ढ. परमेश्वरद्वारा प्रदान गरिने स्वभाव परिवर्तन र सिद्धताको खोजी सम्बन्धमा
५०४. मानिसको स्वभावको रूपान्तरण परमेश्वरको विभिन्न प्रकारका धेरै वटा काममार्फत हासिल गरिन्छ; मानिसको स्वभावमा त्यस्ता परिवर्तनहरू नआए, ऊ परमेश्वरको साक्षी दिन र परमेश्वरका अभिप्रायहरूअनुरूप हुन असक्षम हुनेछ। मानिसको स्वभावको रूपान्तरणले मानिस शैतानको बन्धन र अन्धकारको प्रभावबाट मुक्त भएको छ, र साँच्चै नै परमेश्वरको कामको मोडेल र नमुना, परमेश्वरको साक्षी, र परमेश्वरका अभिप्रायहरूअनुरूप हुने व्यक्ति बनेको छ भन्ने सङ्केत गर्छ। आज, देहधारी परमेश्वर आफ्नो काम गर्न पृथ्वीमा आउनुभएको छ, र उहाँ मानिसले उहाँको ज्ञान, उहाँप्रतिको समर्पण, र उहाँको गवाही हासिल गरोस् भनी माग गर्नुहुन्छ—मानिसले परमेश्वरको व्यावहारिक र सामान्य काम जान्नुपर्छ, ऊ मानिसका धारणाहरूअनुरूप नभएका उहाँका सबै वचन र कामप्रति समर्पित हुनुपर्छ, र उसले मानिसलाई मुक्ति दिन उहाँले गर्नुहुने सबै कामको, साथै मानिसलाई विजय गर्ने उहाँका सबै कार्यको साक्षी दिनुपर्छ। परमेश्वरको साक्षी दिनेहरूसँग परमेश्वरको ज्ञान हुनैपर्छ; यस्तो प्रकारको गवाही मात्रै सटीक र व्यावहारिक हुन्छ, र यस्तो प्रकारको गवाहीले मात्रै शैतानलाई लज्जित पार्न सक्छ। परमेश्वर उहाँको न्याय, सजाय, र काटछाँट भोगेर उहाँलाई चिनेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँ शैतानद्वारा भ्रष्ट तुल्याइएकाहरूलाई उहाँको गवाही दिन प्रयोग गर्नुहुन्छ। उहाँ स्वभाव परिवर्तन भएका, र यसरी उहाँका आशिष्हरू प्राप्त गरेकाहरूलाई आफ्नो साक्षी दिन प्रयोग गर्नुहुन्छ। उहाँलाई मानिसले मुखले गरेको प्रशंसा चाहिँदैन, न त उहाँलाई उहाँद्वारा मुक्ति नदिइएका शैतानको जमातको प्रशंसा र गवाही नै चाहिन्छ। जसले परमेश्वरलाई चिनेका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्, र जो आफ्नो स्वभावमा रूपान्तरित भएका छन् तिनीहरू मात्रै उहाँको साक्षी दिन योग्य हुन्छन्। परमेश्वरले मानिसलाई जानाजानी उहाँको नामको बेइज्जत गर्न दिनुहुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरका लागि साक्षी दिन सक्छन्
५०५. मानिसहरूका स्वभावहरू मानिसहरू आफैले परिवर्तन गर्न सक्दैनन्; तिनीहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय, र परीक्षा र शोधन भोग्नैपर्छ, वा उहाँका वचनहरूबाट काटछाँट र ताडना भोग्नैपर्छ। त्यसपछि मात्र तिनीहरूले परमेश्वरप्रति समर्पण र बफादारी हासिल गर्न सक्छन्, र आइन्दा उहाँप्रति झाराटारुवा व्यवहार गर्दैनन्। परमेश्वरका वचनहरूको शोधनमा परेपछि नै मानिसहरूका स्वभावहरू परिवर्तन हुन्छन्। उहाँका वचनहरूको खुलासा, न्याय, ताडना, र काटछाँटमार्फत मात्रै तिनीहरू आइन्दा हतारमा काम गर्ने आँट गर्नेछैनन् बरु त्यसको सट्टा स्थिर र शान्त बन्नेछन्। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तिनीहरू परमेश्वरका वर्तमान वचनहरूप्रति, र उहाँको कामप्रति समर्पित हुन सक्नेछन्। यो मानव धारणाहरूसँग मिल्दो नभए पनि, तिनीहरू यी धारणाहरूलाई त्याग्न र जानाजानी समर्पित हुन सक्नेछन्। विगतमा, स्वभावमा आउने परिवर्तनहरूसम्बन्धी कुराले मुख्य रूपमा आफैविरुद्ध विद्रोह गर्न सक्षम हुनु, आफ्नो देहलाई दुःख भोग्न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्नु, र आफूलाई देहका प्राथमिकताहरूबाट मुक्त राख्नुलाई जनाउँथ्यो—जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, सबैलाई थाहा छ कि स्वभावमा आउने परिवर्तनको वास्तविक अभिव्यक्ति भनेको परमेश्वरका वर्तमान वचनहरूप्रति समर्पित हुनु र उहाँको नयाँ कामलाई साँच्चै चिन्नु हो। यसरी, परमेश्वरबारे मानिसहरूको पहिलेको धारणागत ज्ञानलाई मेटाउन सकिन्छ, र तिनीहरूले परमेश्वरको साँचो ज्ञान र उहाँप्रतिको समर्पण हासिल गर्न सक्छन्—यो मात्रै स्वभावमा आउने परिवर्तनको साँचो अभिव्यक्ति हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्
५०६. मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानद्वारा अनि उसको सोचाइ, प्रकृति र मानसिक दृष्टिकोणमा हुने परिवर्तनहरूमार्फत—आधारभूत परिवर्तनहरूमार्फत सुरु हुनुपर्छ। यसरी मात्रै मानिसको स्वभावमा साँचो परिवर्तनहरू हासिल हुनेछन्। मानिसमा भ्रष्ट स्वभावहरू उत्पन्न हुनुको मूल कारण शैतानले भ्रमित पार्नु, भ्रष्ट तुल्याउनु र विषाक्त पार्नु हो। मानिसलाई शैतानले बाँधेको र नियन्त्रित गरेको छ अनि उसको सोचाइ, नैतिकता, अन्तर्ज्ञान र समझ सबैलाई शैतानले गम्भीर रूपमा क्षति पुर्याएको छ। मानिसका आधारभूत कुराहरूलाई शैतानले भ्रष्ट तुल्याएकाले र ती परमेश्वरले सुरुमा सृष्टि गरेको जस्तो बिलकुलै नभएकाले गर्दा नै, मानिसले परमेश्वरको विरोध गर्छ र सत्यता स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा परिवर्तनहरू आउनका निम्ति, सुरुमा उसको सोचाइ, अन्तर्ज्ञान, र समझको हिसाबले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गरिनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभावमा अपरिवर्तित रहनु भनेको परमेश्वरसँग शत्रुतामा हुनु हो
५०७. यदि मानिस आफ्नो जीवनमा पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्याय स्वीकार गर्नैपर्छ, र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट मुक्त गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। परमेश्वरको सजाय र न्याय नै ज्योति हो, र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा राम्रो आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा छैन भन्ने कुरा जान। मानिस शैतानको प्रभावमा जिउँछ, र देहमा अस्तित्वमा छ; यदि उसलाई पखालिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै पतित बन्नेछ। यदि ऊ परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई पखालिनैपर्छ र मुक्ति दिइनैपर्छ। पत्रुस प्रार्थना गर्थे, “परमेश्वर, तपाईँले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु, र सान्त्वना अनुभूति गर्छु; जब तपाईँ मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहेको भए पनि, मसँग आँसु र दुःख भए पनि, तपाईँलाई यो दुःख मेरो विद्रोहीपनका कारण र मेरो कमजोरीका कारण हो भन्ने थाहा छ। म रुन्छु किनभने म तपाईँका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, म दुःख र पछुतो महसुस गर्छु किनभने म तपाईँका मागहरूका लागि अपर्याप्त छु, तर म यस तहमा पुग्न इच्छुक छु, म तपाईँलाई सन्तुष्ट पार्नका लागि आफूले सक्ने सबै गर्न इच्छुक छु। तपाईँको सजायले मेरो सुरक्षा र मेरा लागि सर्वोत्तम मुक्तिका रूपमा काम गरेको छ; तपाईँको न्यायले तपाईँको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईँको सजाय र न्यायविना, मैले तपाईँको कृपा र प्रेमिलो-दयालुपनको आनन्द उठाउने थिइनँ। म आज तपाईँको प्रेमले स्वर्गहरूलाई पार गरेको र अरू सबै थोकभन्दा उत्कृष्ट भएको अझै बढी देख्छु। तपाईँको प्रेम त कृपा र प्रेमिलो-दयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि पखालिने थिएन र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव गर्ने थिएन।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
५०८. यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले पहिले परमेश्वरको नजरमा निगाह पाउनैपर्छ, किनभने उहाँ तिनैलाई सिद्ध पार्नुहुन्छ जसलाई उहाँ निगाह देखाउनुहुन्छ र जो उहाँका अभिप्रायहरूअनुरूप छन्। यदि तँलाई परमेश्वरका अभिप्रायहरूअनुरूप हुने इच्छा छ भने, तँसँग उहाँको कामप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले सत्यता पछ्याउन सक्दो प्रयास गर्नैपर्छ र तैँले सबै कुरामा परमेश्वरको छानबिन स्विकार्नैपर्छ। के तैँले गर्ने सबै कामकुरा परमेश्वरको छानबिनबाट गुज्रेका छन्? के तेरो नियत सही छ? यदि तेरो नियत सही छ भने, परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछ; यदि तेरो नियत गलत छ भने, यसले तेरो हृदयले परमेश्वरलाई होइन, देह र शैतानलाई प्रेम गर्छ भन्ने देखाउँछ। त्यसकारण, तैँले सबै कुरामा परमेश्वरको छानबिन स्विकार्ने तरिकाका रूपमा प्रार्थनालाई प्रयोग गर्नैपर्छ। जब तँ प्रार्थना गर्छस्, म व्यक्तिगत रूपमा तेरो अगाडि नउभिएको भए पनि, पवित्र आत्मा तँसँगै हुनुहुन्छ र तैँले म जो व्यक्ति हुँ उहाँलाई र परमेश्वरका आत्मा दुवैलाई प्रार्थना गरिरहेको हुन्छस्। तँ किन यस देहमा विश्वास गर्छस्? तँ विश्वास गर्छस् किनभने उहाँसँग परमेश्वरका आत्मा हुनुहुन्छ। यदि यस व्यक्तिसँग परमेश्वरका आत्मा नहुनुभएको भए, के तैँले उहाँमा विश्वास गर्नेथिइस्? तैँले यस व्यक्तिमा विश्वास गर्दा, परमेश्वरका आत्मामा विश्वास गरिरहेको हुन्छस्। तँलाई यस व्यक्तिको डर मान्न लगाउनु भनेको परमेश्वरका आत्माको डर मान्न लगाउनु हो। परमेश्वरका आत्मामाथिको विश्वास यस व्यक्तिमाथिको विश्वास हो र यस व्यक्तिमाथिको विश्वास पनि परमेश्वरका आत्मामाथिको विश्वास हो। तैँले प्रार्थना गर्दा, तँलाई परमेश्वरका आत्मा तँसँग हुनुहुन्छ र परमेश्वर तेरो अगाडि हुनुहुन्छ भन्ने महसुस हुन्छ र त्यसकारण तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, धेरैजसो मानिस आफ्ना कार्यहरू परमेश्वरसामु ल्याउन डराउँछन्; तैँले उहाँको देहलाई धोका दिन सक्ने भए पनि, उहाँका आत्मालाई धोका दिन सक्दैनस्। परमेश्वरको छानबिन थेग्न नसक्ने कुनै पनि मामिला सत्यताअनुरूप हुँदैन र त्यसलाई त्याग्नुपर्छ; त्यसो नगर्नु भनेको परमेश्वरलाई चिढ्याउनु हो। त्यसैले, चाहे तँ प्रार्थना गरिरहेको होस्, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग बोलिरहेको र सङ्गति गरिरहेको होस् वा आफ्नो कर्तव्य निर्वाह गरिरहेको र कामकुराहरू सम्पन्न गरिरहेको होस्, तैँले आफ्नो हृदय परमेश्वरसामु राख्नैपर्छ। तैँले आफ्नो प्रकार्य पूरा गर्दा, परमेश्वर तँसँगै हुनुहुन्छ र यदि तेरो नियत सही छ र त्यो परमेश्वरको घरको कामका लागि हो भने, उहाँले तैँले गर्ने सबै कुरा स्विकार्नुहुनेछ; तैँले सच्चा रूपमा आफ्नो प्रकार्य पूरा गर्नुपर्छ। तैँले प्रार्थना गर्दा, तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय हुनुपर्छ र तैँले परमेश्वरको हेरचाह, सुरक्षा र छानबिन खोज्नुपर्छ। यदि तेरा अभिप्रायहरू यिनै हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, तैँले भेलाहरूमा प्रार्थना गर्दा, यदि तँ आफ्नो हृदय खोलेर परमेश्वरलाई प्रार्थना गर्छस् अनि झुट नबोली आफ्नो हृदयमा जे छ त्यो उहाँलाई बताउँछस् भने, तेरा प्रार्थनाहरू निश्चय नै प्रभावकारी हुनेछन्। यदि तँसँग गम्भीर रूपमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ भने, परमेश्वरसामु शपथ खा: “हे स्वर्ग र पृथ्वी अनि यावत् थोकमा हुनुहुने परमेश्वर, म तपाईँसामु कसम खान्छु: तपाईँका आत्माले मैले गर्ने सबै कुराको छानबिन गर्नुहोओस् र मलाई हरसमय सुरक्षा दिनुहोओस् र हेरचाह गर्नुहोओस्, ताकि मैले गर्ने सबथोक तपाईँको उपस्थितिमा दृढ रहन सकून्। यदि मेरो हृदयले तपाईँलाई प्रेम गरेन वा यसले कहिल्यै तपाईँलाई विश्वासघात गऱ्यो भने, मलाई कठोर सजाय र श्राप दिनुहोस्। मलाई यो जुनी वा आउँदो संसार कुनैमा पनि क्षमा नगर्नुहोस्!” के तँ यस्तो शपथ खाने आँट गर्छस्? यदि गर्दैनस् भने, यसले तँ कायर छस् र तँ अझै पनि आफूलाई प्रेम गर्छस् भन्ने देखाउँछ। के तिमीहरूमा यो सङ्कल्प छ? यदि यो साँच्चै तिमीहरूको सङ्कल्प हो भने, तिमीहरूले यो शपथ खानुपर्छ। यदि तँसँग उक्त सङ्कल्प छ र तँ यस्तो शपथ खान्छस् भने, परमेश्वरले तेरो सङ्कल्प पूरा गर्नुहुनेछ। तैँले परमेश्वरसामु शपथ खाँदा, उहाँ सुन्नुहुन्छ। परमेश्वरले तेरो प्रार्थना र तेरो अभ्यासका आधारमा तँ पापी होस् कि धर्मी होस् भनी निर्धारण गर्नुहुन्छ। अब तिमीहरू सिद्ध पारिने क्रममा छौ र यदि तँ सिद्ध पारिने कुरामा साँच्चै विश्वास गर्छस् भने, तैँले आफूले गर्ने सबै कुरा परमेश्वरसामु ल्याउनेछस् र उहाँको छानबिन स्विकार्नेछस्। यदि तँ अत्यन्तै विद्रोही कुरा गर्छस् वा यदि तँ परमेश्वरलाई विश्वासघात गर्छस् भने, उहाँले तेरो शपथ साकार पार्नुहुनेछ; त्यस बिन्दुमा, चाहे तैँले विनाशको सामना गर्नुपरोस् वा सजायको, त्यो तँ आफैले निम्त्याएको हुनेछस्। तैँले शपथ खाइस्, त्यसैले तैँले त्यो पालन गर्नुपर्छ। यदि तैँले शपथ खाइस्, तर त्यो पालन गरिनस् भने, नन्त कष्ट भोग्नेछस्। शपथ तेरै भएको हुनाले, परमेश्वरले तेरो शपथ साकार पार्नुहुनेछ। कतिपय मानिस प्रार्थना गरेपछि डराउँछन् र भन्छन्, “सबै सिद्धियो! दुराचारी बन्ने मेरो मौका गुम्यो; खराब कामकुराहरू गर्ने मेरो मौका गुम्यो; मेरा सांसारिक लालसाहरूमा लिप्त हुने मौका गुम्यो!” यी मानिसहरू अझै पनि संसार र पापलाई प्रेम गर्छन्, र तिनीहरूले अनन्त कष्ट भोग्ने निश्चित छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ
५०९. परमेश्वरले मानिसहरूलाई सिद्ध तुल्याउने एउटा नियम छ, जुन यो हो कि उहाँले तेरो वाञ्छनीय पक्षलाई प्रयोग गरेर तँलाई अन्तर्दृष्टि दिनुहुन्छ ताकि तँसँग अभ्यास गर्ने मार्ग होस् र तैँले आफूलाई नकारात्मक अवस्थाहरूबाट अलग गर्न सक् र यसरी तैँले आफ्नो आत्मालाई छुटकारा पाउन सहायता गर्न सक् र तैँले आफूलाई परमेश्वरलाई अझ बढी प्रेम गर्न सक्ने तुल्याउन सक्। यस्तो प्रकारले तैँले शैतानको भ्रष्ट स्वभावलाई त्याग्न सक्छस्। तँ निष्कपट र खुला छस्, आफैलाई चिन्न र सत्यतालाई व्यवहारमा अपनाउन इच्छुक छस्। परमेश्वरले निश्चय नै तँलाई आशिष दिनुहुनेछ, त्यसैले जब तँ कमजोर र नकारात्मक हुन्छस्, तब उहाँले तँलाई दोब्बर ज्ञान दिनुहुन्छ, तँलाई अझ बढी आफैलाई चिन्न, आफ्नै निम्ति पश्चात्ताप गर्न अझ बढी इच्छुक बन्न र आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न अझ बढी सक्षम हुन सहयोग गर्नुहुन्छ। यसरी मात्रै तेरो हृदय शान्त र सहज हुन सक्छ। साधारणतः परमेश्वरलाई चिन्ने कुरामा ध्यान लगाउने, आफैलाई चिन्ने कुरामा ध्यान लगाउने, अनि आफ्नै अभ्यासमा ध्यान दिने व्यक्ति बारम्बार परमेश्वरको काम, साथसाथै उहाँको मार्गदर्शन र अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनेछ। यदि त्यस्तो व्यक्ति नकारात्मक अवस्थामा छ भने पनि उसले विवेकको कार्य वा परमेश्वरको वचनको अन्तर्दृष्टिको कारण परिस्थितिहरू तुरुन्तै बदल्न सक्छ। कुनै व्यक्तिको स्वभावको परिवर्तन तब हासिल हुन्छ जब उसले आफ्नो वास्तविक अवस्था अनि परमेश्वरको स्वभाव र कार्यको बारेमा जान्दछ। आफैलाई चिन्न र आफ्नो मन खोल्न इच्छुक व्यक्ति सत्यतालाई अभ्यास गर्न सक्षम हुनेछ। यस प्रकारको व्यक्ति परमेश्वरप्रति बफादार व्यक्ति हो, अनि जुन व्यक्ति परमेश्वरप्रति बफादार हुन्छ ऊसित परमेश्वरप्रतिको बुझाइ हुन्छ, त्यो बुझाइ चाहे गहिरो होस् वा सतही, थोरै होस् वा प्रशस्त। यो परमेश्वरको धार्मिकता हो, र यो त्यस्तो कुरा हो जुन मानिसहरूले प्राप्त गर्छन्; यो उनीहरूको आफ्नै लाभ हो। जुन व्यक्तिमा परमेश्वरको ज्ञान हुन्छ ऊ त्यो व्यक्ति हो जोसँग आधार हुन्छ, जोसँग दर्शन हुन्छ। यस प्रकारको व्यक्ति परमेश्वरको देहको बारेमा निश्चित हुन्छ, र परमेश्वरको वचन र परमेश्वरको कामको बारेमा निश्चित हुन्छ। परमेश्वरले जसरी काम गर्नुभए पनि वा बोल्नुभए पनि, वा अरू मानिसहरूले जस्तै बाधा दिए पनि ऊ अडिग रहन सक्छ र उसले परमेश्वरको लागि साक्षी दिन सक्छ। कुनै व्यक्ति जति बढी यस्तो हुँदै जान्छ, उसले आफूले बुझेको सत्यतालाई त्यति नै बढी अघि बढाउन सक्छ। उसले सधैँ परमेश्वरको वचनको अभ्यास गरिरहेको हुनाले उसले परमेश्वर सम्बन्धी अझ बढी बुझाइ प्राप्त गर्छ, अनि उसँग सदासर्वदा परमेश्वरको लागि साक्षी बनेर खडा हुने दृढ संकल्प हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
५१०. परमेश्वरमा विश्वास गरेर, यदि मानिसहरू आफ्नो स्वभाव परिवर्तन गर्न चाहन्छन्, भने उनीहरूले आफैलाई वास्तविक जीवनबाट अलग गर्नुहुँदैन। वास्तविक जीवनमा तैँले आफैलाई चिन्नुपर्छ, आफ्नो विरुद्ध विद्रोह गर्नुपर्छ, सत्यको अभ्यास गर्नुपर्छ, साथै बिस्तारै रूपान्तरण हासिल गर्नुभन्दा अघि तैँले सबै कुरामा आत्म-आचरणका सिद्धान्तहरू, सामान्य ज्ञान र नियमहरू सिक्नुपर्दछ। यदि तैँले सैद्धान्तिक ज्ञानमा मात्र ध्यान केन्द्रित गर्छस् र वास्तविकताको गहिराइमा नपसी, वास्तविक जीवनमा प्रवेश नगरी केवल धार्मिक विधिविधानहरूमा मात्र जिउँछस् भने तँ वास्तविकताभित्र कहिल्यै पनि प्रवेश गर्नेछैनस्, तैँले आफैलाई, सत्यतालाई वा परमेश्वरलाई कहिल्यै जान्नेछैनस्, र तँ सदासर्वदा अन्धो र अज्ञानी हुनेछस्। मानिसहरूलाई मुक्ति दिने परमेश्वरको कार्य तिनीहरूलाई थोरै समयपछि सामान्य मानवीय जीवन बिताउन दिनु होइन, न त उनीहरूका गलत धारणा र सिद्धान्तहरूलाई रूपान्तरण गर्नको लागि नै हो। बरु, उहाँको उद्देश्य मानिसहरूको पुरानो स्वभाव परिवर्तन गर्नु, उनीहरूको पुरानो जीवनशैलीलाई पूर्ण रूपमा बदल्नु, र तिनीहरूको पुरानो सोच र मानसिक दृष्टिकोणलाई बदल्नु हो। केवल मण्डलीको जीवनमा ध्यान केन्द्रित गरेर मात्रै मानिसहरूका पुरानो जीवनका बानीहरू परिवर्तन हुँदैनन् वा उनीहरू लामो समयदेखि बाँचेको पुरानो तरिकाहरू परिवर्तन हुँदैनन्। जे भए पनि, मानिसहरू वास्तविक जीवनबाट अलग हुनुहुँदैन। मानिसहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सामान्य मानव जीवन जिऊन् भनी परमेश्वरले आग्रह गर्नुहुन्छ; तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, तर वास्तविक जीवनमा समेत सत्यतामा बाँचून्, र तिनीहरूले मण्डलीको जीवनमा मात्र होइन, वास्तविक जीवनमा समेत आफ्ना कार्यहरू पूरा गरून्। वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ मोड्नुपर्छ। यदि, परमेश्वरमा विश्वास गरेर, वास्तविक जीवनमा प्रवेश गरेपछि मानिसहरूले आफैलाई चिन्न सक्दैनन्, र यदि तिनीहरू वास्तविक जीवनको सामान्य मानवतामा जिउन सक्दैनन् भने तिनीहरू असफल बन्नेछन्। परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरू सबै ती मानिसहरू हुन् जो वास्तविक जीवनमा प्रवेश गर्न सक्दैनन्। तिनीहरू सबै ती मानिसहरू हुन् जसले मानवताको कुरा त गर्छन्, तर भूतात्माहरूको प्रकृति बोकेर जिउँछन्। तिनीहरू सबै त्यस्ता मानिसहरू हुन् जसले सत्यको कुरा गर्छन्, तर त्यसको साटो धर्मसिद्धान्तहरूमा जिउँछन्। वास्तविक जीवनमा सत्यताअनुसार जिउन नसक्नेहरू ती हुन् जसले परमेश्वरमा विश्वास त गर्छन्, तर तिनीहरूलाई उहाँले तिरस्कार गर्नुहुन्छ। तैँले वास्तविक जीवनमा प्रवेश गर्ने अभ्यास गर्नुपर्छ, तेरा आफ्नै कमीहरू, विद्रोह, र अज्ञानतालाई जान्नुपर्छ, र तेरो असामान्य मानवता र कमजोरीहरूलाई जान्नुपर्छ। त्यसरी, तेरो ज्ञान तेरो वास्तविक अवस्था र कठिनाइहरूसँग जोडिनेछ। केवल यस प्रकारको ज्ञान मात्र वास्तविक हुन्छ र तँलाई वास्तविक रूपमा तेरो आफ्नो अवस्था बुझ्ने र स्वभाविक रूपान्तरण प्राप्त गर्ने तुल्याउन सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मण्डलीको जीवन र वास्तविक जीवनको बारेमा छलफल
५११. परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थनाको तालिम लिनु, परमेश्वरको बोझ स्वीकार गर्नु, अनि उहाँले तँलाई सुम्पनुहुने कार्यभारहरू स्वीकार गर्नु—यो सबै तँसित अगाडि बढ्ने मार्ग होस् भनेर हो। परमेश्वरको आज्ञाप्रति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सजिलो हुनेछ। कतिपय त आह्वान गर्दा समेत परमेश्वरको सेवामा अरूसित सहकार्य गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिस हुन् जो आरामको लालसा गर्छन्। तँलाई जति बढी अरूसँग सहकार्य गरेर सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभवहरू हासिल गर्नेछस्। बोझ र अनुभवहरू बढी भएकाले तैँले सिद्ध हुने बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि तैँले सच्चाइका साथ परमेश्वरको सेवा गर्न सकिस् भने, तैँले परमेश्वरको बोझलाई ख्याल गर्नेछस्; तैँले परमेश्वरद्वारा सिद्ध पारिने अझ धेरै अवसरहरू पाउनेछस्। हाल त्यस्ता मानिसहरूको समूहलाई सिद्ध पारिँदै छ। पवित्र आत्माले तँलाई जति धेरै तीव्रताका साथ प्रेरित गर्नुहुन्छ, त्यति नै बढी तैँले परमेश्वरको बोझलाई ख्याल गर्नेछस्, त्यति नै बढी तँ परमेश्वरद्वारा सिद्ध पारिनेछस्, र त्यति नै बढी तँ उहाँद्वारा प्राप्त गरिनेछस्—अनि अन्तमा, तँ परमेश्वरले प्रयोग गर्ने व्यक्ति बन्नेछस्। हाल, कतिपय यस्ता मानिस छन् जो मण्डलीका लागि कुनै बोझ बोक्दैनन्। यी मानिसहरू सुस्त र लोसे छन्, र आफ्नो देहबारे मात्रै वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन्, र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तँ यो कुरा स्पष्ट रूपमा देख्न सक्दैनस् भने, तैँले कुनै बोझ बोक्नेछैनस्। तँ परमेश्वरका अभिप्रायहरूलाई जति बढी ख्याल गर्छस्, उहाँले तँलाई त्यति नै ठूलो बोझ दिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको मारमा पर्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन्, अनि फलस्वरूप, तिनीहरूले परमेश्वरद्वारा सिद्ध पारिने अवसरहरू गुमाउनेछन्। के तिनीहरू आफैलाई हानि गरिरहेका छैनन् र? यदि तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने, तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीका निम्ति तैँले वहन गर्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनका लागि वहन गर्ने बोझ भन्नु उत्तम हुनेछ किनकि परमेश्वरले यस्ता अनुभवहरूमार्फत तँलाई सिद्ध पार्नुहोओस् भन्नका लागि नै मण्डलीका निम्ति तँमा बोझ विकसित हुने हो। त्यसकारण, जसले मण्डलीका निम्ति सबैभन्दा ठूलो बोझ वहन गर्छ, जसले जीवन प्रवेशका निम्ति बोझ वहन गर्छ—तिनीहरूलाई नै परमेश्वरले सिद्ध पार्नुहुन्छ। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ रहेको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ चिन्तित हुँदैनस् र आत्तिँदैनस्, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सामान्य रूपमा परमेश्वरका वचनहरू खान र पिउन नसक्दा पनि आँखा चिम्लिन्छस् भने, यो कुनै बोझ नहुनुको प्रकटीकरण हो। त्यस्ता मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्न। जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसर्थ, तिमीहरू अहिले नै परमेश्वरको बोझलाई ख्याल गर्ने हुनुपर्छ; तिमीहरूले परमेश्वरको बोझलाई ख्याल गर्नुअघि उहाँले असङ्ख्य मानिसहरूलाई आफ्नो धर्मी स्वभाव प्रकट गरुञ्जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्वरद्वारा सिद्ध पारिने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट फुत्किन दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि पछुताएर मर्ने बेलामा पनि अफसोस मानेजस्तै तँ तेरो बाँकी जीवनभरि पछुताउनेछस्। जब परमेश्वरको धर्मी स्वभाव असङ्ख्य मानिसहरूलाई प्रकट गरिन्छ, तब तँ पश्चात्तापले भरिनेछस्। परमेश्वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसका कारण तैँले आफैलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्वस्त हुँदैनन् तर यदि तँलाई त्यो विश्वास लाग्दैन भने, पर्खेर त हेर्। कतिपय मानिसहरू ठ्याक्कै तिनै हुन् जसले यी वचनहरू आफूमा साकार भएको देख्नेछन्। के तँ यी वचनहरूका लागि आफैलाई बलिदान गर्न तयार छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर
