४४. आफ्नै इच्छानुसार कर्तव्य निर्वाह गर्दाका परिणामहरू

सिनसिन, चिन

जून २०२० मा, म मण्डलीको अगुवा चुनिएँ। सुरुमा, मलाई काममा समस्या हुँदा म सचेतनापूर्वक सिद्धान्तहरूको खोजी गर्थेँ, र कुनै काम कसरी गर्नुपर्छ भनी जाने पनि, म सहकर्मीहरूको सल्लाह माग्थेँ र हामी सहमतिमा पुगेपछि मात्र काम गर्थेँ। तैपनि, केही समयपछि, अधिकांश समय मेराआफ्नै सुझावहरू ज्यादा उचित भएको पाएँ। साथै, विगतमा म एक अगुवा र कामदार भएकीले मलाई के लाग्यो भने मैले केही सिद्धान्तहरू बुझेकी छु, र मानिस तथा चीजहरू दुवैको निरीक्षण गर्न, साथै काममा अझ त्रुटिरहित रूपले व्यवस्थापन गर्न सक्छु। विशेषगरी, एक पल्ट जब सुसमाचारको कामले राम्रो नतिजा दिइरहेको थिएन, र मेरी सहकर्मी सिस्टरले त्यो कसरी समाधान गर्ने थाहा थिएन, मैले सुसमाचार प्रचार कार्यमा संलग्न सबै ब्रदर र सिस्टरहरू भेटघाट गर्ने प्रस्ताव राखेँ, ताकि हामी यस कार्यमा भएका कठिनाइहरू बारे सङ्गति गर्न र समाधानका लागि सत्यताको खोजी गर्न सकौँ। केही समय बितेपछि, हरेक ब्रदर-सिस्टर आफ्नो कर्तव्य निभाउन आफ्ना क्षमता प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम भए, र सुसमाचारको कामको प्रभावकारितामा महत्त्वपूर्ण सुधार भयो। अनजानमा, म अहङ्कार र आत्मसन्तुष्टिको अवस्थामा फसेँ, मलाई के लाग्यो भने मसँग काम गर्ने क्षमता छ र म कर्मचारी र मण्डलीको काम दुवै, राम्रोसँग व्यवस्थापन गर्न सक्छु।

केही महिनापछि मण्डलीले एक जना सुसमाचार डिकन चुन्नु पर्ने भयो। चुनाउ अघि, म मण्डलीका सबै मानिसहरूकहाँ गएँ, र सिस्टर लि याङ सबैभन्दा योग्य छिन् भन्‍ने सोचेँ। उनले धेरै वर्षदेखि विश्‍वास गरेकी थिइन्, त्याग गर्न र समर्पित हुन सक्थिन्, साथै उनको दिमाग तिखो थियो। विगतमा उनी सुसमाचार प्रचार गर्न धेरै ठाउँमा गएकी पनि थिइन्, जसले केही परिणामहरू ल्याएको थियो। यति बेला, उनी भर्खरै सहरबाहिरबाट फर्केकी थिइन् र पहिल्यै धेरै मानिसहरूको हृदय परिवर्तन गराएकी थिइन्, यसैले मैले उनी सुसमाचार डिकन हुन उपयुक्त छिन् भन्‍ने सोचेँ। तर उनमा धेरै अहङ्कारी स्वभाव छ, प्रायः अरूलाई नियन्त्रणमा राख्छिन्, र आफ्नो कर्तव्य पूरा गर्ने मानिसहरूको उत्साहलाई निरुत्साहित गर्छिन् भन्‍ने केही मूल्याङ्कनहरू हेरेपछि, म हिच्किचाएँ। तर त्यसपछि मैले सोचेँ, “उनमा काम गर्ने राम्रो योग्यता छ र सुसमाचार प्रभावकारी रूपमा प्रचार गर्न सक्छिन्, अनि उनमा यी समस्याहरू भएपनि हामी सबैले सहयोग गरेसम्म, यो त्यत्ति ठूलो समस्या नहोला।” केही क्षण यसबारे सोचेपछि, आखिरमा अझै पनि मलाई लि याङ सुसमाचार डिकन हुनका निम्ति उपयुक्त छिन् जस्तो लाग्यो। भोलिपल्ट, मैले आफ्ना विचारहरू मेरो सहकर्मीलाई बताएँ। उनले जवाफ दिइन्, “लि याङले अरूलाई कठोरतासाथ नियन्त्रणमा राख्छिन्। उनी आफैँले सुसमाचार प्रचार गर्नु राम्रो हो, तर मलाई के चिन्ता लाग्छ भने, सुसमाचार डिकन बनिन् भने उनले सुसमाचारको काममा बाधा पुर्‍याउँछिन्, यसैले हामी सावधान हुनुपर्छ।” मेरी सिस्टरले त्यसो भनेको सुन्दा म त्यत्ति खुशी भइनँ। मैले सोचेँ, “तपाईंले परमेश्‍वरमा विश्‍वास गरेको थोरै समय मात्र भएको छ, यसैले तपाईंको विचार अति एकतर्फी छ। म मानिस तथा कामकुराहरूलाई अझ सटिक रूपले नियाल्छु, यसैले मेरो कुरा सुन्नु गलत हुँदैन।” मेरो अनुहारमा तिरस्कारको भाव ल्याउँदै मैले भनेँ, “सुसमाचार डिकन चुन्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा कुनै व्यक्तिमा काम गर्ने क्षमता र सुसमाचार प्रचार गर्ने दक्षता छ कि छैन भन्‍ने हो। लि याङ अहङ्कारी र अरूलाई नियन्त्रणमा राख्ने स्वभावकी हुन सक्छिन्, तर उनीसँग काम गर्ने क्षमता छ, र उनले सुसमाचार प्रचार गरेर परिणामहरू प्राप्त गर्न सक्छिन्। हामीले मानिसहरूलाई तिनीहरूका सामर्थ्य तथा योग्यताहरू मुताबिक प्रयोग गर्न सिक्नुपर्छ र तिनीहरूका ससाना समस्याहरूमा अल्झिनुहुँदैन।” यो सुनेपछि मेरी सहकर्मीले बिलकुल चित्त बुझाइन्, यसैले उनले अरू केही भनिनन्।

