३८. दुष्ट व्यक्तिहरूको प्रतिवेदन दिनु

मा जीए, चीन

म फेब्रुअरी २०२१ मा समूह अगुवाको रूपमा चुनिएँ, र त्यसको लगत्तै, सिस्टर सिन यीले आफ्नी टोलीकी अगुवा लिउ हुआको व्यवहारबारे मसँग कुरा गरिन्। सिन यीले लिउ हुआले कुनै पनि वास्तविक काम नगरिरहेकी, र आफ्नो विचारसँग मेल नखाने विचार राख्नेहरूलाई दबाउने र अलग्याउने गरेको देखेकी थिइन्। जब एक ब्रदरले लिउ हुआका केही समस्याहरू खुलासा गरे, तिनले उनको जिम्मेवारीमा भएको सानो त्रुटिलाई समातेर ठूलो बनाइन्, सम्भव भएसम्म उनलाई एक्लै पारेर अलग्याइन्, जसका कारण ती ब्रदर निराशामा डुब्न पुगे। लिउ हुआसँग असहमति राख्ने र कामको छलफलमा उनलाई सुन्न इन्कार गर्ने एक सिस्टर थिइन्। लिउ हुआले उनीप्रति वैरभाव राखिन् र प्रायः उनको निन्दा गर्थिन्। जब-जब ती सिस्टरले लिउ हुआसँग असहमति जनाउँथिन् र उनका विचारहरूलाई समर्थन गर्न इन्कार गर्थिन्, लिउ हुआले उनलाई गाली र अपमान गर्थिन्। एक पटक उनले ती सिस्टरलाई औँलाले देखाउँदै कठोर शब्दमा भनिन्, “तिमीमा क्षमता छैन, तर पनि तिमी हस्तक्षेप गरिरहन्छ्यौ!” उनले लगातार ती सिस्टरलाई गाली गरेर अपमान गरिन्, जसका कारण ती सिस्टरलाई निकै दबाब महसुस भयो र लिउ हुआसँग आफ्नो कर्तव्य पालन गर्न डर लाग्न थाल्यो। लिउ हुआले सुझाव दिन खोज्ने वा उनका आदेश पालना गर्न इन्कार गर्ने अन्य ब्रदर-सिस्टरहरूको पनि निन्दा गरेकी थिइन् र बदला लिने प्रयास गरेकी थिइन्। उनले केहीलाई ख्रीष्टविरोधीको मार्गमा लागेको आरोप लगाइन् र अरूलाई जानाजानी जिम्मेवारी नदिई सजाय दिइन्। नतिजास्वरूप, ती ब्रदर-सिस्टरहरूले धेरै पीडा भोगे र दमनमा परेको महसुस गरे। ती ब्रदर-सिस्टरहरूमाथिको उनको जथाभावी दमन र सजायले मण्डलीको कामको प्रभावकारितामा गम्भीर असर पारेको थियो। लिउ हुआको व्यवहारबारे सुन्दा म निकै क्रोधित भएँ। त्यसपछि, हामीले घटनामा संलग्न वा त्यसबारे जानकार व्यक्तिहरूसँग कुरा गर्‍यौँ र यी सबै कुरा वास्तवमै सत्य भएको प्रमाणित गर्‍यौँ। लिउ हुआमा दुष्ट, द्वेषपूर्ण प्रकृति र हैसियतप्रतिको गहिरो चाह थियो। उनको इच्छाअनुसार नझुकेर वा सहमत नभएर उनको हैसियत र प्रतिष्ठामा खलल पुर्‍याउने जो कोहीसँग उनी वैरभाव राख्थिन्, बदला लिन खोज्थिन्, साथै उनीहरूलाई निन्दा, बहिष्कार, र सजाय दिन्थिन्। मैले परमेश्‍वरका केही वचनहरू पढेँ, जसले यस्तो भन्छन्: “दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा मात्रै यस्तो क्रूर स्वभाव हुन्छ। जब क्रूर व्यक्तिले कुनै पनि राम्रो अभिप्रायको सल्लाह, आरोप, शिक्षा वा सहयोग सामना गर्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुनु वा यसलाई नम्रसाथ स्विकार्नु हुँदैन, बरु लज्‍जित र क्रोधित हुनु, र चरम शत्रुता, र घृणा महसुस गर्नु, र बदलासमेत लिन चाहनु हुन्छ। … जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिसित बदला लिन्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँगको पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र बदला लिने इच्छा जगाउन सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझे नि नबुझे नि, वा ऊ अगुवा भए नि सेवक भए नि वा परमेश्‍वरका चुनिएका मानिसहरूको साधारण सदस्य भए नि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्‍यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुको रूपमै लिनेछ। उसले खुलेआम यसोसमेत भन्‍नेछ, ‘जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, जसले मेरो भित्री कुरा पर्दाफास गर्छ, जसले मलाई परमेश्‍वरको घरबाट निष्कासित गराउँछ, वा मेरो आशिष्‌को भाग लुट्छ, उसलाई म त्यतिकै कहिल्यै छोड्‍नेछुइनँ’(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। “तिनीहरूले जे-जस्ता गल्तीहरू वा जे-जस्ता खराब कामहरू गरेका भए पनि, ती दुर्भावनापूर्ण स्वभावका मानिसहरूले कसैलाई पनि तिनीहरूको खुलासा गर्न वा तिनीहरूलाई काटछाँट गर्न दिनेछैनन्। यदि कसैले तिनीहरूको खुलासा गर्‍यो र तिनीहरूलाई चिढ्यायो भने, तिनीहरू रिसाउनेछन्, तिनीहरूले प्रतिशोध लिनेछन्, र मामलालाई कहिल्यै जान दिनेछैनन्। तिनीहरूसँग अरू मानिसहरूप्रति कुनै धैर्यता र सहनशीलता हुँदैन, र तिनीहरूसित सहनशीलताको अभ्यास गर्दैनन्। तिनीहरूको आत्म-आचरण कुन सिद्धान्तमा आधारित हुन्छ? ‘धोका खानुभन्दा त धोका दिनु बेस।’ अर्को शब्दमा भन्दा, कसैले तिनीहरूलाई चिढ्याएमा तिनीहरूले त्यो सहँदैनन्। के यो दुष्ट मानिसहरूको तर्क होइन र? यो ठ्याक्कै दुष्ट मानिसहरूको तर्क नै हो। कसैले पनि तिनीहरूलाई चिढ्याउन पाइँदैन। कसैले तिनीहरूलाई अलिकति पनि चलाएमा तिनीहरूका लागि त्यो स्वीकार्य हुँदैन, र त्यसो गर्ने जोसुकैलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले त्यस व्यक्तिलाई खेदो गरिरहनेछन् र यो कुरालाई कहिल्यै जान दिनेछैनन्—दुष्ट मानिसहरू यस्तै हुन्छन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१४))। परमेश्‍वरका वचनहरूबाट मैले दुष्ट व्यक्तिहरूमा विशेष गरी दुर्भावनापूर्ण प्रकृति हुन्छ र तिनीहरू सत्यता र त्यसलाई पछ्याउनेहरूलाई घृणा गर्छन् भन्ने देखेँ। उनीहरू आफूलाई ठेस पुर्‍याउने जोसुकैप्रति वैरभाव राख्छन् र तिनीहरूलाई निन्दा गर्न र बदला लिनका लागि मौका खोज्छन्, जबसम्म ती व्यक्ति निराश र पराजित हुँदैनन्, तिनलाई बहिष्कार गर्दै सजाय दिन्छन्। लिउ हुआको उस्तै खाले व्यवहारलाई आधारमा मान्दा, के स्पष्ट थियो भने उनले आफ्नो विचारसँग असहमत हुने वा आफ्नो हितलाई चुनौती दिने जोसुकैलाई निन्दा र बहिष्कार गर्थिन्। उनी मानिसहरू नकारात्मक नबन्दासम्म तथ्यलाई तोडमोड गर्दै निरन्तर तिनको आलोचना र निन्दा गर्थिन्। मैले के देखेँ भने लिउ हुआमा दुर्भावनापूर्ण मानवता थियो, र सारमा उनी सत्यतालाई घृणा गर्ने र यसलाई स्वीकार नगर्ने दुष्ट व्यक्ति थिइन्। उनलाई मण्डलीबाट निष्कासन गर्नु आवश्यक थियो। मलाई थाहा थियो लिउ हुआ जस्तो दुष्ट व्यक्तिले मण्डलीमा उथलपुथल मच्चाइरहेको बेला म चुप लागेर हेर्न सक्दिनँ र तुरुन्तै यो कुराको रिपोर्ट गर्नुपर्छ, त्यसैले पछि हामीले लिउ हुआका समस्याबारे हाम्रो सुपरभाइजरलाई रिपोर्ट गर्‍यौँ।

