425 परमेश्‍वर सामु शान्त हुनेहरूले मात्र जीवनमा ध्यान केन्द्रित गर्छन्

पद १

परमेश्‍वर सामु शान्त हुनेहरू नै सांसारिक

सम्बन्धहरूबाट मुक्त हुन सक्छन्,

र उहाँमा एकाग्र हुन सक्छन्।

उहाँ सामु शान्त हुन नसक्ने मानिस

छाडा र असंयमी हुन्छ।

हो, र तिनीहरू पूर्णतः आत्म-भोगी हुन्छन्।

परमेश्‍वर सामु शान्त हुन सक्ने सबै

समर्पितहरू हुन् जो परमेश्‍वरको तृष्णा गर्छन्।


कोरस

परमेश्‍वर सामु शान्त हुन सक्नेहरू

आत्मामा सङ्गति र जीवनलाई वास्ता गर्नेहरू हुन्।

उहाँ सामु शान्त हुन सक्नेहरू नै

उहाँका वचनको लागि तिर्खाउनेहरू हुन्।

तिनीहरू नै सत्यता पछ्याउनेहरू हुन्।


पद २

उहाँ सामु शान्त रहन वास्ता नगर्नेहरू,

यो अभ्यास नगर्नेहरू, संसारसँग

पूर्ण रूपमा जोडिएका सतही मानिस हुन्।

तिनीहरू जीवन रहित छन्, तिनमा कुनै जीवन छैन।

तिनले उहाँमा विश्‍वास गर्ने दाबी गरे पनि

यो सत्य होइन,

सजिलै बोलिने रित्ता शब्द मात्र हुन्।

शान्त हुन सक्नेहरूलाई उहाँ

सिद्ध पार्नुहुन्छ, पूर्ण पार्नुहुन्छ।

तिनीहरू अद्भुत आशिषहरूले अनुग्रहित हुन्छन्।


कोरस

परमेश्‍वर सामु शान्त हुन सक्नेहरू

आत्मामा सङ्गति र जीवनलाई वास्ता गर्नेहरू हुन्।

उहाँ सामु शान्त हुन सक्नेहरू नै

उहाँका वचनको लागि तिर्खाउनेहरू हुन्।

तिनीहरू नै सत्यता पछ्याउनेहरू हुन्।


पद ३

उहाँका वचन विरलै खाने र पिउनेहरू,

जीवन प्रवेशको वास्ता नगर्नेहरू

तर मामलाहरूमा ध्यान दिनेहरू,

ढोङ्गीहरू हुन्, तिनीहरूको कुनै भविष्य छैन, भविष्य छैन।

उहाँसँग साँच्चै कुराकानी गर्न र

उहाँ सामु शान्त रहन सक्ने मानिसहरू नै

उहाँका मानिसहरू हुन्।


कोरस

परमेश्‍वर सामु शान्त हुन सक्नेहरू

आत्मामा सङ्गति र जीवनलाई वास्ता गर्नेहरू हुन्।

उहाँ सामु शान्त हुन सक्नेहरू नै

उहाँका वचनको लागि तिर्खाउनेहरू हुन्।

तिनीहरू नै सत्यता पछ्याउनेहरू हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो: 421 पवित्र आत्माको काम पाउन प्रार्थनामा आफ्नो हृदयदेखि बोल

अर्को: 426 तिमीले परमेश्‍वरसामु आफ्नो हृदयलाई शान्त राख्नको निम्ति ध्यान दिनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्