त्यसपछि, चुनावको बारेमा मेरा ब्रदर-सिस्टरहरूसँग सङ्गति गरिरहँदा, मैले चुनावका सिद्धान्तहरूको विषयमा सङ्गति गरिनँ, तर जानाजानी के कुरामा जोड् दिएँ भने जोसँग काम गर्ने क्षमता छ र आफ्नो कर्तव्य गर्नमा प्रभावकारी छ उ नै चुनिनुपर्छ। मैले गरेको सङ्गतिद्वारा प्रभावित भएर धेरै जना ब्रदर-सिस्टरहरूले लि याङलाई सुसमाचार डिकन बन्नका निम्ति भोट दिए। त्यस समय, म धेरै खुशी भएँ। तर त्यसपछि, मेरी बरिष्ठ अगुवाले लि याङको मूल्याङ्कन पढेपछि, के भनिन् भने लि याङले सधैँ अरूलाई नियन्त्रणमा राख्छिन्, अरूको उत्साहलाई निरूत्साहित पार्छिन्, उनी विशेषगरी अहङ्कारी थिइन्, र आफ्ना ब्रदर-सिस्टरहरूका सल्लाह स्वीकार गर्दिनन्, यसैले उनलाई सुसमाचार डिकनको रूपमा चुन्दा काममा सहजै बाधा पुग्न सक्छ। मैले सोचेँ, “तपाईं मण्डलीका कर्मचारीहरूको अवस्था जान्नुहुन्न। यदि तपाईं कामकुराहरूका विषयमा हरसमय धेरै कठोर हुनुभयो भने, हामी यस कामका निम्ति कहिल्यै पनि उपयुक्त व्यक्ति भेट्टाउनेछैनौँ। त्यसमाथि, ली याङ अरूको सुझावको पूर्ण विरुद्धमा छैनन्। पछिल्लो समय मैले उनलाई काँटछाँट गर्दा उनले त्यसलाई स्वीकार गरिन्। यो भूमिकाको लागि उनी पर्याप्त योग्य छिन्।” यसबारे सोचेर मैले तुरुन्तै भनेँ, “लि याङले आलोचना र काँटछाँट स्वीकार गर्न सक्छिन्, र उनको सुसमाचार प्रचार प्रभावकारी छ। भविष्यमा हामी उनलाई उनको अहङ्कारी स्वभाव हटाउन अझ बढी सहायता गर्न सक्छौं, उनले अझै पनि यो पद सम्हाल्न सक्छिन्। त्यसबाहेक, अहिले मण्डलीमा उनीभन्दा बढी उपयुक्त व्यक्ति कोही पनि छैन।” यो सुनेपछि अगुवाले चित्त बुझाउँदै भने, “त्यसो भए उनले केही समय अभ्यास गरून् र हामी हेर्नेछौं। उनले मानिसहरूलाई आक्रमण गरिरहेकी र काममा बाधा पुर्‍याएकी तपाईंले फेला पार्नुभयो भने, उनलाई तुरुन्तै बर्खास्त गर्नुहोस्।” र यसरी लि याङ सुसमाचार डिकन बनिन्।

धेरै समय नबित्दै, मेरी सहकर्मीले भनिन्, “हालै, म लि याङसँग सम्पर्कमा रहेकी छु र उनले अझै पनि मानिसहरूलाई नराम्रोसँग नियन्त्रणमा राखेकी पाएकी छु। उनले सुसमाचारका कामदारहरूमा कमी-कमजोरीहरू हुँदा, सङ्गतिद्वारा उनीहरूलाई सहायता गर्दिनन, बरू तिनीहरू बेकम्मा छन् र अति सुस्तगतिमा अघि बढ्छन् भन्दै उल्टो उनीहरूको कटु आलोचना गर्छिन्। उनी सबै काम आफू एक्लैले गर्ने र अरू ब्रदर-सिस्टरहरूसँग सहकार्य गर्नु धेरै थकाइलाग्दो हुने बताउँछिन्, जसले सबै जनालाई नकारात्मक स्थितिमा पुऱ्याउँछ।” मैले यस्तो सोच्दै उनका कुरालाई गम्भीरतापूर्वक लिइनँ, “भ्रष्टता सबैमा हुन्छ। लि याङले आफ्नो कर्तव्य प्रभावकारी रूपमा पूरा गर्न सक्छिन् भने ठीक छ। तपाईंका अनुभव तथा सूक्ष्म दृष्टि धेरै खोक्रा छन्। मैले उनीजस्ता धेरै जना देखेकी छु। हामीले उनलाई बेलाबेलामा सङ्गति र काँटछाँट गर्‍यौँ भने उनले अझै पनि काम गर्न सक्छिन्।” यसैले मैले मेरी सहकर्मीलाई भनेँ, “हामी उनका क्षमताहरूमा बढी ध्यान दिऔँ। उनी अहङ्कारी छन्, तर उनी सुसमाचार प्रचार गर्न सक्छन्। हामी यस्ता ससाना गल्तीहरूमा सहनशील हुनुपर्छ। म भविष्यमा उनीसँग अझ धेरै सङ्गति गर्नेछु।” अब मद्वारा खण्डन गरिएकी मेरी सहकर्मीसँग भन्न बाँकी केही रहेन। पछि, मैले लि याङलाई देख्दा, उनका समस्याहरूको खुलासा र विश्लेषण गर्न चाहेँ, तर हाम्रो भेट भएको क्षण उनले सुसमाचारको काम अहिले धेरै प्रभावकारी भएको बताइन्। मैले देखेँ उनी आफ्नो कर्तव्यमा अति नै सक्रिय भएकी देखेँ, त्यसैले मैले उनको अहङ्कारी स्वभाव र अरूलाई नियन्त्रणमा राखेको विषयबारे संक्षेपमा मात्र उल्लेख गरेँ, र उनले आफ्ना ब्रदर र सिस्टरहरूसँग कसरी सही प्रकारले व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा सङ्गति गरेँ। त्यो सुनिसकेपछि, उनले आफूमा परिवर्तन ल्याउन तयार रहेकी बताइन्, त्यसैले मैले अरू केही भनिनँ। पछि, धेरै सिस्टरहरूले एक पछि अर्को गर्दै के रिपोर्ट गरे भने लि याङले वास्तविक काम नगर्ने मात्र होइन, उनी ब्रदर र सिस्टरहरूलाई कठिनाइ हुँदा समस्या समाधान गर्न सत्यताका आधारमा सङ्गति गर्दिनन्, र उनी अझ रिसाउँछिन्, अनि उनीहरूलाई नकारात्मक अवस्थामा पुर्‍याउने गरी उनीहरूलाई गाली र निन्दा गर्छिन्। परिणामस्वरूप, सुसमाचारको कामको प्रभावकारितामा ठूलो ह्रास आयो। मैले सोचेँ, “के मैले उनलाई डिकनको रूपमा चुन्न जोड दिनु साँच्चै गलत थियो? ब्रदर र सिस्टरहरूले धेरै पटक भनिसकेकाले, म अब आफ्नो विचारमा अडिग रहन सक्दिनँ।” त्यसपछि,मैले लि याङको बारेमा सबैले गरेका मूल्याङ्कनहरू सङ्कलन गरेँ, अनि मैले के देखेँ भने उनी सुसमाचार प्रचारमा प्रायः आफ्नो धेरै वर्षको अनुभवमा निर्भर हुँदै माथिबाट अरूलाई हप्काउने र निन्दा गर्ने गर्थिन्, जसले गर्दा उनीहरू थिचोमिचो तथा नकारात्मक अवस्थामा पुगेको अनुभव गर्थे, आफ्ना कर्तव्यहरू सहज रूपले पूरा गर्न असमर्थ हुन्थे। जब अरूले उनका समस्याहरू औल्याउँथे, उनी बहस गर्थिन् र आफ्नो बचाउ गर्थिन्। धेरै मानिसहरूले उनलाई सङ्गति दिए, तर उनले त्यसलाई स्वीकार गरिनन्। ती मूल्याङ्कनहरू पढेर म अवाक् बनेँ। मैले लि याङका समस्याहरू त्यत्ति गम्भीर छन् भन्‍ने आशा गरेकी थिइनँ। काम गरेको यति धेरै वर्षपछि मैले गलत व्यक्तिलाई डिकन हुनका निम्ति चुनेँ, कामलाई लथालिङ्ग पारेँ, र अरू ब्रदर र सिस्टरहरूको माझमा गुनासोहरू उत्पन्न गराएँ। यो सबै कुरा सहन गर्न मलाई गाह्रो भइरहेको अनुभव गरेँ। पछि, लि याङको उस्तैखाले व्यवहार रहिरहेकोले, उनी सुसमाचार डिकन बन्न अनुपयुक्त छिन् भन्‍ने निर्णय गरियो, र उनलाई बर्खास्त गरियो।

