१०. “अरूका कमीकमजोरीमाथि औँला नउठाउनु” पछाडि लुकेको मनसाय

सिस्टर ली ले प्रचारक थिइन्, र उनले हाम्रो मण्डलीको कामको निरीक्षण पनि गर्थिन्। हामी सामान्यतया एकदमै मिल्थ्यौँ, र जब जब म खराब स्थितिमा हुन्थेँ, तब तब उनी आफ्नो अनुभवका आधारमा मलाई सङ्गति र मद्दत गर्थिन्। हालै, मैले उनमा आफ्नो कर्तव्यप्रति बोझको बोध छैन भन्‍ने पत्ता लगाएँ, अनि हरेक हप्ता, उनी हामी डिकनहरूसँग एकपटक मात्र भेला हुन्थिन् र मण्डलीको कामबारे सरसर्ती बुझ्थिन्, तर कामका समस्याहरूका सन्दर्भमा, उनी हामीसँग मिलेर ती समस्या समाधान गर्न सत्यता बिरलै खोज्थिन्। सोचेँ ली ले धेरै मण्डलीको कामका इन्चार्ज छिन्, यदि उनी सधैँ यस्तै स्थितिमा रहिन् भने, त्यसले यी मण्डलीहरूको कामलाई असर गर्नेछ। मैले यो कुरा उनलाई बताउनुपर्छ, वा उनको अवस्था माथिल्लो तहका अगुवाहरूलाई रिपोर्ट गर्नुपर्छ ताकि उनीहरूले तुरुन्तै उनको स्थिति बुझ्न र उनीसँग सङ्गति गरेर उनलाई दिशा बदल्न लगाउन सकून्। तर, मैले त्यो कहिल्यै बताइनँ। मैले हालै ली लेको सङ्गति सुनेकी थिएँ, उनले आफू सुसमाचार प्रचारको काममा अनाडी हुँ, र आफूले पेसागत कामलाई धेरै बुझेकी छैनँ, न त सुसमाचार प्रचारका सिद्धान्तहरू नै राम्ररी बुझेकी छु भन्‍ने आफूलाई लाग्छ भनेकी थिइन्। उनलाई यो कर्तव्य निर्वाह गर्नु आफ्ना लागि अलि गाह्रो छ भन्‍ने लाग्थ्यो। वास्तवमा, उनको क्षमता खराब थिएन, र उनी त्यो निर्वाह गर्न पूर्णतया असमर्थ पनि थिइनन्। उनमा आफ्नो कर्तव्य निर्वाह गर्दा बोझको बोध नभएको मात्र थियो। उनले लगनशील भई केही सिद्धान्त बुझेकी भए, आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्नेथिइन्। तर, यदि मैले त्यस समय उनको अवस्थाबारे अगुवाहरूलाई रिपोर्ट गरेकी भए, र उनलाई मण्डलीको काम जाँच्ने र सुपरिवेक्षण गर्ने माग गरेकी भए, के उनले मेरा मागहरू उनका लागि असाध्यै कठोर छन् भनेर सोच्नेथिइनन् र? अनि यसले गर्दा के उनी दिक्दार स्थितिमा पर्नेथिइन् र आफ्नो कर्तव्य निर्वाह गर्न अनिच्छुक हुनेथिइन्? मैले सोचेँ—आ होस्। ली लेको स्थिति बुझ्नु माथिल्लो तहका अगुवाहरूको काम थियो। मैले केही नभने पनि, उनीहरूलाई त्यसबारे थाहा हुनुपर्थ्यो। यस बिन्दुसम्म सोच्दा, मैले ली लेको अवस्था रिपोर्ट नगर्ने निर्णय गरेँ। पछि, ली ले हामीसँग भेला हुँदा, मैले धेरैपटक उनको कर्तव्य निर्वाहमा रहेको समस्या औँल्याउन चाहेँ, तर म ली लेले मेरा मागहरू उनका लागि अति कठोर छन् भन्‍नेछिन् भनेर डराएँ। यदि उनले त्यो स्विकार्न सकिनन् भने, यसले हाम्रो सम्बन्ध ध्वस्त पार्नेथ्यो, र त्यसपछि उनले मलाई फरक व्यवहार गर्नेथिइन्। त्यसरी, केहीपटक ती शब्दहरू मेरो मुखसम्म आएर पनि, बाहिर निस्केन।

केही समयपछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड देखेँ: “झूटा अगुवा र ख्रीष्टविरोधीहरूको समस्या समाधान गर्न त्यति गाह्रो छैन; झूटा अगुवाहरूले वास्तविक काम गर्दैनन् र तिनीहरूलाई सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ; ख्रीष्ट विरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँछन् अनि तिनीहरूलाई पनि सजिलै पत्ता लगाउन र प्रस्टै देख्न सकिन्छ। यो सब परमेश्‍वरका चुनिएका मानिसहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा पुर्‍याउनुसित सम्बन्धित छ, र तैँले त्यस्ता मानिसहरूलाई रिपोर्ट गरी खुलासा गर्नुपर्छ—तैँले त्यसो गरेर मात्र मण्डलीको काम ढिलो हुनबाट रोक्न सक्छस्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्नु महत्त्वपूर्ण काम हो, जसबाट परमेश्‍वरका चुनिएका मानिसहरूले कर्तव्य राम्रोसँग पूरा गर्न सक्‍ने सुनिश्‍चितता आउँछ, अनि परमेश्‍वरका सबै चुनिएका मानिसहरूले त्यो जिम्मेवारी वहन गर्छन्। चाहे त्यो जोसुकै होस्, यदि त्यो झूटो अगुवा वा ख्रीष्टविरोधी हो भने, परमेश्‍वरका चुनिएका मानिसहरूले त्यसलाई खुलासा गरेर पर्दाफास गर्नुपर्छ, र यसरी तैँले आफ्नो जिम्मेवारी पूरा गर्नेछस्। … तिमीहरूले वर्षौँदेखि प्रवचनहरू सुन्दै आएका छौ, तर अहिले पनि झूटा अगुवा र ख्रीष्टविरोधीहरूलाई चिन्न सक्दैनौ, बरु ख्रीष्टविरोधीहरूसँग घुलमिल भएर कुनै पनि कुरामा गम्भीर विचार नगरी दिनभर खाँदै-पिउँदै बस्न इच्छुक छौ। यस्तो व्यवहारले तिमीहरू परमेश्‍वरका साँचो विश्‍वासी होइनौ भनेर छर्लङ्गै देखाउँछ। पहिलो कुरा त, तिमीहरू सत्यतालाई प्रेम गर्ने वा सत्यता स्विकार्ने गर्दैनौ; दोस्रो कुरा, तिमीहरूमा कर्तव्यप्रतिको जिम्मेवारीबोध छैन, तिमीहरूले कर्तव्य बफादारीपूर्वक निभाउन सक्छौ भनेर त भन्‍नै सकिँदैन, र तिमीहरूले मण्डलीको कामलाई सरासर बेवास्ता गर्छौ। तिमीहरूले कर्तव्य निभाएजस्तो त देखिन्छ, तर कुनै परिणाम प्राप्त गर्दैनौ; तिमीहरूले केवल औपचारिकता पूरा गर्छौ। झूटा अगुवा र ख्रीष्टविरोधीहरूले मण्डलीको कामलाई जति नै बाधा र क्षति पुर्‍याए पनि, तिमीहरूलाई यसबारे केही थाहा हुँदैन, र यसमा तिमीहरूलाई कुनै दुःख पनि लाग्दैन। … परमेश्‍वरको मण्डलीले तिमीहरूलाई यतिका समय मलजल गरेको छ र तिमीहरूले धेरै प्रवचन सुनेका