा दण्ड पाउनेछन्। परमेश्‍वरको सामु न्याय गरिनका लागि आउनेहरू, र अझ पवित्र बनाइएकाहरू सदासर्वदा परमेश्‍वरको राज्यमा जिउनेछन्। अवश्य पनि यो भविष्यमा हुने कुरा हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

परमेश्‍वरसित मानिसलाई सिद्ध तुल्याउने तरिकाहरू धेरै छन्। मानिसको भ्रष्ट स्वभावको काटछाँट गर्न उहाँले हरप्रकारका वातावरणहरू प्रयोग गर्नुहुन्छ र मानिसलाई उदाङ्गो पार्न विभिन्न कुराहरू प्रयोग गर्नुहुन्छ; एउटा सन्दर्भमा, उहाँले मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोमा उहाँले मानिसलाई उदाङ्गो पार्नुहुन्छ, अनि अर्कोमा उहाँले मानिसको हृदयको गहिराइमा भएका “रहस्य” खोतलेर देखाउँदै मानिसलाई प्रकट गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा अवस्थाहरू प्रकट गर्दै उसको प्रकृति देखाउनुहुन्छ। परमेश्‍वर व्यावहारिक हुनुहुन्छ भनी मानिसले जानोस् भनी परमेश्‍वरले धेरै तरिकाहरूद्वारा—प्रकाशद्वारा, मानिसलाई काटछाँट गरेर मानिसको शोधन गरेर अनि सजाय दिएर—मानिसलाई सिद्ध तुल्याउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ

परमेश्‍वरले प्रत्येक व्यक्तिमा काम गर्नुहुन्छ, र उहाँको काम गर्ने तरिका जस्तोसुकै भए पनि, उहाँले आफ्नो सेवामा जस्तोसुकै प्रकारको मानिस, घटना र परिस्थितिहरूलाई प्रयोग गर्नुभए पनि, वा उहाँका वचनहरूको शैली जस्तो प्रकारको भए पनि, उहाँको अन्तिम लक्ष्य एउटै मात्र हुन्छ: तँलाई मुक्ति दिनु। अनि, उहाँले तँलाई कसरी मुक्ति दिनुहुन्छ? उहाँले तँलाई परिवर्तन गर्नुहुन्छ। त्यसैले तैँले अलिअलि पनि कष्ट नभोग्‍नु कसरी सम्भव हुन्छ? तैँले कष्ट भोग्नु पर्नेछ। यस कष्टमा धेरै कुराहरू समावेश हुन सक्छन्। सुरुमा, मानिसहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्दा तिनीहरूले कष्ट सहनुपर्छ। जब परमेश्‍वरका वचनहरू अत्यन्तै कठोर र खुलस्त हुन्छन् र मानिसहरूले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँका बारेमा धारणाहरूसमेत राख्छन्, तब त्यो पनि पीडादायी नै हुन सक्छ। कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूको भ्रष्टता प्रकाश गर्न, तिनीहरूलाई आत्मचिन्तन गर्दै आफूलाई चिन्‍न बाध्य गराउनको लागि कुनै परिस्थिति ल्याइदिनुहुन्छ, र त्यसबेला पनि तिनीहरूले अलिकति पीडा भोग्‍छन्। कहिलेकाहीँ, जब मानिसहरूलाई प्रत्यक्ष रूपमा काटछाँट र खुलासा गरिन्छ, तब तिनीहरूलाई कष्ट हुन्छ। यो त तिनीहरू चक्‍कुको धारमुनि भएजस्तै कुरा हो—यदि यस्तो कुनै कष्ट हुन्‍न भने, प्रभाव पनि केही हुँदैन। यदि हरेकपटक तँलाई काँटछाँट गरिँदा, र हरेकपटक कुनै वातावरणले तँलाई प्रकाश गर्दा, त्यसले तेरा भावनाहरूलाई जगाउँछ र तँलाई प्रोत्साहन दिन्छ भने, यो प्रक्रियाद्वारा तँ सत्यता वास्तविकतामा प्रवेश गर्नेछस्, र तँसित कद हुनेछ। हरेकपटक तँलाई काटछाँट, र कुनै वातावरणमार्फत तँलाई प्रकाश गरिँदा, तँलाई कुनै पनि प्रकारको पीडा वा असुविधा अनुभूति हुँदैन, र तैँले केही पनि महसुस गर्दैनस् भने, यदि तँ परमेश्‍वरको सामु आउँदैनस् र उहाँका अभिप्रायको खोजी गर्दैनस्, प्रार्थना गर्दैनस् र सत्यताको खोजी पनि गर्दैनस् भने, तँ साँच्चै अति चेतनाशून्य छस्! जब तेरो आत्माले केही अनुभव गर्दैन, र यसले कुनै प्रतिक्रिया दिँदैन, तब परमेश्‍वरले तँमा काम गर्नुहुनेछैन। उहाँले भन्नुहुनेछ, “यो व्यक्ति अति नै चेतनाशून्य छ, र धेरै गहन रूपमा भ्रष्ट भएको छ। मैले त्यसलाई जति नै अनुशासनमा राखे पनि, जति नै काँटछाँट गरे पनि वा जति नै काबूमा राख्‍न खोजे पनि, मैले त्यसको हृदय छुन वा त्यसको आत्मालाई जगाउन सक्दिनँ। यो व्यक्ति समस्यामा पर्नेछ; त्यसलाई मुक्ति दिन सजिलो छैन।” यदि परमेश्‍वरले तेरो लागि केही वातावरण, मानिसहरू, घटनाहरू, र काम-कुराहरू मिलाउनुहुन्छ भने, यदि उहाँले तँलाई काँटछाँट गर्नुहुन्छ भने र यदि तैँले त्यसबाट पाठ सिक्छस् भने, यदि तैँले परमेश्‍वरको सामु आउन सिकेको छस् भने, सत्यको खोजी गर्न सिकेको छस्, र अनजानमा, अन्तर्दृष्टि र प्रकाश पाएको छस् र सत्यता प्राप्त गरेको छस् भने, यदि तैँले यी वातावरणहरूमा परिवर्तन अनुभव गरेको छस्, इनामहरू कटनी गरेको छस्, र उन्नति गरेको छस् भने, यदि तैँले परमेश्‍वरका अभिप्रायलाई अलि-अलि बुझ्न थालेको छस् र गुनासो गर्न छोडेको छस् भने, यी सबैको अर्थ तँ यी वातावरणहरूका सबै परीक्षाहरूको बीचमा दह्रो भई खडा भएको छस्, र तैँले त्यो जाँचको सामना गरेको छस् भन्‍ने हुन्छ। त्यसरी तँ त्यो कठिन जाँचबाट पार भएर गएको हुनेछस्। परीक्षामा नडगमगाउनेहरूलाई परमेश्‍वरले कसरी लिनुहुनेछ? परमेश्‍वरले तिनीहरूमा साँचो हृदय छ र तिनीहरूले यस प्रकारको कष्ट सहन सक्छन्, र भित्री रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्छन् र सत्यता प्राप्त गर्न चाहन्छन् भनेर भन्‍नुहुनेछ। यदि परमेश्‍वरले तँलाई यसरी मूल्याङ्कन गर्नुभयो भने, के तँ कद भएको व्यक्ति हुँदैनस् र? के त्यसपछि तँसँग जीवन हुँदैन र? अनि यो जीवन कसरी प्राप्त गर्न सकिन्छ? के यो परमेश्‍वरले दिनुहुन्छ? परमेश्‍वरले तँलाई विभिन्न तरिकाद्वारा आपूर्ति दिनुहुन्छ र तँलाई तालिम दिनको लागि विभिन्न मानिसहरू, घटनाहरू र परिस्थितिहरू प्रयोग गर्नुहुन्छ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले व्यक्तिगत रूपमै तँलाई खाना र पानी दिँदै हुनुहुन्छ, तैँले पेटभरि खा र आनन्द लिई भनेर व्यक्तिगत रूपमै विविध खाद्यपदार्थ तेरो सामु ल्याउँदै हुनहुन्छ; र त्यसपछि मात्र तँ वृद्धि हुन र दह्रिलो गरी खडा हुन सक्छस्। तैँले यी कुराहरूलाई यसरी नै अनुभव गर्नु र बुझ्‍नुपर्छ; परमेश्‍वरबाट आउने हरेक कुरामा यसरी नै समर्पित हुनुपर्छ। तँमा यही प्रकारको मानसिकता र मनोवृत्ति हुनुपर्छ, र तैँले सत्यताको खोजी गर्न सिक्‍नैपर्छ। तैँले निरन्तर तेरा समस्याहरूको बाहिरी कारणहरू खोज्‍ने वा तिनका लागि अरूलाई दोष लगाउने वा मानिसहरूको गल्ती खोतल्‍ने काम गर्नु हुँदैन; तँमा परमेश्‍वरका अभिप्रायका बारेमा स्पष्ट बुझाइ हुनुपर्छ। बाहिरबाट हेर्दा, कतिपय मानिसहरूसँग तेरो बारेमा रायहरू रहेको वा तेरो विरुद्धमा द्वेषभाव रहेको जस्तो देखिन सक्छ, तर तैँले परिस्थितिलाई त्यसरी हेर्नु हुँदैन। यदि तैँले परिस्थितिलाई यस प्रकारको दृष्टिकोणबाट हेर्छस् भने, तैँले बहाना मात्रै बनाउनेछस्, र तैँले केही पनि प्राप्त गर्न सक्‍नेछैनस्। तैँले परिस्थितिहरूलाई वस्तुगत रूपमा हेर्नुपर्छ र सबै कुरालाई परमेश्‍वरबाट आएको भनी स्वीकार गर्नुपर्छ। जब तैँले परिस्थितिहरूलाई यसरी हेर्छस्, तब परमेश्‍वरको कामप्रति समर्पित हुन तँलाई सहज हुनेछ, र तैँले सत्यता खोजी गर्न, र परमेश्‍वरका अभिप्राय बुझ्‍न सक्‍नेछस्। तेरो दृष्टिकोण र मानसिकता सुधार हुनेबित्तिकै, तैँले सत्यता प्राप्त गर्न सक्‍नेछस्। त्यसो भए, तैँले किन यसो गर्दैनस्? किन विरोध गर्छस्? यदि तैँले विरोध गर्न छोडेको भए, सत्यता प्राप्त गर्नेथिइस्। यदि तैँले विरोध गरिस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्, र परमेश्‍वरका भावनाहरूमा चोट पुर्‍याउनेछस् र उहाँलाई खिन्‍न तुल्याउनेछस्। परमेश्‍वर किन खिन्‍न हुनुहुनेछ? किनभने तँ सत्यता स्विकार्दैनस्, तँसँग मुक्तिको आशा छैन, र परमेश्‍वरले तँलाई प्राप्त गर्न सक्‍नुहुन्‍न, तब उहाँ खिन्‍न नभई कसरी बस्‍न सक्‍नुहुन्छ? जब तैँले सत्यता स्वीकार गर्दैनस्, तब त्यो परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमा दिनुभएको खाना इन्कार गर्नुसरह हुन्छ। तैँले मलाई भोक लागेको छैन र तँलाई यसको खाँचो छैन भनी भन्छस्; परमेश्‍वरले तँलाई खान प्रोत्साहित गर्नको लागि बारम्‍बार प्रयास गर्नुहुन्छ, तर तँ अझै पनि यसलाई चाहँदैनस्। बरु तँ भोकै बस्‍न चाहन्छस्। तँलाई आफू अघाएको छु भन्‍ने लाग्छ, तर वास्तवमा, तँसँग बिलकुलै केही पनि हुँदैन। यस्ता मानिसहरूमा समझको औधी कमी हुन्छ, र तिनीहरू औधी आत्मधर्मी हुन्छन्; साँच्‍चै नै तिनीहरूले देख्दा पनि एउटै असल कुरा पनि चिन्दैनन् र तिनीहरू सबैभन्दा दरिद्र र दयनीय मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

