507 वास्तविकता जिएर मात्र तिमीले साक्षी दिन सक्छौ
पद १
सत्यता भएका मानिस ती हुन् जो,
अनुभवमा, आफ्नो साक्षी, अडानमा,
परमेश्वरको पक्षमा, दह्रिलो गरी खडा हुन सक्छन्,
कहिल्यै पछि हट्दैनन्, मृत्युसम्म पालन गर्छन्,
र उहाँलाई प्रेम गर्नेसँग सामान्य सम्बन्ध राख्छन्।
कोरस
तिम्रो दैनिक जीवनको अभ्यास—
उहाँको साक्षी र मानिसले जिउनुपर्ने कुरा हुन्।
उहाँको प्रेमको आनन्द लिनु यही हो।
जब यहाँ पुग्छौ, पाउनुपर्ने प्रभाव प्राप्त हुनेछ।
पद २
तिमीसँग वास्तविक जियाइ छ,
हर कार्य अरूले सराहना गर्छन्।
बाहिरी रूप सादा छ, तर समर्पित जीवन जिउँछौ।
उहाँका वचनको सङ्गति गर्दा, अन्तर्दृष्टि दिनुहुन्छ।
कोरस
तिम्रो दैनिक जीवनको अभ्यास—
उहाँको साक्षी र मानिसले जिउनुपर्ने कुरा हुन्।
उहाँको प्रेमको आनन्द लिनु यही हो।
जब यहाँ पुग्छौ, पाउनुपर्ने प्रभाव प्राप्त हुनेछ।
ब्रिज
शब्दद्वारा उहाँको इच्छा बोल्न सक्षम हुन्छौ,
वास्तविकता बोल्छौ, आत्मिक सेवा बारे धेरै बुझ्छौ।
बोलीमा खुला छौ, शिष्ट, सिधा छौ, अवरोधी छैनौ,
उहाँका योजना पालन गर्न सक्छौ,
साक्षीमा दह्रिलो गरी खडा हुन्छौ।
समस्या आइपर्दा, शान्त र संयोजित छौ।
यस प्रकारको मानिसले साँच्चै
उहाँको प्रेम देखेको हुन्छ।
कोरस
तिम्रो दैनिक जीवनको अभ्यास—
उहाँको साक्षी र मानिसले जिउनुपर्ने कुरा हुन्।
उहाँको प्रेमको आनन्द लिनु यही हो।
जब यहाँ पुग्छौ, पाउनुपर्ने प्रभाव प्राप्त हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्” बाट परिमार्जित