लि यााङलाई बर्खास्त गरेपछि मैले यस्तो अनुभव गरेँ, जुन म बयानै गर्न सक्दिनँ, मेरो अनुहारमाा जोडले थप्पड हानेको जस्तो लाग्यो। मैले मेरी सहकर्मीले हरसमय लि याङका समस्याको बारेमा कुरा गरेको सम्झेँ, तर मैले त्यसलाई गम्भीरतापूर्वक लिइनँ, परिणामस्वरूप मण्डलीको काममा गम्भीर हानि गराएँ। मैले अति ठूलो पछितो र दोषी महसुस गरेँ, र आफैलाई सोधेँ, “मैले ली याङलाई चुनेर कसरी यति ठूलो गल्ती गर्न पुगेँ? मैले यी असफलताहरूमाथि कसरी चिन्तन गर्नुपर्छ, र म सत्यताको कुन पक्षमा प्रवेश गर्नुपर्छ?” मैले परमेश्‍वरको प्रार्थना गरेँ, मलाई अन्तर्दृष्टि दिनुहोस् ताकि म आफैँलाई चिन्न सकूँ भन्दै उहाँलाई बिन्ति गरेँ। मैले परमेश्‍वरको वचनको यो खण्ड पढेँ: “केही मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा कहिल्यै पनि सत्यताको खोजी गर्दैनन्। तिनीहरू आफ्नै कल्पनाअनुसार व्यवहार गर्दै केवल आफ्नो इच्छाअनुसार काम गर्छन्, र तिनीहरू सधैँ स्वेच्छाचारी र अविवेकी हुन्छन्। तिनीहरू सत्यता अभ्यास गर्ने मार्गमा हिँड्दै हिँड्दैनन्। ‘स्वेच्छाचारी र अविवेकी’ हुनुको अर्थ के हो? यसको अर्थ तैँले कुनै समस्या सामना गर्दा कुनै प्रक्रियागत सोच वा खोजीविना तँलाई जसरी ठिक लाग्छ त्यसरी नै कार्य गर्नु हो। अरूले भनेको कुनै कुराले तेरो हृदय छुन वा तेरो मन परिवर्तन गर्न सक्दैन। तँलाई सत्यता सङ्गति गरिँदा पनि तैँले यो स्विकार्न सक्दैनस्, तँ आफ्नै रायहरूमा टाँसिइरहन्छस्, अरूले कुनै सही कुरा भन्दा सुन्दै सुन्दैनस्, आफैलाई सही ठान्छस्, र आफ्नै विचारहरूमा झुण्डिरहन्छस्। तेरो सोचाइ सही छ भने पनि, तैँले अरू मानिसहरूका रायलाई पनि विचार गर्नुपर्छ। अनि यदि तैँले अरूका रायलाई पटक्‍कै विचार गर्दैनस् भने, के यो अति आत्मधर्मी हुनु होइन र? अति आत्मधर्मी र आफूखुसी गर्ने मानिसहरूलाई सत्यता स्विकार्नु सजिलो हुँदैन। यदि तैँले केही गलत गरिस् र अरूले तँलाई ‘तपाईंले यो सत्यताअनुसार गरिरहनुभएको छैन’ भनेर आलोचना गरे भने, तँ यसरी जवाफ दिन्छस्, ‘मैले यो सत्यताअनुसार गरिरहेको छैनँ भने पनि, म यसरी नै गर्नेछु,’ अनि त्यसपछि तैँले यो सही भनेर उनीहरूलाई सोच्न लगाउने केही कारण खोज्छस्। यदि उनीहरूले तँलाई ‘तपाईंले त उपद्रो गर्दै हुनुहुन्छ, र यसले मण्डलीको काममा हानि गर्नेछ’ भनेर निन्दा गरे भने, तैँले त्यो सुन्दैनस् मात्र होइन, बहानाहरूसमेत बनाइरहन्छस्: ‘मलाई यो सही तरिका लाग्यो र म त्यसरी नै गर्दै छु।’ यो कस्तो स्वभाव हो? (अहङ्कार।) यो अहङ्कार हो। अहङ्‌कारी प्रकृतिले तँलाई दुराग्रही बनाउँछ। यदि तँसित अहङ्‌कारी प्रकृति छ भने, तैँले स्वेच्छाचारी र अविवेकी व्यवहार गर्नेछस्, कसैले भनेको कुरा सुन्‍नेछैनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनले मेरो अवस्थाको यथार्थ खुलासा गरिदिए। मैले के सोचेँ भने, म धेरै वर्षदेखि अगुवा भएकी, अनि केही सिद्धान्तहरूमा निपुण भएकी, साथै आफ्नो काममा केही परिणामहरू प्राप्त गरेकी हुनाले, मलाई आफूले सत्यता बुझेकी छु र मानिस र कुराहरू स्पष्ट देख्न सक्छु भन्‍ने लाग्थ्यो। त्यसैले, मैले आफैमाथि भरोसा राखेँ। केही आइपर्दा, मैले आफूले जे चाहेँ त्यही गरेँ र ममा खोजी गर्ने भावना नै थिएन। मेरी सहकर्मीले ली याङले पश्चात्ताप गरे-नगरेको, र उनी परिवर्तन भए-नभएको हेर्नुपर्ने भनिन् जुन पूर्ण रूपमा सिद्धान्तअनुरूप थियो, तर मैले उनको कुरा स्विकारिनँ, उल्टै मेरो कुरा सुन्न जिद्दी गरेँ। चुनावको बेला, अरूलाई बहकाउन जानाजानी मैले मेरा आफ्नै विचारहरूमा जोड दिएँ। चुनावपछि, मेरा बरिष्ठ अगुवाले लि याङ उपयुक्त नभएको कुरा मलाई स्मरण गराए, तर म अहङ्कारी बन्दै आफ्नै विचारहरूमा अडिरहेँ र अगुवाको कुरा काट्ने कारणहरू भेट्टाएँ। लि याङ सुसमाचार डिकन बनेपछि, उनले अरूलाई सबै कुरामा नियन्त्रण गरिन्। जब मेरी सहकर्मीले फेरि त्यो समस्या औँल्याइन्, जब मेरी सहकर्मीले फेरि त्यो समस्या औँल्याइन्, उनीसँग धेरै कम अनुभव र जानकारी छ जस्तो मलाई लाग्यो, र मैले उनको कुरालाई गम्भीरतासाथ लिइनँ। मैले बौद्धिकता र योग्यता हुनेहरूका निम्ति केही अहङ्कारी हुनु स्वाभाविकै हो पनि भनेँ। यसलाई मैले लि याङलाई बचाउने र उनका कार्यहरूलाई क्षमा गर्ने बहानाको रूपमा प्रयोग गरेँ। म हठी बनेर मेरा आफ्नै विचारहरूमा अडिरहेँ। उनले वास्तविक काम गरिन्-गरिनन् वा बाधा-व्यवधान पुर्‍याइन्-पुर्‍याइनन् भनेर मैले हेरिनँ, जसले गर्दा सबैले आफ्ना कर्तव्यहरूमा उनीबाट नियन्त्रित भएको महसुस गरिरहेका थिए, र यसले सुसमाचारको कामलाई गम्भीर बाधा पुऱ्याइरहेको थियो। म यति अहङ्कारी, आत्मधर्मी र लापरवाह थिएँ। मैले कस्तो प्रकारले आफ्नो कर्तव्यपालन गर्दै थिएँ? मैले दुष्ट काम गर्दै र परमेश्‍वरको विरोध गर्दै मण्डलीको काममा बाधा-अवरोध पुऱ्याइरहेकी थिएँ, जसलाई परमेश्‍वरले मन पराउनुहुन्न र घृणा गर्नुहुन्छ। मैले यो बुझेपछि, मलाई डर लाग्यो, त्यसैले मैले पश्चात्ताप गर्न तुरुन्तै परमेश्‍वरसँग, म मेरो गलत मनस्थिति र दृष्टिकोणहरू परिवर्तन गर्न चाहन्छु र मानिसहरू चुन्ने सिद्धान्तहरू खोज्न चाहन्छु भन्दै प्रार्थना गरेँ।