तर अचम्म, केही दिनपछि मैले हाम्रो सुपरभाइजर मेङ्ग रानको पत्र पाएँ, जसमा लेखिएको थियो, “लिउ हुआ सक्षम छिन् र केही वास्तविक समस्याहरू समाधान गर्न सक्छिन्। यद्यपि कहिलेकाहीँ उनले आफ्नो भ्रष्ट स्वभावअनुसार व्यवहार गर्छिन्, जसले गर्दा मानिसहरूले नियन्त्रित महसुस गर्छन्, जबसम्म उनी परिवर्तन हुन इच्छुक छिन्, उनलाई प्रायश्चित्त गर्ने मौका दिनुपर्छ।” मैले यो कुरा बिल्कुलै बुझ्न सकिनँ। लिउ हुआले स्पष्ट रूपमा दुष्ट कार्य गर्दै आएकी थिइन्। यो कुनै एक पटकको अपराध थिएन; उनले निरन्तर त्यस्तै व्यवहार गर्थिन्। ब्रदर-सिस्टरहरूले जसरी सङ्गति गरेर उनलाई सुझाव दिए पनि, उनले कहिल्यै पश्चात्ताप गरिनन्, र उनले तिनलाई दमन र सजाय समेत दिइन्। परमेश्‍वरका वचनअनुसार, लिउ हुआ सारमा एक दुष्ट व्यक्ति थिइन्, त्यसो भए मेङ्ग रानले उनका बारेमा किन केही गर्दिनन्? मेङ्ग रानले स्पष्ट रूपमा दुष्ट व्यक्तिलाई जोगाइरहेको जस्तो देखिन्थ्यो। त्यतिबेला, केही ब्रदर-सिस्टरहरूले मेङ्ग रानका केही दुष्ट कर्महरूबारे रिपोर्ट गरे। केही वर्षअघि, मेङ्ग रानले मण्डलीभित्र फूट ल्याएकी थिइन् र गुट बनाएकी थिइन्, नेतृत्व पद आफ्नो हातमा लिनका लागि अगुवा र कामदारहरूविरुद्ध प्रयोग गर्नका लागि कुराहरू फेला पारेकी थिइन् र उनीहरूको निन्दा गरेकी थिइन्। उनका कार्यले मण्डलीको जीवनलाई अवरोध पुर्‍याएको थियो र उनलाई त्यसै अनुसार एकान्तमा चिन्तन गर्न भनिएको थियो। जब यो घटना घट्यो, सिन यीले मेङ्ग रानको व्यवहार बारे थाहा पाएकी थिइन्, र त्यसपछि ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्दै यसलाई खुट्याइन्। यही कारणले मेङ्ग रानले उनीप्रति वैरभाव राखिन्। पछि मेङ्ग रानले ब्रदर-सिस्टरहरूको विश्वास फिर्ता पाउन पश्चात्ताप गरेको नाटक गरिन् र सुपरभाइजर बनिन्। त्यसपछि, उनले सिन यीविरुद्ध बदला लिन काम गर्न थालिन्। एकपटक, जब सिन यीले लिउ हुआको काममा केही विचलन र समस्याहरू औँल्याइन्, लिउ हुआले झुक्न मानिनन् र उनीसँग वादविवाद गरिन्। मेङ्ग रानलाई लिउ हुआको कर्तव्यमा समस्याहरू भएको थाहा थियो, तर उनले लिउ हुआको पक्ष लिएर सिन यीलाई अलग्गै राख्ने र दबाउने निर्णय गरिन्। यसले सिन यीलाई निकै दबिएको र दुःखी महसुस गरायो, र उनी गम्भीर रूपमा बिरामी परिन्। त्यसपछि, मेङ्ग रानले आत्मचिन्तन गर्नु त परै जाओस्, उनले सिन यीलाई खिल्ली उडाउन मौकाको फाइदा समेत उठाइन्, र परमेश्‍वरका वचनको दुरुपयोग गर्दै तिनलाई अन्यायपूर्वक ख्रीष्टविरोधी भनी आरोप लगाइन्। उनले सिन यीलाई ख्रीष्टविरोधीको मार्गमा हिँडेको भन्दै कठोर शब्दमा हप्काइन् र अन्य ब्रदर-सिस्टरहरूलाई पनि सिन यीको आलोचना गर्न उक्साइन्। यी क्रियाकलापहरूका आधारमा, मेङ्ग रानको दुष्ट स्वभाव रहेको स्पष्ट भयो।