केही मानिसहरू आफूलाई काटछाँट गरिएपछि नकारात्मक हुन्छन्; तिनीहरूले आफ्ना कर्तव्यहरू गर्ने सबै ऊर्जा गुमाउँछन्, र तिनीहरूको बफादारीसमेत गुम्छ। यस्तो किन हुन्छ? यो एकदमै गम्भीर समस्या हो; यो सत्यता स्विकार्न नसकेको अवस्था हो। अनि, तिनीहरूले सत्यता स्विकार्न नसकेको आंशिक रूपमा आफ्ना भ्रष्ट स्वभावहरूको ज्ञान नहुनाले गर्दा हो, र यसले तिनीहरूलाई काटछाँट स्विकार्न नसक्‍ने तुल्याउँछ। यो तिनीहरूको प्रकृतिबाट निर्धारित हुन्छ जुन अहङ्कारी र घमन्डी हुन्छ, र जसले सत्यलाई प्रेम गर्दै गर्दैन। यो आंशिक रूपमा मानिसहरूले काटछाँट गरिनुको महत्त्व नबुझ्नाले गर्दा पनि भएको हो। तिनीहरूले काटछाँट गरिनु भनेको तिनीहरूका परिणामहरू निर्धारण गरिसकिएको हुनु हो भनी विश्‍वास गर्छन्। फलस्वरूप, तिनीहरूले गलत रूपमा यो विश्‍वास गर्छन् कि यदि तिनीहरूले आफूलाई परमेश्‍वरमा अर्पित गर्न आफ्‍नो परिवार त्याग्छन्, र तिनीहरूसित परमेश्‍वरप्रति केही बफादारी छ भने, तिनीहरूलाई काटछाँट गरिनु हुँदैन; र यदि तिनीहरूलाई काटछाँट गरियो भने त्यो परमेश्‍वरको प्रेम र धार्मिकता होइन। यसप्रकारको गलत बुझाइले धेरै मानिसहरूलाई परमेश्‍वरप्रति बफादार बन्‍न साहस नगर्ने बनाउँछ। वास्तवमा, निष्कर्ष के हो भने तिनीहरू अत्यन्तै धेरै कपटपूर्ण र कठिनाइ भोग्‍न नचाहने भएकाले यस्तो भएको हो। तिनीहरू केवल सजिलो प्रकारले आशिष्‌हरू प्राप्त गर्न मात्र चाहन्छन्। मानिसहरूले परमेश्‍वरको धर्मी स्वभाव बुझ्दै बुझ्दैनन्। तिनीहरू परमेश्‍वरका सबै कार्य धर्मी छन् वा उहाँले सबैप्रति गर्ने व्यवहार धर्मी छ भनेर कहिल्यै विश्‍वास गर्दैनन्। यस मामिलामा तिनीहरू सत्यता कहिल्यै खोज्दैनन्, बरु यसमा सधैँ आफ्नै तर्क गरिरहन्छन्। चाहे कुनै व्यक्तिले जस्तोसुकै खराब काम गरेको होस्, जति नै ठूलो पाप गरेको होस्, वा जति धेरै दुष्ट्याइँ गरेको नै किन नहोस्, जबसम्म ऊमाथि परमेश्‍वरको न्याय र सजाय बर्सिरहन्छ, तबसम्म उसले स्वर्ग पक्षपाती छ र परमेश्‍वर धर्मी हुनुहुन्‍न भन्‍ने नै सोच्नेछ। यदि परमेश्‍वरका कार्यहरू उसका चाहनाअनुसारका छैनन् भने, वा यदि उहाँका कार्यहरू उसका भावनाहरूको ख्याल गर्ने खालका छैनन् भने, मान्छेको नजरमा उहाँ धर्मी हुँदै हुनुहुन्‍न। तर मानिसहरूले आफ्ना कार्यहरू सत्यताअनुरूप छन् कि छैनन् भनेर चाहिँ कहिल्यै जान्दैनन्, न त तिनीहरूले आफ्ना कार्यहरूद्वारा परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको विरोध गर्छन् भनेर नै कहिल्यै महसुस गर्छन्। यदि मानिसहरूले जे-जसरी अपराध गरे पनि परमेश्‍वरले तिनीहरूलाई कहिल्यै पनि काटछाँट गर्ने वा तिनीहरूको विद्रोहको निम्ति तिनीहरूलाई गाली गर्ने नगरेर, तिनीहरूसित सदैव शान्त र नम्र रहँदै, अनि प्रेम र धैर्यसाथ व्यवहार गर्दै तिनीहरूलाई उहाँसँग खानपान र रमाइलो गर्न दिनुभएको भए, मानिसहरूले परमेश्‍वरसित कहिल्यै पनि गुनासो गर्ने वा उहाँलाई अधर्मी भनेर आलोचना गर्नेथिएनन्; बरु, तिनीहरूले बेइमानीसाथ उहाँ अत्यन्तै धर्मी हुनुहुन्छ भनेर दाबी गर्नेथिए। के त्यस्ता मानिसहरूले परमेश्‍वरलाई चिन्छन्? के तिनीहरू परमेश्‍वरसित एउटै मन र मस्तिष्कका हुन्छन्? जब परमेश्‍वरले मानिसहरूलाई न्याय र काटछाँट गर्नुहुन्छ, तब तिनीहरू उहाँमा समर्पित हुन र उहाँलाई प्रेम गर्न सफल हुन सकून् भनेर उहाँले तिनीहरूको जीवन स्वभाव शुद्ध पार्न र रूपान्तरित गर्न चाहिरहनुभएको हुन्छ भनेर तिनीहरूलाई कुनै आभास हुँदैन। त्यस्ता मानिसहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वासै गर्दैनन्। जबसम्म परमेश्‍वरले मानिसहरूलाई गाली, खुलासा र काटछाँट गर्नुहुन्छ, तबसम्म तिनीहरू नकारात्मक र कमजोर भइरहनेछन्, परमेश्‍वरले प्रेम गर्नुहुन्‍न भनी गुनासो गरिरहनेछन् र मानिसहरूलाई परमेश्‍वरले गर्नुभएको न्याय र सजाय गलत छ भनी गनगन गरिरहनेछन्, तर तिनीहरूले यो परमेश्‍वरले मान्छेलाई शुद्धीकरण गरी मुक्ति दिइरहनुभएको कुरा हो भनेर देख्न सक्‍नेछैनन् र परमेश्‍वरले मानिसहरूको परिणाम तिनीहरूले देखाउने पश्‍चात्तापको आधारमा निर्धारण गर्नुहुन्छ भनेर विश्‍वास गर्नेछैनन्। तिनीहरू सधैँ परमेश्‍वरलाई शङ्का गर्ने अनि उहाँविरुद्ध प्रतिरक्षात्मक हुने गरिरहन्छन्, अनि यसको नतिजा के हुनेछ? के तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन सक्नेछन्? के तिनीहरूले साँचो परिवर्तन हासिल गर्न सक्नेछन्? यो असम्भव छ। यदि तिनीहरूको स्थिति निरन्तर यस्तै रहिरह्यो भने यो निकै खतरनाक हुनेछ, र परमेश्‍वरद्वारा तिनीहरू शुद्ध र सिद्ध पारिनु असम्भव हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