मेरो खोजमा, “सत्यता अभ्यास गर्ने १७० सिद्धान्त ६३. अगुवा र सेवकहरू निर्वाचित गर्नेसम्‍बन्धी सिद्धान्तहरू” पढेँ। यसमा उल्लेख छ: “अहङ्कारी स्वभाव भएका सबैलाई उही दर्जामा राख्‍नु हुँदैन। यदि कसैले सत्यतालाई स्वीकार गर्न र व्यवहारिक काम गर्न सक्छ भने, तिनीहरूलाई निर्वाचित गर्न सकिन्छ।” मैले अहङ्कारी स्वभाव भएका मानिसहरूलाई पनि चुन्न सकिन्छ भनी बुझेँ, तर त्यहाँ एउटा पूर्वशर्त छ: तिनीहरू सत्यता स्वीकार गर्न र वास्तविक काम गर्न सक्षम हुनुपर्छ। यद्यपि लि याङमा केही बौद्धिकता र योग्यता थियो र उनी सुसमाचार प्रचारमा राम्रो थिइन्, उनको स्वभाव विशेष गरी अहङ्कारी थियो, र आफूमा अरूभन्दा सुसमाचारको अनुभव बढी भएकै कारण उनले अरूलाई तुच्छ ठान्थिन्। अरूलेे उनका समस्याहरू औँल्याउँदा, उनी त्यो स्विकार्थिनन्, न आत्मसमीक्षा नै गर्थिन्, उल्टै तर्क गर्दै आफूलाई सही ठहराउन खोज्थिन्। कहिलेकहीँ उनले यो कुरा बाहिरी रूपमा स्वीकार गरे पनि त्यसपछि अलिकति पनि परिवर्तन हुन्नथिन्। उनी सत्य स्वीकार गर्ने खालकी व्यक्ति थिइनन्। उनमा आफ्नो हैसियतको प्रयोग ब्रदर-सिस्टरहरूलाई नियन्त्रणमा राख्न र आलोचना गर्न प्रयोग गर्ने प्रवृत्ति पनि थियो, जसले तिनीहरूलाई नकारात्मक अवस्थामा जिउने बनायो, यसले गर्दा सुसमाचारको काममा गम्भीर प्रभाव पऱ्यो। वास्तविक काम गर्न नसक्ने र काममा बाधा-अवरोध पुऱ्याउने उनीजस्ता मानिसहरू प्रयोग गरिन अनुपयुक्त हुन्छन् र तिनीहरू प्रतिभाशाली भए पनि सुसमाचारको डिकनको रूपमा चुन्न सकिँदैन। यसबाहेक, मैले लि याङलाई चुन्दाको समयमा ममा एउटा गलत दृष्टिकोण थियो। मैले सोचेँ, कुनै व्यक्तिमा अनुभव भएसम्म र ऊ सुसमाचार प्रचार गर्न प्रभावकारी भएसम्म, उसलाई सुसमाचार डिकनको रूपमा चुन्न सकिन्छ, तर यो पूर्ण रूपले मेरो आफ्नै धारणा र कल्पना थियो। लि याङले सुसमाचार प्रचार गरेर नयाँ विश्‍वासीहरू ल्याउन सक्नुको अर्थ उनी सुसमाचार प्रचारमा राम्रो थिइन् भन्‍ने मात्र थियो, उनी सुसमाचार कार्यको निरीक्षण गर्न उपयुक्त थिइन् भन्‍ने होइन। उनीसँग जतिसुकै अनुभव भए पनि, यदि उनीसँग खराब मानवता थियो, उनको शैतानी स्वभावद्वारा अरूलाई नियन्त्रणमा राख्थिन् र आलोचना गर्थिन्, र काँटछाँटलाई स्विकार गर्दिनथिन् भने त्यो अवस्थामा यो समस्याजनक हुने थियो। त्यस्तो व्यक्तिलाई प्रयोग गर्दा मण्डलीको काममा बाधा-अवरोध मात्र ल्याउन सक्थ्यो। ममाथि यस्ता कुराहरू हुँदा, मैले सत्यता खोजिनँ। मैले आफ्नै धारणा र कल्पनाहरूको आधारमा मानिस र कामकुराहरू नियालेँ। यो कसरी परमेश्‍वरमाथि विश्‍वास गरेको हुन्थ्यो? जब मैले यसमाथि चिन्तन गरेँ, मैले हृदयभित्र गहिरो दुःख महसुस गरेँ। मैले यसो भन्दै परमेश्‍ववरसित प्रार्थना गरेँ, म सत्यता सिद्धान्तहरू खोज्न चाहन्छु, र अबदेखि स्वेच्छाले मनमानी गर्दिनँ भन्दै प्रार्थना गरेँ।