५१२. पवित्र आत्मासँग हरेक व्यक्तिमा हिँड्ने एउटा मार्ग हुन्छ, र उहाँ हरेक व्यक्तिलाई सिद्ध पारिने अवसर दिनुहुन्छ। तेरो नकारात्मकतामार्फत तँलाई तेरो आफ्नै भ्रष्टता चिन्न लगाइन्छ, र त्यसपछि नकारात्मकतालाई फालेर तैँले एउटा अभ्यासको मार्ग भेट्टाउनेछस्; यी सबै तँलाई सिद्ध पारिने तरिका हुन्। यसबाहेक, तँलाई केही सकारात्मक कुरामार्फत निरन्तर रूपमा आन्तरिक मार्गदर्शन र ज्योति दिइन्छ, जसले गर्दा तैँले सक्रिय रूपमा आफ्नो प्रकार्य पूरा गर्न, साथै अन्तर्ज्ञान बढाउन र खुट्ट्याउने क्षमता प्राप्त गर्न पाउँछस्। तेरा अवस्थाहरू राम्रा हुँदा, तँ परमेश्वरका वचनहरू पढ्न विशेष रूपमा इच्छुक हुन्छस्, र परमेश्वरलाई प्रार्थना गर्न विशेष रूपमा इच्छुक हुन्छस्, साथै तँ आफूले सुन्ने प्रवचनहरूलाई आफ्नै स्थितिसँग जोड्न सक्छस्। यस्तो समयमा परमेश्वर तँलाई भित्री रूपमा अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, र तँलाई सकारात्मक पक्षबाट केही कुरा महसुस गराउनुहुन्छ। तँलाई सकारात्मक पक्षमा यसरी नै सिद्ध पारिन्छ। नकारात्मक स्थितिहरूमा, तँ कमजोर र नकारात्मक हुन्छस्; तँ तेरो हृदयमा परमेश्वर हुनुहुन्न भन्ने महसुस गर्छस्, तैपनि परमेश्वर तँलाई ज्योति दिनुहुन्छ, र तँलाई अभ्यासको मार्ग भेट्टाउन मद्दत गर्नुहुन्छ। यसबाट बाहिर आउनु भनेको नकारात्मक पक्षमा सिद्धता प्राप्त गर्नु हो। परमेश्वरले मानिसलाई सकारात्मक र नकारात्मक दुवै पक्षमा सिद्ध पार्न सक्नुहुन्छ। यो तँ अनुभव गर्न सक्छस् कि सक्दैनस्, र तँ परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा छस् कि छैनस् भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ साँच्चिकै परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा छस् भने, नकारात्मक कुराले तँलाई घाटा तुल्याउन सक्दैन, बरु तँलाई अझ बढी वास्तविक कुराहरू ल्याइदिन सक्छ, र तँभित्र के कमी छ भनी जान्न तँलाई अझ बढी सक्षम बनाउन सक्छ, तेरो वास्तविक स्थिति बुझ्न, साथै मानिससँग केही पनि छैन र ऊ केही पनि होइन भनी देख्न अझ बढी सक्षम बनाउन सक्छ; यदि तँ परीक्षाहरू अनुभव गर्दैनस् भने, तँलाई थाहा हुँदैन, र तँलाई सधैँ आफू अरूभन्दा माथि भएको र अरू सबै जनाभन्दा राम्रो भएको महसुस हुनेछ। यी सबैमार्फत तैँले पहिले आएका सबै कुरा परमेश्वरद्वारा गरिएको थियो र परमेश्वरद्वारा सुरक्षित गरिएको थियो भनी देख्नेछस्। परीक्षाहरूमा प्रवेश गर्दा तँ प्रेम वा आस्थारहित हुन्छस्, तँमा प्रार्थनाको कमी हुन्छ र तँ भजन गाउन असक्षम हुन्छस्, र थाहै नपाई, यसैबीच तँ आफूलाई चिन्न थाल्छस्। परमेश्वरसँग मानिसलाई सिद्ध पार्ने धेरै वटा उपाय छन्। उहाँ मानिसका भ्रष्ट स्वभावहरूलाई काटछाँट गर्न हरेक किसिमको वातावरण प्रयोग गर्नुहुन्छ, र मानिसलाई प्रकाश गर्न विभिन्न कुरा प्रयोग गर्नुहुन्छ; एकातिर, उहाँ मानिसलाई काटछाँट गर्नुहुन्छ, अर्कोतिर उहाँ मानिसलाई प्रकाश गर्नुहुन्छ, र अर्कोतिर उहाँ मानिसलाई खुलासा गर्नुहुन्छ, मानिसको हृदयको गहिराइमा रहेका “रहस्यहरू” खोतलेर निकाल्नुहुन्छ र खुलासा गर्नुहुन्छ, र मानिसलाई उसका धेरै वटा स्थिति खुलासा गरेर उसको प्रकृति देखाउनुहुन्छ। परमेश्वर मानिसलाई धेरै वटा विधिमार्फत—खुलासामार्फत, मानिसलाई काटछाँट गरेर, शोधनमार्फत, र सजायमार्फत—सिद्ध पार्नुहुन्छ, ताकि मानिसले परमेश्वर व्यावहारिक हुनुहुन्छ भनेर थाहा पाओस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ
५१३. हाल, तिमीहरूले मुख्यतया खोज्नुपर्ने कुराचाहिँ सबै कुरामा परमेश्वरले तँलाई सिद्ध पार्नु र तैँले सामना गर्ने सबै मानिस, घटना, कामकुराहरूद्वारा तँलाई सिद्ध पार्नु हो, ताकि उहाँ जे हुनुहुन्छ सो तिमीहरूभित्र बनियोस्। तैँले पहिले पृथ्वीमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्नुपर्छ; अनि मात्र तँ परमेश्वरबाट आउने अझ धेरै र ठूला आशिष्हरू प्राप्त गर्न योग्यको ठहरिनेछस्। यी सबै तिमीहरूले पछ्याउनुपर्ने र सबै थोकभन्दा अघि बुझ्नुपर्ने कुरा हुन्। तँ जति धेरै परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्छस्, उति नै धेरै तैँले सबै थोकमा परमेश्वरको बाहुली देख्न सक्छस्, जसको परिणामस्वरूप विविध दृष्टिकोण र विभिन्न मामलाहरूमार्फत तँ सक्रिय रूपमा उहाँको वचनको सत्त्वभित्र प्रवेश गर्ने र उहाँको वचनको वास्तविकताभित्र प्रवेश गर्ने पछ्याइमा लाग्छस्। पापहरू मात्र नगर्ने, वा कुनै रायहरू नै नभएको, सांसारिक कुराहरू सम्बन्धी दर्शनविनाको र कुनै मानव इच्छाविनाको हुने गरी तँ यस्तो नकारात्मक अवस्थामा सन्तुष्ट हुन सक्दैनस्। परमेश्वरले मानिसलाई कैयौं तरिकाले सिद्ध पार्नुहुन्छ; सबै कुरामा सिद्ध पार्ने सम्भावना हुन्छ, अनि उहाँले तँलाई अझ धेरै प्रशस्त हासिल गर्ने पारिन सकारात्मक ढाँचामा मात्र होइन नकारात्मक ढाँचामा पनि सिद्ध पार्न सक्नुहुन्छ। हरेक दिन सिद्ध पार्ने अवसरहरू र परमेश्वरद्वारा हासिल गरिन सक्ने समयहरू हुन्छन्। केही समयको निम्ति यस्ता कुरा भोगेपछि, तँमा ठूलो परिवर्तन आउनेछ र यसअघि अज्ञात रहेका धेरै कुरा तैँले स्वभाविक रूपमा बुझ्नेछस्। अरूबाटको शिक्षा आवश्यक पर्दैन; तँलाई थाहा नभइकन नै, परमेश्वरले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ, ताकि तैँले सबै कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सकेको होस् र तँ आफ्ना सबै अनुभवभित्र विस्तृत रूपमा प्रवेश गर्न सकेको होस्। परमेश्वरले निश्चय नै मार्गदर्शन गर्नुहुनेछ, ताकि तँ दायाँ वा बायाँतिर मोडिनेछैनस् र यसरी तैँले उहाँद्वारा सिद्ध तुल्याइने मार्गमा कदम राख्नेछस्।
… यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले सबै विषयमा कसरी अनुभव प्राप्त गर्ने भनेर सिक्नै पर्दछ, र तिमीहरू आफूलाई आइपर्ने हरेक कुरामा अन्तर्दृष्टि प्राप्त गर्न सक्षम हुनुपर्दछ। यो राम्रो होस वा नराम्रो, यसले तँलाई फाइदा पुऱ्याउनुपर्छ, र तँलाई नकारात्मक बनाउनु हुँदैन। जेसुकै होस, तँ परमेश्वरको पक्षमा उभिएर मामिलाहरू विचार गर्न सक्षम हुनुपर्दछ, र तिनको विश्लेषण वा अध्ययन मानिसको परिप्रेक्ष्यबाट गर्नु हुँदैन (यो तेरो अनुभवमा एउटा विचलन हुनेथियो)। यदि तैँले यस्तो अनुभव गरिस् भने, तेरो हृदय जीवनको बोझले भरिनेछ; तँ सधैँ परमेश्वरको अनुहारको ज्योतिमा बस्नेछस्, र सम्भवतः तेरो अभ्यासमा विचलनहरू आउनेछैनन्। त्यस्तो मानिसको अगाडि उज्ज्वल भविष्य हुन्छ। परमेश्वरद्वारा सिद्ध हुने धेरै अवसर छन्। यी सबै कुरा तिमीहरू साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने व्यक्ति हौ कि होइनौ र तिमीहरूसँग परमेश्वरद्वारा सिद्ध पारिन, परमेश्वरद्वारा हासिल गरिन र उहाँको आशिष र उत्तराधिकार प्राप्त गर्न दृढ सङ्कल्प छ कि छैन भन्ने कुरामा भर पर्छ। दृढ सङ्कल्प मात्र पर्याप्त छैन; तिमीहरूसँग धेरै ज्ञान हुनुपर्दछ, नत्र तिमीहरूको अभ्यासमा सधैँ विचलनहरू आउनेछन्। परमेश्वर तिमीहरू प्रत्येक र हरेकलाई सिद्ध गर्न इच्छुक हुनुहुन्छ। यथार्थमा भन्ने हो भने, धेरैजसो मानिसले लामो समयदेखि परमेश्वरको कामलाई स्वीकार गरिसके तापनि, तिनीहरूले आफूलाई केवल परमेश्वरको अनुग्रहमा आनन्दित तुल्याउन सीमित गरेका छन् र तिनीहरू परमेश्वरबाट थोरै देहको आनन्द प्राप्त गर्न मात्र राजी छन्, अझै धेरै र अझ उच्च प्रकाशहरू प्राप्त गर्न तयार छैनन्। यसले मानिसको हृदय अझै पनि सदाझैँ बाहिर छ भन्ने देखाउँछ। मानिसको काम, सेवा र परमेश्वरलाई प्रेम गर्ने उसको हृदयमा थोरै अशुद्धता भए पनि, जहाँसम्म उसको भित्री सार र पिछडिएको सोचाइको सवाल छ, उसले अझै पनि निरन्तर देहको शान्ति र आनन्दको खोजी गर्दछ, र परमेश्वरले उसलाई सिद्ध पार्नुका सर्त र त्यसका उद्देश्य के हुन सक्छन् भन्नेबारे उसले कुनै वास्ता गर्दैन। तसर्थ, धेरैजसो मानिसको जीवन अझै असभ्य र पतित छ। तिनीहरूको जीवन थोरै परिवर्तनसमेत भएको छैन; तिनीहरू परमेश्वरप्रतिको विश्वासलाई महत्वपूर्ण मामिलाका रूपमा हेर्दैनन्, यस्तो लाग्छ, तिनीहरूको विश्वास अरूको लागि हो, झारा टार्ने र लापरवाही छ, उद्देश्यविहीन अस्तित्वमा विचलित हुन्छ। थोरै मानिस मात्र अझ धेरै र मूल्यवान् चीजहरू प्राप्त गर्दै, सबै चीजमा परमेश्वरको वचनमा प्रवेश गर्न सक्षम भएका छन्, आज तिनीहरू परमेश्वरको घरमा अझ धेरै मूल्यवान् मानिस बनेका छन् र परमेश्वरबाट धेरै आशिष पाइरहेका छन्। यदि तँ सबै कुरामा परमेश्वरबाट सिद्ध पारिन खोज्छस् र पृथ्वीमा परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो कुरा प्राप्त गर्न सक्षम छस् भने, यदि तँ सबै कुरामा परमेश्वरद्वारा अन्तर्दृष्टि पाउन खोज्छस् र वर्षहरू निष्क्रिय रूपमा बित्न दिँदैनस् भने, सक्रिय भएर प्रवेश गर्ने आदर्श मार्ग यही हो। केवल यसरी तँ परमेश्वरबाट सिद्ध पारिन योग्य र उपयुक्त हुनेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनेहरूका निम्ति दिइएका प्रतिज्ञाहरू
५१४. पवित्र आत्माले परमेश्वरद्वारा प्रयोग गरिने निश्चित मानिसहरूमा मात्रै होइन, अझ भन्नुपर्दा, मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमा पनि काम गरिरहनुभएको हुन सक्छ। उहाँले वर्तमान समयमा तँमा काम गर्न सक्नुहुन्छ, र तैँले यो कामको अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अरू कसैमा काम गर्न सक्नुहुन्छ, जुन अवस्थामा तैँले चाँडो पछ्याउनुपर्छ; तँ वर्तमान प्रकाशलाई जति नजिकबाट पछ्याउँछस्, तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कोही व्यक्ति जस्तोसुकै प्रकारको भए पनि, यदि पवित्र आत्माले उसमा काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तँ आफैले कामकुराहरू भोग्दा, तैँले उसको भोगाइको वास्तविक अनुभव प्राप्त गरिस् भने, तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यस प्रकारको अभ्यासमार्फत, तैँले अझ छिटो प्रगति गर्नेछस्। यो मानिसले सिद्धता प्राप्त गर्ने मार्ग र जीवन वृद्धि हुने माध्यम हो। सिद्ध पारिने मार्गमा पवित्र आत्माको कामप्रति तेरो समर्पणमार्फत पुगिन्छ। परमेश्वरले तँलाई सिद्ध पार्न कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुनेछ, वा उहाँले तँलाई कुन व्यक्ति, घटना, वा कामकुरामार्फत कुराहरू प्राप्त गर्न र देख्न दिनुहुनेछ भन्ने तँलाई थाहा हुँदैन। यदि तँ यो सही मार्गमा पाइला टेक्न सक्छस् भने, यसले तँ परमेश्वरद्वारा सिद्ध पारिने ठूलो आशा छ भन्ने देखाउँछ। यदि तँ सक्दैनस् भने, यसले तेरो भविष्य अन्धकारमय, प्रकाशविहीन छ भन्ने देखाउँछ। जब तँ सही मार्गमा हिँड्न थाल्छस्, तब तैँले सबै कुरामा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकाश गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानका आधारमा आफैले कुराहरू अनुभव गर्नतिर लागिस् भने, त्यो तेरो जीवनको हिस्सा बन्नेछ, र तैँले यो अनुभवबाट अरूलाई आपूर्ति गर्न सक्नेछस्। जो शब्दहरू रटेर अरूलाई आपूर्ति गर्छन् तिनीहरू कुनै अनुभव प्राप्त नगरेका मानिस हुन्; तैँले आफ्नो खास अनुभव र ज्ञानका बारेमा बोल्न सुरु गर्नुअघि अरूको अन्तर्दृष्टि र ज्योतिमार्फत अभ्यासको मार्ग भेट्टाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनका लागि अझ ठूलो फाइदा हुनेछ। परमेश्वरबाट आउने सबै कुरामा समर्पित हुँदै, तैँले यसरी नै अनुभव गर्नुपर्छ। तेरो जीवन वृद्धि हुन सकोस् भनेर, तैँले सबै कुरामा परमेश्वरका अभिप्रायहरू खोज्नुपर्छ र सबै कुरामा पाठहरू सिक्नुपर्छ। यस्तो अभ्यासले सबैभन्दा छिटो प्रगति गराउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