छौ, तर परिणाम के भयो? यसमा यो गम्भीर समस्या छ, मण्डलीमा ख्रीष्टविरोधी देखा पर्छ, तर तिमीहरूलाई यसबारे थाहै हुँदैन। यसले देखाउँछ कि तिमीहरूले फिटिक्कै प्रगति गरेका छैनौ, तिमीहरू भावशून्य र मन्दबुद्धिका छौ, र तिमीहरू आफ्नो देहमा लिप्त हुन्छौ। तिमीहरू मुर्दाहरूको डँगुर हौ, जसमा जिउँदो कोही छैन, सत्यता पछ्याउने कोही छैन, छन् भने बढीमा केही श्रमिक मात्र हुन्छन्। यत्तिका समय परमेश्‍वरमा विश्‍वास गरेर र प्रवचनहरू सुनेर पनि ख्रीष्टविरोधीसँग घुलमिल हुनु, उसको खुलासा वा रिपोर्ट नगर्नु—तिमीहरू र परमेश्‍वरमा विश्‍वास नगर्ने व्यक्तिमा के नै फरक छ र? तिमीहरू ख्रीष्टविरोधीहरूतर्फका हौ, परमेश्‍वरका मानिसहरू होइनौ; तिमीहरू ख्रीष्टविरोधीहरूलाई पछ्याउँछौ, शैतानलाई पछ्याउँछौ, तर परमेश्‍वरलाई पटक्कै पछ्याउँदैनौ। तिमीहरूले ख्रीष्टविरोधीले गरेका नराम्रा कुराहरू नगरेका भए पनि, उसलाई पछ्यायौ र जोगायौ, किनकि तिमीहरूले उसको खुलासा वा रिपोर्ट गरेनौ, अनि ख्रीष्टविरोधीसँग त्यति सङ्गत गरेको छैन र उसले के गरिरहेको थियो भन्ने पत्तै पाएनौँ भनेर फतरफतर गरिरह्यौ। यसो गरेर, के तिमीहरूले जानाजानी ख्रीष्टविरोधीलाई जोगाइरहेको थिएनौ र? ख्रीष्टविरोधीले यति धेरै दुष्ट काम गऱ्यो र मण्डलीको काम ठप्‍प बनायो, अवरोध पुऱ्याएर मण्डली जीवन पूरै तहसनहस पाऱ्यो, तैपनि तिमीहरू अझै पनि ख्रीष्टविरोधीले के गरिरहेको थियो, त्यो थाहै भएन भन्छौ—त्यो कसले विश्‍वास गर्छ? तिमीहरूले आफ्नै आँखाअगाडि ख्रीष्टविरोधीले मण्डलीको काममा अवरोध र क्षति पुर्‍याइरहेको देख्यौ तैपनि तिमीहरू उदासीन भयौ र कति पनि प्रतिक्रिया दिएनौ। कसैले पनि उसको खुलासा वा रिपोर्ट गरेन—तिमीहरू सबैले यति सानो जिम्मेवारी निभाउनसमेत सकेनौ, त्यसैले तिमीहरू विवेकहीन र समझहीन छौ!(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। मैले परमेश्‍वरका वचनहरूमार्फत उहाँ दुःखी हुनुहुनेछ परमेश्‍वरले हामीलाई भरणपोषण गर्न यी सबै सत्यता व्यक्त गर्नुभएको छ। ख्रीष्टविरोधी र झुटा अगुवाहरू खुट्ट्याउनेसम्बन्धी सत्यतामा उहाँको सङ्गति एकदमै एक-एक कुरामा ध्यान दिइएको र विस्तृत छ। उहाँ जब मानिसहरू परमेश्‍वरको घरको काममा बाधा पुर्‍याउँछन्, तब हामी आफ्नो जिम्मेवारी पूरा गर्न र मण्डलीको कामको सुरक्षा गर्न खडा हुन सक्षम हुनेछौँ भन्‍ने आशा गर्नुहुन्छ। यदि कसैले परमेश्‍वरको घरको काम प्रभावित भएको देख्छ र यसप्रति जानाजानी सचेत हुँदैन, न उसमा इन्साफको बोध नै छ र न त ऊ यसलाई रोक्न वा माथिल्ला तहमा रिपोर्ट गर्न खडा नै हुन्छ भने, त्यस्तो व्यक्ति विवेकहीन मृत व्यक्ति र फिटिक्कै गवाही नभएको व्यक्ति हो। परमेश्‍वरले खुलासा गरेको कुरा नै ठ्याक्कै मेरो स्थिति थियो। जब मैले ली लेले पछिल्लो समय मण्डलीको कामबारे बिरलै जाँच गरिरहेकी छिन् र यसले कामलाई असर गरिसकेको छ भन्‍ने देखेँ, तब म हाम्रो सम्बन्ध ध्वस्त हुन्छ भनी चिन्तित भएकीले र डराएकीले, मैले उनलाई त्यो औँल्याइदिने वा माथिल्ला तहमा रिपोर्ट गर्ने आँट गरिनँ। मैले मण्डलीको कामको बिलकुलै रक्षा गरिनँ, र परमेश्‍वरले मलाई साँच्चै घृणा गर्नुभयो। यो सम्झँदा, मलाई हृदयमा ग्लानि भयो, र मैले माथिल्लो तहका अगुवाहरूलाई ली लेको अवस्था रिपोर्ट गर्न चाहँदै, आफ्नो ल्यापटप खोलेँ। तर मलाई अझै पनि चिन्ता थियो, र सोचेँ, “यदि मैले ली लेको समस्या रिपोर्ट गरेँ भने, माथिल्लो तहका अगुवाहरूले निश्चय नै उनीसँग सङ्गति गर्नेछन्, अनि अगुवाहरूलाई उनको रिपोर्ट गर्ने व्यक्ति म नै हुँ भनेर उनलाई थाहा हुनेछ। त्यसपछि उनले मलाई के सोच्नेछिन्? के उनले मैले उनको पिठ्यूँपछाडि उनका कमीकमजोरीमाथि औँला उठाएँ भनेर सोच्नेछिन्? यदि उनले मसँग द्वेष राखिन् भने, भविष्यमा हामी कसरी सँगै मिलेर कर्तव्य निर्वाह गर्न सक्छौँ र?” यो सब सोच्नेबित्तिकै मैले मेसेज डिलिट गरिहालेँ। मनमनै सोचेँ, “कहिलेकाहीँ सबैको स्थिति खराब हुन्छ, र सबैसँग निश्चित क्षेत्रहरूमा कमीकमजोरी हुन्छ। अरूको ससाना समस्याहरू समातेर रिपोर्ट नगर्नु नै राम्रो हुन्छ। केही समयपछि, सायद ली लेले आफ्नो समस्याबारे थाहा पाउनेछिन् र दिशा बदल्नेछिन्। मैले रिपोर्ट नगर्नु नै राम्रो हुन्छ।”

केही दिनपछि, ली ले र म काम कार्यान्वयन गर्न एउटा भेलामा गयौँ, अनि मैले परमेश्‍वरका वचनको त्यो खण्ड फेरि एकपटक पढेँ: “परमेश्‍वरको मण्डलीले तिमीहरूलाई यतिका समय मलजल गरेको छ र तिमीहरूले धेरै प्रवचन सुनेका छौ, तर परिणाम के भयो? यसमा यो गम्भीर समस्या छ, मण्डलीमा ख्रीष्टविरोधी देखा पर्छ, तर तिमीहरूलाई यसबारे थाहै हुँदैन। यसले देखाउँछ कि तिमीहरूले फिटिक्कै प्रगति गरेका छैनौ, तिमीहरू भावशून्य र मन्दबुद्धिका छौ, र तिमीहरू आफ्नो देहमा लिप्त हुन्छौ। तिमीहरू मुर्दाहरूको डँगुर हौ, जसमा जिउँदो कोही छैन, सत्यता पछ्याउने कोही छैन, छन् भने बढीमा केही श्रमिक मात्र हुन्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग एक))। “मरेका मानिसहरू” भन्‍ने शब्दहरू देख्दा मेरो मुटुमा सुईले घोचेको जस्तो भयो। म सधैंँ सत्यता अभ्यास