921 सारा सृष्टि परमेश्वरको प्रभुत्वमा आउनै पर्छ
१
परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, तालतलैयालगायत परमेश्वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्वरले आदेश दिनुभएको थियो, र यो परमेश्वरको अख्तियार हो।
२
परमेश्वरले नै सबै थोकलाई आज्ञा दिनुहुन्छ, र सबै कुरालाई व्यवस्थित र श्रेणीबद्ध गर्नुहुन्छ, र हरेकलाई तिनको प्रकारअनुसार वर्गीकरण गर्नुहुन्छ, र परमेश्वरका चाहनाअनुसार तिनलाई आफ्नै स्थान प्रदान गर्नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्वरलाई उछिन्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्वरको विरुद्ध विद्रोह गर्ने वा परमेश्वरबाट कुनै माग गर्ने आँट गर्दैन। त्यसकारण, सृजित प्राणीका रूपमा मानिसले पनि मानिसको कर्तव्य पूरा गर्नैपर्छ। चाहे ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको माझमा मानिसको हैसियत जति उच्च भए तापनि, ऊ परमेश्वरको प्रभुत्वको अधीनमा रहेको सानो मानवबाहेक अरू केही होइन, र ऊ सानो मानव, सृजित प्राणीभन्दा बढी अरू केही होइन, र ऊ परमेश्वरभन्दा माथि कहिल्यै हुनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