ममा परिवर्तनको चाहना भए पनि, मेरो आफ्नै इच्छाशक्ति अझै पनि धेरै बलियो थियो, त्यसैले मैले धेरै समय नबित्दै फेरि उही पुराना गल्तीहरू गरेँ। एक दिन, म माथिको मेरा अगुवाले हाम्रो कामको जानकारी लिँदै गर्दा, पाठमा आधारित कामको जिम्मेवार रहेकी जू जीमा उनले कम योग्यता भएको पाइन्। उनलाई लामो समयदेखि प्रशिक्षित गरिएको भए पनि, उनमा कुनै स्पष्ट वृद्धि-विकास देखिएन, र उनले प्रभावकारी काम पनि गरिनन्। मेरा अगुवाले मलाई चाँडोभन्दा चाँडो राम्रो योग्यता र बुझाइ भएको व्यक्ति खोजेर प्रशिक्षित गर्न सुझाव दिइन्, र उनीहरूको अभ्यास गर्ने समय छोटो छ भने पनि फरक पर्दैन भनिन्। मैले सोचेँ, “जू जीमा राम्रो योग्यता नभए पनि, उनले लामो समयदेखि यो कर्तव्य निर्वाह गरेकी छिन् र दायित्त्व बहन गर्न सक्छिन्, यसैले उनी यो कामका निम्ति कुनै नयाँ व्यक्तिभन्दा बढी उपयुक्त छिन्। यसमा नयाँ व्यक्तिहरूले सिद्धान्तहरू बुझ्दैनन् र उनीहरूसँग कामको अनुभव पनि हुँदैन, यसैले तिनीहरूलाई तयार गर्न समय लाग्छ। तुलनात्मक रूपमा, जू जी अझै पनि त्यो भूमिकाका निम्ति बढी उपयुक्त छिन्। हालमा उनी प्रभावहीन हुन सक्छिन्, किनकि उनी नराम्रो स्थितिमा छिन्। एकपटक उनले आफैँलाई अनुकूल बनाएपछि, उनका परिणामहरू स्वाभाविक रूपमा सुधार हुनेछन्।” त्यसैले मैले जू जीलाई फेरि कुनै जिम्मेवारी दिइनँ। केही समयपछि, अगुवाले मलाई अर्को पत्र पठाइन्, जसमा जू जीलाई अर्को जिम्मेवारी दिन भनिएको थियो, र सिस्टर सिन युसँग राम्रो योग्यता र राम्रो लेखन सीप छ साथै उनले विगतमा पनि त्यस्तै काम गरेकी थिइन् अनि उनी तयार गर्न लायककी छिन्, भन्दै उनलाई सिफारिस गरिएको थियो। सिन युले परमेश्‍वरमा विश्‍वास गरेको थोरै समयमात्र भएको थियो, र अनुभव थोरै थियो, त्यसकारण मैले उनले साँच्चै काम सम्हाल्न सक्लिन् र भन्‍ने शङ्का गरेँ। यो कुरा मनमा राखेर मैले यू जीलाई राख्न जोड दिएँ र सिन युलाई तयार गरिनँ। महिनाको अन्त्यमा पुगेपछि मात्र मैले पाठमा आधारित काम प्रायः ठप्प भएको थाहा पाएँ। मेरी अगुवाले म आफ्ना विचारमा धेरै जिद्दी रहेकी, उनले दुई पटक जू जीलाई अर्कै जिम्मेवारी दिन भनेकी, र सिन युलाई प्रशिक्षित गर्न सुझाएकी, तर मैले, तर मैले त्यसो नगरी पाठ-आधारित काममा गम्भीर रूपमा बाधा पुऱ्याएकी भन्दै मलाई काटछाँट गरिन्। यो सुनेर मलाई धेरै नराम्रो लाग्यो। मेरा अगुवाले मलााई जू जीसित कम योग्यता छ र प्रशिक्षित गर्नका निम्ति उपयुक्त छैनन् भनी दुई पटक सम्झाएकी थिइन्। मैले त्यो किन स्विकार गर्न सकिनँ? मैले किन सधैँ आफ्नै इच्छाअनुसारका कर्मचारीहरू प्रयोग गर्न ढिपी गरेँ? काममा भएको ठूलो हानिको सामना गरेपछि मलाई ठूलो पछुतो भयो, यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, म आफ्ना समस्याहरूमाथि विचार गर्न सकूँ भनेर उहाँसँग अन्तर्दृष्टि र मार्गदर्शन मागेँ।

पछि मैले परमेश्‍वरका केही वचनहरू पढेँ: “तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुसी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरका निम्ति घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो सांसारिक मामिलाहरूको दर्शन हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई बहकाउँछन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा हटाइने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई बन्धनमा राख्‍न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, हैसियतको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्नुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाका निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वर तँलाई अनुमोदन गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ)। “यदि कसैले सत्यतालाई प्रेम गर्दैन र आफ्‍नै इच्‍छाअनुसार प्रायजसो काम गरिरहेको हुन्छ भने, उसले बारम्‍बार परमेश्‍वरलाई चिढ्याइरहेको हुन्छ। उहाँले त्यस्तो व्यक्तिलाई दुत्कार्नुहुन्छ, र एकातिर पन्छाइदिनुहुन्छ। त्यस्तो व्यक्तिले गर्ने कुनै पनि कामले प्रायजसो परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र उसलाई पश्‍चात्ताप गर्न आउँदैन भने, दण्ड त्यति टाढा हुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। जब मैले परमेश्‍वरका वचनहरूमा विचार गरेँ, तब म केही डराएँ। मैले धेरै लामो समयदेखि आफ्नो कर्तव्य पालन गरेकी र मसित केही अनुभव भएकोले, म सत्यता बुझ्छु भन्‍ने मैले सोचेँ, त्यसैले मैले मेरा विचारहरूलाई सत्यता जस्तै धारण र अभ्यास गरेँ र मेरो कामको अनुभवलाई पूँजीका रूपमा उपयोग गरेँ। परिणाम स्वरूप, म झन्-झन् बढी अहङ्कारी बने। जब ममाथि केही घटनाहरू भए, मेरो हृदयमा परमेश्‍वरका निम्ति कुनै स्थान थिएन—मैले सत्यता सिद्धान्तहरू खोजिनँ, मैले अरूका सुझावहरू स्वीकार गरिनँ, र हठी बनेर मैले आफूले जे चाहेँ त्यही गरेँ। यो सबै कुराले मण्डलीको काममा हानि पुऱ्यायो। अन्त्यमा मैले बुझेँ कामको अनुभव हुँदैमा मैले सत्यता बुझेकी छु र ममा सच्चाइ छ भन्‍ने हुँदैन। सत्यता नपच्छ्याएर र मेरा आफ्नै अनुभव र इच्छामार्फत् कार्य गरेर, म मण्डलीको काममा बाधा पार्न र लथालिङ्ग बनाउन मात्र सक्छु। परमेश्‍वरको घरमा सत्यताले शासन गर्दछ, अनि सत्यता मानवकार्यका लागि मापदण्ड हो, तर मैले अझै पनि मेरो आफ्नै कामको अनुभव र इच्छालाई सत्यता ठान्ने गल्ती गरेँ। यो कसरी परमेश्‍वरमाथिको विश्‍वास थियो? यो म आफैँमाथिको विश्‍वास थियो! मैले मण्डलीबाट निष्कासित गरिएका ख्रीष्ट विरोधीहरू सबै कसरी अहङ्कारी, घमण्डी र स्वेच्छाचारी थिए भनी सोचेँ। तिनीहरूका कर्तव्यहरूमा तिनीहरूले परमेश्‍वरको घरका सिद्धान्तहरूलाई बेवास्ता गरे अनि लापरवाहीसाथ काम गरे, र अरूले तिनीहरूलाई स्मरण गराए वा काँटछाँट गरे पनि, तिनीहरूले कहिल्यै पश्चात्ताप गरेनन्। अन्त्यमा, तिनीहरूले मण्डलीको काममा गम्भीर बाधा पुऱ्याए, परिणाम स्वरूप निष्कासन गरिए र हटाइए। के ममा यी ख्रीष्ट विरोधीहरूकै जस्तो स्वभाव थिएन र? थियो? म पनि ख्रीष्ट विरोधीको मार्गमा हिँडिरहेकी थिएँ! मैले विशेष पछुतो र दोषी महसुस गरेँ, र त्यत्ति धेरै अहङ्कारी र स्वधर्मी भएकोमा आफैँलाई घृणा गरेँ।