गर्न असमर्थ हुन्छु भन्‍ने सोच्दा, मलाई भित्रभित्रै ग्लानि भयो। मैले मनमनै मौन प्रार्थना गरेँ, “हे परमेश्‍वर, कृपया मलाई मण्डलीका हित जोगाउन र ली लेलाई उनको समस्या औँल्याउन सक्न मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, संयोगवश, ली लेले परमेश्‍वरका वचनमा आधारित वास्तविक काम नगर्ने आफ्नो प्रकटीकरणबारे सङ्गति दिइन्। उनले, विशेष गरी केही मण्डली अगुवा निकै राम्रो क्षमताका छन् र आफू काम सम्हाल्नमा उनीहरू जति राम्रो छैनँ भन्‍ने देख्दा, उनीहरूले उनलाई तुच्छ ठान्नेछन् भन्‍ने डर लाग्छ भनेर भनिन्। उनले प्रचारकका रूपमा उनको कार्यदक्षता मण्डली अगुवाहरूको बराबरीमा आउन सक्दैन, त्यसैले आफूले त्यस मण्डलीको कामबारे धेरै जाँच गरिनँ भनेर भनिन्। ली लेले आफूले कामको सुपरिवेक्षण र अनुगमन नगर्नु झुटो अगुवाको प्रकटीकरण हो भन्‍ने बुझेकी थिइन्। उनले भर्खरै जे भनिन् त्यसपछि यदि मैले उनको समस्या औँल्याएकी भए, के मैले उनको घाउमा नुनचुक छर्कीरहेकी हुनेथिइनँ र? के उनले मलाई अप्रेमिलो र उनको भावनालाई ख्याल नगर्ने ठान्नेथिइन्? त्यसैले, मैले उनलाई छोटो र सरल सम्झौटो मात्र दिएँ। पछि, मलाई ली लेको अवस्था अगुवाहरूलाई रिपोर्ट गर्नु मेरा लागि राम्रो हुनेछ भन्‍ने लाग्यो। यसरी, अगुवाहरूले तुरुन्तै उनलाई सङ्गति गरेर मद्दत गर्न सक्थे। त्यसैले, मैले देखेका केही अवस्थाहरू अगुवाहरूलाई रिपोर्ट गरेँ। अगुवाहरूले उनीसँग सङ्गति गरेर उनको समस्या औँल्याइदिएपछि, ली ले एउटा भेलामा खुलस्त भइन् र उनले झुटा अगुवाहरूलाई खुलासा गर्ने परमेश्‍वरका वचन आफूले खाएकी र पिएकी छु भनेर भनिन् अनि आफूले कामको जाँच वा सुपरिवेक्षण गरेकी छैनँ र आफ्नो काम राम्रोसँग गरेकी छैनँ भनेर स्विकारिन्। पछि, ली लेले मण्डलीको कामबारे अलिक बारम्बार जाँच गरिन्, र उनले हामीसँग सुसमाचार कार्यले नतिजा नदिनुका कारणहरू विश्लेषण गरिन्, अनि यी समस्याहरू वास्तविक तरिकाले समाधान गर्ने प्रयास गरिन्। जब मैले ली लेले अलि वास्तविक काम गर्न सक्ने रहेछिन् भन्‍ने देखेँ, तब म एकदमै खुसी भएँ।

पछि, मैले चिन्तन गरेँ, र सोचेँ, “मैले किन कहिल्यै ली लेको समस्या औँल्याउने वा त्यो अगुवाहरूलाई रिपोर्ट गर्ने आँट गरिनँ? यसमा मलाई वास्तवमा केले नियन्त्रण गरिरहेको थियो?” खोजी गर्ने क्रममा, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “संसारसँग व्यवहार गर्ने दर्शनमा एउटा सिद्धान्त छ, ‘असल साथीको गल्तीमा चुप लाग्दा लामो र असल मित्रता कायम हुन्छ।’ यसको अर्थ यो असल मित्रता जोगाउनका लागि, व्यक्तिले आफ्‍नो मित्रमा भएका समस्याहरू स्पष्ट देखे पनि ऊ यसबारे मौन बस्नैपर्छ। तिनीहरू मान्छेलाई अनुहारमा नहिर्काउने वा उनीहरूको कमजोरीमाथी औँला नउठाउने सिद्धान्तहरू पालना गर्छन्। तिनीहरू एकअर्कालाई धोका दिन्छन्, र एकअर्काबाट कुरा लुकाउँछन्, र एकअर्काविरुद्ध षड्यन्त्र गर्छन्। अर्को व्यक्ति कस्तो हो भन्‍ने कुरा छर्लङ्गै थाहा भए पनि, तिनीहरू त्यो कुरा सिधै भन्दैनन्, बरु तिनीहरूको सम्बन्ध जोगाउन धूर्त विधिहरू अपनाउँछन्। किन व्यक्तिले यस्तो सम्‍बन्ध जोगाउन चाहन्छ? यसको अर्थ समाजमा र आफ्नो समूहमा शत्रु बनाउन नचाहनु हो, किनभने त्यसो गर्दा आफू खतरनाक परिस्थितिमा पर्न सकिन्छ। तैँले कुनै व्यक्तिमाथि औँला उठाएपछि वा उसलाई चोट पुर्‍याएपछि ऊ तेरो शत्रु बन्‍नेछ र उसले तँलाई हानि गर्नेछ भन्‍ने तँलाई थाहा हुन्छ, र तैँले आफूलाई यस्तो परिस्थितिमा राख्‍न चाहँदैनस्, र त्यसैले तैँले ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍नेजस्ता संसारसँग व्यवहार गर्ने दर्शनका सिद्धान्तहरू अपनाउँछस्। यो कुरालाई ध्यानमा राख्दा, यदि दुई व्यक्ति यस्तो सम्‍बन्धमा छन् भने, के तिनीहरूलाई साँचो मित्र भनेर भन्‍न सकिन्छ? (सकिँदैन।) तिनीहरू साँचो मित्र पनि होइनन्, एकअर्काका विश्‍वासपात्र हुनु त परको कुरा हो। त्यसो भए, यो वास्तवमा कस्तो सम्‍बन्ध हो? के यो आधारभूत सामाजिक सम्‍बन्ध होइन र? (हो।) त्यस्ता सामाजिक सम्‍बन्धहरूमा, मानिसहरू अन्तरङ्ग छलफल गर्न सक्दैनन्, न त गहिरो सम्बन्ध राख्न सक्छन्, न त आफूले चाहेको कुरा बोल्न नै सक्छन्। तिनीहरू आफ्नो हृदयको कुरा, आफूले अरू मानिसमा देखेका समस्याहरू, वा अरू मानिसलाई फाइदा पुग्‍ने शब्‍दहरू खुलस्त रूपमा भन्न सक्दैनन्। बरु, तिनीहरू अरूको निगाह राख्नका लागि राम्रा कुराहरू छानेर बोल्छन्। तिनीहरू सत्य कुरा बोल्ने वा सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, त्यसरी आफूप्रति अरूमा शत्रुता विकास हुन रोक्छन्। कुनै व्यक्तिलाई कोही पनि खतरा नहुँदा, के त्यो व्यक्ति तुलनात्मक रूपमा सहज र शान्तिमा जिउँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइ प्रवर्धन गर्नुपछाडि मानिसहरूको उद्देश्य यही हुँदैन र? (यही हुन्छ।) स्पष्टै छ, यो सावधानीको तत्व बोकेर बाँच्ने कुटिल र छली तरिका हो, जसको उद्देश्य आफ्‍नो सुरक्षा गर्नु हो। यसरी जिउँदा, मानिसहरूसँग कुनै पनि विश्‍वासपात्र हुँदैन, कुनै पनि घनिष्ठ मित्र हुँदैन जोसँग