३६. पुस्तक पुर्याउँदा भोगेको यातना
सन् २०१५ को हिउँदको एक राती अबेर म परमेश्वरका वचनहरूका केही पुस्तकहरू पुर्याउन सवारी चलाइरहेको थिएँ। पहाडको सडकको घुम्तीमा, पुलिसले एक किलो मिटर अगाडि सवारी जाँच गरिरहेको र तिनीहरूका छेउमा तीन वटा पुलिसका कारहरू रहेको देखेँ। मेरो मुटुको धड्कन रोकियो: “अहो! ट्रकमा सयभन्दा बढी पुस्तक छन्। पुलिसले भेटे भने, बरबाद हुन्छ त।” तर राती हेडलाइट स्पष्ट देखिने भएकोले, म रोकिएर त्यहीँबाट फर्किँदा, पुलिस पक्कै पनि मलाई जाँच्न आउने थिए। त्यो बेला हिउँ पनि परिरहेको थियो; पहाडको बाटो चिप्लो थियो, र बाटो साँघुरो भएकोले गाडी फर्काउन पनि कठिन हुन्थ्यो—मसँग अघि बढ्नेबाहेक अरू कुनै विकल्प थिएन। निकै नर्भस हुँदै, मैले तुरुन्तै परमेश्वरसँग प्रार्थना गरेँ, र उहाँलाई मेरो हृदय रक्षा गर्न र मलाई शान्त हुन मदत गर्न अनुरोध गरेँ। मलाई अचानक मेरो फोनमा केही ब्रदर-सिस्टरहरूका फोन नम्बरहरू छन् भन्ने याद आयो, त्यसकारण मैले गाडीको गति कम गरेर तुरुन्तै मेरो सेलफोन र सिम कार्ड नष्ट गरेँ, र झ्यालबाट फ्याँकेँ। पुलिस भएको ठाउँमा पुगेपछि, एक जनाले ट्रकमा के छ भनी सोधे। मैले भनेँ, “आलु।” ठीक त्यही बेला दुई जना पुलिस आएर ट्रकको पछाडि चढे। पछाडि हेर्ने ऐनाबाट हेर्दा, मैले तिनीहरूले एकपछि अर्को आलुको झोला उचालेको, तीमुनि लुकाइका बाकसहरू पत्ता लगाएको, र त्यहाँबाट धेरै पुस्तकहरू निकालेको देखेँ। मेरो दिमाग घुम्न थाल्यो, र मैले सोचेँ, “ल, खत्तम भो। यसपटक म पक्राउ परेँ। परमेश्वरको वचनका यी पुस्तकहरू अत्यन्तै महत्त्वपूर्ण छन्, सत्यतासम्बन्धी हाम्रो खोजीको लागि औधी मूल्यवान् छन्। चाहे मेरो ज्यान नै किन नजाओस्, मैले यी पुस्तक जोगाउनुपर्छ—पुलिसको हातमा पर्न दिनु हुँदैन।” त्यसकारण मैले कारलाई गेयरमा लगाएर त्यहाँबाट निस्कन गाडी तयार गरेँ। तर हिउँले सडक चिप्लो भएकोले, चक्का चिप्लियो र गाडी अड्कियो। त्यसपछि, एक पुलिसले कारबाट केही सामान निकालेर हाने र मेरो विन्डसिल्ड फुटाए। ट्रकको दुबैतिर उभिरहेका दुई पुलिसहरूले ढोका तानेर दुबै झ्यालहरू फुटाए, ढोका खोले, र मेरो टाउको र शरीरभरि बहुलाले जस्तै लट्ठीले हिर्काउन थाले र मलाई सवारीबाट बाहिर निकाल्ने प्रयास गरे। एक जना भित्र पसेर मलाई लात्तले हानेर भुइँमा लडाए, हतकडीले दुबै हात खुट्टामा बाँधे, र मलाई नराम्ररी कुटे। यो हिउँदको महिना भएकोले, पुलिसहरू सबैले निकै कडा, बाक्लो बुट लगाएका थिए। तिनीहरूले मलाई लात्तले हान्दा, मेरो मासु चुँडाएर निकालिएजस्तो लाग्यो। त्यसपछि तिनीहरूले मलाई पुलिसको कारमा कोचे र मेरो हातखुट्टा अझै पनि हतकडीले बाँधिएको थियो, त्यसपछि तिनीहरूले मलाई मेरो शिर भुइँतिर पर्ने गरी अगाडि र पछाडिको सिटहरूको बीच भागमा राखे। मलाई मेरो घाँटी नै भाँचिन लागेजस्तो लाग्यो—मलाई यति पीडा भइरहेको थियो कि मेरो पुरै शरीर पसिनाले भिज्यो।
मलाई भित्रभित्रै कोलाहल भइरहेको थियो। मलाई पुलिसले कस्तो यातना दिने हो, थाहै थिएन। तिनीहरूले मलाई कुटेर मार्ने हो कि अपाङ्ग बनाउने हो? कतै तिनीहरूले मलाई जेल सजाय पो दिने हुन् कि? के मैले मेरो परिवारलाई फेरि कहिल्यै भेट्न त पाउनेछु? मैले यसबारेमा जति विचार गरेँ मलाई त्यति नै डर लाग्यो। यो सब कुरा सोचिरहेको बेला, मलाई अचानक के महसुस भयो भने, यस्तो दमन र कठिनाइ सामना गर्दा, मैले परमेश्वरलाई सन्तुष्ट पार्न कसरी आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुने भनेर सोचिरहेको छैन, केवल आफ्नै देह र सुरक्षाबारे मात्रै सोचिरहेको छु। मैले तुरुन्तै प्रार्थना गरेँ: “हे परमेश्वर, मलाई कुटपिट गरिएला र जेल पठाइएला भन्ने डर लागेको छ। बिन्ती छ मलाई विश्वास दिनुहोस्। म तपाईंप्रतिको गवाहीमा दह्रिलो गरी खडा हुन चाहन्छु।” प्रार्थना गरेपछि मलाई परमेश्वरका वचनहरूको एउटा भजन याद आयो।
जाँचहरूले विश्वास माग गर्छन्
१ जाँचहरू भोग्दा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर समग्रमा, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि जसरी अय्यूबले परमेश्वरलाई इन्कार गरेनन्, तैँले पनि गर्नु हुँदैन। …