केही दिनपछि, मेङ्ग रान एक भेलामा हामीसँग सहभागी भइन् र लिउ हुआको पक्षमा बोल्दै भनिन्, “यसलाई लिउ हुआको मात्र समस्या भनेर भन्न मिल्दैन, यसमा अरूको पनि दोष छ। हामीले उनलाई पश्चात्ताप गर्ने मौका दिनुपर्छ! हिजोआज उनी धेरै राम्रो व्यवहार गरिरहेकी छिन् र आफ्नो कर्तव्यमा निकै सक्रिय पनि भएकी छिन्…।” जब मैले मेङ्ग रानसँग दुष्ट व्यक्तिहरूलाई खुट्याउने सिद्धान्तहरूबारे सङ्गति गर्न प्रयास गरेँ, उनले मैले भनेका कुरा बिलकुलै नसुनेजस्तो लाग्यो। यसले हामीलाई मेङ्ग रानले जानाजानी लिउ हुआको रक्षा गरिरहेकी थिइन् भनेर अझै बढी विश्वास दिलायो। मेङ्ग रान एक सुपरभाइजर थिइन् र उनले स्पष्ट रूपमा लिउ हुआ एक दुष्ट व्यक्ति भएको देख्न सक्थिन्, तर उनले त्यसबारे केही नगरी उनको बचाउमा ढाल बनेर उभिइन्। त्यति मात्र होइन, मेङ्ग रान आफैँमा विशेष गरी दुर्भावनापूर्ण स्वभावकी थिइन्—उनी सत्यतालाई स्वीकार गर्दिनथिन्, लगातार मण्डलीको काममा अवरोध र बाधा पुर्‍याउँथिन्, र ब्रदर-सिस्टरहरूलाई दमन गर्दै सजाय दिइरहन्थिन्। सिद्धान्तअनुसार, उनी पनि सम्भवतः एक दुष्ट व्यक्ति नै थिइन्। हालको परिस्थितिलाई ध्यानमा राख्दै, मलाई मण्डलीको हितको सुरक्षा गर्न मेङ्ग रान र लिउ हुआका क्रियाकलापहरूको खुलासा गर्दै यो कुरा अगुवालाई जानकारी दिनुपर्छ भन्ने थाहा थियो। तर त्यसपछि मलाई मेङ्ग रान सुपरभाइजर थिइन् भनेर सम्झना भयो—यदि मैले उनका समस्याहरूको प्रतिवेदन दिएँ भने, उनले अरूलाई झैँ मलाई पनि दबाउन सक्थिन्। यी समस्याहरू समाधान हुनुभन्दा पहिले नै म बर्खास्त हुन सक्थेँ। यदि मेङ्ग रानले मलाई मेरो कर्तव्य निर्वाह गर्नबाट रोक्ने बहाना फेला पारिन् भने, म कसरी सत्यताको खोजी गर्दै मुक्ति प्राप्त गर्न सक्छु? यो कुरा बुझेपछि, मैले लामो सास फेरेँ र सोचेँ, “के गर्नु, भनाइ नै छ—‘टाउको निकाल्ने चरा नै पहिला मारिन्छ।’ मैले यो कुरा छोडिदिनुपर्छ। समस्या कम भएकै राम्रो। आफूलाई जोगाउनु नै महत्त्वपूर्ण कुरा हो।” मलाई पछि हटेर सम्झौता गरौँ जस्तो लाग्न थाल्यो, र सत्यता अभ्यास गर्ने आँट ममा थिएन। तर जब मैले लिउ हुआ र मेङ्ग रानद्वारा दबाइएका ब्रदर-सिस्टरहरू र उनीहरू कसरी निरन्तर पीडामा जीवन जिइरहेका छन् भन्ने बारेमा सोचेँ, मलाई दोषी महसुस हुन थाल्यो। म दुविधामा परिरहेँ, कुनै निर्णय गर्न सकिनँ—यदि मैले यो कुरा प्रतिवेदन दिइनँ भने, म मण्डलीको हितको रक्षा गरिरहेको हुने थिइनँ, तर यदि प्रतिवेदन दिएँ भने, मलाई मेरो कर्तव्यबाट हटाइन सक्थ्यो, र त्यसपछि मेरो राम्रो सम्भावना वा राम्रो गन्तव्य हुने थिएन। त्यति बेला मैले मेरो स्थिति ठीक छैन भन्ने बुझेँ—के म कायरजस्तै गरिरहेको थिइँन र? ममा न्यायबोध थिएन, र मैले परमेश्‍वरका अभिप्रायहरूको कुनै ख्याल गरिरहेको थिइनँ। म यस्तो कायर र विवेकहीन हुनु हुँदैनथ्यो, मैले मण्डलीको हितको रक्षा गर्नका लागि अडान लिनैपर्थ्यो। तर जब वास्तवमा लिउ हुआ र मेङ्ग रानका बारेमा रिपोर्ट गर्ने समय आयो, मैले डरपोक र भयभित महसुस गरेँ, त्यसपछि म परमेश्‍वरको सामु आएँ र प्रार्थना गरेँ, उहाँलाई मार्गदर्शन गर्न र आस्था तथा साहस दिन आग्रह गरेँ। त्यसपछि, मैले परमेश्‍वरका वचनको एक खण्ड सम्झेँ: “तिमीहरू परमेश्‍वरको भारलाई बुझ्छौ र मण्डलीको गवाहीको प्रतिरक्षा गर्छौ भनी तिमीहरू सबै भन्छौ, तर तिमीहरूमध्ये कसले परमेश्‍वरको बोझलाई साँच्‍चै बुझेका छौ? आफैलाई सोध्: के तँ उहाँको बोझलाई बुझ्‍ने व्यक्ति होस्? के तैँले उहाँका निम्ति धार्मिकतालाई अभ्यास गर्न सक्छस्? के तँ मेरा लागि खडा भएर बोल्‍न सक्छस्? के तँ दृढताको साथ सत्यतालाई अभ्यास गर्न सक्छस्? के तँ शैतानका सारा कार्यहरूको विरुद्धमा लड्न सक्‍ने जत्तिको साहसी छस्? के तँ आफ्‍ना भावनाहरूलाई पन्छ्याएर मेरो सत्यताको खातिर शैतानको खुलासा गर्न सक्षम छस्? के तँ मेरो इच्छालाई तँमा पूरा हुन दिन सक्छस्? के तैँले सबैभन्दा महत्त्वपूर्ण पलहरूमा आफ्‍नो हृदयलाई समर्पण गरेको छस्? के तँ मेरो इच्छा पछ्याउने व्यक्ति होस्? आफैलाई यी प्रश्‍नहरू सोध्, र तिनीहरूको बारेमा बारम्‍बार सोच्‍ने गर्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १३)। जब मैले परमेश्‍वरका प्रश्नहरूबारे विचार गरेँ, तब आफू निकै निन्दित भए झैँ लाग्यो। म प्रायः अरूलाई हामी परमेश्‍वरको वाचाप्रति विचारशील तथा हामीमा न्यायबोध हुनुपर्छ, र मण्डलीको हितको रक्षा गर्न, सत्यतालाई अभ्यास गर्दै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूको खुलासा गरी तिनीहरूको रिपोर्ट गर्नुपर्छ भन्थेँ। तर जब मेरो आफ्नै हितमा आँच पुग्ने परिस्थिति आयो, म डराएँ र पछि हटेँ। मैले लिउ हुआ एक दुष्ट व्यक्ति हुन् भनेर खुट्याइसकेको थिएँ, तर जब मैले मेङ्ग रानले उनलाई जोगाइरहेको देखँ, म मेङ्ग रानको हैसियत र अख्तियारदेखि डराएँ, र मैले सिद्धान्तहरूमा अडिग रहने आँट गरिनँ। मलाई दमन गरिनेछ, मेरो कर्तव्य खोसिनेछ, र मुक्ति पाउने मेरो अवसर गुम्नेछ भन्ने चिन्ता थियो, त्यसैले म उनको हैसियत र अख्तियारका अगाडि झुकेँ। के म शैतानसँग सम्झौता गरेर त्यसको सामु झुकेको थिइनँ र? मैले आफ्नो कर्तव्यमा मण्डलीको हितको रक्षा गरिरहेको थिइनँ, म केवल आफ्ना सम्भावना र भाग्यकै बारेमा सोचिरहेको थिएँ। यो महत्वपूर्ण क्षणमा, मैले मण्डलीको हितलाई प्राथमिकता दिएको थिइनँ, र दुष्टहरूले मण्डलीको काममा अवरोध पुर्‍याउँदा र ब्रदर-सिस्टरलाई दमन गर्दा, म निकम्मा भएर हेरिरहेको थिएँ। के म आफूलाई खुवाउने हात टोकिरहेको थिइनँ? म कति स्वार्थी र घृणास्पद थिएँ—मेरो विवेक र समझ कहाँ थियो? यो सबै विचार गर्दा, म निकै पछुतो मान्न थालेँ र मलाई मैले एउटा अडान लिएर मण्डलीको हितको रक्षा गर्नुपर्छ भन्ने थाहा भयो। मैले लिउ हुआ र मेङ्ग रानका दुष्ट कर्महरूको रिपोर्ट गर्नु नै पर्थ्यो; मैले उनीहरूलाई मण्डलीमा दुष्टता कार्य जारी राख्न दिनु हुँदैनथ्यो। त्यसपछि, हामीले लिउ हुआ र मेङ्ग रानका बारेमा हाम्रा अगुवालाई रिपोर्ट गर्‍यौँ।

