218 अन्त्यसम्म पछ्याउन पवित्र आत्माको कामको पालन गर

पद १

पवित्र आत्माको काम दैनिक परिवर्तन हुन्छ।

प्रत्येक कदमसँगै यो अझ माथि उठ्छ,

भोलिको प्रकाश, आजको भन्दा अझ माथि हुन्छ,

एकपछि अर्को कदम गर्दै झन् झन् माथि चढ्छ।

यसरी नै उहाँले मानिसलाई सिद्ध पार्नुहुन्छ।


पूर्व कोरस १

मानिसले कदममा कदम मिलाउन नसकेमा उनीहरू हटाइनेछन्।

आज्ञापालन गर्ने हृदय नभएमा,

अन्तिमसम्म पछ्याउन मुश्किल पर्नेछ।


कोरस १

अघिल्लो युग समाप्त भइसकेको छ;

यो नयाँ युग हो।

नयाँ युगमा नयाँ काम गरिनुपर्छ।

खासगरी मानिसहरूलाई सिद्ध बनाइने अन्तिम युगमा,

परमेश्‍वरले नयाँ काम, झन् छिटो गर्नुहुनेछ,

त्यसैले हृदयमा अनाज्ञाकारीता भए,

मानिसलाई उहाँको पाइला पछ्याउन गाह्रो हुनेछ।


पद २

परमेश्‍वर कुनैपनि नियममा बाँधिनु हुन्न,

न त उहाँ आफ्नो कामको कुनै चरणलाई अपरिवर्तनीय मान्नुहुन्छ।

बरु, उहाँको काम झन् झन् नयाँ र उच्च हुन्छ।

बरु, उहाँको काम झन् झन् नयाँ र उच्च हुन्छ।


पूर्व कोरस २

हरेक चरणमा उहाँको काम झन् झन् व्यावहारिक

र मानिसको वास्तविक आवश्यकता अनुरूप हुन्छ।

यस्तो कामको अनुभूतिपछि मात्र

मानिसहरू आफ्नो स्वभावको अन्तिम रूपान्तरण पाउँछन्।


कोरस २

मानिसको जीवन ज्ञान झन् उँचाइमा पुग्छ,

त्यसैगरि परमेश्‍वरको काम पनि झन् उँचाइमा पुग्छ।

यसरी मात्र मानिसलाई सिद्ध पार्न सकिन्छ

र परमेश्‍वरको प्रयोगलायक बन्नसक्छ।


पद ३

परमेश्‍वरले एकातिर मानिसको

धारणाहरू उल्टाइदिनुहुन्छ,

र अर्कोतिर मानिसलाई

झन् उच्च र वास्तविक स्थितिमा पुर्याउनुहुन्छ,

उहाँमाथिको विश्‍वासको उच्चतम क्षेत्रमा डोर्याउनु हुन्छ,

ताकि अन्त्यमा, उहाँको इच्छा पूरा गर्न सकियोस्।


कोरस ३

अनाज्ञाकारी प्रकृतिका, जो जानाजान विरोध गर्छन्

द्रुत र उग्र गतिले अगाडि बढिरहेको कामको यस चरणद्वारा हटाइनेछन्;

केवल ती जो स्वेच्छाले आज्ञापालन गर्छन् र विनम्र हुन्छन्

मार्गको अन्त्यसम्म पुग्न सक्छन्।

मार्गको अन्त्यसम्म पुग्न सक्छन्।

मार्गको अन्त्यसम्म पुग्न सक्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सच्चा हृदयका साथ परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई अवश्य पनि परमेश्‍वरले प्राप्त गर्नुहुनेछ” बाट परिमार्जित

अघिल्लो: 217 परमेश्‍वरको स्वीकृति प्राप्त गर्न पवित्र आत्माको नयाँ काम पछ्याऊ

अर्को: 220 विश्‍वासीहरूले परमेश्‍वरका पाइलाहरू नजिकबाट पछ्याउनुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्