२ … मानिसहरूको आस्था त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो आस्था त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले दह्रिलो अडान लिनुपर्छ र आफ्नो गवाहीमा बलियोगरी उभिनुपर्छ भन्ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुगे परमेश्वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तँ भित्रको आस्थाले मात्र तैँले परमेश्वरलाई देख्न सक्छस्, अनि जब तँमा आस्था हुन्छ परमेश्वरले तँलाई सिद्ध बनाउनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधन भएर जानैपर्छ
त्यसपछि मैले म अय्यूबको उदाहरण पछ्याउँदै सबै कुरा परमेश्वरको हातमा छोड्छु भनेर सोचेँ। म पुलिसको पकडमा परेको भए पनि, परमेश्वरको अनुमतिविना, तिनीहरूले मेरो ज्यान लिन सक्दैनथे। मैले परमेश्वरमा विश्वास गर्नुपर्थ्यो, र मेरो कष्ट जति नै धेरै भए पनि र म मर्नु नै परे पनि, मैले परमेश्वरको गवाहीमा दह्रिलो गरी खडा भएर शैतानलाई लज्जित पार्नुपर्थ्यो।
तिनीहरूले मलाई प्रहरी चौकीमा लगे, जहाँ दुई पुलिसहरूले मलाई मेरो एकएक खुट्टाबाट तान्दै घिस्याएर लगे। मेरो डाढ पुरै भुइँमा थियो र मेरो सम्पूर्ण शरीरको बोझ हतकडीमा परेको थियो जसले गर्दा हतकडी मेरो नाडी र गोलीगाँठोमा भास्सिँदै थियो। मलाई त मेरा नाडीहरू बल परेर चुँडिन लागेजस्तो लाग्यो। तिनीहरूले मलाई एउटा कोठामा घिस्याएर लगे र मलाई बोरा फालेझैँ एक कुनामा फालिदिए। मेरो शरीरको हरेक भागमा पीडा भइरहेको थियो, सास फेर्न पनि सङ्घर्ष गरिरहेको थियो। केही समयपछि दुई पुलिसहरू आए र मेरो टाउकोमा जथाभाबी लात्तले हान्ने र मलाई कुल्चिने गर्न थाले, र एउटाले जङ्गिँदै भन्यो, “तैँले आफूलाई को सम्झेर धर्मको पुस्तक ओसारपसार गर्ने आँट गरिस्? तँलाई म कुटेरै मार्दिन्छु!” त्यसपछिका घण्टाहरूमा, पुलिसहरू आउँदै जाँदै गरिरहे र मलाई मनपरी गाली गर्दै मुड्की र लात हानिरहे। प्रहरीको बुट बाक्लो भएकोले, हरेक प्रहार निकै पीडादायी हुन्थ्यो। मेरो हातखुट्टा हतकडीले बाँधिएका हुनाले, मसित तीबाट जोगिने कुनै उपाय हुँदैनथ्यो—मैले चुपचाप सहनुपर्थ्यो। मलाई बाइबलको यो कुरा याद आयो: “तैँले यी आखिरी दिनहरू हुन् भन्ने कुरालाई जान्नुपर्छ। गर्जने सिंहजस्तै दियाबलसहरू र शैतान मानिसहरूलाई निल्नको लागि खोजी गर्दै यता-उता घुम्छ र ढुक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २८)। चिनियाँ संविधानले स्पष्ट रूपमै धार्मिक स्वतन्त्रता प्रदान गरेको छ, र मैले परमेश्वरको वचनका पुस्तकहरू पुर्याउने काम मात्रै गरिरहेको थिएँ। मैले कुनै नियम उल्लङ्घन गरेको थिइनँ, तर पुलिसले मलाई पक्रेर कुटपिट गर्दै ज्यान मार्ने धम्की दिइरहेका थिए। कम्युनिस्ट पार्टी साँच्चै नै परमेश्वरको विरोध गर्ने दुष्ट भूत हो! मैले यहूदा बनी परमेश्वरलाई धोका दिऊँ भनेर तिनीहरूले त्यसरी मलाई कुटिरहेका थिए—म शैतानको चलाकीमा पर्नु हुँदैनथ्यो। मैले जति नै कष्ट भोगे पनि, मैले परमेश्वरमा भरोसा गर्नुपर्थ्यो, परमेश्वरप्रतिको गवाहीमा दह्रिलो गरी खडा भएर, शैतानलाई लज्जित पार्नुपर्थ्यो।
मलाई यति कुटपिट गरिएको थियो कि म प्रायजसो अधमरो स्थितिमा हुन्थेँ। पुलिसले मेरो हतकडी कहिले खोलिदियो मलाई थाहै भएन, तर होस आउँदा मेरो देब्रे हात र देब्रे खुट्टा, अनि दाहिने हात र दाहिने खुट्टा सँगै बाँधिएको थियो। मेरो घाँटीबाट बाँधेर मेरो फिलामा धेरैपटक दोहोर्याएर अर्को डोरी पनि बाँधिएको थियो। तिनीहरूले मलाई गाँठोजस्तै डल्लो बनाई बाँधेर कुनामा राखेका थिए। मेरो पूरै शरीर दुखिरहेको थियो, मलाई सास फेर्न गाह्रो भइरहेको थियो, र मेरो टाउको सुन्निएर साह्रै दुखिरहेको थियो। पुलिसहरूले अझै पनि मलाई कुनै दयामाया नगरी आउँदै कुटिरहेका थिए। कहिलेकहीँ दुई जना विपरीत दिशामा उभिएर फुटबललाई जस्तै पालैपालो लात्तले हान्थे। मेरो होस थिएन। तिनीहरूले हल्का रूपमा कुट्दा त मलाई थाहै हुँदैनथ्यो। तिनीहरूले साह्रो हिर्काउँदा वा पहिले नै घाउ भएको ठाउँमा हर्काउँदा, मलाई अलिकति सिरिङ्ग हुन्थ्यो, अर्थात् शरीरमा करेन्ट बगेजस्तो हुन्थ्यो। घरीघरी