आफूलाई भन्न मन लागेको जे पनि भन्न सकियोस्। मानिसहरूबीच आपसी सावधानी, आपसी शोषण, अनि आपसी षड्यन्त्र मात्र हुन्छन्, जसमा हरेक व्यक्तिले उक्त सम्बन्धबाट आफूलाई चाहेको कुरा लिन्छ। के यो यस्तै हुँदैन र? ‘अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइको मूल उद्देश्य भनेको अरूलाई रिस नउठाउनु र शत्रु नकमाउनु, अनि कसैलाई चोट नपुर्‍याएर आफ्‍नो रक्षा गर्नु हो। यो आफूलाई चोट लाग्‍न नदिनका लागि अपनाइने उपाय र विधि हो(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। विगतमा, म “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइप्रति निकै सहमत थिएँ। किनभने यस भनाइले मलाई अरूसँग अन्तरक्रिया गर्दा उनीहरूका भावनालाई ख्याल गर्नैपर्छ र हामी अरूप्रति अति कठोर हुनै हुँदैन वा तिनीहरूका कमजोरीहरूमाथि औँला उठाउनै हुँदैन भन्‍ने कुरा सिकायो। मलाई यस्तो व्यवहार गर्न सक्ने मानिसहरू असल, समझ र नैतिकता भएका मानिस हुन् भन्‍ने लाग्थ्यो। परमेश्‍वरले खुलासा गरेको कुरा देखेर, मैले अन्ततः “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने भनाइ सांसारिक व्यवहारसम्बन्धी दर्शन हो, र त्यसअनुसार जिउनेहरू अत्यन्तै धूर्त, छली, स्वार्थी र घृणित हुनेछन् भन्‍ने बुझेँ। यसो हेर्दा, यस्तो व्यवहार गर्नु अरूप्रति विचारशील भएको देखिन्थ्यो, तर वास्तवमा, यसपछाडिको मनसाय मानिसहरूलाई नचिढ्याउनु थियो। यदि कुनै व्यक्तिले अरू कसैका समस्याहरू देख्यो भने पनि, त्यो बताउँदैनथ्यो, मानिसहरूलाई खुसी पार्ने व्यवहार गर्थ्यो र आफ्नो दैहिक सम्बन्धलाई जोगाउँथ्यो। यसरी मानिसहरूसँग अन्तरक्रिया गर्दा, बाहिरी रूपमा अरूसँगको सम्बन्ध धेरै राम्ररी जोगिएको देखिए पनि, तिनीहरूबीच कुनै इमानदारी थिएन। तिनीहरूले एकअर्कालाई सहयोग गरिरहेका थिएनन्, बरु तिनीहरू एकअर्कादेखि सतर्क रहन्थे र एकअर्कालाई प्रयोग गर्थे। म “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने सांसारिक व्यवहारको दर्शनअनुसार जिइरहेकी थिएँ। जब मैले ली लेले पछिल्लो समय मण्डलीको कामबारे बिरलै जाँच र सुपरिवेक्षण गरिरहेकी देखेँ, तब सुरुमा, म यो कुरा उनलाई औँल्याइदिन वा अगुवाहरूलाई रिपोर्ट गर्न चाहन्थेँ। तर, मैले अरूका कमजोरीमाथि औँला उठाउनै हुँदैन भन्‍ने सोचेँ, अनि ली ले आफैले काम गर्नु उनका लागि अलि गाह्रो छ भनेर भनेकी थिइन्, त्यसैले यदि मैले उनी कामको जाँच वा सुपरिवेक्षण गरिरहेकी छैनन् भनेर बताएकी भए, के मैले उनीबाट अति धेरै माग गरिरहेकी हुनेथिइनँ र? मैले हरेक व्यक्तिको कहिलेकाहीँ खराब स्थिति हुन्छ र उसका आफ्नै कमीहरू हुन्छन् भनेर बहाना बनाएँ, र चुपो लाग्ने निर्णय गरेँ। जब मैले ली ले कामबारे खुलस्त भएकी र उनले आफूले जाँच गरेकी छैनँ भन्‍ने कुरा स्विकारेकी सुनेँ, तब म उनले जे भनिन् त्यसपछि उनको समस्या औँल्याउनु भनेको उनका पुराना घाउ कोट्ट्याउनुजस्तै हुनेछ भनेर डराएँ, त्यसैले मैले केही अर्थहीन शब्दहरू मात्र भनेँ। यसो हेर्दा, म ली लेप्रति विचारशील भएकी देखिन्थेँ, तर पृष्ठभूमिमा मेरो घृणित मनसाय लुकेको थियो। मलाई उनले मैले उनीबाट अति धेरै माग गरेकी छु वा उनको रिपोर्ट गरिरहेकी छु र उनका कमजोरीमाथि औँला उठाइरहेकी छु भनेर भन्‍नेछिन् भन्‍ने डर लाग्यो। यदि मैले यस मामिलामा उनलाई चिढाएकी भए, उनले मसँग द्वेष राख्नेथिइन् र भविष्यमा मप्रति अशिष्ट व्यवहार गर्नेथिइन्, अनि हामीले अहिलेजस्तो शान्ति र आनन्दपूर्वक सँगै काम गर्नेथिएनौँ। मैले उनीसँगको मेरो सम्बन्ध जोगाउन, सत्यतामा बारम्बार अभ्यास गर्न छोडेँ। यसो हेर्दा, ली ले र मेरो एकदमै राम्रो सम्बन्ध छ र हामी एकअर्काबाट कुनै कुरा नलुकाउने असल साथी हौँ भन्‍नेजस्तो देखिन्थ्यो, तर म उनीप्रति इमानदार वा प्रेमिलो थिइनँ। मैले म खराब स्थितिमा हुँदा, ली लेले प्रायः मसँग कसरी सङ्गति गरेकी र मलाई मद्दत गरेकी थिइन्, अनि उनले ममा समस्या रहेको देख्दा, मैले त्यो चिन्न सकूँ र दिशा बदल्न सकूँ भनेर कसरी त्यसलाई औँल्याउने गरेकी थिइन् भनेर सम्झेँ, तर मैले शत्रु नबनाउनका लागि ली ले आफ्नो भ्रष्ट स्वभावमा जिएकी निर्दयी भई हेरेँ र उनलाई कुनै वास्ता गरिनँ, उनीप्रति विचारशील भएको बहाना मात्र गरेँ। ली लेले आफ्नो समस्या चिन्न र तुरुन्तै आफ्नो स्थितिबारे दिशा बदल्न सकिनन्। उनको जीवन प्रवेशमा क्षति भयो र मण्डलीको काम प्रभावित भयो। म साँच्चै एकदमै स्वार्थी र घृणित थिएँ! म उनीप्रति पटक्कै विचारशील थिइनँ; यो स्पष्टतया मैले उनलाई खाडलमा खस्न लागेको देखेर पनि नतान्नुजस्तै थियो। के म मानिसहरूलाई खुसी पार्ने, दुष्ट हृदय भएको मानिस थिइनँ र? यसबारे चिन्तन गर्दा, अन्ततः मैले “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” भन्‍ने शैतानी दर्शनलाई केही मात्रामा बुझेँ। शैतानले सांसारिक व्यवहारका यी दर्शनहरू प्रयोग गरेर मानिसलाई भ्रष्ट पार्छ र मानिसहरूलाई एकअर्कादेखि सतर्क रहन र एकअर्कालाई प्रयोग गर्न लगाउँछ, अनि तिनीहरू झन्-झन् स्वार्थी, भावशून्य र मानवताहीन बन्दै जान्छन्। यदि म यो नैतिक संहिताअनुसार जिइरहेकी भए, झन्-झन् छली मात्र बन्दै जानेथिएँ।

