925 परमेश्वरले शैतानलाई उहाँले मुक्ति दिन चाहनुभएकाहरूलाई मनोमानी रूपमा हानि गर्न दिनुहुन्न
पद १
अय्यूबका जाँच र गवाही पछि,
परमेश्वरले उनी झैँ अरू पाउने संकल्प गर्नुभयो,
शैतानले उनलाई गरे झैँ, मानिसलाई आक्रमण गर्न दिनुभएन।
शैतानलाई कमजोर, मूर्ख र अनजान मानिस माथि
फेरि त्यस्तो गर्न दिनुभएन,
पूर्व कोरस १
शैतानले अय्यूबलाई परीक्षा गर्नु नै काफी थियो।
उहाँको कृपाले मानिसलाई त्यसको यातनाबाट मुक्ति दिन्छ।
कोरस
उहाँले मुक्ति दिनुहुनेहरू र उहाँको गवाही दिनेहरू,
व्यवस्थापन योजनाको केन्द्र र फल हुन्।
उहाँको ६ हजार वर्षका प्रयासको मूल्य हुन्।
कसरी तिनलाई शैतानको हातमा सुम्पन सक्नुहुन्थ्यो?
पद २
उहाँलाई पछ्याउनेका जीवन र सबथोक,
उहाँद्वारा शासित, संचालित छन्।
चुनिएकालाई शैतानले इच्छाअनुरूप चालवाजी गर्न सक्तैन।
उहाँ मानिसका कमजोरी, अज्ञानता, मूर्खता जान्नुहुन्छ।
पूरै मुक्ति दिइन, तिनलाई शैतानको हातमा सुम्पनै पर्छ,
तर उहाँ तिनलाई उल्ल्याइएको, यातना दिइएको र
तिनले सधैँ दु:ख भोगेको हेर्न चाहनुहुन्न।
ब्रिज
मानिस उहाँद्वारा बनाइएको थियो र उहाँ मानिस
माथि सब जिम्मेवारी, अख्तियार दावी गर्नुहुन्छ!
उहाँ शैतानलाई मानिसलाई इच्छाअनुरूप यातना दिन,
बहकाउन, उहाँको व्यवस्थाका नियम कुल्चिन,
उहाँको सार्वभौमिकता, मानिसको व्यवस्थापन र
मुक्ति माथि कुल्चिन दिनुहुन्न।
कोरस
उहाँले मुक्ति दिनुहुनेहरू र उहाँको गवाही दिनेहरू,
व्यवस्थापन योजनाको केन्द्र र फल हुन्।
उहाँको ६ हजार वर्षका प्रयासको मूल्य हुन्।
कसरी तिनलाई शैतानको हातमा सुम्पन सक्नुहुन्थ्यो?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित