19 राज्यको राजा विजयी हुनुहुन्छ

पद १

पूर्वबाट बिजुली चम्कन्छ जब परमेश्‍वर बोल्नुहुन्छ,

सारा आकाश अब उज्यालो छ

र सबै तारा रुपान्तरित,

मानिस वर्गीकृत भए झैँ हुन्छन्।

पूर्वबाट आएको बिजुलीको चमक मुनि,

मानिस वास्तविक रङ्गमा प्रकट हुन्छ।

आँखा तिरमिर, अलमलमा अड्केको,

आफ्नो कुरूप अनुहार लुकाउन सक्तैनन्।


कोरस

उहाँले ठूलो रातो अजिङ्गरको

घरमा नयाँ सुरूवात र

उहाँको ब्रह्माण्डमा पनि नयाँ

काम सुरू गर्नुभएको छ।

चाँडै पृथ्वीका राज्य रहनेछैनन्,

ती उहाँको राज्य बन्नेछन्,

कारण उहाँ विजयी भई फर्कनुभएको छ।


पद २

सबै मानिस चकित छन्, कुर्दैछन्, हेर्दैछन्।

अब उहाँको ज्योतिको आगमनको साथ,

आफू जन्मेकोमा रमाउँछन्

र साथै यसलाई सराप्छन् पनि।

विवादास्पद भावना, व्यक्त गर्न गाह्रो छ।

आत्म-निन्दाका आँसुका खोला बग्छन्।

एक क्षणमै निसान मेटिने गरी हराउँछन्,

तीव्र बाढले बगाएर लैजान्छन्।


कोरस

उहाँले ठूलो रातो अजिङ्गरको

घरमा नयाँ सुरूवात र

उहाँको ब्रह्माण्डमा पनि नयाँ

काम सुरू गर्नुभएको छ।

चाँडै पृथ्वीका राज्य रहनेछैनन्,

ती उहाँको राज्य बन्नेछन्,

कारण उहाँ विजयी भई फर्कनुभएको छ।


ब्रिज

फेरि, उहाँको दिन चाँडै नजिक आउँदैछ,

मानिसलाई फेरि जगाउँदै,

उसलाई फेरि नयाँ सुरूवात

गर्न एउटा बिन्दु दिँदै।

उहाँको हृदय उफ्रिन्छ, र त्यसको लयसँगै

छालहरू चट्टानमा तालमा ठोकिन्छन्,

पहाड उफ्रन्छन्, समुद्र आनन्दले नाच्छन्।

उहाँको भावना व्यक्त गर्न गाह्रो छ।


पद ३

उहाँ सबै दुष्ट चिजलाई नजरमुनि

जलाई खरानी बनाउन र

विद्रोहका पुत्रलाई फेरि देखा नपर्नेगरी

मेटाउन चाहनुहुन्छ।


कोरस

उहाँले ठूलो रातो अजिङ्गरको

घरमा नयाँ सुरूवात र

उहाँको ब्रह्माण्डमा पनि नयाँ

काम सुरू गर्नुभएको छ।

चाँडै पृथ्वीका राज्य रहनेछैनन्,

ती उहाँको राज्य बन्नेछन्,

कारण उहाँ विजयी भई फर्कनुभएको छ।

उहाँ विजयी भएर फर्कनुभएको छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १२” बाट परिमार्जित

अघिल्लो: 17 परमेश्‍वर देखा पर्नुको महत्त्व

अर्को: 21 परमेश्‍वरको राज्य मानिसमाझ स्थापित छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्