पछि, मैले परमेश्‍वरको वचनको अर्को खण्ड देखेँ र अभ्यास कसरी गर्नुपर्छ भनी सिकेँ। परमेश्‍वरका वचनहरूले भन्छन्: “जब अरू मानिसहरूले असहमतिको रायहरू दिन्छन्, स्वेच्छाचारी र अविवेकी हुनबाट जोगिनको निम्ति तैँले कसरी अभ्यास गर्न सक्छस्? सर्वप्रथम त तँसँग विनम्रताको मनोवृत्ति हुनुपर्छ, तैँले सही ठानेका कुरालाई पन्छाउनुपर्छ र सबैलाई सङ्‍गति गर्न दिनुपर्छ। यदि तैँले तेरा मार्गहरू सही हुन् भनेर विश्‍वास गर्छस् भने पनि तैँले यसमा जोड दिइरहनु हुँदैन। त्यो एक प्रकारले अगाडिको कदम हो; यसले सत्यताको खोजी गर्ने, आफैँलाई इन्कार गर्ने र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने मनोवृत्तिलाई देखाउँछ। तँमा यस्तो मनोवृत्ति आइसकेपछि, साथै तेरा आफ्नै रायहरूमा अडिग हुन छोडेपछि, तँले प्रार्थना गर्नुपर्छ, परमेश्‍वरबाट सत्यताको खोजी गर्नुपर्छ, अनि परमेश्‍वरका वचनहरूमा आधार खोज्‍नुपर्छ—परमेश्‍वरका वचनहरूमा आधारित भएर कसरी काम गर्ने भनी निर्धारण गर्नुपर्छ। यो सबैभन्दा उचित र सही अभ्यास हो। जब मानिसहरूले सत्यताको खोजी गर्छन् र सबैसामु समस्या उजागर गर्दै त्यसमाथि सँगै सङ्गति र खोजी गर्छन्, त्यसै बेला पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अन्तर्दृष्टि दिनुहुन्छ—उहाँले तेरो मनोवृत्तिको हेर्नुहुन्छ। आफ्नो सही वा गलत दृष्टिकोणको परवाह नगरी, यदि तँ आफ्‍नै कुरामा जिद्दी गर्छस् भने, परमेश्‍वरले तँबाट आफ्‍नो अनुहार लुकाउनुहुन्छ र तँलाई बेवास्ता गर्नुहुन्छ; उहाँले तँलाई प्रकाश गर्न र तेरो कुरूप स्थिति खुलासा गर्नका लागि तँलाई ठक्‍कर खान लगाउनुहुन्छ। तर यसको विपरीत, यदि तेरो मनोवृत्ति सही छ भने, तँ आफ्नै तरिकालाई जोड दिँदैनस् भने र तँ आत्म-धर्मी, स्वेच्छाचारी र अविवेकी छैनस् भने, बरु सत्यताको खोजी गर्ने र त्यसलाई स्वीकार गर्ने मनोवृत्तिको छस् भने, यदि तैँले सबैसँग सङ्गति गर्छस् भने, पवित्र आत्माले तिमीहरूमा काम गर्न थाल्नुहुनेछ, र सायद कसैका वचनहरूमार्फत उहाँले तँलाई अगुवाइ गर्नुहुनेछ। कहिलेकहीँ, जब पवित्र आत्‍माले तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले तँलाई थोरै मात्र शब्‍द वा वाक्यहरूद्वारा वा तँलाई कुनै अवधारणा दिएर मामलाको निचोड बुझ्‍न अगुवाइ गर्नुहुन्छ। त्यही क्षण, तैँले जुन कुरामा अडान राख्दै आइरहेको छस् त्यो गलत छ भन्‍ने थाहा पाउँछस्, र त्यही क्षणमा नै, काम गर्ने सबैभन्दा उचित तरिकालाई बुझ्छस्। त्यो स्तरमा पुगेपछि, के तँ दुष्कर्म गर्न, र गल्तीका परिणामहरू भोग्नबाट सफलतापूर्वक जोगिन सकेको छैनस् र? के यो परमेश्‍वरको सुरक्षा होइन र? (हो।) यस्तो कुरा कसरी हासिल गरिन्छ? यस्तो कुरा तब मात्र हासिल हुन्छ, जब तँसँग परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ, र तैँले समर्पित हृदयले सत्यताको खोजी गर्छस्। तैँले पवित्र आत्‍माको अन्तर्दृष्टि प्राप्त गरेर अभ्यासका सिद्धान्तहरू निर्धारित गरेपछि, तेरो अभ्यास सत्यताअनुरूप हुनेछ, र तैँले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनबाट मैले के देखेँ भने चाहे हामीलाई जे सुकै होस्, हामीले परमेश्‍वरको डर मान्ने हृदय राखी राख्नुपर्छ, परमेश्‍वरको अभिप्राय तथा सत्यता सिद्धान्तहरू खोज्नुपर्छ। विशेष गरी जब हाम्रा ब्रदर र सिस्टरहरूले हाम्रो भन्दा फरक सुझावहरू दिन्छन् हामीले पहिले आफैँलाई इन्कार गर्नुपर्छ र तिनीहरूलाई स्वीकार गर्नुपर्छ। हामीले आफू सही छौँ भन्‍ने सोचे पनि, हामीले आफैँलाई त्यागिदिनुपर्छ र हाम्रा ब्रदर र सिस्टरहरूसँग खोजी र सङ्गति गर्नुपर्छ। यस प्रकारले मात्र हामी परमेश्‍वरको मार्गदर्शन र अन्तर्दृष्टि पाउन सक्छौँ। मैले वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गरेकी थिएँ, तापनि अहिलेसम्म मैले सत्यताअनुरूपका सुझावहरू स्वीकार्न सकेकी थिइनँ। म अझै पनि पूर्ण रूपमा आफ्नो अहङ्कारी स्वभावद्वारा जिइरहेकी थिएँ। यति दरिद्र, दयनीय, फोहोर र भ्रष्ट भए पनि मलाई अझै पनि आफू असल छु भनी गर्व लाग्थ्यो, र अझै पनि काम गर्दा आफैँमा दृढतापूर्वक विश्‍वास गर्थेँ। यसबारे सोच्दा मैले यो त निर्लज्जता हो भनी थाहा पाएँ। मैले फेरि कहिल्यै आफैमा भरोसा नराख्ने, र सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्ने र अरूसँग अझ धेरै सङ्गति गर्ने अठोट गरेँ, ताकि म आफ्नो कर्तव्य राम्ररी गर्न सकूँ।

