177 परमेश्वरको देहधारणको आवश्यकता
मानिसको देह शैतानद्वारा भ्रष्ट तुल्याइएको छ,
गहन रूपमा अन्धो तुल्याइएको र हानि गरिएको छ।
परमेश्वर देहमा आफैँ काम गर्नुहुने आधारभूत कारण
उहाँको मुक्तिको पात्र देहको मानिस हो,
र किनकि उहाँको काममा बाधा दिन
शैतानले पनि मानिसकै देह प्रयोग गर्छ।
शैतानसँग युद्ध वास्तवमा मानिसमाथि विजय पाउने काम हो,
साथै मानिस उहाँको मुक्तिको पात्र पनि हो।
यसरी अत्यावश्यक छ देहधारी परमेश्वरको काम।
शैतानले मानव देहलाई भ्रष्ट तुल्यायो,
र मानिस त्यसकै मूर्तरूप र
उहाँद्वारा पराजित हुने पात्र बन्यो।
यसरी त्योसँग लड्ने र मानिसलाई
मुक्ति दिने काम पृथ्वीमा हुन्छ,
र त्योसँग लड्न परमेश्वर मानव बन्नुपर्छ।
यो सबभन्दा व्यावहारिक काम हो,
सबभन्दा व्यावहारिक काम हो।
उहाँ देहमा काम गरिरहनुहुँदा,
वास्तवमा देहमा शैतानसँग लडिरहनुहुन्छ,
आत्मिक क्षेत्रको आफ्नो काम गरिरहनुहुन्छ,
र आत्मिक क्षेत्रको सम्पूर्ण कामलाई पृथ्वीमा वास्तविक बनाउनुहुन्छ।
विजय गरिएको, उहाँप्रति अनाज्ञाकारी मानिस हो,
जो हाऱ्यो त्यो उहाँको शत्रु शैतानको मूर्तरूप हो,
र अन्त्यमा मुक्ति दिइएको पनि मानिसलाई नै हो,
र अन्त्यमा मुक्ति दिइएको पनि मानिसलाई नै हो।
यसरी परमेश्वरलाई सृष्टिको बाहिरी भेष भएको
मानव बन्न अझै आवश्यक छ,
ताकि उहाँ शैतानसँग वास्तविक लडाइँ गर्न सक्नुहोस्,
उहाँप्रति अनाज्ञाकारी, उहाँझैँ बाहिरी भेष भएको,
र शैतानद्वारा हानि गरिएको मानवलाई
विजय गर्न सक्नुहोस्।
उहाँको शत्रु मानिस हो,
उहाँको विजयको पात्र मानिस हो,
उहाँको मुक्तिको पात्र मानिस हो, जो उहाँद्वारा नै सृजित छ।
त्यसैले उहाँ मानव बन्नुपर्छ,
यसरी उहाँको काम धेरै सजिलो हुन्छ।
उहाँ शैतानलाई पराजय गर्न, मानिसलाई विजय गर्न
र मुक्ति दिन सक्नुहुन्छ।
उहाँ शैतानलाई पराजय गर्न, मानिसलाई विजय गर्न
र मुक्ति दिन सक्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “भ्रष्ट मानवजाति देहधारी परमेश्वरको मुक्तिको अझै बढी खाँचोमा छ” बाट परिमार्जित