५१५. के तँ साँच्चै सिद्ध पारिन इच्छुक छस्? यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन इच्छुक छस् भने, तँसँग आफ्नो देहलाई त्याग्ने साहस हुनेछ, तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न सक्नेछस्, र तँ नकारात्मक वा कमजोर हुनेछैनस्। तँ परमेश्वरबाट आउने सबै कुराप्रति समर्पित हुन सक्नेछस्, र तैँले आफ्ना सबै कार्य—चाहे अरूका अगाडि गरिएका होऊन् वा तिनीहरूको पिठ्युँ पछाडि—परमेश्वरसामु प्रस्तुत गर्न सक्नेछस्। यदि तँ इमानदार व्यक्तिका रूपमा काम गर्छस्, र सबै कुरामा सत्यता अभ्यास गर्छस् भने, तँ सिद्ध पारिने व्यक्ति बन्नेछस्। अरूका अगाडि एउटा र तिनीहरूको पिठ्युँ पछाडि अर्को व्यवहार गर्ने ती छली मानिसहरू सिद्ध पारिन इच्छुक हुँदैनन्। तिनीहरू सबै अनन्त विनाशका पुत्र र विनाशका पुत्र हुन्; तिनीहरू शैतानका हुन्, र तिनीहरू परमेश्वरद्वारा चुनिएका होइनन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई चयन गर्नुहुन्न! यदि तेरा कार्यहरू र व्यवहार परमेश्वरसामु प्रस्तुत गर्न वा परमेश्वरका आत्माद्वारा छानबिन गर्न सकिँदैनन् भने, यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। तैँले परमेश्वरको न्याय र सजायलाई स्विकार्नैपर्छ, र आफ्नो स्वभावको रूपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्छ; तब मात्र तैँले सिद्ध पारिने मार्गमा पाइला टेक्न सक्नेछस्। यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन र परमेश्वरको इच्छा पछ्याउन इच्छुक छस् भने, तँ एक शब्द गुनासो नगरी, परमेश्वरको कामलाई स्वेच्छाचारी रूपमा गलत नठहराई वा त्यसबारे निष्कर्ष ननिकाली, परमेश्वरको सबै कामप्रति समर्पित हुनुपर्छ। परमेश्वरद्वारा सिद्ध पारिनका लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्वरद्वारा सिद्ध पारिन खोज्नेहरूका लागि आवश्यक सर्त यो हो: सबै कुरामा परमेश्वरलाई प्रेम गर्ने हृदयले काम गर्ने। परमेश्वरलाई प्रेम गर्ने हृदयले काम गर्नुको अर्थ के हो? यसको अर्थ तेरा सबै कार्य र व्यवहार परमेश्वरसामु प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तँसँग सही अभिप्रायहरू भएकाले, तेरा कार्यहरू सही होऊन् वा गलत, तँ ती कुरा परमेश्वर वा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई देखाउन डराउँदैनस्, र तँ परमेश्वरसमक्ष शपथ खाने आँट गर्छस्। तैँले आफ्नो हरेक अभिप्राय, सोच, र विचारलाई परमेश्वरसमक्ष प्रस्तुत गरेर उहाँलाई अवलोकन गर्न दिनुपर्छ; यदि तँ यस तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनमा तीव्र प्रगति हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
५१६. यदि तँ परमेश्वरद्वारा प्रयोग गरिन र सिद्ध पारिन चाहन्छस् भने, तँसँग सत्यताको हरेक पक्ष हुनैपर्छ: दुःख भोग्ने सङ्कल्प, आस्था, सहनशक्ति, समर्पण, अनि सत्यता खोज्ने र परमेश्वरका अभिप्रायहरू बुझ्ने सामर्थ्य, उहाँका दुःखपिर र श्रमसाध्य अभिप्रायहरूलाई ख्याल गर्ने सामर्थ्य, आदि। कुनै व्यक्तिलाई सिद्ध पार्नु सजिलो छैन, र तैँले अनुभव गर्ने हरेक शोधनमा तेरो आस्था र प्रेम आवश्यक पर्छ। यदि तँ परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छस् भने, दौडधुप गर्नु मात्रै पर्याप्त हुँदैन, न त परमेश्वरप्रति आफूलाई अर्पण गर्नु मात्रै नै पर्याप्त हुन्छ। परमेश्वरद्वारा सिद्ध पारिने व्यक्ति बन्न सक्षम हुनका लागि तँसँग धेरै कुरा हुनैपर्छ। जब तँ दुःखको सामना गर्छस्, तब तँ देहलाई ख्याल गर्न छोड्न र परमेश्वरका विरुद्धमा गुनासाहरू नगर्न सक्षम हुनैपर्छ। जब परमेश्वर स्वयम् तँबाट लुक्नुहुन्छ, त्यतिबेला तैँले उहाँलाई पछ्याउने आस्था राख्न, र तेरो पहिलेको प्रेमलाई परिवर्तन हुन वा विलीन हुन नदिई कायम राख्न सक्षम सक्नैपर्छ। परमेश्वरले चाहे जेसुकै गर्नुहोस्, तैँले उहाँलाई उहाँको इच्छाअनुसार योजनाबद्ध गर्न दिनैपर्छ, र उहाँविरुद्ध गुनासाहरू गर्नुभन्दा बरु आफ्नै देहलाई सराप्न रुचाउनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्वरलाई सन्तुष्ट पार्न असक्षम हुनुको साटो आफ्नो प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन रोज्नैपर्छ। यो मात्र साँचो प्रेम र साँचो आस्था हो। तेरो वास्तविक कद जे भए पनि सुरुमा तँसित दुःख भोग्ने यो सङ्कल्प र साँचो आस्था दुवै हुनुपर्छ। तँसित देहविरुद्ध विद्रोह गर्ने सङ्कल्प पनि हुनैपर्छ; तँ परमेश्वरका अभिप्रायहरू पूरा गर्न असफल हुनुभन्दा बरु दुःख भोग्न र आफ्ना व्यक्तिगत हितहरूमा क्षति भोग्न रुचाउनुपर्छ। तँ हृदयमा अफसोस महसुस गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्न सकेको थिइनस्, र अहिले तैँले अफसोस महसुस गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूमार्फत परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तैँले यी सर्तहरू पूरा गर्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
५१७. स्वभावमा हुने रूपान्तरणले मुख्यतः व्यक्तिको प्रकृतिको रूपान्तरणलाई जनाउँछ। व्यक्तिको प्रकृतिमा अन्तर्निहित कुराहरूलाई उसको बाहिरी व्यवहारबाट बुझ्न सकिँदैन। ती सिधै त्यस व्यक्तिको अस्तित्वको मूल्य र महत्त्वसँग अनि जीवनबारे उसको दृष्टिकोण र उसका मूल्यमान्यताहरूसँग सम्बन्धित हुन्छन्; ती उसको प्राणको गहिराइमा भएका कुराहरूसँग र उसको सारसँग सम्बन्धित हुन्छन्। यदि कुनै व्यक्तिले सत्यता स्वीकार गर्न सक्दैन भने, ऊ यी पक्षहरूमा रूपान्तारित हुनेछैन। परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गरेर अनि परमेश्वरको ज्ञान प्राप्त गरेर मात्रै मानिसहरूले साँचो रूपमा सत्यता बुझ्न सक्छन्। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण र अस्तित्व र मूल्यमान्यताहरूबारे तिनीहरूको दृष्टिकोण परिवर्तन हुन थाल्छ। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण सत्यतासँग मिल्ने र परमेश्वरको वचनसँग एकरूप हुने बन्छ र तिनीहरू परमेश्वरप्रति साँच्चै समर्पित हुन र आफ्नो कर्तव्य निर्वाह गर्दा उहाँप्रति बफादार हुन सक्षम बन्छन्। यो मात्रै स्वभाव परिवर्तन हो। हाल, यदि मानिसहरू सत्यताको बुझाइ प्राप्त गर्न सक्दैनन् भने, तिनीहरूले बाहिरी रूपमा थोरै प्रयास गरे पनि र आफ्नो कर्तव्य निर्वाहमा थोरै कष्ट भोगे पनि अनि माथिबाट आएका कार्य प्रबन्धहरू सम्पन्न गर्न, र केही सरल कार्य गर्न सके पनि, र तिनीहरूमा थोरै समर्पण छ भन्ने देखिए पनि, जब तिनीहरू आफ्ना धारणाहरूसँग नमिल्ने कुरा सामना गर्छन्, तब तिनीहरूको विद्रोहीपन फेरि देखा पर्नेछ। उदाहरणका लागि, जब तँलाई काँटछाँट गरिन्छ, तब तैँले तर्क गर्नेछस् र आफ्नो बचाउ गर्ने प्रयास गर्नेछस्, अनि जब कुनै प्राकृतिक वा मानव-निर्मित प्रकोप आउँछ, तब परमेश्वरबारे गुनासो र गनगन गर्नेछस्। यसले तँ परमेश्वरप्रति साँचो रूपमा समर्पित हुने व्यक्ति होइनस् भन्ने कुरा प्रकट गर्छ। त्यसकारण, त्यो थोरै बाहिरी समर्पण र परिवर्तन व्यवहारमा भएको परिवर्तन मात्रै हो; यो स्वभाव परिवर्तनको स्तरमा पुग्दैन। सायद तँ धेरै दौडधुप गर्न, धेरै कष्ट भोग्न, र ठूलो अपमान सहन सक्छस्; तँलाई परमेश्वरको एकदमै नजिक भएको महसुस हुन सक्छ, र पवित्र आत्माले तँमा केही काम गर्न सक्नुहुन्छ। तर, जब परमेश्वर तँलाई तेरा धारणाहरूसँग नमिल्ने कुरा गर्न भन्नुहुन्छ, तब तैँले समर्पित हुन नमान्न, बहानाहरू बनाउन, परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँको प्रतिरोध गर्न, अनि गम्भीर मामिलाहरूमा उहाँलाई प्रश्न गर्न र उहाँको विरोधसमेत गर्न सक्छस्। यो गम्भीर समस्या हो! यसले तँमा अझै पनि परमेश्वरको प्रतिरोध गर्ने प्रकृति छ, तँ सत्यता साँच्चै बुझ्दैनस्, र तेरो जीवन स्वभावमा पटक्कै कुनै रूपान्तरण भएको छैन भन्ने देखाउँछ। बर्खास्त गरिएपछि वा निकालिएपछि, कतिपय मानिस परमेश्वरलाई गलत ठहराउने र परमेश्वर धर्मी हुनुहुन्न भनेर भन्ने हदसम्म जान्छन्। तिनीहरू परमेश्वरसँग विवाद र उहाँको प्रतिरोधसमेत गर्छन्, र तिनीहरू जहाँ गए पनि परमेश्वरबारे आफ्नो धारणा र उहाँप्रति असन्तुष्टि फैलाउँछन्। यस्ता मानिसहरू साँच्चै परमेश्वरको प्रतिरोध गर्ने दुष्ट दियाबलस हुन्। दुष्ट दियाबलसको प्रकृति भएका मानिसहरू कहिल्यै परिवर्तन हुनेछैनन् र तिनीहरूलाई त्याग्नुपर्छ। हरेक परिस्थितिमा सत्यता खोज्न, सत्यता स्विकार्न, र परमेश्वरको कामप्रति समर्पित हुन सक्नेहरूसँग मात्र सत्यता प्राप्त गर्ने र स्वभाव परिवर्तन हासिल गर्ने आशा हुन्छ। तैँले आफ्ना अनुभवहरूमा बाहिरी रूपमा सामान्य देखिने स्थितिहरू खुट्ट्याउन सिक्नैपर्छ। प्रार्थना गर्दा तैँले सुँकसुँकाउन र रुन सक्छस्, वा तेरो हृदयले परमेश्वरलाई अति प्रेम गर्ने गरेको र तेरो हृदय परमेश्वरसँग अति निकट रहेको महसुस गर्न सक्छस्, तैपनि यी स्थितिहरू पवित्र आत्माका काम मात्र हुन् र यो कुराले तँ परमेश्वरलाई प्रेम गर्ने व्यक्ति होस् भन्ने जनाउँदैन। यदि तँ पवित्र आत्माले काम नगर्नुहुँदा वा परमेश्वरले तेरो धारणाहरूसँग नमिल्ने कुराहरू गर्नुहुँदा समेत, परमेश्वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्छस् भने मात्र तँ परमेश्वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति, सत्यता वास्तविकता भएको व्यक्ति र जीवन स्वभाव परिवर्तन भएको व्यक्ति होस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ
५१८. व्यक्तिको स्वभावमा रूपान्तरण हुनु भनेको व्यवहारमा परिवर्तन हुनु होइन, न त यो बाहिरी परिवर्तनको स्वाङ हो, न जोसका कारण गरिएको अस्थायी परिवर्तन हो। यी परिवर्तनहरू जति नै असल भए पनि, तिनले जीवन स्वभावमा हुने परिवर्तनको ठाउँ लिन सक्दैनन्। यो सबको कारण के हो भने यी बाहिरी परिवर्तनहरू व्यक्तिको आफ्नै प्रयासद्वारा हासिल गर्न सकिन्छ, तर जीवन स्वभावको परिवर्तन मानव प्रयासले मात्रै हासिल गर्न सकिँदैन। यसको लागि परमेश्वरको न्याय, सजाय, परीक्षा र शोधनका साथै पवित्र आत्माले दिनुहुने सिद्धताको अनुभव गर्नुपर्छ। परमेश्वरमा विश्वास गर्ने मानिसहरूले केही असल व्यवहार देखाउने भए पनि, तिनीहरूमध्ये एक जना पनि साँचो रूपमा परमेश्वरमा समर्पित हुँदैन, परमेश्वरलाई साँचो प्रेम गर्दैन, वा परमेश्वरको इच्छा पछ्याउन सक्दैन। यस्तो किन हुन्छ? किनभने यसको लागि जीवन स्वभावमा परिवर्तन ल्याउनु जरुरी छ, र व्यवहारमा मात्रै परिवर्तन ल्याउनु पर्याप्त हुँदैन। स्वभावमा परिवर्तन आउनुको अर्थ तैँले सत्यताको ज्ञान र अनुभव पाएको छस्, र सत्यता तेरो जीवन बनेको छ, यसले तँलाई निर्देशित गर्न, र तेरो जीवन र तँबारेका सबै कुरा अधीनमा राख्न सक्छ भन्ने हुन्छ। तेरो जीवन स्वभावमा आउने परिवर्तन यही हो। सत्यतालाई जीवनको रूपमा प्राप्त गरेका मानिसहरू मात्र स्वभाव परिवर्तन भएका मानिसहरू हुन्। विगतमा, तैँले कतिपय सत्यताहरू बुझ्दा पनि तिनलाई अभ्यास गर्न सक्दैनथिस् होला, तर अहिले तैँले आफूले बुझेको सत्यताको कुनै पनि पक्षलाई कुनै बाधा वा कठिनाइविना नै अभ्यास गर्न सक्छस्। जब तैँले सत्यता अभ्यास गर्छस्, तब आफूलाई शान्ति र खुसीले भरिएको पाउनेछस्, तर तैँले सत्यता अभ्यास गर्न सकिनस् भने, तँलाई पीडा हुन्छ र तेरो विवेक खलबलिन्छ। तँ सबै कुरामा सत्यता अभ्यास गर्न सक्छस्, परमेश्वरका वचनहरूअनुसार जिउन सक्छस्, र तँसँग जिउने आधार हुन्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्ने हुन्छ। अब तैँले तेरा धारणा र कल्पनाहरू, तेरा देहगत प्राथमिकता र खोजीहरू, अनि तैँले पहिले त्याग्न नसकेका कुराहरूलाई सहजै त्याग्न सक्छस्। तँलाई परमेश्वरका वचनहरू साँच्चै असल छन्, र सत्यता अभ्यास गर्नु सर्वोत्तम कुरा हो भन्ने लाग्छ। यसको अर्थ तेरो स्वभाव परिवर्तन भएको छ भन्ने हुन्छ। व्यक्तिको स्वभाव परिवर्तन गर्ने कार्य अत्यन्तै सरल भएजस्तो सुनिन्छ, तर वास्तवमा यो धेरै अनुभव चाहिने प्रक्रिया हो। यस अवधिमा, मानिसहरूले धेरै कष्ट भोग्नुपर्छ—तिनीहरूले आफ्नै शरीरलाई काबुमा राख्नुपर्छ र देहविरुद्ध विद्रोह गर्नुपर्छ, तिनीहरूले न्याय, सजाय, काँटछाँट, परीक्षा र शोधनको कष्ट पनि भोग्नुपर्छ, अनि तिनीहरूले धेरै असफलता र पतन पनि अनुभव गर्नुपर्छ, र भित्री सङ्घर्ष र सास्तीको कष्ट पनि सहनुपर्छ। यी अनुभवहरूपछि मात्रै मानिसहरूमा आफ्नो प्रकृतिबारे केही बुझाइ हुन सक्छ, तर केही बुझाइबाट तुरुन्तै पूर्ण परिवर्तन हासिल गरिहाल्न सकिँदैन; तिनीहरू परीक्षा, शोधन, र काटछाँटको लामो प्रक्रियाबाट गुज्रनुपर्छ, अनि तिनीहरूले निरन्तर सत्यता खोज्नुपर्छ र सत्यता अभ्यास गर्नुपर्छ, तब मात्रै तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू अलिअलि गर्दै फाल्न सक्छन्। त्यसकारण आफ्नो स्वभाव परिवर्तन गर्नको लागि जीवनको पूरै अवधि लाग्छ। उदाहरणका लागि, यदि तैँले कुनै मामलामा भ्रष्टता प्रकट गरिस् भने, के तैँले यसलाई महसुस गर्नेबित्तिकै सत्यता अभ्यास गर्न सक्छस् र? सक्दैनस्। बुझाइको यस चरणमा, अरूले तँलाई काँटछाँट गर्छन्, र त्यसपछि तेरो वातावरणले तँलाई सत्यता सिद्धान्तहरूअनुसार काम गर्न बाध्य बनाउँछ। कहिलेकहीँ, तैँले त्यसो गर्ने भनेर मन बनाएको हुँदैनस्, र तैँले मनमनै भन्छस्, “के मैले यो काम यसरी गर्नुपर्छ? किन मैले यसलाई आफूले चाहेअनुसार गर्न सक्दिनँ? किन मलाई सधैँ सत्यता अभ्यास गर्न लगाइन्छ? म यो चाहन्नँ, ममा यसका लागि शक्ति छैन!” परमेश्वरको काम अनुभव गर्नको लागि निम्न प्रक्रिया भएर जानुपर्ने हुन्छ: सत्यता अभ्यास गर्न मन नलाग्ने अवस्थादेखि सत्यताको अभ्यास गर्न इच्छुक हुने अवस्थासम्म; नकारात्मकता र कमजोर अवस्थाबाट सामर्थ्यवान् र देहविरुद्ध विद्रोह गर्ने क्षमतावान् अवस्थासम्म। जब मानिसहरू अनुभवको कुनै निश्चित बिन्दुमा पुग्छन्, अनि त्यसपछि केही परीक्षा र शोधनबाट गुज्रन्छन् र अन्त्यमा परमेश्वरका अभिप्राय र केही सत्यताहरू बुझ्न पुग्छन्, तब उनीहरू केही हदसम्म खुसी हुनेछन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न इच्छुक हुनेछन्। सुरुमा, मानिसहरू अलि अनिच्छुक हुँदै सत्यता अभ्यास गर्छन्। उदाहरणका रूपमा, अर्पित भएर आफ्ना कर्तव्यहरू निर्वाह गर्ने कुरालाई लिऊँ: तँसित आफ्ना कर्तव्यहरू निर्वाह गर्नमा केही समर्पण, परमेश्वरप्रति अर्पित हुनुको अर्थ के हो भन्नेबारे केही ज्ञान र सत्यतासम्बन्धी केही बुझाइ छ, तर तँ कहिले परमेश्वरप्रति पूर्ण रूपमा अर्पित हुन सक्नेछस् अनि कहिले नाम र काम दुवैमा आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्नेछस्? यसका लागि एउटा प्रक्रियाको आवश्यकता पर्दछ। यस प्रक्रियाको क्रममा, तैँले धेरै कष्टहरू भोग्नुपर्ने हुनसक्छ। कतिपय मानिसहरूले तेरो काटछाँट गर्न सक्छन्, र अरूले तेरो आलोचना गर्न सक्छन्। सबैको आँखा तेरो सूक्ष्म जाँच गर्दै तँमै केन्द्रित हुनेछ, अनि तब मात्र तैँले आफू गलत भएको र दोषी व्यक्ति आफू नै भएको, आफ्नो कर्तव्य निर्वाहमा अर्पण नहुनु अस्वीकार्य हुने र आफू लापरवाह हुन नहुने कुरा थाहा पाउन थाल्नेछस्। पवित्र आत्माले तँलाई भित्रबाट अन्तर्दृष्टि दिनुहुनेछ, र तैँले गल्ती गर्दा तेरो निन्दा गर्नुहुन्छ। यस प्रक्रियाको अवधिमा, तैँले आफ्नै बारेमा केही कुराहरू बुझ्न पुग्छस्, र तँलाई आफूमा अत्यन्तै धेरै अशुद्धता छन्, तँ अत्यन्तै धेरै व्यक्तिगत मनसायहरू पाल्छस्, र तँसँग आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अत्यन्तै धेरै विलासी चाहनाहरू हुन्छन् भनेर थाहा हुनेछ। तैँले यी कुराहरूको सार बुझेपछि, यदि तँ प्रार्थनामा परमेश्वरको सामु आएर साँचो पश्चात्ताप गर्न सक्छस् भने, तँ ती भ्रष्ट कुराहरूबाट शुद्ध पारिन सक्छस्। यदि तैँले आफ्ना वास्तविक समस्याहरू समाधान गर्न यस्तै प्रकारले बारम्बार सत्यता खोजी गरिस् भने, बिस्तारै आस्थाको सही मार्गमा पाइला टेक्नेछस्; तैँले साँचो जीवन अनुभवहरू प्राप्त गर्न थाल्नेछस्, र तेरा भ्रष्ट स्वभावहरू क्रमिक रूपमा पखालिन थाल्नेछन्। तेरो भ्रष्ट स्वभावहरू जति बढी पखालिन्छन्, तेरो जीवन स्वभाव उति नै बढी रूपान्तरित हुनेछ।
अहिले धेरै मानिसहरूले आफ्ना कर्तव्य निर्वाह गरिरहेका भए पनि, सारगत रूपमा, कति मानिसहरूले आफ्नो कर्तव्यमा लटरपटर मात्र गरिरहेका हुन्छन्? कति मानिसहरूले सत्यता स्वीकार गर्न र सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? कति मानिसहरूले आफ्नो स्वभाव परिवर्तन गरेपछि परमेश्वरका मागहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्छन्? यी कुराहरूलाई अझै बढी जाँच गरेर, तँ आफ्नो कर्तव्य निर्वाह गर्दा साँच्चै मानकको स्तरमा पुगेको छस् कि छैनस् भनेर तैँले जान्न सक्नेछस्, र तैँले तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भनेर पनि स्पष्ट रूपमा देख्न सक्नेछस्। व्यक्तिको स्वभावमा रूपान्तरण हासिल गर्नु साधारण कुरा होइन; यसको अर्थ व्यवहारमा केही परिवर्तनहरू हुनु, सत्यताको केही ज्ञान प्राप्त गर्नु, सत्यको प्रत्येक पक्षसँगको आफ्नो अनुभव अलि-अलि बताउन सक्नु वा केही परिवर्तन हासिल गर्नु वा अनुशासनमा परेपछि केही समर्पित हुनु मात्र होइन। यी कुराहरूले व्यक्तिको जीवन स्वभावको रूपान्तरणलाई जनाउँदैनन्। म यो किन भन्छु? तँ केही हदसम्म परिवर्तन भएको भए पनि, अझै सच्चा रूपमा समर्पित भइरहेको छैनस्। कहिलेकाहीँ तँ वातावरण अनुकूल भएकाले वा कसैले तेरो सुपरिवेक्षण गरिरहेकाले सत्यता अभ्यास गर्न सक्छस्, अनि त्यसपछि मात्रै तँ केही हदसम्म समर्पित हुन सक्छस्। यसबाहेक, जब तेरो मुड राम्रो हुन्छ र तेरो स्थिति सामान्य हुन्छ, वा जब तँमा पवित्र आत्माको काम हुन्छ, तब तँ सत्यता अभ्यास गर्न सक्छस्। तर यदि तँ परीक्षाको बीचमा छस् भने—जब तैँले परीक्षाको दौरान अय्यूबले जस्तै कष्ट भोगिरहेको छस्, वा जब तँ मृत्युको परीक्षा सामना गर्छस्—के तँ अझै पनि सत्यता अभ्यास गर्न र गवाहीमा दृढ रहन सक्नेछस्? के तँ पत्रुसले भनेको जस्तै कुरा भन्न सक्नेछस्, “तपाईँलाई चिनेपछि म मर्नुपर्छ भने पनि, म त्यो खुसी र आनन्दसाथ किन गर्न नसकुँला र?” पत्रुसले कुन कुरालाई महत्त्व दिन्थे? पत्रुसले समर्पणलाई महत्त्व दिन्थे, र तिनले परमेश्वरलाई चिन्ने कार्यलाई नै सबैभन्दा महत्त्वपूर्ण कुरा मान्थे, त्यसकारण तिनी मृत्युसम्मै समर्पित हुन सके। स्वभावको रूपान्तरण रातारात हुँदैन; त्यो हासिल गर्न जीवनभरिको अनुभव चाहिन्छ। सत्यता बुझ्नु तुलनात्मक रूपमा सजिलो छ, तर विभिन्न परिस्थितिमा सत्यता अभ्यास गर्न सक्षम हुन कठिन छ। सत्यता अभ्यास गर्दा किन सधैँ केही कठिनाइ हुन्छन्, जबकि आफ्नै इच्छाअनुसार चल्दा कुनै कठिनाइ हुँदैन? यसले के देखाउँछ भने जब मानिसहरू सत्यता अभ्यास गर्छन्, तब तिनीहरूलाई सधैँ आफ्ना भ्रष्ट स्वभावहरूले बाधा दिन्छन्; यसको बाह्य वातावरणसँग खासै कुनै सम्बन्ध छैन। त्यसकारण, सत्यता अभ्यास गर्नमा मानिसहरूको सबैभन्दा ठूलो कठिनाइ भनेको तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू हुन्। कठिनाइ जुनसुकै प्रकारको भए पनि, यो सिधै व्यक्तिका भ्रष्ट स्वभावहरूसँग सम्बन्धित हुन्छ; ती कठिनाइहरू सबै तिनीहरूका भ्रष्ट स्वभावहरू सक्रिय भइरहेका र तिनले रोकावटहरू खडा गरिरहेका कारणले गर्दा हुन्छन्। यसरी, सत्यता अभ्यास गर्नका लागि, देहविरुद्ध विद्रोह गर्नु र आफ्ना भ्रष्ट स्वभावहरूविरुद्ध विद्रोह गर्नु अत्यावश्यक छ; मानिसहरूले सत्यता अभ्यास गर्न सक्नुअघि कष्ट भोग्नु र मूल्य चुकाउनु आवश्यक छ। यदि तिनीहरूमा भ्रष्ट स्वभावहरू नभएका भए, तिनीहरूले सत्यता अभ्यास गर्नका लागि कष्ट भोग्नु र मूल्य चुकाउनु पर्नेथिएनन्। के यो स्पष्ट तथ्य होइन र? कहिलेकाहीँ तैँले सत्यता अभ्यास गरिरहेको छस् भन्ने जस्तो देखिन्छ, तर वास्तवमा, तेरा कार्यहरूको प्रकृति सत्यता अभ्यास गर्ने प्रकृति होइन। परमेश्वरलाई पछ्याउँदा, धेरै मानिसले आफ्नो परिवार र पेसालाई पन्साएर आफ्ना कर्तव्यहरू निर्वाह गर्न सक्छन्, र त्यसैले तिनीहरूलाई आफूले सत्यता अभ्यास गरिरहेको छु भन्ने विश्वास लाग्छ। तर तिनीहरूले साँचो अनुभवात्मक गवाही कहिल्यै दिन सक्दैनन्। यहाँ वास्तवमा के भइरहेको छ? तिनीहरूलाई मानिसका धारणाहरूद्वारा मापन गर्दा, तिनीहरूले सत्यता अभ्यास गरिरहेजस्तो देखिन्छ, तर तिनीहरूले जे अभ्यास गरिरहेका छन् त्यसलाई परमेश्वरले सत्यता अभ्यासको रूपमा मान्यता दिनुहुन्न। किनभने तिनीहरूले गर्ने सबै कुरा परमेश्वरलाई सन्तुष्ट पार्नका लागि होइन, तर आशिष् र इनामहरू प्राप्त गर्नका लागि हो। यदि तैँले गर्ने कुराहरूमा तेरा व्यक्तिगत मनसायहरूको मिसावट छ भने, तँ सिद्धान्तहरूबाट विचलित हुने सम्भावना हुन्छ, र तैँले सत्यता अभ्यास गरिरहेको छस् भनेर भन्न सकिँदैन; यो एक प्रकारको आचरण मात्रै हो। ठ्याक्कै भन्नुपर्दा, तेरो यस प्रकारको आचरणलाई सम्भवतः परमेश्वरले दोषी ठहराउनुहुनेछ; यसलाई उहाँले अनुमोदन वा स्मरण गर्नुहुनेछैन। यसको सार र स्रोतलाई थप चिरफार गर्दा यो शैतानको प्रकृतिबाट उत्पन्न हुन्छ भन्ने देखिनेछ। त्यसोभए यसले तँलाई दुष्कर्मी बनाउँछ, र तेरो यो आचरण परमेश्वरको प्रतिरोध गर्नु ठहरिन्छ। मानव दृष्टिकोणबाट हेर्दा, सायद खुट्ट्याउने क्षमता नभएका कतिपय मानिसहरूले यसो भन्नेछन्, “यसलाई दुष्टता गरेको ठानिँदैन, न त यसलाई अवरोध र बाधाहरू खडा गरेको नै ठानिन्छ, र यसले कुनै क्षति पुर्याएको छैन। भनिएको र गरिएको कुरा पनि तार्किक र उचित देखिन्छ।” तर मानिसहरूले छर्लङ्गै देख्न नसक्ने कुरा के हो भने तिनीहरूभित्र भएका मिसावट र मनसायहरू दुष्ट तत्त्व हुन्, त्यसकारण तिनीहरूका कार्यहरूलाई दुष्ट कार्य ठानिन्छ, र परमेश्वरको प्रतिरोध गर्नु ठानिन्छ। त्यसकारण, तैँले परमेश्वरका वचनहरू प्रयोग गरेर र आफ्ना कार्यहरूपछाडिका मनसायहरूलाई हेरेर आफ्नो स्वभाव परिवर्तन भएको छ कि छैन र तैँले सत्यता अभ्यास गरिरहेको छस् कि छैनस् भनेर निर्धारण गर्नुपर्छ। यो कुरा तेरा कार्यहरू आफ्ना मानव कल्पना र विचारहरूसित मेल खान्छन् कि खाँदैनन्, वा ती तेरो रुचिसँग मिल्छन् कि मिल्दैनन्, त्यसमा निर्भर हुँदैन; यो यी कुराहरूमा निर्भर हुँदैन। बरु, यो त तँ परमेश्वरका अभिप्रायहरूअनुसार छस् कि छैनस्, तेरा कार्यहरूमा सत्यता वास्तविकता छ वा छैन, र तिनले उहाँले माग गरेका मानकहरू पूरा गर्छन् कि गर्दैनन् भन्ने उहाँको भनाइमा निर्भर हुन्छ। परमेश्वरका मागहरूको तुलनामा आफैलाई नाप्नु मात्रै सटीक हुन्छ। स्वभावमा रूपान्तरण ल्याउने र सत्यता अभ्यास गर्ने कार्य मानिसहरूले कल्पना गरेजस्तो सरल र सजिलो हुँदैन। के अब तिमीहरूले यो बुझ्यौ? के तिमीहरूसँग यसको बारेमा कुनै अनुभव छ? जब यस मामिलाको सारको कुरा आउँछ, तिमीहरूले यसलाई नबुझ्न सक्छौ; तिमीहरूको प्रवेश अत्यन्तै सतही भएको छ। तिमीहरू चाँडै उठेर ढिलो सुतेर बिहानदेखि बेलुकीसम्मै दिनभर दौडधुप गर्छौ, तर तिमीहरूले आफ्नो जीवन स्वभावमा रूपान्तरण प्राप्त गर्न सकेका छैनौ, र स्वभाव रूपान्तरण भनेको के हो भनेर तिमीहरूले बुझ्न सक्दैनौ। यसको अर्थ तिमीहरूको प्रवेश अत्यन्तै सतही छ भन्ने हुन्छ, होइन र? तिमीहरूले परमेश्वरमा विश्वास गरेको जति लामो समय भए पनि, तिमीहरूले स्वभाव रूपान्तरणसँग सम्बन्धित सारगत र गहन कुराहरूलाई सायद महसुस गरेका छैनौ। के तिमीहरूको स्वभाव परिवर्तन भएको छ भनेर भन्न सकिन्छ? परमेश्वरले तँलाई अनुमोदन गर्नुहुन्छ कि गर्नुहुन्न भनी तैँले कसरी जान्दछस्? कम्तीमा पनि, तैँले आफूले गर्ने सबै कार्यमा आफूलाई अत्यन्तै अटल भएको महसुस गर्नेछस्, र तैँले तेरा कर्तव्यहरू निर्वाह गरिरहेको बेला, परमेश्वरको घरमा वा आफ्नो दैनिक जीवनमा कुनै पनि काम गरिरहेको बेला पवित्र आत्माले तँलाई मार्गनिर्देशन र अन्तर्दृष्टि दिइरहनुभएको र तँमा काम गरिरहनुभएको महसुस गर्नेछस्। तैँले आफ्ना कार्यहरू परमेश्वरका वचनहरूसँग कसरी मेल खान्छन् भनेर देख्न सक्नेछस्, ती सत्यता सिद्धान्तहरूअनुरूप हुनेछन्, र तैँले कामकुराहरू केही हदसम्म अनुभव गरिसकेपछि, तैँले विगतमा जसरी व्यवहार गरिस् त्यो तुलनात्मक रूपमा उचित थियो भन्ने महसुस गर्नेछस्। तर, यदि केही अवधिसम्म कामकुराहरू अनुभव गरेपछि, तैँले विगतमा गरेका केही काम उचित थिएनन् जस्तो लाग्यो भने, र तँ तीप्रति असन्तुष्ट छस्, र ती कार्यहरू सत्यताअनुरूप थिएनन् भन्ने महसुस गर्छस् भने, तैँले गरेका सबै कुराहरू परमेश्वरको विरोधमा थिए भन्ने यसले प्रमाणित गर्छ। यो तेरो सेवा विद्रोहीपन, प्रतिरोध र काम गर्ने मानवीय तरिकाहरूले भरिएको थियो, र तँ स्वभाव परिवर्तन हासिल गर्न पूर्ण रूपमा असफल भएको छस् भन्ने कुराको प्रमाण हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ
५१९. कुनै व्यक्तिले जतिसुकै असल कार्यहरू गरे पनि, यसको अर्थ ऊसँग सत्यता वास्तविकताहरू छन् भन्ने हुँदैन। सत्यता अभ्यास गर्नु र सिद्धान्तहरूअनुसार काम गर्नु नै सत्यता वास्तविकताहरू हुनु हो। परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु नै सत्यता वास्तविकताहरू हुनु हो। कतिपय त्यस्ता मानिस छन् जो उत्साही हुन्छन्, धर्मसिद्धान्त बोल्न, प्रावधानहरू पालना गर्न, र धेरै वटा राम्रा कामकुरा गर्न सक्छन्, तर तिनीहरूका बारेमा यति मात्र भन्न सकिन्छ कि तिनीहरूमा थोरै मानवता छ। धर्मसिद्धान्तको कुरा गर्न र सधैँ प्रावधानहरू पालना गर्न सक्ने मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन् नै भन्ने हुँदैन। तिनीहरूले भन्ने कुरा सही र समस्यारहित भएझैँ लागे पनि, सत्यताको सारको बारेमा तिनीहरूसँग भन्ने कुरा केही हुँदैन। त्यसकारण, कसैले जति धेरै धर्मसिद्धान्तको कुरा बोल्न सके पनि, यसको अर्थ उसले सत्यता बुझेको छ भन्ने हुँदैन, र उसले जति धेरै धर्मसिद्धान्त बुझेको भए पनि, उसले कुनै समस्या समाधान गर्न सक्दैन। धार्मिक सिद्धान्तकारहरू सबैले बाइबलको व्याख्या गर्न सक्छन्, तर अन्त्यमा, तिनीहरू सबै पतन हुन्छन्, किनभने तिनीहरू परमेश्वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यतालाई स्वीकार गर्दैनन्। जुन मानिसहरूले आफ्नो स्वभावमा परिवर्तन अनुभव गरेका हुन्छन् तिनीहरू भिन्नै हुन्छन्; तिनीहरूले सत्यतालाई बुझेका हुन्छन्, तिनीहरू सबै विषयलाई खुट्ट्याउन सक्छन्, तिनीहरूले परमेश्वरका अभिप्रायहरूअनुसार कसरी काम गर्ने, सत्यता सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने, र परमेश्वरलाई सन्तुष्ट पार्न कसरी कार्य गर्ने भनी जानेका हुन्छन्, र तिनीहरू आफूले प्रकट गर्ने भ्रष्टताको प्रकृति बुझ्छन्। जब तिनीहरूका आफ्नै विचारहरू र धारणाहरू प्रकट हुन्छन्, तिनीहरू विवेकी हुन्छन् र देहविरुद्ध विद्रोह गर्ने बन्न सक्छन्। स्वभावमा भएको परिवर्तनलाई यसरी नै प्रकट गरिन्छ। स्वभाव परिवर्तन भएका मानिसहरूको मुख्य प्रकटीकरण भनेको तिनीहरूले सत्यतालाई स्पष्टसँग बुझेका हुन्छन् र कार्यहरू पूरा गर्दा तिनीहरू सत्यतालाई तुलनात्मक रूपमा सटीक रूपले अभ्यास गर्छन् र तिनीहरू बारम्बार भ्रष्टता प्रकट गर्दैनन्। सामान्यतया, जसको स्वभाव रूपान्तरण भएको हुन्छ तिनीहरू विशेष रूपमा समझयुक्त र खुट्ट्याउन सक्ने देखिन्छन्, र तिनीहरूले सत्यता बुझ्ने हुनाले, तिनीहरू त्यति धेरै आत्म-धार्मिकता वा अहङ्कार प्रकट गर्दैनन्। तिनीहरू आफूमा प्रकट भएका धेरैजसो भ्रष्टता छर्लङ्गै देख्न र खुट्ट्याउन सक्छन्, त्यसैले तिनीहरूमा अहङ्कार उत्पन्न हुँदैन। तिनीहरूले कस्तो स्थान लिनुपर्छ, समझ भएको व्यक्ति मानिनका लागि तिनीहरूले के गर्नुपर्छ, तिनीहरूले कसरी आफ्नो कर्तव्य पालना गर्नुपर्छ, के भन्नुपर्छ र के भन्नु हुँदैन, कुन मानिससँग के बोल्नुपर्छ र के गर्नुपर्छ भन्ने कुरामा तिनीहरू सन्तुलित बुझाइ राख्न सक्छन्। यसरी, स्वभाव परिवर्तन भएका मानिसहरू तुलनात्मक रूपमा विवेकशील हुन्छन् र त्यस्ता मानिसहरू मात्रै साँचो तवरले मानव स्वरूपमा जिउँछन्। तिनीहरू सत्यता बुझ्छन्, त्यसैले तिनीहरू सत्यताअनुसार बोल्न र मामलाहरूलाई हेर्न सक्छन्, र आफूले गर्ने सबै कुरामा तिनीहरू सिद्धान्तनिष्ठ हुन्छन्, तिनीहरू कुनै पनि व्यक्ति, घटना वा कामकुराको प्रभावमा परेका हुँदैनन्, र तिनीहरूका आ-आफ्नै विचारहरू हुन्छन् र तिनीहरू सत्यता सिद्धान्तहरूलाई कायम राख्न सक्छन्। तिनीहरूको स्वभाव तुलनात्मक रूपमा स्थिर हुन्छ, तिनीहरू घरी एउटा र घरी अर्को कुरा गर्छन्, र तिनीहरूका परिस्थितिहरू जस्तोसुकै भए पनि, तिनीहरू आफ्ना कर्तव्यहरू राम्रोसँग निर्वाह गर्न र परमेश्वरलाई सन्तुष्ट पार्ने तरिकाले काम गर्न जान्दछन्। जस-जसका स्वभावहरू परिवर्तित भएका हुन्छन्, तिनीहरूले अरूले तिनीहरूको बारेमा राम्रो सोचून् भन्ने हेतु बाहिरी रूपमा के गर्नुपर्छ भन्ने कुरामा ध्यान लाउँदैनन्; तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्नका लागि के गर्ने भन्नेबारे हृदयमा प्रस्ट हुन्छन्। त्यसकारण, बाहिरबाट हेर्दा, तिनीहरू त्यत्ति उत्साहित नभएको वा तिनीहरूले खासै धेरै ठूला काम नगरेको जस्तो देखिएला, तर तिनीहरूले गर्ने हरेक कुरा अर्थपूर्ण, मूल्यवान् हुन्छ, र त्यसले वास्तविक नतिजाहरू दिन्छ। ज-जसका स्वभावहरू परिवर्तन भएका छन् तिनीहरूमा निश्चित रूपमा धेरै सत्यता वास्तविकताहरू हुन्छन्, र यसलाई विभिन्न कुराहरूप्रति तिनीहरूका दृष्टिकोण र कार्यका सिद्धान्तहरूद्वारा पुष्टि गर्न सकिन्छ। जसले सत्यता प्राप्त गरेका छैनन् तिनीहरूले जीवन स्वभावमा बिलकुलै कुनै परिवर्तन हासिल गरेका हुँदैनन्। ठ्याक्कै भन्दा, स्वभाव परिवर्तन कसरी हासिल गर्न सकिन्छ? मानिसहरूलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छ, तिनीहरू सबैले परमेश्वरको विरोध गर्छन्, र तिनीहरू सबैसँग परमेश्वरविरोधी प्रकृति छ। परमेश्वरले मान्छेलाई मुक्ति दिनु भनेको परमेश्वरको प्रतिरोध गर्ने प्रकृति भएका र परमेश्वरको प्रतिरोध गर्न सक्ने मानिसहरूलाई परमेश्वरप्रति समर्पित हुन र उहाँको डर मान्न सक्ने मानिसमा परिणत गर्नु हो। जुन मानिसहरूका स्वभावहरू परिवर्तन भएका हुन्छन् तिनीहरू यस्ता हुन्छन्। व्यक्ति जति नै भ्रष्ट भए पनि, उसमा जति वटा भ्रष्ट स्वभाव भए पनि, उसले सत्यता स्वीकार गर्न, अनि परमेश्वरको न्याय र सजाय, र विभिन्न परीक्षा र शोधन स्वीकार गर्न सकुञ्जेलसम्म, उसमा परमेश्वरबारे साँचो बुझाइ हुनेछ, साथै उसले आफ्नो प्रकृति सारलाई प्रस्ट रूपमा देख्न सक्नेछ। जब ऊ साँचो रूपमा आफूलाई चिन्छ, तब उसले आफूलाई र शैतानलाई घृणा गर्न सक्नेछ, र ऊ शैतानविरुद्ध विद्रोह गर्न र परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन इच्छुक हुनेछ। जब व्यक्तिसँग यो सङ्कल्प हुन्छ, तब उसले सत्यता पछ्याउनेछ। जब व्यक्तिसँग परमेश्वरको साँचो ज्ञान हुन्छ, जब उसको शैतानी स्वभाव पखालिएको हुन्छ, र परमेश्वरका वचनहरूले ऊभित्र जरा गाडेका हुन्छन्, र ती उसको जीवन र उसको अस्तित्वको आधार बनेका हुन्छन्, जब ऊ परमेश्वरका वचनहरूद्वारा जिउन सक्छ, र पूर्ण रूपमा परिवर्तन भएर नयाँ व्यक्ति बनेको हुन्छ, तब मात्र उसले जीवन स्वभावमा परिवर्तन अनुभव गरेको हुन्छ। स्वभावमा परिवर्तन हुनुको अर्थ परिपक्व र अनुभवी मानवता हुनु वा मानिसहरू स्वभावमा पहिलेभन्दा नम्र भएजस्तो देखिनु होइन—विगतमा अहङ्कारी हुनुबाट अहिले समझका साथ बोल्न सक्ने हुनु, वा विगतमा कसैको कुरा नसुन्नुबाट अहिले अरूको कुरा अलिकति सुन्न सक्ने हुनु होइन। त्यस्ता बाहिरी परिवर्तनहरूलाई स्वभावमा आएको परिवर्तन भन्न मिल्दैन। स्वभावमा आउने परिवर्तनहरूमा त्यस्ता प्रकटीकरणहरू अवश्यै पर्छन्, तर सबैभन्दा महत्त्वपूर्ण तत्त्व भनेको व्यक्तिको भित्री जीवन परिवर्तन भएको हुनु हो। यो पूर्ण रूपमा परमेश्वरका वचनहरू र सत्यताले तिनीहरूभित्र जरा गाडेको, तिनीहरूभित्र शासन गर्न थालेको, र ती तिनीहरूको जीवन बनेको कारणले गर्दा हो। कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण पनि परिवर्तन भएको हुन्छ। तिनीहरू संसार र मानवजातिलाई स्पष्ट रूपमा देख्न सक्छन्। शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ, ठूलो रातो अजिङ्गरले कसरी परमेश्वरको प्रतिरोध गर्छ, र ठूलो रातो अजिङ्गरको सार के हो भन्ने कुरा तिनीहरूले पूर्ण रूपमा छर्लङ्गै देख्न सक्छन्। तिनीहरू हृदयमा ठूलो रातो अजिङ्गर र शैतानलाई घृणा गर्न सक्छन्, र तिनीहरू पूर्ण रूपमा परमेश्वरतर्फ फर्कन र उहाँलाई पछ्याउन सक्छन्। यसको अर्थ तिनीहरूको जीवन स्वभाव परिवर्तन भएको छ, र तिनीहरूलाई परमेश्वरले प्राप्त गर्नुभएको छ। जीवन स्वभावमा आउने परिवर्तनहरू आधारभूत परिवर्तनहरू हुन्, जबकि बानीबेहोरामा आउने परिवर्तनहरू सतही परिवर्तनहरू हुन्। जसले जीवन स्वभावमा परिवर्तन हासिल गरेका छन् तिनीहरूले मात्र सत्यता प्राप्त गरेका हुन्छन्, र तिनीहरू मात्र परमेश्वरद्वारा प्राप्त गरिएका हुन्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
