269 म परमेश्वरको प्रेमको आनन्द लिन्छु
१
परमेश्वरसामु उठाइँदा मेरो हृदयलाई साँचो हर्ष मिल्छ।
उहाँका वचनको आनन्द लिनु कति मीठो छ।
नम्र होस् वा कठोर, उहाँका वचनले मलाई लाभ ल्याउँछ।
सत्यता बुझ्दा, मेरो हृदय निकै स्वतन्त्र छ।
हे, प्रिय सर्वशक्तिमान् परमेश्वर।
प्रदान गरिएको यो सत्यता निकै अनमोल छ!
नयाँ वचनहरू र ज्योति।
उहाँको मार्गदर्शन पाउनु, ज्योतिमा बाँच्नुले साँचो खुसी ल्याउँछ।
२
हरदिन म परमेश्वरका वचन पढ्छु र उहाँसामु जिउँछु।
उहाँको न्याय स्विकार्दा, मेरो स्वभाव परिवर्तन हुन्छ।
पिडामा मिठास, हाँसोमा आँसु—ती सबको स्वाद लिन्छु।
जीवनको फल उहाँको आफ्नै हातले खेती गरिन्छ।
हे, प्रिय सर्वशक्तिमान् परमेश्वर।
तपाईंको धर्मी स्वभाव कति प्रेमिलो छ!
तपाईंका वचनले हामीलाई न्याय गर्छन्, प्रेरणा दिन्छन्,
मानिसको यो समूहलाई सफा गर्छन्, मुक्ति दिन्छन्।
३
परमेश्वरको प्रेमको आनन्द लिनु ठुलो आशिष् हो!
हामीले एकपटक सत्यता प्राप्त गरेपछि जीवन व्यर्थ नै हुँदैन।
आफैलाई बफादारीपूर्वक समर्पित गर्छौँ, कठिनाइ, थकानसँग डराउँदैनौँ।
उहाँका आज्ञा स्विकार्छौँ, उहाँको घोषणा गर्छौँ र गवाही दिन्छौँ।
हे, प्रिय सर्वशक्तिमान् परमेश्वर।
मानिसलाई मुक्ति दिन तपाईंले असाध्यै कष्ट सहनुभयो।
आफ्नो हृदय तपाईंलाई समर्पण गर्छौँ।
तपाईंको ऋण तिर्न सारा हृदय र मनले कर्तव्य राम्रोसँग पूरा गर्नेछौँ।
हे, दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरलाई प्रेम गर्न,
उहाँको इच्छा पछ्याउन र अभिप्रायहरूको
ख्याल गर्न हामी एकै मनका होऔँ।
सत्यता पछ्याऔँ र परमेश्वरको महिमा गर्न, मानव रूपमा जिऔँ।