अगुवाले हाम्रो पत्र प्राप्त गरेपछि उनले यथाशिघ्र यो समस्याको समाधान गर्न आउनेछु भनिन्, तर उनी अन्य केही कामहरूमा व्यस्त भएकीले आउन सकिनन्। समय बित्दै जाँदा म अधैर्य भएँ। म असहज महसुस गर्न थालेँ र आफैँलाई प्रश्न गरेँ, “अगुवालाई यहाँ आएर यी समस्याहरू समाधान गर्न किन यति धेरै समय लागिरहेको छ? यदि मेङ्ग रान पहिले अरूसँग यो विषयबारे बुझ्न गइन् र हामीले उनका बारेमा रिपोर्ट गरेको थाहा पाइन् भने, के उनले हामीलाई सजाय देलिन्?” चरम मानसिक यातना महसुस गरिरहेका बेला, मैले अकस्मात् परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झेँ: “वास्तविक जीवनका समस्याहरू सामना गर्ने क्रममा, तैँले परमेश्‍वरको अख्तियार र उहाँको सार्वभौमिकतालाई कसरी जान्‍नु र बुझ्‍नुपर्छ? जब तैँले यी समस्याहरू सामना गर्छस् तर तिनलाई कसरी बुझ्‍ने, सम्हाल्ने, र अनुभव गर्ने भन्‍ने तँलाई थाहा हुँदैन, तब समर्पित हुने तेरो अभिप्रायलाई, समर्पित हुने तेरो इच्‍छालाई, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको तेरो समर्पणको वास्तविकतालाई प्रदर्शित गर्न तैँले कस्तो मनोवृत्ति अपनाउनुपर्छ? पहिले, तैँले प्रतीक्षा गर्न सिक्‍नुपर्छ; त्यसपछि तैँले खोजी गर्न सिक्‍नुपर्छ; र त्यसपछि तैँले समर्पित हुन सिक्‍नुपर्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। परमेश्‍वरका वचनहरूमाथि विचार गर्दा, म लज्जित भएँ। म सोच्थेँ, मैले समस्याको रिपोर्ट गरेपछि यसको तुरुन्तै समाधान हुनेछ, त्यसैले, अगुवाले आउन ढिलाइ गरिरहेपछि म चिन्तित हुन थालेँ। आफ्नै सुरक्षाको मात्र चिन्ता गर्दै, परमेश्‍वरप्रति अलिकति पनि साँचो आस्था नराखी म निरन्तर चिन्तामा जिइ रहेँ। परमेश्‍वरका वचनहरू पढेर मैले के कुरा बुझेँ भने सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धका कारण हुन्छ। हामीले कुनै कुरा अनुभव गर्दा, परमेश्‍वरको सार्वभौमिकतामा आस्था राख्नुपर्छ र पर्खन र समर्पित हुन सिक्नुपर्छ। यो कुरा बुझेपछि, मैले यो विषय परमेश्‍वरलाई सुम्पेर उहाँसँग प्रार्थना गरेँ र उहाँमाथि भर परेँ। मलाई अचम्म लाग्यो, किनभने चाँडै नै, लिउ हुआलाई वास्तविक काम गर्न नसक्ने लगायत धेरै कारणले राजीनामा दिन बाध्य पारियो। त्यसपछि, ब्रदर-सिस्टरहरूले उनको दमनबाट मुक्त भएर आफ्ना कर्तव्यहरू सामान्य रूपमा पूरा गर्न सके। सबै कुरा परमेश्‍वरको हातमा छ, र यो सबै उहाँको सार्वभौमिकता र प्रबन्धको परिणाम हो भन्ने मैले देखेँ, र मेरो आस्था बलियो हुँदै गयो। तर, लिउ हुआले राजीनामा दिए पनि, उनको दुष्ट कार्यलाई अझै वर्गीकृत गरेर सम्हालिएको थिएन, र मेङ्ग रानका समस्याहरू पनि अझै समाधान भएका थिएनन्। मलाई यी समस्याहरू पूर्ण रूपमा समाधान नभएसम्म हामीले यसबारे रिपोर्ट गरिरहनुपर्छ भन्ने थाहा थियो।