त्यसपछि, मैले सबैका योग्यता र क्षमताको आधारमा कर्तव्यहरू कसरी उचित तरिकाले मिलाउने भनेर खोज्न थालेँ। मैले परमेश्‍वरका यी वचनहरू पाएँ: “सबैले आफ्ना व्यक्तिगत भूमिकाहरू पूरा गर्नुपर्छ र आफ्ना क्षमताअनुसार योगदान दिनुपर्छ। व्यक्तिलाई उसको प्रतिभा, कौशल, क्षमता, उमेर, र उसले परमेश्‍वरमा विश्‍वास गरेको समयावधिका आधारमा उचित रूपले कर्तव्य निर्वाह गर्ने बन्दोबस्त गर्नुपर्छ। यो उपाय विभिन्न प्रकारका मानिसहरूलाई सुहाउँदो बनाउनुपर्छ, जसले तिनीहरूलाई परमेश्‍वरका घरमा आफ्ना कर्तव्य निर्वाह गर्न र तिनीहरूको सबैभन्दा ठूलो क्षमता लागु गर्न मद्दत गरोस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। कर्तव्यको पर्याप्त कार्य-सम्पदान भनेको के हो?)। “कति मानिसहरू आफूलाई लेखनमा सिपालु ठान्छन्, त्यसैले तिनीहरू लेखनसँग सम्बन्धित कर्तव्य निर्वाह गर्न जोडतोडले माग गर्छन्। अवश्य नै, परमेश्‍वरको घरले तिनीहरूलाई निराश पार्दैन, परमेश्‍वरको घर प्रतिभावान् व्यक्तिहरूको कदर गर्छ, र मानिसहरूमा जेजस्तो प्रतिभा वा सामर्थ्य भए पनि, परमेश्‍वरको घरले ती सदुपयोग गर्ने ठाउँ दिन्छ, त्यसैले मण्डलीले तिनीहरूको लागि लेख-आधारित काम गर्ने बन्दोबस्त मिलाउँछ। तर केही समय बितेपछि, तिनीहरूमा यो सिप नभएको र तिनीहरूले यो कर्तव्य उचित रूपमा निभाउन नसकेको वास्तविकता पत्ता लाग्छ; तिनीहरू पूर्ण रूपले अप्रभावकारी हुन्छन्। प्रतिभा र क्षमताको आधारमा, तिनीहरू यस काममा एकदमै अयोग्य बन्छन्। त्यसैले, यस्ता परिस्थितिमा के गर्नुपर्छ? के तिनीहरूलाई केवल सहेर ‘तिमीमा लगाव छ र तिमीसँग त्यति प्रतिभा नभए पनि, र औसत क्षमता भए पनि, यदि तिमी इच्छुक छौ र कडा परिश्रम गर्न अरुचि राख्दैनौ भने, परमेश्‍वरको घरले तिमीलाई सहनेछ र यो कर्तव्य जारी राख्न दिनेछ। तिमीले त्यो राम्ररी गरिनौ भने पनि, त्यसले केही फरक पार्दैन। परमेश्‍वरको घरले अन्देखा गर्नेछ, र तिमीलाई प्रतिस्थापित गर्नु आवश्यक पर्दैन’ भनेर भन्नु सम्भव छ? के परमेश्‍वरको घरले मामिलाहरू सम्हाल्ने सिद्धान्त यही हो? अवश्यै होइन। यस्ता परिस्थितिमा, सामान्यतया तिनीहरूको लागि तिनीहरूको क्षमता र सामर्थ्यको आधारमा उपयुक्त कर्तव्यहरू बन्दोबस्त गरिन्छ; त्यो यसको एक पक्ष हो। तर यसमा मात्र भर पर्नु पर्याप्त हुँदैन, किनभने धेरै मामिलामा मानिसहरू आफैलाई आफू के गर्न योग्य छु भन्ने थाहा हुँदैन, र यदि तिनीहरूलाई आफू त्यसमा राम्रो छु भन्ने लागे पनि, त्यो सही हुन्छ नै भन्ने छैन, त्यसैले तिनीहरूले केही समय त्यसमा काम गरेर हेर्नुपर्छ र प्रशिक्षित हुनुपर्छ; तिनीहरू प्रभावकारी छन् कि छैनन् भन्ने आधारमा निर्णय गर्नु नै सही कुरा हो। यदि तिनीहरूलाई केही समय प्रशिक्षित गरियो, तर तिनीहरूले कुनै परिणाम हासिल गरेनन् वा कुनै प्रगति गरेनन् भने, तिनीहरूलाई जगेर्ना गर्नु बेकार हो भन्ने पुष्टि हुन्छ, र त्यसपछि तिनीहरूको कर्तव्य समायोजित गर्नुपर्छ, र तिनीहरूको लागि उपयुक्त कर्तव्य फेरि बन्दोबस्त गर्नुपर्छ। मानिसहरूको कर्तव्य यसरी पुनः बन्दोबस्त र समायोजित गर्नु उचित हुन्छ, र यो सिद्धान्अनुरूप कुरा पनि हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। परमेश्‍वरका वचनमा, मैले के देखेँ भने मण्डलीले कर्तव्यहरू प्रत्येक व्यक्तिको मानवता, योग्यता र सामर्थ्यको आधारमा व्यवस्थित गर्दछ, ताकि प्रत्येक व्यक्तिले सही स्थानमा रहेर उत्कृष्ट भूमिका निभाउन सकोस्। केही मानिसहरू पाठमा आधारित काम गर्छन्, तर केही समयसम्म तयार गरिएपनि तिनीहरूअझै वृद्धिको अनुभव गर्दैनन्। तिनीहरूमा योग्यताको कमी हुन्छ र काम गर्न सक्दैनन्, यसैले तिनीहरू त्यो भूमिकामा रहिरहन सक्दैनन्। बरु, तिनीहरूका योग्यताको आधारमा तिनीहरूका निम्ति उपयुक्त कर्तव्य मिलाउनु पर्छ, जुन तिनीहरू र मण्डलीको काम दुवैका निम्ति फाइदाजनक हुन्छ। सिद्धान्तहरू अनुसार, जू जीमा राम्रो मानवता भए पनि र उनले आफ्नो कर्तव्य बहन गरेपनि उनमा कम योग्यता थियो, यसैले उनले वर्षौंसम्म पाठमा आधारित काम गरेतापनि प्रगति अति सुस्त थियो, मतलब, उनी रेखदेख गर्ने कामका निम्ति साँच्चै उपयुक्त थिइनन्। सिन युले जू जीले भन्दा छोटो समयदेखि विश्‍वास गरेकी भए पनि, उनले सत्यतालाई शुद्ध रूपमा बुझिन्, उनी बुझ्न सक्ने र राम्रो योग्यता भएकी थिइन्, र उनी लेख्न मन पराउँथिन्। उनी अहिले काम गर्नका निम्ति योग्य नभए पनि यदि उनीलाई केही समयसम्म तयार गरियो भने, उनले प्रगति देखाउन र योग्य बन्न सक्थिन्। जब मैले मानिसहरूलाई प्रयोग र तयार गर्ने सिद्धान्तहरू बुझेँ त्यसपछि मैले सिन युलाई पाठमा आधारित कामको जिम्मेवारीमा राखेँ र जू जीलाई अर्को कर्तव्यमा खटाएँ, अनि केही समयपछि पाठमा आधारित काममा बिस्तारै सुधार हुन थाल्यो।