होस आउँदा, मेरो पूरै शरीरको हरेक भागमा पीडा भइरहेको महसुस हुन्थ्यो। बरफजस्तो चिसो भुँइमा, तिर्खाउँदै र भोकै अनि पूरै जिउ दुखेर पस्रिरहेको बेला, पुलिसले यो अटुट कुटपिटको अन्त्य कहिले गर्ला भनेर सोचिरहन्थेँ। यस्तो कष्टभन्दा त मृत्यु नै असल हुन्छ जस्तो लाग्थ्यो, किनभने कम्तीमा मैले पीडा त भोग्नु पर्दैनथ्यो। मेरो अर्धहोसे र अन्योल अवस्थामा, “ख्रीख्रीष्टलाई पछ्याउनु परमेश्वरद्वारा नियोजित छ” नामक भजन स्पष्टसित मेरो मनमा आयो: “हामीले ख्रीष्टलाई पछ्याउनुपर्छ र परीक्षा र सङ्कष्टहरूबाट गुज्रनुपर्छ भनी परमेश्वरले नियोजन गर्नुभएको छ। यदि हामी परमेश्वरलाई साँच्चै प्रेम गर्छौँ भने, हामी उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। परीक्षा र सङ्कष्टहरूबाट गुज्रनु भनेको परमेश्वरबाट आशिषित हुनु हो, अनि परमेश्वर भन्नुहुन्छ, हामी हिँड्ने बाटो जति धेरै कठिन हुन्छ, त्यसले हाम्रो आस्था र प्रेमलाई त्यति नै बढी देखाउन सक्छ। आज हामी यो बाटोमा हिँड्न सक्षम हुनु परमेश्वरद्वारा पूर्वनियोजित थियो। आखिरी दिनहरूका ख्रीष्टलाई पछ्याउनु नै सबैभन्दा ठूलो आशिष् हो।” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। त्यो सही हो। हामीले यो जीवनमा कति वटा मार्ग हिँड्नुपर्छ र कति धेरै पीडा सहनुपर्छ यो सब परमेश्वरले नै पूर्वनिर्धारित गर्नुभएको हुन्छ—यसबाट कोही पनि उम्कन सक्दैन। यस्तो दमन र कठिनाइ सामना गर्नु बाहिरबाट नराम्रो देखिए पनि, वास्तवमा, यो मेरो जीवनवृद्धिको लागि फाइदाजनक थियो र यसले मेरो विश्वास सिद्ध पार्न सहयोग गर्न सक्थ्यो। म पहिले पनि धेरै वटा खतरनाक परिस्थितिहरूबाट गुज्रेको थिएँ, त्यसकारण मैले ममा कद र विश्वास पहिल्यै आइसकेको छ, र परमेश्वरको लागि म कष्ट भोग्न र आफूलाई अर्पित गर्न सक्ने भएको छु भन्ने सोचेको थिएँ। तर पुलिसको क्रूर यातना सामना गर्दा, मलाई कुटेर मारिन्छ वा कुँजो बनाइन्छ, र मलाई जेल सजाय हुन्छ भन्ने डर लाग्यो। मैले आफ्नै देहगत हितहरू र आफ्नै सुरक्षाबारे मात्रै विचार गरेँ। जब अत्यन्तै पीडा भयो, मैले मृत्युको सहारा लिएर यसबाट उम्कनेसमेत चाहना गरेँ। यस बिन्दुमा मलाई महसुस भयो कि मेरो विश्वास त दयनीय स्तरको पो रहेछ, र ममा साँचो कदको कमी अनि परमेश्वरप्रतिको प्रेमको अझै धेरै कमी रहेछ। यो कठिनाइ र दमनले मलाई ठूलो रातो अजिङ्गरको दुष्ट र क्रूर पैशाचिक प्रकृति अझै स्पष्ट रूपमा देख्न सहयोग गर्यो। विदेशीहरूका अघि कम्युनिस्ट पार्टीले गर्वसाथ धार्मिक स्वतन्त्रता दिइएको कुरा गर्छ, तर वास्तवमा यसले विश्वासीहरूलाई उन्माद रूपमा पक्राउ गर्छ र सताउँछ, र तिनीहरूलाई शत्रुजस्तो व्यवहार गर्छ। हामी सबैलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, त्यसकारण परमेश्वरलाई विश्वास र आराधना गर्नु सही र स्वाभाविक कुरा हो, तैपनि ती पुलिसहरूले विश्वासीहरूलाई पक्राउ गर्छन् र हामीलाई मृत्युको मुखमा पुर्याउँछन्। कम्युनिस्ट पार्टी साँच्चै नै परमेश्वरको विरोध गर्ने दुष्ट भूत हो! मैले कम्युनिस्ट पार्टीको सारबारे अझै स्पष्ट रूपमा थाहा पाएँ। मलाई परमेश्वरले भन्नुभएको यो कुरा याद आयो: “अनुग्रहको युगमा भन्दा हजारौँ गुणा बढी साहस गरेर परमेश्वर आफ्नो सारा वास्ता र फिक्री समर्पित गर्दै, विपन्न मानिसहरूको यो समूह, गोबरको थुप्रोमा फसेका मानिसहरूको यो समूहलाई छुटकारा दिने आफ्नो काम गर्नको लागि ठूलो रातो अजिङ्गर बास गर्ने भूमिमा आउनुभयो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (४))। मैले यो कुरा पहिले पनि पढेको थिएँ, तर मैले यसलाई व्यावहारिक रूपमा बुझेको थिइनँ। यो पक्राउपछि मात्रै मैले मानिसको मुक्तिको लागि परमेश्वरले चीनमा काम गर्नु कति विघ्न गाह्रो थियो भनेर व्यक्तिगत रूपमा बुझेँ। परमेश्वरलाई पछ्याउने र आफ्नो कर्तव्य निभाउने विश्वासी मात्र हुँदा त, कम्युनिस्ट पार्टीले मलाई यस्तो निर्दयी दुर्व्यवहार गरेको थियो—देहधारी परमेश्वरको विरुद्धमा त झन् पिशाचहरूको यो समूह कति हदसम्म जान्छ होला? तर यस्तो खतरनाक वातावरणमा पनि, परमेश्वरले सत्यता व्यक्त गर्ने