267 परमेश्वरको न्यायले उहाँलाई प्रेम गर्ने मेरो हृदय अझ शुद्ध बनायो
पद १
हे परमेश्वर! मेरो देह अनाज्ञाकारी छ, मलाई
न्याय गर्नुहुन्छ, सजाय दिनुहुन्छ।
म तपाईँको न्याय र सजायमा आनन्द मनाउँछु,
मलाई नचाहनुभए पनि,
न्यायमा तपाईँको पवित्र र धर्मी स्वभाव देख्छु।
कोरस १
न्यायमा अरुले तपाईँको धर्मी स्वभाव देखून्
भनी जब मलाई न्याय गर्नुहुन्छ,
धर्मी स्वभाव देखून् भनी जब
मलाई न्याय गर्नुहुन्छ,
म सन्तुष्ट महसुस गर्छु, सन्तुष्ट महसुस गर्छु।
पद २
यदि त्यसले तपाईँको स्वभाव व्यक्त गर्न र
तपाईँको धर्मी स्वभाव
सबले देख्न सक्ने तुल्याउन सक्छ भने,
तपाईँप्रति मेरो प्रेम अझ
शुद्ध पार्न सक्छ जसले गर्दा
म धर्मी व्यक्ति जस्तै बन्न सक्छु भने,
कोरस २
तपाईँको न्याय असल छ, कारण तपाईँको
अनुग्रही इच्छा यस्तै छ।
तपाईँको न्याय असल छ, कारण तपाईँको
अनुग्रही इच्छा यस्तै छ, अनुग्रही इच्छा यस्तै छ।
पद ३
म जान्दछु, म भित्र अझ धेरै विद्रोही कुरा छन्,
र म अझै पनि तपाईँ सामु आउन योग्य छैन।
चाहे विषम परिस्थिति वा महासंकष्टहरूद्वारा होस्,
मलाई अझ बढी न्याय गर्नुहोस् भनी चाहन्छु;
कोरस ३
जेसुकै गर्नुभए पनि, त्यो मेरो लागि बहुमूल्य छ।
तपाईँको प्रेम निकै प्रगाढ छ, प्रगाढ छ,
र कुनै गुनासोबिना आफूलाई तपाईँको
प्रबन्धमा समर्पित गर्न इच्छुक छु।