पछि, मैले परमेश्‍वरका वचनको अर्को खण्ड देखेँ, र मानिसहरूका कमजोरीमाथि औँला उठाउनु भनेको के हो र मानिसहरूलाई मद्दत गर्नुको अर्थ के हो भनेर बुझेँ। परमेश्‍वर भन्‍नुहुन्छ: “‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइमा ‘औँला उठाउनु’ भन्‍ने शब्‍द असल हो कि खराब हो? के यो ‘औँला उठाउनु’ मा मानिसहरूलाई परमेश्‍वरका वचनहरूले खुलासा वा पर्दाफास गर्दाको जस्तै अर्थ लुकेको हुन्छ? (हुँदैन।) मेरो बुझाइअनुसार त, मानव भाषाको हिसाबमा ‘औँला उठाउनु’ को अर्थ त्यस्तो हुँदैन। यसको सार भनेको त केही हदसम्म दुर्भावनापूर्ण प्रकारको खुलासा हो; यसको अर्थ मानिसहरूको समस्या र कमीकमजोरीहरू, वा अरूलाई थाहा नभएका कुरा र बानीबेहोराहरू, वा पृष्ठभूमिमा भइरहेका केही षड्यन्त्र वा विचार र दृष्टिकोणहरू खुलासा गर्नु भन्‍ने हुन्छ। ‘कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू’ भन्‍ने भनाइमा ‘औँला नउठाउनु’ को अर्थ यही हुन्छ। यदि दुई मानिसहरू मिलेर बस्छन्, तिनीहरूबीच कुनै पर्खाल छैन अनि तिनीहरू एकअर्काका विश्‍वासपात्र हुन्, र दुवैले आफूलाई एकअर्काको लागि फाइदाजनक र उपयोगी हुने अपेक्षा गर्छन् भने, तिनीहरूले बसेर एकअर्काका समस्या खुलस्‍त र इमानदारीसाथ उजागर गर्नु नै सर्वोत्तम हुन्छ। यो उचित कुरा हो, र यो अरूको कमजोरीमाथि औँला उठाउनु गर्नु होइन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता पछ्याउनु भनेको के हो (८))। परमेश्‍वरका वचनले कामकुराप्रतिको मेरो गलत दृष्टिकोणलाई बदलिदिए। “कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू” को अंश “उसको कमजोरीमाथि औँला उठाउनु” भनेको अरू मानिसका समस्या र कमीहरूको दुर्भावनापूर्ण खुलासा गर्नु हो। यसको मनसाय मानिसहरूलाई मद्दत गर्नु होइन, बरु, यसमा केही अन्तर्घाती अभिप्राय हुन्छन्। यो कसैको बताउन नसकिने उद्देश्यहरू प्राप्त गर्नका लागि हो, यो मानिसहरूका लागि सुधारात्मक वा लाभदायक पटक्कै हुँदैन। यो मानिसहरूका लागि सुधारात्मक वा लाभदायक पटक्कै हुँदैन। यसबीच, परमेश्‍वरले भनेको “खुलासा गर्नु” एक सकारात्मक कुरा हो। त्यसको अर्थ कसैको समस्या देख्नु र इमानदारीपूर्वक उनीहरूलाई मद्दत गर्न चाहनु, र उनीहरूलाई समस्याको प्रकृति चिन्न र तुरुन्तै दिशा बदल्न सक्षम बनाउनु हो। यसरी मानिसहरूलाई खुलासा गर्नु तिनीहरूका लागि फाइदाजनक छ, र यो मानिसहरूका कमजोरीमाथि औँला उठाउनु होइन। मैले ली लेको समस्याले कामलाई पहिल्यै असर गरिरहेको देख्दा, समस्या औँल्याउनाले उनलाई त्यो चिन्न र दिशा बदल्न लगाउनेथ्यो, र उनलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्षम बनाउनेथ्यो। अगुवाहरूलाई यो रिपोर्ट गर्नु भनेको उनीहरूलाई ली लेको अवस्था बुझ्न लगाउनु र मण्डलीको काम प्रभावित नहोस् भनेर तुरुन्तै उनलाई दिशा बदल्न मद्दत गर्नु पनि थियो। यो सत्यता अभ्यास गर्नु र ब्रदर-सिस्टरहरूलाई सहयोग गर्नु थियो। यो मानिसहरूका कमजोरीमाथि औँला उठाउनु थिएन, कसैको पिठ्यूँपछाडि उसको रिपोर्ट गर्नु त परको कुरा हो। यो सकारात्मक कुरा थियो। यदि कसैले सत्यता स्विकार्छ भने, अरूले उसका समस्याहरू औँल्याउँदा र खुलासा गर्दा, उसले चिन्तन गर्न, चिन्न, र तुरुन्तै दिशा बदल्न सक्छ। यो उनीहरूको आफ्नै जीवन प्रवेश र मण्डलीको कामका लागि लाभदायक छ। यो ली ले जस्तै हो, जसले अगुवाहरूले उनको समस्या औँल्याएको र उनलाई मद्दत गरेको कुरालाई उपयोग गरेर आत्मचिन्तन गर्न र आफूलाई चिन्ने प्रयास गर्न अनि आफ्नो कर्तव्यप्रतिको आफ्नो मनोवृत्ति तुरुन्तै बदल्न सकिन्। सुसमाचार कामका समस्याहरू सामना गर्दा, उनले हामीसँग छलफल गरेर समाधान खोजिन्, अनि सङ्गति गरेपछि, उनले अभ्यास गर्ने केही मार्ग पाइन्। मैले बुझेँ, कसैको समस्या औँल्याउनु र खुलासा गर्नु ऊप्रति कठोर हुनु होइन, र कसैबाट कठोर मागहरू राख्नु भनेको उसको कद वा क्षमतालाई ख्याल नगर्नु र उसले राम्रोसँग कार्यसम्पादन गर्न सक्दो प्रयास गर्‍यो कि गरेन भनेर नहेर्नु होइन, बरु कसैका विचलन वा अपर्याप्तताहरू देखिनेबित्तिकै ऊसँग निरन्तर मागहरू गर्नु हो। अरूमा यति धेरै दोष कोट्याउँदा र गल्ती खोज्दा मानिसहरू सजिलै बाँधिन्छन् र नकारात्मकसमेत बन्छन्। यसबीच, एक अगुवा र कामदारका रूपमा, मण्डलीको काम सुपरिवेक्षण र जाँच गर्नु ली लेको काम थियो। त्यसबाहेक, उनीसँग केही क्षमता थियो, र सुसमाचार-प्रचारको कामसँग उनी अपरिचित भए पनि, उनले लगनशील भई अध्ययन गरेकी भए, उनी केही सिद्धान्तहरूमा पोख्त हुन सक्थिन् वा समूहका ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्दा कतिपय समस्या समाधान गर्न सक्षम हुन सक्थिन्। उनी आफ्नो भ्रष्ट स्वभावमा जिइरहिन् र उनले वास्तविक काम गरिनन्, त्यसैले मैले उनको समस्या औँल्याउनु र रिपोर्ट गर्नु अगुवा र कामदारहरूको सामान्य सुपरिवेक्षण थियो, तर त्यसको सट्टा मैले म उनीप्रति अति कठोर भइरहेको छु भन्‍ने भ्रमित विश्‍वास गरेँ। कामकुराबारे यस प्रकारको दृष्टिकोण साँच्चै हास्यास्पद कुरा थियो!

