270 परमेश्वरको निम्ति एउटा वफादार हृदय
पद १
हे परमेश्वर! तपाईँलाई मेरो जीवन मूल्यहीन भएपनि,
मात्र तपाईँलाई समर्पण गर्न चाहन्छु।
मानिस तपाईँलाई प्रेम गर्न अयोग्य भए पनि,
तिनको प्रेम र हृदय बेकार भए पनि,
तिनको असल नियत देख्न सक्नुहुन्छ।
मानव देहले तपाईँको स्वीकृति नपाए पनि,
मेरो हृदय स्वीकार्नुभएको आश गर्छु।
कोरस
कारण म धुलो भन्दा निकै, निकै कम छु,
यो वफादार हृदय तपाईँलाई समपर्ण गर्नु बाहेक
म केही गर्न सक्दिनँ।
पद २
हे परमेश्वर! तपाईँलाई मेरो जीवन मूल्यहीन भए पनि,
मेरो सम्पूर्ण हृदय तपाईँलाई नै समर्पण गर्नेछु।
तपाईँको लागि केही गर्न नसके पनि,
तपाईँलाई सन्तुष्ट गर्न आफूलाई समर्पित गर्नेछु।
जान्दछु—तपाईँले मेरो हृदयमा हेर्नैपर्छ।
म अरू केही माग्दिन, मात्र मेरो हृदयको चाहना,
तपाईँलाई प्रेम गर्ने विचार स्वीकृत होस्—आशा गर्छु।
कोरस
कारण म धुलो भन्दा निकै, निकै कम छु,
यो वफादार हृदय तपाईँलाई समपर्ण गर्नु बाहेक
म केही गर्न सक्दिनँ।
पद ३
हे परमेश्वर! तपाईँलाई मेरो जीवन मूल्यहीन भएपनि,
मात्र तपाईँलाई समर्पण गर्न चाहन्छु।
तपाईँसँग लामो समय रहेँ तैपनि चिनिनँ।
मेरो सबभन्दा ठूलो ऋण तपाईँलाई प्रेम गरिँन भन्ने हो।
अझ तपाईँको पछाडि कुरा काँटे—
हे प्रिय परमेश्वर, कहिल्यै बोल्न नहुने शब्द बोलेँ।
यस्ता कुराले तपाईँको ऋणमा भएको महसुस गराउँछ।
कोरस
कारण म धुलो भन्दा निकै, निकै कम छु,
यो वफादार हृदय तपाईँलाई समपर्ण गर्नु बाहेक
म केही गर्न सक्दिनँ।