कार्यलाई जारी राख्नुहुन्छ, र मानवजातिको मुक्तिको लागि सक्दो गर्नुहुन्छ। हामीप्रतिको उहाँको प्रेम कति महान् छ! परमेश्वरको प्रेमबारे सोच्दा म भावुक भएँ र ममा उत्साह जाग्यो। मैले मनमनै सङ्कल्प गरेँ, मलाई ठूलो रातो अजिङ्गरले यातना दिन जुनसुकै युक्ति प्रयोग गरे पनि, म परमेश्वरमा भरोसा गर्नेछु र दह्रिलो रूपमा खडा हुनेछु; यदि कुनै दिन जिउँदै निस्कन पाएँ भने, म परमेश्वरलाई नै पछ्याइरहनेछु र उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नेछु। परमेश्वरका वचनहरूले दिएको विश्वास र शक्तिको कारण म निकै शान्त भएँ। म काबुबाहिर गई कल्पना गर्न छोडेँ, र शारीरिक रूपमा मैले कष्ट भोगिरहेको भए पनि, मेरो मनमा शन्ति थियो।
केही समयपछि—तर कति पछि थाहै भएन—एउटा पुलिस आएर म जिउँदै छु कि छैन भनी हेर्न दुईपटक लात्तले हान्यो। म अझै पनि बाँधिएको र कुनामा कोचिएको थिएँ, र मैले आफ्नो शिरसमेत उठाउन सक्दिनथेँ। मैले उसको खुट्टा मात्रै देख्न सक्थेँ। त्यो पुलिसले मलाई सोध्यो, “तैँले कस्तो पुस्तक बोकिरहेको थिइस्, तँलाई थाहा थियो?” मैले भनेँ, “थाहा थियो।” त्यसपछि उसले भन्यो, “तँ विश्वासी होस्?” मैले भनेँ, “हो।” त्यसपछि उसले मलाई ती पुस्तक कहाँबाट आएका हुन्, मैले कहाँ लगिरहेको थिएँ, म अरूलाई कसरी सम्पर्क गर्छु, मैले कतिपटक पुस्तक ओसारेको छु, आदि इत्यादि कुराहरू बारम्बार सोधिरह्यो। मैले केही बोल्न नमानेको देख्दा, उसले नजिक आएर मलाई एक-दुईपटक लात्तले हिर्कायो र भन्यो, “तँ बोलेकै राम्रो! हामीलाई सबै कुरा बता त्यसपछि तँलाई जान दिनेछौँ—तेरो कुटाइ हुनेछैन!” त्यसपछिका केही दिनसम्म, तिनीहरूले निरन्तर ती प्रश्नहरूद्वारा केरकार गरिरहे, र तिनीहरूले कुनै उत्तर नपाउँदा, मलाई बारम्बार कुटपिट गरे। मलाई याद छ, एकपटक तिनीहरूले मलाई सोधपुछ गरिरहेका बेला, तिनीहरू कस्ता देखिन्छन् भनेर हेर्न मैले शिर उठाएँ। फलस्वरूप, एउटा पुलिसले मलाई अनुहारमा मुक्काले हान्यो, त्यसपछि टेबलमा राखिएको लौरो उठायो र मेरो घाँटीमा हिर्कायो। म त्यहीँ बेहोस भएँ। म त्यहाँ हुँदा कतिपटक बेहोस भएँ मलाई थाहा छैन। तिनीहरूले मलाई कुट्ने मात्र गरेनन्, मलाई शौचालय जान नदिएर अपमानित पनि गरे। एकपटक मैले तिनीहरूलाई शौचालय जान दिन अनुरोध गरेँ, तर यसको सट्टा मलाई ड्याम् कि ड्याम् मुक्का मात्रै हानियो। एउटा अफिसरले घृणाको शैलीमा भन्यो, “आफ्नै पाइन्टमा हग्! आफ्नै पाइन्टमा मुत्!” त्यसपछि ऊ गयो। मसँग रोक्नेबाहेक कुनै विकल्प थिएन। मेरो पेट सुन्निएको र दुखिरहेको थियो, अनि पछि यो छोएको पनि थाहा नपाउने अवस्थामा पुग्यो। मैले कहिले पिसाबमाथि नियन्त्रण गुमाएँ थाहै भएन—मलाई शरीरको तल्लो भाग भिजेर बरफजस्तै चिसो भएको मात्रै थाहा भयो। यो अत्यन्तै अपमानजनक र औधी लाजमर्दो अवस्था थियो।
तिनीहरूले मलाई लगेपछि खानको लागि केही पनि दिएनन्। सुरुमा त मलाई साह्रै भोक लागेको थियो, तर पछि मलाई खाने मन भएन—मलाई पीडा र असहजता मात्रै अनुभव भयो। मेरो आँखा यति सुन्नियो कि खोल्नै नहुने भयो, तर मलाई कसैले मेरो मुख खोलेर चिसो पानी खन्याइरहेको थाहा भयो। सुरुमा त मलाई तिर्खा लागेको थियो, तर केही समयपछि मैले पानी निल्नै सकिनँ, त्यसकारण तिनीहरूले मेरो मुखमा जबरजस्ती पानी हालिरहेका थिए। ममा कुनै बल थिएन र मैले जबरजस्ती आँखा खोल्न खोज्दा मैले एउटा पुलिसलाई अलिअलि देखेँ। उसले मलाई छातीमा मुक्काले हान्यो र जङ्गिँदै भन्यो, “बोल्छस् कि बोल्दैनस्?” मैले भनेँ, “मैले भन्नुपर्ने सबै कुरा तपाईंलाई भनिसकेँ। मैले अरू के भन्नु छ र?” त्यसपछि उसले मलाई कस्सेर मुक्का र लात हान्न थाल्यो। मलाई मेरो जीउका मासुहरू लुछिएर निस्किरहेजस्तो लाग्यो। मलाई दश-बाह्रपटक हानेपछि, उसले मलाई छातीमा लात हान्यो—मलाई कसैले मेरो मुटु नै अँठ्याएजस्तो लाग्यो, र यति दुख्यो कि मैले सास फेर्नै सकिनँ। त्यसपछि उसले मेरो कलरमा समातेर कुनामा चेप्ट्यायो, र मलाई मेरो टाउको, छाती, र पेटमा कस्सेर हानिरह्यो। उसले कतिपटक वा कति लामो समयसम्म हान्यो थाहै भएन। समय साह्रै ढिलो बितिरहेको छ जस्तो मात्रै लाग्यो। म घरीघरी