एक दिन, मैले परमेश्‍वरका वचनका दुइटा खण्ड पढेँ, र आफूले सत्यता अभ्यास नगर्नुको मूल कारणबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरैजसो मानिसहरूले सत्यताको खोजी र अभ्यास गर्न चाहन्छन्, तर धेरैजसो समय तिनीहरूसँग त्यसो गर्ने सङ्कल्प र इच्‍छा मात्रै हुन्छ; सत्यता तिनीहरूको जीवन बनेको हुँदैन। परिणामस्वरूप, जब तिनीहरूले दुष्ट शक्तिहरूको सामना गर्छन् वा दुष्ट र खराब मानिसहरूले दुष्ट कार्यहरू गरिरहेका, वा झूटा अगुवा र ख्रीष्ट-विरोधीहरूले सिद्धान्तहरूलाई उल्‍लङ्घन गर्ने कार्य गरिरहेका—र यसरी मण्डलीको काममा वाधा पुर्‍याइरहेका, र परमेश्‍वरका चुनिएकाहरूलाई हानि गरिरहेका—भेट्टाउँछन्, तब तिनीहरूले खडा हुने र बोल्‍ने साहस गुमाउँछन्। तँसँग कुनै साहस नहुनु भनेको के हो? के यसको अर्थ तँ डरपोक वा बोल्न नसक्ने व्यक्ति होस् भन्‍ने हो? कि यसको अर्थ तैँले पूर्ण रूपमा नबुझेको कारण, तँसँग बोल्‍ने साहस नहुनु हो? यीमध्ये कुनै पनि होइन; यो मूल रूपमा भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुनुको परिणाम हो। तैँले प्रकट गर्ने यस्ता भ्रष्ट स्वभावहरूमध्ये एउटा छली स्वभाव हो; जब तँलाई केही हुन्छ, तैँले सबैभन्दा पहिले सोच्ने भनेको तेरो हित हो, तैँले सबैभन्दा पहिले विचार गर्ने भनेको परिणाम के हुन्छ, के यो मेरो लागि फाइदाजनक हुन्छ कि हुँदैन भन्‍ने हो। यो छली स्वभाव हो, होइन र? अर्कोचाहिँ स्वार्थी र नीच स्वभाव हो। तँ यस्तो विचार गर्छस्, ‘परमेश्‍वरको घरका हितहरूमा हानि पुग्‍नुसँग मेरो के सम्‍बन्ध छ र? म अगुवा होइन, अनि मैले किन यसको मतलब गर्ने? यससँग मेरो केही सम्‍बन्ध छैन। यो मेरो जिम्‍मेवारी होइन।’ त्यस्ता सोचविचार र वचनहरू तैँले चेतन मनले सोच्ने कुराहरू होइनन्, ती तेरो अर्धचेतन मनले उत्पन्‍न गरेका कुराहरू हुन्—जुन मानिसहरूले समस्या सामना गर्दा प्रकट हुने भ्रष्ट स्वभाव हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “सत्यता तँभित्रको जीवन बनिसकेपछि, जब तैँले परमेश्‍वरको निन्दा गर्ने, परमेश्‍वरको डर नमान्‍ने, र आफ्‍नो कर्तव्य पूरा गर्दा झारा टार्ने, वा मण्डलीको काममा बाधा र अवरोध गर्ने व्यक्तिलाई देख्छस्, तब तेरो प्रतिक्रिया सत्यता सिद्धान्तहरूअनुसार हुनेछ, र तैँले तिनीहरूलाई आवश्यकताअनुसार पहिचान गरेर खुलासा गर्न सक्‍नेछस्। यदि सत्यता तेरो जीवन बनेको छैन, र तँ अझै पनि तेरो शैतानी स्वभावमा जिउँछस् भने, जब तैँले मण्डलीको काममा बाधा र अवरोध पैदा गर्ने दुष्ट मानिसहरू र दियाबलसहरूलाई पत्ता लगाउँछस्, तब तैँले आँखा चिम्‍लनेछस् र नसुनेको जस्तो गर्नेछस्; आफ्‍नो विवेकमा कुनै धिक्कारको अनुभूति नगरीकन तैँले तिनीहरूलाई पन्छाउँछस्। कसैले मण्डलीको काममा बाधा पैदा गरिरहेको छ भने त्यस कुराको तँसँग कुनै सम्‍बन्ध छैन भन्‍ने समेत तँलाई लाग्‍नेछ। मण्डलीका कार्य र परमेश्‍वरको घरका हितहरूमा जति नै धेरै हानि भए पनि, तैँले वास्ता, हस्तक्षेप वा ग्‍लानि महसुस गर्दैनस् जसले तँलाई विवेक वा समझ नभएको व्यक्ति, एक अविश्‍वासी, एक श्रमिक बनाउँछ। तँ परमेश्‍वरबाट आउने कुरा खान्छस्, परमेश्‍वरबाट आउने कुरा पिउँछस्, र परमेश्‍वरबाट आएका सबै कुरामा रमाउँछस्, तैपनि परमेश्‍वरको घरका हितहरूमा हुने कुनै पनि हानि तँसँग सम्‍बन्धित छैन भन्‍ने ठान्छस्—त्यसैले तँ जुन थालमा खायो त्यही थालमा थुक्‍ने धोकेबाज होस्। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस् भने, तँ के मानव समेत होस् र? यो त मण्डलीमा आफै घुसेको नरपिशाच हो। तैँले परमेश्‍वरमा विश्‍वास गरेको नाटक गर्छस्, चुनिएको जन भएको ढोँग गर्छस्, र तँ परमेश्‍वरको घरमा मुफ्तखोरी गर्न चाहन्छस्। तँ मानवजातिको जीवन जिइरहेको छैनस्, तँ मान्छे होइन पिशाचजस्तो छस्, र तँ स्पष्ट रूपमै अविश्‍वासी होस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूले मेरो साँचो अवस्था खुलासा गरिदिए। मैले ममा सत्यता छैन, म छली र स्वार्थी शैतानी स्वभावअनुसार जिएकी रहेछु भन्‍ने देखेँ। जब ममाथि मामिलाहरू आइपरे तब मैले आफ्ना हितहरूलाई मात्र वास्ता गरेँ र मण्डलीको कामको सुरक्षा पटक्कै गरिनँ। मैले ली लेसँग आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै बोझको बोध नभएको, उनले कामको बिरलै जाँच र सुपरिवेक्षण गरेकी, अनि यसले मण्डलीको कामको सामान्य प्रगतिलाई असर गरिसकेको स्पष्टसँग देखेँ। यदि म मानवता र विवेक भएको व्यक्ति भएकी भए, म यो कुरा तुरुन्तै ली लेलाई औँल्यादिनेथेँ र माथिल्ला तहमा रिपोर्ट गर्नेथिएँ, तर उनीसँगको मेरो सम्बन्धलाई जोगाउनका लागि, केहीपटक ती शब्दहरू मुखसम्म आएका थिए, मैले “अगुवाहरू प्रायः ली लेसँग भेट्छन्, त्यसैले मैले केही नबोले