केही दिनपछि, हाम्री अगुवा, शिया यु, परिस्थितिको जाँचबुझ गर्न आइन् र हामीले लिउ हुआ र मेङ्ग रानका दुष्कर्मका सम्पूर्ण विवरणहरू उनलाई बतायौँ। तर, जब हामीले मेङ्ग रानको व्यवहारका बारेमा छलफल गर्‍यौँ, शिया युले उनलाई बर्खास्त गर्ने कुरामा सहमत नभएको थाहा पाएर हामी छक्क पर्‍यौँ। उनले मेङ्ग रान निकै सक्षम भएको दाबी गरिन् र के पनि भनिन् भने “तपाईंलाई के लाग्छ, एक सुपरभाइजरलाई प्रशिक्षित गर्नु सजिलो कुरा हो? हामीले मेङ्ग रानलाई प्रशिक्षित गर्न लगभग दुई वर्ष लगाएका थियौँ। यदि हामीले उनलाई केवल तपाईंको अनुरोधमा बर्खास्त गर्‍यौँ भने, उनको प्रतिस्थापन हामीले कहाँबाट पाउने? तपाईंलाई हाम्रो काम सजिलो छ भन्ने लाग्छ?” यो सुनेर, मैले सोचेँ, “तपाईं केवल मेङ्ग रानको बाह्य योग्यताबारे विचार गर्दै हुनुहुन्छ र उनको मानवता र प्रकृति सारलाई ध्यानमा राख्न असफल हुनुहुन्छ। यदि तपाईंले मानिसलाई उनीहरूको सार अनुसार खुट्याउनुहुन्न र सम्हाल्नुहुन्न भने, त्यसमा सिद्धान्तहरू नै कहाँ पो हुन्छन् र?” त्यसपछि, शिया युले आफूले यस विषयमा थप अध्ययन गर्नुपर्ने बताइन् र भेला तुरुन्तै समाप्त भयो। पछि, हामीले मेङ्ग रानसँग थप दुईपटक सङ्गति गर्‍यौँ, तर, उनले यसलाई अस्वीकार मात्र गरिनन् कि, हामीलाई काटछाँट समेत गरिन्। मैले देखेँ मेङ्ग रानले निरन्तर काटछाँट स्वीकार्न इन्कार गरिन्, र उनी सत्यताको विरोध र घृणा गर्दै थिइन्—उनी आफैँलाई दुष्ट व्यक्ति प्रमाणित गर्दै थिइन्। तर, जब हामीले यो परिस्थितिबारे हाम्रा अगुवालाई रिपोर्ट गर्‍यौँ, हामी फेरि उनको प्रतिक्रियाबाट पूर्ण रूपमा चकित भयौँ। शिया युले हामीलाई लिउ हुआले साँच्चिकै केही दुष्कर्म गरेकी थिइन्, तर उनले प्रायश्चित्त गर्न तत्परता देखाइरहेकी छिन् भन्दै पत्र लेखिन्। शिया युले के भनिन् भने लिउ हुआ सारमा दुष्ट व्यक्ति हुन् भन्ने उनलाई लाग्दैन, तर खालि उनको स्वभाव अत्यन्तै भ्रष्ट छ। उनले लिउ हुआलाई पछुताउने अर्को अवसर दिनुपर्छ भनिन्। पत्रमा के पनि उल्लेख गरिएको थियो भने मेङ्ग रानले दुष्ट व्यक्तिका केही व्यवहार देखाए पनि, यी केवल उनको भ्रष्ट स्वभावका प्रकटीकरणहरू थिए। पत्रको अन्त्यमा, शिया युले हामीलाई आत्मचिन्तन गर्न र आफैँलाई बुझ्न, मानिसहरूसँग न्यायपूर्ण तरिकाले व्यवहार गर्न र अरूलाई मद्दत गर्न बढी प्रयास गर्न आग्रह गरिन्। पत्र पढेपछि, म चकित भएँ, र मैले दमित र निराश महसुस गरेँ। यदि शिया युले लिउ हुआ र मेङ्ग रानका बारेमा केही गर्ने सहमत भइनन् भने, उनीहरू मण्डलीमाथि अत्याचार गरिरहन, ब्रदर-सिस्टरलाई दण्डित र दमन गर्न, र मण्डलीको कामलाई अवरोध पुर्‍याउन स्वतन्त्र हुनेछन्। के शिया युले दुष्टहरूको दुष्कर्मलाई समर्थन गरिरहेकी थिइनन्? मैले शिया यु एक अगुवा भएकी कारण, उनी हामीलाई यी दुष्ट व्यक्तिहरूलाई सम्हाल्न र ब्रदर-सिस्टरहरूको रक्षा गर्न सहयोग गर्छिन् भन्ने सोचेँ। मैले उनले यो मुद्दालाई यसरी हेर्नेछिन् भनेर कहिल्यै कल्पना पनि गरेको थिइनँ। लिउ हुआ र मेङ्ग रानका बारेमा केही पनि नगरिएको देख्दा धेरै दुःख लाग्यो, र अब के गर्ने मलाई थाहा भएन। म एक कठिन परिस्थितिमा थिएँ—म यस मामिलामा अब कत्तिपनि संलग्न हुन चाहिनँ, तर मलाई असहज महसुस भयो र मैले माथिल्ला तहमा रिपोर्ट गरिरहनुपर्छ भन्ने लाग्यो। तर कुराहरू झन् जटिल हुँदै गइरहेका थिए; म सुपरभाइजरलाई त ठेस पुर्‍याउन सक्थिनथेँ, अगुवालाई त परै जाओस्। यदि मैले यी समस्याहरूको रिपोर्ट गरिरहेँ भने, के आखिरमा मैले नै परिणामहरू भोग्नुपर्ने हुन्थ्यो? उनीहरूले मेरो जीवनलाई कठिन बनाउने कुरा त मेरो चिन्ताको सबैभन्दा सानो विषय हुने थियो—उनीहरूले मलाई मेरो कर्तव्यबाट वञ्चित गर्न, दबाउन, र निष्कासन गर्न सक्थे। त्यसपछि त मैले कसरी मुक्ति प्राप्त गर्थेँ होला र? मैले यसबारे जति सोचेँ, त्यति नै चिन्ता, डर, दमित र पीडित महसुस गरेँ। मैले मेरो मनस्थिति गलत छ भन्ने बुझेँ र हतारमा परमेश्‍वरलाई प्रार्थना गरेँ, मलाई सत्यता अभ्यास गर्ने मार्गदर्शन दिनुहोस् भन्दै उहाँलाई आग्रह गरेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पाएँ जसमा भनिएको थियो: “अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा सेवकले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको आज्ञापालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पर्दाफास गर्न, विरोध गर्न र फरक राय राख्‍न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा सेवक, वा ख्रीष्टविरोधी भएको खुलासा भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, पर्दाफास गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरबाट चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दमन गर्छन् र दुःख दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, ‘यदि अगुवाले मलाई हटायो भने म सकिन्छु; यदि ऊसले सबैलाई मेरो पर्दाफास गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मैले मण्डली छोडेँ भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई बचाउनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?’ के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई दुःख दिनु र निष्कासित गर्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट हटाइँदा वा निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि हटाउने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तैँले मुक्ति प्राप्त गर्न सक्दैनस् भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग ममेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ। … यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर परमेश्‍वरमा समर्पित हुनुको सट्टा, तैँले परमेश्‍वरका शत्रुहरू—ख्रीष्टविरोधीहरूको अघि हार मान्छस् र तिनीहरूको शरणमा पुग्छस्, अनि यसको नतिजास्वरूप तँलाई यी ख्रीष्टविरोधीहरूले बहकाउँछन् र दुर्व्यवहार गर्छन् भने, तैँले आफैमाथि यस्तो नतिजा ल्याएको हुन्छस्। के तँ यसकै लायक छैनस् र? यदि तँ ख्रीष्टविरोधीलाई तेरो मालिकका रूपमा, तेरो अगुवाका रूपमा, टाउको बिसाउने काँधका रूपमा व्यवहार गर्छस् भने, तैँले शैतानको शरण लिइरहेको छस्, तँ शैतानलाई पछ्याउँदै छस्, यसको मतलब तँ बहकिइस्, र गलत मार्गमा लागिस्, र फर्कनै नसक्ने बाटोमा पाइला टेकिस्। ख्रीष्टविरोधीहरूप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूसँग युद्ध गर्नुपर्छ। यदि तिमीहरूमध्येएक वा दुई जना मात्र छौ र एक्लै ख्रीष्टविरोधीहरूको सामना गर्न धेरै कमजोर छौ भने, तैँले यी ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्न सत्यता बुझेका धेरै व्यक्तिहरूसँग हात मिलाउनुपर्छ, र तिनीहरू ननिक्लेसम्म लडिरहनुपर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्)। परमेश्‍वरका वचनहरूले मेरा गलत दृष्टिकोणको खुलासा गरे। यी