मानिसहरूले काटछाँट स्विकार्न नसक्दा, र सत्यता स्विकार्न नसक्दा तिनीहरूमा के स्वभाव हुन्छ? के तिमीहरूले यसलाई स्पष्ट रूपमा चिन्‍नुपर्दैन र? यी सबै सत्यताप्रति वितृष्ण हुने स्वभावका प्रकटीकरणहरू हुन्—यही नै समस्याको सार हो। जब मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तब तिनीहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ—अनि यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् भने, के तिनीहरूको भ्रष्ट स्वभावको समस्या समाधान हुन सक्छ? (सक्दैन।) त्यसोभए के सत्यता स्विकार्न नसक्‍ने यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ? के त्यस्ताहरूलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ? अवश्य नै सक्‍नुहुन्‍न। के सत्यता नस्विकार्ने मानिसहरूले परमेश्‍वरमा साँचो विश्‍वास गर्न सक्छन्? अवश्य नै सक्दैनन्। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सत्यता स्विकार्न सक्‍नु हो। सत्यता स्विकार्न नसक्‍ने मानिसहरूले परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्दै गर्दैनन्। के त्यस्ता मानिसहरू प्रवचनको बेला चुपचाप बस्‍न सक्छन्? के तिनीहरूले केही प्राप्ति गर्न सक्छन्? सक्दैनन्। यस्तो किन हुन्छ भने प्रवचनहरूले मानिसहरूका विभिन्‍न भ्रष्ट स्थितिहरू खुलासा गर्छन्। परमेश्‍वरका वचनहरूको विश्‍लेषण मार्फत, मानिसहरूले ज्ञान प्राप्त गर्छन्, र त्यसपछि अभ्यासका सिद्धान्तहरू सङ्गति गरेर, तिनीहरूलाई अभ्यासको मार्ग प्रदान गरिन्छ, र यसरी प्रभाव हासिल गरिन्छ। जब मानिसहरूले खुलासा भएको स्थिति आफूसँग सम्‍बन्धित छ, अर्थात् यो तिनीहरूका आफ्‍नै समस्याहरूसँग सम्‍बन्धित छ भन्‍ने थाहा पाउँछन्, तब तिनीहरूको सरमले तिनीहरूलाई क्रोधित तुल्याउँछ, र तिनीहरू उठेर भेलाबाट समेत हिँडिहाल्‍न सक्छन्। तिनीहरू हिँडिहालेनन् भने पनि, तिनीहरूले मनमनै झिजो मान्‍ने र आफूमाथि अन्याय भएको महसुस गर्न थाल्‍ने सम्‍भावना हुन्छ, र त्यो अवस्थामा तिनीहरूले भेलामा सहभागी हुनु वा प्रवचन सुन्‍नुको कुनै अर्थ हुँदैन। के प्रवचनहरू सुन्‍नुको उद्देश्य सत्यता बुझ्‍नु र आफ्‍ना वास्तविक समस्याहरू समाधान गर्नु होइन र? यदि तँलाई सधैँ आफ्‍ना समस्याहरू खुलासा होलान् भन्‍ने डर लाग्छ भने, सधैँ आफ्नो बारेमा कुरा गरिएला भन्‍ने डर लाग्छ भने, परमेश्‍वरमा किन विश्‍वास गर्छस्? यदि आफ्‍नो विश्‍वासमा सत्यता स्विकार्न सक्दैनस् भने, तैँले परमेश्‍वरमा साँचो विश्‍वास गरेको छैनस्। यदि तँ सधैँ खुलासा भइएला भनेर डराउँछस् भने, तैँले आफ्नो भ्रष्टताको समस्या कसरी समाधान गर्न सक्‍नेछस्? यदि तैँले आफ्‍नो भ्रष्टताको समस्या समाधान गर्न सक्दैनस् भने, परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ? परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्‍य परमेश्‍वरको मुक्ति स्विकार्नु, आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नु, र साँचो मानवको रूपमा जिउनु हो, र यी सबै कुरा सत्यता स्विकारेर मात्रै हासिल गर्न सकिन्छ। यदि तैँले सत्यता स्विकार्न, वा काटछाँट हुन मान्‍न बिलकुलै सक्दैनस् भने, तैँले कुनै पनि हालतमा परमेश्‍वरको मुक्ति प्राप्त गर्दैनस्। त्यसकारण मलाई भन: हरेक मण्डलीमा, सत्यता स्विकार्न सक्‍नेहरू कति जना हुन्छन्? सत्यता स्विकार्न नसक्‍नेहरू धेरै हुन्छन् कि थोरै? (धेरै।) के यो कुरा मण्डलीका चुनिएका मानिसहरूमाझ आउने परिस्थिति हो, र के यो साँच्‍चै वास्तविक समस्या हो? सत्यता स्विकार्न नसक्‍ने र काटछाँट हुन नमान्‍नेहरू सबै नै सत्यताप्रति वितृष्ण हुने मानिसहरू हुन्। सत्यताप्रति वितृष्ण हुनु एक प्रकारको भ्रष्ट स्वभाव हो, र यदि यो स्वभाव परिवर्तन गर्न सकिएन भने, के तिनीहरूले मुक्ति पाउन सक्छन्? अवश्यै सक्दैनन्। आज, धेरै मानिसहरूलाई सत्यता स्विकार्न गाह्रो हुन्छ। यो कुनै पनि हालतमा सजिलो हुँदैन। यो समस्या समाधान गर्न, व्यक्तिले केही मात्रामा परमेश्‍वरको न्याय, सजाय, परीक्षा र शोधन अनुभव गर्नुपर्छ। त्यसोभए तिमीहरू के भन्छौ: मानिसहरूले काटछाँट स्विकार्न नसक्दा, तिनीहरूले परमेश्‍वरको वचनसँग वा प्रवचनको बेला खुलासा गरिएका स्थितिहरूसँग आफूलाई तुलना गर्न नसक्दा, त्यो कुन स्वभाव हो? (सत्यताप्रति वितृष्ण हुने स्वभाव।) … अनि सत्यताप्रति वितृष्ण हुने यो स्वभाव मुख्य रूपमा कसरी प्रकट हुन्छ? काटछाँट स्विकार्न नमान्‍ने रूपमा। काटछाँट नस्विकार्नु यस्तो स्वभावद्वारा प्रकट हुने एक प्रकारको स्थिति हो। आफूलाई काटछाँट गरिँदा, यी मानिसहरूले हृदयभित्र विशेष प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, “म यो कुरा सुन्‍न चाहन्‍नँ! म यो सुन्‍न चाहन्‍नँ!” वा, “अरू मानिसहरूलाई चाहिँ किन काटछाँट नगरेको? किन मलाई नै गरेको?” अनि, सत्यताप्रति वितृष्ण हुनुको अर्थ के हो? सत्यताप्रति वितृष्ण हुनु भनेको व्यक्तिले सकारात्मक कुराहरूसँग, सत्यतासँग, परमेश्‍वरले अह्राउनुभएका कुराहरूसँग, वा परमेश्‍वरका अभिप्रायसँग जोडिएका कुनै पनि कुराप्रति पूर्ण अनिच्छुक हुनु हो। कहिलेकहीँ तिनीहरू यी कुराहरूबाट विकर्षित हुन्छन्, कहिलेकहीँ तिनीहरू यी कुराहरूबाट अलग बस्छन्, कहिलेकहीँ तिनीहरू तिरस्कारी र उदासीन बन्छन्, र यी कुराहरूलाई महत्त्वहीन कुराको रूपमा लिन्छन्, र तिनीहरू ती कुराहरूप्रति बेइमान र झाराटारुवा बन्छन्, वा यी कुराहरूप्रति कुनै पनि जिम्‍मेवारी लिँदैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