पनि, तिनीहरूले उनको अवस्था बुझ्ने नै छन्” भन्‍ने कुरालाई चुप बस्ने निर्णयको कारणका रूपमा प्रयोग गरेँ। जब मैले माथिल्लो तहका अगुवाहरूलाई ली लेको समस्याबारे बताउन चाहेँ, तब म उनलाई चिढ्याउँछु भनेर डराएँ र मैले यसो भन्दै अर्को सानदार बहाना बनाएँ, “सबैको कहिलेकाहीँ नराम्रो स्थिति हुन्छ, र व्यक्तिले अरूबाट धेरै माग गर्नु हुँदैन।” मैले सत्यता अभ्यास नगर्नका लागि कुरा बनाइरहेकी थिएँ। म साँच्चै एकदमै छली, साह्रै धूर्त थिएँ! मैले परमेश्‍वरका धेरै वचनको भरणपोषण र हेरचाहको आनन्द लिएँ; यदि ममा अझै पनि अलिकति मानवता र विवेक भएको भए, मैले मण्डलीको काममा क्षति पुगेको देख्दा म खडा भएर यसलाई सुरक्षित राख्न जे गर्न सक्थेँ त्यो गर्नुपर्थ्यो। यदि मैले ली लेलाई उनको समस्या तुरुन्तै बताउन सकेकी भए, उनले अलि चाँडै त्यो समस्या चिन्न र दिशा बदल्न सकेकी हुनेथिइन्, अनि काम यति लामो समयसम्म ढिलो भएको हुनेथिएन। यी सबै स्वार्थी र घृणित हुनु अनि सत्यता अभ्यास नगर्नुका नतिजा थिए। त्यसबाहेक, पहिले म सधैँ ली लेको समस्या औँल्याउनु माथिल्लो तहका अगुवाहरूले सम्हाल्ने मामिला हो भन्‍ने ठान्थेँ। मेरो यो दृष्टिकोण पनि गलत थियो। मण्डलीको कामको सुरक्षा गर्नु परमेश्‍वरका चुनिएका हरेक मानिसको जिम्मेवारी हो। परमेश्‍वरको घरको सदस्यका रूपमा, म अगुवा र कामदारहरूको काम सुपरिवेक्षण गर्नका लागि जिम्मेवार छु, र मैले अगुवा वा कामदारहरूले सिद्धान्तविरुद्ध जाने वा मण्डलीको कामलाई फाइदाजनक नहुने काम गरेको देख्दा, त्यसलाई औँल्याएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। यति बुझेर, मैले अब आफ्नो भ्रष्ट स्वभावअनुसार जिउन चाहिनँ, र मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँसँग अभ्यासको मार्ग खोज्न मार्गदर्शन मागेँ।

मैले परमेश्‍वरका वचनहरू पढेँ जसले यसो भनेका छन्: “यदि यो सिद्धान्तहरू अनुरूपको कार्य हो भने, तैँले यसो गर्दा मानिसहरू चिढिए भने पनि वा तिनीहरूले पिठ्युँपछाडि तँबारे नराम्रो बोले भने पनि, त्यसको कुनै अर्थ हुँदैन; तर यदि यो सिद्धान्तहरू अनुरूपको कार्य होइन भने, यसो गरेर तैँले सबैको अनुमोदन र साथ प्राप्त गरे पनि, र तँ सबैसँग मिले पनि—एउटा कुरा के हो भने, तैँले परमेश्‍वरको अघि यसको हिसाबकिताब दिन सक्दैनस्—तैँले घाटा भोगेको हुन्छस्। यदि तैँले बहुसङ्ख्यकसँग सम्बन्ध कायम राख्छस्, तिनीहरूलाई खुसी र सन्तुष्ट पार्छस् र तिनीहरूको प्रशंसा कमाउँछस्, तर सृष्टिकर्ता परमेश्‍वरलाई चिढ्याउँछस् भने, तँ महामूर्ख होस्। त्यसकारण, तैँले जे गरे पनि, त्यो सिद्धान्तहरू अनुरूप छ कि छैन, यसले परमेश्‍वरलाई खुसी पार्छ कि पार्दैन, यसप्रति परमेश्‍वरको मनोवृत्ति के हो, मानिसहरूले कस्तो अडान लिनुपर्छ, मानिसहरूले के-कस्ता सिद्धान्तहरू पालना गर्नुपर्छ, परमेश्‍वरले कसरी निर्देशन दिनुभएको छ, र तैँले त्यो काम कसरी गर्नुपर्छ भन्‍ने कुरा तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ—तँ सुरुमा यस कुराबारे स्पष्ट हुनुपर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२४))। “यदि तँसँग मान्छे खुसी पारिहिँड्ने व्यक्तिका का अभिप्राय र दृष्टिकोण छन् भने, सबै मामलामा तैँले सत्यता अभ्यास गर्नेछैनस् वा सिद्धान्त पालना गर्नेछैनस्, अनि तँ सधैँ असफल हुनेछस् र लड्नेछस्। यदि तँ ब्युँझिँदैनस् र कहिल्यै सत्यताको खोजी गर्दैनस् भने, तँ अविश्‍वासी होस्, र तैँले सत्यता र जीवन कहिल्यै पाउनेछैनस्। त्यसोभए तैँले के गर्नुपर्छ त? त्यस्ता कुराहरू सामना गर्दा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँलाई पुकार्नुपर्छ, उहाँको मुक्तिका लागि बिन्ती गर्नुपर्छ र तँलाई अझ बढी आस्था र सामर्थ्य दिनुहोस् र तँलाई सिद्धान्तहरू पालन गर्न, आफूले गर्नुपर्ने कार्य गर्न, सिद्धान्तहरूअनुसार कामकुरा सम्हाल्न, आफू खडा हुनुपर्ने स्थानमा दृढ भएर खडा हुन, परमेश्‍वरको घरका हितहरूको सुरक्षा गर्न, र परमेश्‍वरको घरका काममा कुनै हानि आउन नदिन सक्षम तुल्याइदिनुहोस् भनी अनुरोध गर्नुपर्छ। यदि तैँले आफ्‍नो स्वार्थ, घमन्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्तिको दृष्टिकोणविरुद्ध विद्रोह गर्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार र एकाग्र हृदयले गरिस् भने, तैँले शैतानलाई पराजित गरेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले मलाई अभ्यास गर्ने मार्ग दिए। मैले आफूलाई आइपरेका मामिलाहरूमा, सिद्धान्तअनुसार कसरी व्यवहार गर्ने भनेर खोजी गर्नुपर्थ्यो। मैले कसैलाई चिढ्याउने डरले गर्दा सत्यता अभ्यास गर्न वा उसको समस्या खुलासा गर्न सकिनँ। यदि मैले त्यो गरेकी भए, उनीसँगको मेरो सम्बन्ध राम्ररी जोगिएको