दुष्ट मानिसहरूको रिपोर्ट गर्ने विषयमा, म पटक-पटक सिद्धान्तलाई कायम राख्न, सत्यता अभ्यास गर्न, र मण्डलीको हित रक्षा गर्न असफल भएको थिएँ, किनकि म अगुवा र कामदारहरूले मलाई दबाउनेछन्, मलाई कठिनाइ दिनेछन्, वा मलाई निन्दा गर्नेछन् र निकाल्नेछन् पनि, र यसरी मलाई मुक्ति प्राप्त गर्ने अवसरबाट वञ्चित गर्नेछन् भनेर डराएको थिएँ। परिणामस्वरूप, मैले तिनीहरूको कार्यलाई नदेखे झैँ गरेँ, अनि सिद्धान्त कायम राख्न र तिनीहरूबारे रिपोर्ट गर्दै खुलासा गरिरहने साहस गरिनँ। म प्रायः परमेश्‍वरको घरमा सत्यता र ख्रीष्टले कसरी शासन गर्नुहुन्छ भन्ने बारेमा कुरा गर्थेँ, तर वास्तविक परिस्थितिको सामना गर्दा, ममा साँचो ज्ञान र परमेश्‍वरमाथिको आस्थाको कमी थियो, अनि परमेश्‍वरले सम्पूर्ण चीजहरू तथा हाम्रा भाग्यहरूमाथि शासन गर्नुहुन्छ भनेर विश्वास गरिनछु। मैले दुष्ट मानिसहरूको हैसियत र शक्ति अत्यधिक महत्त्वपूर्ण मानेँ, र म तिनीहरूबाट डराएँ। वास्तवमा, झूठा अगुवा, ख्रीष्टविरोधी, र दुष्ट मानिसहरूले जति हैसियत र अख्तियार प्राप्त गरे पनि, तिनीहरूले हाम्रो भाग्यलाई नियन्त्रण गर्न सक्दैनन् वा हामीले मुक्ति प्राप्त गर्ने-नगर्ने निर्णय गर्न सक्दैनन्। तिनीहरू जति क्रूर भए पनि, तिनीहरूले परमेश्‍वरको अख्तियारलाई पार गर्न सक्दैनन्। मलाई दुष्ट मानिसहरूले दबाएर राख्नु र मैले केही समयका लागि आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नुको, अर्थ मैले मुक्ति प्राप्त गर्ने अवसर गुमाउनेछु भन्ने थिएन। परमेश्‍वरले सबै कुराको जाँच गर्नुहुन्छ—त्यसैले, जबसम्म म सत्यता पछ्याउँछु र अभ्यास गर्छु, तबसम्म म अन्ततः परमेश्‍वरमार्फत् मुक्ति प्राप्त गर्न सक्छु। त्यसमाथि, यी दुष्ट व्यक्तिहरूले मण्डलीमा आफ्नो बलियो स्थान बनाउन सक्दैनन् र अन्ततः ती सबैको खुलासा हुनेछ अनि ती हटाइनेछन्। तर मैले एक अगुवाले मेरो भविष्य र भाग्यलाई नियन्त्रण गर्छन्, र उनको भावनामा ठेस पुर्‍याउनेबित्तिकै, मैले आफ्नो कर्तव्यपालन तथा मुक्तिको जुनसुकै मौका गुमाउनेछु भन्ने गलत विश्वास गरेको थिएँ। म कति मूर्ख र भ्रमित रहेछु! ममा परमेश्‍वरप्रतिको साँचो आस्था नै पो कहाँ रहेछ र? त्यो क्षणमा, मैले आफूले यस विषयमा सत्यता अभ्यास गर्न किन सकिनँ, र मेरो समस्याको स्रोत के रहेछ भनेर चिन्तन गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन र प्रकृति बनेका छन्। ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ’ भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। दुनियाँसित व्यवहार गर्ने दर्शनहरूका पनि अन्य शब्दहरू छन्, जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षा दिन्छ, बहकाउँछ, र भ्रष्ट तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमाहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ, किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्। … मानिसहरूका जीवन, आचरण र व्यवहारमा अझै थुप्रै शैतानी विषहरू छन्। उदाहरणको लागि, दुनियाँसित व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, तिनीहरूका काम गर्ने शैलीहरू, र तिनीहरूका नीति-वाणीहरू सबै ठूलो रातो अजिङ्गरका विषहरूद्वारा भरिएका छन्, र यी सबै नै शैतानबाट आउँछन्। यसरी, मानिसहरूको हाड र रगतमा बगिरहेका सबै कुराहरू शैतानका हुन्। शक्ति हातमा भएका ती सबै अधिकारीहरू अनि तालिम र उपलब्धि हासिल गरेका व्यक्तिहरूको सफलताका आफ्नै बाटाहरू र गोप्य रहस्यहरू हुन्छन्। के ती गोप्य रहस्यहरूले तिनीहरूको प्रकृतिको प्रतिनिधित्व गर्दैनन् र? तिनीहरूले संसारमा त्यति ठूला कामहरू गरेका छन् तर कसैले पनि तिनका पछाडिका योजनाहरू र षडयन्त्रहरूलाई देखे-बुझेका हुँदैनन्। यसले तिनीहरूको प्रकृति कति घातक र विषालु छ भनेर देखाउँछ। मानवजातिलाई शैतानले गहन रूपमा भ्रष्ट पारेको छ। शैतानको विष हरेक व्यक्तिको रगतमा बग्छ र यो भन्‍न सकिन्छ कि मानिसहरूको प्रकृति भ्रष्ट, दुष्ट, प्रतिरोधी र परमेश्‍वरविरोधी छ, र शैतानका दर्शन र विषहरूले भरिपूर्ण छ र ती दर्शन र विषहरूमा डुबेको छ। यो पूर्णतया शैतानको प्रकृति सार बनेको छ। यही कारणले गर्दा मानिसहरूले परमेश्‍वरको विरोध गर्छन् र परमेश्‍वरको विरुद्धमा उभिन्छन्। यदि मान्छेको प्रकृतिलाई यसरी चिरफार गर्ने हो भने तिनीहरूले आफूलाई सजिलै चिन्‍न सक्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। परमेश्‍वरका वचनहरूको खुलासामार्फत, मैले सत्यता अभ्यास गर्न नसक्नुको मूल कारण पत्ता लगाएँ: म शैतानद्वारा निकै गहिरो रूपमा भ्रष्ट पारिएको थिएँ। सानै उमेरदेखि, म विद्यालयमा शिक्षित भएँ र समाजद्वारा अनुशासित भएँ, जसले ममा शैतानका धेरै विषहरू भरेका थिए, जस्तो कि: “सबैले आफ्नो दुनो सोझ्याउनु पर्छ” “जति कम झन्झट, उति राम्रो,” “आफूलाई प्रत्यक्ष असर नगर्ने कुरामा किन टाउको दुखाउने,” र “बाठा मानिसहरू आत्म-सुरक्षामा दक्ष हुने हुँदा, केवल गल्ती गर्नबाट जोगिन खोज्छन्।” म यी शैतानी विषहरूका आधारमा जिइरहेका कारण, ममाथि केही आइपर्दा मण्डलीको हितका बारे सोच्नुको सट्टा मैले सधैं आफ्नो हितलाई प्राथमिकता दिन्थेँ र, पहिले आफ्नो सम्भावना र भाग्यबारे विचार गर्थेँ। मैले लिउ हुआ र मेङ्ग रान दुष्ट व्यक्तिहरू हुन्, एवम् तिनीहरूले मण्डलीको कामलाई अवरोध पुर्‍याएका र नोक्सान पुर्‍याएका छन्, साथै ब्रदर-सिस्टरहरूले उनीहरूको दमनका कारण अवर्णनीय कष्ट भोगेका छन् भनेर थाहा पाएको थिएँ, तर मैले आफ्ना स्वार्थहरू बचाउनका लागि त्यो परिस्थितिलाई टार्ने र बेवास्ता गर्ने निर्णय गरेँ। मैले मण्डलीको कामको हिफाजत गरिरहेको थिइनँ। सबै ख्रीष्टविरोधी, दुष्ट व्यक्ति र अविश्वासीहरूलाई मण्डलीबाट निकाल्नु परमेश्‍वरको अभिप्राय हो, ताकि ब्रदर-सिस्टरहरू सामान्य मण्डली जीवन जिउन, सत्यता पछ्याउन, र आफ्नो कर्तव्य निर्वाह गर्न सकून्। तर म डरपोक र अत्यधिक सतर्क थिएँ, र केवल आफ्ना स्वार्थहरू जोगाउनका लागि तिनीहरूले अरूलाई दमन र मण्डलीको काममा अवरोध पुर्‍याइरहेको देखेर पनि, मैले ती दुष्ट व्यक्तिहरूलाई खुलासा गर्न अडान लिने साहस गरिनँ। के म शैतानको पक्षमा उभिइरहेको र यी दुष्ट मानिसहरूले मण्डलीमाथि अत्याचार गर्दा उनीहरूलाई समर्थन गरिरहेको थिइनँ र? के म तिनीहरूको सहयोगी जस्तै थिइनँ र? परमेश्‍वरमाथिको मेरो आस्था र उहाँलाई पछ्याउने काम नाम मात्रको थियो, तर वास्तविकतामा म शैतानको रक्षा गर्दै दुष्ट मानिसहरूको पक्षमा उभिएको थिएँ। महत्वपूर्ण क्षणमा, मैले मण्डलीलाई त्यागेँ र मण्डलीको हितको विचार नगरी मैले केवल आफ्नै बचाउ गरिरहेको थिएँ। मैले म अति कपटी र स्वार्थी भएको रहेछु भन्ने बुझेँ। परमेश्‍वरको राज्यले इमानदार र न्यायबोध भएकाहरूलाई चाहन्छ। छली, स्वार्थी मानिसहरू, जसले केवल आफ्नो स्वार्थको रक्षा गर्छन्, तिनीहरू शैतानका हुन् र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुने छैन।