काटछाँट हुनु भनेको परमेश्‍वरमा विश्‍वास गर्ने हरेकले अनुभव गर्न सक्‍ने कुरा हो। विशेषगरी कर्तव्य निर्वाह गर्ने क्रममा, काटछाँटमा परेको अनुभव बढ्दै जाँदा, धेरैजसो मानिसहरूलाई काटछाँटमा पर्नुको अर्थ झन्झन् बढी थाहा हुँदै जान्छ। तिनीहरूलाई काटछाँटमा पर्नुका धेरै फाइदाहरू छन् भन्‍ने लाग्छ, र तिनीहरूले काटछाँटमा पर्नुलाई झन्झन् सही रूपमा लिन सक्छन्। अवश्य नै, व्यक्तिले कर्तव्य निर्वाह गर्न सक्छ भने, उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले काटछाँट हुने मौका पाउनेछ। साधारण मानिसहरूले काटछाँट हुनुलाई सही रूपमा लिन सक्छन्। एक हिसाबमा, तिनीहरूले परमेश्‍वरप्रति समर्पित हृदयसाथ काटछाँट हुन स्विकार्न सक्छन्, र अर्को हिसाबमा, तिनीहरूले आफूमा के-कस्ता समस्याहरू छन् भनेर मनन गर्न र जान्न पनि सक्छन्। सत्यता पछ्याउने मानिसहरूले काटछाँटमा पर्नुलाई कसरी लिन्छन् भन्‍ने आम मनोवृत्ति र दृष्टिकोण यही हो। त्यसोभए, के ख्रीष्टविरोधीहरूले पनि काटछाँटमा पर्नुलाई यसरी नै लिन्छन् त? अवश्य नै लिँदैनन्। काटछाँटमा पर्नुलाई कसरी लिने भन्‍ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू र सत्यता पछ्याउने मानिसहरूको मनोवृत्ति अवश्य नै फरक हुनेछ। सर्वप्रथम त, काटछाँट हुने कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्‍नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, काटछाँट गरिँदा, तिनीहरूलाई आफ्‍नो इज्‍जत गुमेको, आफ्‍नो प्रतिष्ठा, हैसियत र मर्यादा गुमेको, र सबैको अघि आफ्‍नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ, त्यसकारण तिनीहरूलाई काटछाँटमा पर्न स्विकार्न निकै गाह्रो हुन्छ, र जसले तिनीहरूलाई काटछाँट गर्छ उसले तिनीहरूलाई आक्रमण गर्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्‍ने सोच्छन्। काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्‍ने मानसिकता यही हो। यसबारेमा, तिमीहरू निश्‍चित हुन सक्छौ। काटछाँट गरिँदा नै वास्तवमा, कुनै व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन र ऊ साँच्‍चै समर्पित हुन सक्छ कि सक्दैन भन्‍ने कुरा सबैभन्दा बढी खुलासा हुन्छ। ख्रीष्टविरोधीहरू काटछाँटप्रति यति धेरै प्रतिरोधी हुनु नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई अलिकति पनि स्विकार्दैनन् भन्‍ने कुरा देखाउन पर्याप्त छ। त्यसकारण समस्याको जड यही हो। तिनीहरूको घमण्ड चुरो कुरा होइन; सत्यता स्वीकार नगर्नु नै समस्याको सार हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूसँग निराकरण गर्ने व्यक्तिले राम्रो स्वर र मनोवृत्ति प्रयोग गरोस् भनी तिनीहरू चाहन्छन्। यदि यसो गर्ने व्यक्तिको भाव गम्‍भीर र मनोवृत्ति कठोर छ भने, लाजले गर्दा ख्रीष्टविरोधीले विरोध गर्छ र ऊ अवज्ञाकारी र क्रोधित हुन्छ। तिनीहरूबारे खुलासा गरिएको कुरा सही हो कि होइन वा यो तथ्य हो कि होइन भन्‍ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्, र तिनीहरूले कहाँ गल्ती गरे वा तिनीहरूले सत्यता स्विकार्नुपर्छ कि पर्दैन भन्‍ने कुरा पनि वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो स्वाभिमान र प्रतिष्ठामा प्रहार भएको छ कि छैन भन्‍ने मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट मानिसहरूको लागि उपयोगी हुन्छ, प्रेमपूर्ण हुन्छ र मुक्ति दिने हुन्छ, त्यो मान्छेको लागि फाइदाजनक हुन्छ भनेर मान्‍न पटक्‍कै सक्दैनन्। तिनीहरूले यो कुरा देख्‍न समेत सक्दैनन्। के यो तिनीहरूको अन्धाधुन्ध र अव्यावहारिक कार्य होइन र? त्यसकारण, काटछाँट सामना गर्दा, ख्रीष्टविरोधीले कस्तो स्वभाव प्रकट गर्छ? शङ्कै छैन, त्यो सत्यताप्रति वितृष्णा राख्‍ने, साथै अहङ्कारी र हठी स्वभाव हो। यसले ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यताप्रति वितृष्णा राख्‍ने र यसलाई घृणा गर्ने खालको हुन्छ भन्‍ने तथ्य खुलासा गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूलाई काटछाँटमा पर्न सबैभन्दा बढी डर लाग्छ; तिनीहरूलाई काटछाँट गरिनेबित्तिकै, तिनीहरूको कुरूप स्थिति पूर्ण रूपमा खुलासा हुन्छ। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्, र तिनीहरूले के-कस्ता कुराहरू भन्‍न वा गर्न सक्छन्, जसले गर्दा अरूले ख्रीष्टविरोधीहरू साँच्‍चै नै ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू साधारण भ्रष्ट व्यक्तिभन्दा फरक छन्, र तिनीहरूको प्रकृति सार सत्यता पछ्याउने मानिसहरूको भन्दा फरक हुन्छ भनेर स्पष्ट रूपमा देख्‍न सक्छन्? म केही उदाहरण दिन्छु, र तिमीहरूले तिनको बारेमा सोच्न र थप्‍न सक्छौ। जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तब तिनीहरूले सुरुमा हिसाबकिताब गर्छन् र सोच्छन्: “कस्तो व्यक्तिले मलाई काटछाँट गरिरहेको छ? उसले के कुरा लक्षित गरिरहेको छ? उसलाई यसबारेमा कसरी थाहा भयो? उसले मलाई किन काटछाँट गर्‍यो? के उसले मलाई तिरस्कार गर्छ? के मैले उसलाई चिढ्याउन केही भनेको छु? के मसँग कुनै असल कुरा भएर पनि उसलाई नदिएकोले उसले मलाई बदला लिइरहेको छ, र उसले मलाई ब्लाकमेल गर्न यो अवसर प्रयोग गरिरहेको छ?” तिनीहरूले आफ्ना अपराधहरू, विगतका दुष्कर्महरू, र आफूले खुलासा गरेका भ्रष्ट स्वभावहरू मनन गर्नु र चिन्‍नुको सट्टा, काटछाँट हुँदाको मामलामा सुरागहरू खोज्न चाहन्छन्। तिनीहरूलाई यसमा केही शङ्कास्पद कुरा छ भन्‍ने लाग्छ। तिनीहरूले काटछाँट गरिनुलाई यसरी नै लिन्छन्। के यहाँ कुनै साँचो स्वीकार छ त? के कुनै साँचो ज्ञान वा मनन छ त? (छैन।) धेरैजसो मानिसहरूलाई तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरेकोमा काटछाँट गरिएको हुन्छ। तिनीहरूले अज्ञानताको कारण कुनै गलत काम गरेको र परमेश्‍वरको घरका हितहरूमा धोका दिएको कारण पनि यसो गरिएको हुन्छ। तिनीहरूले आफ्‍नो कर्तव्यमा झारा टार्ने प्रयास गरेर परमेश्‍वरको घरको काममा घाटा भएको कारण पनि यसो गरिएको हुन सक्छ। सबैभन्दा घृणित कुरा के हो भने मानिसहरूले जानी-जानी बेलगाम रूपमा आफ्‍नो खुशी काम गर्छन्, सिद्धान्तहरू उल्‍लङ्घन गर्छन्, र परमेश्‍वरको घरको काममा बाधा र व्यवधान ल्याउँछन्। मानिसहरूलाई काटछाँट गरिनुका प्राथमिक कारणहरू यिनै हुन्। कुनै व्यक्तिलाई काटछाँट गर्नुपर्ने परिस्‍थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यो कुरा स्विकार्नैपर्छ। तँलाई जसले जुनसुकै कारण काटछाँट गरिरहेको भए पनि, यो कठोर नै भए पनि, वा जुनसुकै भाव र शब्‍दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, र तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

