917 सबथोक परमेश्वरको अख्तियारद्वारा जिउँछन् र नाश हुन्छन्
पद १
“परमेश्वरको अख्तियार”को अर्थ, यो उहाँमै निर्भर छ भन्ने हो।
कुनै कुरा कसरी गरिनेछ भन्ने
निर्णयको अधिकार उहाँसँग छ
र त्यो उहाँकै इच्छा अनुसार गरिन्छ।
सबथोकको नियम निर्धारण गर्नुहुन्छ।
यो नियम मानिसमा निर्भर छैन,
यो बदल्न सक्तैन।
उसको इच्छाद्वारा हल्लाउन सकिँदैन, तर
उहाँका विचार, बुद्धि र
आदेशद्वारा परिवर्तन हुन्छ।
पूर्व कोरस
कसैले इन्कार गर्न नसक्ने तथ्य हो यो।
कोरस
कुनै व्यक्ति, वस्तुले सबथोकको नियम
वा तिनको प्रकार्यको तरिका बदल्न सक्तैन।
ती उहाँको अख्तियारले अस्तित्वमा आए,
त्यसकै कारण नष्ट हुन्छन्।
परमेश्वरको अख्तियार यही नै हो।
पद २
स्वर्ग, पृथ्वी, सबथोक, ब्रह्माण्ड,
ताराले भरिएको आकाश,
वर्षका चार ऋतु, देख्न
सकिने-नसकिने कुरा, उहाँकै अख्तियार मुनि,
उहाँकै आज्ञा, आदेश र सृष्टिको
सुरुवातका नियम अनुसार,
अस्तित्वमा रहन्छन्, कुनै त्रुटिबिना,
प्रकार्य निर्वाह गर्छन् र बदलिन्छन्।
पूर्व कोरस
कसैले इन्कार गर्न नसक्ने तथ्य हो यो।
कोरस
कुनै व्यक्ति, वस्तुले सबथोकको नियम
वा तिनको प्रकार्यको तरिका बदल्न सक्तैन।
ती उहाँको अख्तियारले अस्तित्वमा आए,
त्यसकै कारण नष्ट हुन्छन्।
परमेश्वरको अख्तियार यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय १” बाट परिमार्जित