त्यसपछि, मैले परमेश्‍वरका निम्नलिखित वचनहरू पाएँ: “ख्रीष्टविरोधीहरूमा अत्यन्तै क्रूर स्वभाव हुन्छ। यदि तैँले तिनीहरूलाई काटछाँट वा खुलासा गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँमाथि विषालु सर्पहरूले जस्तै दाँत गाड्‍नेछन्। तैँले जति नै धेरै प्रयास गरे नि तिनीहरूलाई लतारेर वा झट्काएर फ्याँक्‍न सक्‍नेछैनस्। त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, के तिमीहरू डराउँछौ? कति मानिसहरू त डराउँछन् र यसो भन्छन्, ‘म तिनीहरूलाई काटछाँट गर्ने दुस्साहस गर्दिनँ। तिनीहरू अत्यन्तै आक्रामक छन्, विषालु सर्पहरूजस्ता छन्, र तिनीहरूले मलाई बेह्रे भने, म खत्तमै हुनेछु।’ तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू अत्यन्तै सानो कदका मानिसहरू हुन्, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाहीहरू होइनन्, र तिनीहरूले परमेश्‍वरको गवाही दिन सक्दैनन्। त्यसैले, जब तिमीहरूले त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्छौ, तब तिमीहरूले के गर्नुपर्छ? यदि तिनीहरूले तँलाई धम्की दिए वा तेरो ज्यान लिने प्रयास गरे भने, के तँ डराउनेछस्? त्यस्ता परिस्थितिहरूमा, तँ तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूसँग एक हुनुपर्छ र ती ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट नहटाइन्जेल तिमीहरू खडा हुनुपर्छ, र अनुसन्धान गर्नुपर्छ, प्रमाणहरू जुटाउनुपर्छ, र तिनीहरूलाई खुलासा गर्नुपर्छ। पूरैसित समस्या समाधान गर्नु भनेको यही हो। … परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरको आज्ञालाई सधैँ ध्यानमा राख्‍नुपर्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाउनु शैतानविरुद्धको युद्धको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो। यो लडाइँ जितियो भने, यो विजेताको गवाही बन्‍नेछ। यो शैतान र दियाबलसहरू विरुद्ध लडिने युद्ध परमेश्‍वरका चुनिएका मानिसहरूमा हुनुपर्ने अनुभवात्मक गवाही हो। यो विजेताहरूमा हुनैपर्ने सत्यता वास्तविकता हो। तैँले गवाही दिन र मण्डलीको काम रक्षा गर्न सक् भन्‍ने उद्देश्यले परमेश्‍वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्‍कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्‍न सकिन्छ। तँ परमेश्‍वरका चुनिएका मानिसहरू मध्येको एक होस्, परमेश्‍वरको एक अनुयायी होस्। तैँले चुनौतीहरूको डर मान्नु हुँदैन; तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। विजेता बन्‍नु भनेको यही हो। यदि दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बदला लेलान् भन्‍ने डरले तँलाई चुनौतीहरूदेखि डर लाग्छ र तैँले सम्झौता गर्छस् भने, तँ परमेश्‍वरको अनुयायी होइनस्, र तँ परमेश्‍वरका चुनिएका मानिसहरू मध्येको एक होइनस्। तँ केही न कामको छस्, र तँ सेवाकर्ताहरूभन्दा पनि नीच छस्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग आठ))। परमेश्‍वरका वचनहरूले ममा आस्था र शक्ति भरिदिए। मैले शैतानका अन्धकार शक्तिहरूसँग डराउन बन्द गर्नुपर्थ्यो, मैले आफैँलाई बचाउन र निकम्मा हुन बन्द गर्नुपर्थ्यो। म मण्डलीका दुष्ट व्यक्तिहरूलाई खुलासा गर्नका लागि खडा हुनुपर्थ्यो र मण्डलीका हितहरूको सुरक्षा गर्नुपर्थ्यो—त्यो मेरो कर्तव्य र जिम्मेवारी थियो। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको एक मार्ग पनि देखाए: एक जना व्यक्तिको मात्र शक्ति पो सीमित हुन्छ, तर म न्यायबोध भएका अन्य ब्रदर-सिस्टरहरूसँग मिलेर ती दुष्ट व्यक्तिहरूको रिपोर्ट गर्न र खुलासा गर्न सक्थेँ, र यसरी हाम्रो मण्डली जीवनको सुरक्षा गर्न, ब्रदर-सिस्टरहरूलाई शैतानका शक्तिहरूद्वारा विचलित हुनबाट रोक्न, र दुष्ट मानिसहरूलाई उचित तरिकाले सम्बोधन गरिएको छ भनी सुनिश्चित गर्न सक्थेँ। मलाई दबाएर सजाय दिइएको भए पनि, म शैतानको शक्तिका अगाडि झुक्ने थिइनँ। त्यसपछि, म शैतानको अँध्यारो प्रभावबाट बन्धित हुन छोडेँ, र मैले आफ्नो भविष्य र भाग्यका बारेमा सोच्न बन्द गरेँ। मैले अन्य ब्रदर-सिस्टरहरूसँग मिलेर मेङ्ग रानका समस्याहरूबारे अर्का अगुवालाई रिपोर्ट गरेँ। परिस्थितिलाई छानबिन गरेपछि, अगुवाले मेङ्ग रानलाई बर्खास्त गरे। मेङ्ग रान अन्ततः बर्खास्त भएको देख्दा म अत्यन्त खुसी भएँ र परमेश्‍वरप्रति कृतज्ञताले भरिएँ। त्यसपछि, हामीले अगुवालाई लियु हुआ र मेङ्ग रानका सबै दुष्कर्महरूको मूल्याङ्कन गर्न मद्दत गर्‍यौँ। उनीहरू दुवै पछि दुष्ट मानिसका रूपमा वर्गीकृत भए र निकालिए, जबकि शिया यूले वास्तविक काम गर्न नसकेकाले, र मण्डलीमा दुष्ट व्यक्तिहरूलाई उग्र भएर आफ्नो मनमानी गर्न दिएकाले उनलाई झूटा अगुवा भएको कारण बर्खास्त गरियो। ती दुष्ट मानिसहरूको अवरोधबाट मुक्त भएर, हाम्रो मण्डली जीवनमा शान्तिपूर्ण आनन्द फर्कियो, र ब्रदर-सिस्टरहरूले सामान्य रूपमा आफ्ना कर्तव्य निर्वाह गर्न सके। त्यसपछि चाँडै, मण्डलीका सबै परियोजनाहरूले नतिजा दिन सुरू गरे।