हुनेभए पनि, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्नु र परमेश्‍वरको घरका हितलाई नोक्सान पुर्‍याउनु परमेश्‍वरलाई चिढ्याउने कुरा थियो। परमेश्‍वर शुद्ध र इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ जसले परमेश्‍वरको घरका हितलाई नोक्सान पुगेको देख्दा, आफ्ना हितलाई वास्ता नगरी मण्डलीको कामको सुरक्षा गर्न सक्छन्। यति बुझेर, मैले गोप्य रूपमा के सङ्कल्प गरेँ भने, जब म भविष्यमा मण्डलीका हितलाई हानि पुर्‍याउने कुनै कुरा देख्छु, तब म आफ्नो रक्षा गर्न अब कायर हुन मिल्दैन। मैले औँल्याएको कुरा अर्को व्यक्तिले नस्विकारे पनि, मसँग अशिष्ट व्यवहार गरे पनि, वा त्यसको कारण मविरुद्ध पूर्वाग्रह विकास भए पनि, म यसद्वारा बाँधिनु हुँदैन। मेरो मनसाय अरूलाई मद्दत गर्नु र मण्डलीको हितको सुरक्षा गर्नु थियो। यो सकारात्मक कुरा थियो, र म आफ्नो भ्रष्ट स्वभावद्वारा बाँधिनु हुँदैनथ्यो। यदि हामी सधैँ आफ्नै हितलाई वास्ता गर्छौँ भने, आफ्नो भ्रष्ट स्वभावलाई जित्न सक्दैनौँ; त्यसैले, हामीले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, आफ्ना व्यक्तिगत हित त्याग्न, इमानदार मानिस बन्न र आफ्नो जिम्मेवारी पूरा गर्न सक्न उहाँसँग अझ बढी आस्था र बल माग्नुपर्छ। यसरी मात्र हामी मुक्तिको आशा राख्न सक्छौँ।

पछि, मैले सचेत भएर इमानदार व्यक्ति बन्ने अभ्यास गरेँ। एक समय, मेरी सहकर्मी सिस्टर शेन किङ मलजलको कामबारे बिरलै जाँच गर्ने गर्थिन्। एक जना मलजलकर्ता व्यक्तिगत कारणले गर्दा दुई हप्तादेखि नयाँ विश्‍वासीहरूलाई मलजल गर्न गएका थिएनन्, र शेन किङलाई त्यसबारे थाहा थिएन। मैले शेन किङले मलजल कामको सुपरिवेक्षण गरिरहेकी छिन्, र उनले मलजलकर्ताहरूको वर्तमान कार्य अवस्थाबारे बुझाइ हुनुपर्छ, अनि मलजल कामका समस्याहरू तुरुन्तै समाधान गर्नुपर्छ भन्‍ने ठानेँ। मैले शेन किङलाई उनका समस्याहरू चिन्न र सकेसम्म चाँडो दिशा बदल्न लगाउन ती समस्याहरूबारे बताउनुपर्थ्यो, ताकि नयाँ विश्‍वासीहरूलाई मलजल गर्न ढिलाइ नहोस्। तर त्यसपछि के सोचेँ भने यदि मैले यी समस्याहरू एक-एक गरी औँल्याएँ भने, के शेन छिङ यसलाई स्विकार्न असमर्थ हुनेछिन्? उनी सामान्यतया केही काम गर्थिन्, त्यसैले सायद यही अवधिमा मात्र उनीबाट समयमै जाँच नभएको होला र पछि उनले दिशा बद्लिन्। मलाई मैले अरूसँगको मेरो सम्बन्धलाई फेरि एकपटक जोगाउन चाहेकी छु भन्‍ने महसुस भयो। मैले विगतमा पढेको परमेश्‍वरका वचनहरू सम्झेँ: “यदि तैँले आफ्‍नो स्वार्थ, घमन्ड, र मान्छे खुसी पारिहिँड्ने व्यक्तिको दृष्टिकोणविरुद्ध विद्रोह गर्न सकिस् भने, र यदि तैँले आफूले गर्नुपर्ने काम इमानदार र एकाग्र हृदयले गरिस् भने, तैँले शैतानलाई पराजित गरेको हुनेछस्, अनि सत्यताको यो पक्ष हासिल गरेको हुनेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वर इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ। अब मैले शेन किङको समस्या देखेकीले, मैले उनलाई त्यो बताउनुपर्थ्यो। यो मण्डलीको कामको सुरक्षा गर्नु थियो र यो फिटिक्कै दुर्भावनापूर्ण कुरा थिएन। उनले त्यो स्विकार नगरेकी र मप्रति अशिष्ट बनेकी भए पनि, मलाई आफूले आफ्नो जिम्मेवारी पूरा गरेर पछुतो हुनेथिएन। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र उहाँसँग सत्यता अभ्यास गर्न अझ बढी शक्ति मागेँ। प्रार्थना गरेपछि, मैले शेन किङलाई आफूले देखेका सबै समस्या औँल्याइदिएँ, अनि सुरुमा, उनले त्यो स्विकारिनन्, मसँग तर्क गर्दै आफ्नो बचाउ गरिन्, त्यसैले मैले परमेश्‍वरको वचनका आधारमा वास्तविक काम नगर्ने उनका प्रकटीकरणहरू औँल्याइदिएँ र कामको जाँच गर्ने मार्गबारे उनीसँग सङ्गति गरेँ। भोलिपल्ट, शेन किङ खुलस्त भइन् र उनले मैले उनको समस्या औँल्याएपछि, उनलाई आफू आफ्नो कर्तव्य निर्वाहमा झारा टारुवा भइरहेकी रहेछु भन्‍ने अन्ततः थाहा भएको र दिशा बदल्न इच्छुक छु भनेर भनिन्। पछि, शेन किङ आफ्नो कर्तव्य निर्वाह गर्दा झन् धेरै सक्रिय भइन्, अनि उनले मलजलकर्ताहरूको कामबारे विस्तृत रूपमा जाँच गर्न थालिन्। शेन किङले दिशा बदल्न सकेकी देखेर, म धेरै खुसी भएँ। मैले अन्ततः सत्यता व्यवहारमा लागू गरेँ। अबदेखि, म परमेश्‍वरमा भर पर्न र साँचो असल व्यक्ति बन्ने अभ्यास गर्न तयार छु।

अघिल्लो: ८. म यो रोजाइमा कहिल्यै पछुताउने छैन

अर्को: ११. छोरी गिरफ्तार हुँदा म प्रकट भएँ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

१३. इमानदार व्यक्ति हुनलाई लडाइँ

वेइ झोङ्ग, चीनकेही वर्षहरू अघि मैले एउटा उपकरण मर्मत पसल खोलेँ। म इमानदार व्यवसाय चलाउन चाहन्थेँ, र अलिकति पैसा कमाउन चाहन्थेँ ताकि मेरो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्