बेहोस भइरहँदा ऊ रिसले झन्झन् पागल हुन्थ्यो, र अन्त्यमा मलाई दुखेको थाहा हुनै छोड्यो। मलाई पेटबाट केही आएजस्तो महसुस भयो र अन्तिममा थाम्न नसकेर बान्ता गर्न थालेँ। पुलिसले यसो भनेको मैले अलिअलि सुनेँ, “कोही झट्टै यहाँ आओ, यसले त रगत पो छाद्न थाल्यो!” त्यसपछि म बेहोस भएँ, र के भयो मलाई थाहै छैन। होस आएपछि, मैले मेरो लुगाभरि रगत लागेको देखेँ। मेरो होस अलिअलि मात्रै थियो र म फेरि कहिले बेहोस भएछु थाहै भएन। होस आउँदा, मसँग हलचल गर्ने शक्ति नै थिएन—म टुक्राटुक्रा हुन लागेजस्तो लाग्यो। म सायद बाँच्दिनँ होला जस्तो लाग्यो, र त्यो सोचले मलाई निकै व्याकुल बनायो। ठीक त्यही बेला, परमेश्वरका वचनहरूको एउटा खण्ड स्पष्टसित मेरो मनमा आयो। परमेश्वर भन्नुहुन्छ, “म तेरो टेको र ढाल हुँ, र सबै कुरा मेरो हातमा छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ९)। हो। सबै कुरा परमेश्वरकै हातमा छन्, र म बाँच्छु कि मर्छु भन्ने कुरा परमेश्वरले नै निर्णय गर्नुहुन्छ। मैले सम्झेँ, जब अय्यूबलाई परीक्षा गरियो, तब शैतानले तिनलाई आक्रमण गरेर तिनको सम्पूर्ण शरीरमा औधी दुख्ने खटिरा आयो, तर परमेश्वरले शैतानलाई अय्यूबको ज्यान लिने अनुमति दिनुभएन, र शैतानले हद पार गर्ने आँट गरेन। मैले मेरो पक्राउ भएपछिका दिनहरूबारे विचार गरेँ। पुलिसले मलाई निरन्तर कुटिरहेका थिए र म कतिपटक बेहोस भएँ मलाई थाहै छैन, तैपनि परमेश्वरको वास्ता र सुरक्षाकै कारण म अझै जीवितै थिएँ। हाम्रो जीवन र मृत्यु पूर्ण रूपमा परमेश्वरकै हातमा छन्, र परमेश्वरले अनुमति दिनुभएन भने, शैतानले हाम्रो ज्यान लिन सक्दैन भन्ने कुरा मैले वास्तविक रूपमा र साँच्चै देखेँ। परमेश्वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए, र मैले मनमनै प्रार्थना गरेँ, “हे परमेश्वर, म मेरो जीवन तपाईंको हातमा राख्न र तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन तयार छु।”
ती दिनहरूमा म जीवन र मृत्युको दोसाँधमा यता र उता गरिरहेको थिएँ। सम्भावित मृत्यु सामना गर्दा मलाई सबैभन्दा बढी मेरी श्रीमती र बच्चाको चिन्ता लाग्यो। सन् २०१२ मा, पुलिस मेरो विश्वासको कारण मलाई पक्रन मेरो घर गएका थिए, तर भाग्यले, त्यो दिन म घरमा थिइनँ। त्यहाँदेखि नै, मैले फर्केर जाने आँट गरेको थिइनँ, र मैले तिनीहरूलाई नभेटेको तीन वर्ष भइसकेको थियो। म मरेँ भने, म तिनीहरूलाई फेरि कहिल्यै भेट्न पाउनेछैन भन्ने सोच आयो। म तिनीहरूलाई हेरचाह गर्न घर जान नसकेको वर्षौं भएको थियो। तिनीहरूको अवस्था कस्तो छ भनेर मलाई थाहै थिएन र मेरी छोरी त झन् बिरामी थिई। भविष्यमा तिनीहरू कसरी बाँच्लान्? यो सोच्दा मलाई रुन मन लाग्यो, तर मसँग रुने शक्तिसमेत थिएन। पछि, मलाई मैले प्रायजसो गाउने गरेको एउटा भजन याद आयो, “उजाड र दुःखद संसारका लागि एउटा विलाप” भन्ने भजन: “मानिसहरूका आफ्ना वासस्थान छन्, तर परमेश्वरसँग आफ्नो शिर अडाउन कतै ठाउँ छैन। कतिले आफूसँग भएको सबै कुरा अर्पण गर्छन्? परमेश्वरले संसारको निष्ठुरता पर्याप्त रूपमा चाख्नुभएको छ, र संसारका सबै कष्टसहनुभएको छ, तैपनि उहाँलाई मानिसको सहानुभूति प्राप्त गर्न धेरै गाह्रो छ। मानवजातिको बीचमा हिँड्दै, परमेश्वर मानिसबारे निरन्तर चिन्तित हुनुहुन्छ। उहाँको सुरक्षाका लागि कसले चासो देखाउँछ? उहाँ परिवर्तन भइरहने मौसमहरूमा अथक रूपमा काम गर्नुहुन्छ, मानवजातिका लागि सबै कुरा त्याग्नुहुन्छ। कसैले पनि कहिल्यै परमेश्वरको आरामका लागि चासो देखाएको छैन। मानिसहरू परमेश्वरबाट माग्न मात्र जान्दछन्, तर परमेश्वरका अभिप्रायहरूबारे अलिकति बढी सोच्न इच्छुक छैनन्। मानवजातिले पारिवारिक सुखको आनन्द लिन्छ, त्यसोभए किन तिनीहरू सधैँ परमेश्वरलाई आँसु बगाउन लगाउँछन्?” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्)। यो भजनले मलाई निकै भावुक तुल्यायो, र म परमेश्वरप्रति कति ऋणी छु भन्ने अनुभव गरायो। हाम्रो मुक्तिको लागि, परमेश्वर यो ठूलो रातो अजिङ्गरको देशमा देह बनेर देखा पर्नुभयो र काम गर्नुभयो। उहाँलाई कम्युनिस्ट पार्टीले दमन र खेदो गर्यो, यो पुस्ताले इन्कार गर्यो र उहाँको शिर लुकाउने ठाउँ कहीँ छैन। परमेश्वर सृष्टिका प्रभु हुनुहुन्छ—उहाँ सर्वोच्च र सम्माननीय हुनुहुन्छ, तैपनि हाम्रो मुक्तिको लागि असाधारण अपमान सहँदै हाम्रो लागि यति ठूलो मूल्य चुकाउनुहुन्छ। मानवजातिप्रतिको उहाँको प्रेम अत्यन्तै महान् छ! मैले विश्वास गरेको यतिका वर्ष भएको थियो र मैले उहाँका वचनहरूको धेरै मलजल र भरणपोषण प्राप्त गरेको थिएँ, तर जब मलाई दमन र कठिनाइ आइपर्यो, तब मेरो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ थिएन। मैले परमेश्वरको लागि आफ्नो गवाहीमा कसरी दह्रिलो भएर शैतानलाई लज्जित तुल्याउन सक्छु भनेर विचार गरिरहेको थिइनँ, बरु आफ्नो देह र परिवारको बारेमा मात्रै विचार गरिरहेको थिएँ। यो कष्टमा परेकोमा मलाई अन्याय भयो जस्तो समेत लाग्यो। ममा परमेश्वरको इच्छाप्रति कुनै वास्ता थिएन, र म साँच्चै स्वार्थी र घृणित रहेछु भन्ने मैले देखेँ। वास्तवमा, यो कठिनाइ मेरो जीवनको लागि फाइदाजनक थियो, यसले मलाई मेरो आफ्नै भ्रष्टता र कमीकमजोरीहरू देख्न सहयोग गर्थ्यो। परमेश्वरको प्रेमबारे मनन गर्ने क्रममा, म भावविभोर भएँ र मलाई उत्साह मिल्यो, र म यो जीवन परमेश्वरको निम्ति, र परमेश्वरलाई सन्तुष्ट पार्नको निम्ति जिउनेछु भनेर शपथ खाएँ। मैले जति नै धेरै कष्ट भोग्नु परे पनि, म मर्नु नै परे पनि, म परमेश्वरमै भरोसा गर्दै उहाँप्रतिको गवाहीमा दह्रिलो गरी खडा हुनेवाला थिएँ।
पुलिसहरूले मबाट केही जानकारी लिने प्रयासमा कडा र नरम दुवै रणनीति प्रयोग गरे। मलाई याद छ, एक दिन मलाई एक पुलिसले आधा बटुका भात ल्याएर दियो, र अर्को आधा बटुका गोलभेडा दियो, र भन्यो, “तैँले केही नखाएको पनि धेरै दिन भइसक्यो। यति धेरै कष्ट र कुटाइ केको लागि सहेको? तैँले कसैलाई मारेको वा कहीँ आगो लगाएको पनि त होइन। तैँले धेरै कुटाइ खाइस्—यो सब गर्नु सार्थक छैन। अहिले तँ सडकको भिखारीभन्दा नराम्ररी गन्हाउँछस्। तँलाई थाहा भएको कुरा भन् अनि तैँले फेरि कष्ट भोग्नु पर्दैन। तैँले घर फर्कन र तेरी श्रीमती र बच्चासँग बस्न पाउनेछस्।” उसले त्यसपछि यसो भन्यो, “ती किताबहरू कहाँबाट ल्याइस्? कहाँ लगिरहेको थिइस्? यदि तैँले यीमध्ये एउटा प्रश्नको मात्र जवाफ दिइस् भने पनि, हामी तँलाई तुरुन्तै जान दिनेछौँ।” मैले एक शब्द पनि बोलिनँ, त्यसकारण उसलले एक-दुईपटक लात्तले हान्यो र चिच्याउँदै भन्यो, “तँ साला, फोहोरको डङ्गुर! तँलाई कुटाइ नपुगेको रहेछ! अहिले बल्ल अलिअलि बोल्न सक्ने भएर पनि अझै कुरा लुकाउँदैछस्।” मैले त्यो बेला के सोचिरहेको थिएँ भने, चाहे जेसुकै होस्, मैले अरू ब्रदर-सिस्टरहरूलाई कदापि बेच्नु हुँदैन। म यसरी यहूदा बन्न र परमेश्वरलाई धोका दिन सक्दिनँ। मबाट केही जानकारी नपाउने देखेर ऊ चुपचाप फर्केर गयो। मेरा हातखुट्टा अझै पनि बाँधिएकै अवस्थामा थिए; म कुनामा कुम्लिएर तिनीहरूको अपमान र कुटाइ खाइरहेको थिएँ। केही समयपछि मलाई साह्रै दयनीय र कमजोर अनुभव भयो। कुटपिटद्वारा म गम्भीर घाइते भएको थिएँ र बारम्बार होस जान्थ्यो। होसमा हुँदा, म परमेश्वरलाई प्रार्थना गर्थेँ र प्रायजसो परमेश्वरका वचनहरूबाट एक-दुईवटा खण्डहरू याद गर्न सक्थेँ। त्यो बेला मलाई परमेश्वरको वचनका दुइटा खण्डहरूले निकै गहिरो प्रभाव पारेका थिए। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले हामीलाई डोऱ्याउनुहुने मार्ग सिधा छैन, तर खाल्डा-खुल्डीले भरिएको घुमाउरो बाटो हो; यसबाहेक, परमेश्वर भन्नुहुन्छ, कि मार्ग जति धेरै ढुङ्गेनी हुन्छ, त्यत्ति नै बढी त्यसले हाम्रो प्रेमिलो हृदयहरूलाई प्रकट गर्न सक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मार्ग … (६))। “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। जब मैले परमेश्वरका वचनहरूबारे सोचेँ, उहाँले मलाई मेरो साथमै रहेर अगुवाइ गरिरहनुभएजस्तो लाग्यो। मलाई विश्वास र शक्ति दिने, अनि मलाई अघि बढिरहन मदत गर्ने परमेश्वरका वचनहरू नै थिए। मैले मनमनै प्रार्थना गरेँ: “हे परमेश्वर! तपाईंको हेरचाह र सुरक्षाले गर्दा नै म अझै जीवितै छु। म तपाईंलाई धन्यवाद दिन्छु!”