यस अनुभवबाट, मैले देखेँ सबै कुरा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धमा हुन्छ, र मैले परमेश्‍वरका धार्मिकताको गवाही पनि पाएँ। शैतानका दुष्ट शक्तिहरूले परमेश्‍वरका घरमा मजबुत स्थान हासिल गर्न सक्दैनन्—खुलासा गरिनुपर्नेहरू सबै अन्ततः खुलासा गरिन्छन् र हटाइन्छन्। हामीले लिउ हुआको रिपोर्ट गर्दा र खुलासा गर्दा मेङ्ग रानले हामीलाई कसरी अवरोध पुर्‍याइन्, र कसरी शिया यूले हामीलाई मेङ्ग रानविरुद्धको रिपोर्ट रोक्ने प्रयास गरिन् भन्ने कुरालाई फर्केर हेर्दा—त्यतिबेला परमेश्‍वरले किन त्यसो हुन दिनुभयो भनेर मैले बुझेको थिइनँ, तर अब म बुझ्दैछु लिउ हुआमार्फत, परमेश्‍वरले भित्र लुकेको एक दुष्ट व्यक्ति, र एक झूटो अगुवालाई एकपछि अर्को गर्दै खुलासा गर्नुभयो। यसबाट मैले खुट्याउने क्षमता पाएँ र महत्वपूर्ण पाठहरू सिकेँ। परमेश्‍वर साँच्चिकै बुद्धिमान हुनुहुन्छ! उनीहरूबारे रिपोर्ट गर्ने प्रक्रिया धेरै उतार-चढावयुक्त थियो, परमेश्‍वरका वचनहरूले मलाई हरेक कदममा मार्गदर्शन गरे, र परमेश्‍वरको बुद्धि र सर्वशक्तिमानताको ज्ञानले मलाई भरे। मैले देखेँ सत्यता र धार्मिकताले परमेश्‍वरको घरमा वास्तवमै शासन गर्छ। यस कुराले मलाई परमेश्‍वरमा अझ गहिरो आस्था दिलायो र आफ्नो स्वार्थी र छली प्रकृति बुझ्न मलाई मद्दत गर्‍यो। मैले यी कुनै पनि कुरा आरामदायक वातावरणमा कहिल्यै सिक्न सक्ने थिइनँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो: ३७. सत्यता अभ्यास गर्न मलाई केले रोक्यो

अर्को: ३९. ७५ दिनको हिरासत

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

२०. सत्यतालाई अभ्यास गर्नु नै सामञ्जस्यतापूर्ण समन्वयको कुञ्जी हो

डोङ्गफेङ्ग, अमेरिकाअगस्त २०१८ मा, मेरो काम ब्रदर वाङसित फिल्मसम्बन्धी सरसामग्री बनाउनु थियो। पहिले त, मैले नजानेको कति धेरै कुरा छ भनी मैले...

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

७१. प्रदर्शन गरेर भएको हानि

रुओयु, स्पेनकेही वर्ष पहिले, म उस्तै उमेरका केही दाजुभाइ-दिदीबहिनीहरूसँग मलजल गर्ने कर्तव्यमा लागेकी थिएँ। तिनीहरू अत्यन्तै उत्साहित र...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्