प्रत्येक व्यक्तिले आफूलाई काटछाँट गरिँदा नोक्सानीको भावना महसुस गर्छन्, विशेष गरी यदि तिनीहरूलाई बर्खास्त गरिन्छ र तिनीहरूले आफ्नो हैसियत गुमाउँछन् भने। तिनीहरूलाई अप्ठ्यारो परिस्थितिमा पारिएको र अरूको अगाडि अलिकति लज्जित बनाइएको महसुस हुन्छ र तिनीहरूलाई कसैको सामना गर्न अत्यन्तै लाज लाग्छ। यद्यपि, लज्जाबोध हुने व्यक्तिले बाङ्गो तर्कहरू गर्दैन। बाङ्गो तर्कहरू गर्दैन भन्‍नुको अर्थ के हो? यसको अर्थ सही तरिकामा सबै कुराको सामना गर्न सक्षम हुनु, कामकुराहरूबारे बाङ्गो नसोची र र बाङ्गो कुरा नगरी, र बरु इमानदारीपूर्वक आफूले गरेका गलत कुराहरू स्वीकार गर्नु र निष्पक्ष र तर्कसङ्‍गत रूपमा मामलाको सामना गर्नु हो। निष्पक्ष र तर्कसङ्‍गतको अर्थ के हो? यसको अर्थ यो हो कि, तँलाई कुनै कुराका लागि काटछाँट गरिएकोले, तैँले गरेको काममा गल्ती भएको हुनुपर्छ, तँमा भएको भ्रष्ट स्वभावलाई छोडेर, मानौँ कि यदि तैँले यस मामलामा गडबड गरिस् भने, पक्कै पनि त्यसमा तँ अलिकति जिम्मेवार हुन्छस्; र तँ जिम्मेवार भएको हुनाले, तैँले यसको जिम्मेवारी वहन गर्नुपर्छ र तैँले यो गरेको हो भनेर स्वीकार गर्नुपर्छ। एकपटक तैँले यसलाई स्वीकार गरिसकेपछि, तैँले आफैलाई जाँच गर्नुपर्छ र सोध्नुपर्छ: “यसमा मैले कुन भ्रष्ट स्वभाव प्रकट गरेँ? यदि म भ्रष्ट स्वभावबाट प्रेरित थिइनँ भने, के मेरा कार्यहरूमा मानवीय इच्छा मिश्रित थिए? के यो मूर्खताका कारण भएको थियो? के मेरो पछ्याइसँग, मैले लिइरहेको मार्गसँग यसको केही सम्बन्ध थियो?” यसरी आफैलाई जाँच्‍न सक्षम हुनुलाई तर्कसङ्‍गतता हुनु, लज्जाबोध चिन्नु, कामकुराहरूलाई निष्पक्ष, वस्तुगत तरिकाले हेर्नु, तथ्यहरूसँग मेल खाने रूपमा हेर्नु भनिन्छ। ख्रीष्टविरोधीहरूमा ठ्याक्कै यही कुराको कमी हुन्छ। जब तिनीहरूलाई काटछाँट गरिन्छ, तिनीहरू सुरुमा यस्तो सोच्छन्, “तपाईँले यति निर्दयी रूपमा म जस्तो सम्मानित अगुवालाई यति धेरै मानिसहरूको अगाडि, मेरो लाजमर्दो रहस्यलाई समेत पर्दाफास गर्ने गरी, कसरी काटछाँट गर्न सक्नुहुन्छ? एक अगुवाको रूपमा मेरो मान खोइ? मलाई काटछाँट गर्ने क्रममा, के तपाईँले त्यसलाई नष्ट गर्नुभएको छैन? अबदेखि मेरो कुरा कसले सुन्‍नेछ? यदि कसैले मेरो कुरा सुन्दैन भने, मैले अगुवाको रूपमा कुनै पनि हैसियत कसरी पाउन सक्छु? के यसले मलाई केवल नाम मात्रको बनाउँदैन? त्यसपछि मैले कसरी हैसियतका लाभहरूको आनन्द उठाउने? के मैले उप्रान्त दाजुभाइ र दिदिबहिनीहरूले चढाएका वस्तुहरूको आनन्द लिन सक्‍नेछैनँ र?” के यो विचार सही छ? के यो सत्यतासँग मेल खान्छ? के यो जायज छ? (छैन।) यो समझविहीन हुनु र बाङ्गो तर्कहरू प्रस्तुत गर्नु हो। मानको अर्थ के हो? अगुवा भनेको के हो? पक्कै पनि तँ भ्रष्टाचाररहित छैनस्? “तेरो लाजमर्दो रहस्य खुलासा गर्नु” भनेको के हो? तेरो लाजमर्दो रहस्य के हो? त्यो तेरो भ्रष्ट स्वभाव हो। तेरो भ्रष्ट स्वभाव अरूको जस्तै छ—त्यो तेरो लाजमर्दो रहस्य हो। तँबारे केही भिन्‍न कुरा छैन, तँ अरूभन्दा श्रेष्ठ छैनस्। तँसँग केही क्षमता छ र तँ केही काम गर्न सक्छस् भन्‍ने कुरा मात्र परमेश्‍वरको घरले देख्यो, त्यसैले यसले तँलाई प्रवर्द्धन र मलजल गर्‍यो र तँलाई केही बढी वहन गर्नका निम्ति विशेष बोझ दियो। तर यसको मतलब तैँले हैसियत पाएपछि, तँमा अब भ्रष्ट स्वभाव छैन भन्‍ने होइन। र तैपनि, ख्रीष्ट विरोधीहरूले यसो भन्दै यसमा अडिन्छन्, “अब मेरो हैसियत भएकोले, तपाईँले मलाई काटछाँट हुँदैन, विशेष गरी यति धेरै मानिसहरूको अगाडि, जसले गर्दा अधिकांश मानिसहरूले मेरो वास्तविक अवस्थाको बारेमा थाहा पाउनेछन्।” के यो बाङ्गो तर्क होइन? यस दृष्टिकोणलाई कहाँ लागू गर्न सकिन्छ? बाहिर समाजमा, जब तैँले कसैलाई प्रवर्धन गर्छस्, तैँले तिनीहरूलाई सिद्ध व्यक्तिको रूपमा तिनीहरूको प्रशंसा गर्नुपर्छ र तिनीहरूका लागि, अलिकति पनि त्रुटिबिना, सिद्धताको छवि स्थापना गर्नुपर्छ। के त्यो छलपूर्ण हुँदैन? के परमेश्‍वरको घरले त्यो गर्नेछ? (छैन।) शैतानले त्यही गर्छ र ख्रीष्ट विरोधीहरूले पनि त्यही कुराको माग गर्छन्। शैतान समझविहीन छ र यसरी नै ख्रीष्टविरोधीहरूमा पनि यस सन्दर्भमा समझको कमी हुन्छ। त्यति मात्र होइन, तर तिनीहरूले बाङ्गो तर्कहरू गर्छन् र अत्यधिक मागहरू राख्छन्। आफ्नो हैसियतको सुरक्षा गर्नका लागि, तिनीहरूलाई काटछाँट गर्ने तरिका र अवसरहरू र कुन कस्तो किसिमको बोल्ने शैली प्रयोग गरिन्छ भन्‍ने कुरा विचार गर्न तिनीहरू माथिलाई अनुरोध गर्छन्। के यो आवश्यक छ? तिनीहरू भ्रष्ट मानिस हुन् र तिनीहरूलाई वास्तविक र साँचो कुराका लागि काटछाँट गरिँदैछ—यसलाई कुनै निश्‍चित तरिकाले गर्न के आवश्यक छ? के तिनीहरूको प्रवर्धन गर्ने कार्यले दाजुभाइ र दिदीबहिनीहरूलाई हानि गर्नेथिएन र? के तिनीहरूलाई, जो त्यस्ता दुष्ट मानिसहरू हुन्, प्रवर्धन गरिनुपर्छ र तिनीहरूको हैसियत सुरक्षित गरिनुपर्छ, ताकि तिनीहरूले तलका मानिसहरूमाथि जथाभावी खराब कार्यहरू गर्न सकून् र आफ्नै स्वतन्त्र राज्यहरू स्थापना गर्न सकून्? के त्यो दाजुभाइ र दिदीबहिनीहरूका लागि न्यायोचित हुनेछ? के यो तिनीहरूप्रति जिम्मेवारी देखाउनु हो? यो तिनीहरूप्रति जिम्मेवारी देखाउने तरिका होइन। त्यसैले यस्तो व्यवहार गर्ने, यसरी सोच्‍ने र यस्ता किसिमका मागहरू गर्ने ख्रीष्टविरोधीले विशुद्ध रूपमा बाङ्गो तर्कहरू प्रस्तुत गरिरहेको हुन्छ र जानाजानी समस्या निम्त्याइरहेको हुन्छ, जसमा लाजको सर्वथा अभाव हुन्छ। उसले गरेको गल्तीका लागि काटछाँट गरिँदा, ख्रीष्ट विरोधीले आफूसँग भ्रष्ट स्वभाव छ भनेर स्वीकार गर्दैन, न त कुन भ्रष्ट स्वभावले आफूलाई यस्तो काम गर्न लगायो भनेर जाँच नै गर्छ। धेरै बाङ्गा तर्कहरू प्रस्तुत गरेपछि, उसले आफूलाई जाँच्‍न इन्कार गर्ने मात्र होइन, प्रतिकारात्मक उपायहरूका बारेमा पनि सोच्छ। “यसको रिपोर्ट कसले गऱ्यो? यो कुरा माथिकहाँ कसले चुहायो? मैले यो गरेँ भनेर अगुवाहरूलाई कसले रिपोर्ट गऱ्यो? यो को थियो भनेर मैले थाहा पाउनुपर्छ र उसलाई पाठ सिकाउनुपर्छ। मैले सभाहरूमा उसलाई हप्काउनुपर्छ र म कति भयानक छु भनेर देखाउनुपर्छ।” जब उसको काटछाँट गरिन्छ, ख्रीष्टविरोधीले आफ्नो प्रतिरक्षा गर्न, निस्कने उपाय खोज्‍न, सबै कुरा गर्नेछ, र यसो सोच्नेछ “यस पटक म लापरवाह भएँ र मेरो भेद खुलेको छ, त्यसैले अर्को पटक यस्तो हुन नदिन मैले सक्दो गर्नुपर्छ, अनि माथिलाई र तलका दाजुभाइ र दिदीबहिनीहरूलाई छल्‍न नयाँ उपाय अपनाउनुपर्छ, ताकि कसैलाई थाहा नहोस्। मैले केही सही कार्य गर्दा, मैले अगाडि बढेर यसको श्रेय लिन हतार गर्नुपर्छ, तर गल्ती गर्दा, मैले तुरुन्तै त्यसको जिम्मेवारी अरूमाथि थोपर्नुपर्छ।” के त्यो लाजमर्दो हैन? त्यो अत्यन्तै लाजमर्दो हो! जब एक सामान्य व्यक्तिलाई काटछाँट गरिन्छ, उसले आफ्नो मनको गहिराइमा, निजी रूपमा स्वीकार गर्छ, “म असल छैनँ—ममा भ्रष्ट स्वभाव छ। योभन्दा बढी भन्‍नु बाँकी नै छैन। मैले आत्म-चिन्तन गर्नुपर्छ।” उसले मौन रूपमा सङ्कल्प गर्छ कि यदि फेरि यस्तो परिस्थितिको सामना गर्नुपर्‍यो भने, उसले परमेश्‍वरका माग अनुसार कार्य गर्नेछ। चाहे उसले यो हासिल गर्न सकोस् वा नसकोस्, जे भए पनि, जब उसलाई काटछाँट गरिन्छ, उसले यसलाई आफ्नो हृदयमा तर्कसङ्‍गत तरिकाले स्वीकार गर्छ र उसको समझले उसलाई बताउँछ कि उसले वास्तवमै केही गल्ती गऱ्यो, अनि उसमा भ्रष्ट स्वभाव भएको कारण, उसले यसलाई स्वीकार गर्नुपर्छ। ऊ हृदयमा कुनै प्रतिरोधविना समर्पित हुन्छ र यदि उसले अलिकति अन्याय महसुस गरे पनि, उसको मुख्य मनोवृत्ति सकारात्मक हुन्छ। ऊ आत्म-चिन्तन गर्न, पछुतो महसुस गर्न र भविष्यमा यस मामलामा उस्तै गल्ती नगर्ने अठोट गर्न सक्षम हुन्छ। अर्कोतर्फ, ख्रीष्टविरोधीले पछुतो महसुस नगर्ने मात्र होइन, ऊ आफ्नो हृदयमा प्रतिरोधी पनि हुन्छ र ऊ आफूले गरिरहेको दुष्टतालाई छोड्न असमर्थ मात्र हुँदैन, उसले अघि बढ्ने अर्को तरिका खोज्‍ने प्रयास समेत गर्छ ताकि उसले आफ्नो दुष्ट व्यवहारलाई निरन्तरता दिँदै जथाभावी दुष्कर्महरू गर्न सकोस्। जब उसको काटछाँट गरिन्छ, उसले आफ्नै भ्रष्ट स्वभाव, उसको गलत कार्य स्रोत, उसका अभिप्रायहरू वा उसको भ्रष्ट स्वभाव प्रकट हुँदा ऊ भित्र उत्पन्‍न भएका विभिन्‍न स्थिति र दृष्टिकोणहरूको जाँच गर्दैन। उसले कहिल्यै यी कुराहरूको जाँच वा चिन्तन गर्दैन, न त अरू कसैले उसलाई सुझाव, सल्लाह दिँदा वा खुलासा गर्दा यसलाई स्वीकार नै गर्छ। बरु, उसले आफूभन्दा माथिका र आफूभन्दा मुनिका मानिसहरूलाई छल्‍न विभिन्‍न तरिका, साधन र दाउपेचहरूको खोजी गर्ने आफ्ना प्रयास बढाउँछ, ताकि उसले आफ्नो हैसियतको रक्षा गर्न सकोस्। उसले परमेश्‍वरको घरमा बाधा पुर्‍याउनका निम्ति आफ्ना प्रयास बढाउँछ र आफ्नो हैसियतलाई दुष्ट कार्य गर्नका निम्ति प्रयोग गर्छ। ऊ साँच्चै नै आशाविहीन छ!