भोलिपल्ट, पुलिसहरूले म अन्तिम चरणमा पुगेको छु भन्ने थाहा पाए, त्यसकारण तिनीहरूले मलाई एउटा कोठामा लगे, पानीको पाइपले मलाई पखाले, र त्यसपछि मलाई हस्ताक्षर गराउन एउटा कागज ल्याए। मेरो आँखा मधुरो भएको थियो, र मैले एउटा हरफ मात्रै पढ्न सकेँ। तिनीहरूले मलाई लगाएका अपराधका आरोपहरू यस्ता थिए: निषेधित वस्तुको ओसारपसार, पन्थमा विश्वास गर्ने, र सामाजिक सुव्यवस्था बिथोल्ने। मैले यसमा हस्ताक्षर गर्न नमान्दा, एक अफिसरले मेरो हात पक्रेर मलाई जबरजस्ती औँठाछाप हाल्न लगायो। केही समयपछि, ठ्याक्कै कति पछि थाहा भएन, तर केही पछि तिनीहरूले मेरो शिर कपडाले छोपिदिए, र मलाई पुलिसको कारमा जबरजस्ती हाले, अनि अर्कै ठाउँमा लगेर कारबाट बाहिर फालिदिए। म उठेर मेरो शिरको कपडा हटाउँदा, पुलिसको कार पर पुगिसकेको रहेछ। मैले एक-दुई कदम चालेँ तर थप अघि बढ्न ममा कुनै शक्ति बाँकी थिएन। मसँग सडकको छेउमा बस्नेबाहेक केही उपाय थिएन। धेरै संघर्षपछि, म आफू बसेको सहरमा आइपुगेँ। हिँड्न मलाई अत्यन्तै गाह्रो हुन्थ्यो, र कारमा चढ्दा म अलिअलि गर्दै बिस्तारै चढ्नुपर्थ्यो। मेरो दारी पनि लामो भएको रहेछ, त्यसकारण ड्राइभरले मलाई वृद्ध मानिस ठानेर मलाई हातमा समाएर चढाए। पछि मैले क्यालेन्डर हेर्दा, मलाई पुलिस चौकीमा आठ दिन यातना दिइएको रहेछ भन्ने थाहा भयो। परमेश्वरको सुरक्षा नभएको भए, म कुनै पनि हालतमा बाँच्ने थिइनँ। म बसेको ठाउँमा पुगेपछि, म ओछ्यानमा सुतिरहन मात्रै सक्थेँ—मेरो पूरै शरीर पीडाले ग्रस्त थियो। मेरो शरीरभरि नीलो र बैजनी रङका टुटुल्काहरू थिए जसमा छाम्दा ती ट्युमरजस्ता लाग्थे। यी टुटुल्काहरूमा अलिकति थिच्दा पनि साह्रै दुख्थ्यो। म चुपचाप त्यहाँ पल्टिरहेँ, र दशौँ दिनमा मात्रै म उठेर हिँड्न सक्ने भएँ, र पन्ध्रौँ दिनमा मात्रै मैले परमेश्वरका वचनहरूको पुस्तक उठाएर पढ्न सक्ने भएँ। सुरुमा त, म एक पेज पनि पढेर सकाउन सक्दिनथेँ किनभने बस्दा मेरो ढाड दुख्थ्यो, र पल्टेको बेला किताब समात्ने शक्ति थिएन। एकपटकमा म तीन-चार मिनेट मात्रै पढ्न सक्थेँ।
मेरो रिहाइपछि मलाई निरन्तर निगरानीमा राखिएको थियो र पुलिसले मलाई कल गरेर धम्की दिइरहन्थ्यो। मलाई याद छ, एकपटक मेरी आमा बिरामी हुनुभयो र म उहाँलाई भेट्न मेरो गृहनगर गएँ। फलस्वरूप, भोलिपल्ट पुलिसहरूले मलाई कल गरेर म किन घर गएको थिएँ भनेर सोधे। म अति गम्भीर रूपमा घाइते भएको थिएँ, अनि मैले कुनै पनि ब्रदर-सिस्टरहरूलाई सम्पर्क गर्न वा कुनै पनि कर्तव्य निभाउन सक्दिनँ भन्ने सोच्दा मलाई निकै गाह्रो हुन्थ्यो। त्यसरी म कसरी अघि बढ्न सक्छु मलाई थाहै थिएन। म साह्रै हैरान भइरहेको बेला, मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “परमेश्वर ज-जसलाई ‘विजेताहरू’ भनी सम्बोधन गर्नुहुन्छ तिनीहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानको घेराबन्दीमा पर्दा पनि अर्थात् आफूलाई अन्धकारको शक्तिमाझ पाउँदा पनि अझै तिनीहरू गवाहीमा दृढ हुन सक्छन् र परमेश्वरमाथिको आफ्नो सुरुको आत्मविश्वास र भक्तिलाई कायम राख्न सक्छन्। यदि तैँले जुनसुकै अवस्थामा परमेश्वरको सामु शुद्ध हृदय राख्न र उहाँप्रति तेरो साँचो प्रेमलाई कायम राख्न सक्छस् भने, तँ उहाँको सामुन्ने गवाही बनी खडा भइरहेको हुन्छस् र उहाँले यसैलाई ‘विजेता’ हुनु भनी भन्नुहुन्छ। … परमेश्वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कुमारीत्व चढाउनु भनेको परमेश्वरको अगाडि इमानदार हृदय राख्नु हो। मानवजातिका लागि, इमानदारीता भनेको शुद्धता हो र परमेश्वरप्रति इमानदार हुन सक्ने क्षमता हुनु भनेको शुद्धता कायम राख्नु हो। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब प्रार्थना गर्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तैँले त्यसै गर्नुपर्छ; जब तैँले भजन गाउनुपर्छ, भजनहरू गा; जब तैँले देहको विरुद्धमा विद्रोह गर्नुपर्छ, देहको विरुद्धमा विद्रोह गर्। तैँले आफ्नो कर्तव्य पूरा गर्दा, त्यसमा अलमल गर्नु हुँदैन; तैँले परीक्षाहरूको सामना गर्नुपर्दा, तँ दृढ भई खडा हुनू। परमेश्वरप्रतिको भक्ति यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो भक्ति कायम राख्नुपर्छ)। परमेश्वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए र मेरो हृदय उज्यालो बनाए। ठूलो रातो अजिङ्गरले मलाई जसरी सताए पनि, मैले अरू मण्डली सदस्यहरूलाई सम्पर्क गर्न वा कर्तव्य निभाउन नपाए पनि, र मेरो परिणाम जे-जस्तो भए पनि, म परमेश्वरलाई अन्तिमसम्मै पछ्याउनेवाला थिएँ।
पुलिसहरूको निर्दयी यातनाको कारण ममा धेरै स्वास्थ्य समस्याहरू देखा परे। डाक्टरले मेरो मुटुको भल्बमा क्षति पुगेको, मेरो मुटुमा रगतको बहाव कम भएको, र मेरो कलेजो, पित्त थैली, फियो र मृगौलामा समस्या भएको बताए। म वास्तवमा टुक्राटुक्रा भएजस्तै छु भनेर तिनले भने। पहिले मेरो स्वास्थ्य स्थिति राम्रो थियो, तर अहिले केही नबोकी खुड्किलामा एक पाइला सार्दा पनि म स्याँस्याँ हुन्छु र मेरो मुटु दुख्छ। सुरुमा तिनीहरूले मलाई रिहाइ गर्दा, मेरो शिरको तालु उक्काएर फालिएको छ जस्तै लाग्थ्यो। साह्रै दुख्थ्यो र अलिकति केही कुराले छोयो भने पनि झन् साह्रै दुख्थ्यो। ८० प्याकेट चिनियाँ औषधि पिएपछि, मेरो टाउको दुख्ने समस्या अलिक कम भयो। मलाई सधैँ पखाला लाग्थ्यो, र मलाई मेरो पेटै झर्न लागेजस्तो हुन्थ्यो। साह्रै दुख्थ्यो, र दुई दिनसम्म पिसाबबाट रगत गइरह्यो। त्यो बेला, डाक्टरलाई भेट्नका लागि मसँग कुनै पैसा थिएन, र मलाई म बाँच्दिनँ जस्तो लागेको थियो, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, म मर्छु कि बाँच्छु त्यो पूर्ण रूपमा तपाईंकै हातमा छ। म बाँचे पनि मरे पनि म तपाईंलाई धन्यवाद दिन्छु।” तर अचम्मको कुरा, तीन दिनसम्म सुन्निन रोक्ने औषधि खाएपछि म निको भएँ।
कम्युनिस्ट पार्टीले पक्राउ गरेर यातना दिएपछि मैले कष्ट भोग्नु परेको भए पनि, यसबाट मैले धेरै कुरा सिकेँ। नर्कमा बिताएको त्यो आठ दिनको अवधिले मलाई कम्युनिस्ट पार्टी साँच्चै नै परमेश्वरको विरोध गर्ने दुष्ट भूत हो भन्ने देखायो। म त नियम पालना गर्ने र आफ्नै सुरमा काम गर्ने साधारण र सीधा इसाई मात्र हुँ। म आफ्नो विश्वासको अभ्यास गर्न, सत्यता खोजी गर्न, परमेश्वरको मुक्ति पाउन, र आफ्नो क्षमताले भ्याउञ्जेल सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउन मात्रै चाहन्छु। तैपनि, कम्युनिस्ट पार्टीले मलाई पक्राउ गरेर झण्डै मार्यो। कम्युनिस्ट पार्टीले विश्वासीहरूलाई तर्साउनका लागि हिंसा र निर्दयी सतावट प्रयोग गर्छ, ताकि मानिसहरूले परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन आँट नगरून्, यसरी तिनीहरूले परमेश्वरको मुक्तिको काम बरबाद पार्ने प्रयास गर्छन्। तर यसले जति यस्तो सतावट प्रयोग गर्छ, त्यति नै हामीले यसको दुष्टता र क्रूरता देख्छौँ, र यसलाई घृणा र इन्कार गर्छौँ, अनि त्यति नै हामी ज्योतिको निम्ति, परमेश्वरको राज्यको आगमनको निम्ति, र पृथ्वीमा निष्पक्षता र न्यायले शासन गर्ने दिनको निम्ति तृषित हुन्छौँ। यसबाट, मैले परमेश्वरको प्रेम पनि अनुभव गरेँ। परमेश्वरको सुरक्षा र उहाँका वचनहरूको अगुवाइ नपाएको भए, म त्यो दुष्ट भूतहरूको अखडाबाट कुनै पनि हालतमा जिउँदै निस्कन सक्दिनथेँ। म परमेश्वरप्रति हृदयदेखि नै कृतज्ञ छु, र म परमेश्वरको प्रेमको ऋण तिर्नको लागि सत्यता खोजी गर्न र आफ्नो कर्तव्य राम्ररी निभाउन चाहन्छु।