पछि, मैले अर्को टोलीकी सिस्टर वाङ चेनले राम्रो लेखेको देखेँ, र उनलाई पाठमा आधारित कामका निम्ति तयार गर्न सकिन्छ भन्‍ने लाग्यो, यसैले मैले उनलाई सिफारिस गरेँ। तर, मेरी सहकर्मीले उनी अहङ्कारी र स्वधर्मी छिन्, मानिसहरूलाई नियन्त्रणमा राख्न खोज्छिन्, र सधैँ अरूलाई उनको कुरा सुन्न बाध्य पार्छिन् भनिन्, यसैले उनी तयारी गर्नका निम्ति अनुपयुक्त थिइन्। उनको कुरा सुनेर म केही बेखुसी भएँ, र सोचेँ, “वाङ चेन केही अहङ्कारी छिन् र मानिसहरूलाई नियन्त्रणमा राख्न खोज्छिन् भन्‍ने सत्य हो, त्यो सबै व्यवहार अब विगत भएको छ। अहिले उनले काँटछाँट स्वीकार गर्न सक्छिन् र केही परिवर्तन देखाएकी छिन्। मलाई लाग्छ, उनी पाठमा आधारित कामका निम्ति अति उपयुक्त छिन्।” यसैले म आफ्नै विचारमा अडिन चाहन्थेँ, तर त्यसपछि मैले सोचेँ, “मैले सधैँ मेरो आफ्नै इच्छाअनुसार मानिसहरू चुनेँ, जसले मण्डलीको काममा हानिहरू पुऱ्यायो। अब, मैले एक पटक फेरि सिद्धान्तहरू नखोजी वाङ चेनलाई नियुक्त गरिरहेकी छु। मैले यो एकतर्फी निर्णय गरेँ। मैले अझै पनि मनमानी ढङ्गले काम गरिरहेकी छु! म अब आफ्नै विचारमा टाँसिइरहनु हुँदैन। मैले यसमा सत्यताको खोजी गर्नुपर्छ। यो निर्धारण गर्ने एक मात्र सही तरिका सिद्धान्तअनुसार हो।” पछि, मैले परमेश्‍वरको वचनमा पढेँ: “प्रवर्द्धन र जगेर्ना गर्न सकिने अर्को प्रकारका मानिसहरू भनेको विशेष प्रतिभा वा वरदान भएका अथवा कुनै पेसागत सीपमा निपुणता हासिल गरेका मानिसहरू हुन्। यस्ता मानिसहरूलाई टोली अगुवाहरूमा जगेर्ना गर्न परमेश्‍वरको घरले माग गर्ने मानक के हो? सुरुमा तिनीहरूको मानवतालाई हेर—तिनीहरूले तुलनात्मक रूपमा सकारात्मक कुराहरूलाई प्रेम गरेसम्म र तिनीहरू दुष्ट मानिसहरू नभएसम्म, त्यो पर्याप्त हुन्छ। कतिपय मानिसहरूले सोध्लान्, ‘तिनीहरूबाट सत्यता पछ्याउने व्यक्ति हुनुपर्ने माग किन गरिँदैन?’ किनभने टोली अगुवाहरू मण्डली अगुवा वा कामदारहरू होइनन्, न त तिनीहरू मलजल गर्ने व्यक्तिहरू नै हुन्, र तिनीहरूबाट सत्यता पछ्याउने मानकको पूर्तिको माग गर्नु अत्यन्तै धेरै माग गर्नु हुनेथियो, र तिनीहरूमध्ये धेरै जसोका लागि त्यो पहुँचभन्दा बाहिर हुनेथियो। साधारण मामलाका काम गर्ने वा पेसागत कामका विशिष्ट विषयवस्तु गर्ने मानिसहरूबाट यो माग गरिँदैन; यदि गरिन्थ्यो भने, थोरै मात्र योग्य हुनेथिए, त्यसैले मानकहरू तल झारिनुपर्छ। मानिसहरूले आफ्नो पेसा बुझेसम्म र काम वहन गर्न सक्षम भएसम्म, र दुष्टता नगरेसम्म वा कुनै बाधा उत्पन्न नगरेसम्म, त्यो पर्याप्त हुन्छ। केही सीप र पेसामा विज्ञता, र केही सबलता भएका यी मानिसहरू, यदि तिनीहरू सीपको अलिकति ज्ञान चाहिने र परमेश्‍वरको घरमा तिनीहरूको पेसासँग सम्बन्धित हुने काम गर्न गइरहेका छन् भने, जबसम्म तिनीहरू चरित्रको हिसाबले तुलनात्मक रूपमा निर्दोष र सोझा हुन्छन्, दुष्ट हुँदैनन्, बुझाइमा विकृत हुँदैनन्, कष्ट सहन सक्छन्, र मूल्य चुकाउन इच्छुक हुन्छन्, त्यो पर्याप्त हुन्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। परमेश्‍वरका घरले यो सिद्धान्तका आधारमा विशेष सीपहरू भएका मानिसहरूलाई तयार गर्दछ: तिनीहरूमा स्वीकारयोग्य मानवता, विकृतिरहित समझ हुनुपर्छ, आफ्ना कर्तव्यहरूमाथि गम्भीरतापूर्वक ध्यान दिने, र सकारात्मक कुराहरूलाई प्रेम गर्ने हुनुपर्छ। वाङ चेनमा थोरै अहङ्कारी स्वभाव थियो, तर यदि अरूले दिएको सुझाव सही र सत्यतासँग मिल्थ्यो भने उनले त्यसलाई स्वीकार्न सक्थिन्। उनमा पाठमा आधारित काम गर्न सक्ने खुबी थियो, उनी आफ्नो कर्तव्यमा दुःख भोग्न र मूल्य चुकाउन सक्थिन्, र उनले मण्डलीको कामलाई कायम राख्न सक्थिन्। यसैले उनी त्यो सिद्धान्त अनुरूप थिइन्। पछि, मैले मेरा दृष्टिकोणहरूको बारेमा मेरा वरिष्ठ अगुवासित र केही सहकर्मीहरूसित सङ्गति गर्न यो सिद्धान्त प्रयोग गरेँ, र वाङ चेनलाई तयार गर्न सकिन्छ भन्‍नेमा सबै जना सहमत भए, यसैले मैले उनका निम्ति पाठमा आधारित काम गर्ने प्रबन्ध मिलाएँ। उनले त्यो अवसरलाई मूल्यवान ठानिन् र आफ्नो नयाँ कर्तव्यमा राम्रा परिणामहरू निकालिन्। मैले के देखेँ भने जब हामी सबै कुरामा परमेश्‍वरको अभिप्राय खोज्छौँ र सत्यता सिद्धान्तहरू अनुसार हाम्रा कर्तव्य निर्वाह गर्छौँ, तब हामी पवित्र आत्माको मार्गदर्शन पाउँछौं, अनि हाम्रो हृदय ढुक्क र शान्त हुन्छ।

अघिल्लो: ४३. निर्णायक मोड

अर्को: ४५. ख्रीष्टविरोधीहरूको खुलासा गर्नु मेरो जिम्‍मेवारी हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

६३. अहङ्कारी स्वभाव परिवर्तन गर्न सकिँदैन भनेर कसले भन्छ?

झाओ फान, चीनपरमेश्‍वरका वचनहरूले भन्छ, “मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय, र...

३६. ख्याति र सम्पत्तिबाट मुक्ति

जियाओ मिन, चीनविश्‍वासी बन्नुअघि, म जहिले पनि नाम र हैसियतको पछि लागिरहेकी थिएँ, र यदि कसैले मलाई जित्यो भने म ईर्ष्या गर्थेँ र दुःखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्