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एघार

काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्‍नुपर्ने कुरा के हो? व्यक्तिले आफ्‍नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्‍बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उपचार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ)

जब तँलाई काटछाँट गरिन्छ, तैँले सुरुमै सही र गलत विश्‍लेषण गर्दैनस्—समर्पित हृदयले यसलाई स्वीकार मात्र गर्छस्। उदाहरणको लागि, कसैले तैँले केही गलत गरिस् भन्न सक्छ। तैँले आफ्नो हृदयमा यो नबुझे पनि, र तँलाई आफूले के गल्ती गरेँ भनेर थाहा नभए पनि, तँ यसलाई स्विकार्छस्। स्वीकार मूलतः सकारात्मक मनोवृत्ति हो। यसका साथै, यसमा अलि बढी नकारात्मक हुने एउटा मनोवृत्ति पनि हुन्छ, जुन मौनता कायम राख्नु र कुनै प्रतिरोध नगर्नु हो। यसमा कस्तो खाले व्यवहार समावेश हुन्छ? तँ तर्क गर्दैनस्, आफ्नो प्रतिरक्षा गर्दैनस्, न आफ्नो लागि वस्तुगत बहानाहरू बनाउँछस्। यदि तँ आफ्नो लागि सधैँ बहाना बनाउँछस्, तर्क गर्छस्, र जिम्मेवारी अरू मानिसहरूमा थोपर्छस् भने, के त्यो प्रतिरोध होइन र? त्यो विद्रोही स्वभाव हो। तैँले अस्वीकार, प्रतिरोध, वा तर्क गर्नु हुँदैन। यदि तैँले सही तर्क गर्छस् नै भने पनि, के त्यो सत्यता हुन्छ र? त्यो त मानिसको वस्तुगत बहाना हो, सत्यता होइन। तँलाई यो कुरा किन भयो, वा यो कसरी आयो भनेर वस्तुगत बहानाहरू सोधिएको होइन बरु, तेरो कार्यको प्रकृति सत्यताअनुरूप छैन भनेर तँलाई भनिएको हो। यदि तँसँग यो स्तरको ज्ञान छ भने, तँ वास्तवमै स्विकार्न र प्रतिरोध नगर्न सक्षम हुनेछस्। तँमाथि केही कुरा आइपर्दा, सुरुमा तँसित समर्पित हुने मनोवृत्ति हुनु महत्त्वपूर्ण छ। … काटछाँट सामना गर्दा, के-कस्तो कार्यव्यवहारमा स्वीकार गर्ने र समर्पित हुने मनोवृत्ति हुन्छ? कम्तीमा पनि, तँ व्यावहारिक हुनुपर्छ र तँमा समझ हुनुपर्छ। तँ सबभन्दा सुरुमा समर्पित हुनुपर्छ, र तैँले प्रतिरोध वा अस्वीकार गर्नु हुँदैन, र तैँले तर्कसङ्गततासाथ व्यवहार गर्नुपर्छ। यसरी, तँसँग न्यूनतम रूपमा आवश्यक समझ हुनेछ। यदि तँ स्वीकार र समर्पणको स्थिति हासिल गर्न चाहन्छस् भने, तैँले सत्यता बुझ्नैपर्छ। सत्यता बुझ्नु सामान्य कुरा होइन। सुरुमा, तैँले परमेश्‍वरबाट आएका कुराहरू स्विकार्नुपर्छ: कम्तीमा पनि तैँले काटछाँट भोग्नु भनेको परमेश्‍वरले नै तँलाई ती भोग्न अनुमति दिनुभएको कुरा हो, वा त्यो परमेश्‍वरबाटै आएको कुरा हो भनेर जान्‍नुपर्छ। चाहे काटछाँट पूर्णतया व्यावहारिक होस् वा नहोस्, तँसँग स्विकार्ने र समर्पित हुने मनोवृत्ति हुनुपर्छ। यो परमेश्‍वरप्रतिको समर्पणको प्रकटीकरण हो, र साथै, परमेश्‍वरको सूक्ष्म जाँच स्विकार्नु पनि हो। यदि तँ काटछाँट परमेश्‍वरबाट होइन मानिसबाट आउँछ भन्‍ने सोच्दै, आफ्नो पक्षमा तर्क र प्रतिरक्षा मात्र गर्छस् भने, त्यो तेरो बुझाइ त्रुटिपूर्ण छ। एकातिर, तैँले परमेश्‍वरको जाँचलाई स्विकारेको छैनस्, र अर्कोतिर, परमेश्‍वरले तेरो लागि बनाउनुभएको वातावरणमा तँसँग समर्पित हुने मनोवृत्ति वा व्यवहार छैन। यो त परमेश्‍वरमा समर्पित नहुने व्यक्ति हो। … अधिकांश मानिसहरू, आफ्नै धारणा र कल्पनाहरूसँग मिल्ने, र आफ्नै रुचिअनुरूप हुने कुरा आइपर्दा, निकै राम्रो महसुस गर्छन्, त्यसैले तिनीहरू खुसीसाथ समर्पित हुन्छन्, र सबै कुरा सहज रूपमा अघि बढ्छ। तिनीहरूको हृदय सहज र शान्त हुन्छ, र तिनीहरू खुसी र प्रसन्न हुन्छन्। तर आफ्नो धारणासँग मेल नखाने, वा आफ्नो लागि हानिकारक कुराहरू सामना गर्दा, तिनीहरूलाई आफू समर्पित हुनुपर्छ भनेर थाहा भए पनि तिनीहरू समर्पित हुन सक्दैनन्। तिनीहरूले पीडा महसुस गर्छन्, तिनीहरूसँग चुपचाप पीडा भोग्नुबाहेक अरू कुनै विकल्प हुँदैन, र तिनीहरूलाई आफ्ना कठिनाइहरूबारे कुरा गर्न गाह्रो हुन्छ। तिनीहरू उदास महसुस गर्छन्, र कतै पोख्‍न नमिल्‍ने गुनासोहरूले भरिन्छन्, त्यसैले तिनीहरूको हृदय हुँडलिन्छ: “अरूहरू सही छन्। तिनीहरूको हैसियत मेरो भन्दा उच्च छ; मैले कसरी तिनीहरूको कुरा नसुन्नु? मैले आफ्नो भाग्य स्विकारे हुन्छ। म अर्कोपटक निकै होसियार हुनुपर्छ र सीमाबाहिर जानु हुँदैन—जो मानिसहरू आफ्नो सीमाबाहिर जान्छन्, तिनीहरू काटछाँटमा पर्छन्। समर्पित हुनु सजिलो छैन। यो निकै गाह्रो छ! मेरो उत्साहमा पानी खन्याइएको छ। म सरल र खुलस्त हुन चाहन्थेँ, तर परिणाम के भयो भने, मैले गलत कुरा भनिरहेँ, र मलाई काटछाँट गरिरहियो। भविष्यमा, म चुपचाप बस्नेछु, र अरूलाई खुशी बनाउने व्यक्ति बन्नेछु।” यो कस्तो मनोवृत्ति हो? यो त एक चरम बिन्दुबाट अर्को चरम बिन्दुमा जानु हो। परमेश्‍वरले मानिसहरूलाई समर्पणको पाठ सिक्‍न दिनुको अन्तिम लक्ष्य के हो? त्यो बेला तैँले, जतिसुकै गल्ती र पीडा भोग्नुपरे पनि, तँ जति लज्जित भए पनि, वा तेरो इज्जत, आडम्बर वा प्रतिष्ठामा जति चोट पुगे पनि, यी सबै गौण