५२०. यदि तँ आफूलाई भ्रष्टताबाट धोइन र तेरो जीवन स्वभाव बदल्न चाहन्छस् भने, तँमा सत्यताप्रति प्रेम हुनुपर्छ अनि तँ सत्यता स्वीकार गर्न सक्षम हुनुपर्छ। सत्यतालाई स्वीकार गर्नु भनेको के हो? सत्यता स्वीकार गर्नुको अर्थ के हो भने तँसँग जस्तोसुकै भ्रष्ट स्वभावहरू भए तापनि, वा ठूलो रातो अजिङ्गरका अर्थात् शैतानका जुनसुकै विषहरू तेरो प्रकृतिमा भए तापनि, जब परमेश्वरका वचनहरूले यी कुराहरू खुलासा गर्छन्, तब तैँले ती कुरा स्विकार्नुपर्छ र तँ समर्पित हुनुपर्छ, तैँले फरक निर्णय गर्नु हुँदैन, र तैँले परमेश्वरका वचनहरूअनुसार आफूलाई चिन्नुपर्छ। परमेश्वरका वचनहरू स्विकार्न र सत्यता स्विकार्न सक्नु भनेको यही हो। मानिलिऊँ, परमेश्वरले जेसुकै भन्नुभए तापनि, उहाँका वचनहरू जतिसुकै कठोर भए तापनि, र उहाँले जुनसुकै वचनहरू प्रयोग गर्नुभए तापनि, उहाँले भनेका कुराहरू सत्य हुन् भने तँ ती स्वीकार गर्न सक्छस् र ती वास्तविकतासँग मेल खान्छन् भने तँ ती मान्न सक्छस्। तैँले परमेश्वरका वचनहरूलाई जति नै गहन रूपमा बुझ्ने भए पनि, तँ ती वचनप्रति समर्पित हुन सक्छस्, अनि दाजुभाइ-दिदीबहिनीहरूले पवित्र आत्माको अन्तर्दृष्टिको ज्योति सङ्गति गरिरहेका भए पनि, तँ अझै पनि त्यो स्वीकार गर्न र त्यसप्रति समर्पित हुन सक्षम हुन्छस्। जब त्यस्तो व्यक्तिले निश्चित हदसम्म सत्यता पछ्याएको हुन्छ, तब उसले सत्यता प्राप्त गर्न र आफ्नो स्वभावको रूपान्तरण हासिल गर्न सक्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरूमा थोरै मानवता भए पनि, तिनीहरूले केही असल कुरा गर्न सके पनि र परमेश्वरका लागि सबै कुरा त्याग्न र उहाँप्रति समर्पित गर्न सके पनि, तिनीहरू अन्योलमा हुन्छन् र सत्यताका सन्दर्भमा अत्यन्तै सावधान हुँदैनन्, त्यसैले तिनीहरूको जीवन स्वभाव कहिल्यै परिवर्तन हुँदैन। तँ पत्रुस र अन्य चेलाहरूको मानवता लगभग उस्तै थियो भन्ने देख्न सक्छस्, तर पत्रुसको प्रमुख विशेषता के थियो भने तिनी विशेष गरी सत्यता पछ्याउँथे। येशूले जेसुकै भन्नुभए पनि, तिनले त्यसमा गम्भीरतापूर्वक मनन गरे, यी वचनहरूमार्फत आत्मचिन्तन गरे र परमेश्वरका अभिप्रायहरू खोजे। येशूले सोध्नुभयो, “यूहन्नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले इमानदारीसाथ जबाफ दिए, “म स्वर्गमा हुनुहुने पितालाई मात्र प्रेम गर्छु, तैपनि मैले पृथ्वीका प्रभुलाई प्रेम गरेको छैनँ।” पछि तिनले बुझे, र सोचे, “यो सही होइन, पृथ्वीमा हुनुहुने परमेश्वर नै स्वर्गका परमेश्वर हुनुहुन्छ। के स्वर्ग र पृथ्वीमा एउटै परमेश्वर हुनुहुन्न र? यदि मैले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र प्रेम गरें भने, मेरो प्रेम व्यावहारिक हुँदैन। मैले पृथ्वीमा हुनुहुने परमेश्वरलाई पनि प्रेम गर्नैपर्छ, अनि तब मात्र मेरो प्रेम व्यावहारिक हुनेछ।” यसरी, येशूले सोध्नुभएको कुराबाट पत्रुसले परमेश्वरको वचनको साँचो अर्थ बुझे। यदि व्यक्तिले पृथ्वीमा हुनुहुने देहधारी परमेश्वरलाई प्रेम गर्छ भने मात्र परमेश्वरप्रतिको उसको प्रेम व्यावहारिक हुन्छ। अस्पष्ट र अदृश्य परमेश्वरलाई प्रेम गर्नु न त वास्तविक न व्यावहारिक नै हुन्छ, तर व्यावहारिक, देखिने परमेश्वरलाई प्रेम गर्नु सत्यता हो। येशूका वचनहरूबाट, पत्रुसले सत्यता र परमेश्वरको अभिप्रायहरूको बुझाइ प्राप्त गरे। स्पष्ट छ, परमेश्वरमाथिको पत्रुसको विश्वास केवल सत्यताको पछि लाग्ने कार्यमा मात्रै केन्द्रित थियो। आखिरमा, तिनले व्यावहारिक परमेश्वर अर्थात् पृथ्वीमा हुनुहुने परमेश्वरप्रति प्रेम हासिल गरे। पत्रुस सत्यताको खोजीमा विशेष रूपमा गम्भीर थिए। येशूले तिनलाई सल्लाह दिनुहुँदैपिच्छै, तिनी येशूका वचनहरूलाई गम्भीरताका साथ विचार गर्थे। सायद तिनले महिनौंसम्म, एक वर्ष, वा पवित्र आत्माले तिनलाई अन्तर्दृष्टि नदिऊञ्जेल धेरै वर्षसम्म मनन-विचार गर्थे र तिनले परमेश्वरका वचनहरूको सार बुझ्थे। यसरी, पत्रुस सत्यतामा प्रवेश गरे, र तिनले त्यसो गर्ने क्रममा, तिनको जीवन स्वभाव रूपान्तरण र नवीकरण भयो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
५२१. स्वभाव परिवर्तन हासिल गर्ने मुख्य कुरा भनेको आफ्नो प्रकृति चिन्नु हो र यो परमेश्वरको खुलासाअनुसार नै गर्नुपर्छ। परमेश्वरका वचनहरूमा मात्र कुनै व्यक्तिले आफ्नो कुरूप प्रकृति, आफ्नो प्रकृतिभित्र रहेका शैतानका विभिन्न विषहरू, आफ्नो मूर्खता र अज्ञानता अनि आफ्नो प्रकृतिमा भएका कमजोर र नकारात्मक तत्त्वहरूलाई चिन्न सक्छ। तैँले यी कुराहरू पूर्ण रूपमा जानेपछि र साँच्चै आफूलाई घृणा गर्न, देहविरुद्ध विद्रोह गर्न, परमेश्वरका वचनहरू अभ्यास गरिरहन, स्वभाव परिवर्तन हासिल गर्न आफ्नो कर्तव्य निर्वाह गर्दै सत्यता पछ्याइरहन सक्षम भएपछि, र परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने व्यक्ति बनेपछि, तैँले पत्रुसको मार्गमा हिँडेको हुनेछस्। परमेश्वरको अनुग्रह वा पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनविना, यस मार्गमा हिँड्न गाह्रो हुनेछ, किनभने सत्यताविना मानिसहरूले आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। सिद्ध पारिने पत्रुसको मार्गमा हिँड्ने कुरा मुख्य रूपमा सङ्कल्प हुनु, आस्था हुनु र परमेश्वरमा भर पर्नुमा निर्भर हुन्छ। यसबाहेक, व्यक्ति पवित्र आत्माको कामप्रति समर्पित हुनैपर्छ र सबै कुरामा परमेश्वरका वचनहरूबाट कहिल्यै तर्किनु हुँदैन। कहिल्यै उल्लङ्घन गर्न नसकिने महत्त्वपूर्ण पक्षहरू यिनै हुन्। तिनीहरूका अनुभवहरूका क्रममा, आफूलाई चिन्न एकदमै गाह्रो हुन्छ र पवित्र आत्माको कामविना, कुनै परिणामहरू आउनेछैनन्। पत्रुसको मार्गमा हिँड्नका लागि, व्यक्तिले आफूलाई चिन्न र आफ्नो स्वभाव रूपान्तरण गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। पावलको मार्ग जीवन पछ्याउने वा आत्म-ज्ञानमा केन्द्रित गर्ने मार्ग थिएन; तिनले विशेष गरी काम गर्न र यसको प्रभाव र गतिमा ध्यान दिए। तिनको प्रेरणा भनेको तिनको काम र कष्टको बदलीमा परमेश्वरको आशिष् प्राप्त गर्नु, र परमेश्वरबाट इनाम प्राप्त गर्नुथियो। यो प्रेरणा गलत थियो। पावलले जीवनमा ध्यान केन्द्रित गरेनन्, न त तिनले स्वभाव परिवर्तन गर्नुमा नै कुनै महत्त्व दिए; तिनले केवल इनाममा ध्यान दिए। तिनका लक्ष्यहरू गलत भएकाले तिनले हिँडेको बाटो पनि अवश्य नै गलत थियो। यो तिनको अभिमान र घमण्डी प्रकृतिले ल्याएको थियो। स्पष्टै छ, पावलसँग कुनै सत्यता थिएन, न त तिनीसँग कुनै विवेक वा समझ नै थियो। मानिसहरूलाई बचाउने र परिवर्तन गर्ने क्रममा परमेश्वर मुख्यतः तिनीहरूका स्वभाव परिवर्तन गर्नुहुन्छ। उहाँको वचनको उद्देश्य भनेको परिवर्तन भएको स्वभाव प्राप्त गरेपछि प्राप्त हुने परिणाम र परमेश्वरलाई चिन्ने, उहाँमा समर्पित हुने, र सामान्य तरिकामा उहाँको आराधना गर्ने क्षमताको नतिजा मानिसहरूमा हासिल गर्नु हो। परमेश्वरका वचनहरू र उहाँको कार्यको उद्देश्य यही हो। पावलको पछ्याउने तरिका प्रत्यक्ष रूपमै परमेश्वरका अभिप्रायको उल्लङ्घनमा र विरोधमा थियो; त्यो पूर्ण रूपमा तिनको विपरीत थियो। तापनि, पत्रुसको पछ्याउने तरिका पूर्ण रूपमा परमेश्वरका अभिप्रायअनुरूप थियो: तिनी जीवन, र स्वभाव परिवर्तनमा ध्यान दिन्थे, जुन ठ्याक्कै परमेश्वरले आफ्नो कामद्वारा मानवजातिमा हासिल गर्न चाहेकै परिणाम हो। त्यसैले पत्रुसको मार्ग आशिषित छ र यसले परमेश्वरको अनुमोदन प्राप्त गर्दछ। पावलको मार्ग परमेश्वरका अभिप्रायविपरित जाने हुनाले, परमेश्वरले त्यसलाई घृणा गर्नुहुन्छ र सराप दिनुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
५२२. धेरैजसो मानिससँग आफूबारे एकदमै सतही बुझाइ हुन्छ। तिनीहरू आफ्नो प्रकृतिभित्रका कुराहरूलाई स्पष्ट रूपमा पटक्कै चिन्दैनन्। तिनीहरूलाई आफूले प्रकट गर्ने केही भ्रष्ट स्थिति, गर्नका लागि आफू प्रवृत्त हुने कुराहरू वा आफूमा कस्ता कमीकमजोरीहरू छन् भन्ने कुराको मात्रै ज्ञान हुन्छ र यसले गर्दा तिनीहरू आफूलाई चिनेको ठान्छन्। यदि तिनीहरू त्यसपछि केही प्रावधान पालना गर्छन्, आफूले निश्चित क्षेत्रहरूमा गल्ती गर्दिनँ भनेर सुनिश्चित गर्छन् र निश्चित अपराधहरू गर्नबाट जोगिन सक्छन् भने, परमेश्वरप्रतिको आफ्नो विश्वासमा आफूसँग वास्तविकता छ भन्ने सोच्न थाल्छन् र आफूले मुक्ति पाउनेछु भन्ने ठान्छन्। यो मानव कल्पनाहरूबाहेक केही होइन। यदि तँ ती कुराहरू पालना गर्छस् भने, के तँ साँच्चै अपराध गर्नबाट जोगिन सक्षम हुनेछस् त? के तैँले साँच्चै आफ्नो स्वभावमा परिवर्तन हासिल गरेको हुनेछस्? के तैँले साँच्चै मानव रूप जिएको हुनेछस्? के तँ साँच्चै परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुनेछस्? बिलकुलै हुनेछैनस्। यो निश्चित छ। मानिसहरूमा परमेश्वरप्रतिको आफ्नो विश्वासमा उच्च मानक हुनैपर्छ: तिनीहरूले सत्यता प्राप्त गर्नैपर्छ र तिनीहरूको जीवन स्वभावमा केही परिवर्तनहरू हुनैपर्छ। यसका लागि पहिले मानिसहरूले आफूलाई चिन्नमा मेहनत गर्नुपर्छ। यदि कुनै व्यक्तिको आफूबारे अत्यन्तै सतही ज्ञान छ भने, यसले कुनै पनि समस्याहरू पटक्कै समाधान गर्नेछैन र उसको जीवन स्वभाव बिलकुलै परिवर्तन हुनेछैन। तैँले आफूलाई गहन रूपमा चिन्नैपर्छ। यसको अर्थ आफ्नो प्रकृति चिन्नु र यसमा के-कस्ता तत्त्वहरू समावेश छन्, यी कुराहरू कहाँबाट उत्पन्न हुन्छन् र ती कहाँबाट आउँछन् भन्ने जान्नु हो। यसबाहेक, के तँ साँच्चै यी कुराहरूलाई घृणा गर्न सक्षम छस्? के तैँले आफ्नो कुरूप प्राण र आफ्नो दुष्ट प्रकृति देखेको छस्? यदि तैँले साँच्चै आफूबारेको सत्यता देखिस् भने, आफूलाई घृणा गर्नेछस्। जब तँ आफूलाई घृणा गर्छस् र त्यसपछि परमेश्वरका वचनहरू अभ्यास गर्ने प्रयास गर्छस्, तब तँ देहविरुद्ध विद्रोह गर्न र सत्यता अभ्यास गर्ने शक्ति प्राप्त गर्न सक्षम हुनेछस् अनि यो उप्रान्त सङ्घर्षजस्तो लाग्नेछैन। धेरै मानिस किन आफ्ना दैहिक रुचिहरूअनुसार कार्य गर्छन्? किनभने तिनीहरू आफूलाई निकै राम्रो ठान्छन् र आफ्ना कार्यहरू कुनै गल्तीविनाका निकै उपयुक्त र न्यायोचित छन् र पूर्ण रूपमा सहीसमेत छन् भन्ने महसुस गर्छन् अनि त्यसैले तिनीहरू आत्मविश्वासका साथ कार्य गर्छन्। जब तिनीहरूलाई आफ्नो प्रकृति के हो—यो कति कुरूप, घृणास्पद र दयनीय छ—भनेर ठ्याक्कै थाहा हुन्छ, तब तिनीहरूले आफूलाई उच्च ठान्न र त्यति अहङ्कारी हुन छोड्नेछन् र तिनीहरूलाई उप्रान्त आफूसँग त्यति खुसी महसुस हुनेछैन। तिनीहरूले सोच्नेछन्, “मैले परमेश्वरका केही वचन व्यावहारिक रूपमा अभ्यास गर्नैपर्छ। यदि त्यसो गरिनँ भने, म मानव बन्ने मानकअनुरूप हुनेछैनँ र परमेश्वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तिनीहरूले साँच्चै आफूलाई सानो र तुच्छ देख्नेछन्। यसबेला, तिनीहरूलाई सत्यता अभ्यास गर्न सजिलो हुनेछ र तिनीहरू केही हदसम्म मानवजस्तो देखिनेछन्। व्यक्तिले साँच्चै आफूलाई घृणा गर्दा मात्र देहविरुद्ध विद्रोह गर्न सक्नेछ। यदि ऊ आफूलाई घृणा गर्दैन भने, देहविरुद्ध विद्रोह गर्न असक्षम हुनेछ। साँच्चै आफूलाई घृणा गर्नु सरल कुरा होइन। यसका लागि व्यक्तिले केही सत्यता बुझ्नु आवश्यक हुन्छ: पहिलो, ऊसँग आफ्नो प्रकृतिबारे ज्ञान हुनैपर्छ। दोस्रो, उसले आफू दरिद्र र दयनीय छु, अत्यन्तै सानो र तुच्छ छु भनेर बुझ्नैपर्छ अनि उसले आफ्नो दयनीय, फोहोरी आत्मा देख्नैपर्छ। जब उसले आफू वास्तवमा के हुँ भन्ने कुरा पूर्ण रूपमा देख्छ—जब यो परिणाम हासिल हुन्छ—तब ऊ साँच्चै आफूबारे ज्ञान प्राप्त गर्छ र उसको आफूबारेको ज्ञान एकदम सही छ भनेर भन्न सकिन्छ। यसबेला मात्र तिनीहरूले आफूलाई घृणा गर्न, आफूलाई सराप्नसमेत सक्छन् र मानिसहरूलाई शैतानले यति गहन रूपमा भ्रष्ट पारेको छ कि तिनीहरूमा कुनै मानव रूप छैन भनेर साँच्चै महसुस गर्न सक्छन्। एक दिन, यदि तिनीहरूले साँच्चै मृत्युको खतरा सामना गरे भने, तिनीहरूले सोच्नेछन्, “यो परमेश्वरको धर्मी दण्ड हो। परमेश्वर वास्तवमा धर्मी हुनुहुन्छ। म मर्नलायक छु!” यसबेला, उसले आफ्ना गुनासाहरू पोख्नेछैन, झन् परमेश्वरबारे गुनासो गर्नु त परै जाओस्—उसले केवल आफू अत्यन्तै दरिद्र, दयनीय, फोहोरी र भ्रष्ट छु अनि आफूलाई परमेश्वरले हटाउनु र नष्ट गर्नुपर्छ भन्ने महसुस गर्नेछ र तिनीहरूले आफ्नो जस्तो प्राण पृथ्वीमा जिउन अयोग्य छ भन्ने महसुस गर्नेछन्। त्यसकारण, तिनीहरूले परमेश्वरबारे गुनासो वा उहाँको प्रतिरोध गर्नेछैनन्, झन् उहाँलाई विश्वासघात गर्नु त परको कुरा हो। तर यदि तिनीहरू आफूलाई चिन्दैनन् र अझै पनि आफूलाई निकै राम्रो ठान्छन् भने, जब मृत्युको खतरा नजिक आउँछ, तब तिनीहरूले सोच्नेछन्, “मैले आफ्नो आस्थामा एकदमै राम्रो गरेको छु। मैले यति मेहनत गरेर सत्यता पछ्याएको छु, यति धेरै त्याग गरेको छु र यति धेरै कष्ट भोगेको छु, तर अन्त्यमा, परमेश्वरले मलाई मर्न दिइरहनुभएको छ। परमेश्वरको धार्मिकता कहाँ छ भन्ने मलाई थाहा छैन। उहाँले मलाई किन मर्न दिइरहनुभएको छ? यदि मजस्तो व्यक्तिले समेत मर्नुपर्छ भने, कसले चाहिँ मुक्ति पाउन सक्छ त? के सम्पूर्ण मानवजाति नै खतम भएको होइन र?” सबैभन्दा पहिले, तिनीहरूसँग परमेश्वरबारे धारणाहरू हुनेछन्। दोस्रो, तिनीहरूले उहाँबारे गुनासो गर्नेछन् र तिनीहरूमा पटक्कै समर्पण हुनेछैन। तिनीहरू पावलजस्तै हुन्, जसले मर्नै लाग्दासमेत आफूलाई चिनेनन्। जब तिनीहरूमाथि परमेश्वरको दण्ड आउँछ, तब धेरै ढिलो भइसकेको हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
