96 मानिस परमेश्‍वरलाई वचनहरूको कामद्वारा अझ राम्ररी चिन्छन्

पद १

आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न परमेश्‍वर वचनको प्रयोग गर्नुहुन्छ,

दबाउन वा मनाउन चिन्ह-चमत्कार प्रयोग गर्नुहुन्न,

कारण यिनले उहाँको शक्ति प्रकट गर्न सक्तैनन्।

उहाँले चिन्ह र चमत्कार मात्र प्रकट गर्नुभयो भने, उहाँको

यथार्थतालाई देखाउन र मानिसलाई

सिद्ध पार्न असम्भव हुने थियो।


पूर्व कोरस १

उहाँले मानिसलाई चिन्ह र चमत्कारले सिद्ध पार्नुहुन्न,

तर वचनले पानी हाल्ने र गोठालो गर्ने काम गर्नुहुन्छ,

ताकि मानिसले उहाँलाई पालन गर्न र चिन्न सकोस्।

उहाँको काम र वचनको उद्देश्य यही हो।


कोरस

उहाँ मानिसलाई सिद्ध पार्न चिन्ह र चमत्कार प्रयोग गर्नुहुन्न।

बरु उहाँ वचन र धेरै प्रकारका कामको प्रयोग गर्नुहुन्छ,

जस्तै शोधन, निराकरण, काँट-छाँट वा वचनको प्रावधान।

मानिसलाई सिद्ध पार्न र उहाँको काम,

बुद्धि र अद्भु‍तताको ज्ञान दिन,

उहाँ धेरै दृष्टिकोणबाट बोल्नुहुन्छ।


पद २

उहाँको आजको काम वास्तविक काम हो,

कुनै चिन्ह वा चमत्कार बिना,

किनकि तिनले उहाँको वास्तविक काम लथालिङ्ग छाड्ने थिए

र उहाँ कुनै थप काम गर्न सक्नुहुने थिएन।

यदि उहाँले वचन प्रयोग गरी मानिसलाई सिद्ध पार्छु त भन्नुभयो

तर चिन्ह र चमत्कार पनि देखाउनु भयो भने के यसले

मानिसको उहाँमा विश्‍वास साँचो छ-छैन भनी दर्शाउन सक्ला?

त्यसैले, परमेश्‍वरले त्यस्ता कार्य गर्नुहुन्न।


कोरस

उहाँ मानिसलाई सिद्ध पार्न चिन्ह र चमत्कार प्रयोग गर्नुहुन्न।

बरु उहाँ वचन र धेरै प्रकारका कामको प्रयोग गर्नुहुन्छ,

जस्तै शोधन, निराकरण, काँट-छाँट वा वचनको प्रावधान।

मानिसलाई सिद्ध पार्न र उहाँको काम,

बुद्धि र अद्भु‍तताको ज्ञान दिन,

उहाँ धेरै दृष्टिकोणबाट बोल्नुहुन्छ।


ब्रिज

मानिसमा धर्म अत्याधिक छ।

आखिरी दिनहरूमा उहाँ मानिसका

धार्मीक धारणा, अलौकिक कुरा हटाउन र

परमेश्‍वरको वास्तविकता बुझाउन आउनुभएको छ।

उहाँ परमेश्‍वरको अमूर्त, काल्पनिक र अस्तित्वहीन

स्वरूप हटाउन आउनुभएको छ।

अब तिम्रो एउटै मूल्यवान कुरा वास्तविकताको ज्ञान पाउनु हो।

उहाँप्रतिको विश्‍वासमा सत्यता खोज्ने

र चिन्ह-चमत्कार भन्दा जीवन पछ्याउने,

यो नै उहाँमा विश्‍वास गर्ने सबैको लक्ष्य हुनुपर्छ।


कोरस

उहाँ मानिसलाई सिद्ध पार्न चिन्ह र चमत्कार प्रयोग गर्नुहुन्न।

बरु उहाँ वचन र धेरै प्रकारका कामको प्रयोग गर्नुहुन्छ,

जस्तै शोधन, निराकरण, काँट-छाँट वा वचनको प्रावधान।

मानिसलाई सिद्ध पार्न र उहाँको काम,

बुद्धि र अद्भु‍तताको ज्ञान दिन,

उहाँ धेरै दृष्टिकोणबाट बोल्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: 94 राज्यको युगमा परमेश्‍वरले मानिसलाई वचनहरूले सिद्ध पार्नुहुन्छ

अर्को: 103 मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्