हुन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको तेरो स्थिति सुल्ट्याउनु हो। कस्तो स्थिति? सामान्य परिस्थितिमा, मानिसहरूको हृदयको गहिराइमा एक प्रकारको हठी र विद्रोही स्थिति रहेको हुन्छ—र त्यसको मुख्य कारण के हो भने, तिनीहरूको हृदयमा, निश्‍चित प्रकारको मानव तर्क र मानव धारणाहरू हुन्छन्, जुन “मेरो नियत सही भएसम्म, नतिजा जे भए पनि फरक पर्दैन; तैँले मलाई काटछाँट गर्नुहुँदैन, र गरे पनि, मैले मान्नुपर्दैन” भन्‍ने हुन्छ। तिनीहरूले आफ्ना कार्यहरू सत्यता सिद्धान्तअनुरूप छन् कि छैनन् वा परिणामहरू के हुनेछन् भनेर चिन्तन गर्दैनन्। तिनीहरू सधैँ केमा अडिग रहन्छन् भने, “मेरो नियत असल र सही भएसम्म, परमेश्‍वरले मलाई स्विकार्नुपर्छ। परिणाम राम्रो नआए पनि, तैँले मलाई काटछाँट गर्नु हुँदैन, निन्दा गर्नु त झनै हुँदैन।” यो मानव तर्क हो, होइन र? यी मानिसका धारणा हुन्, होइनन् र? मानिस सधैँ आफ्नै तर्कमा अडिग रहन्छ—के यसमा कुनै समर्पणता हुन्छ? तैँले आफ्नै तर्कलाई सत्यता बनाइस् र सत्यतालाई एकातिर पन्छ्याइस्। तँ आफ्नो तर्कसँग मिल्ने कुरा सत्यता हो, र आफ्नो तर्कसँग नमिल्ने कुरा सत्यता होइन भनेर विश्‍वास गर्छस्। के योभन्दा हास्यास्पद कुरा अरू केही हुन्छ? के योभन्दा अहङ्कारी र आत्मधर्मी अरू कोही हुन्छ? समर्पणको पाठ सिक्न कुन भ्रष्ट स्वभाव समाधान गरिनुपर्छ? मानिसहरूले सत्यता अभ्यास गर्दा र तिनीहरू परमेश्‍वरमा समर्पित हुने क्रममा, सबैभन्दा ठूलो बाधा ल्याउने कुरा भनेकै वास्तवमा अहङ्कारी र आत्मधर्मी स्वभाव हो। अहङ्कारी र आत्मधर्मी स्वभाव भएका मानिसहरूले तर्क गर्ने र आज्ञापालन नगर्ने सम्भावना सबैभन्दा धेरै हुन्छ, तिनीहरू सधैँ आफू सही भएको सोच्छन्, र त्यसैले व्यक्तिको अहङ्कारी र आत्मधर्मी स्वभावलाई समाधान र काटछाँट गर्नुभन्दा जरुरी अरू केही हुँदैन। एकपटक मानिसहरूले भद्र भएर आफ्नो पक्षमा तर्क गर्न बन्द गरेपछि, विद्रोहीपनको समस्या समाधान हुनेछ, र तिनीहरू समर्पित हुन सक्षम हुनेछन्। यदि मानिसहरूलाई समर्पित हुन सक्षम बन्‍नु छ भने, के तिनीहरूमा निश्‍चित हदको तर्कसङ्गतता हुनुपर्दैन र? तिनीहरूसँग सामान्य व्यक्तिमा हुनुपर्ने समझ हुनैपर्छ। उदाहरणको लागि, कुनै कुरामा, हामीले सही कार्य गरेको वा नगरेको भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने, हामीले उहाँले भन्‍नुभएअनुसार गर्नुपर्छ, र उहाँका वचनहरूलाई सबै कुराको मानकको रूपमा व्यवहार गर्नुपर्छ। के यो तर्कसङ्गत छ? सबैभन्दा पहिला मानिसहरूमा यस्तो समझ पाइनुपर्छ। हामीले जतिसुकै दुःख भोग्नुपरे पनि, र हाम्रा अभिप्राय, उद्देश्य र कारणहरू जे भए पनि, यदि परमेश्‍वर सन्तुष्ट हुनुहुन्न भने—यदि उहाँका मापदण्डहरू पूरा भएका छैनन् भने—हाम्रा कार्यहरू निस्सन्देह रूपमै सत्यतासँग मिलेका छैनन्, त्यसैले हामीले परमेश्‍वरलाई सुन्नैपर्छ र उहाँमा समर्पित हुनैपर्छ, र हामीले उहाँसँग तर्क गर्ने वा आफ्नो तर्कसङ्गतता साबित गर्ने प्रयास गर्नु हुँदैन। जब तँसँग यस्तो तर्कसङ्गतता हुन्छ, जब तँसँग सामान्य मानिसको समझ हुन्छ, तेरा समस्याहरू समाधान गर्न सजिलो हुन्छ, र तँ साँचो रूपमा समर्पित हुनेछस्। तँ जस्तोसुकै अवस्थामा भए पनि, तँ विद्रोही हुनेछैनस्, र परमेश्‍वरका मापदण्डहरूलाई अवहेलना गर्नेछैनस्; तैँले परमेश्‍वरले जे माग्‍नुहुन्छ, त्यो सही छन् कि गलत, असल छ कि खराब भनेर विश्‍लेषण गर्नेछैनस्, र तँ आज्ञापालन गर्न सक्षम हुनेछस्—र यसरी तैँले आफ्नो तर्कबाजीपन, हठीपन र विद्रोहीपनको स्थिति समाधान गर्नेछस्। के हरेक मान्छेभित्र यी विद्रोही स्थितिहरू हुन्छन्? यी स्थितिहरू मानिसहरूमा प्रायः देखा परिरहन्छन्, र तिनीहरू मनमनै यस्तो सोच्छन्, “जबसम्म मेरो दृष्टिकोण, प्रस्ताव र सुझावहरू समझदारीपूर्ण हुन्छन्, तबसम्म मैले सत्यता सिद्धान्तहरू उल्लङ्घन गरे पनि, मलाई काटछाँट गरिनु हुँदैन, किनभने मैले दुष्ट कार्य गरेको हुँदिनँ।” यो मानिसहरूको आम अवस्था हो। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले दुष्ट कार्य गरेका छैनन् भने, तिनीहरूलाई काटछाँट गरिनु हुँदैन; र दुष्ट कार्य गर्ने मानिसहरूलाई मात्र काटछाँट गरिनुपर्छ। के यो दृष्टिकोण सही हो त? पक्कै होइन। काटछाँट मुख्यतया मानिसहरूको भ्रष्ट स्वभावप्रति लक्षित हुन्छ। यदि कसैको स्वभाव भ्रष्ट छ भने, उसलाई काटछाँट गर्नुपर्छ। यदि उसले दुष्ट कार्य गरेपछि मात्र उसलाई काटछाँट गर्ने हो भने, त्यो धेरै ढिलो भइसकेको हुनेछ, किनकि समस्या त पहिले नै उत्पन्न भइसकेको हुनेछ। यदि परमेश्‍वरको स्वभाव चिढ्याइएको छ भने, तँ समस्यामा हुन्छस्, र परमेश्‍वरले तँभित्र काम गर्न बन्द गर्न सक्नुहुन्छ—यस्तो अवस्थामा, तँलाई काटछाँट गर्नुको के अर्थ हुन्छ? तँलाई प्रकाश गर्नु र हटाउनुको कुनै विकल्प हुँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हिँड्नको लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू

मानिसहरूले आफ्नो बारेमा परमेश्‍वरबाट हुने काटछाँटप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? तिनीहरूले त्यसलाई कुन रूपमा लिनुपर्छ? के मानिसहरूले यस्ता विषयहरूमाथि विचार गर्नुपर्दैन? (पर्छ।) मानिसहरूले यस्ता कुराहरूमाथि चिन्तन र मनन गर्नुपर्छ। व्यक्तिले परमेश्‍वरसँग जहिले र जसरी व्यवहार गरे पनि, वास्तवमा, मानिसको पहिचान बदलिँदैन; मानिसहरू सदैव सृष्टि गरिएका प्राणीहरू नै हुन्। यदि तैँले सृष्टि गरिएको एक प्राणीको रूपमा रहेको तेरो स्थान स्विकार्दैनस् भने, त्यसको अर्थ तँ विद्रोही छस् र तेरो स्वभाव परिवर्तन हुने अवस्थाबाट, र परमेश्‍वरको डर मान्‍ने र दुष्टतादेखि अलग बस्ने अवस्थाबाट तँ टाढा छस् भन्‍ने हुन्छ। यदि तैँले सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो स्थान स्विकारेको छस् भने, परमेश्‍वरप्रति तेरो दृष्टिकोण कस्तो हुनुपर्छ? (निःसर्त समर्पण।) कम्तीमा पनि तँमा यो एउटा कुरा हुनुपर्छ: निसर्त समर्पण। यसको अर्थ, कुनै पनि समयमा परमेश्‍वरले जे गर्नुहुन्छ त्यो गलत कहिल्यै हुँदैन; गल्ती गर्ने त मानिसहरू मात्र हुन्। जुनसुकै वातावरण उत्पन्न भए पनि—विशेषगरी प्रतिकूल परिस्थिति सामना गर्दा, र विशेषगरी परमेश्‍वरले मानिसहरूलाई खुलासा वा भन्डाफोर गर्नुहुँदा—व्यक्तिले गर्नुपर्ने सबैभन्दा पहिले कुरा परमेश्‍वरका वचन र कार्यहरू सही छन् कि गलत भनी जाँच, अध्ययन वा मूल्याङ्कन गर्नुको साटो आत्मचिन्तन गर्न आफ्नै बोली र कार्यहरू अनि आफ्नै भ्रष्ट स्वभाव जाँच्न परमेश्‍वरसामु आउनु हो। यदि तँ तेरो उचित स्थानमा बस्छस् भने, तैँले के गर्नुपर्छ त्यो ठिकसँग जान्नुपर्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। यो त्यस्तो ठूलो समस्या होइन। तर जब मानिसहरूले आफूमा भ्रष्ट स्वभाव हुँदा पनि र आफूले सत्यता नबुझ्दा पनि अझै सत्यता खोजी गर्दैनन्—तब तिनीहरूमा ठूलो समस्या हुन्छ। तँसित भ्रष्ट स्वभाव छ र तँ सत्यता बुझ्दैनस्, र तैँले मनोमानी रूपले परमेश्‍वरको आलोचना गर्न सक्छस्, र तेरो मनस्थिति, रुचि र भावनाहरूद्वारा निर्देशित भई उहाँको नजिक आउन वा उहाँसित अन्तरक्रिया गर्न सक्छस्। तैपनि, यदि तैँले सत्यता खोज्‍ने र अभ्यास गर्ने गर्दैनस् भने, स्थितिहरू त्यति सरल हुनेवाला छैनन्। तँ परमेश्‍वरमा समर्पित हुन असमर्थ मात्र हुनेछैनस्, तैँले त उहाँ धर्मी हुनुहुन्‍न, उहाँले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्‍ने जरुरी छैन भन्दै, उहाँको विषयमा गलत बुझ्‍ने र गुनासोहरू गर्ने, उहाँको आलोचना गर्ने, र हृदयमा उहाँलाई गाली र अस्वीकार गर्ने कामसमेत गर्नेछस्। तैँले अझै पनि यस्ता कुराहरू उत्पन्न हुन दिनु के खतरनाक हुँदैन र? (हुन्छ।) यो धेरै खतरनाक हुन्छ। सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य चुकाउनुपर्ने हुन सक्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ।

—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग तीन)

यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यो चरणमा, अरूले तँलाई काटछाँट गर्छन्, र तेरो वातावरणले तँलाई त्यो सत्यता सिद्धान्तहरूअनुरूप काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यस्तो गर्न चाहन्‍नँ, म यो कुरादेखि थाकिसकेँ!” परमेश्‍वरको काम अनुभव गर्नको लागि निम्‍न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्‍ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्‍छुक हुने अवस्थासम्‍म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान्‌ अवस्थासम्‍म। जब मानिसहरू केही परीक्षाहरूको अनुभव गरिसकेको अवस्थामा पुग्छन्, अनि केही जाँच र शोधन अनुभव गर्दै अन्त्यमा परमेश्‍वरका अभिप्राय र केही सत्यताहरू बुझ्‍न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू सत्यताको अभ्यास गर्न हिचकिचाउँछन्। उदाहरणको रूपमा, इमानदारीपूर्वक एउटा कर्तव्य निर्वाह गर्ने कुरालाई लिऊँ: तँलाई आफ्नो कर्तव्यहरू निर्वाह गर्ने र परमेश्‍वरप्रति इमानदार हुने बारेमा केही बुझाइ छ, र तँसँग सत्यतासम्बन्धी केही बुझाइ पनि छ, तर कहिले परमेश्‍वरप्रति इमानदार हुन सक्‍नेछस्? तैँले कहिले नाम र काम दुवैमा तेरा कर्तव्यहरू निर्वाह गर्न सक्‍नेछस्? यसको लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैँले धेरै कष्टहरू भोग्‍नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, तब मात्र तँ गलत छस् र खराब काम गर्ने व्यक्ति तँ नै होस्, तैँले इमानदारीबिना कर्तव्य निर्वाह गर्नु स्वीकार्य छैन र तँ लापरवाह हुनु हुँदैन भन्‍ने थाहा पाउन थाल्नेछस्! पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैँले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई तँभित्र अत्यन्तै धेरै अशुद्धताहरू छन्, तँ आफ्नो हृदयमा औधी धेरै व्यक्तिगत अभिप्रायहरू पाल्छस्, र कर्तव्यहरू निर्वाह गर्दा तँमा कैयौँ बेकाबू इच्छाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैँले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्‍वरको सामु आएर साँचो पश्‍चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैँले आफ्ना व्यावहारिक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यताको खोजी गरिस् भने, तैँले बिस्तारै विश्‍वासको सही मार्गमा पाइला टेक्‍नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्‍नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा शुद्ध हुन थाल्‍नेछन्। तेरो भ्रष्टतालाई जति-जति शुद्ध पारिन्छ, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कसैको स्वभाव रूपान्तरण गर्नेबारेमा के थाहा हुनुपर्छ

परमेश्‍वरको कामको अनुभव गर्ने सिलसिलामा, जतिपटक असफल भए पनि, लडे पनि, काटछाँट, वा प्रकाश गरिए पनि, यी कुराहरू नराम्रा होइनन्। तँलाई जे-जसरी काटछाँट, वा यो अगुवा, सेवक, वा तेरा दाजुभाइ-दिदीबहिनीहरू जो-कसैले गरेको भए पनि, यी सबै असल कुरा हुन्। तैँले यो कुरा याद राख्‍नुपर्छ: तैँले जति नै कष्ट भोगे पनि, तँलाई वास्तवमा फाइदा भइरहेको हुन्छ। अनुभव भएको जोकोहीले यो कुराको पुष्टि गर्न सक्छ। चाहे जे होस्, काटछाँट, वा प्रकाश गरिनु सधैँ नै राम्रो हुन्छ। यो दोषी ठहराउनु होइन। यो परमेश्‍वरको मुक्ति हो, र आफूलाई चिन्ने सबैभन्दा उत्तम अवसर हो। यसले तेरो जीवनको अनुभवलाई परिवर्तन गराउँछ। योविना, तँसँग आफ्नो भ्रष्टताको सत्यतालाई बुझ्न सक्ने न त मौका, न अवस्था, न प्रसङ्ग नै हुन्छ। यदि तैँले साँचो रूपमा सत्यता बुझ्छस्, र तेरो हृदयको गहिराइमा लुकेका भ्रष्ट कुराहरूलाई खोतली निकाल्‍न सक्छस् भने, यदि तैँले तिनलाई स्पष्ट रूपमा छुट्याउन सक्छस् भने, यो राम्रो कुरा हो, यसले जीवन प्रवेशको मुख्य समस्या समाधान गरेको हुन्छ, र यो स्वभाव परिवर्तनको लागि एकदमै फाइदाजनक हुन्छ। आफैलाई राम्ररी चिन्न सक्ने हुनु भनेको तेरो निम्ति आफ्ना चालहरू सुधार गर्ने र नयाँ व्यक्ति बन्ने एउटा राम्रो मौका हो; यो तैँले नयाँ जीवन प्राप्त गर्ने उत्तम मौका हो। तैँले आफूलाई राम्ररी चिनेपछि, तैँले के कुरा देख्‍न सक्‍नेछस् भने, जब सत्यता व्यक्तिको जीवन बन्छ, यो साँच्चै एउटा अमूल्य कुरा हुन्छ, र तँ सत्यताको लागि तिर्खाउनेछस्, सत्यता अभ्यास गर्दै वास्तविकतामा प्रवेश गर्नेछस्। यो एउटा महान् कुरा हो! यदि जब-जब तँ असफल हुन्छस् वा लड्छस् तब-तब तैँले त्यस मौकाको फाइदा उठाउन सक्छस्, र आफ्‍नो बारेमा मनन गर्न र आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्न सक्छस् भने, तब नकारात्मकता र कमजोरीको बीचमा, तँ फेरि पनि खडा हुन सक्नेछस्। तैँले यो सँघार नाघेपछि, तैँले एउटा ठूलो कदम चाल्‍न सक्‍नेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिसहरू, घटनाहरू र स्थितिहरूबाट सिक्नुपर्छ

सम्बन्धित भिडियोहरू

नाटक “काटछाँट स्विकार्दाको रूपान्तरण”

सम्बन्धित अनुभवात्मक गवाहीहरू

काटछाँटलाई कसरी लिने

सम्बन्धित भजनहरू

असफलता नै आफूलाई चिन्ने उत्तम अवसर हो

परमेश्‍वरले जे गर्नुहुन्छ, त्यो मानिसहरूलाई मुक्ति दिनको लागि गर्नुहुन्छ

अघिल्लो: ८. शैतानका दर्शन अनि विभिन्न विधर्म र भ्रमहरूलाई कसरी खुट्ट्याउने

अर्को: १०. परीक्षा र शोधन कसरी अनुभव गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्