५२३. जब मानिसहरू सिद्धताको मार्गमा पाइला टेक्छन्, तब तिनीहरूका पुराना स्वभावहरू परिवर्तन हुन सक्छन्। त्योसँगै, तिनीहरूको जीवन निरन्तर बढ्दै जान्छ, र तिनीहरू बिस्तारै सत्यताभित्र अझ गहिराइमा प्रवेश गर्छन्। तिनीहरू संसारलाई र सत्यता नपछ्याउने सबैलाई घृणा गर्न सक्छन्। विशेष गरी, तिनीहरू आफूलाई घृणा गर्ने मात्र होइन, त्योभन्दा बढी, तिनीहरू आफूलाई स्पष्ट रूपमा चिन्छन्। तिनीहरू सत्यताद्वारा जिउन इच्छुक हुन्छन्, तिनीहरू सत्यता पछ्याउनुलाई आफ्नो लक्ष्य बनाउँछन्, र तिनीहरू आफ्नै दिमागका सोचहरूभित्र जिउन अनिच्छुक हुन्छन्। तिनीहरू मानिसको आत्म-धार्मिकता, अहङ्कार, र अभिमानप्रति घृणा महसुस गर्छन्, तिनीहरू शिष्टताको बलियो भावनाका साथ बोल्छन्, कामकुरा सामना गर्दा तिनीहरूसँग खुट्ट्याउने क्षमता र बुद्धि हुन्छ, र तिनीहरू परमेश्वरप्रति बफादार र समर्पित हुन्छन्। यदि तिनीहरूले सजाय र न्यायको एउटा घटना अनुभव गरे भने, तिनीहरू नकारात्मक वा कमजोर नहुने मात्र होइन, तिनीहरू परमेश्वरबाट आउने यो सजाय र न्यायप्रति कृतज्ञ हुन्छन्, र तिनीहरू परमेश्वरको सजाय र न्यायविना रहन सकिँदैन, यसले तिनीहरूलाई सुरक्षा दिन्छ भन्ने विश्वास गर्छन्। तिनीहरू शान्ति र आनन्दको विश्वास र धित मरुञ्जेल खान खोज्ने विश्वासलाई पछ्याउँदैनन्। न त तिनीहरू अस्थायी दैहिक आनन्दहरू नै पछ्याउँछन्। यो त सिद्ध पारिएकाहरूसँग हुने कुरा हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (४)
५२४. यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्दै परमेश्वरलाई सन्तुष्ट पार्न सक्छ भने, ऊ आफ्ना बोली र व्यवहारहरूमा सिद्धान्तकेन्द्रित छ भने, र ऊ सत्यताको वास्तविकताका सबै पक्षमा प्रवेश गर्न सक्छ भने, ऊ परमेश्वरद्वारा सिद्ध तुल्याइने व्यक्ति हो। के भन्न सकिन्छ भने परमेश्वरको काम र वचनहरूले आफ्नो परिणाम पूर्ण रूपले हासिल गरेका छन्: परमेश्वरका वचनहरू उसको जीवन बनेका छन् र उसले सत्यता हासिल गरेको छ अनि ऊ परमेश्वरका वचनहरूअनुसार जिउन सक्षम छ। यसपछि, उसको देहको प्रकृति—अर्थात्, उसको अस्तित्वको सुरुको आधार—थर्किएर भत्कनेछ र ढल्नेछ। मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा धारण गरेपछि मात्रै, तिनीहरू नयाँ मानिसहरू बन्नेछन्। यदि परमेश्वरका वचनहरू तिनीहरूको जीवन बन्छन् भने, यदि परमेश्वरको कामको दर्शन, मानवजातिका लागि उहाँका खुलासा र मागहरू अनि मानिसहरूले पूरा गरून् भनी परमेश्वरले माग गरेको मानव जीवनका मानकहरू तिनीहरूको जीवन बन्छन् भने, यदि मानिसहरू यी वचन र सत्यताअनुरूप जिउँछन् भने तिनीहरू परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइन्छन्। त्यस्ता मानिसहरूले पुनर्जन्म पाउँछन् र तिनीहरू परमेश्वरका वचनहरूमार्फत नयाँ मानिसहरू बनेका हुन्छन्। पत्रुसले सत्यता पछ्याएको मार्ग यही हो। यो सिद्ध तुल्याइने मार्ग हो। पत्रुस परमेश्वरका वचनहरूद्वारा सिद्ध तुल्याइए, तिनले परमेश्वरका वचनहरूबाट जीवन प्राप्त गरे, परमेश्वरले व्यक्त गरेका सत्यताहरू तिनको जीवन बन्यो, अनि त्यसपछि मात्र तिनी सत्यताप्राप्त गरेका व्यक्ति बने।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने
५२५. जब मानिसहरूसँग परमेश्वरको स्वभावको बारेमा यथार्थ बुझाइ हुन्छ, जब तिनीहरूले परमेश्वरको स्वभाव वास्तविक छ, यो साँच्चै पवित्र, र साँच्चै धर्मी छ भनेर देख्छन्, र जब तिनीहरूले आफ्नो हृदयबाट परमेश्वरको पवित्रता र धार्मिकताको प्रशंसा गर्न सक्छन्, तब तिनीहरूले साँच्चै नै परमेश्वरलाई चिन्नेछन्, र तिनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्। परमेश्वरलाई चिनेकाहरू मात्र ज्योतिमा जिउँछन्। परमेश्वरलाई साँच्चै चिन्नुको प्रत्यक्ष प्रभाव भनेको परमेश्वरप्रति साँचो रूपमा प्रेम गर्न र समर्पित हुन सक्षम हुनु हो। जब मानिसहरूले साँचो रूपमा परमेश्वरलाई चिन्छन्, सत्यता बुझ्छन् र सत्यता प्राप्त गर्छन्, तब तिनीहरूको विश्वदृष्टिकोण र जीवन दृष्टिकोणमा वास्तविक परिवर्तन आउँछ, र त्यसपछि तिनीहरूको जीवन स्वभावमा पनि वास्तविक परिवर्तन हुन्छ। जब मानिसहरूसँग सही जीवन उद्देश्यहरू हुन्छन्, र तिनीहरू सत्यता पछ्याउन र सत्यताअनुसार आफूलाई आचरणमा ढाल्न सक्छन्, जब तिनीहरू पूर्ण रूपमा परमेश्वरमा समर्पित हुन्छन् र उहाँका वचनहरूअनुसार जिउँछन्, जब तिनीहरूले आफ्नो हृदयको गहिराइमा स्थिर र उज्यालो महसुस गर्छन्, तिनीहरूको हृदय अन्धकारमुक्त हुन्छ, र जब तिनीहरू परमेश्वरको उपस्थितिमा सम्पूर्ण रूपले स्वतन्त्र र मुक्त भएर जिउन सक्छन्, तब मात्र तिनीहरूले साँचो मानव जीवन प्राप्त गर्छन्, र त्यस्ता मानिसहरू मात्र सत्यता र मानवता भएकाहरू हुन्। यसको साथै, तैँले बुझेका र प्राप्त गरेका सबै सत्यताहरू परमेश्वरका वचनहरू र परमेश्वर स्वयम्बाट आएका हुन्। जब तैँले सर्वोच्च परमेश्वर—सृष्टिकर्ताबाट अनुमोदन प्राप्त गर्छस्, र उहाँले तँ मानकअनुरूपको सृजित प्राणी होस्, र तँ मानव रूपमा जिइरहेको छस् भनेर भन्नुहुन्छ, तब मात्र तेरो जीवन सबैभन्दा अर्थपूर्ण हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने
५२६. परमेश्वरमाथिको मानिसको विश्वासमा, यदि ऊ जीवनका मामलाहरूप्रति गम्भीर छैन, उसले सत्यतामा प्रवेश गर्ने कार्यको खोजी गर्दैन, आफ्नो स्वभावमा परिवर्तन ल्याउने कार्यको खोजी गर्दैन र परमेश्वरको कार्यको ज्ञानको खोजी त झन् गर्दै गर्दैन भने, उसलाई सिद्ध पारिन सकिँदैन। यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले परमेश्वरको कार्यलाई बुझ्नैपर्छ। खास गरी, उहाँको सजाय र न्यायको महत्त्वलाई र किन मानिसमा यो कार्य गरिन्छ भन्ने कुरालाई तैँले बुझ्नैपर्छ। के तँ यस कार्यलाई स्वीकार गर्न सक्छस्? यस प्रकारको सजायको बेला, के तँ पत्रुसको जस्तै अनुभवहरू र ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्? यदि तैँले परमेश्वरको ज्ञान र पवित्र आत्माको कार्यको ज्ञानको खोजी गर्छस् भने, र यदि तैँले आफ्नो स्वभाव परिवर्तनको खोजी गर्छस् भने, तँसँग सिद्ध पारिने मौका छ।
सिद्ध पारिनुपर्नेहरूका लागि, विजय गरिने कार्यको यो चरण अपरिहार्य छ; मानिसलाई विजय गरिएपछि मात्र उसले सिद्ध पारिने कार्य अनुभव गर्न सक्छ। विजय गरिएको भूमिका निर्वाह गर्नुमा मात्रै कुनै ठूलो महत्त्व छैन, यसले तँलाई परमेश्वरद्वारा प्रयोग गरिनको लागि योग्य तुल्याउनेछैन। सुसमाचार फैलाउने कार्यमा तैँले आफ्नो भूमिका निर्वाह गर्ने कुनै माध्यम तँसँग हुनेछैन, किनभने तैँले जीवनको खोजी गर्दैनस्, र आफूभित्रको परिवर्तन र नवीकरणको खोजी गर्दैनस्, त्यसैले तँसँग जीवनसम्बन्धी कुनै खास अनुभव छैन। एकपछि अर्को गरिने यो चरणबद्ध कार्यमा, तैँले एकपटक सेवाकर्ताको रूपमा र प्रतिभारको रूपमा काम गरिस्, तर तँ अन्तिममा पत्रुसजस्तै बन्ने खोजी गर्दैनस् भने, र जुन मार्गद्वारा पत्रुस सिद्ध पारिए तेरो खोजी त्यसअनुसार छैन भने, स्वाभाविक रूपमै तैँले आफ्नो स्वभाव परिवर्तनको अनुभव गर्नेछैनस्। यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्नेछस्: “परमेश्वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्ने कुरा मैले जानेको छु, परमेश्वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्वरलाई चिन्न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्छु: सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण, सृष्टि गरिएका सम्पूर्ण प्राणीहरूले परमेश्वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्मै अनुभव गर्छन्, परमेश्वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
५२७. म पत्रुसजस्ता मानिसहरू, सिद्ध पारिन खोज्ने मानिसहरू चाहन्छु। सत्यताको उत्कट इच्छा र खोजी गर्नेहरूलाई आजको सत्यता दिइन्छ। परमेश्वरबाट मुक्ति पाउन इच्छा गर्नेहरूलाई नै यो मुक्ति दिइन्छ र यो तिमीहरूले मात्रै प्राप्त गर्नुपर्छ भन्ने छैन। यसको उद्देश्य तिमीहरूलाई परमेश्वरले प्राप्त गर्नुहोस् भन्ने हो; तिमीहरूले आफूलाई परमेश्वरले प्राप्त गर्न सक्नुहोस् भनेर नै परमेश्वरलाई प्राप्त गर्छौ। आज मैले यी वचनहरू तिमीहरूलाई बताएको छु, र तिमीहरूले ती सुनेका छौ, र तिमीहरूले यी वचनहरूअनुसार अभ्यास गर्नुपर्छ। अन्त्यमा, तिमीहरूले यी वचनहरूलाई अभ्यास गर्ने समय नै मैले यी वचनहरूद्वारा तिमीहरूलाई प्राप्त गरेको क्षण हुनेछ; यसै बेला, तिमीहरूले यी वचनहरूलाई पनि प्राप्त गरेका हुनेछौ, अर्थात् तिमीहरूले यो सर्वोच्च मुक्तिलाई प्राप्त गरेका हुनेछौ। शुद्ध पारिएपछि तिमीहरू वास्तविक मानव बनेका हुनेछौ। यदि तँ सत्यतामा जिउन वा सिद्ध पारिएको व्यक्तिको स्वरूपमा जिउन सक्दैनस् भने, तँ मानिस होइनस्, बरु जिउँदो लास होस्, पशु होस् किनभने तँ सत्यविहीन छस्, र यसको अर्थ के हो भने तँ यहोवाको सासविहीन छस्, त्यसैले तँ आत्मा नभएको मृत मानिस होस् भनेर भन्न सकिन्छ! विजय गरिएपछि साक्षी दिनु सम्भव भए पनि, तैँले थोरै मुक्तिबाहेक केही पनि प्राप्त गर्दैनस्, र तँ आत्मा भएको जीवित प्राणी बनेको छैनस्। तैँले सजाय र न्यायको अनुभव गरेको भए पनि, यसको परिणामस्वरूप तेरो स्वभाव नवीकरण वा परिवर्तन भएको छैन; तँ अझै पनि तेरो पुरानै व्यक्तित्व होस्, तँ अझै पनि शैतानको स्वामित्वमै छस्, र तँ शुद्ध पारिएको मानिस होइनस्। सिद्ध पारिएकाहरू मात्रै मूल्यवान् छन् र यस्ता मानिसहरूले मात्रै साँचो जीवन प्राप्त गरेका छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
५२८. तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्वरका अभिप्रायलाई सन्तुष्ट पार्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवन प्रवेशको, स्वभाव परिवर्तनको र सत्यतामा गहिरो रूपले प्रवेशको खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्वरद्वारा प्राप्त गरिने मार्ग यही हो। तिमीहरू सबै परमेश्वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर त्यो कस्तो प्रकारको आज्ञा हो? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्नुपर्छ, ताकि भविष्यमा तिमीहरू साँच्चै नै परमेश्वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्नुहुने कुराको प्रमाण बन्नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको सटीक उदाहरण बनाउँछ। आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्वरले निश्चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्नुहुनेछ। के तँ परमेश्वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्ने कुराको प्रमाण यही हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्